Happy New Year by Kushal Thapa

Pokhara, 12 Nov 2017 \कार्तिक २६, २०७४

एक सन्दर्भ महत्वपूर्ण हुन गयाे । हिजाे कार्तिक २५मा  सबै ब्रह्मज्ञानीहरू हरेक बर्षकाे तरह मनकामना माता (गाेर्खामा अवस्थित)काे दर्शन गर्न र मन्दिर परिसरकाे सरसफाइ गर्न भनेर करिब ११०  जना जति ३ वटा बस रिजर्भ गरेर गएका थियाैँ । भ्रमणका अरू सन्दर्भका बारेमा अरू लेखमा प्रस्तुत गर्नेछु ।

मनकामना मन्दिर  प्राङ्गणमा पुगेर माइकबाट सबै ब्रह्मज्ञानीहरूलार्इ मनकामना माताकाे प्राङ्गणमा अाउन सफल हुनुभएकाेमा धन्यवाद र शुभकामना व्यक्त गरेँ । त्यस पछि ब्रह्मज्ञानीहरू सहभागी भएर मन्दिर दर्शन गर्न जानु भएकाे कुशल थापाले अाफुलाइ पनि केहि शव्द व्यक्त गर्न भनेर माइक माग्नु भयाे  । मैले उहाँलार्इ माइक दिएँ । मैले साेचेकाे थिएँ सायद उहाँले माताकाे गुणगान, ब्रह्मज्ञानकाे गुणज्ञान अथवा अाफ्ना केहि अनुभवहरू सुनाउन खाेज्नु भएकाे हाेला जस्ताे लागेकाे थियाे । सुरूमा उहाँले त्यस्तै केहि शुभकामनाका शव्दहरू वाेल्नु भयाे । त्यसपछि अाफु ब्रह्मज्ञानमा अाउनु परेकाे कारण बताउनु भयाे । अाफु विरामी भएर मर्नु र बाच्नुकाे अवस्थामा पुगेकाे, कामहरू बिग्रेकाे र ब्रह्मज्ञानकाे परिभाषा  र पालनाले त्यस अवस्थाबाट फर्कन पाएँ भन्नु भयाे । हालसालै एक हप्ताअगाडी अष्ट्रेलियामा उहाँ अाफैले प्रमुख राेल भएकाे र अाफ्नाे परिवारकाे निर्माता रहेकाे  Happy new year फिल्मकाे सुटिङ्गमा जाँदा  सिकिस्त विरामी परेँ र नेपालमा रहेका अरू सिनियर ब्रह्मज्ञानीहरूसँग हारगुहार मागे पछि त्यस सिकिस्त अवस्था बाट निस्कन पाएँ र सुटिङ्ग कार्य पुर्ण सफल गराएर फर्कन सफल भएँ भनेर भन्नुुभयाे । त्यस अगाडीका दिनहरूमा उहाँले म सँग विभिन्न  विषयहरूमा सुझावहरू माग्नु हुन्थ्याे र केहि कार्यहरूमा पनि मैले जानेकाे सुझावहरू दिने गरेकाे थिएँ र ती सुझावहरू काम लागेकाे भनेर भन्नुभएकाे थियाे । कुशलले बाेल्दै गर्ने क्रममा अचानक केहि नया कुराहरू घाेषणा गर्नुभयाे जुन कुराका बारेमा म अनभिज्ञ थिएँ, मलार्इ केहि थाहा थिएन । पछि अरूहरूबाट थाहा भयाे कि उहाँले मनकामना मन्दिरकै प्राङ्गणमा केहि घाेषणा गर्छु भन्नुभएकाे रहेछ । उहाँले अाफ्नाे नयाँ बनेकाे फिल्म Happy  New Year काे प्रदर्शनकाे स्वदेश र विदेशमा जहाँ पनि देखाएकाे शाे बाट प्राप्ट हुने कमाइकाे १० प्रतिशत शिवजी काे देन र सम्रक्षणलार्इ सम्झेर मामा (डा. कमल मान श्रेष्ठ)लार्इ दिने कुरा मैले मेरी श्रीमती रती थापा (Happy New Year’s  film producer) समेतकाे सरसल्लाहले निर्णय गरेका छाैँ भनेर भन्नुभयाे । मलार्इ त एक छिन अप्ठ्याराे लाग्याे । म मानसिक रूपमा तयार थिइन । मैले पनि यसाे कुरा मिलाएर धन्यवाद दिएँ तर मन भित्र खुलदुली भइरहेकाे थियाे । याे एक सामाजिक चर्चाका विषय र कुरा काट्ने विषय हुन अाउछ भनेर मलार्इ थाहा छ । भने याे म माथी कुशल प्रतिकाे जिम्मेवारी थपिएकाे हाे भनेर पनि थाहा थियाे मलार्इ ।

