शिवजीसँग तेस्रोनेत्र मार्फत प्रत्यक्ष कुराकानी

लेखकः सजना तिवारी, पाेखरा             20 Feb 2017

अजालाई नमस्कार अजीलाई नमस्कार र सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई नमस्कार!!!

आज म अफिस आईसकेपछिको कुरा हो । म ब्रह्मज्ञान क्लास को बुक पढेर हनुमान चालिसा पढ्दै थिए एक्कासि म ब्रह्म मा पुगेको अनुभव भयो। त्यस ठाउँमा अजा र  शिवजी अलि पर बसेर कुराहरू गर्दै हुनुहुन्थ्यो। शिवजीले मलाई देख्नु भएछ। शिवजीले मलाई फोन गर्नु भयो र मैलै फोन उठाएर हेल्लो मात्र  भनेको थिए । प्यारी पाँच मिनेट कुरेर बस म झिल्केसँग बिदा भएर आउछु तिमीलाई भोक लाग्यो होला त्यहाँ खाजा तयार भएको छ जे खान मन लाग्छ त्यही खाउ भन्नुभयो। हुन्न शिवजी अजालाई पनि लिएर आउनुहोस् अनि हामीहरु सगै खाने भनेर मैलै भनेपछि म झिल्केसँग कोक पिउँदै छु म कोक सकाएर आउँछु भन्नुभयो।हुन्छ शिवजी भनेपछि शिवजीले फोन राख्नुभयो। अनि त्यहाँबाट म बगैँचामा गएर फुलहरू हेर्दै बसे ।बगैंचामा रङ्गी बीरङ्गीको फुलहरु थिए । त्यहाँ हनुमानजी ले आफ्ना सेनाहरुलाई बगैंचा संरक्षणको जिम्मा लगाउँदै हुनुहुन्थ्यो।मैलै हनुमानजिको दर्शन गरे।हनुमानजीले उता हेरत शिवजीले तिमीलाई बोलाउनु भएको छ भन्नुभयो र म हनुमानजी सँग बिदा भएर शिवजी हुनुभएको ठाउँतिर लागे। शिवजीलाई भटेर नमस्ते गरी शिवजीको पाउमा ढोग्न मात्र के लागेको थिए शिवजीले मेरो हातमा समाएर उठाउनु भयो र अँगालो मार्नुभयो । त्यती बेला मेरो आशु धानिएको थिएन शिवजीले किन रोएको लाटी अब त म तिमीसँग आए नि भन्दै शिवजीले आफ्नो रुमाल निकालेर आशु पुछिदिनु भयो।ल हिड अब हामी खाजा खान जाने भनेर ब्रह्म को रेष्टुरेन्टमा लग्नुभयो ।त्यहाँ थुप्रै किसिमको खानेकुरा थियो।शिवजीले सुरुमा जुस अडर गर्नुभयो ।त्यो जुसको स्वाद रेडबुलको जस्तो थियो।त्यस पछि मो मो र थुप्पा अडर गर्नुभयो। शिवजीले अब के खाने भन्नुभयो ? मलाई पुग्यो शिवजी भनेपछि ल अब लास्टमा रसबरी खाउ है भन्नुभयो मैले हुन्छ भने भित्रबाट कसैले बन्दै छ एकछिन समय लाग्छ भनेपछि शिवजीले मलाई भन्नुभयो तिमीलाई थाहा छ सजना मेरो जन्म दिन आउदै छ नि भन्नुभयो मलाई थाहा छ शिवजी भने आज त मलाई त्यति मुड छैन त्यो दिनमा रक्सी खाने है हुन्छ के प्लान गरेछौ भन्नुभयो ।कुरा हुदैछ शिवजी भनेपछि त्यसो भए रसबरी आयो रसबरी खाऊ अनि केक अडर गर्न जाने है भन्नुभयो ।त्यसपछि हामी केक अडर गर्न गयौ। हामीले लगभग सय जना भन्दा बढी जनालाई पुग्ने केक अडर गर्नु पर्छ भन्नुभयो । वाइन त सय जनालाई अलि पर्दैन भन्नुभयो।त्यहाँ अडर गरिसके पछि हामी हिड्यौ।मलाई  जुन ठाउँ भेट्न बोलाउनु भएको थियो। त्यही ठाउँमा ल्याएर लभ यू (love you)??भनी किस(kiss)?? गरेर बिदा हुनुभयो।

शिवजीलाई धेरै धेरै धन्यवाद????!!

