पाठ ६.१

⇐विषय सूचीमा फर्कन

ब्रह्म भनेको के हो ?

 ब्रह्मको खोजि

ब्रह्म भनेको के हो ? पूर्ण रूपमा मैले पनि बुझ्न सकेको छैन ।-लेखक

ब्रह्म भन्ने शब्द, ब्रह्मका केहि गुणहरू, ब्रह्मका वयानहरू हिन्दु शास्त्रहरू तथा सँस्कारहरूमा भेटिन्छन् तथा यससँग मिल्दा जुल्दा खालका चर्चाहरू विभिन्न अन्य धर्म सँस्कारहरूमा पनि चर्चा गरिएको तथ्यहरू भेटिन्छन् । खास गरेर ब्रह्म भन्ने शब्दको प्रमुख स्रोत सँस्कृत भाषाहरूमा लेखिएका हिन्दु वेदशास्त्रहरू नै हुन् । ब्रह्मको सुरूको चर्चा वेदशास्त्रहरूमा श्रृग्वेदमा उल्लेख गरिएको छ । श्रृग्वेद भनेको सँस्कृत भाषामा लेखिएको सबै भन्दा पुरानो वेदशास्त्रहरू हुन् । श्रृग्वेदमा भगवानहरूका स्तुतीहरू छन् र ती स्तुतीहरूमा भगवानहरूका परिचय, ब्रह्मका गुणहरूको वर्णनहरू गरिएका छन् । श्रृग्वेद भनेको कुनै एउटा किताबको नाउँ होइन । श्रृग्वेद भनेको सबै भन्दा पुरानो वेदशास्त्रहरू हुन् । श्रृग्वेद भनेको सत्य युगका पालामा वर्णन गरिएका कुराहरू हुन् । त्यस वेलामा लेखिएका किताबहरू, भनिने गरेका स्तुतीहरू, कथाहरू, कविताहरू, घटनाका विवरणहरू गरिएका लेख तथा किताबहरू सबैलाई श्रृग्वेद भनिन्छन् । श्रृग्वेद कसले र कहिले लेखेको हो भनेर यकिन थाहा छैन । सत्य युग, त्रेता युग, द्वापर युगका पालामा विभिन्न श्रृषी मुनीहरूले, गुरूहरूले तथा विभिन्न देवीदेवताहरूले त्यहि श्रृग्वेदका चर्चाहरू गर्थे, अर्थहरू लगाइदिन्थे । ती श्रृषी मुनीहरूले श्रृग्वेदमा उल्लेख भएका देवीदेवताहरूका वर्णन र तिनका गुणहरूलाई प्राप्त गर्ने विभिन्न विधिहरू गर्थे र आफ्ना भक्तजनहरूलाई पनि त्यस्तै गर्न सिकाउथे । आजका दिनमा पनि ब्रह्मका चर्चाहरू, स्तुतीहरू, वर्णनहरू धेरै तरिकाले धेरै मानिसहरूले गर्ने गरेका हुन्छन् । मैले मेरो अध्ययनको क्रममा सत्य युग, त्रेता युग, द्वापर युग, अनि कलि युग सम्मका धुप्रै मानिसहरू, गुरूहरू, महागुरूहरू, योगीहरू, स्वामीहरू, राजाहरू, महाराजाहरू, जोगीहरू, सन्तहरू, पुजारीहरू, पण्डितहरू तथा समाजका गन्यमान्ने मानिसहरूबाट यस ब्रह्म भन्रे शब्दको उच्चारणहरू, अर्थहरू, विश्लेषणहरू गर्ने गरेका कुराहरू सुनेको, पढेको छु । तर तिनीहरूले गरेका अर्थ विश्लेषणहरू प्रति मलाई भावपूर्ण, सन्तोषजनक लागेको थिएन र किनकि तिनीहरूले प्रमाणित रूपमा केहि देखाउन सकेका थिएनन् । त्यसैले ती श्रृग्वेदमा उल्लेख गरिएका वा चर्चा गरिएका देवीदेवताहरू भनेका त आस्थाका कुराहरु, सँस्कारका कुराहरू हुन् जस्तोमा मात्र सिमित हुनपुगेछ । कुनै प्रमाणितक कुराहरू नभएका भएर मानिसहरूले मन लागे आस्था गर्थे मन नलागे आस्था गर्थेनन् । सजिलो हुँदा आस्थाका कुराहरू विर्सन्छन् अप्ठ्यारो पर्दा फेरि सम्झन्छन् । प्रायः मानिसहरू भगवानसँग, देवीदेवताहरुसँग केहि माग्छन् पनि, केहि कुरा पाएका भए आफैले पाएको हुम् भन्छन् अनि नपाए भगवानले दिएनन् पनि भन्छन् । श्रृग्वेदले भगवानका बारेमा गर्न खोजेको चर्चा वास्तवमा यस्तो मोडेकको होइन । वास्तवमा श्रृग्वेदमा ब्रह्मको चर्चा र वर्णन गरिएको छ । श्रृग्वेदमा सृष्टिको रहस्य, जीवको रहस्य, मृत्युको रहस्य, मृत्युपछिको जीवन र भवसागरको वर्णन, त्यस भवसागरबाट उम्कने तरिकाका वर्णनहरू, त्यस भवसागरलाई पार गर्ने तरिकाहरू, मोक्ष भनेको के हो भनेर चर्चा र मोक्षका उपायहरूका ज्ञानहरु दिइएका छन् । सृष्टिका सबै कुराहरू ब्रह्मको गुणबाट कसरी आयो भनेर भनिएको छ । ब्रह्मको गुणहरू बुझेपछि मात्र अन्य देवीदेवताहरू को हुन् ?, तीनका गुणहरू के के हुन् ?, अनि सृष्टि, जीवन, मृत्यु र तेस्रो नेत्रका कुराहरू बुझिन्छन् । आजका आधुनिक विज्ञानले सृष्टि, जीवन, मृत्यु र तेस्रो नेत्रका कुराहरू पूर्णरूपमा बुझेका रहेनछन् । आजको आधुनिक विज्ञानका दाताहरू जस्तै आइन्स्टाईनले भनेका कुराहरू, आइन्स्टाईनको इनर्जीको थेउरी, न्युटनको गुरूत्व आकर्षणका थेउरीहरूका बारेमा अझ सुक्ष्म रूपमा श्रृग्वेदमा वर्णन गरिएको छ । यदि कोहि मानिसले आफुलाई हिन्दु धर्म सँस्कृतीका गुरू हुँ भन्ने ठानेको छ, हिन्दु वेदशास्त्रहरूका ज्ञाता हुँ भन्ने ठानेको छ भने उस्को प्रमुख कर्तव्य नै ब्रह्मको परिचय, ब्रह्मको गुणहरूको चर्चा गर्नु हो र ब्रह्मको गुणहरूको अनुभवहरू गर्न सिकाउने हो । हुनसक्छ मैले त्यस्ता सक्षम मानिसहरूलाई भेट्ने मौका पाइन होला । त्यसमा मेरो कमजोरी हुन सक्छ । यदि कतै भएका तर लुकेर बसेका भएर थाहा भएन होला । हुन त सुन्दर र वासनायुक्त कुरा लुकाउन नमिल्नु पर्ने हो । अरूले कति जानेका छन्, यस्ता जानेकाहरू अरू को को छन् कता कता छन् भन्न तिर म लाग्दिन तर मैले त्यस्ता मानिसहरू मेरो जीवनमा भेटेको थिइन । मेरो अध्ययन, मेरो अनुभवमा मैले जुटाउन सकेको ब्रह्मको बारेमा ब्रह्मको परिचय, ब्रह्मको गुणहरू, ब्रह्मको अनुभवहरू यहाँ व्यक्त गर्न चाहन्छु ।

मैले अगाडिका पाठहरूमा उल्लेख गरिसकेको छु कि मैले मेरो अध्ययनको सुरूवात ब्रह्मको खोजिको लागी वा कुनै धर्म सँस्कारका विधिहरूलाई बुझ्न वा देवीदेवताहरू प्राप्त गर्न भनेर गरेको होइन । तर ममा धर्म सँस्कारहरू भनेका के के हुन् ? भन्ने जीज्ञासाहरू थिए । मैले हिन्दु धर्मका विभिन्न धर्म ग्रन्थहरू पढ्ने, विभिन्न धार्मिक समारोहहरूमा उपस्थित हुने, प्रवचनहरू सुन्ने मौका पाएको थिएँ र सँस्कृतका विभिन्न श्लोकहरू सुन्ने, पढ्ने र कतिपय श्लोकहरू कण्ठ पनि थिए । यो सबै पारिवारिक तथा नजिकका सामाजिक रहनसहनले सिकाइसकेको रहेछ । जीवनमा आफुले पढेको शिक्षाले कमसेकम आफुलाई आवश्यक पर्ने ज्ञानहरू त प्राप्त होस्, आफुमा जागेका प्रश्नहरूका जवाफहरू त प्राप्त होस् भन्ने मेरो विचार थियो । तर त्यतिखेर सम्ममा मैले जीवनमा पढेका कुराहरूले सृष्टि के हो ?, जीवन के हो ? मृत्यु के हो ? र तेस्रो नेत्र के हो ? भन्ने कुराहरूको अर्थ स्पष्ठ भएर आएको थिएन । समाजमा मानिसहरूले गर्ने गरेका नपत्याउदा व्यवहारहरू के हुन् ?, मानिसहरू बर्बराउने, काम्ने, बेहोसीमा बोल्ने, पितृ देवीदेवताहरू आएको भनेर भन्ने बोल्ने ?, बोक्सी लागेको भनेर भन्ने अनि लामा झाक्री कहाँ जाने फुक्ने, हेराउन जाने, भविश्यवाणीहरू गरिदिने कहाँ जाने, विभिन्न धार्मिक कर्महरू गर्ने, पुजा पाठहरू गर्ने, यि सबै के हुन् ?, यी कुराहरू साच्चैको चाहिने हो कि वा रूढिवादी मात्र हुन् कि ?, अरू मानिसले गरे पनि मैले गर्ने कि नगर्ने ?, अरू त विज्ञान नपढेकाहरू थिए त्यसैले गरे भने मैले विज्ञान पढेको छु त मैले पनि त्यस्तै विज्ञान नपढेकाहरूले जस्तै गरेर गर्न हुन्छ कि हुँदैन ?, देवीदेवताहरू छन् कि छैनन् ?, देवीदेवताहरू छन् भने पनि प्रमाण चाहियो, छैनन् भने पनि छैनन् भन्ने प्रमाण चाहियो भन्ने जस्ता यिनै कुराहरू मनमा खेल्दथे र यिनै कुराहरूका बारेमा कतै बुझिने गरेर कुनै ठुला मानिसहरूले, वैज्ञानिकहरूले, पढेका मानिसहरूले चर्चा तथा उल्लेख गरेका छन् कि भन्दै हरेक किताबमा खोज्ने गर्दथेँ ।

मेरो चिकित्साशास्त्रको उच्च शिक्षाको पढाइ समाप्त भइसक्दा पनि मेरा मनमा लागेका, मेरा मनमा जागेका जीज्ञासाहरू जस्तै मानव जीवन के हो ?, मानव जीवनका समस्याहरू, मानव जीवनमा घट्ने गरेका केहि रोगहरू तथा समस्याहरूका बारेमा गरिएका वर्णनहरू पर्याप्त थिएनन् । मेरो जीवनमा मैले देखेका मानव जीवनमा रोग तथा समस्याका बारेमा पूर्ण जवाफ मैले त्यतिखेर सम्म पढेको विज्ञानशास्त्रहरू जस्तै फिजिक्स, केमेष्ट्रि, वायोलोजी तथा चिकित्साशास्त्रहरुले दिन सकेको थिएन । म सानो उमेर हुँदा खेरी देखेका र पछि अलि ठुलो उमेर भएपछि अझ स्पष्ठ गरेर समाजमा देख्ने गरिएका मानिसका अचम्मका, बुझ्न नसकिने रोग तथा लक्षणहरू थिए र म हेल्थ असिस्टेन्ट भएर विभिन्न जिल्लाहरूमा गएर सेवा गरेको वेलामा देखिएका रोग तथा लक्षणहरूका बारेमा मैले पढेको चिकित्साशास्त्रको उच्चशिक्षाले पढाएको पढाइमा कुनै समाधान त कहाँ हो कहाँ उल्लेख र चर्चा समेत गरिएको थिएन वा अलि अलि गरिएका चर्चा नामाकरण र समाधानका विधिहरू नपुग, अपुरा, कतै कतै त उल्टा छन् जस्तो लागिसकेको थियो । किनकि कतिपय रोग तथा लक्षणहरूका बारेमा चिकित्साशास्त्रले दिएको उपचार विधि अनुसार विरामीहरू निको भएका थिएनन् र जीवनभर औषधी खानु पर्ने विधिहरू थिए ।

यस्तै खालका प्रश्नहरूले जीवनभर पिछा गरिरहेको थियो । मृत्यु के हो ? मृत्युपछिको सँस्कारहरू के के हुन् ?, किन मानिस मरिसकेपछि पनि तिनीहरूका लागी भनेर अझै विभिन्न सँस्कारहरू गर्छन् ? भन्ने प्रश्न मेरो लागी झन् जटिल लाग्न थाल्यो । सपना भनेको के हो ?, सपनाको अर्थ छ कि छैन ? भन्ने प्रश्नहरूका विज्ञान र चिकित्साशास्त्रमा दिइएका जवाफहरू पर्याप्त लागेन । सपनाका बारेमा विभिन्न अध्ययनहरू भएका छन्, त्यस्का आधारमा विभिन्न लक्षणहरू, रोगहरू र उपचारहरू गरिन्छन् चिकित्साशास्त्रमा । राम्रा सपना, नराम्रा सपना, सपनामा झस्कने आदि लक्षणहरू वर्णन गरिएको छ मेडिसिनमा । तर सपनाका बारेमा चिकित्साशास्त्रमा वर्णन गरिए भन्दा अन्य खालका विवादास्पद अनुभवहरू अन्य मानिसहरूले गरिरहेका छन् र म आफैमा पनि त्यस्ता थुप्रै अनुभवहरू थपिइसकेको थियो । सपनाको अर्थ हुन्छ भनेर मानिसहरू केहि विश्वास गर्छन् र म आफै पनि सपनाको अर्थ हुन्छ भन्ने कुरामा विश्वास लाग्न थालिसकेको थियो । तर सपनाको कुनै अर्थ हुन्छ वा कुनै खबर हो भन्ने कुराहरू आधुनिक विज्ञान र आधुनिक चिकित्साशास्त्रले वर्णन गर्नसकेको थिएन । मैले देख्ने सपनाहरू र सपना मिल्ने कुराका तीनै केहि अनुभवहरूलाई केहि लेखहरूका रूपमा लेख्न भनेर कोसिस गर्छु भन्दा ती अनुभवहरू झन् झन् धेरै, झन् झन् स्पष्ठ हुन थाले र मेरो लेख्ने प्रयासलाई रोक्नु पर्यो । किन कि अब मैले त्यति खेर सम्म जानेका कुराहरु भन्दा अझ धेरै कुराहरू लेख्नु पर्ने र अझ धेरै गहिरिएर कुराहरू बुझ्नु पर्ने अवस्था आयो । अब मैले देखेका र अनुभव गरेका कुराहरू समाजमा यत्तिकै भन्न नहुने कुराहरू थिए । मैले जे देखेको छु र अनुभव गरेको छु ती कुराहरू समाजमा भनेर प्रमाणित गर्न नसके समाजले नै आफुलाई एक्लो बनाउने परिस्थिति आउन सक्थ्यो भने कतिपय कुराहरू समाजलाई थाहा नभएको भएर मानिसहरू अनजानमा थिए तर ढुक्क थिए । अब मैले जानेका कुराहरूका कारण, अर्थ, समाधानहरू सहित मात्र समाजमा भन्नु उचित हुन्छ नत्र समाजलाई त्रासमा ल्याउने, समाज भाड्ने मात्र काम हुन्छ जस्तो लाग्यो । किन भने मैले अब विज्ञानले चर्चा नगरेका अन्य थुप्रै अनुभवहरू गर्न थालेँ । मैले देखेका सपनाहरू मिल्छन् भन्ने कुरा थाहा भयो, जुन कुरा विज्ञानलाई, चिकित्साशास्त्रलाई थाहा छैन । त्यसै गरेर अदृश्य जीवहरू छन्, पितृहरू हुँदा रहेछन्, ती मरिसकेकाहरूको पनि चेतना हुँदोरहेछ, तिनीहरूले याद गर्दा रहेछन्, तिनीहरूले आफन्तहरू चिन्दा रहेछन्, तिनीहरूका पनि चाहनाहरू, भावनाहरू हुँदा रहेछन् भन्ने कुराहरू थाहा भयो जुन कुरा विज्ञानलाई, चिकित्साशास्त्रलाई थाहा छैनरहेछ । जव मैले तिनीहरूलाई देख्न सक्ने भएको थिएँ, तिनीहरू यति धेरै थिए कि चारैतीर थिए । तिनीहरूसँगको सम्पर्क अति अति शारीरिक कष्ट, कल झगडा, कोलाहल, अशान्ती तथा मृत्युको सँकट थियो । सुरूसुरूमा तिनीहरूसँगको सम्पर्कको प्रभावहरूसँग त्यतिक डर लागेन र झन् तिनीहरूसँग कुराकानी गर्न, नजिक हुन्, तिनीहरूको कुरा बुझ्न मन लाग्यो । पछि तिनीहरूसँगको सम्पर्क अति कठिन हुँदो रहेछ र मृत्युको सँकटहरू ल्याउदा रहेछन् भन्ने थाहा भएपछि तिनीहरूबाट बच्न तर्कन खोज्दा तिनीहरूबाट पूर्ण रूपमा बच्ने, तर्कने कुनै उपाय हुँदैन रहेछ भनेर थाहा पाएँ र आफ्नै जीवनमा ती मरिसकेका पितृ, भुत तथा प्रेतहरूका भय र तिनीहरू हुन सक्ने मृत्युको सँकटसँगको सम्पर्क र त्यस सँकटबाट बच्न तथा उम्कन गरिएका सँघर्ष, प्रयास र खोजिले मलाई ब्रह्मज्ञानमा पुर्याएको थियो ।

मैले आफुले गरेका अनुभवहरू जस्तै सपनाका कुराहरू जीवनसँग मिल्दछन् र मरिसकेकाहरू कुनै माध्यमबाट मानिसहरूसँग सम्पर्क गरिरहेका छन्, अन्य भुत प्रेतहरू जस्ता अदृश्य जीवहरू पनि हामीसँगै छन् र तिनीहरू मानिसहरूसँग सम्पर्कमा आइरहेका छन्, त्यस्ता चिजहरूसँग सम्पर्कमा आएर विरामी भएका विरामीहरूको विज्ञान र चिकित्साशास्त्रमा उचित अनुसन्धान भइरहेको छैन, त्यस्ता विरामीहरूको गलत डाइग्नोसिस र गलत उपचारहरू भइरहेका छन् भनेर केहि उदाहरण र केहि अस्पष्ठ भए पनि प्रमाणहरू छन् भन्ने खालका कुराहरूका बारेमा केहि लेखहरू लेख्छु र मेडिसिनका तथा अन्य विज्ञानका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका पत्र पत्रिकामा प्रकाशित गराउछु भनेपछि अनि मेरो विजोग र समस्याहरू सुरू भएका रहेछन् र तिनीहरूसँग झनै बढि सम्पर्क हुन थालेको रहेछ । यो भनेको के भएको रहेछ भने उदाहरणको लागी लाखौँ मानिसहरू भोका भइरहेको ठाउँमा एक थाल खाना लिएर कसैको उध्दार हुन्छ भनेर गएको वा सयौँ भोका कुकुर जनाबरहरूका बिचमा थोरै खाना लिएर गएको जस्तो भएको रहेछ । त्यस्तै गरेर सपनामा खबर आउने भनेको अदृश्य जीवहरू, पितृहरूको खबर हो रहेछ । मैले सपनाका अर्थ लगाउन खोजेको र मानिसहरू मरेर पनि केहि सम्पर्क गरिराखेका छन् जस्तो लागेर ती अनुभवहरू भन्न लेख्न खोजेको भएर उनीहरू झन् झ्याम्मिएर सबै एकै चोटि आएका रहेछन् । उनीहरू अचेत जस्ता, पूर्ण चेतना नभएका जस्ता हुँदा रहेछन् । यस्ता पितृहरूका, भुत प्रेतहरूका अपूर्ण चेतनाका अवस्था, तिनीहरूले अपूर्ण चेतानामा गरेका चाहनाहरू, तिनीहरूका दुख कष्टका अनुभवहरूलाई नै वेदशास्त्रहरूमा भवसागर भनिएको रहेछ । ती अदृश्य जीवहरूले मानिसहरुसँग सम्पर्क गर्न खोजेका हुँदा रहेछन्, पितृहरू पनि आफ्ना आफ्ना आफन्तहरूसँग सम्फर्क गर्न खोजेका हुँदा रहेछन् । म नजानी कन त्यस भिडमा पुगेको रहेछु र सबैले मेरो खबर पुर्याइदे, मेरो समस्या समाधान गरिदे भन्नेहरू, आफुले नपाए अरूको नि बिगार्दिन्छु भन्ने दुष्ट भाव भएकाहरूको भिड भएको रहेछ । त्यसैले मैले हरेक दिन सपना देख्ने र केहि न केहि खबरहरू आउने हुन्थ्यो । मैले चिने जति सबै पितृका खबरहरू मलाई आएको थियो, संसारका मैले जानेका सुनेकाहरू मध्येका धेरै प्रतिष्ठित व्यक्तिहरु जो मरिसकेका थिए तिनीहरूसँग मैले कुरा गरेको छु । तिनीहरूसँग कुराकानीहरू गर्दा उनीहरू मर्नु भन्दा अगाडिका कुरा मात्र नभएर मरिसकेपछिका कुराहरू पनि गरेका थिए । कसैले मेरो परिवारलाई खाना लाउन अभाव छ तँ कमाउने भएको छस् यसो हेर विचार गर भने । परिवारका पितृहरूले पारिवारिक कुराहरू सरसल्लाहहरू, शिक्षाहरू, मागहरू जस्ता कुराहरू गरे । आफ्ना परिवार तथा इष्टमित्रहरूमा मैले थाहा पाएका, मैले चिनेका, जानेका, सुनेकाहरू पनि थुप्रै मानिसहरू मरिसकेका थिए । उनीहरू एक एक गरेर सम्पर्कमा आएका थिए । पहिला नजिकका पितृहरू आएका थिए । पछि अलि टाढाका पितृहरू आएका थिए, अलि पछि तिर अझै टाढाका पितृहरू आएका थिए । प्राय: सबै पितृहरूले व्यवहारिक कुराहरू गरे, आफ्नै सन्तानका, नाताका, मायाका, सम्पत्तीका, कामका, गर्न नभ्याएका अपुरा कामका, चाहना पुरा नभएका नै कुराहरु गरे । नजिककाहरूले अलि अधिकार भएको जस्तो गरेर माग गरेर, घुर्कि लाएर कुरा गरे । उनीहरूका आफन्तहरूलाई भएका अभावहरू पुरा गरिदे भनेर मलाई भने । पितृहरूले आफ्ना सन्तानहरूलाई कसैलाई खान लाउनका कमी छ पुरागरिदिनु भने, कसैलाई बस्ने घरको कमी छ पुरागरिदिनु भनेर भने । अलि टाढाका पितृहरूले त्यस्तै टाढाका नाताका कुराहरू गरे । कोहि भेट्न मात्रै आएको हूँ भने, कसैले थर्काउन आए, कसैले सँगै जाम लिन आएको हुँ भने, कसैले कहिले आउछ भनेर कुरिराखेको छु भने । कसैले राजनितिक कुराहरु गरे । एउटा उदाहरण भन्छु । नेपालमा त्यतिखेर राजतन्त्र राख्ने कि नराख्ने कुराहरू बहस र क्रान्ती चलिरहेको थियो । मैले त्यसवेला मेरा सम्पर्कमा आएका मरिसकेका नेताहरूलाई सोधेँ अब के गर्नु राम्रो हुन्छ होला ? जनताले के निर्णय लेलान ? भनेर सोध्दा राजतन्त्र जान्छ र राष्ट्रपती शासन आउछ र जनताले कुनै अप्ठ्यारो मान्ने छैनन् भनेर तिनीहरूले भनेका थिए । त्यस्को करिब ५ बर्ष पछि राजतन्त्र गएको थियो । अनि मलाई पनि तँ पनि राजनितिमा निकै चासो राख्छ्स्, तँ पनि राजनितीमा लाग, तेरो राजनितिक तर्कको जनतामा निकै आवश्यक छ भनेर तिनले भने । मैले भनेँ राजनितीमा मैले अलि अलि नागरिकको हैसियतले चासो राखेको हुँ । मैले त मैले गरेको खोजिलाई पूर्ण रूप दिन सकेँ भने अनि सबै जनताका भलो हुने थियो । राजनिती गर्ने मानिसको कमी छैन तर मैले खोजि गरिरहेको कुराको खोजि गर्नेहरूको कमि छ । म यो विषयलाई छोडेर अर्को विषयमा जान्न भनेँ । उनीहरूले हो ठिक हो भनेका थिए । मैले यस्ता कुराहरू अरू कसैलाई भनिन । जीउदा मानिसहरूले आफ्नो जीवनका वास्तविकतालाई परिस्थितीलाई हेरेर निर्णयहरू गर्ने हो । मरिसकेकाहरूको सुझाव पनि थाहा भयो यो पनि राम्रै भयो, तर जीउदा मानिसहरूले निर्णय आफैले गर्ने हो मरेका मानिसहरूले भनेको मान्न तिर लाग्नु हुँदैन भन्ने लागेको थियो ।

