कैवल्य मुक्तिको (सदाशिवको अनुभव)

नमस्कार, म बालकुमारी भण्डारी मेरो घर पुरुन्चौर -३, काउरे हो । हाल पोखरा ३ नदीपुरमा बस्छु ।आज म यस ब्रम्हज्ञानको CLASS मा आएको १ बर्ष भयो । मलाई मेरी माइजूले र दिदिले यहाँ ल्याउनु भएको हो । आज यस क्लासमा जीवन कै अचम्म अनुभव भयो (2073-10-22) । हिजो आज मलाई बिहानै बाट कस्तो कस्तो नैलो अनुभव भएको थियो । हरेक क्षण साथमा शिवजी हुनुहुन्थो । मुखमा कविता गीत भजन शिवजी कै मात्र आएको थियो | शुक्रबार नै शनिबार सदाशिव जाने हो भन्ने भाव आएको थियो । दिउसाे २:३० बजे म घरबाट निस्कन लाग्दा बाल्कु सदाशिव जाने हो आज ? भन्दै जिस्काउनु भयो शिवजीले । म किचनमा काम गर्दै थिएँ, शिवजीले भनुभयो “मलाई घरी घरी किन बोलाएकि ? ” । मैले भने “शिवजी हजुरसंग एक्कै छिन हजुरलाई समाएर रुने मन छ अनी बरू जानु हाेला  “। लगभग चार बजे तिर CLASS मा गएँ । १–२ दिन पहिल्लै देखि शिवजीलाई भन्ने गर्थेँ शिवजी मैले सबैलाई छाेडीसकेँ,  घर, परिवार, नाता सम्बन्ध, रिस, राग, डाहा ,मोह …..सबैबाट टाढा छु ।   शिवजी मलाई सदाशिव लैजाँदा अरुको जस्तो लामो नगरि दिनुस । दिउँसै नै सुरु गरि छिटै सकाइ दिनुस । मेरो मन एकोहोरो भैइसको छ हजुरसंग घुम्न जान र सदाशिवको अनुभव गर्ने भनेर । घरबाट हिड्न लाग्दा कसैले आज नजाने तँ भनेर भनेकाे थियाे मन भित्रबाट भने कसैले आज सदाशिव जाने हाे भनेर भनेका थिए मन भित्रै बाट |  तर मैले कस्ले कस्ले भन्याे भनेर वास्तै गरिन । घरबाट निस्कने बेलामा सुरूमा अर्कै ज्याकेट लगाएकि थिएँ । यदि म अाज सदाशिव जाने भएँ भने क्यामरामा खिच्छन् भनेर अर्काे राताे ज्याकेट लगाएँ ।  CLASS मा गएपछि, निक्कै डर लाग्यो । डाक्टर कमल मान श्रेष्ठ मामाले मलाई हेर्दा पनि डर लागेको र मुटु कामे जस्तो भथो ।

दिउसाेको पाँच बजे पछि उहाले मलाई हट सिटमा राख्नु भो सुरुमा एकदमै डर लाग्यो मुटु ढुक ढूक गरेर, थर थर भएको थियो । मलाई हात जोड्न लगाउनु भो । मैले हात जोडि अाँखा चिम्म गरेर बसेँ । एक छिनपछी अचानक मेरो घरको आगन वरिपरि एक बुढि पछेउरा ओडेर यताउता गरेको देखेँ, मैले साेधेँ, तिमी को हो ? उनीले भनिन म तेरो बुढो (रमेश) कि हजुर आमा हुँ ।  मैले साेधेँ किन आउनु भएको हाे ? कहिले आउनु भो  ? हजुर मर्नु भएको हैन र ? उनीले भनीन म कहाँकाे मर्नु, म ता यहीँ छु, मेरो शरीर लगेर जलाए मैले देखिराथेँ । मेरो क्रिया गरे, श्राध्द पनि गरे, मलाई सबै थाहा छ । त्यसपछि म मेरी छोरीकोमा आएँ, म कहाँ जाम त ? कसैले पनि देख्दैनन्, मलाई कति गारो भएकाे छ भनिन् । मलाई चुरोट खान मन छ । मैले मरे देखि आज सम्म केही पनि खाएकि छैन । यस पछि छेउमा उभिएर मलार्इ याे गर्न सिकाइरहनु भएकाे डाक्टर मामाले चुरोट दिनुभयाे । मामाले साच्चैकै चुराेट दिनुभएकाे ट हाेइन तर मामाले मामाले जे जे भन्नु हुन्थ्याे मेराे अगाडि त्यही त्यही अाउथ्याे । त्यसरीनै बुढीकाे अगाडि चुराेट लाइटर अायाे । बुढिले मज्जाले चुरोट तान्दै खाइन् र भनीन म अब जान्छु, कहाँ जान्छाै भनेर मैले भन्दा, मेरो बगर घर छ, कहिले एता कहिले गाउँ छोरा छोरी जाहा छ्न म पनि त्यही जान्छु भन्दै गइन|

