Gobinda Tiwari’s Third Eye and contact with late Madan Bhandari

Gobinda Tiwari’s Third Eye  and  and contact with late Madan Bhandari

First time on Date 04.05.2016

ओझेलमा परेका अज्ञात रोग र लक्षणहरु ।

आजसम्मको विज्ञान र चिकित्सा शास्त्रले बर्णन गरेको मानब शरीरको रचना र त्यसको कार्य (Anatomy and Physiology of Human Body)नै अपुरो अध्ययन र खोजीहरुका किताबबाट निकालिएको निस्कर्ष रहेछन् । आजसम्मको सम्पूर्ण विज्ञान र चिकित्सा शास्त्रले मानब जीवनको रचना, त्यसको कार्य, लक्षण, रोगहरु र उपचारका बिधीहरु पूर्णरुपमा सही बर्णन दिनसकेका रहेनछन् । एकातिर विज्ञानले गरेको बर्णन अपुरो थियो भने अर्को तिर बिरामी जाच्ने डाक्टरहरु हतारमा भएर होला उहाँहरुको ध्यान यस समस्या र लक्षण तिर पर्याप्त गएन होला ।

यो बिरामी र बिरामीको वरपरका आफन्तहरुका लागी एक खतरनाक अवस्था हो । यसले मृत्युतिर डोर्याउछ ।

आशा छ आगामी दिनहरुमा विज्ञानको, चिकित्सा शास्त्रको, बिरामी जाच्ने डाक्टरहरुको ध्यान यस समस्या प्रती जानेछन् र बिरामीहरुले उचित उपचार पाउनेछन् ।

बिरामीको जांच र उपचारको क्रममा भएका घटना

परिचय: गोबिन्द तिवारी, घर: माझठान, वार्ड न …., ……., कास्की जिल्ला, गण्डकी अन्चल, नेपाल

हाल : सृजना चोक, पोखरा, कास्की जिल्ला, गण्डकी अन्चल, नेपाल

गोबिन्द तिवारीको तेस्रो नेत्र  र स्व. नेता मदन भण्डारीसंगको सम्पर्क

यो सबैका लागी खबर हो । यसलाई बुझ्ने प्रयास गरौँ र पात्रहरुलाई आदर गरौँ ।

Second time on Date 01.06.2014

Third  time on Date  12.07.2014/ २१ असार २०७१, शनिबार

Gobinda Tiwari with Healthy Third Eye. Experience of Brahma on 27.8.2016/

गोबिन्द तिवारीको स्वस्थ तेस्रो आँखा र ब्रह्मको अनुभव । ११ भाद्र २०७३.

५ पुष २०७३ साल,      नयाँ घटना

अाज क्लासमा गोबिन्द तिवारीले आफ्नो तेस्रो नेत्रको अनुभव र प्रगती सुनाउदै थियो । नोट बुकमा केही दिनहरुका अनुभवहरु लेखेर ल्याएको थियो र सबैलाई सुनायो । अझै अरु साथीहरुले जस्तो सदाशिवको अनुभव गर्न  पाइन भनेर गुनासो गरेको थियो र त्यस्तै खालको कविता लेखेको रहेछ र मेरो गाली खाएको थियो । सबै कुरा बेला आएको हुनु पर्छ र आवस्यक तयारी भएको हुनु पर्छ । आज तिमी जति अगाडी पुगेका छाै, त्यसमा सन्तोस भएर विस्तारै अगाडी बढ्ने हो हतारिने होइन । तेस्रो नेत्रको अनुभव साधारण कुरा होइन । रहर गर्दैमा पाइने चिज होइन भनेर सम्झाएँ । उसको तेस्रो नेत्र आज स्पस्ट खुलेको छ र पटक पटक ब्रह्म पठाएको हो । आज पनि फेरी ब्रह्म पठाउन  सुरु गरियो । ब्रह्म पठाएर आफुले ब्रह्मको अझै राम्ररी अनुभव गर्न भनेर शिवजीसंग अलि बढी कुरा गर्न थालियो । कुराको क्रममा शिवजीले राम्रो ठाउँ देखाउने र मिठो मिठो खानाहरु खुलाउने क्रममा मैले अलि गहिरो अनुभव होस् भनेर रक्सि खाने प्रस्ताब राखें । शिवजीले बंगुरको मासुको रोस्ट र blue label रक्सि ल्याउनु भयो र गिलासमा राखेर चियर्स भन्नु भयो र आफुले पनि खाने र गोबिन्दलाई पनि खुवाउने गराउनु भयो । मैले थपेर खानु पर्छ भनें । अनि शिवजीले फेरी ग्लास भरि थपी दिनु भयो  र गोबिन्दले पियो । त्यस पछि गोबिन्द निदाए जस्तो गर्न थाल्यो । गर्दा गर्दै निदाउदै लड्यो भुइमा । अरु भिडियोमा हेर्नु होला ।

रक्सिले छोडेर होस् खुलेपछि पनि मुखबाट रक्सि खाएको गन्ध आएको सबै उपस्थितहरुले अनुभव गरेका थिए । हेर्नु हाेस् यस्ताे पनि हुन सक्छ ।

 

This post is also available in: English

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.