त्यस्तै अर्को सम्पर्कको कुरा गर्छु । मैले डाक्टरी पढ्ने क्रममा एनाटोमी, पाथोलोजिकल एनाटोमी र फरेन्सिक मेडिसिनका विषयका क्लासहरूका पढाइहरू गर्ने वेलामा लासहरू हेर्नु पर्ने, चलाउनु पर्ने, लासहरू चिर्नु पर्ने हुन्थ्यो र मैले पनि थुप्रै त्यस्ता कार्यहरू गरेको थिएँ । त्यस्को धेरै बर्षपछि जब मैले ती अदृश्य चिजहरूलाई देख्ने कुरा गर्ने गर्न थालेथेँ, ती लासका मानिसहरू पनि हामी पनि तलाई चिन्छम् भनेर आए, मसँग कुरा गरे । एक पटक जब मैले लासहरू चिर्ने क्रममा पाथोलोजिकल एनाटोमीको क्लास चलिरहेको बेलामा मरेसकेका विरामीहरूको लासहरू चिर्नु, हेर्नु पर्थ्यो । त्यस्को भोलीपल्ट घरमा खाना खाने वेलामा फर्सीको तरकारी पकाएको थिएँ र खाएको थिएँ । यसरी पेट फुल्यो कि अब सास फेर्न नसक्ने भएर मर्छु जस्तो बनाएको थियो र २-३ घण्टापछि कम भएको थियो । तर त्यसपछि हरेक पटक फर्सीको तरकारी खाएपछि मलाई सँधै नै त्यसरी नै पेट फुल्थ्यो । मैले सोचेँ मेरो पेटको डाइजेस्टिभ सिस्टममा नै केहि कमजोरी छ होला र फर्सी पचाउन सक्दैन होला भन्ने सोचेँ र फर्सी खान छोडेँ । तर पनि कहिले कहिले फर्सी खाने सन्दर्भ आइहाल्थ्यो जीवनमा र मलाई फेरि त्यस्तै हुन्थ्यो र यो एक बानी भइसकेको थियो । त्यस्को करिब १५ बर्षपछि मैले ती पितृ प्रेतहरूलाई देख्न सक्ने बोल्न सक्ने भएपछि मलाई फेरि त्यसरी नै पेट फुल्यो । यति खेर देख्न सक्ने भएको थिएँ । मसँग पाथोलोजिकल एनाटोमीमा मैले चलाएको लासको मानिस आएर म हो, मैले गरेर तेरो पेट फुलेको हो भनेर भन्यो । मैले अब के गर्दिम त तिम्रो लागी ? तिमी आइहाल्यौ, म जीवितले तिमी मरिसकेकाका लागी के गर्दिम ? भनेर सोधेँ ।उस्ले तँ मस्कोको “ख्राम ख्रिस्तास्पासितेल्या” भन्ने क्रिश्चियनको मन्दिरमा गएर मम बत्ती बालिदे भन्यो । मैले हुन्छ भनेर अर्को दिनमा त्यहाँ गएर मम बत्ती बालिदिएँ । त्यस क्रिश्चियन मन्दिरमा गएको वेलामा एक छिन त्यहाँ घुम फिर गर्यौँ, गएको बेलामा फोटो खिच्यौँ । भोली पल्ट पनि फेरि गाह्रो भयो अलि अर्कै तरिकाको जस्तो । मैले हैन यो के भएको हो भनेर सोधेको त अधिल्लो दिन आएकोले फेरि आएर भन्यो तैले मम बत्ती बालेको मिलेन । तँ बत्ती बालेर खुरूक्क फर्कनु पर्ने थियो । तँ झन् त्यहाँ रमाइलो गर्न तिर लागिस, धेरै बेर बसिस् । त्यसो गर्न हुन्न । झन् तँलाई त्यहाँका सबैले चिने, सबैले हेरेथे भनेर भन्छ र त्यसरी मलाई सबैले हेरेका चित्रहरू पनि देखाइदियो । त्यहा आजकालका जमानाका जस्ता र पाच सात सय बर्ष अगाडीका जस्ता कपडा लगाएकाहरू सबैले मलाई पो हेरिराखेका रहेछन् । मैले तिनीहरूको बारेमा जानेको छ, तिनीहरूलाई देख्न सक्छ भनेर सबैले हेरेका रे । अनि मैले अब के गरम त भनेर त्यसलाई सोधेँ । त्यस्ले तँ फेरि त्यो मन्दिरमा जा फेरी सबैलाई सम्झेर बत्ती बालिदे र पछाडी फर्केर नहेरि कन घर आइजा भनेर सिकायो । त्यसपछि मैले फेरि त्यसै गरिदिएँ । अब अचम्मको कुरा त्यसपछि फर्सी खाँदा पेट फुल्न छोड्यो । क्यार्नु डाक्टर भएर नि यस्ता कुरा नगरि सुख छैन, भएको कुरा गर्नै पर्यो । त्यस्तै गरेर अर्को कथा सुनाउछु । एनाटोमी पढ्ने बेलामा मानिसका खप्पर, करङ्ग, भर्तिब्रा, हात तथा खुट्टाका सबै हड्डीहरू हामीसंग कोठामा थिए । फर्मालिनमा डुबाएर राखेका मानिसका मुटु, कलेजो, ब्रेन, स्पाइनल सिस्टमहरू सबै हामीले डेरामा ल्याएका थियौँ र क्लासमा जस्तै गरेर घरमा पनि चिरेर सबै हेर्ने गरेका थियौँ । ती सामानहरू हामी पढ्ने टेबलमा महिनौ दिन सम्म रहन्थे । त्यसलाई कण्ठ गर्न भनेर । मैले भर्टिब्राको विभिन्न हाडहरू लिएर क्लासमा टिचरले जस्तै गरेर फलामको तारहरू त्यस भर्टिब्राको प्वाल प्वालमा छिराएर हेर्ने, ती प्वालहरूका नामहरू घोक्ने गरेको थिएँ । राती सुत्ने बेला सम्म पनि खप्परहरूलाई चलाएर फेरि फेरि हेरेर सुत्ने गर्थेँ र ती खप्परहरू मेरै सिरानीका आडमा वा टेबलमा छरिएका हुन्थे बर्षौँ सम्म । अझ मैले ती हड्डीहरू चलाउने बेलामा मनमनै यस्ता हड्डीहरूले तर्साउन दिन्छन् रे भन्छन् । यदि तिमीहरू साच्चै कै छौ भने मलाई नि तर्साउ है । म तिमीहरू छौ कि छैनौ भनेर खोज्दै छु । तिमीहरु यदि छौ भने तिमीहरूले मलाई तर्साउ, मैले नपत्याए मलाई लडाइदेउन बरू, छिर्के हालेर पछारीदेउ है अनि पो विश्वास होला त नी भन्थेँ । मलाई तिमीहरुले कसरी तर्साउछौ हेर्न मन लागेको छ भनेर भन्थेँ । त्यसपछि हो रहेछ मलाई सँधै मेरो ढाड दुख्ने गर्थ्यो र मेरो भर्टिब्रा(ढाडको हड्डी) कहाँ निर छ, कत्रो छ सबै थाहा भए जस्तो हुन्थ्यो । भर्टीब्राका प्वालहरूमा मैले पुरानो छाताको तारलाई भाँचेर त्यसैको तार बनाएर त्यस हड्डीको प्वालमा छिराउथेँ र नाम याद गर्थेँ । त्यसरी नै मलाई त्यहि तारले घोचे जस्तो मेरो ढाडको हड्डी दुख्ने र तार जस्तोले त्यस्तै हड्डीका प्वालमा घोचे जस्तो भइरह्यो करिब १५ बर्ष जति । मैले कति औषधीहरु गरेपनि ठिक भएन । पछि मैले तिनीहरूलाई देख्न थाले पछि ती खप्परहरू म बिहान उठ्न्ने बेलामा मेरो ओछ्यानबाट हतार हतार भाग्थे । राती सुत्न भनेर कोठाको बत्ती निभाएपछि मैले मेरो ढाडका हड्डीहरु देख्थेँ । मैले त धेरै दुखेका भएर ती भागहरुका फिलिङ्ग्स भएका होलान भन्ने ठानेँ । पछि बुझ्दै आउदा त तिनीहरूले त मलाई छोडेकै रहेनछन् । त्यसरी तिनीहरूले पनि निकै दु:ख दिए । तिनीहरूले मैले मागेको जति सबै पुर्याइदिएका रहेछ्न । तिनी छन् भनेर थाहा भएको भए त त्यस्तो किन भन्थेँ, किन गर्थेँ होला र ? मैले त तिनीहरू छैनन् जस्तै लागेको थियो र भनेको थिएँ । यी कुराहरू त रूढिवादी कुराहरू होलान जस्तो लागेको थियो ।

यस्तै एक दुइ अति महत्वपूर्ण लागेका घटनाहरू उल्लेख गर्छु ।

प्रत्यक्ष जम्काभेट:

अलि अलि चियो गरे जस्तो घरि पत्याए जस्तो घरि नपत्याए जस्तो हुँदै समय वितिरहेको थियो । मलाई एक मन आतुर पनि भइरहेको थियो छिटो छिटो गरेर यस विषयलाई अन्य सम्म पुर्याउन पाए हुन्थ्यो जस्तो भइरहेको थियो र संसार भरि कहाँ छ होला यस विषयमा पढाइ हुने ठाउँ भनेर खोज्दै थिएँ । यस्तै अलि अलि भइरहेको अनुभवलाई एक दिनको घटनाले छताछुल्ल हुने गरेर ती भुत प्रेतहरुसंग सम्पर्क भयो । एकदिन परिवारका सदस्यहरू र केहि साथीहरू सहित १०-१२ जनाको वनभोजको कार्यक्रम थियो मस्को शहर भन्दा बाहिर सानाटोरियामा (रेष्ट हाउसमा) । राती पनि त्यहिँ बास बस्ने योजना थियो । त्यस दिनभर मलाई केहि चिजहरूले पछाडीबाट हेरिराखेको छ जस्तो लाग्ने, छेउ तिरका झाडीबाट कसैले चिहाएर लुकेर हेरिरहेछ जस्तो लाग्ने, अझ खप्पर, अस्तिपञ्जरहरूले हेरिराखेको छ जस्तो लाग्ने भइरहेको थियो । जब जब साँझ पर्न थालेको थियो तब तब ती चिजहरू अलि बढि देखिए जस्तो भइरहेको थियो । तर त्यसदिन सम्म कसैसँग डराएको अनुभव गरेको थिइन र त्यसैले त्यति हुँदा पनि म डराएको थिइन । तर जब राती यस्तै राती १२- १ बजेको थियो होला, अर्को कोठाबाट कराएर चिच्चाएको आवाज सुनेँ र दौडदै त्यस कोठामा गएँ । त्यस दिन केहि हुन्छ कि भनेर आभास भए जस्तो भएर म एकदम लडाइका लागी तयार भए जस्तै गरेर कपडा नफुकाली बेडमा यसो पल्टे जस्तो मात्र गरेको थिएँ । चिच्चाएर कराएको आवाज सुनेर म दौडेर पल्लो कोठामा जाँदा त्यस कोठामा बसेको भाईलाई तर्साउन दिएछ र चिच्याएर बिउझिएको रहेछ । म त्यहाँ पुग्दा उ डराएर मुख बाङ्गो गरेर, मुखबाट आवाज पनि राम्रोसँग नबुझिने गरेर रोइरहेको थियो । मैले त्यस कोठामा छिर्दा त्यस कोठाको झ्यालमा एउठा ठुलो चराको खुट्टा झ्यालको बाहिर तिर फर्केर चरा उड्न लागेको तर म पुग्दा सम्म त्यसले झ्यालमा अझै टेकिरहेको थियो र मैले देखेपछि त्यो उडेर गयो । त्यस चराको पञ्जा त्यस कोठामा भएको झ्लालको बारबरको थियो । त्यसकोठामा भएको झ्याल करिब एक मिटर चौढाइ र डेढ मिटर अग्लो थियो होला । मैले चरा देखिन त्यस्को खुट्टा र पञ्जा मात्र देखेको हुँ । त्यो चराको खुट्टा र पञ्जाको साइज अनुसार त त्यो चरा त घर जत्रो हुनु पर्छ । चरा साच्चैको आएको थियो कि भनौँ भने झ्याल बन्द गरिरहेको रहेछ । उता तर्सिने मान्छे पनि मलाई कसैले समातेर उडाउन लागेको थियो र म तर्सेर बिउझिएको हुँ भन्छ । म उसको कोठामा बसिदिएँ र म त्यहाँ हुँदै पनि उसलाई पटक पटक तर्सायो । एक छिनपछि अर्को कोठामा सुतेकाहरु पनि तर्सिएर त्यस्तै गरेर रूदै बिउझिए । अनि मलाई ती भुत प्रेतहरूले प्रत्यक्ष आक्रमण गरिरहेका छन् भनेर चसक्क कतै कता हो कता डराएको भाव के आएको थियो, मेरो मन झन् डराएर शरीर फुल्न थाल्यो । त्यसरी एक पटक डराए जस्तो भाव आएपछि अलि कमजोर भएको अनुभव भयो र त्यसपछि त्यस रात भर मैले तिनीहरूलाई लगातार देख्न थालेँ । त्यसरी त्यस दिन तिनीहरूलाई स्पष्ठ गरेर देखेँ र मन डराउने, शरिर पनि डराएर फुल्यो, तिनीहरुलाई देख्ने, तिनीहरुको आवाज सुन्ने र तिनीहरूको प्रहारहरू देखेँ । म निदाएको छैन, आँखा पनि खुल्लै छन्, म उभिएको अवस्थामा छु तर महाभारत, रामायण पुराण कथाहरूका टिभी सिरियलका तर्साउनेहरू जस्ताहरूले आकासबाट म तिर ताकेर ठुला ठुला ढुङ्गाहरू, मुडाहरू, रूखहरू, पहाडहरू उचालेर फ्याकिरहेका छन् भने मेरो अलि पछाडि अलि देब्रेतिर थुप्रै मानिसहरू जस्ता देवीदेवताहरू जस्ता रामायण, महाभारत टी भी सिरियलमा देखाईएका देवीदेवताहरू जस्ताले केहि कुराहरू फ्याकेर मलाई मार्न भनेर गरेका ती प्रहारहरूलाई काटिरहेका रहेछन् । म ती डराउन दिनेहरू तिर फर्केर बसेको छु र घरि यता फर्केर हेर्छु घरि उता भुत प्रेतहरू तिर हेर्छु । उता भुत प्रेतहरू तिरबाट आकासमा चक्रहरू उडेर आउने यता देवीदेवताहरू तिरबाट पनि चक्रहरू उडेर गएर त्यसलाई काट्ने, घरि आगो, घरि पानी, घरि ठुला ठुला चराहरू आउने तिनीहरूलाई पनि काटेर फालिदिने, गाई, भैसी, राँगो, कुखुराका ठुला ठुला सिउर गरेका भालेहरु तर ठुला ठुला हिमाल जत्रा भालेहरु, घोडाहरु, गधाहरु, ग़ोरूहरू आए । तर मेरा नजिक भएका देवीदेवताहरु जस्ता देखिनेहरुले ती जनाबर कुखुराहरुलाई सबैलाई काटिदिएका छन् । हिन्दी महाभारत, रामायण  सिरियलमा भुत प्रेत भनेर देखाउने जस्ता ठुला ठुला मानिसहरु, लामा लामा दाह्री जुँगा भएकाहरू, कपाल नकोरेकाहरू, फुस्रा फुस्रा मानिसहरूले काँडा भएका हतियार, डल्ला परेका हतियारहरू फ्याक्ने यताकाले पनि त्यस्तै खालका हतियारहरू फ्याकेर आकासमै टकराएर झिल्का आउने, आगो, धुवाँहरू आउने,  हुरि बतास आउने यस्तै भइरह्यो । यो घटना राती बाह्र एक बजे तिरबाट सुरू भएको थियो र बिहान उज्यालो नहुन्जेल सम्म चलिरह्यो । जीउ डराएको, छाती डरले फुलेको, शरीर एकदम कमजोर जस्तो भएर कामेको थियो । डर भन्न अझ नमिल्ने किन कि म डराएको त छैन तर भित्रबाट जीउ आफै डराए जस्तो हुने, जीउ खोक्रो भए जस्तो हुने भयो  । त्यसपछि भोली पल्टबाट खाना खान मन नलाग्ने, केहि यादहरू नआउने, बाटो बिर्सने, कहाँ आएँ कहाँ छु थाहा नभएको जस्तो बनायो, मेसो नपाउने बनायो त्यतिखेर घरिघरि र यस्तो धेरै दिन जस्तो बनायो । रात भर एकछिन नरोकिइ तिनीहरूले प्रहार गरिरहे भने मलाई घरि घरि जाडो हुने, लठ्ठ बनाए जस्तो हुने, जिउ फुल्ने पनि भइराख्यो । त्यसदिन सम्म कुनै चिजसँग डराएको याद थिएन जीवनमा तर त्यति खेर यसै घरि घरि डर लाग्ने झ्याल तिर हेर्न पनि डर लाग्ने बोल्न खोज्दा मुख बाङ्गो हुने भयो । बिहान करिब पाँच बजे तिर अब बिहान हुन लाग्यो बिहान हुनु भन्दा अगाडी नै सिध्याउनु पर्छ भन्दै थिए ती भुत प्रेत जस्ता देखिनेहरुले र बिहान भएर सुर्य उदाएपछि अब सकिएन भनेर देखिन आउन छोडे तिनीहरु । त्यस दिनका सबै घटना, त्रास, भयहरूलाई यहाँ पोख्न चाहिन र यत्ति मात्र भनेँ । यस्तो अनुभवका कुरा आज सम्म कुनै पनि युगमा, कुनै पनि कथा पुराणहरूमा पनि उल्लेख गरिएका थिएनन् । यो भुत प्रेत, देवीदेवताहरुसँगको एक प्रत्यक्ष जम्का भेट र प्रत्यक्ष लडाइ थियो जसमा म र मेरा परिवारहरू बीचमा थियौँ । त्यहाँ एका तिर भुत प्रेतहरू अर्का तिर देवीदेवताहरू लड्दै थिए मेरा लागी । मलाई मार्न र मलाई बचाउनको लडाइ भइरहेको थियो । यसरी त्यस रात मेरो ती भुत प्रेतहरुसंग जम्का भेट भएको थियो । त्यस रात मसँग मेरी श्रीमती, भाइ, भाइ बुहारी सहित अरू ६-८ जना साथीहरू पनि थिए । हामी कोहि पनि त्यस रातभर सुतेनौँ । त्यस रात हामीसँग त्यहाँ बास बस्नेहरू सबैले यो लडाइ  र डर त्रास धेर थोर अनुभवहरु गरेका थिए भने मैले र यस किताबको सहलेखिकाले सबै कुरा सँगसँगै देखिराखेका थियौँ । यस्तो यत्रो भइसकेपछि मैले पनि अब त केहि कुरा बुझ्नै पर्यो, यो त ठुलो लडाइ हो भन्ने लाग्यो । तिनीहरू रहेछन्, यता मलाई मद्दत गर्नहरू पट्टीका पनि रहेछन् भने र उता मलाई दुख दिने पट्टीका दुबै थरिकाहरु रहेछन् भन्ने लाग्यो । त्यसपछि त झन् हरेक दिन केहि न केहि चिजले तर्साएको तर्साऐ हुने भयो । त्यस दिनबाट मैले अझ स्पष्ठ देख्न थालेँ र मलाई आफ्नो शारीरिक रूपमा कष्ट भइरहेछ भनेर थाहा भयो र ममा डर त्रासका अनुभवहरू त्यस दिनबाट आउन थाले । एक महिना जति त रातभर सुतिन, राती बत्ती निभाउन नि डर लाग्यो । मलाई दुख दिने आउनेहरु अनि मलाई बचाउन आउनेहरूका हरेक दिन पात्रहरू फेरिदै आए कित सपनामा कित विपना मै । यस्तै गरेर हरेक दिनको प्रष्ट नबुझिएका, उपाय थाहा नभएका, नबुझिने कष्टका अनुभवहरू गर्दै करिब ४-५ बर्ष बित्यो होला । म झन् झन् गड्दै गएछु । तर मलाई अरूले बचाउन थालेछन् भनेर थाहा भयो । यस्ता जम्का भेटले मलाई कष्टहरू पनि निकै भए तर मलाई ती भुत प्रेतहरूको बारेमा धेरै कुराहरू थाहा भयो र मानिसहरूले अदृश्य चिजहरू देख्न सक्ने क्षमता रहेछ र यो क्षमताको आजसम्म अध्ययन भएको रहेनछ र मानिसहरू अस्वस्थ भएका रहेछन् भनेर थाहा भयो । त्यो दिनमा मैले हार्न सुरु गरेको व मैले हार्ने दिन हो रहेछ र त्यस दिनबाट मलाई असन्चो नै बनाएको थियो । त्यसै भएर त्यस दिन मलाई मद्दत गर्ने देवीदेवताहरुपनि नजिक आउनु भएको रहेछ । यस घटना श्रावण २०६३ (सन् July 2006) मा भएको थियो ।

त्यस दिनमा झ्यालमा देखिएको चरा जस्तो चिल जस्तोलाई त्यस भन्दा ४ महिना जति अगाडी पनि देखेको थिएँ, तर मस्कोको घरमा बसेको बेलामा । त्यस दिन बिदाको दिन थियो र म घरमै थिएँ । मेरी श्रीमती, यस किताबकि सहलेखिका, पनि घरमै हुनु हुन्थ्यो । करिब ११- १२ बजे दिनको कुरा होला । उहाँले नुहाएर कोठाको अलि झ्यालको नजिक तिर बसेर अलि अलि घाम आइराखेको थियो र घाम ताप्दै नङ् काट्दै हुनुहुन्थ्यो । म पनि त्यहि कोठामा नै थिएँ । म एक छिनलाई किचनमा गएको वेलामा म्याडम एकदम चिच्याउनु भयो र म दौडदै त्यस कोठामा आउँदा त्यो चिल जस्तो चरा जस्को खुट्टा र पञ्जा मात्र झ्याल जत्रो थियो, त्यो झ्यालबाट उडेर जाँदै थियो । मैले साच्चै कै चरा आएछ कताबाट, त्यति ठुलो चरा कताबाट आएछ भनेर सोच्दै झ्याल लगाउन जान्छु त झ्याल त बन्द नै रहेछ । झ्याल बन्द छ, म्याडमले पनि त्यस चरालाई देख्नु भएको रहेछ र त्यस चराले खुट्टामा समातेर लान लागेको भएर उहाँ चिच्चाउनु भएको अरे । तर उहाँको खुट्टामा चराका नङ्ग्राले कोतरेको ठाउँमा कोतरेको घाउ र घाउबाट भलभल रगत बगिरहेको थियो ।

जब माथी भनिएको जम्का भेट भएको अनुभव भएको दिनको भोलीपल्ट आफुलाई खोक्रो, हावाले पनि उडाउछ कि जस्तो भइरह्यो । गाडीमा घरमा फर्कदा बाटो बिराएर कता पुगेँ कता पुगेँ जस्तो लागेर आफ्नो घर तिर आउने बाटो बिर्सिएर अन्तै पुगेँ, सयौँ पटक गाडीमा हिडिसकेको बाटोलाई कहाँ आएँ कहाँ आएँ जस्तो बनायो । घरमा आएर अलि सिरियस भएर सोचेँ मैले यतिका दिन सम्म छ कि छैन होला भनेका चिजहरूत छन् जस्ता छन्, कता गएर पढ्ने होला यस कुराका बारेमा भनेको त यहिँ नजिकै रहेछन् भने जस्तो लाग्यो । अब यसलाई विज्ञानका, चिकित्साशास्त्र दृष्टिकोणले बुझ्नु पर्यो, गहिरामा जानु पर्यो भन्ने लाग्यो । मानिसहरूलाई साच्चैकै  भुत प्रेतहरूले दु:ख दिइरहेका रहेछन् जस्तो लाग्यो । तर मलाई कसैले मन भित्रबाट सोध्यो, आजको घटनाले पुग्यो कि पुगेन? कि डराइस ? भनेर सोधे जस्तो लाग्यो । मैले सोचेँ यतिका दिन सम्म खोजेको कुराको झन् प्रमाण फेला परेको वेलामा झन् के को पुग्ने हो, अझै बुझ्नु छ यिनका बारेमा भनेर भनेँ । मन भित्रबाट कसैले भन्यो यो कार्य अति गाह्रो छ सर्वस्व हुन्छ भनेर भन्दा मैले के को सर्वस्व हुने हो र ? मेरो सम्पत्ती लिन को आउने रहेछ हेरम् र सर्वस्व भए पनि होस् तर यस कुराको गहिराइ, पूर्ण जानकारी, पूर्ण रहस्य मलाई जसरी नी चाहियो । यो नै मेरो चिकित्साशास्त्रको केहि समस्याहरूको ठुलो रहस्य र समाधानका उपायहरु हुन सक्छन् भनेर भनेँ । यहाँ निर मेरो केहि गल्ति भएछ । मैले हिम्मत गर्नु सराहनिय छ, राम्रो हो तर मैले मेरा मन भित्रबाट आएका कुरालाई सिरियसस्ली लिएको रहेनछु । गाह्रो छ, सर्वस्व हुन सक्छ भन्ने कुरालाई मैले एक रति पनि पत्याइन । सायद पत्याएको भए र सावधान भएको भए बचावट हुन्थ्यो कि? गाह्रो छ, सर्वस्व हुन्छ भनेर किन भनेको रहेछ भने ती भुत प्रेतहरूको चर्चा र खोजि गर्छु भन्दा ती पितृ, भुत प्रेतहरूको नजिक पुगिदो रहेछ भने ति पितृ भुत प्रेतहरु काम, रोजगार, परिवार, कारोवारमा आउदा रहेछन् र सहभागी हुँदा रहेछन् र काममा असफल बनाउदा रहेछन्, प्रभाव पार्न सक्दा रहेछन । तिनीहरूको बारेमा बुझ्छु भन्ने यात्रा साच्चैकै कठिन र लामो समयको यात्रा हो रहेछ ।

