अमिशा श्रेष्ठले एक कराेड तिर्छु भनीन्

अमिशा श्रेष्ठले एक कराेड तिर्छु भनीन् ।

लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा

अमिशा श्रेष्ठकाे तेस्राे नेत्र देखि सदाशिव सम्मकाे यात्रा

अमिशा श्रेष्ठ, घर सुन्दर मार्ग, सिध्दार्थ चाेक, पाेखरा, नेपाल हाे । हरेक मानिसकाे तेस्राे नेत्र हुन्छ भनेर अाज सम्म थाहा थिएन तर अाज त्यस तेस्राे नेत्रकाे बारेमा थाहा भएर त्यस दृष्टिकाेणबाट हेर्न खाेज्दा अस्वस्थ अवस्थामा तेस्राे नेत्र खुलेर रहेका मानिसहरूकाे उदाहरणहरू समाजमा थुप्रै भेटिएका छन् । त्यसैकाे एक ज्वलन्त उदाहरण अमिशा श्रेष्ठकाे जीवनमा घटेकाे  छ । अस्वस्थ तेस्राे नेत्रमा मानिसले साधारण अवस्थामा भन्दा बढि स्पर्शहरू अनुभव गर्ने रहेछन् । त्यस अस्वस्थ तेस्राे नेत्र मार्फत मानिसमा अन्जानमा अन्य विभिन्न पितृ, भुत, प्रेतकाे सम्पर्क हुन सक्ने सम्भावना हुँदाे रहेछ ।

उनी शहर बजारकाे केन्द्र, पाेखराकाे चिप्लेढुङ्गा वरपर जन्मेर हुर्केकाे, अार्थिक रूपमा सम्पन्न परिवारमा हुर्केकाे र पाेखरामा सम्पन्न पुरानाे मानिसहरू गाेथाजु परिवारकाे नातिनी हुन । पाेखरामा राम्राे स्कुलमा पढेकाे, स्कुलमा पनि पढाइ राम्राे रहेछ र प्रायः सँधै प्रथम हुन्छिन रे । हामी कहाँ  उनी कि अामा बुबाले ल्याउदा १० कक्षामा पढ्दै थिइन । हामी कहाँ ल्याउनुकाे कारण उनीले घरमा प्राय झगडा गर्थिन रे, रिसाइ रहन्थिन रे । उनी रिसाए पछि कसैले फकाउन नसक्ने, काेठामा ढाेका लगाएर बसे पछि खानाखान पनि नअाइदिने उसकाे रिस शान्त नभए सम्म । उनी रिसाइन भने मर्न जान्छु भन्थिन रे । मर्न भनेर घरकाे छतमा भएकाे पानी टङ्कि भित्र पस्ने गर्थिन रे । छाेरी हराइन भनेर अामा बुबाले खाेज्न जाँदा कतै नभेट्याएर पानीकाे टङ्कि भित्र बसेकाे अवस्थामा भेटाएका रहेछन् । पटक पटक यस्ता घटनाहरू हुने भएकाे भएर अाफ्नाे घरकाे छतमा भएकाे पानी टङ्किमा उक्लने भर्याङ्ग नै निकालेका रहेछन् । यसरी पटक पटक रिसाउने, घरकाे कसैलार्इ पनि नटेर्ने हुँदा हुँदा एक दिन, घरमा अाफ्नाे अामा पट्टिकाे नातिनी भने पछि हुरूक्कै हुने करिब ७३ बर्षकाे बाजेलार्इ, बाजे सँग रिसाएर घरकाे छतबाट गुल्ट्याएर मारिदिन्छु भनेकाे भएर उसलार्इ मःम खान दिउला भनेर फकाइ फकाइ भनेर हामी कहाँ ल्याएका रहेछन् ।

त्यस दिन उ हामी कहाँ अाउँदा उनीका अामा बुबा, मामा, अजा र अजीहरू पनि क्लासमा उपस्थित थिए । मैले उनी सँग कुराकानी गर्न थालेँ । उनी रून थालिन र राेएकाे राेएइ गर्न थालिन ।  उनीकाे अाँखाबाट अाँसु झरेकाे झरै भयाे करिब एक घण्टा जती । उनी यसरी धेरै बेर राेएकाे देखेर उनीकि अामालार्इ साेधेँ उनी पहिला पहिला घरमा कत्तिक रून्थिन भनेर । अामाहरू भन्छिन याे त एक दम जब्बरकाे छ, याे राेएकाे अहिले सम्म कहिल्यै देखेकाे छैन  रे । कता कता घरि घरि हाेस नभएकाे जस्ताे, बेसुरमा बाेलेकाे जस्ताे गर्थिन त्याे मैलेमात्र देख्न सक्थेँ ।

