बुझ्नेलाई यो कुरा गहिरो छ, न बुझ्नेलाई घर छेउमै पहिरो छ।

छ मलाई सदाशिव छिट्टै गर्नु पर्यो के काम।
शिवजी शिवजी भन्दै हिडे खाने हो हजुरकै माम।।
सृष्टि के हो जीवन के हो थाहा थिएन यो संसारलाई।
हजुरको ज्ञान बुझेर थाहा भयो बल्ल हामिलाई।।
यहि जिवनमा थाहा भयो तीन शरिरको नाम पायो।
मृत्युपछि को रहस्य जिवनको ज्ञान पनि पायो।।
यहि संसारमा फर्केर भौतरिने लिङ्ग शरीर पो रहेछ।
खरानी भै जलेर नस्ट हुने भौतिक शरीर मात्र रहेछ।।
शिवजिले दिनु भयो धेरै ज्ञान गुणका कुरा।
बुझ्नेलाई यो कुरा गहिरा नभुझ्नेलाई घर छेउमै पहिरा।।
शिवजी भन्दै हुनुहुन्छ गहिरा र पहिरा।
यो ज्ञान नबुझ्ने हामि सबै बहिरा।।

शिवजी कि जय, सदाशिवकी जय।

सम्पूर्ण ब्रह्मज्ञानी भगवान कि जय।।

धन्यवाद

This post is also available in: Nepali

Leave a Reply