माथी भनिएको जम्का भेट भएको अनुभव भएको दिन पछि यस्ता अदृश्य चिजहरू हरेक दिन देख्ने र ती चिजहरूलाई देखेर आफु अशक्त भए जस्तो अलि कमजोर भए जस्तो घरि घरि बेसुर बनाए जस्तो, टोलाएको जस्तो बनाएको, थाके जस्तो अनुभवहरू भइराख्ने भएका थिए । ती अदृश्यहरूलाई धेरै देखिराख्ने, तर्कन खोज्दा वा अब देख्दिन भन्दा झन् देखिने भयो । जता जाँदा पनि तिनीहरूकै दृश्यहरू देखिने हुन थाल्यो । हुँदा हुँदा मस्को शहरमा वा मस्को शहरका वरपरका शहरहरूमा गएको वेलामा त्यहाँका किश्चियन चर्चहरू, गिर्जाघरहरू(मरेका मानिसहरु गाड्ने ठाउँ)का नजिकबाट मेरो गाडी गइरहेका वेलामा ती चर्च तथा गिर्जाघरहरूबाट मरेका मानिसहरू, फुस्रा फुस्रा मानिसहरू चर्च तथा गिर्जाघरहरूका पर्खालमा हतारहतार आएर पर्खालमा टाउको र हात जति पर्खाल माथी देखाए जस्तो गरेर मलाई हेरेका हुन्थे । त्यहाँ तिनीहरूको भिड हुन्थ्यो मलाई हेर्न भनेर आएकाहरूको । तिनीहरूले पनि त्यसै भन्थे यस्ले हाम्रो वारेमा खोजि गर्दैछ रे, यस्ले हामीलाई देख्छ रे भनेर भन्थे । बाटो हिड्दा वा गाडी चलाउदा त्यहाँ वरपर भएका मरिसकेका मानिसहरु देखिने, गाडी एक्सिडेन्ट भएर मरेकाहरुले म यहाँ निर एक्सिडेंट भएर मरेको हुँ भनेर भने । अझ अचम्मको कुरा बाटोमा त्यस दिन कुनै एक्सिडेंट भएर कोहि मानिस मरेको छ भने हामी त्यहाँ पुग्नु भन्दा अगाडी नै आज एक्सिडेन्ट भएर मानिस मरेको छ भनेर भनिदिने अनि त्यहाँ नजिक पुग्दा त्यस्तै भैराखेको हुने हुन्थ्यो । यस्ता घटनाहरू हुन्छन् भनेपछि खबरहरु कसैले ल्याइदिन्छ्न् भनेर लाग्न थाल्यो ।

आधुनिक विज्ञान र चिकित्साशास्त्रले अदृश्य चिजहरूका बारेमा मान्यता नदिएका भएपछि यस कुरा उपायहरू समाधानहरू लिन विज्ञान र चिकित्साशास्त्रमा जाने कुरै आएन । तर ती अदृश्य चीजहरू छन्, मरिसकेकाहरूलाई कसरी शान्त गर्ने भन्ने केहि चर्चा तथा विधिहरू विभिन्न धर्म सँस्कारहरूमा गरिएका थिए । अब ती अदृश्यहरूसँगको लडाइ लड्न भनेर मैले धर्म, सँस्कार शास्त्रहरूमा खोजि गर्न थालेँ । विभिन्न धर्म सँस्कारहरूमा विभिन्न विधिहरूका चर्चाहरू गरिएका भए पनि मेरो लागी ती विधिहरू तर्कपूर्ण लागेनन् । ती धर्म सँस्कारहरूले गरेका तर्क र तरिकाहरू पूर्ण छैनन् र वैज्ञानिक आधार तथा तथ्य प्रमाणहरू दिन सक्दैनन् भन्ने लाग्यो । तर पनि मैले अनुभव गर्न थालेका समस्याहरूका बारेमा धर्म सँस्कारहरूले, समाजका रुढिवादी विधिहरुले पूर्ण रूपमा समाधानहरू दिन नसके पनि मैले गरेका अनुभवहरूका केहि चर्चाहरू, केहि वर्णनहरू गरिदिएका हुनाले विज्ञानको भन्दा ती धर्म सँस्कारहरूका कुरामा केहि समात्ने डोरी फेला परेको जस्तो लागेको थियो ।

अब मैले गरेको ती अदृश्य चिजहरूसँगको सम्पर्क र तिनीहरू प्राप्त कष्ट भोग्नु परेको अवस्थाबाट बच्न आफैले नै उपायहरू पत्ता लगाउनु पर्छ भन्ने लाग्यो । ती मसँग सम्पर्कमा आउनेहरूमा पितृहरू, प्रेतहरू, बोक्सीहरू, मरिसकेका गुरूहरू, मरिसकेका संसारकाका प्रसिध्द नेताहरू, प्रसिध्द व्यक्तीहरू थिए । मैले तिनीहरूसँग दोहोरो कुरा गर्न सक्ने भइसकेको थिएँ । मलाई शारीरिक कष्टहरू हुने, विभिन्न किसिमले डराउन दिने तर्साउने हुँदा पनि म डराएको त थिइन । झन् तिनीहरूसँग कुरा गर्दै, कसै कसैसँग झगडा गर्दै, कसैकसैसँग जिस्कदै उनीहरूका बारेमा बढि कुराहरु बुझ्ने प्रयास गरिरहेको थिएँ । तर मलाई थाहा भइसकेको थियो कि अब उनीहरूले मलाई मार्न सक्छन् र मलाई मार्ने प्रयासहरू गरिरहेका छन् भन्ने थाहा भयो । मलाई हिड डुल गर्न, गाडी चलाउन खतरा हुन थाल्यो, मेरो दुर्घटनाहरू हुन हुन खोज्ने वा दुर्घटनाहरू हुने तर म सन्जोगले बच्ने हुन थाल्यो । शारिरिक दुखाइको त सिमा नै छैन । त्यस्तो दुखाइको वर्णन चिकित्साशास्त्रमा गरिएको छैन । त्यस दुखाइलाई नर्कको दुखाइ भन्दा रहेछन् । समाजमा मानिसहरूमा नर्कको दुखाइ भन्ने शब्दको अभिव्यत गर्ने चलन रहेछ, तर मेडिसिनमा यस्तो नर्कको दुखाइको वर्णन गरिएको छैन । अचानक शरीर यसरी दुख्ने कि रौँ रौँ दुख्ने, शरीरको सानो पनि चलाउन नसक्ने बनाउने, अब मर्छु जस्तो लाग्ने, चेतना पनि अलि हराए जस्तो, टोलाए जस्तो, मेसो नपाए जस्तो हुने, पितृहरू, प्रेतहरूको यादहरू आउने, दु:खका कुराहरू, झगडाहरू, मनमुटावहरूको यादहरू आइरहने र दुखाइको पिडाले अब मर्न पाए हुन्थ्यो जस्तो बनाउने, अनि अनि केहि बेर निदाए जस्तो, केहि सपना देखे जस्तो गरे पछि च्वाट्टै छोड्ने हुन्थ्यो । हो यस्ता दुखाइका अनुभवलाई नर्कको दुखाइ भन्दा रहेछन् । नर्कका मानिसहरूसँग सम्पर्कमा आउदा तिनीहरूले गरेका अनुभवहरू मानिसमा आएको रहेछ ।

हिन्दु धर्म सँस्कारहरूमा पितृ, भुत, प्रेत बोक्सी, भवसागर, ब्रह्म, ब्राह्मण भन्ने विषयमा उल्लेख गरिएको छ र हिन्दु समाजमा यस कार्यका लागी भनेर विभिन्न विधिहरू, पुजा पाठ, ब्रत, यज्ञ, महायज्ञहरू लगाउने चलन छ । अन्य धर्म सँस्कारहरू जस्तै बौध्द, क्रिश्चियन, मुश्लिम धर्म सँस्कारहरूमा पनि पितृ, भुत, प्रेत बोक्सी, भवसागर भन्ने कुराहरूलाई आफ्नो आफ्नो तरिकाले वर्णन गरिएको र त्यसको लागी भनेर आफ्नो आफ्नो तरिकाको विधिहरु वर्णन गरिएको छ । तर अन्य सबै धर्म सँस्कारमा भन्दा हिन्दु सँस्कारहरूमा गरिएका चर्चाहरू धेरै पुरानो युग देखिको थियो । ती हिन्दु सँस्कारहरूमा गरिएका चर्चाहरू सुरूमा नबुझिने कथाहरू जस्ता मात्रै लाग्ने कुराहरूमा मैले भोगेका कुराहरूका केहि उल्लेख गरिएका थिए र मैले नपत्याइ नपत्याइ ती हिन्दु शास्त्रका पुराण कथाहरूमा देवीदेवताहरूको दानवहरूसँगको लडाइका बारेमा गहिरिएर मनन गर्न थालेँ र मेरो अनुभवसँग जोड्न थालेँ ।

यस्तो अवस्थाबाट निस्कनका लागी खोजी गर्ने क्रममा आफु अनुभव गरेका कुराहरू, आफुले त्यस उमेर सम्म जानेका पढेका कुराहरू, विज्ञानले भनेका कुराहरू, विज्ञानले भन्न नसकेको जस्तो लागेका कुराहरू, चिकित्साशास्त्रले भनेका कुराहरू, चिकित्साशास्त्रले भन्न नसकेको जस्तो लागेका कुराहरू, अन्य शास्त्रहरूका कुराहरू, पुराणहरूका कुराहरूलाई कतै सम्बन्धित छन् कि भन्दै मनन गर्दै जोड्दै गएँ र खोज्दै गएँ । अन्य विभिन्न किताबहरू पनि जुटेको जति पढ्दै गएँ । यति गर्ने वेलामा मलाई एकदम गाह्रो हुन थाल्यो र अब त झन् मरिहाल्छु वा मलाई मारिहाल्छन् भन्ने लाग्न थाल्यो । त्यतिखेर सम्ममा मैले ती पितृ, प्रेत, भुत, बोक्सीहरूलाई देख्न सक्ने बोल्न सक्ने भइसकेको थिएँ । अब तिनीहरूबाट बच्न तिनीहरूको याद गर्दिन भन्दा पनि तिनीहरू आएकै आएै हुने, तिनीहरुले कुरा गर्ने, मृत्युको डर धम्की दिने, मर्न सिकाउने जस्ता कुराहरू गर्न थाले । यस्ता सम्पर्कहरू हुँदा पनि ममा मेरो होस हराइसकेको थिएन र म नडराइ तिनीहरूसँग जिस्कदै अझ बढि कुराहरू बुझ्न चाहन्थेँ । तिनीहरूका कस्ता कस्ता स्वभावहरू हुन्छन्, मृत्यु पछिका जीवनमा के के हुन्छन्, मान्छे कसरी मर्छन्, मरेकाहरू के के गर्छन्, मर्ने वेलामा को लिन आउछन् यस्तै यस्तै कुराहरू सोधेँ । मलाई यस्ता समस्याले घेरको अवस्थामा आयो, यस परिस्थितीबाट उम्कन त चिकित्साशास्त्रमा गुहार माग्न जाउ त मलाई मानसिक रोगीको नै संज्ञा दिन्छन् भनेर थाहा छ । यस्ता अनुभवहरू भन्ने विरामीहरूलाई चिकित्साशास्त्रमा Split personality, Schizophrenia (मानसिक रोगी) को संज्ञा दिने, निदाउने औषधी दिनु भन्दा अर्को तरिकाहरू छैनन् र त्यो निदाउने औषधी पनि जीवनभर दिनु भन्ने तरिकाहरू छन् । हामी आफै म आफै डाक्टरहरु भएको भएर मलाई भएका लक्षणहरू Split personality, Schizophrenia का लक्षणहरू होइनन् भन्ने थाहा थियो र अन्य डाक्टरहरूका सल्लाह सुझाबहरू लिन गइएन । अन्य रूढिवादी विधिहरू लामा झाक्री, हेराउने फुक्ने कहाँ गएर कुनै वैज्ञानिक तर्क, आधार र स्पष्ठ विधिहरू नभएका कहाँ जान मन मानेन र त्यता पनि गइएन । म आफैले यस कुराको जरा सम्म पुग्छु भन्ने अठोठ झन् बलियो बन्यो । समाधानका उपाउ निस्कन्छन् भन्ने केहि आधार थिएन तर तिनै पितृ, भुत, प्रेतहरूसँगको सम्पर्क र कुराकानीले मलाई डोर्याइरहेको थियो । तिनीहरू मलाई दु:ख दिन आउदा मैले तिनीहरूसँग कुरा गर्थेँ, किन आयौ भनेर सोध्थेँ । मैले यस्को उपाय निकाल्छ भनेर छेक्न आएका हौँ भनेर तिनीहरुले भन्थे । मैले तिनीहरूलाई सोधेँ किन त्यति साह्रो डराउनु पर्यो तिमीहरू ? मैले यस्को समाधान निकाल्न सक्छु त म यस्तो फुच्चेले भनेर सोध्दा तैले निकाल्छस् र त हामीलाई यस्तो डर त्रास भइरहेछ भन्थे । उनीहरू भन्थे कि मैले यस्को समाधान निकाल्छ रे । त्यस्तै गरे रसियन पितृहरूले पनि त्यसै भने । तैले गरेको खोज सफल भयो भने हामी सबैको उद्दार हुन्छ भनेर भनेका थिए । अनि मैले सोधेँ म सक्छु त यस्तो कुराको समाधान निकाल्न भन्दा “त सक्छस् भनेर हामिलाई थाहा छ । हामीलाई कसरी थाहा भयो भनेर त्यो थाहा छैन तर तँ सफल हुन्छस् एक दिन भनेर हामीलाई थाहा छ ” भनेर भने । म मा पनि भित्रबाट यस्को निचोडमा म एक दिन अवश्य आउँछु भन्ने ध्रिढ विस्वास सँधै थियो ।

यस्ता परिस्थितीमा जुधिरहेको वेलामा समाधानका उपायहरूका तर्कहरू लगाउदै जाँदा यस कुराका चर्चा वर्णनहरू हिन्दु शास्त्र, पुराणहरूमा गरिएका थिए । शिवजी पनि दानवहरूसँग लड्नु भएको थियो, बिष्णु भगवान पनि दानवहरूसँग लड्नु भएको थियो, दुर्गामाता पनि दानवहरूसँग लड्नु भएको थियो, गणेशजी पनि दानवहरूसँग लड्नु भएको थियो, हनुमानजी दानवहरूसँग लड्नु भएको थियो, रामचन्द्रजी, कृष्णजीहरू पनि त्यस्तै विभिन्न दानवहरूसँग लड्नु भएको थियो । तर मैले पनि ती माथी उल्लेख गरिएका देवीदेवताहरूका नामहरू सुन्दै आएको, तिनका नाममा कहिले कहिँ पूजा पाठहरू पनि गरेको हुँ तर ती मैले नजानिकन गरिएका पुजामा तिनीहरू अझै छन् जस्तो लागेको थिएन । तिनीहरू त आस्थाका केहि पात्रहरू हुन, धर्म सँस्कारहरु भनेका समाजका केहि मान्यताहरू मात्र हुन् र समाजमा अन्य मानिसले गर्दै आएका विधिहरूलाई निष्कृय समर्थन गरेको मात्र हो जस्तो लागेको थियो । पुराणका कथाहरू र देवीदेवताहरूका चर्चा भनेका त कालान्तरका कथाहरु र कथाका पात्रहरू मात्र हुन् जस्तो लागेको थियो । तर ती कालान्तरका कथाहरू, ती पुराणका कथाहरूका भिलेन पात्रहरू, अरूलाई दु:ख दिने पात्रहरू जस्तै पितृ, भुत, प्रेत, बोक्सीहरू आज पनि छन् भने कतै ती कथा पुराणका हिरो पात्र पनि छन् कित भन्ने कता कता प्रश्नहरू उब्जिन थाल्यो । समस्याले घेरेको परिस्थिति अनुसार ती पुराण कथाहरूमा उल्लेख गरिएका हिरोहरू आज पनि छन् र तिनीहरू आएर मेरो लडाइ लडिदिए म बाच्ने भएँ नत्र यीनीहरूले छिया छिया पार्ने भए भन्ने कुरामा निचोडमा आएँ ।

अब पुराण कथाहरूका हिरो पात्रहरूलाई कसरी भेट्ने भन्ने तयारीमा लागेँ । महाभारत पुराण कथामा पनि कृष्णजीले अर्जुनलाई शिवजीको तपस्या गर्न पठाउनु भएको थियो, रामचन्द्रजीले पनि शिवजीको तपस्या गरेर मात्र लडाइ लड्न जानु भएको थियो । इन्द्रले दानवहरूसँग लडाइ हारेपछि शिवजीसँग गुहारमाग्न जानुहुन्थ्यो र आफ्नो स्वर्गको राज्य फिर्ता पाउनु भएको थियो भन्ने उल्लेख छ । त्यसै भएर मैले पनि ज्यान बचाउन देवीदेवताहरूका आरधना, पुजा, पाठ, ब्रत, स्तुतीहरू गर्न थालेँ । यति गरेँ कि चौबिसै घण्टा गरेँ । किन त्यसरी गरेँ भन्दा खोजेको कुरा त राम्ररी खोज्नु पर्यो नि । राम्ररी खोजे पछि पो पाइएन भने त्यहाँ छैन भनेर पक्का हुन्छ भनेर राम्ररी खोजेको हुँ । राम्ररी खोज्छु अनि पाइएन भने छैन भनेर पक्का हुन्छ अनि आफ्नो अर्को सुर गर्नु पर्ला भन्ने विचार थियो । खोज्दै जाँदा घरिघरि गलत गर्दैछस् यस्तो पढेको मान्छे यस्ता पुराणका पात्रहरूलाई खोजेर हिड्ने हो भन्ने आउथ्यो भने घरि घरि तँ ठिक बाटोमा छस् केहि आधार भएरै खोजिगरेको होस् भन्ने लाग्दथ्यो । यस्तै गर्दै अगाडि बढ्दै जाँदा छेक्ने, दु:ख दिनेहरू झन् झन् आए भने मलाई तिनै पितृहरू, भुत, प्रेतहरू तथा केहि देवीदेवताहरूले मद्दत गरिरहेका रहेछन् भन्ने अनुभवहरू हुन थाले । मैले सबै देख्न थालेँ कि त्यहाँ कोहि मलाई मार्न आउथे भने त्यत्तिनै खेर कोहि न कोहि अन्य केहि चिजहरू आएर मलाई बचाइ दिन्थ्यो । जस्तै कुनै सर्पले मलाइ टोक्न खोजेको रहेछ भने त्यत्तिनै खेर कुनै गरूढ उडेर आएर त्यस सर्पलाइ मारिदिन्थ्यो र त्यसवेला मलाई भइरहेको लक्षणहरू पनि कम हुन्थे । कहिले बाघ आएर कुनै चिजलाई मारिदिन्थ्यो । मलाई भैसी, राँगो, सर्प, गोही यस्ताहरूले धेरै दु:ख दिन आउथे भने हात्ती, बाघ, गरूढहरू आउथे र बचाउथे । कहिले जङ्गलका झाक्री हौँ भन्नेहरू आएर मसँग बोल्न आउने भुत प्रेतहरूलाई भगाइ दिन्थे । खास गरेर त्यस जम्काभेट पछिका दिनहरूमा दु:ख दिनेहरू पनि आएका आइ भए सहयोग गर्नेहरू पनि आएका आइ भए ।