यस पछि अब शुरु भयो मेरो यात्रा । त्यसपछि अाँखा चिम्म गर्दा म बिन्ध्बासीनी माताको अगाडि थिएँ |सुरुमा माताले खुट्टा देखाउनु भयो, मैले मामाको निर्देेशन अनुसार माताको खुट्टामा ढाेग गरेँ, माताले उठ भन्दै मेरो हात समाउदै अगाडिको चैतारामा ल्याउनुभयो। माताले रातो साडी लगानु भएको थियो । माताको कपाल हल्का अगाडि आएको, टिका, कानमा झुम्का, अाँखामा गाजल, लालि एक दमै उज्यालो थियो उहाँको अनुहार । माताले मलाई भनुभयो जाने हो ? मैले भने जान्छु, म संग स्कुटरकाे चापी माग्नुभयो र माताले स्कुटर चलाएर हामी लेकसाइड पुगेम (मलाई साच्चिकै स्कुटरमा बसेको अनुभव भएको थियो) माताले भन्नुभयो हामी ताल बराही मन्दिरमा जाने हो । के मा जानी भनेर डुङ्गामा कि स्कुटरमा भनेर साेध्नुभयाे । मैले स्कुटरमा जाने भनेँ । माताले मलाई स्कुटरमा लिएर पानीमा छीरिरीरि पार्दै ताल बराही माताकोमा लानुभयाे । ताल बराही माता हामीलाई लिन तालको किनारामा आउनुभएकाे थियाे र माता माता अङगालो मार्नुभयो । मलाई ताल बराही माताले हात मिलाउनु भयो । उहाँको हात अति कोमल थियो | उहाँले साडी लगाउनु भएको, कानमा झुम्का, नीधारमा टिका,अाँखामा गाजल, गालामा लाली थियाे ।  उहाँ यति राम्री हुनुहुन्छ कि बयान गर्न शब्द नै छैन । माताले मन्दीर अगाडि एउटा टेबुलको र दुईभागमा कुर्ची राख्ननु भयो र हामीलार्इ बस भन्नुभयो । टेबलकाे एकातीर ताल बराही माता र अर्कोतीर बिन्ध्बासिनी माता र म बसे । माताले हामीलाई दुधकाे चीया पीउने भनेर ल्याउनु भयो । चिया कत्ती मीठो थियो । माताहरु एक आपसमा गफ गर्ने लाउनुभयो । एउटा कागजमा के के लेखेर कुरा गर्दै हुनुहुन्थ्याे । त्याे त मलार्इ सदाशिव लाने के नलाने वा कहिले लाने भनेर सल्लाह गर्नु भएकाे रहेछ । त्यस सम्झाैता पत्रमा मेराे नाम र सदाशिव जाने भनेर लेखेकाे रहेछ माताहरूले सहि गर्नु भयाे अनि मलार्इ देखाउनु भयाे । मैले हेर्दा त्यहाँ मङ्गलबार लेखेर डेटमा डट डट थियाे । त्यस दिन शनिबार थियाे ।  त्यस कागजअनुसार मेराे सदाशिव जाने दिन अर्कै दिन थियाे । मामाले हाँस्दै के गर्छाै त अब भनेर भन्नुभयाे । मलार्इ थाहा थियाे कि भगवानहरू ख्याल ठट्टा पनि गर्नु हुन्छ कहिले कहिँ । हामीले उहाँहरूलार्इ नजिकबाट पाउन सक्याैँ भने उहाँहरूसँग कर गरेर केही माग्न पनि मिल्छ भन्ने कुरा क्लासमा अरू सिनियरहरूले कहिले कहिले गरेकाे देखेकाे थिएँ । अनि मैले कर गरेर हुँदैन माता म त अाजै जाने हाे |सदाशिव भनेकाे उहाँहरूले हुन्छ त नि भन्नु भयाे । यस पछी शिवजी आउनुभयो । उहाँले कपालकाे जट्टा बाध्नु भएको, जटामा चन्दमा लगाउनु भएको, कानमा कुन्डल, निधारमा सेतो लाइन लाइनको टीका, हातमा त्रिशूल, बाघको छाला लगाउनु भएको, खुट्टामा खराउ लगाउनु भएको थियो । शिवजीले मलाई त हिड अब भन्नुभयो । मैले शिवजीको हात समातेँ । एकै छिनमा हामी ताल वारि आयाैँ । शिवजीले एक छिन तिम्राे पसल भएकाे तिर घुम्न जाअाैँ भन्नुभयाे । शिवजी र म लेक साइड तिर घुम्दै हिड्याैँ ।  एक छिन पछि अब कति हिड्ने भन्दै गाडी बोलाउनु भो ।  गाडी ठुला ठूला पाङगा भएको, दुई वटा मात्रै सिट भएकाे माथि खुला भएको थियाे । हामी गाडीमा चढेउँ । गाडी शिवजीले चलाउनु भयो । हामी धेरै टाढा गए जस्तै भएको थियो । गाडीबाट झरी फेरि हीड्दै थियोैँ त्यहाँ ठुलो चउर आयो । हामी अगाडि बढ्दै गएम, जाँदा जाँदै ठुलो भिर आयो, एता र उता ठुलो ठुलो डाँडाहरु थिए, तल गहिरो न गहिरो पानी नै देखिएको थिएन ।साघुँरो बांसको जस्तो पुल थियो, पुल हल्लाउँदै भन्नुभयो छिटो आउ छिटो । मलाई एकदमै डर लागिएको थियो । म बिस्तारै बिस्तारै गएँ, शिवजी अगीअगी म पछी पछी …..। केही पर पुगेपछी भन्नुभयो तिमीलाई थकाइ लाग्यो होला बसम खाजा खाम, हामी ट्रेकिङ्ग आएको हाे भन्दै  कोकाकाेला, चिउरा, दाल्माेट र केक झोलाबाट झीक्दै खाऊभन्दै दिनुभयो । हामीले खाजा खाए पछि प्लास्टिक समेलेर झोलामा नै राख्नुभयो शिवजीले र ल हिँड भनुभयो । ठुलो जङ्गल देखाउदै हामी त्याे भन्दा पनि पारि जाने हो भन्नुभयाे । हामी खेत खेतको बाटो जाँदै थिएम, एउटा ठुलो कुलो आयो, शिवजी त फुत्त जानुभयो म ता जान्नै सकिन।  