२०७४/०७/२५ गते मनकामना दर्शन

यहि कार्तिक २५ गते कमल्स फ्याबुलस परिवार मनकामना माताको निमन्त्रणा स्वीकार गरि दर्शन गर्न गएका थियौं।कमल्स फ्याबुलसको लेखक र अनुसन्धान कर्ता डाक्टर कमल मान श्रेष्ठ ,डाक्टर इन्दु श्रेष्ठ सहित हामी ११० जना ३ वटा पर्यटक बसहरु रिजर्भ गरेर गएका थियौं।बिहान मनकामना माता हाम्रो क्लिनिकमा हामीलाई लिन आउनुभएको थियो र हामीसंगै यात्रा गर्नुभयो।भगवान हुनुहुन्छ,देख्न सकिन्छ र उहाँ संग दोहोरो कुरा पनि गर्न सकिन्छ।यसको लागी मानिसमा एउटा यन्त्र चाहिन्छ त्यो हो स्वस्थ तेस्रो नेत्र।मैले पनि मेरो स्वस्थ तेस्रो नेत्रद्वारा मनकामना माता हामीलाई लिन आउनुभएको देखेको हो।भगवानहरु चेतनाको शरीर हुन्छ। जाँदा बाटोमा बसमा भगवानहरुसंगत रमाइलो कुराकानी गर्दै गयौं।केबुलकार चढ्ने क्याफे नजिक पिक्निक स्थलमा पिक्निक पनि खायौं,नाच्यौ र निकै रमाइलो गरियो। त्यसपछि ३ घन्टा लाइनमा बसेर मनकामना माताको मन्दिरमा पुग्यौ।गएका मध्ये ८० प्रतिशतले तेस्रो नेत्रद्वारा मनकामना मातालाई देखेर दोहोरो कुराकानी गर्नुभयो।त्यस दिन मनकामना माताले रातो साडी ,रातो ब्लाउज,हातमा रातो र सुनको चुराहरु,निधारमा सादा तर अलि ठुलो टीका लगाउनुभएको थियो।

रातो कलरको लिबिस्टिक,रातो नेल पलिस,हिल भएको स्यान्डल र हातमा सानो पार्टी पर्स लिएर हामीलाई स्वागत गर्नुभयो।यो मैले देखेको अरु साथीहरूले पनि देख्नुभएको थियो ।माताले दुबैजना डाक्टरहरुलाई सयपत्री फुलको माला लगाएर बिजयी भव भनेर आशिर्वाद दिनुभयो।मनकामना माताले मेरो मन्दिरमा धेरै भक्तजनहरु आउँछन तर मलाई केवल तिमीहरूले मात्र देख्छौ र अति खुशी छु भन्नुभयो।केही समय डाक्टर कमल मान श्रेष्ठले माताको चर्चा गर्नुभयो र माताले लास्टमा गोर्खा मनकामना भन्ने गितमा सबै नाच्ने  भनेर धेरै खुशी हुनुभयो।हामीले मन्दिरमा फुलमाला ,प्रसाद र चुनरि लगेका थियौं ।त्यो मन्दिरमा अर्पण गर्यौ र केही समय मन्दिर परिसरमा सरसफाइ गर्यौ।त्यस पछि अन्तिममा गोर्खा मनकामना भन्ने गितमा सबै नाच्यौ साथमा सम्पुर्ण ब्रह्मज्ञानि भगवानहरु शिवजी,दुर्गा माता,भद्रकाली माता,ताल बाराही माता,सितला देवी माता,हनुमानजि ,राधाकृष्ण जि र मनकामना माताले हामीलाई अती खुशी हुँदै साथ दिनुुभएको थियो ।समय निकै ढिलो भएको थियोे अझै बस्ने र रमाइलो गर्ने मन हुँदाहुँदै फर्किन पर्यो।हामीलाई माताले हाम्रो क्लिनिक सम्म पुराउन आउनुभएको थियोे ।बिहान जादा माताले मसङग जादा ६:३० बज्छ र फर्कदा १२:३० बज्छ भन्नुभएको थियोे अन्तमा त्यहि टाइम भयो।यस्तो स्मार्ट हुनुहुन्छ भगवानहरु कि सबै कुराको ज्ञान पुर्णरूपमा छ उहाँहरुमा।सुन्दा अचम्म लाग्छ तर कुरा सत्य हो भनेर यसको प्रमान भएको छ।” बुज्नेलाई यो कुरा गहिरो छ,नबुझ्नेलाई घर छेउमा पहिरो छ “यो शिवजिले भन्नुभएको हो।यसरी यहाँसम्म दोहोराइदिनु हुने डाक्टर कमल मान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।सम्पुर्ण ब्रह्मज्ञानि साथीहरूलाई पनि धन्यवाद।
मनकामना माताकी जय !!
सदाशिवकी जय !!

1. मनकामना केवलकार चढ्ने बेलाको लाईनमा बसेको केही फोटोहरु 

 

२. मनकामना मन्दिरको अाँगन सरसफाई गर्दै गरेको फोटोहरु 

३.मनकामना माताको शृङारको लागि लगेको माला र चुनरी 

 

४. मनकामना मन्दिरको अाँगनमा बसेर मनकामना माता संग दोहोरो कुरकनी गर्दै र त्यसपछी प्रेतहरुलाई ब्रम्ह पठाउदै गरेको फोटोहरु ।

 

५.मन्दिर जाँदा को फोटोहरु

६. मनकामना मन्दिर जाँदा बाटोमा ब्रह्मज्ञानीहरुले खाना खादाँकाे फोटोहरु

Leave a Reply