मलाई सहयोग गर्नेहरू मध्ये कुनै कुनै चिजहरूका रूपहरू यस्ता थिए कि मैले कहिल्यै पनि देखेको वा सुनेको पनि थिइन । एउटा अचम्मको जीवसँग मेरो सम्पर्क भयो, त्यस्तो चित्र मेरो अगाडी आउन थाल्यो, अरुले नदेख्ने मैले मात्र देख्ने हुन्थ्यो । त्यस जीवको टाउको र मुख गाइको जस्तो, तर त्यो गाइको दाँतहरू काठ काट्ने ठुला ठुला करौँतेहरूका जस्ता हेर्दा गोहीहरूका दाँतहरू जस्ता देखिन्थे र त्यस गाइको मुख जस्तो भएकोको टाउको मुख चलाइ र रिस व्यवहारहरू गोहीको जस्तो, शरीर मान्छेको जस्तो र मानिसको भाषामा, नेपाली भाषामा बोल्ने गर्थ्यो मसँग । मलाई सबै भन्दा गाह्रो हुन थालेको वेलामा प्रत्यक्ष भुत प्रेतहरू देख्न थालेको वेलामा मेरो अगाडि त्यो गाइको मुख भएको जीव आयो र सबै भुत, प्रेतहरुलाई मार्ने, लखेट्ने गर्यो । म अचम्ममा परेँ । अब के गर्नु के गर्नु भयो । मैले सोधेँ तिमी को हौ ? किन मलाई सहयोग गर्न आयौ ? भनेर सोध्दा लामो कविता जस्तो लामो गीतमा, झाक्रिहरुले बोलेको जस्तै जस्तै तरिकामा आफ्नो परिचय दियो । त्यो गीत मैले भुलेँ, लामो थियो याद गर्न पनि गाह्रो थियो र त्यस्को सारांश मात्र याद छ । त्यस्ले आफ्नो परिचयमा भन्यो कि मेरो शरीरको टाउको गाइको जस्तो छ, शरीर मानिसको जस्तो छ, म हिमालमा बस्छु, डाँडामा चिप्लेटी खेल्छु र डाँडामा चिप्लेति खेल्दै तल माथी गर्छु, म कहिले देखि छु मलाई थाहा छैन । तँ मेरा गाउँमा आएको थिइस् । तँ मान्छे राम्रो विचारको रहेछस् । तँलाई मेरो गाउँमा आएको वेलामा मेरा गाउँमा भएका भुत प्रेतले दु:ख दिएर मार्न लागेका रहेछन् । मैले तँलाइ हेरिराखेको थिएँ । मैले तँलाई बचाएँ । त्यस दिनबाट म पनि तँसँग छु । मैले तेरो रक्षा गरिराखेको छु । तैले शिवजी खोजिराखेको छस् । म पनि शिवजीको एउटा गणको नायक हुँ भनेर लामो समय सम्म भाका मिलाएर गीतमा आफ्नो परिचय दियो ।  त्यसो भए शिवजी छन् त ? मैले सोधेँ त्यसलाई । उस्ले भन्यो शिवजी छन् तैले एक दिन भेट्छस् र तँ सफल हुन्छस् भनेर भन्यो । लौ हेर मलाई कस्तो आपद पर्यो । हेर्दा उहि डरलाग्दो छ । शरीर पनि मानिसहरू भन्दा चार पाँच गुँणा अग्लो, उभिदा मानिस जस्तो सिधा नउभिएर भालुहरू उभिए जस्तो गरेर अलिअलि अगाडि झुकेर उभिने, टाउको मुख गाइको जस्तो छ, कालो कालो खैरो खैरो र शरीर भरि रौँ रौँ भएको थियो । मसँगै थिएँ रे र अझै सँगै छु भन्छ, उस्लाई देखेपछि भुत, प्रेत, पितृहरू भागाभाग गर्छन् । मलाई निल्नु न ओकाल्नु भयो । उसले भनेका कुराहरू ठिक साँचा थिए । उसले हिमालमा बस्छु भनेको म हुम्ला जिल्लामा हेल्थ हसिस्टेन्ट भएर काम गर्दा म बस्ने ठाउँबाट एउटा हिमाल देखिन्थ्यो र त्यहि हिमालको ठुलो ठुलो पहराहरू र त्यसको तल एउटा ठुलो लेक भएको डाँडा देखिन्थ्यो । त्यहाँका गाउलेहरूले उ त्यो हिमालमा सिलाजित र सन्जीबनी बुटि पाइन्छ रे तर त्यहाँ आज सम्म कोहि पनि पुगेका छैनन् रे भन्ने कहानी सुनाउथे । मलाई त्यस हिमाल र डाँडामा हेर्न मन लागिरहन्थ्यो र मैले हुम्ला छोडेर आएपछि पनि त्यो हिमाल र त्यो डाँडाको याद आइरहन्थ्यो । त्यही हुम्लामा गएको वेलामा मैलै पितृ, भुत प्रेत लागेका विरामीहरू, बोक्सी लागेका विरामीहरू र तिनीहरूलाई त्यहाँका लामा, झाक्रीहरूले उपचार गर्दै गरेको देखेको हो र त्यहाँ मैले पनि विरामी हेर्न उपचार गर्न गाउँमा गएको वेलामा मरेको मान्छे विरामीको शरीरमा आएर बोलेको देखेको र नजिक बसेर हेरेको वेलामा मलाई अचानक थर्काउदा म अलि झस्केको थिएँ । डराएको त होइन तर आफु तयार नभएको वेलामा अचानक कसैले चर्को स्वरमा यो को हो ? भनेर औँला ठड्याउदा अचम्म लाग्नु स्वभाविक नै हो त्यो पनि केहि घण्टा अगाडी राम्रोसँग बोलेको विरामीले । पछि थाहा भयो कि पितृ, भुत, प्रेतहरूले एक पटक सम्पर्क गर्न पाए भने छोड्न मान्दैनन् भनेर भने मलाई त तिनीहरूपछि लागेका छन् भनेर थाहा पनि भएन र म त झन् त्यो घटना कता विर्सन्छ कि भनेर हरेक नया मान्छेलाई सुनाउने गर्थे । यसरी तिनीहरुको चर्चा गर्दा उनीहरु नजिक आउदा रहेछ्न्, पिछा गरेका हुँदा रहेछन् । तिनीहरूले मार्न खोजेका थिए भनेको पनि केहि मिल्यो । त्यहि हुम्लामा नै हुँदा पटक पटक झण्डै मर्ने जस्तो परिस्थितिहरू आएका थिए । धन्नै भिरबाट लडेको, भिरमा हिड्दा चिप्लिएको, बाटो भुलेर अन्तै पुगेर राती जङ्गलमै बास बस्नु परेको अवस्थाहरू आएका थिए । यसरी त्यस भयानक जीवसँग मेरो देखादेख कुराकानी भयो । यो देखादेखको घटना हुँदा म मस्कोमा छु कहानी त्यसभन्दा २० बर्ष अगाडिको कुरा हो । तर मैले सोचेँ मेरो अरू कुनै विकल्प छैन । हुन त यो पनि कुनै भुत प्रेत नै हुनु पर्छ तर ज्ञानी भुत प्रेत रहेछ क्यार, मान्छेको भाषा पनि बुझ्दो रहेछ भने अहिले यसैसँग मित्रता गर्नु पर्यो भनेर मैले त्यसलाई धन्यवाद दिएँ, मेरो रक्षा गर है भनेँ । मैले हिन्दु सँस्कृतीका पुराणहरूमा उल्लेख भएका केहि उदाहरणहरू सम्झेँ । महाभारत पुराणमा कौरब पाण्डब लडाइमा एक वनमा बस्ने दानवले पाण्डबका पक्षमा लडेकाले त्यस दिनको लडाइले कौरब पाण्डब लडाइले अर्को मोड लिएको थियो । कौरब तर्फका कर्णसँग एक अचुक अस्त्र थियो जुन अस्त्र कर्णलाई सुर्यले दिएका थिए । त्यो अस्त्रले प्रहार गरेपछि जुनसुकै प्रतिध्वन्धी पनि मारिने रहेछ । तर त्यो अस्त्र एक पटकमात्र प्रयोग गर्न पाइने थियो र कर्णले अर्जुनसँग लड्ने बेलामा चाहिन्छ भनेर अरूसँग युध्द हुँदा प्रयोग नगर्ने भनेर साँचेर राखेको थियो । यता पाण्डब तर्फबाट त्यस दिनको लडाईमा भिमसेनका दानव श्रीमतीका छोरा घटोत्कक भन्ने दानब लडाइमा आएको थियो । त्यस घटोत्कक दानबले त्यस दिनको लडाइमा कौरब सेनामा ठुलो क्षती पुर्यायो र वेलुका सम्ममा त कौरब तर्फ कोहि पनि सेना बाँकी रहदैनन् कि भन्ने लाग्न थाल्यो कौरब तर्फका सेनाका सँचालकहरूलाई र सबैले कर्णलाई कर गरेर कर्णको त्यो अचुक अस्त्र आजै यस दानबका बिरूध्द प्रयोग गरेर आजको युध्द जित्न आग्रह गरे । कर्णले पनि परिस्थिती अनुसार आफ्नो अचुक अस्त्र प्रयोग गरेर घटोत्ककलाइ मारे । तर कर्णको अचुक अस्त्र जुन अर्जुनलाई मार्न भनेर साँचेका थिए त्यो सिध्दियो । यसरी पाण्डब कौरबको लडाइमा पनि दानवको सहयोग लिइएको छ । त्यस्तै गरेर रामचन्द्रजीको पालामा पनि बाँनर सेना र हनुमानजीहरूका सहयोगमा लडाइ जितिएको थियो । त्यस्तै गरेर प्रह्लादलाई नरसिँह भगवानले बचाउनु भएको थियो । भने मलाई पनि यस्तै चिजहरूले सहयोग गरिराखेका छन् भने राम्रै भयो, यसलाई नराम्रो भन्न मिल्दैन । तर यो टाउको गाइको जस्तो भएको जीवसँग पनि सतर्क भइरहनु पर्छ, यसको मात्र भर पर्नु हुँदैन, सधै यस्ताहरूका सम्पर्कमा बस्नु हुँदैन, अहिले आफुलाई चाहिने वेलासम्म त जोसँग नि मिल्नु पर्छ भन्ने लाग्यो । त्यस भयानक गाइ र मान्छे जस्तो चिजसँग मेरो करिब ५ बर्ष जति सम्बन्ध रहेको थियो र त्यस अबधी सम्मका मेरा लडाईहरु लड्न, जित्न, टिक्न मद्दत गरेको थियो । त्यस्तै गरेर अन्य थुप्रैले सहयोग गर्थे । मलाई अँध्यारोमा पुर्याएका वेलामा अचानक कताबाट सुर्य देखिने र सुर्य देखिने वित्तिकै कुनै कुनै भुत प्रेतहरू भाग्दा रहेछन् । कहिले चोर आउने त्यति खेर पुलिस आइपुग्ने, पुलिस देखेर चोर भाग्ने । कहिले तिनै पुलिसले दुख दिन थाले राजा आइ पुग्ने, राजा आएपछि पुलिसहरू भाग्ने यस्तै यस्तै नाटक गरे जस्तो हुन्थ्यो ।

यस्तै दुखका अनुभवहरू मैले अगाडीका पाठहरूमा पनि लेखेको छु । त्यहाँ अरू पाठमा व्यक्त गरिएका प्रत्यक्ष सम्पर्कका अनुभवका कुराहरू पनि यहाँ व्यक्त गरिएका जम्काभेटपछिका घटनाहरू हुन् । यस जम्काभेटपछि मलाई साच्चै नै गलायो, निल्नु न ओकाल्नु भयो, मार्छन् कि भन्ने भयो, नसकेर अब खोजिलाई रोकम कि भन्ने पटक पटक बनायो । यति गहिराईमा पुगेँ कि म तिनीहरूको सँसारमा नै थिएँ जस्तै भयो । मत आफ्नो सँसारमा त खाना खाउन्जेल सुतुन्जेल पनि एक्लै थिइन जस्तै भयो । म त कित तिनीहरूलाई देखेर तिनीहरुसँग कुरा गरिरहेको हुन्थेँ, तिनीहरू गएपछि तिनीहरू को हुन् , यस्को अर्थ लगाउन र विश्लेषणहरू गर्न थाल्थेँ । कहिले कहिले मैले तिनीहरूसँग बोलेको अरूले पनि देख्न थाले र मैले एक्ले बोलेको देखेर मलाई अर्कै सोच्लान् भन्ने पनि डर भयो । मलाई सबैभन्दा कठिन दिन यतिखेर नै थियो । यतिकै छोडम यतिका अनुभव गरेको कुराहरुलाई कहाँ छोड्ने कसरी भुल्ने, यो कुराहरु अनुभवहरु भुलेर थाहा नपाए जस्तो गरेर अब कसरी अरू दिन बाच्ने । अनुभवहरू भुल्न चाहेर पनि भुल्न मेट्न नमिल्ने रहेछ । अझै अगाडि बढ्न भने अब कुनै शक्ती बाँकी छैन जस्तै बनाइसक्यो । साच्चैकै सर्वस्व नै गरायो, न क्यारिएर छ, न पढेका कुराहरु काम लागे, न डाक्टर पढेका डिक्रि काम लागे, न कमाएको सम्पत्ती बाँकी छ, न पुरानो अनुभवका कुराहरु भुल्न सक्छु, न नयाँ बाटो रोज्न सक्छु, साच्चै कै खाडलमै लगेर खसाले जस्तो गरायो । तर सृष्टि के हो ?, जीवन के हो ?, मृत्यु के हो ? र मैले गरेका अनुभवहरूको कारणहरु के हो ? भनेर नबुझिकन खान लाउनका लागी मात्र बाचेर सुखि र खुसि हुन सक्दिन भन्ने लाग्यो र अझै अगाडी नै बढ्ने दृढताले छोडेन । अझै अगाडी बढ्ने जोस पटक्कै कमि भएको थिएन । तर यिनै दुखका अनुभवहरू नै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अमुल्य अनुभवहरू रहेछन्, सम्पूर्ण मानव जातीका लागी चाहिने ज्ञानहरूका अनुभवहरू गरेर बसेको रहेछु । त्यो जम्काभेटपछिका दिनहरुमा यस्तै गरेर दु:खका अनुभवहरू गर्दै मैले करिब ५ बर्ष बिताएछु ।

त्यस्तै गरेर एक दिन एउटा घटना भयो । म घरमै बसेर मैले भोगेका कुराहरूको विश्लेषण गर्न भनेर बसेको थिएँ । सुतेको थिइन, पलेटि कसेर बसेको थिएँ तर मनन गर्न भनेर आँखा चिम्म गरेर बसेको थिएँ । मैले त्यति खेर मनन गर्ने भनेको मैले पढेका कुराहरू र मैले भोगेका कुराहरु कतै सम्बन्धित छन् कित र ती मलाई दुख दिन आउने र मलाई गुहार दिन आउनेहरू वास्तबमा को को हुन् ?, कहाँबाट आए ? यिनको वास्तविक परिचय खुलाएर लेख्नु पर्यो र अरूलाई भन्नु पर्यो भन्ने थियो । मलाई सपनामा राँगो, भैँसी देखेपछि अनि मलाई भोली पल्टबाट गाह्रो हुने, विरामी हुने हुन्थ्यो । त्यसदिन पनि म आँखा चिम्म गरेको वेलामा मेरो नेपाल घरको अगाडी चौतारा निरको चित्र आयो । म चौतारा निर दोबाटोमा उभिएको रहेछु र मेरो दाहिने तिर, अचानक वडा कार्यालय तिरको चउर तिरबाट १२ – १५ वटा ठुला ठुला राँगाहरू दौडदै म तिर आए । ती राँगाहरू यति ठुला ठुला थिएकि त्यति ठुला ठुला र मोटा मोटा, काला काला, चिल्ला चिल्ला राँगाहरू मैले कहिल्यै पनि देखेको थिइन सपनामा पनि र विपनामा पनि । ती राँगाहरू दौड्दै मेरो एक दम नजिक आइहाले र एक मिटरको नजिक आईहाले, मैले मेसो पाइन, भाग्ने पनि चाँजो मिलेन र म नचलिकन उभिरहेँ । ती राँगाहरू मध्ये ४ वटा पहिलो लाइनमा बसे अरू पाँच छ वटा दोस्रो लाइनमा थिए र त्यस्तै पाँच छ वटा तेस्रो लाइनमा बसेर सबैले मलाई हेरिरहे । तर अगाडी सुरुमा आउदा जसरी हानी हालम जस्तो जोसिलो तरिकाले हान्न भनेर आएका थिए ठिक्क मेरो नजिक एक मिटरमा आइपुग्दा उनीहरू किन हो किन एक छिन अडिए । म होसमै छु । मैले विचार गरैँ । यिनीहरू भुतप्रेतहरू नै होलान । मलाई मार्छु भनेरै आएका होलान् । आजसम्म त कसैले न कसैले बचाउने गरेको छ । आज पनि त बचाउन आउलान् भनेर सोच्दै थिएँ । अचानक मेरो मनमा भाव आयो कि आजसम्म तँलाइ अरूले बचाएका थिए अब त आफै पनि लड्न जान्नु पर्छ भन्ने आयो र यस लडाईमा मलाई देवीदेवताहरूले सहयोग गर्छन् भन्ने आयो । मैले त्यसवेला सम्ममा धार्मिक फिल्म, सिरियलहरूमा र मेरा वरिपरि घटिरहेको घटना अनुसार आँखा अगाडी आएका चित्रहरुको अर्थ के हो बुझेको थिएँ, देवीदेवताहरूले हतियारहरू चलाएको देखिसकेको छु र म पनि डराउन तिर लाग्नु हुँदैन भन्ने लागिसकेको थियो । किन हो कुन्नी डर पटक्कै नलाग्ने, कहिले कहिले डर लाग्दा यो म डराएको होइन मलाई कसैले डराउन बाध्य गरिरखेका छन् जस्तो लाग्थ्यो । म ति राँगाहरूको आडमा नचलिकन मुर्ती जस्तो भएर बसिरहेको थिएँ र ममा अचानक अब यिनीहरूसँग म आफै लड्छु भनेर यिनीहरूलाई काट्ने हतियार दिनुस भनेर भनेँ, अन्जान मै कसैलाई तोकेर भनेको होइन कि कुनै न कुनै देवीदेवताहरूले मलाई अहिले पनि हेरिराखेछन् जस्तो लागेको थियो । जव मैले मलाई हतियार दिनुस भनेथेँ, त्यो भन्ने वित्तिकै मेरो हातमा ठिक्क साइजको, ठुलो खुर्पा भन्दा ठुलो तर अरु खुँडाहरू भन्दा अलि सानो नयाँ टिलिक्क टल्किएको चाँदिको जस्तो, धार झन् टिलिक्क टल्केर प्रकाश आईराखे जस्तो खुँडा आयो मेरो दाहिने हातमा । मेरो हातमा खुँडा त आयो तर म त्यस राँगोको  ठिक अगाडी भएको भएर त्यसलाई हान्न नमिल्ने थियो । म चलेँ भने त्यस्ले हानी हाल्छ र त्यहाँ अरू तीनवटा नजिक नजिक छन् । तर म पनि लडभिड गर्न जान्ने, छकाएर फुर्तिले कसरी हान्नु पर्छ भनेर थाहा थियो र एक सेकेण्डमा एकै पाइलामा त्यस राँगोको साइडमा आएर, एक पटक भन्दा दुइ पटक हान्न हुँदैन, एक पटकमा मरेन भने यस्ले मलाई भ्याउछ भनेर, एकै पटकमा छिनाल्छु भनेर साइडबाट राँगाको घाँटीमा हानेको त राँगोको घाँटी च्वाट्टै छुटिएर तल भुइमा झर्यो । त्यो राँगोले मेसो नै नपाएर टाउको भुइमा झरिसक्यो तर जिउ अझै ठाडै नचलिकन उभिरहेको थियो । त्यस राँगोको टाउको र काटिएको घाँटीबाट छिरिरिरि रगत उछिच्टिएर बगिरहेको थियो । अर्को सेकेण्डमा त्यसको शरिर उभिरहेको देखेर मलाई यस्को उभिएको शरीर देखेर पनि यसको भयानक रूपसँग डरलागिरहेछ भनेर त्यस राँगोको आधा शरीरमा एक लातले हिर्काएको त त्यस राँगोको शरीर भुइमा ढल्यो । अनि मैले सोचेँ अब अरू राँगाहरू झन् रिसाएर मसँग लड्न आए होलान् भनेर खुँडा उठाएर आकास तिर फर्काएर, यदि अरू राँगा पनि नजिक आएका रहेछन् भने हान्छु भनेर, अरू राँगा तिर फर्केको त अरू सबै राँगाहरू डराएर फर्केर भागेछन्, दकुर्दै जताबाट आएका थिए त्यतै भागे । त्यो दिनको अनुभव सबै भन्दा नौलो अचम्मको थियो र त्यस दिनबाट मैले आफैले लड्न थालेँ  र त्यस दिनबाट मेरो अनुभवहरुले नयाँ मोड लियो । त्यो दिनबाट मैले लडाइ जित्न सूरू गरेको दिन थियो । यो घटना मेरो त्यस जम्काभेट भएको चार बर्षमा २०६७ साल (सन् 2010)मा भएको  थियो ।

त्यसपछि पनि त्यस्तै खालको अर्को घटना छ । म सानो हुँदा करिब ५-७ बर्षको हुँदा खेरि हो मैले एउटा सपना देखेको थिएँ । त्यो सपनामा माथिको राँगोको घटनामा जुन चउर पाटन तिरबाट राँगाहरू आएका थिए त्यहि चउरमा चउरको किनारा किनारा तिरबाट चउरलाई घेरे जस्तो गरेर ठुलो अजिङ्गर हिडिरहेको रहेछ । त्यो चउरमा हामी सँधै खेल्थ्यौँ सानो हुँदा । त्यो चउर फुटवल ग्राउण्ड जत्रै ठुलो छ भने त्यो चउरको चारै तिर किनार किनार हुँदै त्यो अजिङ्गर हिडिरहेको रहेछ सपनामा । त्यो अजिङ्गर ४ सय मिटर जति लामो र आधा मिटर भन्दा अलि बढि जति मोटो थियो होला । त्यस सपनामा मैले त्यो अजिङ्गर देखेछु र त्यो अजिङ्गर लामो भएकोले त्यस्को मुख म भन्दा टाढा रहेछ र म त्यस अजिङ्गरको पुच्छरमा समातेर उचालेर खेल्दो रहेछु र त्यो अजिङ्गरले पनि मलाई वास्ता गर्दैन रहेछ । तर यो सपना मैले करिब १५ पटक देखेँ होला विभिन्न उमेरमा । मैले यस्को अर्थ बुझेको थिइन । त्यस जम्काभेटपछि मेरो यस्तो अदृश्य चिजहरूलाई देख्न सक्ने भइरहेको, सबैले दु:ख दिने गरेको वेलामा त्यो अजिङ्गर फेरि मेरो अगाडी आयो । यस पटक त त्यसले मलाई खान भनेरै आयो । मेरो नजिक मुख ल्याएर मलाई हेरिरहेको थियो । मैले तिनीहरूसँग लड्नु पर्छ भन्ने लागेर लड्न तयार थिएँ र त्यती खेर पनि म लड्न खोजेँ । मैले त्यस अजिङ्गरको घाँटीमा समात्छु भनेको त मेरो हात गएर त्यो अजिङ्गरको च्याप्पै घाँटीमा समातियो वा भनौँ घाँटीमा समातिएको चित्र आयो । मैले त्यस्को घाटी थिच्न थालेँ, त्यो अजिङ्गर बटारिदै थियो, मैले मेरो एक हातले त्यस्को घाँटी समातेर अर्को हातले हातमा तरवार लिएर काट्छु भन्ने वित्तिकै हातमा तरबार आयो, त्यसको शरीरलाई टुक्रा टुक्रा पारिदिएँ । त्यो अजिङ्गर मेरो अगाडी रगतै रगत भएर टुक्रै टुक्रा भयो । अहिले बुझ्दै आउदा किन मलाई त्यस चउर तिरबाट प्रहार गर्न आउथे भन्दा त्यो गाउँ ब्राह्मणहरूको गाउँ हो । मेरा गुरूहरू पनि त्यतैका ब्राह्मणहरू हुन्, मेरा साथी सँगतहरू पनि त्यतैका ब्राह्मणहरू थिए । म त्यहि ब्राह्मणका सँगतले पढेको बुझेको बाठो टाठो भएको हुँ, तर मेरो पढाइले मेरो अध्ययनले ब्राह्मणका तिनै पुराना सँस्कारहरूको विपरित गए जस्तो हुन आउदो रहेछ । त्यहि भएर पुराना सँस्कार मान्नु पर्छ भन्ने पितृ, प्रेतहरू वा अज्ञानी देवीदेवताहरूले मलाई छेक्न आएका रहेछन् । त्यो अजिङ्गर लामो देखिएको, मैले पुच्छर समातेको र खेलेको देखेको त म तिनी ब्राह्मणका सस्कृती सँस्कारसँग हुर्कदै, त्यसै सँस्कारसँग खेल्दै, त्यहि सँस्कारहरू के हुन् भन्दै बुझ्न  खोजेको रहेछु, त्यो कुरा बुझेर त्यसको मुख सम्म पुग्न लामो समय लाग्छ र मुख निर आउदा मात्र त्यससँग प्रत्यक्ष जम्का भेट र लडाइ हुनेछ, अहिले त्यसैसँग खेले जस्तो गरेको रहेछु भन्ने अर्थ रहेछ । आखिरमा ब्रह्मज्ञान भनेको तर अज्ञानतामा गरिएका धर्म सँस्कारहरूसँगको लडाइ जस्तै पो हो रहेछ । सँस्कारहरूका बारेमा गहिराइमा बुझ्छु भनेर प्रण गर्दा त अन्जानमा नै यस्ता लडाइका जिम्मेवारीहरू लिइएको र लडाइको पात्र हुन पुगेको रहेछु  । भने आज सम्मका मेरा जीवनका सबै यात्रा, खोजि र लडाइका बारेमा त्यति खेर नै म सानो हुँदा नै कसैले सपनामा भनिदिएका रहेछन् र मलाई डोर्याइरहेका रहेछन् । मैलै ठुलो भएर सँस्कारका बारेमा खोजि गर्छ र समाजले मान्दै आएका यस्तै नागहरू भन्नेसँग लडाइ हुनेछ भन्ने कुरा १-२ क्लास पढ्ने वेलामा सपनामा मलाई भनिदिएका रहेछन् ।

अब त यसरी कोहि दु:ख दिन आउने कोही सहयोग गर्न आउने भएपछि त यत्तिकै अवस्थामा बसेर त भएन भनेर झन गहिरिएर पढ्न थालेँ । यसरी हरेक दिन नयाँ नयाँ घटनाहरू हुने नयाँ नयाँ चिजहरूले मार्न, दु:ख दिन आउने र मलाई पनि मेरा समर्थकहरूले बचाउने कार्य भइरहे भने मैले झन् गहिरिएर अध्ययन मनन गर्दै थिएँ । अलि पछिपछि हनुमानजी, गणेशजीहरू पनि आएर रक्षा गर्नु भएको अनुभवहरू हुन थाले । हनुमानजीलाई, गणेशजीलाई यसो देखे जस्तो हुने वित्तिकै ती भुत प्रेतहरू भागिहाल्ने हुन्थ्यो तर हनुमानजी गणेशजी नै हो, उनीहरू आएर नै बचाएका हुन्, उनीहरू छन् भन्ने स्पष्ठ धारणा अझै आइपुगेको थिएन । कस्तो हुन्थ्यो भने एकदम दु:ख भए कोहि आएर बचाइदिएनी हुन्थ्यो नी भन्ने भाव आउने, उनीहरू आएर बचाइदिएर आफुलाई ठिक भएपछि सबै विर्से जस्तो हुने, मनन गर्न मन नलाग्ने आफ्नै काम गर्न मन लाग्ने हुन्थ्यो । अलि फुर्सद निकालुँला र मनन गरूँला, अहिले अलि फुर्सद छैन जस्तो लाग्ने हुन्थ्यो हरेक पटक । सपना देखे सपनाका कुरा सबै मिल्छ तर सपना एक समाचार हो भनेर तर्क दिनु पर्छ यस्को बारेमा मनन गर्नु पर्छ भनेर सोच आउदा पनि बसेर सोच्ने फुर्सद नभए जस्तो हुने । हुन त यहि कुराहरूको नै खोजिगरिरहेको छु, तर किन हो किन स्पष्ठ चित्रण गर्न मनै नलाग्ने फुर्सदै नहुने भइराखेको थियो । एक दिन त विहान उठ्ने वेलामा सपनामा हनुमानजीले मेरो छाती माथी चडेर मेरो दुबै हातलाई उहाँको देब्रे हातले समातेर उहाँको अर्को हातले घरी घाँटी थिचेर मारम्ला झै गरेर मेरो गाला गालामा हानेर सपना खबर हो भन्दा पनि कस्तो नपत्याएको भन्दै निकै रिसाएर पिट्नु भयो र म झस्याङ्ग विउझिएँ । सपनामा हनुमानजीले पिटेको भनेर यो सपना मात्रै होला भनेर हाँसे तर उठेपछि उहाँले पिटेको ठाउमाँ यस्तो दुखिराखेको थियो कि यस्तो साह्रो हात त कसैको पनि हुँदैन होला, त्यति साह्रो हात थियो र पिट्दा टाउको झननन बनाएर झिल्का बलेको थियो । त्यो दुखाइ दिन भर दुख्यो, एैनामा हेर्दा गाला राता राता थिए र धेरै बर्ष सम्म पनि त्यो दुखाइ याद आइरहन्थ्यो । त्यस दिनपछि बल्ल म अलि सिरिएस भएर कतै हनुमानजी साच्चेकै छन् क्या जस्तो लाग्न थाल्यो । त्यस दिन हनुमानजीले पिटेर सपना खबर हो भनेर भन्नु भएपछि बल्ल यतिका दिन सम्म घरि हाे जस्तो लाग्ने घरि हैन जस्तो लाग्ने र मनन गर्ने फुर्सद नहुने कुराहरू परिवर्तन भए । मैले सपना खबर नै हो भनेर ठोस निर्णय लिएँ र अब यस विषयलाई गहिराइमा बुझेर लेख्न मिल्ने बनाउछु भनेपछि मेरा आज सम्म देखेका सपनाहरू र जीवनमा घटेका घटनाहरू ट्याक्क ट्याक्क जोडिन थाले । बुझ्दै आउदा मेरा जीवनका सबै राम्रा नराम्रा घटनाहरू हुँदा मैले पहिला नै सपनामा देखिसकेको थिएँ । हनुमानजीले हामीले सपना मार्फत सजग गराएका थियौँ, भगवानहरू सपना मार्फत सम्पर्कमा आउनु भएको थियो भनेर भन्नुभयो । त्यस दिनपछि हनुमानजी गणेशजीहरू अलि धेरै सम्पर्क भएको जस्तो लाग्न थाल्यो अलि ढाडस बढे जस्तो भयो । हनुमानजीहरू, अन्य भगवानहरू आउन थालेपछि त्यो दानब जस्तो गाई जस्तोलाई अब तिमी नआउ भनेँ, तिमीलाई धन्यवाद छ भनेँ र उ त्यसपछि आउन छाड्यो ।