एक्का एक रुन मन लायो, एक्लै भएको जस्तो महसुस भयो, पारि शिवजीले कुर्नु भएको छ मलाई जानै मन लागेन । मैले पछाडि फर्केर हेरेँ । मेरो पछाडि मेरो छोरा उत्सब रुँदै आएको, ममी न जाउन मलार्इ बाबाले पनि छोडेर गयो भन्दै अाएकाे थियाे । यसरी उसले ममी ममी भन्दै आयो म अति नै भाबुक भएँ र बाबुसंगै रोएँ म पनि । मेरो पछाडि मेरो श्रीमान, बाबा, ममी, दाइ, दिदी, बहीनी, भाइ, सासू ससुरा, मामा माइजु, साथीहरू सबै आएका थिए र मलाई नजा भन्दै थिए । सबैसँग म सजिलै बिदा भएँ तर छोरासंग बिदा हुन सारै गाह्रो भयो । डाक्टर मामाको निर्देशन अनुसार म सबैबाट बिदा भएँ र अगाडि फर्केँ । शिवजी मलाई पर्खेर बस्नु भएको थियो । मैले शिवजी भनेको उहाँले त्रिशूल समाउन दिनुभयो र मैले त्रिशूल समाएर पारि गएँ । हाम्रो यात्रा फेरि सुरु भयो, अग्ला अग्ला सिँढी चढ्दै । पारि एउटा ठुलो सिसा नै सिसाको घर देखाउनु भएको थियो र हामी त्यस ठाउँमा जाने हो भन्नुभयो । यस पछी हामी जाँदै थियौँ बाटोमा एउटा “बार “(युनिक बार )आयो । हामी त्यहाँ गयौं । बार भित्र चारैतिर उज्यालो, रङगी चङगी बत्तीहरु घुमेका, बारको अगाडि तीर दायाँ भागमा सिसाले सजीएको दराज थियो । त्यस दराजमा (WINE,WHISKEY)बिदेशी, नेपाली, रक्सीहरु थिए, टेबल कुर्ची मिलाएर राम्रोसंग राखीएको थियो । शिवजीले मलाई एउटा टेबुलमा राख्न्नु भयो र के खान्छेउ भनुभयो । दुई वटा गीलासमा वाइन, कुखुराको मासु, हाँसकाे छाेइला, काँक्रो, गाजर, दालमोट …..धेरै प्रकारका खाने कुराहरू दिनुभयो । हामी संगै सँगै खायौँ । मलाई त वाइन लागेछ म त नाच्न पो थालेँ, शिवजी र म बारमा गएर नाच्दै रमाइलो गरियो, म त कति पटक लडेको जस्तै भएको थियो । पछी शिवजीले मलाई कागती पानी दिनुभयो । त्यस पछि मलार्इ रक्सिले अलि छाेड्याे । हामी त्यहाँबाट पनि निस्कीयै । अब अगीको आकाशको सीसैसीसाको घर देखाउनु भयो ।हामी अगाडि बढयौ, त्यो भबनको अगाडि फुलै फुलले सजीएको, गेटमा दुई तीन हनुमानजीले स्वागत गर्नु भएको थियो । छेउमा गएर मेरो बुढि औला समाएर शिवजीले इन गराइदिनु भयो । त्यस घरमा भित्र पस्न फिङ्गर प्रिन्टकाे काेड सिस्टर रहेछ ।  गेट खुल्याे हामी भित्र गयौँ । ए प्रभु !!! भित्र त कति उज्यालो कति, सबै सीसा जस्तै टल्केका थिए तर उज्यालोको कुनै असर परेको थिएन, सेतो हजाराैँ लाईट एकै साथ बलेकाे जस्तै थियो । शिवजीले भन्नुभयो यो ब्रह्म हो । यहाँ  तिमीलाई जे चाहिन्छ त्याे सबै पाइन्छ । अती सुन्दर, चारैतिर हरियाली थियो, फुलहरु फुलेका, किचन, बेड रुम, बाथरुम, तातो पानी, चिसो पान …… मानिसलाई चाहिने सम्पूर्ण चिज त्यहाँ छ्न् । शान्त,आनन्द, स्वप्रकाश र चेतना यस्ता गुणले सजीएको छ ब्रह्म । शिवजीले भन्नुभयो अब भयो पुग्याे तिम्राे रहर भन्नु भयाे । मैले नाइ अझै अगाडि जाने हो भनेँ । डाक्टर मामाको अनुसार ब्रह्म पुगेर अझै सदाशिवकाे अनुभव गरेकाे हुनुपर्छ भन्नुभएकाे थियाे । शिवजीसंग फेरि अगाडि गयौं । ब्रह्मकाे पछिल्लो गेटबाट हामी गयौं, फेरि ठुलो ठुलो खोला, जङ्गल ढुङ्गा भिर हुँदै गयौं । एउटा नदी आयो, शिवजीले मलाई हात समाएर पारि तार्नुभयो । मेराे लुगा भिजेको थियो । उहाँले भन्नुभयो यस्तो भिजेको लुगामा के जानी, लुगा फेरेऊ भन्न्ुभयाे । मैले हस भनेँ र हामी सपिङ्ग सेन्टरमा गयौं । शिवजीले मलाई ओभर कोट हल्का हल्का रातो, बुट जुत्ता खैरो, कालो पाइन्ट, निलो निलो खैरो खैरो ONE पिस, चस्मा किनीदिनु भयो । आफुले भने खैरो खैरो हाप टिसर्ट, जिन्स स्टायलकाे पाइन्ट, खैरो तुना भएको जुत्ता लगाउनु भो र मसंग सेल्फि खिच्नु भयो र तिम्रो मोबाइलमा पनि पठाइदिन्छु भन्दै हास्नु भयो । हामी त्यहाँबाट निस्कीयाैँ ।  शिवजीले बाइक लिएर आउनुभयो र मलार्इ हर्न बजाउदै  बोलाउनु भयो । त्यहाँ बाट निस्कने गेट बाहिर  मेरो बाबा, ममी, दाइ, दिदी, बहीनी, भाइ, छोरा, श्रीमान ,……….साथीहरू भाई, बैनीहरू अाएर नजा भन्न अाएका रहेछन् । म केही क्षण तिनीहरू सँग रुँदै बिदा हुन नचाहेर बसेँ ।  शिवजी हर्न लगाउनु भयो । डाक्टर मामाको अनुसार फेरि सबैबाट बिदा भएँ । ठुलो चाख्लो लामो रोडमा शिवजीसंग बाइकमा गएँ । साह्रै मजा रमाइलाे लाग्याे । वा जिन्दगी यस्तो पाे हाे भने जस्ताे लाग्याे । धेरै टाढा पुगेपछी बाइक रोक्नु भो हामी बाइकबाट झर्यो । शिवजीले पारि देखाउदै भन्नुभयो अब तिमी एक्लै जाउँ । म त झस्कीएँ । सबै छोडेर शिवजीको पछी लागेँ, अब शिवजी पनि छोडेर म कहाँ जाम, के  गरुँ, हजुरलाई म छोड्दिन भन्दै रुन कराउँन थालेँ । म साच्चैकै राेएकि थिएँ  ।शिवजीले मलाई संझाउनु भयो । जीवन यहीँ हो । जे थियो, जे भयो सबै बिर्सनु पर्छ, अब तिमी जाउ  भन्नु भयाे । यस पछि शिवजीसंग पनि बिदा लिएर अलि अगाडि के पुगेकी थिएँ एउटा घुमीरहेको बन्द कोठा जस्तोमा पुगेछु । त्यहाँ बाट यता तिर निस्कदा त म त एका एक लस्टि जस्तो पो भएँ । अाफुलार्इ साँच्चैकाे सानोसानो हुँदै, मसीनो मसीनो भएको अनुभव नै भएको थियो । मैले घर परिवार साथीहरू सम्झदा म ठुलो ठुलो हुन्छु, बिर्सीदी सानो सानो हुन्छु । यो एक जीवनकै अचम्मको अनुभवकाे क्षण थियाे ।

