Anu and Pawan’s experience of Sadashiva together

अनु र पवन श्रेष्ठकाे सँगसँगै सदाशिवकाे अनुभव

लेखकः डा. कमल मान श्रेष्ठ,          पाेखरा

अाफु एक अज्ञात राेगबाट पिडित छु भनेर अनु श्रेष्ठलार्इ थाहा थिएन । तर उनीमा भएका केही लक्षणहरू अस्वस्थ तेस्राे नेत्रकाे कारणबाट भएकाे हुनु पर्छ भनेर यहाँ क्लासमा केही पहिला देखि अाएका र ब्रह्मज्ञानकाे रहस्य बुझेका उनीकि अामा, दिदी, दार्इहरूकाे शँका रहेछ । त्यसरी अाफ्ना अामा, दिदी र दार्इहरूकाे सिफारिस र अलिअलि करकापमा परेर उनी पहिलाे पटक हामी कहाँ परामर्शमा अाएकि थिइन । पटकपटककाे कुराकानीबाट र हाम्राे ब्रह्मज्ञानकाे दृष्टिकाेणबाट हेर्दा उनीमा अस्वस्थ तेस्राे नेत्र खुलिरहेकाे तर चिन्न नसकेकाे अवस्था रहेछ । उनीमा भएकाे शारीरिक अस्वस्थताकाे साथै उनीमा भविष्यवाणी जस्तै गरेर पछि हुने घटनाहरूकाे खबर पहिल्यै अाउने गरेकाे रहेछ । हामीकहाँ अाएर परामर्शका लागि बाेल्न थाले पछि राेएकाे राएे हुने गर्थ्याे । अाँखाबाट अाँसु झरेकाे झरैहुने गर्थ्याे । अाधा घण्टा, एक घण्टा कुरा गरे पनि अाँसु झरेकाे झरै हुन्थ्याे र टाउकाे उठाएर माथी हेर्न सक्दिनथिइन । अनि अाँखा अगाडी मरिसकेका पितृहरू अाइरहेका छन् र म सँग केही बाेलिरहन्छन् भन्थिन त्यतिखेर राेइरहेकाे बेलामा । यस्ताे लक्षण र कष्ट बाेकेर मानिसहरू बान्चिरहेका थिए तर अाफ्नाे समस्या व्यक्त गर्ने ठाउँ र मानिस थिएनन् ।

उनीकाे श्रीमान पवनमा कुनै कष्टहरू नदेखिए पनि अलि अलि भविष्यवाणी जस्ता पछि हुने घटनाकाे खबरहरू अगाडीनै थाहा हुने भइरहेकाे रहेछ । श्रीमतीकाे उपचारकाे लागि उहाँ पनि क्लासमा धाउन थाल्नु भए पछि उहाँलार्इ पनि अाफ्नाे समस्याकाे बाेध भएछ र मलार्इ पनि अाैषधी उपचार गराइदिनुस भन्न थाल्नु भयाे ।

उपचारकाे क्रममा हरेक मानिसकाे तेस्राे नेत्र हुन्छ र अस्वस्थ अवस्थामा रहेकाे हुन्छ । त्यसलार्इ चिन्न जानेर उपयाेग पनि गर्न सकिन्छ भन्ने थाहा पाएपछि त्यस तेस्राे नेत्र प्राप्त गर्न दुबै श्रीमान श्रीमती काेशिश गर्न थाल्नु भयाे र अावश्यक ज्ञान र विधिहरू पालना गर्न थाल्नुभयाे । सिक्ने क्रममा प्रगती छिटै देखाउन थाल्नु भयाे दुबै जनाले । करिब एक बर्षभन्दा कम समयमा उहाँहरूले तेस्राे नेत्रद्वारा पितृ,भुत, प्रेतहरूलार्इ देख्न सक्ने, अनुभव गर्न सक्ने, तिनीहरू सँग बाेल्न सक्ने हुनु भयाे । अनि विस्तारै विस्तारै ब्रह्मकाे ज्ञान भएका ज्ञानी देवी देवताहरूलार्इ पनि देख्न, बाेल्न र अनुभव गर्न सक्ने हुनु भयाे ।

अाफ्नाे तेस्राे नेत्रद्वारा देवी देवताहरू सँग सम्पर्क गरेर ब्रह्मकाे अनुभव साथै सदाशिवकाे अनुभव गर्नु

भएकाे सचित्र तल प्रस्तुत छ ।

 

 

This post is also available in: English

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.