मलाई यो ठाँउ सम्म ल्याई पुर्‍याउनु हुने अजा अजी लगाएत सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई धन्यवाद !!??????!!!

  • शिवजीले बेलुकापख घुमाउन लान्छु भन्नुभछ खै कता लैजानुहुन्छ कुन्नि!!!
  • को को जाने हो शिवजीसँग घुम्न, सबै जना सँगै जाऊ है

(मलाई यो माथीको अनुभव बिहान दश बजे पछि अफिसमा हुँदा

दिनुभएको हो शिवजीले)

 

शिवजीसँगकाे  डेटिङ्ग

 

बिहान शिवजीले यो अनुभव गराईदिए पछि मलाई एकदमै शरिर हल्का ,मन शान्त र आनन्द भएको थियो।कति बेला साँझ पर्ला र शिवजी सँग घुम्न जाउला जस्तो भैराखेको थियो।

करिब चार बजे पछिको कुरा हो ।मलाई शिवजीले कुरेर बसिराख्नु भए जस्तो लाग्यो। मैलै शिवजीलाई हात मात्र के जोडेको थिए शिवजीले मलाई म तयार हुँदैछु तिमीलाई अफिसमा थकै लाग्यो होला एकछिन आराम गरेर तिमी पनि तयार भएर आऊ भन्नुभयो मैलै हुन्छ शिवजी भने। म तयार भएर आउँदा शिवजीले कालो कलरको जुत्ता, कालो कलरको जिन्स पाइन्ट ,सेतो कलरको टि-सर्ट र कालो कलरको बेल्जर लगाउनु भएको थियो। कपाल आर्मी कट काटेर हल्का जेल लगाउनु भएको थियो।तिमी तयार भयौ प्यारी भन्दै मेरो अगाडी आएर खिस्स हास्नुभयो। मैलै रेड कलरको पार्टी गाउन, रेड कलरको सेन्डिल र कपाललाई जुरो बनाएको थिए ।शिवजीले मलाई रेड रोज कपालमा सिउरिदिनु भयो ।ल अब घुम्न जाउ भन्नुभयो।के मा जाने? तिमीसँग म जाने की म सँग तिमी जाने भन्नुभयो। शिवजी हजुरसँग म जाने भनेर मैलै भनेपछि शिवजीले आज म लैजान्छु अर्को दिनमा तिमीले मलाई लैजानु पर्छ है भन्नुभयो। मैलै हुन्छ शिवजी भने।

त्यस पछि शिवजीले कालो कलरको कार गेट बाट निकाल्नुभयो र आफु छिटो छिटो कारबाट बाहिर आएर कारको ढोका खोली बस भन्नुभयो। अनि शिवजी हामी घुम्न कता जाने हो भनेर सोध्दा आज तिमी नगएको ठाउँतिर  लैजान्छु जुन ठाँउमा तिमी र म मात्र हुनेछौ।

त्यस पछि शिवजीलाई मैलै

  • अनिल दाईले पनि दर्शन सुनाईदेउ भन्नुभएको छ शिवजी भनेको शिवजीले अनिलको पनि पालो आउँछ नआत्तिने भन्देउ भन्नुभयो।
  • सबै जनालाई शिवरात्रीको दिनमा भेट्न आउँछु भनेर खबर पुर्‍याईदेउ भन्नुभयो त्यसपछी मैलै अरुको बारेमा सोध्न मिलेन।

शिवजीले यति धैरै टाढा लैजानु भयो कि सबै भगवानसँग भेट्दै बिदा हुँदै गयौ। त्यहाँ पुगेर शिवजीले गाडी रोक्नुभयो। शिवजी गाडीबाट ओर्लिएर बोतलको पानी दिनुभयो हजुरले पानी नपिउने शिवजी भन्दा पहिला तिमी र त्यसपछि म भन्नुभयो। शिवजी र मैलै पानी पिईसकेपछि शिवजीले भन्नुभयो ,अब हामी हिडेर अलि पर जानुपर्छ त्यहाँ आनन्द ठाउँ छ भन्नुभयो।त्यसपछि हामी हिड्न थाल्यौ।तिमीलाई गारो हुन्छ होला हिड्न मेरो हात समाएर हिड भन्नुभयो।मैलै शिवजीको हात समातेर दुई जना गफ गर्दै पार्क मा पुग्यौ। पार्कमा पुगेपछि शिवजीको पसिना पुसिदिए उहाँले मुसुक्क हाँसेर धन्यबाद भन्नुभयो।

