म ब्रम्हज्ञानको बाटो हिडेको छु

धेरै खुशी छु । म ब्रम्हज्ञानको बाटो हिडेको छु । आर्थीक सम्पन्न त छैन तर जिबन को आन्योलतामा छटपटाएको छैन । मेरो गन्तब्य लाई नाप्न सक्ने भएको छु । जिबन को बास्तबिकता बुझेको छु । जिबन समस्या मा उल्झन को लागी बनेको होइन्, जिबन त जिबन को रहस्य बुझेर खुशी भई जिउन बनेको रहेछ । जिबन को अर्थ नबुझी मर्नु भनेको अलपत्र ज्ञान रहेछ । मनिस सुखी त त्यो रहेछ जस्ले जिबन र मृत्यु लाई चिनेको छ । त्यसैले यो ज्ञान सम्पुर्ण मानब जातिलाई आवस्यक छ । यो ज्ञान प्राप्त भए पछी अरु कुनै ज्ञान पाउन बाकी रहदैन । किनकी यो ब्रम्हज्ञान सृष्टी, जिबन्,  मृत्यु र तेस्रोनेत्रको रहस्यको ज्ञान हो । ब्रम्हज्ञानले मानिसलाई चाहिने सम्पुर्ण ज्ञान दिने रहेछ । यो साइन्स भन्दा पनि माथी छ । यस ज्ञानमा साइन्सले पत्ता लगाउन नसकेको सृष्टी कसरी भयो र अन्त्य कसरी हुन्छ भन्ने कुरा को प्रमाण सहित पेश गर्न सकिन्न्छ । आज सम्म मानिसहरुले मानिसको यात्रा घाट सम्मको मात्र हो र मृत्यु पछी उस्को अस्तित्व सकिन्छ भनेका छन् । तर बास्तबमा त्यसो होइन रहेछ । आज सम्म भन्दै आइरहेको कथन मरे पछीको जिबन कस्ले देखेको छ र ? मरे पछी के हुन्छ कस्ले भनेको छर ? भन्ने प्रश्नको प्रमाण सहित जवाफ दिन सकिन्छ । मृत्युले त मानिसलाई उस्को अधिकारबाट बन्चित बनाएको रहेछ, मृत्यु पछीको जिबन अलपत्रको हुदो रहेछ यो सबै यो सृष्टीको रहस्य नबुझेको कारणले गर्दा हुनेरहेछ । त्यसैले म यो ब्रम्हज्ञान मार्गदर्शन वा भनउ साक्षात भगवानको भाव अनुसार अगाडीको जिबन बिताउन चाहन्छू ।

मैले केहि नराम्रो काम गरेको छैन यही क्रममा कसैको मन दुखाएको छु भने मलाई माफ गर्दिनु होला ।ब्रम्हज्ञान कुनै धर्म  संस्कार आश्रम वा धर्म गुरुले दिनु भएको होइन । यो एक मेडिकल डाक्टरले दिनु भएको हो । उहाको उध्देश्य हामी बिरामीहरुको सक्दो र सही उपचार सेवा वा परामर्स पुर्याउनु हो । यही उध्देश्य  अनुसार उहाहरुले मानबको जिबनलाई अति आवस्यक रहस्य बताइ प्रमाण सहित उपचार गरिरहनु भएको छ । अनौठो उपचार छ आज सम्म कसैले नसुनेको हो तर सही र सत्त्य कुरा यही ज्ञानले सिकाएको छ । कस्ता कस्ता रोगी पनि केहि समयको परामर्सबाट सन्चो भएका छन । सबै खाले बिरामी जस्तै शारिरिक्, मानशिक ब्यबाहारिक्, कोही सम्ब्नध बिग्रेका, जिबनको रहस्यके होला भनि खोज्ने क्रममा बाटो बिराएका र अज्ञात रोगी जस्लाई पागल भनेर समाजले हेला गरेका सबै खाले समस्याहरुको उपचार हुने एक मात्र ठाउ हो यो ।
अचम्म लाग्छ भगवान ! सबै हामी मानब जाती लाई समस्याले घेरेको छ । कसैलाई पनि ब्रम्हज्ञान चाहिएको छैन । भगवानको साक्षात दर्शन गर्न पाइन्छ भन्दा पनि बुझ्न खोज्दैनन् । सबैले आ -आफ्नै तर्क बिचार निकाल्दछन्  । कम से कम एक पटक सोच्ने वा बुझ्ने कुरा हो तर मन्जुरी कोही छैन । कोही ब्रम्हज्ञान वा भगवान खोज्न आएका छैनन । कतिलाई त मतलब नै छैन । सायद त्यही भएर नै होकी भगवानले छानेर मात्र यो ज्ञान अनि आफ्नो दर्शन दिनु भएको । म धन्य छु भगवान हजुरले मलाई पनि यहाँ डोर्याएर ल्याउनु भयो । आज यो ज्ञान पाएर म सुखी सम्पन्न भन्दा खुशी अनि आनन्दित छु । किनकी मैले मृत्यु पछिको यात्रा र जिबित जिबन पनि बुझेको छु ।
कोटी कोटी धन्यबाद डाक्टर सर कमल मान श्रेष्ठ अनि डाक्टर म्याडम  इन्दु श्रेष्ठ जी हजुरहरुलाई ।
कोटी कोटी धन्यबाद सम्पुर्ण ब्रम्हज्ञानी देबिदेवता हजुरहरुलाई
सदा शिव जि जय??

One thought on “म ब्रम्हज्ञानको बाटो हिडेको छु”

Leave a Reply