यसरी देवीदेवताहरूलाई झल्याक झुलुक्क देखे जस्तो हुने, देवीदेवताहरूले रक्षा गर्नु भएको छ जस्तो लाग्ने र सपनामा पनि खबरहरू आउने हुँदै दिन बित्न थाले म झन् गहिरिएर पढ्न थालेँ र मेरो अध्ययनले पागलपन लिन थाल्यो । पुराणहरूमा भगवान पाउन भनेर श्रृषीहरूले एकान्तताका लागी जङ्गगलमा गएर वा अझ हिमालयमा गएर तपस्या गर्थेरे भनेर भनिएको छ । म अब के गरू कता जाउँ भैरहदा जङ्गलमा गएर तपस्या गरेकाहरूले, हिमालयमा गएर तपस्या गरेकाहरूले निचोड नल्याएको थाहा भएपछि अब म पनि तिनीहरूको जस्तै जङ्गलमा वा हिमालउमा गएर तपस्या गर्ने बाटो रोज्नु पनि मुर्खता हो । जङ्गलमा गएर हिमालयमा गएर तपस्या गर्नेहरूलाई पनि भोक लाग्ने होला । अनि ती तपस्या गर्नेहरुका त खाना खान कता जाने, पानी पिउन कता जाने, राती कहाँ सुत्ने, जङ्गली जनाबरहरूबाट कसरी सुरक्षित हुने भन्ने मानै बढि समय गए होलान् । भने मैले त्यो बाटो रोज्नु हुँदैन । बरू म अएरकन्डिशन रूममा बसेर, ग्यासमा खाना पकाएर, घरमा बिजुली बालेर, फ्रिजमा खानेकुराहरू जतन गरेर, अएरकन्डिशन गाडी चडेर, सुपरमार्केटबाट खानेकुराहरू किनेर ल्याएर, घरमा भएका अन्य किताबहरूलाई पढेर ,आफुलाई आवश्यक कुराहरू सयौँ हजारौँ पटक पढेर र बाहिर गेटमा सुरक्षा गार्डहरूले सुरक्षा दिइरहेको परिस्थितीमा रहेर अध्ययन गरेर तपस्या गर्ने उत्तम हो की भनेर त्यहि तरिका अपनाएँ । त्यसैले सबै सुबिधाहरु उपलब्ध गराएर अब म घरै बसेर तपस्या गर्न थालेँ । म कसैसँग बोलिन, परिवारका सदस्यसँग पनि बोलिन, टेलिफोन, इन्टरनेट बन्ध, काम बन्ध, ढोका थुनेर, झ्याल बन्द गरेर, झ्यालको भेन्टिलेशन बन्द गरेर, पँखा बन्द गरेर, आँखा बन्द गर्दा पनि बाहिरको उज्यालो र बाटोको आवाजले पनि मेरो ध्यान अन्त लगेको जस्तो लागेर एउटा सिरानीले आँखा ढाक्ने अर्को सिरानीले कान ढाक्ने गरेर बसेर मैले पढेका र जानेका कुराहरूका मनन गर्दै जान थालेँ । सँस्कृतका श्लोकहरूको फेरि आफैले अर्थ लगाउन थालेँ, मैले जानेका भगवानका स्तुतीहरूका अर्थ लगाउन थालेँ, धार्मीक फिल्महरू हेरैँ, महाभारत हिन्दी फिल्म सिरियल एउटा कुरा पनि नछुटाइ कति पटक हेरैँ, शिवजीका बारेमा फिल्महरू हेरेँ, शिवजीले भन्नु भएका कुराहरू, रामचन्द्रजीले भन्नु भएका कुराहरू, कृष्णजीले भन्नु भएका कुराहरूलाई गहिरिएर फेरि अर्थ लगाएँ । घरमा भएका सब किताबहरु पढेर सिध्याएँ अन्य नयाँ किताबहरू पनि खोजेर पढेँ । भगवान पाउन पुजा पाठ स्तुती ब्रत बस्नु पर्छ भनेकोले पुजा, पाठ, ब्रत, स्तुती सबै गरेँ, माछा मासु नखाने, लसुन प्याज नखाने, मदिरा रक्सी नखाने गरेर सुध्द खानाहरु खाएँ, नाम परिवर्तन गरेर राधा र कनैया राख्यौँ श्रीमान श्रीमती दुबैले । यसरी गहिरिदै जाँदा अलि अलि आभासहरू थपिन पनि थाले । हनुमानजी, गणेशजी, दुर्गामाता,  सिता राम, राधा कृष्णहरू आएर मद्दत गर्नु भयो तर स्पष्ठ सम्पर्कको जस्तो अनुभव अझै भएन । यस्ता आभासहरू मात्र गरेको आधारमा मैले गरेका अनुभवहरूका बारेमा लेख्न, प्रकाशित गर्न त उपयुक्त हुँदैन । आभासहरु स्पष्ठ हुने, आभासहरूका प्रमाणहरू र परिणामाहरू पनि छन्, गरिएका कुराहरू साँचा भए, स्पष्ठ विधिहरू भए भने बल्ल ती आभासहरूलाई साच्चैकै सम्पर्कहरू हुन भन्न मिल्छ नत्र मिल्दैन । त्यसैले अझै ठोस प्रमाणहरू खोज्दै जाँदा र गरिरहेका विधिहरू, कार्यहरू गर्दै गरेँ ।

शिवजी साक्षात्कार:

यस्ता अनुभवहरूले मलाई अब अजकल्टो बनाएको थियो । सबै देवीदेवताहरूलाई देखे जस्तो लाग्ने तर स्पष्ठ अनुभव र प्रमाणित गर्न र अरूलाई प्रमाण देखाउन मिल्ने सम्पर्क भएनन् भनेर लाग्यो र झन् आफ्नो तपस्या, पुजा पाठ, स्तुती सबैलाई निरन्तरता तिब्र पार्दै थिएँ । बिहानै ३ बजे उठेर नुहाइ धुवाइ, घर सफा सुग्घुर, पोछा लगाएर, देवीदेवताहरूका मुर्तीहरू थिए त्यसलाई सफा गरेर, फुल  किनेर ल्याइराखेको हुन्थेँ, प्रसादका लागी भनेर बिहानै नरिवलका लड्डुहरू, पुरी तरकारी, हलुवाइ, फलफुलहरू त्यस्तै विभिन्न खालका खाने कुराहरू हरेक दिन पकाएको हुन्थेँ र भगवानलाई अर्पन गर्थेँ । गरे पछि राम्रै गर्नु पर्यो, आफु भन्दा ठुलोलाई बोलाएको भएपछि अलि सत्कार र तयारी गर्नु पर्यो भनेर सँधै घर सफा सुघ्घर, पुजा आजा, प्रसाद अनि दिन भर पढाइ र मनन गर्थेँ । म बिहान ३ बजे उठ्थेँ । म जिन्दगीमा बिहानै ३ बजे कहिल्यै उठ्ने गरेको थिइन । बरू आफ्ना स्कुलमा, कलेजमा, युनिभर्सिटिमा पढ्ने वेलामा पढ्दा पढ्दा ढिलो सम्म पढ्ने र कहिले कहिले बिहान सम्म पढ्ने गरेको हो तर बिहानै ३ बजे उठेर तयारी गरेको जीन्दगीमा नै थाहा थिएन । यसरी बिहानै उठ्न खोज्दा भुत प्रेतहरूले उठ्न दिन्नम् भन्थे, कित ३ बजे सम्म निन्द्रै नलाग्ने बनाउथे । म तिनीहरूसँग बोल्दै निन्द्रा नलागे नलागि राख मेरो काम त रोकिदैन के रे भनेर भन्थेँ । म उठ्ने वेला सम्ममा पनि निन्द्रा नलागेको भए आफ्नो समयमा उठेर आज निन्द्रा देवी यता आउदै आउनु भएन त मेरो के दोष भनेर उठेर नुहाइ धुवाइ अन्य काम गर्थेँ । आज सुतेकै छैन भनेर वास्तै नगरेको जस्तो गर्थेँ । म हरेक दिन उठेर पहिला व्यायाम गर्थेँ । त्यस दिन पनि व्यायाम गर्दै थिएँ । राती ३ बजेको भएर छिमेकीलाई डिस्टर्ब होला भनेर कोठाहरुका बत्ती बालेको थिइन र कोरिडोरको मात्र एउटा बत्ती बलेको थियो, म्याडम अर्को रूममा सुतिरहनु भएको थियो र म ठुलो कोठामा व्यायाम गर्दै थिएँ । मेरो व्यायाम गरिरहेको कोठामा पनि बत्ती निभाएको थियो र कोरिडोरमा बलेको बत्तीको उज्यालोको अलि अलि उज्यालो मैले व्यायाम गरिरहेको कोठामा पनि आएको थियो र त्यति उज्यालो भए मलाई व्यायाम गर्न पुगिराखेको थियो । मैलै व्यायाममा पुस अप गरेँ र स्याँ स्याँ हुँदै उभिएर कोठामा नै हिडिरहेको थिएँ । त्यस कोठामा कोरिडोर तिरको नजिम नजिक अलि उज्यालो थियो र कोरिडोरको अलि टाढा पर्ने तिर अँध्यारो नै थियो । त्यस अँध्यारो तिर फर्केर म व्यायाम गर्दै थिएँ र कोठाको त्यस अँध्यारो साइड तिर टीभी टेवलमा ठुलो प्लाजमा टीभी थियो । अचानक त्यस टी भी भएको ठाउँमा त कैलासको पर्वत जस्तोमा ढुङ्गाको आसनमा बाघको छाला माथी शिवजी बसेर ध्यान गरिरहनु भएको देखेँ आँखा खोलेरै । एक छिन देखि रहेँ अनि हरायो । त्यो देखिने वेलामा कोठाको अँध्यारो हराएको थियो र त्यो टीभी भएको कोठामा पनि उज्यालो तर कैलासको पर्वत जस्तो थियो । म अचम्ममा परेँ । घरि विश्वास लाग्छ घरि लाग्दैन । कुनै फिल्मको सिन याद आएको हो की ? कुनै फोटोहरू याद आएको हो की भन्दै कुन फिल्ममा यस्तो सिन थियो, यस्तो चित्र मैले कहाँ देखेथेँ भन्दै याद गर्न थालेँ । सपना भनम् भने निदाएको, सुतेको वा बसेको पनि थिइन । झन् त्यति खेर त म व्यायाम गरेर स्याँ स्या गर्दै अलि अलि उफ्रदै कोठामा हिडिरहेको थिएँ भनेपछि यो सपना पनि होइन भन्दै सोच्दै मनन गर्दै थिएँ । यस्तै चार पाँच दिन बित्यो होला । त्यसपछि फेरि त्यसरी नै त्यहि ठाउँमा व्यायाम गर्दै थिएँ फेरि त्यसरी नै शिवजीलाई देखेँ । यस पटक अलि धेरै बेर घोरिएर हेरेँ र यो साच्चैकै हो की मेरो यादहरूको चित्र आएको भनेर हेर्दै थिएँ । शिवजी ढुङ्गा माथी बाघको छाला माथी पलेटी कसेर आँखा चिम्म गरेर एउटा हात लठ्ठिमा अडाएर अर्को हात घोडा माथी राख्नु भएको थियो र उहाँको त्रिसुल उहाँको देब्रे तिर उहाँ बसेको भन्दा एक हात टाढा उहाँ बसेको ढुङ्गा माथी अड्याएर ढुङ्गा माथी ढल्क्याएर त्रिसुलको तिन वटा चुच्चो माथी तलको भाग तल तिर अड्याएर राख्नु भएको रहेछ । मैले शिवजीलाई देखेपछि शिवजी हो कि होइन, हो भने चलेको हुनु पर्छ भनेर यसो घोरिएर नजिक गएर हेरे जस्तो गरेको त शिवजी चलेर आफ्नो देब्रे तिर भएको त्रिसुल उठाएर दाहिने तिर लानु भयो त्यसरी नै अडाएर दाहिने तिर राख्नु भयो । यस्तो चलेको देखेर झस्याङ्गै भएँ । एक छिन त सातो पुत्लो उडे जस्तो भयो । पछि अलि होस सम्हालिएपछि थाहा भयो शिवजी नै आउनु भएको रहेछ । शिवजी चल्नु हुँदो रहेछ, शिवजी साक्षात आउनु भएको हो रहेछ र मैले शिवजी पाउन गरेको मिहिनेत तपस्या पुरा भयो सफल भयो । त्यसरी शिवजीलाई देखेको, शिवजी चल्ने भएर शिवजी साक्षात हुनु हुन्छ भनेर थाहा भएपछि त आजसम्म गरिएका अनुभवहरूले प्रमाण पायो र म ढुक्क भएँ । त्यस दिन भर शिवजीसँग कुराहरू गरेँ, मेरा कुराहरू सोधेँ, गुनासो गरेँ अनि शिवजीसँग सधै प्रत्यक्ष कुराकानी गर्न थालेँ  र मेरा जीज्ञाशाका कुराहरू शिवजीले पढाउन थाल्नु भयो । त्यसपछि मैले अभिभावक, सम्रक्षक, गुरू, मित्र, भगवान सबै उसैमा पाएँ । यो अनुभव मैले २०६८ साल श्रावण (सन् 2011 July)मा गरेको हुँ ।

शिवजीसँग प्रत्यक्ष कुरा गर्न सक्ने भएपछि अन्य सबै भगवानहरू पनि हामी पनि छम्, हामी पनि छम् भन्दै एक एक गरेर आउनु भयो । विस्तारै विस्तारै हरेक दिन जस्तो कोहि न कोहि देवीदेवताहरू आएर बोल्नु भयो । अन्य भगवानहरू आउनु हुँदा उहाँहरूले मलाई कहाँ कहाँ आपद पर्दा सघाउनु भएको थियो त्यो याद गराउदै हो यति खेर मैले त बचाएको हुँ नि तँलाई भन्नु हुन्थ्यो । हनुमानजी आउनु भयो र कहिले कहिले उहाँ आएर बचाउनु भएथ्यो मलाई घटनाहरु सम्झाइदिनु भयो । हुन पनि त्यति खेर मलाई कसैले बचाएको जस्तो लागेको वेलामा मैले झलक्क हनुमानजीलाई देखेको पनि थिएँ । तर मैले त्यसको मतलब बुझ्न सक्ने भएको थिइन । त्यतिखेर सम्म देवीदेवताहरू छन् भनेर स्पष्ठ थाहा भइसकेको थिएन । गणेशजी पनि आउन भयो र त्यसै गरेर भनेर मलाई घटनाहरू सम्झाउनु भयो । महाकाली माता, दुर्गा माता, बिष्णुजीले पनि त्यसै गरेर लडाईमा हामी लडेथ्यौँ भन्नु भयो, रामचन्द्रजी, कृष्णजीले पनि आएर त्यसै भन्नु भएको थियो । ब्रह्माजीले तँलाई सृष्टिका बारेमा प्रश्नहरू, जिज्ञासाहरू मैले जगाएको हुँ भन्नु भएथ्यो । भद्रकालीमाताले त म त सँधै तेरो अङ्गरक्षक जस्तै थिएँ भन्नु भयो, तेरो तेस्रो नेत्र खुलाउन मैले नि सहयोग गरेथेँ भन्नु भएथ्यो । अब त सबै भगवानहरूसँग कुरा गर्दा साक्षात हुनुहुँदो रहेछ भन्ने भावहरू आउन थाले र त्यसपछिका कुराकानी र सम्बन्धहरू झन् घनिष्ट हुँदै गएको अनुभवहरू हुनथाले ।

कुनै कुनै पितृहरू पनि आएर मैले पनि रक्षा गरेथेँ भनेथे । हो पितृहरूले पनि रक्षा गरेथे, मलाई सिकाएका थिए, खबर भनिदिएका थिए । मलाई कष्टहरू हुँदा भुत प्रेतहरूले दुख दिँदा मलाई शारीरिक विभिन्न समस्याहरू आइरहन्थे । त्यहि वेलामा हाई हाई आएर निँद्रा लाग्ने हुन्थ्यो भने झलक्क सपनामा देख्दा मलाई दुख कष्ट दिन आएका र मलाई बचाउन आउनेहरु देखिंन्थे । कहिले कहिले मलाई बचाउन आउनेहरुमा रसियन आर्मीका अफिसरहरू, जर्नेलहरु, कर्नेलहरु जस्ताले गार्ड गरिरहेका देखिने, ठुला ठुला गनहरू लिएका आर्मीका मानिसहरूले, कहिले कहिँ त ट्याङ्कहरूले मेरो अगाडी पछाडीबाट गार्ड गरिरहेको देखाएपछि अनि मलाई ठिक हुन्थ्यो । म कतै जान लागेको र शत्रुहरूले काँडे तार लगाइदिएका अनि रसियन आर्मीका अफिसरहरूले मलाई तार काट्न सिकाएर वार पार गर्न मद्दत गरेक वा कहिले माईन फिल्ड्बाट निस्कन सहयोग गरेका, मलाई बाटोमा गाडी एक्सिडेन्ट बनाउन लागेका रहेछन् अनि रसियन आर्मीका अफिसरहरूले स्कटिङ्ग गराएर घर सम्म पुर्याएका सपनाहरू वा चित्रहरू आइराख्थ्यो । हुन पनि त्यस माथी भनिएका जम्काभेटपछि त माइन(माइन फिल्ड भनेको जमिन मुनि ओछ्यएको बम) फिल्डमै छु कि जस्तो बनाएको थियो, गाडी चलाउदा गाडी एक्सिडेन्टहरु हुन हुन खोज्ने  र २-३ पटक त गाडी एक्सिडेन्टहरू पनि भए तर हामी सन्जोगले बाचेका थियौँ । त्यहि कुराहरू मैले शिवजीलाई प्रत्यक्ष देखेपछि ती पितृहरूले पनि घटनाहरु सम्झाउदै हामीले पनि सहयोग गरेक थियौँ भन्न आएका थिए । म रसियन फिल्म निकै हेर्थेँ र दोस्रो विश्वयुध्दका बारेमा बनाइएका रसियन फिल्महरू निकै हेर्थेँ । पहिला घटेका घटनाहरू भएपनि कुराकानीको विश्लेषणहरू गर्दा त्यस दोस्रो विश्वयुध्दको घटनामा मेरो समर्थन रसियन आर्मी प्रती थियो । त्यसैले होला त्यस अदृश्य भुत प्रेतहरूसँगको युध्दमा, सायद रसियन आर्मी पितृहरू होलान्, उनीहरू मेरा समर्थकहरु थिए ।

हुन त शिवजीलाई आखिरमा आएर भए पनि साक्षातकार रूपमा पाएँ । समय त धेरै लाग्यो तर म भन्दा अगाडी आज सम्म कसैले यस्तो साक्षात शिवजी पाएको अनुभव वर्णन गरेका थिएनन् । मैले पनि पाएको कारण मलाई उहाँहरूले डोर्याएर त्यहाँ सम्म पुर्याउनु भएको हो । मैले सफल भएको कारण मैले उहाँहरूको इशारा भाषा ढिलो भए पनि बुझेको भएर नै हो । यसरी अचानक सफलता तिर जानुमा मैले एउटा इशारा बुझेको थिएँ र उहाँहरूले भनेको मानेको थिएँ । मैले अदृश्य चिजहरू देख्न थाले पछि कि त पितृहरूलाई देख्ने हो कित भुत प्रेतहरूलाई देख्ने हो । भुत प्रेतहरू किन आए त्यो आफ्नै कारणहरु रहेछन् । तर प्राय: मैले मनन गरेर मैले खोजेका कुराहरू के हुन्, म कहाँ सम्म पुगेँ भनेर हिसाब, विचार गर्दा जति खेर पनि मेरै पितृहरू, जेठा बुबाहरू, जेठी आमाहरू, घर गाउँ तिरका मैले आदर गर्ने, मलाई माया पनि गर्ने र मलाई थर्काउदा म डराउने खालका अलि मैले मान्ने गरेका पितृहरूमात्र आउथे । मैले प्रत्यक पटक केहि केहि कुरा गरेँ तिनीहरूसँग । तर मेरो उद्देस्य यतिले पुगेन भनेर लागिरहेको थियो । तिनै पितृहरु को हुन्, किन आज सम्म  पितृहरु सबै कुराहरु याद गरेर बसिराखेका छन् र यस्को समाधान के हो ? मैले मेरो पितृहरूलाई के गर्नु पर्ने हो ? र मेरो पनि पितृ हुने पालामा मैले के गर्नु पर्ने हो भन्ने प्रश्नहरू थपिइरहेका छन् भने मैले हरेक पटक भगवानहरू छन् कि छैनन् भन्ने वित्तिकै मेरा पितृहरू अगाडी आइहाल्थे । म पनि ती पितृकै कुरामा भुल्द रहेछु, पितृ देखेर भावनात्मक हुन खोज्दो रहेछु, आँखामा आँसु आउने, तिनका जीवन सम्झेर माया लाग्ने हुन्थ्यो । यस्तै गर्नु पर्छ भनेर सिकाइएको थियो सँस्कारमा पनि मैले पनि त्यसै गरिराखेको थिएँ । एक दिन पनि मैले पितृहरू देखिराखेको थिएँ । ती पितृहरू थुप्रै ३०-४० जना थिए होलान् त्यस दिन देख्दा । मैले बाटै नपाउने, त्यस भन्दा अगाडी केहि पनि नदेखिने गरेर ठेल्लम ठेल गरेर उभिएका थिए तिनीहरू । कता कताबाट मनमा आयो कि तैले खोजेको कुरा त पितृ भन्दा माथीको कुरा हो । तँ त पितृहरूको तल छस् । माथीको कुरा पाउनु छ भने ती पितृहरू कटेर माथी आउनु पर्छ भनेर आयो । मैले ए हो त, यिनीहरू त आफै थाहा नभएकाहरू हुन्, यिनलाई ठुला देवीदेवता हुन भनेर त यिनको स्तरमा मात्र रहने भैयो भन्ने लागेर त्यो पितृहरुको भिडमा पसेर तिनीहरूलाई धकेलेर दायाँ बायाँ पन्छाएर अलि अगाडी गएपछि बल्ल ठिक गरिस अब तेरो बाटो खुल्छ भरेर आयो मनमा । पछि रामचन्द्रजीले मैले सिकाएको हुँ तलाइ भन्नु भयो । उहाँले भन्नु भयो कि भुत प्रेत भन्नेहरूलाई कसैले बोलाएका थिएनन् । तर तिनीहरू र पितृहरूको शरीर एउटै गुणका हुन्छन् । पितृका बढि पुजा आजा गर्ने, पितृ सम्झेर रूने, पितृका चर्चाहरू बढि गर्नेहरू कहाँ पितृहरू आउदा भुत प्रेतहरू पनि पछिलागेर आउने गरेका हुन्छन् । त्यसैले भुत प्रेतहरू नआओस भन्नका लागी पितृ सम्झेर रूने गर्न हुन्न । मानिसमा भुत प्रेत प्रबेश गर्ने प्वाल भनेको पितृ हो भन्नु भयो । अदृश्य देवीदेवताहरूका खोजि गर्नेहरूलाई भुत प्रेतहरूले बढि पछि लाग्छन् । त्यसैले सुरूमा सगुन रूप मुर्ती, फोटोको पुजा गर्ने हो पछि बल्ल अदृश्य निर्गुण रूपको खोजि गर्ने हो भन्नु भएको थियो । त्यसरी मैले पितृलाई धकालेर पन्छाएर अगाडी बढेको केहि महिना पछि बल्ल शिवजी देखिनु भएको थियो ।