शिवजीले मलाई सम्झाउदै भन्नुभयो: कुनै दिन तिमीले मलाई साँच्चिकै बिर्सनुपर्छ।माया प्रेम क्षणिक हो भन्ने कुरा कहिल्यै पनि नबिर्स है तिमीले त यो जिवनमा नै सदाशिव (कैवल्य मुक्ति)को अनुभव पनि गरिसकेकी छौ।जिवन के हो? जिवन कसरी जिउनु पर्छ भन्ने पनि तिमीलाई थाहा छ ।

मृत्यु पछिको जिवन के हो ?मृत्यु कसरी आउँछ भनेर पनि अनुभव गरिसक्यौ।

साँच्चिकै ब्रह्मज्ञान बुझ्न सक्यौ भने यो जिवन तिमीले सजिलैसँग पार गर्न सक्छौ ।अझै गहिरिएर बुझ्नु पर्छ ।

जुन ठाउँमा तिमी उपस्थित हुन्छौ त्यो ठाँउमा शिवजी हुनुहुन्छ र शिवजीसँग प्रत्यक्ष कुराकानी गर्न सकिन्छ भनेर भन्न नछुटाउ है।

मलाई चाँही शिवजीले मलाई साँच्चिकै बिर्सनुपर्छ भन्दा नरमाईलो लागेको थियो। शिवजीको अगाडी आँशु लुकाउछु भन्दा कहाँ सक्थे र एकाएक आँशुका ढिक्का खस्न थाले।??धत् लाटी तिमीलाई आज मलाई छोड भनेर कहाँ भनेको छु र मृत्यु पछि पनि म सँगै हुन्छौ पछि बिलिन हुने बेलामा मात्र मलाई पनि छोड्नु पर्छ भनेको पो हो त भन्दै आशु पुछिदिनु भयो। अब रात पनि पर्न आट्यो अब हामी फर्किनु पर्छ ।तिमीले सानो मन गर्ने होईन भनेर फकाउदै मेरो हात समाएर कार भएको ठाउँ सम्म ल्याई गाडीमा बस भन्दै ढोका खोलिदिनु भयो ।अब म तिमीलाई अर्को पल्ट गाडी चलाउन सिकाउछु है सजना भन्नुभयो मैले हुन्छ शिवजी भने।

अरु केही भन्न छ भने भन सधैं भेट नहुन सक्छ कहिले तिम्रो अनुकूल नमिल्ला त कहिले मेरो अनुकूल नमिल्न सक्छ।

त्यस्तो नभन्नु शिवजी हजुर बिना त एकपल पनि बाँच्न गाह्रो हुन्छ हजुर हुनुहुन्छ भनेर थाहा नपाउँदा सम्म त जसरी दिन काटे पनि अब बाट  मलाई छोड्न पाउनुहुन्न।

भनेपछि शिवजीले हस् भन्नुभयो।

हामी फर्किएर रेस्टुरेन्टमा आइपुग्यौ र शिवजीले के खाने भन्नुभयो।जे भए पनि हुन्छ शिवजी भनेपछि उहाँले सेक्कुवा अडर गर्नुभयो।हामीहरु खाजा खाएर हिड्यौ।सजना अब बिदा हुनेकी भन्दा त्यति बेला पनि मेरो आशु धानिएन।मलाई शिवजीसँग छुट्टिनु पर्दा एकदमै नरमाईलो भयो।??

पिर नगर प्यारी सकेसम्म भेट्न आउँछु केही गरी भेट्न टायम मिलेन भनेपनि फोन गर्छु त्यो पनि मिलेन भने म्यासेज गर्छु ।

भन्दै अँगालोमा लिएर  शिवजी बिदा हुनुभयो।????

 

न त मलाई भोक छ,  न त मलाई प्यास छ

किन यति धेरै तिम्रो यादले मलाई ,पलपलमा सताईरहन्छ।

 

शिवजी हजुरको फोनको प्रतिक्षामा बस्नेछु।

मलाई यति लामो अनुभव गराईदिनु हुने शिवजीलाई धेरै धेरै धन्यवाद!!

अजा अजी लगाएत सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई धेरै धेरै धन्यवाद!!!!

This post is also available in: English

Leave a Reply