शर्मिला शर्माकाे तेस्राे नेत्रकाे अनुभव

शर्मिला शर्माकाे तेस्राे नेत्रकाे अनुभव

लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा

शर्मिला शर्मा सासु अामाकाे उपचारकाे लागि हामी कहाँ अाउनु भएकाे हाे । ब्रह्मज्ञानकाे क्लासमा कुराहरू सुन्दा त्यस्ता खालका लक्षणहरू अलिअलि उहाँमा पनि छ भनेर भन्न थालिन् अाफ्नाे पनि उपचारकाे लागि धाउन थालिन् । सुरूमा उनीमा पनि अस्वस्थ तेस्राे नेत्र खुलेकाे रहेछ । डर लाग्ने, केही देखे जस्ताे लाग्ने हुन्थ्याे रे । नयाँ घर किन्नु भएकाे थियाे र त्यस नयाँ घरमा सरेकाे दिन देखी झन बिरामी भएँ भनेर एकदिन रूँदै अाउनु भयाे । सासु अामा र दाजु पर्ने गाेबिन्द तिवारीले परामर्शकाे लागि ल्याएका थिए । क्लासमा अाएर केही कुराकानी गर्दा उनीमा उनकाे घरकाे नाग देवताअाएर बाेले र पितृहरू पनि अाएर बाेलेका थिए । यसरी पटक पटक तिनीहरू अाएर शरीरमा प्रवेश गरेर दुःख कष्ट पुर्याइरहेकाे बेलामा पनि हामीले सिकाएकाे ब्रह्मज्ञानकाे किताब पढेर बुझ्न सफल हुनुभयाे । ब्रह्मज्ञानकाे भाव बुझेकाे भएर र त्यस अनुसारकाे विधिहरू अपनाएकाे भएर उनीमा ती नागहरू अाएर शरीरमा प्रवेश गर्न कम भयाे । त्यसरी ब्रह्मज्ञानकाे भावअनुसार ब्रह्मज्ञानी देवी देवताहरू हुन्छन् र ब्रह्मकाे अनुभव गर्न मिल्छ भन्ने भाव अनुसार उनीले ब्रह्मकाे अनुभव पनि गरिन् र केही नाग देवताहरू र अाफ्ना केही पितृहरूलार्इ ब्रह्म पठाउनु भएकाे थियाे ।

त्यस्काे करिब डेढ बर्ष पछि शरीरमा केही कष्टहरू अनुभव भएका छन् र अाफ्नाे तेस्राे नेत्रकाे जाँच र ब्रह्मकाे पुनः अनुभव गर्न भनेर काेशिश गर्दा उनीका पितृ मरेकाे ससुरा अाएर शरीरमा प्रवेश गरेर बाेले । त्यस बखत पितृले अाफ्ना जीवित श्रीमती, छाेरा र उपस्थित अाफन्तहरू सँग बाेलेका कुराहरू सत्य थिए, सान्दर्भिक थिए । त्यस घटनाकाे प्रत्यक्ष सचित्र(भिडियाे) तल दिइएकाे छ ।

 

This post is also available in: English

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.