ब्रह्म र सदाशिवको अनुभव:

यसरी शिवजीलाई साक्षात्कार रूपमा पाएर धेरै खुसि थिएँ । उहाँसँग धेरै कुराहरु गरेँ र सृष्टिका, जीवनका, मृत्युका र तेस्रो नेत्रका बारेमा धेरै प्रश्नहरू गरेँ, जुन कुराहरूका प्रश्नहरूका जवाफ नपाएर यतिका दिन सम्म म भौतारिरहेको थिएँ । तर शिवजीलाई पाइसकेपछि पनि अझै मेरा केहि प्रश्नका जवाफहरू पुरा प्राप्त नभएको अनुभव भयो । शिवजीले मलाई भन्नुभयो मानिसको मृत्युपछि पनि मानिसहरू पूर्ण रूपमा मरेका हुँदैनन्, मानिसहरू मरिसकेपछि अज्ञानतामा भौतारिरहेको हुन्छन्, त्यस अज्ञानतालाई भवसागर भन्छन्, मरेका सबै मानिसहरू भवसागरमा नै परिरहेका हुन्छन् । तैले मलाई चिनिस, मलाई पाइस, अब तँ मरेपछि म कहाँ आउछस् र मेरो वरपर हुन्छस् भनेर कैलासमा नन्दिभृङ्गिहरूका छेउछाउ तिर हामी दुइजना श्रीमान श्रीमती बसेको, उभिएको देखाउनु हुन्थ्यो । यस्तो देखेपछि सुरूमा त के के न पाएँ ओहो जस्तो पनि लाग्यो । केहि दिनहरू यसै गरेर बितेपछि यसो मनन गर्छु त यसरी त भएन । शिवजीको छेउमा मात्रै कति बस्नु, एक दिन बसम्ला दुइदिन बसम्ला, सँधै सयौँ बर्ष शिवजीको आडमा बसेर त मेरो जीवनको यात्रा पुरा हुँदैन जस्तो लाग्यो । मेरो लिङ्ग शरीरको यात्राको अन्तिम गन्तव्य के हो, कहाँ हो भनेर यो कुरा शिवजीलाई सोधेँ पटक पटक । मैले शिवजी भनेर सम्झे पछि शिवजी आईहाल्नु हुन्थ्यो । मैले शिवजीलाई सोधेँ, तपाईलाई पाइसकेपछि पनि अझै मेरो जीवनको यात्राको अन्य भए जस्तो लागेन । म तपाइको आडमा छु, मलाई केहि अभाव छैन, कुनै दुख कष्ट छैन तर म तपाईलाई हेरेर खुसि भएर अझ कति बर्ष रहने ?  त्यो मृत्युपछिको जीवनमा । अरूले खाएको लाएको प्रगती गरेको देखेर ममा फेरी विभिन्न भावहरू आउलान्, लोभ लाग्दा  । म यो आकासमा यता र उता, जता मन लाए पनि जाँदो रहेछु त कति त्यस्तो गरेर बस्ने । मेरा पनि परिवारहरू छन्,  तिनीहरूसँग भेट हुँला, तिनीहरूले दुखका कुरा भन्ने होलान्, भोक लाग्यो, खान मन लाग्यो भन्लान् । अनि मैले तिनीहरुलाई के भन्ने ? कता जाउ भन्ने ? म आफैलाई थाहा छैन त अरूलाई कता जाउ भन्ने ?  यस्तो यति ज्ञानले त शिवजी पाएको, मरेपछि शिवजीको आडमा पुगेको ज्ञानले त मेरो सबै समस्या समाधान भएको रहेनछ शिवजी । अब म के गरम ? अब के गर्नु पर्छ ? अब कता गएपछि अन्तिम लक्षमा पुगिन्छ?  कुनै कुराको समस्या नहुने ठाउँ के हो, कहाँ हो ?  मेरो लिङ्ग शरीरको अन्त्य कसरी हुन्छ ?  सिकाइ दिनुस्, भनिदिनुस् भनेँ शिवजीलाई । शिवजीले मेरो कुरा सुनेपछि यस्तो मुख बिगारेर, सुन्न नखोजे जस्तो गरेर तँलाई म पाएर पनि चित्त बुझेन भनेर आफ्नो हात उठाउनु भएको थियो, उहाँको हातका पन्जा मेरो अनुहारमा आइपुगेछ र मेरो अनुहारमा माथीबाट तल झार्दै लोप्रे हात लाए जस्तो गरेर, लोप्रे हातै त होइन किन के लोप्रे हात तल सम्म लगाइन्छ, मेरो आँखाको परेली बन्द गरिदिनु भयो अनि मेरो आँखा खुल्यो, त्यसपछि शिवजी देखिनु भएन । यसरी शिवजीले मेरो प्रश्नको जवाफ दिनु भएन । फेरि केहि दिनपछि शिवजीलाई यहि प्रश्न सोधेँ । म कति दिन तपाइले गाँजा भाँङ्ग खाएको, नन्दि भृङ्गीसँग कुरा गरेको हेरेर बस्ने ? मलाई यस्तो कुराले सन्तोष भएको छैन । म कता गएर विलाउन सक्छु ?, मलाई आफ्नो लिङ्ग शरीरको बोझले गह्रुङ्गो बनाइरहेको थियो,  मानिसको लिङ्ग शरीरको कसरी अन्त्य हुन्छ ? भनिदिनुस् भनेँ । उहाँले फेरि पनि मलाई पाएर पनि पुगेन तँलाई ? भनेर भन्नुभयो र मेरो तेस्रो आखा बन्द गरिदिनु भयो भने यता आँखा खुलेर शिवजी देखिनु भएन ।

मलाई थाहा थियो कि आज सम्मको वेदशास्त्रहरूको चर्चा, विश्लेषण अनुसार आत्मा कहिल्यै मर्दैन भन्ने कुराहरू लेखिएको छ । भागवत गीता हिन्दु धर्म सँस्कारका लागी प्रेरणा र नियमावलि, मार्गदर्शक जस्तो हो । सबै हिन्दु धर्माबलम्बीहरूको लागी जीवन र मृत्युको अर्थ लगाउने सार भागवत गीता हो र तर त्यस भागवत गीतामा भगवान कृष्णजीले आत्मा पहिला पनि थियो र मानिसको मृत्युपछि पनि हुनेछ र यो कहिल्यै मर्दैन भन्नु भएको छ । म यहि ठाउँमा आएपछि भागवत गीता र कृष्णजीको कुरामा सहमती हुन सकेको थिइन । त्यति खेर सम्मका मानिसहरूलाई वा देवीदेवताहरूलाई भलै थाहा नभएका कुरा होलान् तर कुनै पनि चिज आफै आएको हुँदैन । त्यो कुनै न कुनै समयमा पैदा भएको थियो र कुनै न कुनै समयमा अन्त्य हुन्छ भन्ने लागेको थियो । सायद भगवान कृष्णका पालासम्ममा आत्माको उत्पत्तीका बारेमा राम्रोसँग थाहा थिएन होला र त्यसैले कृष्णका पालामा आत्माको सुरुवात र अन्त्यका कुराहरू गरिएनन् होला । त्यसैले भागवत गीतामा भगवान कृण्णले दिनु भएका आत्माका बारेमा दिइएको वर्णन पूर्ण नहुन सक्छ भन्ने शंका लागेको थियो । त्यहि कमिको मैले खोजि गर्दै थिएँ ।

यसरी भगवत गीतामा आत्मा पहिला पनि थियो, मृत्युपछि पनि रहनेछ र यो कहिल्यै मर्दैन भनेको कुरामा मलाई चित्त नबुझेर वेदशास्त्रका विभिन्न किताबहरू पढ्ने क्रममा शिव गीतामा सृष्टि सुरुमा अव्यक्त थियो, त्यसमा चन्चलता आएर त्यो व्यक्त भएर त्यहाँ आवरणहरू पैदा भएर महत पैदा भए, त्यस्ता महतहरुले एक आपसमा सम्बन्ध राख्दै अनुभवहरू बटुल्दै विभिन्न लिङ्ग शरीरहरू बनेका हुन्छन्, त्यसैले यो जगत ब्रह्ममय हो भनेर लेखेको रहेछ । यो भनाइले बल्ल भागवत गीतामा अपुरा गरेर लेखिएका आत्माका परिचय, वर्णनका कुराहरूका पूर्ण परिचय दिन सक्थ्यो । त्यही भएर जुन अव्यक्त र व्यक्त कुरो हो, त्यस्लाई बुझ्नु थियो । अर्को कुरा  “ब्रह्म जानाती ब्राह्मण”  भनेको छ वेदशास्त्रहरूमा । यसरी ब्रह्मको परिचय र गुणहरूका बारेमा किताबमा लेखेका त रहेछन्  । ब्रह्मका बारेमा पढेकालाई ब्राह्मण र ब्रह्मको अनुभव गरेकालाई ब्रह्मज्ञानी भनिएको रहेछ वेदशास्त्रमा ।

यस्ता कुराहरूका जवाफहरू वेदशास्त्रहरूमा मिस्रित भएर एक आपसमा विवादास्पद हुने गरेर लेखिएको थियो । भागवत गीतामा कृष्णजीले भन्नु भएका कुराहरू अपुरा थिए भने अन्य वेदशास्त्रहरु, पुराणहरूमा पनि बुझिने गरेर खुलाएर लेखिएको थिएन । त्यसैले मानिसहरूले आफ्नो आफ्नो अर्थ लगाउदै आफ्नो आफ्नो सँस्कारहरू बनाउदै रमाइलो गरिरहेका रहेछन् । शिव गीता भन्ने पुराण किताब प्रचारमा रहेनछ र मानिसहरूले यस्का कुराहरू बुझ्न तिर लागेका रहेनछन् ।

यसरी आत्माको परिचय, उत्पत्ती र अन्त्यका बारेमा बुझ्न पाए, लिङ्ग शरीरको उत्पत्ती र अन्त्यका बारेमा बुझ्न पाए र ब्रह्मको अनुभवहरू गर्न पाए सायद मैले खोजेका कुराहरूको अलि गहिराईमा पुग्न सकिन्छ कि भनेर यिनै कुराहरूका सहि जवाफ दिनु होला भनेर शिवजीलाई म अब कता जाने भनेर साध्ने गरेँ । हरेक पटक शिवजीले हातले मेरो आँखा बन्द गरिदिनु भयो । अब हुँदा हुँदा मेरो र शिवजीको बीचमा तनाब हुन थाल्यो । म त्यहि प्रश्न सोध्थेँ, शिवजीले त्यहि जवाफ दिने, मलाई पाएपछि पनि तँलाई पुगेन ? भन्ने ।

शिवजीको जवाफलाई मैले केलाएर हेर्न पनि खोजेँ । सायद यति भएपछि पुग्ने नै हो की भन्ने ठानेर यसो मनन गर्छु त पुग्दैन । त्यति खेर सम्ममा म थाकेर अब यस्लाई यता उति गरेर बन्द गर्न तिर लाग्छु । संसारभर मानिसलाई नचाहिएको कुरा मलाई नै किन चाहियो र ? मेरो पनि अब अगाडी बढ्नै कुनै शक्ती बाँकी छैन । अब रोकिन र अझै यस्तै ढोका लगाएर बस्न थालेँ भनेँ मलाई अब आर्थिक भारहरू पर्न थाल्छन् किन कि मेरो खर्च ठुलो छ म विदेशमा छु तर अनुसन्धान गर्न भनेर ढोका थुनेर बसेको छु, मलाई सहयोग गर्नेहरू कतै छैनन्, कमाएको सिध्दिन लागि सक्यो भन्ने स्थितिमा आइसकेको थिएँ । तर पनि सोच्दै जाँदा रोकिन हुने परिस्थितीहरू थिएनन् । कि त अरूको जस्तै अन्धा हुनुपर्ने रहेछ, जीवनभर केहि थाहा नभएको, मर्नु पर्छ भन्ने पनि थाहा नभएको । म त झन मर्नु पर्छ भन्ने थाहा भएर मरेपछि पनि पूर्ण रूपमा मरेको हुँदैन भन्ने थाहा भएर यसका प्रमाण पाइसकेको छु । म भन्दा अगाडी मरिसकेकाहरूको भिड देखेको छु, तिनीहरूको पिडा, दु:ख, कोलाहल देखेको छु । अब के गर्नु ? मैले जानेका कुराहरू मेट्न मिल्ने र अरू जस्तै अन्जान हुन पाए हुन्थ्यो भन्ने लाग्यो । थाहा भयो कि जानेका कुराहरू मेट्न नमिल्ने रहेछ र म बाध्य भएर अझै अगाडी बढ्दै गएँ । त्यति खेर मेरो श्रीमतीलाई सम्झेर यसो मनन गर्थेँ । हामी दुबै जना एक दिन न एक दिन मर्ने छौँ । लिङ्ग शरीर पूर्ण रूपमा मर्दैन भनेर थाहा भयो यसमा कुनै द्विविधा नै छैन । अब मेरो श्रीमतीले मरेपछि मलाई खोज्छ । किन कि यस्ले जीवन भर हरेक अप्ठेरोमा मलाई खोज्ने, मलाई बोलाउने, मलाई सोध्ने गरेको छ र उ एकदम ढुक्क छ जीवनमा । हुन पनि मैले उस्का हरेक समस्याहरूको समाधान गरिदिएको छु र हरेक समस्याको समाधान गरिदिन्छु भनेर आश्वासन दिएको छु र मेरो आश्वासनमा उ विश्वास गरेर ढुक्क भएर जीवनका कुनै तनाव नलिइ फिल्म सिरियल हेरेर बसेको हुन्छ । मैले पनि म छु नि तिमी ढुक्क बन भनेर भनेको छु । मृत्युपछि उ म कहाँ आउनेछ, रूँदै आउला, व्यथाहरू कठिनाइहरू भन्ला, खान मन लाग्यो भन्ला, सुत्न आराम गर्न मन लाग्यो भन्ला, घरमा जाम भन्ला । मैले उसलाई त्यतिखेर के भन्ने ?, त्यति खेर मैले केहि पनि समाधान भनिन, यसै यस्तै आकास तिर उडेर हिड, अरूले खाएको थुक निलेर बस, म तिम्रो लागी केहि गर्न सक्दिन भन्ने ? यो त उनीको लागि ठुलो धोका हुँदैछ, मैले उनीलाई जीवनमा ठुलो धोका दिदैछु त, मैले उनिलाई उनिलाई सबै भन्दा आपद परेको वेलामा धोका दिनेछु भन्ने कुरा मलाई अहिले नै थाहा छ । त्यसो भए त म धोकेबाज हुँ । आज उस्ले सबै जीवन र समय मेरो लागी सुम्पेको छ, मेरो भरमा छ र मैले पनि हुन्छ हुन्छ भन्दै भरोसा दिदैछु तर मलाई थाहा छ कि मृत्युपछिको त्यो सबै भन्दा भयाबह जीवनमा मैले उनीलाई मैले तिमिलाई केहि गरिदिन सक्दिन भन्नु पर्नेछ भनेर धिक्कार लागिरहेको थियो, लाज लागिरहेको थियो र आफ्नो लागी नभए नि उनीको लागी यस कुराको समाधान खोज्नु अति आवश्यक परेको थियो ।

सदाशिव: शिवजीसँग झगडा

यस्ता प्रश्नहरूका जवाफ पाउन भनेर नै शिवजी खोज्नु परेको थियो । त्यसैले शिवजीलाई यहि प्रश्न गरेँ । तर हरेक पटक मेरो आँखा बन्द गराइदिनु भयो र मलाई पाएपछि तँलाई पुगेन ? भन्नु भयो । यस्तै गरेर करिब १० पटक पुगेको थियो । एकदिन त मलाई रिस पनि उठ्यो, झ्वाक चल्यो र शिवजी प्रति शँका जाग्न थाल्यो । हुन त म  कैलासमा नै शिवजीको अगाडी हात जोडेर उभिएको छु भनेर चित्र देखेको छु तर आफ्नो कोठामा छु । म्याडमले अर्को कोठामा बसेर टीभी हेरिरहनु भएको थियो, टीभीमा हिन्दी सिरियल आइरहेको थियो र त्यो आवाज मैले शिवजीसँग कुरा गरिरहेको कोठामा पनि आइरहेको थियो । अनि मैले शिवजीलाई भनैँ, म्याडम तिर इशारा गरेर भने, त्यस्लाई के भन्ने मैले ? मरेपछि त्यो म कहाँ आउदा मैले के जवाफ दिने त्यस्लाई ? मैले शिवजीलाई भनेँ, ल म मात्रै भएको भए त मलाई पनि थकाइ र झ्याउ लागि सक्यो, अब त मैले पनि आफ्नो काम गरेर खानु पर्ने वेला आइसक्यो, ढिलो भइसक्यो, मेरो लागि मात्रै भए त म छोडिदिन्थे । मलाइ मरेपछि नर्कमा गए पनि पिर छैन तर त्यसलाई के गर्ने ?, तर त्यसलाई त धोका भयो नी यत्ति ज्ञानले त । अनि शिवजीसँग अचानक झन् रिस उथ्यो र विश्वास लाग्न छाड्यो कुरा गर्दागर्दै र भने हैन मैले पनि भोलेसँग मात्रै किन सोधि राखेछु ?  यस्लाई थाहा भएको भएत भनिसक्थ्यो नी ? म पनि कस्तो मुर्ख रहेछु, थाहै नभएकोसँग सोधेको सोधै गर्दो रहेछु । यस्तै नभए यस्लाई भोले भन्छन् । यस्लाई थाहा भएको भएत यस्ले अरु आफ्ना पहिले पहिलेका भक्तहरुलाई भनिसक्थ्यो होला नि त । यस्लाई थाहा नभएरै नभनेको रहेछ । यस्को पछि लागेर कस्को भलो भाछ ?, यस्लाई थाहा भएको भए त आफ्ना भक्तहरूलाई भनिसक्थ्यो नी । यसै भएर यस्का भक्तहरूले दुख पाएका हुन् र यसैको कारणले हो तिनले दुख पाएका । आज ती शिवजीका भक्तहरुको, जोगीहरुको शिवजीका लागी भनेर घर छोडेर जोगी भएर घर न घाटका भएर मागेर ल्याएको चामल पनि पकाएर खाने ठाम छैन । यस्तै भोलेको पछि लागेर हो । मलाई आफु रिसाएको देखेर आफैलाई डर लागेछ मनमनै कतै शिवजीले मरेपछि कैलास लानु हुन्नकी भन्ने आएथ्यो । मैले भनेँ यस्ले कैलास नलगे नलगोस, आखिरमा कैलासमा बस्नु पनि के को सुख हो र ? नर्कमै पार्ने भए पनि पार । तर आजबाट तेरो विश्वास लागेन, आजबाट तेरोपछि लाग्दिन भनेर भने, मलाई निकै झ्वाँक चलेको थियो, औँला ठड्याएर शिवजीलाई थर्काउदै थिएँ । हुन पनि शिवजी प्रति अचानक विश्वास हराएर जिरोमा आएको थियो । शिवजीलाई लुक्ष्न, कोपार्न पाए पनि कोपार्थेँ जस्तै भएको थियो । यत्तिका दिन सम्म मैले खोजेको कुरा त अझ यो होइन रहेछ । यस्ले त आजसम्मका मानिसहरूलाई ढाँटेको, झुटो बोलेको पो रहेछ । मेरो जीन्दगी नै यस्ले गर्दा बर्बाद भयो भन्ने लाग्यो । मैले त्यस्तो अविश्वास व्यक्त गरेपछि शिवजीले मुख अँध्यारो पारेर मन नपराएको प्रश्न गर्यो जस्तो गरेर शिवजीले त्यसो भए कहाँ जान्छस् त अब ? भनेर सोध्नु भयो । म पनि झन्किएर भने जहाँ गएनी जाउलानि त । तँ पनि छस् भनेर थाहा थिएन मैले खोजेँ पाएँ । तर मैले खोजेको तँ हैन रहेछस् । खोज्दै गए त्यस्लाई नी पाम्ला नि त तलाई के को टेन्सन भयो भनेर भनेँ । शिवजीसँग तँ तँ भनेर बोलेको थिएँ ।

सदाशिव: महत र जलजले अण्डा

अनि शिवजीले झन् अँध्यारो मुख लाएर मन नपराएको प्रश्न गरेर झ्याउ गर्यो जस्तो गरेर, ठुस्स परेर ह्या भन्दै मलाई शिवजीको देब्रै हातले आफुतिरको देब्रे साइड तिरबाट तानेर आफ्नो पछाडी तिर धकेलेर फाले जस्तो गर्नु भएथ्यो, अचानक म त अण्डा जस्तो भित्र पो रहेछु । त्यसवेला मलाई भाव आइराखेको थियो कि यो सुरूको महत हो भनेर । स्थुल शरीर हुँदा खेरिका सबै अनुभवका आवरणहरु छोडिसकेपछि त्यस महतमा पुग्नु पर्दछ रे । अनि म त्यस अण्डा जस्तो भित्र थिएँ, त्यो अण्डा शिवजी भन्दा टाढा टाढा शिवजीको पछाढी पछाडि तिर जाँदै थियो । म गएको तिर साँझ साँझ पर्न लागे जस्तो थियो । सुरूमा म शिवजीको अगाडी उभिएको थिएँ, अहिले शिवजीको पछाडी तिर छु, शिवजीले हेरि राख्नु भए तिर एकदम उज्यालो छ, शिवजीको पछाडी तिर साझ पर्न लागेको र एकदम टाडा त अँध्यारो अँध्यारो थियो । त्यो अण्डा जस्तो कुखुराको जलजले अण्डा जस्तो थियो, पानी रँगको, भनेको अण्डाको आवरण जलजले थियो र छुने वित्तिकै फुट्ला जस्तो थियो । त्यस अण्डा भित्र सानो आकारकोमा अझै  म थिएँ  । त्यो अण्डा शिवजीको पछाडी पछाडी जाँदै थियो अचानक कुखुराको अण्डा फुट्दा आवाज आए जस्तो गरेर क्रयाक्क गरेर एकदम सानो आवाजमा अण्डाको एका पट्टीको बोक्रा फुट्यो । त्यसपछि त्यस अण्डाको भित्रको भाग र बाहिरको भाग आकासमा मिल्यो । त्यसपछि अचानक ममा कुनै याद थिएन, मेरो कुनै वजन थिएन, समय ठ्याक्क अडिए जस्तो भयो, मलाई पूर्ण आनन्द आयो,  मेरो शरीरको सबै दुखाइ केहि पनि बाँकी थिएनन्, अब मेरो म भन्ने आवरण पनि रहेनछ  र मेरो महत फुटेर ब्रह्ममा विलाएछ । अब मेरो महत थिएन, म भुइमा थोरै पानी पोखिएको जस्तो गरेर त्यहाँ कता कता फैलिएको तर फेरि महत हुन नमिल्ने जस्तो गरेर छरिएको रहेछु । मलाई अचानक मामा आयो ए मैले खोजेको कुरा त यो पो त हो, आत्माको उत्पत्ती, अनि लिङ्ग शरीरको उत्पत्ती, लिङ्ग शरीरको अन्त्य, ब्रह्मको अनुभवका कुराहरु नै हो मैले खोजि गरेको ” । त्यो सबै कुराहरु यस अनुभवले पुरा गरेको थियो । त्यहि वेला मेरो पछाडी पट्टी ब्रह्माजी कमलको फुलमा बसेर हातमा माला लिएर आउनु भएको रहेछ । ब्रह्माजीले भन्नु भयो यो नै सदाशिवको अनुभव हो, यो नै अव्यक्तको अनुभव हो, यो नै कैवल्य मुक्तीको अनुभव हो र मैले गरेको अठोटलाई सम्झाएर तैले भनेको वारपार भनेको पनि यहि हो । मैलै शिवजी तिर फर्केर हेरेँ शिवजी आकासै छुने जत्रो ठुलो तर मैले पछाडीबाट देखेँ । त्यसदिन सम्ममा शिवजीसँग कति पटक कुरा गरेँ तर शिवजीलाई पछाडीबाट कहिल्यै देखेको थिइन । उहाँको ढाडको भर्टिब्राका चुच्चाहरू तल देखि माथी सम्म देखिएका थिए । मैले मेरा प्यारा माताहरूलाई तपाइहरू कहाँ हुनुहुन्छ भनेर सोध्दा शिवजी जता फर्कनु भएको थियो त्यसै गरेर सृष्टि तिर फर्केर विभिन्न हतियारहरू चलाइरहनु भएको थियो, त्यसै गरेर अन्य देवीदेवताहरू गणेशजी, हनुमानजी, सितारामजी, राधाकृष्णजीहरू पनि उतै उज्यालो तिर फर्केर विभिन्न कार्यहरू, लडाइहरू गरिरहनु भएको थियो । शिवजीले अब यो अनुभवलाई कहिल्यै नविर्स र अरूलाई पनि भन्नु छ भन्नु भयो ।