याे एक अस्वस्थ तेस्राे नेत्रकाे लक्षणहरू थियाे । हामी कहाँ अाउने गर्नु भयाे भने विस्तार विस्तार यस लक्षणकाे कारण र उपाए बुझ्न पाइनेछ भन्ने सल्लाह भएकाे थियाे । पछि पछि पनि उहाँ अाएकाे बेलामा मैले कुरा गर्ने वित्तिकै अाँसु अाउन थालिहाल्थ्याे । पछि ब्रह्मज्ञानकाे कुराहरू पढेर भावहरू बुझ्न थाले पछि उनीकाे तेस्राे नेत्र अलि स्पष्ठ गरेर खुल्न थाल्याे र उनीले अाज सम्म उनीकाे सम्पर्कमा रहेका पितृ, भुत, प्रेतहरूलार्इ देख्न थालिन । जब उनीकाे तेस्राे नेत्र स्पष्ठ गरेर खुल्न थाल्याे अनि उनिले ती दुःख कष्ट दिने भुत, प्रेत, पितृहरूबाट बच्ने उपायहरू जान्न थालिन् । यसरी उनीकाे तेस्राे तेत्र खुले पछि विस्तार विस्तार ब्रह्मज्ञानी देवी देवताहरू शिवजी, दुर्गा माता, दुर्गामाताका अन्य रूपहरूफ गणेशजी, हनुमानजी, कृष्णजीहरू सँग देख्ने, बाेल्ने गर्न थालिन । देवी देवताहरूलार्इ कसरी देख्ने, कसरी चिन्ने, कसरी बाेल्ने भन्ने कुरा र तरिकाहरू मैले सिकाउँदै गरेँ ।

उनीले तेस्राे नेत्रद्वारा देवी देवताहरूसँग बाेल्ने गर्न थालिन । स्कुल जाने बेलामा अाफ्नाे स्कुल बस सीतला देवीमाताकाे मन्दिर वरपरबाट हरेक दिन जाँदा हरेक दिन बसबाटै माता सँग कुराकानी गर्छु र माताले दर्शन र अाशिर्वाद दिनुहुन्छ भन्न थालिन् पछि पछि ।

एक दिन उनीलार्इ फेरी कष्ट भएछ घरमा झगडा गर्ने रूने कराउने गरेकाे भएर मलार्इ साेधेर अनुमती लिएर म कहाँ ल्याएका थिए । उनीलार्इ गाडीमा ल्याएका थिए र गाडीबाट उनी अरूहरू जस्तै हिडेर मेराे क्लासमा अाएकि हुन तर उनलार्इ याे केही पनि याद थिएन । सुरूमा म सँग पनि झगडा गरिन् मलार्इ चर्काे स्वरले बाेलेर गाली पनि गरिन् । मैले त्यस अस्वस्थ तेस्राे नेत्रकाे अवस्था पारेर उनीलार्इ ब्रह्मकाे अनुभव गराएँ । ब्रह्मकाे अनुभव गरेपछि उनी पूर्ण रूपमा हाेसमा अाइन र खुसि, अानन्दित पनि भइन् । त्यस दिन भन्दा केही दिन अगाडिबाट नै मनमा एक कराेड दिन्छु भन्ने भाव अाइरहन्थ्याे रे । २–३ दिन अगाडि सीतला देवीकाे मन्दिर गएर मातासँग कुरा गरेकाे बेलामा पनि तिमीलार्इ यहाँ सम्म डाेर्याएर हामी देवी देवतालार्इ देख्न र बाेल्न सक्ने बनाउने डाक्टर साबलार्इ कमाए पछि एक कराेड तिर्छु भन भनेर माताले भन्नु भएकाे थियाे रे । घरमा अामा बुबालार्इ पनि याे कुरा भनेकि रहिछे । अामाले यस्ताे भन्न हुन्न कहाँबाट ल्याएर तिर्छस् भनेर हल्का हप्काउदा पनि जसरी भए पनि कमाएर तिर्छु तिर्छु भन्दै घमन्ड गरि रे । यस्ता कुराहरूकाे चर्चाहरू मनमा, मन्दिरमा गएकाे बेलामा र अामा बुबाकाे सामु पनि भएकाे रहेछ र म कहाँ बिरामी भएर ल्याएर ठिक भए पछि मलार्इ त्याे कुरा भनेर एक कराेड तिर्छु भनिन् । अवस्य याे हास्यापद लाग्छ नबुझ्रनेकाे लागि तर मैले कुरा बुझिसकेकाे थिएँ । तर पनि मैले त्यस गर्नु हुँदैन र मैले लिन पनि मिल्दैन भन्दा माताले मलार्इ डाेर्याइदिनुस भनेर यस्ताे भन्न लगाउनु भएकाे हाे भनेर निर्धक्क भएर भनिन् । हामी उपस्थितहरू अचम्म पर्याै, हास्याैँ । पर्सिपल्ट क्लासमा सातसय रूपिया लिएर अाइन् एडभान्स भनेर दिइन् । अब यसले मलार्इ एउटा ठुलाे जिम्मेवारी सुम्पिएकाे छ । मैले उनीलार्इ एक कराेड फिस तिर्नसक्ने बनाउनुछ । याे कुरा समय अाए पछि मात्र प्रमाणित हुनेछ । म अाफ्नाे जिम्मेवारी पूर्णरूपमा निभाउने छु । केही कामहरू सुरू भइसकेका छन् । उनीमा डाक्टर बन्ने चाहना जागेकाे छ र त्यसैकाे तयारी कक्षाहरू पास गर्दै छिन् अाजकाल ।

स्वस्थ तेस्राे नेत्र खुलेकाे र मेराे नजिक भएकाे भाव अाए अनुसार शदाशिवकाे अनुभव गर्ने माैका पाइन । शदाशिवकाे अनुभव गर्ने बेलामा उनीले शिवजी सित नसाकाे अपरेशन हेर्न मन छ भन्दा शिवजीले त्यस्तै अपरेशन गरेकाे देखाउनु भएकाे थियाे ।

part 2

 

This post is also available in: English

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.