म केहि दिन देखि अलि अलि रूघाखाेकि ले विरामी थिएँ । बल्ल बल्ल गरेर मन्दिर दर्शन गर्न जान सक्ने भएकाे थिएँ तर पनि घरि घरि खाेकि लाग्न सक्ने भएर कम बाेल्ने, बढि दाैढधुप नगर्ने गरेकाे थिएँ त्यस दिन । त्यसैमा पनि कुशलले यस्ताे घाेषणा गर्ने याेजना बनाएकाे रहेछ त्यसैले रहेछ मलार्इ बाेल्न गाह्राे भएकाे महसुस भइरहेकाे थियाे भने कुशलले घाेषणा गरेपछि मलार्इ झन गाह्राे भएकाे, टाउकाे दुखेकाे,  अाँखा अगाडी गाढा खैराे रङ्गकाे सर्प देखिइरहेकाे थियाे, बाेल्दा अलि घडबढाए जस्ताे, मेसाे नपाए जस्ताे भएकाे थियाे केहि बेर ।

मनकामना मन्दिरमा समयले भ्याए सम्मका केहि कार्यक्रमहरू गरेर ८ बजे तिर हामी केवरकार चढेर मन्दिरबाट फर्कियाैँ  र पाेखरा जान  रिजर्भ बसमा चढ्याैँ । फर्कने बेलामा थाकिएकाे रहेछ केहि वेर गाडिमा सुतेछु । बाटाेमा घाँसिकुवामा रहेकाे Himalaya Kitchen मा हल्का खाना खाने याेजना अनुसार खाना खायाैँ । खाना खाएर पाेखरा तिर लाग्ने वेलामा निन्द्रा कम भइसकेकाे रहेछ । त्यस पछि म निदाइन र अाजकाे दिनकाे मन्दिरमा गएर गरिएका कार्यहरूकाे विश्लेषण गर्न तिर लागेँ ।  मनकामना मातासँग कुरा गरेँ र भने कार्यक्रम कस्ताे भयाे भन्नलार्इ  म अाफैलार्इ पनि सबै कुराकाे चित्तबुझ्दाे भएकाे हाेइन, समय कम भयाे, कुरा गरेर बस्न पाइएन । तर मैले एक मानवले गर्न सक्ने सम्मकाे सबै कुरा गरेकाे छु माता भनेर भनेँ । कस्ताे अवस्थामा थिएँ अाज कुन अवस्थामा अाउन सफल भएकाे छु भनेँ । अाउने दिनहरूमा सक्दाे प्रयास गर्नेछु र माताहरू साक्षात हुनुहुन्छ भन्नेकुराहरू मानिसहरू समक्ष अवश्य पुर्याउनेछु भनेर भनेँ । अन्य केहि कुराहरू पनि गरेँ ।

त्यस पछि कुशलकाे बारेमा शिवजी सँग कुरा गरेँ । अाज कुशलले भनेकाे १० प्रतिशतकाे बारेमा शिवजी सँग कुरा गरेँ । याे एक जिम्मेवारी थपियाे शिवजी भनेँ । मलार्इ थाहा छैन त्याे काे हाे ?, त्यसकाे व्यवहार कस्ताे अवस्थामा छ?  अव त्याे कसरी निस्कने हाे ? भनेर साेधेँ । त्यसपछि मेराे अगाडी डाडामा जाने माटाेकाे बाटाे देखाउनु भयाे, त्याे अलि अलि भिजेकाे, डाडाँ काेतारेर बनाएकाे कच्चिबाटाे देखाउउनु भयाे । त्यहाँ गाडी गुडाउन नमिल्ने, गाडी लग्याे भने चिप्लिएर ठुलाे खाेल्साेमा गएर गाडी खस्ने भनेर गाडी खसेकाे देखाउनु भयाे तर मान्छेहरू भने विस्तारै हिड्न मिल्नेछ र म अाफै त्यस बाटाेमा हिडेर उक्लिएकाे देखाउनु भयाे । मैले अलि अलि बुझेँ तर पनि मेराे प्रश्नकाे पुरा जवाफ थिएन याे । मैले चाहन्थेँ कि अव शिवजीले जिम्मा लिनुभएर फराकिलाे बाटाेमा हिडाउनु भएकाे देखाइदिनु भएकाे देख्न चाहन्छु भनेँ । फेरी अर्काे चित्र देखाउनु भयाे झन स्पष्ट गरेर । त्यस्तै डाडाकाे बाटाे देखाउनु भयाे, पत्थरै पत्थरकाे, ठाडै भिर, तर त्यस भिरमा ढुङ्गाहरू चुच्चाेहरू निस्किएकाे भएर त्यस ढुङ्गाहरू समाउदै सावधानका साथ उक्लन मिल्ने रहेछ । त्यसरी त्यस भिरबाट कुशल हिड्दै गरेकाे देखाउनु भयाे र भन्नुभयाे । तँ पनि हुम्लामा जाँदा त्यस्तै भिरका बाटाे हिडेकाे थिइस् भन्नुभयाे । म अाजभन्दा ३५ बर्ष जति अगाडी नेपालकाे दुर्गम जिल्ला हुम्लामा हेल्थ असिस्टेन्ट भएर जागिर खान गएकाे थिएँ र त्यति खेर यस्तै डरलाग्दा भिरहरूकाे बाटाे हिडेकाे थिएँ, झण्डै मरेकाे थिएँ, पाइला पाइलामा मृत्युका सम्भावनाहरू थिए । अनि कुशलकाे भिरकाे बाटाे देखाएर भन्नुभयाे याे खतरनाक, अप्ठ्याराे बाटाे भए पनि सावधान भएर उक्लिएर पार गरेर अाफ्नाे यात्रा पुरा गर्न सकिन्छ भन्नुभयाे । केहि बेर मलार्इ पनि दुख्ख लाग्याे त्यस्ताे भिरकाे अप्ठ्याराे बाटाे देखाउनु भएकाेले । मेराे मन कत्ति शान्त भएन । किन यस्ताे मात्रै देखाउनु भएकाे अर्काे सजिलाे बाटाे छैन र भनेर साेधेँ । अनि बल्ल बुझ्ने गरेर भन्नुभयाे । कुशल नाम चलिसकेकाे हिराे हाेइन । यदि नाम चलिसकेकाे हिराेकाे फिल्म भएकाे भए यसै हल्लै हल्लामा चल्थ्याे । त्यसाे भएकाे भए फराकिलाे पिच भएकाे बाटाेमा गाडीमा गुडेकाे देखाइहाल्थेँ नी  भनेर भन्नुभयाे । उसकाे कामकाे बाटाे अप्ठ्याराे, कठिन छ तर मिहिनेत गरेर अाफै हल हलमा पुगेर मेराे फिल्म देखाइदिनुस भन्दै हिड्नु पर्छ भनेर भन्नुभयाे ।