यसरी म अगाडि बढ्दै गएँ । म त एउटा सेतो सानो बल भएँ । शिवजीले हातमा खेलाउदै खेलाउदै, भन्नुभयो फाल्दिम ? केही समय पछि त्याे बाेक्रा नभएकाे अण्डा जस्ताे बललार्इ अाफ्नाे पछाडि फाल्दिनु भयो । त्याे अण्डा फुटेर एकदम सानाे अावाजमा प्याट्ट गरेकाे अावाज अाएकाे थियाे । त्याे बल हरायाे म त हावामा पो छु । म त हावासंग मिसिएर अाफैलार्इ हराएकाे बिलाएकाे अनुभव भयाे । संसार भन्दा छुट्टै जस्तो भएँ । अाफ्नाे वजन पनि छैन,  अाफ्ना नाता, इष्टमित्र, साथीभाइ, तेराे मेराे, सुख दुःख केही थिएन । मैले शिवजीलार्इ फर्केर हेरेँ । शिवजी म भन्दा पछाडि उता फरकनु भएकाे थियो । मैले यो के हो शिवजी भन्दा कैवल्य मुक्ति भन्नुभयो र सदाशिवकाे अनुभव भन्नु भयाे । शिवजी तिर उज्यालो थियो, म तिर साँझ परेको थियो । शिवजीलार्इ सानो सानो छाया जस्तो देखिनुभएको थियो । छेउमा उभिनु भएकाे डाक्टर मामाले बाल्कु भन्दा कस्ले कस्ले बोलाए जस्तो भयो, कोही चिनेको छैन, म त अर्को ग्रहबाट आएकि हुँ भन्ठाने केही क्षण त ।