यसरी शिवजीसँग लडेर झगडा गरेर बल्ल ब्रह्मको र सदाशिवको अनुभव गर्न पाइयो । हुन त शिवजीले र अन्य भगवानहरूले मैले यहि कुरा पाओस भनेर नै डोर्याइरहनु भएको रहेछ । तर त्यतिखेर उहाँहरूले मेरो जाँच लिइरहनु भएको रहेछ । मैले धन्न वेलामा बुध्दि पुर्याएछु र पास भएछु । त्यसरी शिवजीले मलाई ब्रह्मको र सदशिकोको अनुभव गराउनु भयो । यो नै कैवल्य मुक्ती हो भन्नु भयो । ब्रह्मको अनुभव र सदाशिवको अनुभव गरेपछि बल्ल श्रृग्वेदमा भनिएका कुराहरूको वास्तविक अर्थ थाहा भयो, वास्तविक गुणहरू थाहा भयो र देवीदेवताहरूलाई चिनियो ।

मैले भोगेका अनुभवहरू, पितृहरू देखेका अनुभवहरू, भुत प्रेतहरू देखेका  अनुभवहरू, देवी देवताहरूलाइ देखेका अनुभवहरू, ब्रह्मको अनुभव र सदाशिवको अनुभवहरूका बारेमा अरू पाठहरूमा पनि अलि अलि गरेर वयान गरेको छु । खै के हो, मेरो भाषाको कमजोरीले हो वा ती दुखाइहरू अलि विर्सिएर हो, यहाँ मैले गरेका कुराहरू, देखेका कुराहरू  व्यक्त गर्दा त्यो दर्द व्यक्त हुन सकेन, व्यक्त गर्न सकिन, व्यक्त भएको छैन, खुसि पनि व्यक्त हुन सकेन । यी बयानहरु त निकै खल्लो नै छ । भय र मृत्युलाई देखेर आउनु, त्यसलाई पार गर्नु, आफु जीउदै भवसागरमा परेर त्यहाँबाट पनि बचेर फर्कनु एक सन्जोग मात्रले सफल भएको हो । म बाँचेर फर्कम्ला जस्तो परिस्थिती नै थिएन । कहाँबाट बाँचेर फर्केर आएँ, मलाई त्यस्ता हिम्मत, खुबी, कला, क्षमताहरु ममा कताबाट आए त्यो कुराहरु मलाई पनि थाहा थिएन । मैले ब्रह्मको र सदाशिवको अनुभव गरिसकेर अब त बाच्ने भएँ र मलाई बचाउनेहरू रहेछन् भनेर थाहा भएपछि अलि ढुक्क भएँ । दु:ख दिन त छोडेनन् तर म सुरक्षित हुने तरिकाहरू बुझ्न थालेँ, समस्याका कारणहरू थाहा पाएर त्यस तरिकाहरूबाट तर्कन थालेँ । पछि थाहा भयो यो संसारमा बाचेर ती समस्या दिन आउनेहरूसँग तर्केर बस्न अति कठिन रहेछ । ती सबै ठाउँमा छन्, चारै तिर छन्, हरेक मानिसहरुमा, परिवारहरुमा, समाजमा, सँस्कारहरुमा, धर्महरुमा, लेनदेनहरुमा, सम्बन्धहरू सँग सम्बन्धित भएर बसेका छन् । तिनीहरूलाई नै देवीदेवता भनिन्छ, तिनीहरुकै पूजाआजा हुन्छन् जानेर वा नजानेर, तिनीहरू मध्ये कोहि नराम्रा बिचारका छन् अरूलाई दुख कष्टमात्र मात्र दिन्छन्, काेहि सहि बिचारका छन् अरूलाई मद्दत पनि गरेका हुन्छन् । यो तिनीहरूकै महासागर जस्तो पो छ ।  एकदिन बिष्णु भगवान मेरो अगाडी आएर उभिनु भयो । उहाँको हातहरुमा चक्र, सँख, माला थियो । एउटा हातले गधा समात्नु भएको तर गधाको टाउको तल भुइमा टेकाउनु भएको थियो दाहिने पट्टीको तलको हातमा गधा थियो । उहाँले गधाको डण्डीको चुच्चोमा समातेर हातले गधाको डण्डी बटारेर धुमाएर गधा घुमाउदै अब त लडाइ सिध्दियो भन्नुभयो, हास्नु भयो, गदगद भए जस्तो खुसि मुद्रामा देखिनु भयो र अरु गफ गरे जस्तो गरेर साथी भाइहरूसँग बेलुका चौर तिर भेटेर कुराकानी गरे जस्तो गरेर कुरा गर्न थाल्नु भयो । मैले उहाँको कुरा धरै नसुनी ह्यात यस्तो हुन्जेल नि हेरेर बस्ने हो ?, यस्तो दु:ख पाउदा नि हामीले हेरिराखेथेम् भन्ने अझ ? भनेर भनेको त । ए अझ तँलाई चित्त बुझेन ?, अरूसबै मरे, तँ जीउदै छस्,  त्यति भए अरू के चाहियो ? जीउदो भए त अरू गर्दै जालास् नि त भनेर बिष्णु भगवानले भन्नु भयो । हुन पनि आज सम्म संसारका जति पनि मानिसहरूले यस्ता कुराहरूका खोजिगरेका थिए, तिनीहरू सबैलाई ठुलो सँकट आएको थियो र उनीहरु अकालमा, सानो उमेरमा नै मरेका थिए वा तिनीहरूलाई विभिन्न कारणले अरूले मारेका थिए, कोहि ध्यान गर्छु भन्दा ध्यान गर्दा गर्दै मरेका थिए, कोहि दुर्घट्नाहरु जस्तोमा परेर मरेका थिए ।

मैले सदाशिवको अनुभव गर्ने वेलामा म मस्को मानै बसोबास गर्थेँ । सदाशिवको अनुभव गरेको केहि दिन पछिको कुरा हो म एक दिन मस्कोमा भएको स्कोनको कृष्ण मन्दिरमा गएको थिएँ । त्यस मन्दिरमा गएर मन्दिर परिसर सरसफाइ गरिसकेपछि म बाहिर एक्लै बसेर मनमनै कुरा गर्दै थिएँ । सदाशिवको अनुभव गरेको खुसि पनि थियो तर धन्न मरेको भनेर त्रास अझै गइसकेको थिएन र यो सबै कुराहरू भगवानहरूले हेरिरहनु भएथ्यो भन्दा मलाई झन् तिनीहरू देखि रिसउठिरहेको थियो । कृष्णजी आउनु भयो हास्दै, खुसि हुँदै र मलाई बधाइदिनु भयो । तर मैले साह्रै दु:ख पाएँ मान्छेले आजसम्म नपाएको दुख पाएँ भनेर मैले भनेँ । उहाँले मलाई ठुलो समुद्रबाट बल्लबल्ल पौडदै निस्कन लागेको देखाउनु भयो र भन्नु भयो तैँले आफ्नो ट्रेनर नै हामी जस्तालाई खोजिस । अरू ट्रेनरले पो सानो सानो स्विमिङ्ग पुलमा लगेर पौडन सिकाउँछन् । हामीले त एकै चोटी समुन्द्रमा लगेर पौडन सिकाउने हो किन कि हामीलाई थााहा छ कि त्यहाँबाट कसरी निस्कन पर्छ भनेर । तेरो पो नजानेको भएर सातोपुत्ललो उड्यो भन्नु भयो ।

अठोट र प्रेरणाहरू:

मैले ब्रह्मको र सदाशिवको अनुभव गर्ने वेला सम्ममा मैले यस विषयलाई खोज्छु भनेर अठोट गरेको २५ बर्ष पुगेको थियो । हुन त मैले ब्रह्मको खोजि र अनुभव गर्छु भनेर अठोट गरेको थिइन । त्यति खेर सम्म मलाई ब्रह्म सदाशिव भन्ने शब्दहरू सुनेको पनि थिइन । वास्तवमा सृष्टि के हो ?, जीवन के हो ?,  मृत्यु के हो ?, मानिसहरूले गर्ने गरेका सँस्कार धर्महरू के के हुन् ?, मानिसहरूले भोग्दै आएका समस्याहरू के हुन् ? र त्यसका समाधानका र निचोड के हो ? भन्ने कुराहरू बुझ्ने चाहना भइरहेको थियो । तर कुनै दिन जीवनका मोडहरूमा आईपुग्दा जीवनमा अब कुन मार्ग रोज्ने भन्ने निर्णयहरू गर्ने समयहरू आएका थिए । एउटा मार्ग थियो अरू मानिसहका जस्तै गरेर काम गर्ने, जागिर खाने, व्यापार उध्योग गर्ने, बिहे गर्ने, छोराछोरी पाउने, हुर्काउने, अनि त्यति कामको परिधि भित्र रहेर सृष्टि, जीवन मृत्युका बारेमा केहि नबुझि मरेर जाने । यी कुराहरू त संसारका सबै मानिसहरूले गरिराखेकै छन् त । अब मैले पनि त्यसै गर्नु र नगर्नुमा संसारलाई केहि फरक पर्नेवाला त केहि छैन । यदि मैले पनि अरूले जस्तै गरेर जीवन बाच्ने, जीउने तरिका अपनाएँ भने अरूलाई केहि फरक पर्दैन तर मलाई त फरक पर्छ किन कि मैले आफ्नो जीवनका बारेमा बुझ्न पर्ने कुराहरू नबुझ्ने सम्भावना हुन्छ । दोस्रो बाटो हो आफ्नो जीवनमा सृष्टि के हो, जीवन के हो, मृत्यु के हो भनेर बुझेर अनि जीवनका वास्तविकताका साथ जीवन जिएर अनि मरेर जाने । यी दुबै बाटाहरू सँगै हिड्न मिल्दैन कि जस्तो लाग्यो । पहिलो कुरालाई मार्गलाई प्राथमिकता दिए दोस्रो कुरा पाउन गाह्रो छ । दोस्रो मार्गलाई प्राथमिकता दिए पहिलो कुरा पाउन कठिन छ । तर मेरो सोचाइमा मेरो लागी जीवनका कुराहरू बझ्नुलाई नै पहिलो प्राथमिकता दिनु पर्छ भन्ने लाग्यो । तर दोस्रो मार्गको रोजाइ गरेर आफ्ना जिज्ञाशाहरुका  खोजिका लागी पहिलो मार्गका कुराहरु यदि त्यागेको हो भने फेरि जीवनका कुनै मोडमा आएर कुरा बदल्नु हुँदैन । किन भने जीवनमा अध्ययन र खोजिलाई नै प्राथमिकता दिन्छु भनेर निर्णय गर्नु भनेको पारिवारिक माया जिम्मेवारीहरूबाट पनि टाढा हुनु हो । जीवनमा माया नै त्याग्छु भनेर माया त्यागेपछि फेरि कुनै दिन कुनै समयपछि मायामा फर्कनु भनेको कसैलाई माया गर्नु कसैलाई त्याग्नु जस्तो हो । यो यात्राका सम्भावित कठिनाइलाई ध्यानमा राख्दै अन्तिम लक्ष सम्मका लागी आवश्यक शक्ति, बुध्दि, साधन जुटाउनु थियो । त्यसैले जीवनमा यो कुरा प्राप्त नहुन्जेल बिहे गर्दिन, परिवार बनाउदिन भनेर अठोट गरेको थिएँ । अब जीवनभर मेरा जिज्ञाशाहरूका कुराहरूका बारेमा नै खोजि गर्छु, यस्को लागी जे सुकै कार्य गर्न पनि तयार छु र जुनसुकै कुराहरू त्याग गर्नु परे पनि त्याग गर्न तयार छु भनेर अठोट गरेको थिएँ । मैले खाेजि गरिरहेका कुराहरू मानव जातीका लागीनै महत्वपूर्ण हुन् र यदि मैले यस्को निष्कर्षमा पुग्न सकेँ भने वा यो कुराका जवाफहरु पाएँ भने जीवनको वारपार नै हो भनेर मनमा आएको थियो । यदि यो कुराका जवाफ पाइन भने यो शरीर यत्तिकै माटोबाट पैदा भएको र एकदिन माटोमा नै मिल्ने शरिर मात्रै हो भने झन् यो दु:ख सँघर्ष किन गरिरहनु पर्यो ? खान र लाउनका लागि मात्रैको जीवन हो भने त्यसको लागी अति साह्रै गरिरहनु पर्दैन । त्यो खान र लाउन मात्र त कुनै कठिन कुरा होइन भन्ने लागेको थियो । त्यस अठोट गर्ने वेलामा जुनसुकै कठिनाइ भए पनि रोकिन्न, जुन सुकै लालच, धन सम्पत्ती, मान मर्यादा, पद, माया मोहमा म अल्झने छैन भनेर करिब २० बर्षको उमेरमा अठोट गरेको थिएँ । पछि पछि ती अठोटहरू विर्से जस्तो हुने, अनि जीवनका मोडहरूमा फेरि याद आउने गर्दै त्यसले डोर्याइरहेको रहेछ । सदाशिवको अनुभव गरेको वेलामा ब्रह्माजीले मेरो यहि अठोटको याद गराउनु भएर तैले खोजेको वारपार भनेको यहि हो भन्नु भएको थियो । यहि अठोट नै मेरा लागी बिष जस्तै भएर बसेछ भने मलाई ब्रह्मज्ञानको अमृत सम्म डोर्याउने पनि यहि अठोटले नै हो । म कति पटक हार खाएर, थाकेर पाइलाहरु अडिन खोज्दा तैँले यसरी हार खाएर थाकेर बीचमा रोक्न भनेर सुरू गरेको, अठोट गरेको होस् भनेर याद गराएर अगाडी बढ्न बाध्य गराउने यहि अठोटहरू  थिए ।

म मध्यम बर्गको किसान र व्यापार दुबै गर्ने परिवारको मान्छे हुँ र म आफै नै हेल्थ असिस्टेन्ट भएर काम गरिरहेको र विदेशमा उच्च शिक्षाका लागी छात्रबृती प्राप्त गरेर पढ्न गएको भएर साधारण खान लाउनको अभाव कहिल्यै अनुभव भएनन् । तर डाक्टरी गरिसकेपछि पनि काममा नआएर अझै यसै कुराका लागी पढाई र खोजि गर्न भनेर जब म कस्सिएँ अनि मलाई विभिन्न दु:ख कष्टहरू आए । पछि पछि अन्त्य अन्त्य तिर आइपुग्दा ब्रह्मको अनुभवमा आइपुग्न भन्दा करिब ५-६ बर्ष अगाडि तिर आइपुग्दा बल्ल मलाई थाहा भयो कि मैले खोजि गर्न खोजेका कुराहरू खतरनाक रहेछन् र मेरा जीवनमा दु:ख कष्ट समस्याहरू ल्याउने मेरा खोजिका विषयका कारण रहेछन् । मलाई कहिले कहिले हरेस खाने अवस्थाहरु आउथ्यो र यस खोजिलाई यत्तिमै बन्द गर्छु र मलाई भइसकेका कुराहरूलाई थाहा नपाए जस्तो गरेर पुन: पुरानै तरिकाले, अरु मानिसले जस्तै जीउन पर्यो भन्ने आउथ्यो । जव मलाई त्यस्ता हरेस खाने भावहरू आउथे अनि मेरो मनमा त्यहि पुरानो अठोट याद आउथ्यो र एउटा रसियन फिल्मको डाइलग  “मेस्त बस्त्रेचि इज्मेनित निल्ज्या “भन्ने याद आउथ्यो । यो रसियाको कमुनिष्ट पालाको अलि प्रचलित डिटेक्टिभ टीभी सिरियल हो । अति मार्मिक र बौध्दिक छ र रसियाका अलि उच्चस्तरका बौध्दिक विध्वान मानिसहरूले निर्माण गरेको फिल्म हो । यो फिल्म ५ सिरियलको छ र मैले हरेक कुराहरू नछुटाए धेरै पटक हेरेको छु । यो कथाको हरेक भाग र हरेक इमोशनसँग म एकदम परिचित थिएँ । त्यसमा फिल्म्मा हिरो एक भर्खरको उमेरको पुलिस हुन्छ र पुलिसको एन्टिक्रिमिनल बिभागमा काम गरको हुन्छ । त्यस क्षेत्रमा भुमिगत चोरहरूको विगविगी भइरहेको हुन्छ र चाेरी र हत्याहरू भएका हुन्छन् । पुलिसका माथिल्ला अफिसरहरूले त्यस भुमिगत गिरोहलाई पत्ता लगाएर पक्डने योजना गरेका हुन्छन् । त्यस नयाँ अफिसरलाई भेष परिवर्तन गराएर एजेन्ट बनाएर चोर जस्तै कार्य गर्न लगाएर चोरहरूसँग मिल्ने, चोरहरुको समुहमा पस्ने र चोरहरूलाई झुक्याएर पक्डने योजना गरेका हुन्छन्, चोरहरूलाई केहि योजना सिकाएर एक ठाउँमा ल्याउनु पर्ने अनि त्यस ठाउँमा पुलिसहरू कुरेर बसेको हुने र अनि चोरहरूलाई समात्ने भन्ने गोप्य योजना बनाएर पठाउछन् । चोरको भेषमा गएको भए पनि पुलिसकाहरूले लुकेर पिछा गरिरहेका हुन्छन् । पुलिसको एजेन्टले आफु  चोर हो र हालसालै जेलबाट छुटेर आएको हो । जेलमा हुँदा त्यहाँ अर्को चोरसँग परिचए भएको थियो जुन त्यस शहरका भुमिगत चोरहरुका समुहका मान्छे हो रहेछ र जेलमा भएको त्यस चोरले पठाएको खबर छ भनेर त्यस भुमिगत समुहका एकजना मान्छेलाई भेटेर भनेको हुन्छ र खबर भनिदिए बापद धेरै पैसा पनि मागेको हुन्छ । चोरहरूले त्यस पुलिसको एजेन्टलाई समातेर आफ्नो अखडामा पुर्याउछन् र चोरहरुका बोस कहाँ लैजान्छन् । उस्को पिछा गरिरहेका पुलिसहरूले शहरको भिडभाडले गर्दा पिछा गर्न सक्दैनन् र गरिरहेको पिछा छुट्छ । बोसले त्यस एजेन्टको सबै परिचयहरू लिएर केहि जाँचहरू गर्छन् । तर जब उ चोरहरूको अखडामा पुगेपछि उस्को आफ्नो पुलिसहरूसँगको सम्बन्ध छुट्छ । चोरहरूले कता पुर्याए कता । कुनै कुनै चोरहरूका सदस्यहरूले यो चोर होइन, यो पुलिसको मानिस हुनुपर्छ, यो हाम्रो गिरोहलाई पक्डन भनेर यसरी भेष बदलेर आएको हुनुपर्छ, हेरत यसमा चोरमा हुनुपर्ने के गुण छ ?, यस्का हात कलिला छन्, हातका औँलाहरु पियानो बजाउनेको जस्तो छ, यो चोर होइन, त्यसैले यसलाई मारिदिनु पर्छ भनेर बोसका अगाडि बहस हुन्छ । उ अब ठुलो समस्यामा पर्छ, आफ्ना पुलिसहरुलाई खबर पुर्याएर सहयोग माग्ने वा त्यहाँबाट भाग्ने कुनै सम्भावना छैन । उसको जीवनमा जीवन मरणको समस्यामा नजिक पुगेको हुन्छ र उ जब साह्रै हरेस खाएको हुन्छ उसलाई मन भित्रबाट भन्छ कि अझै एउटा उपाय बाँकी छ । मैले यिनिहरूलाई लाने भनेको ठाउँमा लानु पर्छ । यदि मेरा पक्षका मान्छेहरू त्यहाँ रहेछन् भने तिनीहरूले मलाई बचाउन सक्छन् भन्ने सोचेको हुन्छ । पुलिसका मानिसहरू पनि आफ्नो एजेन्टसँग कुनै सम्पर्क नभएकोले मरिसक्यो कि वा मारिसकेकि भन्ने विचारमा पुगेका हुन्छन् । तर पनि यदि बाँचेकै रहेछ भने त उसले भेट्ने भनेको ठाउँमा त ल्याउला । उ यदि बाँचेकै छ भने हामीले भेट्ने भनेको ठाउँमा आउला र हामीले त्यसलाई बचाउने सम्भावना हुन्छ त्यसैले त्यहीँ  कुरेर बस्दै गरम पुरानो योजनामा परिवर्तन नगरौँ  । ” भेट्ने भनेको ठाउँ परिवर्तन गर्न हुन्न” , “mesto bstrechi izmenit nelzya”,  “meeting place can n’t be changed” भनेर भन्छन् र त्यहिँ कुरेर बस्छन् । त्यस एजेन्टले त्यहि आशामा चोरहरूको समुहलाई झुटो कुरा गरेर त्यस भेट्ने भनेको ठाउँमा ल्याउछ, त्यस भेट्ने भनेको ठाउँमा पुलिसहरू लुकेर कुरेर बसेका हुन्छन् र ती चोरहरू पक्डाउ पर्छन् र एजेन्ट पनि चोरहरूको बन्धनबाट मुक्त हुन्छ । सायद मेरो पनि त्यस्तै अवस्था आएकोले होला मैले हरेस खानलागेको वेलामा मलाई यी डाइलगहरू याद आउने । मैले जुन कुराको खोजि गरिरहेको थिएँ त्यो कुरा थियो देवीदेवताहरू छन् कि छैनन् भनेर । झन भुत प्रेतहरूले दुख दिन आएपछि देवीदेवताहरू पनि छन् कि त भनेर गहिरिन खोजेपछि मलाई अति गाह्रो भएको थियो । तर मलाई लागेको थियो कि यदि मैले भनेका खोजेका देवीदेवताहरू छन् भने मैले अनुभव गरेको पितृ, भुत प्रेतहरूका समस्याहरूबाट समाधान हुनेछ । यसरी मैले खोजेका कुरा नै समस्याको समाधान हुन सक्छ भनेर हिडेपछि, सुरू गरिसकेपछि गाह्रो भयो भनेर बीचमा बाटो बदल्नु, सोच बदल्नु पनि उचित भएन अब त झन् ती भुत प्रेतहरूले चिनिसके, तिनीहरूले दुख दिइराखेका छन् तर मैले अब गर्दिन भन्दैमा तिनीहरूले छोड्दिन्छन् भन्ने त छैन । बरू मैले खोजेको देवीदेवताहरू पाएँ भने तिनीहरूले मेरा समस्याहरू समाधान गरिदिन्छन् । त्यसैले भेट्ने भनेको ठाउँ, उद्देस्य परिवर्तन नगरौँ, कतै मलाई त्यहाँ मेराहरू समर्थकहरूले कुरिराखेका पो छन् कि भनेको त नभन्दै देवीदेवताहरू रहेछन् र ती देवीदेवताहरू  मलाई कुरिराखेकै रहेछन् । ब्रह्मको अनुभव भनेको त सबै ब्रह्मज्ञानी देवीदेवताहरूका नजिक पुगिने हो रहेछ, ती ब्रह्मज्ञानी देवीदेवताहरू पाएपछि त्यस्ता पितृ, भुत, प्रेत हरूबाट आएका समस्याहरूका समाधान हुने रहेछ । बरू ती ब्रह्मज्ञानी देवीदेवताहरूका त मलाई एजेन्ट बनाएर चोर डाँका जस्ता पितृ, भुत, प्रेतहरूलाई पक्डाउने योजना हो रहेछ । हुन पनि ब्रह्मज्ञानले आज ती पितृ, भुत, प्रेतहरूको रहस्य खुलेको छ पर्दाफास गराएको छ । यसरी मलाई पटक पटक त्यो रसियन सिरियल हेर्न लगाएर त मलाई कार्यकर्ता तयार बनाएर, एजेन्ट बनाएर चोर पक्डन पठाएका रहेछन् जस्तो लाग्यो ।