अनि एउटा चउर, ठु….लाे, धेरैनै ठुलाे , कतै सम्म कतै अलि अलि उकालाे अाेरालाे भएकाे, ठुलाे गाउँ बसाउन मिल्ने, खरहरू उम्रिएकाे चउर देखाउनु भयाे । अनि अलि नजिक लगेर देखाउनु भएकाे त त्यस चउरमा नदेखिले ठुलाे भ्वाङ्ग परेकाे रहेछ । त्यहाँ एउटा सानाे नहरकाे पानी पसेर जमिन भित्र हसाउन सक्ने जत्राे प्वाल रहेछ । तर त्याे प्वाललार्इ खरका धाँसहरूले ढाकिएकाे रहेछ र टाढाबाट हेर्दा त्याे भ्वाङ्ग नदेखिने रहेछ । कुशलले कमाएकाे सबै यसै प्वालमा जान्थ्याे भनेर भन्नुभयाे । तर  त्याे भ्वाङ्गकाे माटाेहरू सुकेकाे थिथाे र वरपर धाँसहरू पनि झाडि जस्ताे तर सुकेका धाँसहरू मात्र थिए । अनि भन्नुभयाे कुशलले कमाएकाे यसै गरेर भ्वाङ्गमा जान्थ्याे तर त्याे धेरै पहिलाकाे कुरा हाे अाजकल नकमाएकाे र भ्वाङ्गमा नपरेकाे धेरै भइसक्याे भन्नुभयाे । मलार्इ अलि बुझे जस्ताे लाग्याे । कठिन भए पनि बाटाे त रहेछ मिहिनेत परिश्रम चाहिने रहेछ भन्ने लाग्याे । शिवजीलार्इ धन्यवाद दिएँ ।

यी माथी गरिएका कुराहरू कुशलकाे जीवन, जीवनका इतिहाँसहरू बारेमा अाएका कुराहरू कतिक मिल्याे मलाइ थाहा छैन । कुशल र उसकाे परिवारलार्इ थाहा हाेला । मैले त मानिसकाे तेस्राे नेत्र हुन्छ, स्वस्थ तेस्राे नेत्र भएकाहरूले ब्रह्मज्ञानी देेवीदेवताहरू सँग कुराकानी गर्न सक्दछन् र अाफ्ना पिरमर्का, हारगुहार माग्न सक्दछन् भनेर चिनाउने, सिकाउने प्रयास गरेकाे हुँ । मेरा कुराहरू कसैले बुझ्लान कसैले नबुझ्लान ।

धन्यवाद ।

सदाशिव कि जय । शिवजी कि जय । दुर्गा माता कि जय । सम्पूर्ण ब्रह्मज्ञानी देवीदेवता कि जय ।

This post is also available in: Nepali

Leave a Reply