यसरी मैले मुत्यु पछीको जीवन को बारेमा बुझ्ने र अनुभव गर्ने माैका पाए । शास्त्रमा भनेको छ भवसागर छ रे । भवसागर भनेको के हो ? कस्तो हुन्छ भनेर मैले अाज ब्रह्म र सदाशिवकाे अनुभव गर्ने बेलामा देख्ने माैका पाएँ । त्याे भवसागर के रहेछ हामी मानिसले यो जीवनमानै बुझ्न् आवश्यक छ रहेछ । अाज डाक्टर मामा, माइजु छेउमा बसेर सिकाउने र शिवजीले डाेर्याउदा पनी त्यहाँ देखिएका  भिर, पाखा, डाँडा, नदी यति भयानक थिए कि कुनै पनि मानिसले त्याे पार गर्ने हिम्मत जुटाउन सक्दैन र किन पार गर्ने भनेर झन उध्देस्यनै नभएकाले त्याे पार गर्ने कुरै भएन । यस्ताे रहेछ हाम्राे मृत्यु पछिकाे यात्रा । हाम्रो तेस्रो नेत्र हुँदाेरहेछ त्यस तेस्राे नेत्रले यो अदृस्य संसार देखीने रैछ । डाक्टर कमल मान श्रेष्ठ (मामा), डाक्टर इन्दु श्रेष्ठ (माइजु )लाई धेरै धेरै धन्यवाद, मेराे राधा माइजू र गिरधारी मामालाई धन्यवाद, मलाई यो ठाँउसम्म आइपुग्दा सहयोग गर्नुहुने सम्पुर्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।।।।

 

सदाशिव कि जय ।।।

This post is also available in: English

Leave a Reply