त्यस्तै गरेर अर्को रसियन सिरियल छ “सेमनादसद् मग्नोभेनिया भेस्नी”,  “Seventeen moment of Spring”। यो दोस्रो विश्वयुध्द चलिरहेको वेलामा घटेका घटनाहरूको फिल्म हो । यस फिल्मको पात्रको जीवनीने पनि मेरो सँघर्षमा टेवा पुर्याएको थियो । त्यस फिल्ममा दोस्रो विश्वयुध्दताकाका वेलामा जर्मनीको हिट्लर नेतृत्वको सेनाले युरोपका देशहरूमा कब्जा गर्दै अहिलेको रसिया र त्यस वेलाको सोभियत सँघमा पनि लडाइ गरेर थुप्रै भुभाग कब्जा गरेको थियो र थुप्रै मानिसहरु मारिएका थिए । जर्मन सेनाले अझै अगाडि बढ्न चाहने वा कब्जा गरेको भुभाग कायम राख्न चाहने र त्यस वेलाका सोभियत सँघका सेनाले जर्मन सेनाका आफ्नो भुभाग स्वतन्त्र गर्न जर्मन बिरुध्द लडाइ लडिरहेका थिए । त्यस वेला आफ्ना जासुसहरूलाई सत्रुका सँगठनमा पठाएर त्यहाँका खबरहरू पत्ता लगाउने घटनाहरूका कथामा आधारमा त्यस फिल्ममा पनि त्यस्तै घटनाको फिल्म बनाइएको थियो । त्यस फिल्मका नायक “स्त्रिलेच”  रसियन जासुस सँगठनका थिए र जर्मन सेनाका गुप्तचर विभागमा काम गरेर माथिल्लो स्तरमा अफिसर लेभेलमा पुगेका थिए । (“The tale of Soviet spy Maksim Maksimovich Isaev, who had infiltrated the highest ranks of the Hitler’s political intelligence agency (SD) as Standartenfuhrer von Stirlitz,” ). उनलाई जर्मन सेनामा जासुसी गर्न सघाउन भनेर केहि अन्य साेभियत जासुसहरू पनि लुकेर विभिन्न भेष गरेर र नाम बदलेर जर्मनीमा बसेका थिए । ती लुकेर बसेका जासुसहरूले उसँग सम्पर्क गर्ने, उनीलाई मस्कोको खबर पुरूयाउने र उनीको कोड भाषामा लेखिएका खबरहरू पनि मस्कोमा खबर पुर्याइदिन्थे । तर लडाइको बिच बिचमा आइपुग्दा उनलाई खबर पुर्याउने व्यक्तीहरू पक्राउमा परे र उनी माथी पनि शंका गर्न थाले जर्मनका सेनाका गुप्तचर अफिसरहरुले । उनले ढाट्दै यता उति गर्दै टिक्दै थिए तर एक्ला भए । उनलाई सहयोग गर्ने सहयोगीहरु पक्डाउ परेकाले मस्कोबाट केहि खबर पाएका थिएनन् । उस्ले त्यहि जर्मनका केहि नयाँ हिट्लर विरोधीहरूलाई आफ्नो पक्षमा ल्याएर नयाँ एजेन्ट बनाएर मस्को सम्म खबर पुर्याउन खोजे तर ती सबै नयाँ मानिसहरूमा क्षमता नभएका भएर तिनीहरूलाई जर्मनका जासुसी सँगठनले पक्डाउ गरे । उनी एक्लै भए शत्रुहरुका बीचमा । शत्रुहरूले शंका गरिसकेका छन् । यहाँबाट भागम् भने आफ्नो देश ठुलो लडाइमा छ । यताबाट केहि खबर उता पुर्याउन पाए देश बच्ने थियो, लडाइमा ठुलो सहयोग हुने थियो, नभागम् त यिनीहरुले पक्डे भने मार्छन् । यस्तो दुविधामा उनी घरमा एकान्तमा एक्लै बसेर सलाइको काँटी सिन्काहरू टेवलमा फिजाएर सोचेर बस्थे, तिनै सिन्काहरूलाई मानिस भनेर टेवलमा फिजारेर उनका शत्रुहरू यहाँ यहाँ छन्, कहाँ कहाँ के के भयो ? शत्रुहरूमा कसकसका कस्ता सम्बन्धहरू छन एक आपसमा भनेर मनन गरेर गुनेर बस्थे । त्यहाँ जर्मन सेनामा पनि नाइकेहरूका बिचमा  खिचातानी, राजनितीहरू हुन्थे, एक आपसमा खुट्टा तानातान हुन्थ्यो । हिट्लरको नजिक पुग्न भनेर जर्नेलहरूमा खिचातानी थियो एक आपसमा षडयन्त्रहरू भइराखेका थिए । त्यहि मौका पारेर यताका कुरा उता उताका कुरा यता पारेर, मलाई फसाउन मात्र मलाई शंका गरेर सोभियत जासुस भनेर यस्ता कुरा गरेका हुन् भन्ने पारेर आफुलाई पक्डनबाट जोगाउदै जासुसी गरिरहेका थिए । यो सत्र वटा सिरियलको फिल्म थियो र मैलै सबै फिल्म करिब १० पटक ढोका थुनेर हेरेर, कण्ठ हुने गरेर हेरेको थिएँ र आखिरमा मलाई त्यहि जासुस हिरोको जस्तै अभिनय गर्नु पर्ने रहेछ र मैले त्यसरी त्यो फिल्म हेरेको रहेछु । मलाई त जासुसी ट्रेनिङ्ग पो गराइराखेका रहेछन् त्यो फिल्म तथा अन्य त्यस्तै फिल्महरू देखाएर । मलाई दुखको वेलामा धेर्यता लिन तिनै फिल्मका हिरोहरूले सिकाए । शत्रुका घेरामा परेका वेलामा मानिसले कसरी धैर्यता र बुध्दिले काम गर्नु पर्छ र आफ्नो उद्देस्य कायम राख्नु पर्छ भन्ने कठिनाएका पाठ सिकायो र मैले यसबाट ठुलो शिक्षा लिएँ र मेरा लडाइमा प्रयोग गरेँ ।

मैलै गरेका अनुभवहरू भनेको म विभिन्न जनाबर, बाघ भालु, हात्ती, पितृ, भुत प्रेतहरूका बिचमा पुगेको जस्तै अनुभव भएको हो रहेछ तर सुरुमा त्यसबाट उम्कने उपाय केहि थाहा थिएन । ब्रह्मज्ञानी देवीदेवताहरू छन् भनेर मलाई थाहा थिएन । यस्तो खतरनाक अवस्थाहरुमा आउदा त्यसबाट बच्ने केहि उपायहरु मलाई जीवनका अनुभवहरुले केही सिकाएको थियो । जस्तै कुकुरले मानिससलाई टोक्छ तर त्यस्ले नचिनेकालाई, उसले शत्रु हो जस्तो ठानेकोहरुलाई मात्र टोक्ने हो । त्यस कुकुरलाई माया गरेर खानाहरु खान दिन थाल्यो भने त्यहि कुकुर सम्रक्षक भएर बस्छ । हात्ती भयानक डरलाग्दो जनाबर हो तर माउतेले त्यस्लाई फकाएर काम लगाइराखेको हुन्छ । गाइ भैसीहरू लामालामा सिँग भएका हुन्छन्, तिनले सिँगले हान्न पाए मार्छन् पनि तर आफ्नो गोठमा आएर आफ्नो दाम्लाका आडमा आएर बस्छन् बानिदेउ भनेर । हात्ती माथी चढेकालाई बाघले केहि गर्दैन । बाघ पनि मान्छे मार्दै हिड्दैन । उस्लाई खतरा भएको आभास वा भोक लागेका भएमात्र अरूलाई आक्रमण  गर्दछ । खतराको अनुभव भएको छैन भने जँगली जनाबरहरूले नी अरूलाई आक्रमण गर्दैनन् । हो त्यहि कुराहरु मैले ती भुत प्रेतहरूसँग गरेँ । म अचानक कुनै तयारी नभैकन ती पितृ भुत प्रेतहरूका सम्पर्कमा पुगेछु । पहिला रमाइलै भयाे पछि खतरा भएकाे अनुभव भयो तर बच्ने उम्कने तरिका केहि थाहा छैन । त्यस परिस्थितिमा मैले आफ्नो बुध्दि ज्ञानको र विश्लेषणको प्रयाेग गरेँ । पहिला त मलाई थाहा भयो कि ती पितृ, भुत, प्रेतहरूले मानिसको भाषामा वा मेरो भाषमा कुरा गर्छन् भनेर । यति थाहा भएपछि मलाई अलि सजिलो भयो । मैले तिनीहरूसँग कुरा गर्न पाएँ,  तिनीहरूलाई मैले कुराले भुलाएँ, ढाटेँ, झुक्याएँ, तिनीहरूलाई गफ लगाएँ, कसैलाई फकाएँ, कसैलाई थर्काएँ । एउटालाई थर्काउन वा शान्त पार्न अर्काको सहयोग लिएँ । मैले पनि ब्रह्मज्ञानी देवीदेवताहरू नचिन्दै पनि अन्य देवीदेवताहरूका सहयोगहरू लिएँ । ती अन्य देवीदेवताहरूले पनि मलाई सहयोग गरे । तिनीहरूसँग कुराहरू सोध्न पाएँ । सुरू सुरूमा मानिसको मृत्युपछिको दु:ख कष्टहरू मलाई तिनै मरिसकेकाहरूले भनेका हुन्

लतामङ्गेशकरले गाउनु भएको एउटा हिन्दी गीत छ “अजिब दास्ताँ है ये, कहाँ सुरू कहाँ खतम,  ये मँजिले है कौन सि, न वो समझ सके न हम् ” । यो गीत मेरो मुखबाट हजार चोटी आफै आयो होला । जव म थाक्थेँ अनि यो गीत मुखमा आउथ्यो । यसको अर्थ हो “याे कथा बुझ्नै नसकिने छ कहाँबाट सुरू भएको छ र कहाँ गएर सिध्दिन्छ ? यो मन्जिल वा पुग्नुपर्ने ठाउ कुन हो न उसलाई न मलाई थाहा छ ”  त्यस्तै कहिले कहिले अब थाके भनेको वेलामा “जो वादा किया हो, वो निभाना पडेगा ” भन्ने गीत आउथ्यो, मैले अठोट गरेका पलहरु याद आउथे । यसको अर्थ हो  “जुन वचन दिएको थियो त्यो पुरा गर्नु पर्छ ” ।

त्यस्तै गरेर मलाई कष्ट भइरहेको वेलामा आउने गीतहरू थिए

आजकल तेरे मेरे प्यार के चर्चे हर ज़बान पर
सबको मालूम है और सबको खबर हो गई

अर्को गीत थियो

सौ साल पहले मुझे तुम से प्यार था
आज भी है और कल भी रहेगा
सदियों से तुझ से मिलने जिया बेक़रार था
आज भी है और कल भी रहेगा

त्यस्तै अर्काे गीत

कभी कभी मेरे दिल में, ख़याल आता है
के जैसे तुझको बनाया गया है मेरे लिये 
तू अबसे पहले सितारों में बस रही थी कहीं 
तुझे ज़मीं पे बुलाया गया है मेरे लिये 
कभी कभी मेरे दिल में, ख़याल आता है

यस्तै गीतहरू गाइन्थ्यो कहिले कहिले फुर्सद भएका वेलामा । यस्ता गीतहरू अरू सबैले गाउछन् । तर मलाई थाहा हुन थाल्यो कि यीनै गीतहरू मार्फत कसैले मसँग कुराकानी गरिराखेको छ भन्ने लाग्न थालेकाे थियो ।

मसँग सम्पर्कमा आएका पितृ भुत प्रेतहरू मध्ये कतिपयले भय त्रास ल्याएका थिए भने कतिपयहरू सभ्य पनि थिए । ती सभ्यहरू मध्ये राम्रा चिटिक्क कपडा लगाएका, लोभ लाग्दाहरू, मोहिनी रूप भएकाहरू पनि थिए । सुरूसुरूमा तिनै मोहिनी रूप भएकाहरू आउदा त्यति खतरा महसुस भएन । त्यो खतराको महसुस नहुनु नै खतरनाक अवस्था हो रहेछ ।

आखिरमा मैले मेरो खोजिलाई तेस्रो नेत्रको, अदृस्य पितृहरू, भुत प्रेतहरू छन्, ब्रह्मज्ञानी देवीदेवताहरू छन्, ती देवीदेवताहरूलाई देख्न सक्ने, तिनीहरूसँगको सम्पर्क, तिनीहरूसँगको दोहोरो सम्पर्क गर्ने तरिकाहरू, ब्रह्मको ज्ञान, ब्रह्मको अनुभव र सदाशिवको अनुभव गर्ने सम्मका कार्यहरू रसियाको भुमीमा बसेर गरेँ । म रसियामा उच्च शिक्षा लिन भनेर गएको थिएँ र मैले त्यो उच्च शिक्षा लिनमा सफल भएको जस्तो लागेको छ । मैलै आफ्नो परिवारमा जन्मेर पाएको शिक्षाले चिन्तन गर्न सक्ने शिक्षा दिएको रहेछ । मलाई मेरा समाजले केहि धर्म, सँस्कार, वेदशास्त्रहरूका शिक्षाहरू दिइसकेको रहेछ  र त्यसमा गहिरिन सक्ने भएको रहेछु । त्यसपछि डाक्टरीको उच्च शिक्षा लिन भनेर रसिया पुगेँ र त्यहाँ मलाई विज्ञान र चिकित्साशास्त्रका गहिराइमा पुगेर आजसम्म भएका र नभएका भनेर विज्ञानलाई केलाएर निचोड दिन सक्ने बनाएको रहेछ, त्यहाँको पढाइले धर्म सँस्कारका कमि कमजोरी र विज्ञानका कमि कमजोरीका समाधानहरूको खोजि गर्न सक्ने बनायो । यस कार्यमा मेरो रसियाको पढाइ, बसाइ र त्यहाँका मानिसका रहनसहन, त्यहाँका मानिसहरूका चिन्तन गर्ने तरिकाले, त्यहाँको मानिससहरू, साथीभाईहरूको प्रत्यक्ष अप्रत्यक्ष सहयोगले नै मलाई सफल बनाएको सम्झन्छु । म र मेरो श्रीमती डा. इन्दु श्रेष्ठको यो खोजिको अन्य सम्म पुर्याउनुमा रसिया देशको ठुलो भुमिका छ ।

मैले गरेका यी सबै खोज, अनुसन्धानमा यस किताबका सहलेखिका मेरी श्रीमतीको ठुलो भुमिका छ । उनी म सँगसँगै डाक्टरी पढ्दा देखिको साथी थिइन र सहकर्मी पनि थिइन । मैले भोगेका सबै कष्टहरू उनीलाई भन्न मिल्ने सम्म कुराहरू सबै भन्ने गरेको थिएँ र अनुभवहरू पनि कतिपय कुराहरू दुबैले गरेका थियौँ । उनी आफै चिकित्साशास्त्रको डाक्टर र मेरो हरेक प्रश्नहरु र अनुभवहरू पहिला उनीलाई नै भनेर, सुनाएर उनीबाटै सहमती, हौसला, सहकार्य गर्दै अगाडी बढियो । जीवनको यो अति लामो खोजिको यात्रामा उहाँको सहभागिता र अविरल सहयोगका कारण नै यसलाई लक्ष सम्म पुर्याइएको थियो । मानिसका तेस्रो नेत्र, मरेकाहरू पूर्ण रूपमा मरेका रहेनछन् भन्ने, अन्य देवीदेवताहरू छन् र तिनीहरूसँग सम्पर्क भइरहेछ भन्ने कुराहरूत उहाँलाइ पनि थाहा भइसकेको थियो । यस्ता कतिपय कुराहरू त अझ मैले उहाँसँग, उहाँबाट नै सिक्न पाएँ । मेरा खोजिका लागि मैले विभिन्न सोचाइ योजनाहरू बनाइरहेको थिएँ अब कहाँ गएर अरू कुराको खोजि गर्ने होला, अब कुन युनिभर्सिटीमा यस्ता कुराहरू पढ्न पाइन्छ होला भनेर खोज्दै थिएँ । त्यो अदृश्य चिजहरू नजिकै हुँदा रहेछन् । सुरूमा त त्यस्ता अदृश्य चिजहरूसँग सम्पर्क भइसकेको र भइरहेको लक्षणहरू उहाँमा पाइयो । सुरूमा त उहाँमा एक अस्वस्थ अवस्था नै आयो र मैले उहाँको नै उपचार र खोजि गर्नु पर्ने भयो । जुन कुराहरू मैले खोजि गर्न खोजेको थिएँ त्यस कुराहरूका किताब जस्तै भएर उहाँ आउनु भयो । उहाँमा देखिएका लक्षणहरु र गुणहरुले मलाई धेरै अगाडी बढायो । त्यसरी म जस्तै उहाँले पनि त्यस्ता अदृश्य चिजहरू देख्न सक्ने भइसकेका थियौँ । तर मैले अलि बढि देख्ने उहाँले कहिले कहिले मात्र देख्ने, चाहिने कुराहरूमात्र आउने र देखिने भयो । मानिसको तेस्रो नेत्र हुन्छ र मानिसमा अन्य अदृश्य चिजहरूबाट खबरहरु आउछन् भन्ने कुराको विभिन्न उदाहरणहरू उहाँको कार्यहरूबाट पाएको थिएँ । हामी मस्कोमा नै हुँदा एक दिनको घटना भन्छु । म विहानको खाना खाएर अफिस जान भनेर कपडा लगाउदै थिएँ र टाइ लगाएर टाइ मिलाउदै थिएँ । उहाँ अर्को कोठा किचन तिरबाट हातमा के लिएर मलाई दिन भनेर आउदै हुनुहुन्थ्यो त अचानक उहाँले रसियन भाषामा लामो कविता भन्दै आउनु भयो । उहाँलाई आज सम्म एउटा पनि कविता कण्ठ छैन भनेर मलाई थाहा थियो । त्यसैमा पनि रसियनमा त झन कुनै कविता थाहा थिएन र त्यस कवितामा भनिएको थियो कि “जमिनका सबै मानिसलाई हावाहुरीले बगाएर लानेछन् ” , ” भेतेर उनिस्योत भसे झिज्नि इज जिम्लि ” । अनि मैले के भनेको यस्तो जे पायो त्यही भनेर अलि चर्को स्वरले सोधेको थिएँ अचम्म मानेर । म चर्को बोलेको गाली गरेको जस्तो लागेछर मसँग किन झर्केर बोलिस मैले के गरेँ भनेर उहाँले भन्नु भयो । मैले किन यस्तो कविता भनेको भन्दा कहाँ भने मैले, भनेकै छैन भनेर भन्नु भयो । उहाँलाई कविता भनेको थाहै छैन रे । अब भयो फसाद, अफिस जान लागेको छु, ढिलो पनि भइसक्यो । अब जे होला होला भनेर अफिस गएँ । दिन भरि कति छिटो घर फर्कन पाए हुन्थ्यो जस्तो भइराख्यो । आज पक्कै केहि घटना हुन्छ कि भन्दै अलि छिटो घर फर्केँ र घरमा आएर CNN सिएनएन समाचार खोलेर हेर्छु त इन्डोनेसियामा चुनामी आएर एउटा टापुका सबै मानिसलाई बगाएछ र करिब साढे तिन लाख मानिसहरू हराएछन्, ती सबैलाई हुरिबतास, समुद्री भेलले बगाएछ । त्यो कवितामा भनेको जस्तै घटना भएको थियो । हो यस्तै यस्तै घटनाहरूले झन अगाढी बढ्न कर लगाए झै गराउथ्यो । किन कि यति कुरा थाहा भएर पनि थाहा नपाए जस्तो गर्नु आफैलाई असुरक्षित थियो ।

मैले ब्रह्म र सदाशिवको अनुभव गरेपछि शिवजीलाई सोधेँ अब के गरम् त भनेर । उहाँले भन्नु भयो कि यो कुरा अब सबै मानिसहरूले थाहा पाउनु पर्छ । सबै भन्दा पहिला श्रीमतीलाई भन्नु पर्छ, बुझाउनु पर्छ र अनुभव गराउनु पर्छ भनेर शिवजीले भन्नु भयो । अब त्यस्को पालो हो, तँ उसलाई सबै तथ्यहरू, थेउरीहरु भनिदे, सिकाइदे, अनि म अनुभव गराइदिन्छु भन्नु भयो । अनि मैले, मैले गरेका अनुभवहरूका सबै कुराहरू वर्णन गरिदिएँ , शिवजीले अब तिम्रो पालो हो भन्नु भएको छ भनेर भनेँ । करिब एक महिना जति मैले जानेका कुराहरू उहाँलाई सिकाएँ, शिवजीसँग पनि कुरा गर्न सिकाएँ, दोहोरो कुरा गर्न सिकाएँ । अनि शिवजीले उहाँलाई ब्रह्मको र सदाशिवको अनुभव गराइदिनु भयो । यसरी हामी दुबैले ब्रह्मको र सदाशिवको अनुभव गरेपछि, दुर्गा माता, दुर्गा माताका अरु रुपहरु, सरस्वती माता, लक्षमी माता, काली माता, बिष्णु जी,  ब्रह्माजी, गणेशजी, हनुमान जी, राम सिता, राधा कृष्ण, नारदजीहरू पनि आउनु भयो । त्यसपछि तिमीहरूको पढाइ सिध्दियो, तिमीहरूको अनुसन्धान सिध्दियो भन्नु भयो र युनुभर्सिटिका ढोकाहरू बन्द गराइदिनु भएको देखाइदिनु भयो । तिमीहरूका तपस्याहरू, ब्रतहरू पनि सिध्दिए भन्नु भयो। हामीले त्यति खेर सम्म माछा मासु नखाने, लसुन प्याज नखाने, ब्रतहरू बस्ने, पुजा आजाहरू गर्थेम् । त्यो अब गर्नु पर्दैन भन्नु भयो । ब्रत, तपस्या, पूजााआजाहरू भगवान प्राप्त गर्ने मार्गहरू हुन् । भगवान प्राप्त भइ सके पछि मार्ग सुरक्षित होस, अरूले पनि आवस्यक पर्दा सदुपयोग गरून भनेर जतन गरिदिने हो । तर लक्षमा पुगिसके पछि मार्ग बोकेर हिड्नै होइन । अब त लक्षको प्राप्ती भइसकेका कुराहरूका चर्चाहरु गर्ने हो । ब्रह्मको, सदाशिवको, शिवको, ब्रह्मज्ञानी देवीदेवताहरूको चर्चा गर्ने हो भन्नु भयो ।

तेस्रो नेत्रको ज्ञान, ब्रह्म र सदाशिवको ज्ञानले सृष्टि, जीवन, मृत्युका कुराहरू अब स्पष्ट भएका छन् । जीवनका बारेमा, मृत्यु भन्दा अगाडीका जीवन के हुन्, मृत्युका बारेमा, मृत्युपछिका जीवन, मृत्युपछिका जीवनका यात्रा, ब्रह्मको यात्रा, सदाशिवको यात्रा, देवीदेवताहरूका बारेमा धेरै कुराहरु थाहा भयो । शिवजी, दुर्गामाता, गणेशजी, हनुमानजी, लगाएत थुप्रै ब्रह्मज्ञानी देवताहरूलाई पाएका छौँ । मानौँ जीवनका वारेमा साच्चैनै वार पार भएको छ। हामी यस किताबका लेखकहरू दुबै जना एक दम खुसि छौँ ।

मैले सोधेँ शिवजीसँग किन यस्तो साह्रै कष्ठहरू भएको ? आखिरमा तपाइहरुले हेरिराख्नु भएको रहेछ भनेर भनेँ । उहाँले भन्नु भयाे यो कुराहरु अरूलाई पनि भन्नुछ । कस्ता कस्ता खतराहरू छन् मानिसहरूले भोगिरखेका छन् ? कस्ता कस्ता दु:ख कष्ठहरू पाइरहेका छन् भन्ने कुराका अनुभव गराउनु भएको हो रे हामीलाई र त्यहि अनुभवहरू अनुसार हामीले मानिसहरूको उपचार पनि गर्नु पर्ने भएकाले यी सबै कुराहरू सिकाएको हो र यो सबै शिक्षा थियो भन्नु भयो ।

साथै संसारभरका थुप्रै महापुरूषहरूका कहानीहरू, जीवनीहरू, लेखहरू पढेँ । सबैले अन्यमा आएर सृष्टिका कुराहरू, जीवनका कुराहरू, मृत्यु कुराहरू नै गरेका रहेछन् । प्राय: सबै महापुरुषहरुले  सृष्टि के हो ? जीवन के हो ?, मृत्यु के हो ? बुझ्न सकिएन भनेर मर्ने वेलामा सम्ममा भनेका रहेछन् । कोहि कोहि मानिसहरु जीवनभर नास्तिक भएकाहरू पनि मर्ने वेलामा भगवान छन् कि त भन्दै आशा राख्दै मर्ने गरेका रहेछन् । संसारभरका समाजका सबै हिरोहरू, नायकहरू, प्रतिष्ठितहरू, विध्वानहरू, वैज्ञानिकहरूले जीवनभर हिरो भएछन् र मर्ने वेलामा जीवनका कुराहरु केहि बुझिन भनेर मर्ने गरेका रहेछन् । तर म अर्कै तरिकाले सोच्दथेँ । म पनि अवस्य एक दिन मर्नु पर्छ तर म पहिला जीवनका कुरा बुझ्छु अनि पछि हिरो बन्नु पर्ला भन्ने सोच्दथेँ । त्यसैले म सँधै सबै भन्दा अलग, एक्लो, संसार भन्दा टाढा भएर, मानिसहरूबाट हराए जस्तो भएर बसेँ र आफ्नो खोजि गरिरहेँ । यदि जीवनमा आफ्नो खोजिका कुराहरुलाई निष्कर्षमा पुर्याउन सकियो र त्यो निष्कर्ष कुराहरू अन्य मानिसलाई भन्न योग्य रहेछन् भने भनुला, यदि जीवनमा भन्न सक्ने क्षमता अझै बाँकी रहेछ भने । मैले जीवनभर लगाएर खोजेको कुराको निष्कर्ष ब्रह्मको ज्ञान हो । यो ज्ञान साच्चै नै सबै मानिसहरूले जान्न आवश्यक छ । त्यहि ज्ञान र अनुभव कुराहरूका निष्कर्षहरूलाई यस किताबमा प्रस्तुत गरेका हौँ ।

 

⇐विषय सूचीमा फर्कन