अष्ट्रेलियाको राजधानी जाँदाको अनुभव

नमस्ते सबैलाई!

मेरो नाम सुशिला श्रेष्ठ हो। म पोखराको सुन्दर मार्गमा बस्छु। अहिले म घुम्न र परिवार भेटघाट गर्नको लागि अस्ट्रेलियामा गएकाे थिएँ ।

अष्ट्रेलियामा गएरकाे बेलामा विभिन्न ठाउमा घुम्ने क्रममा २०७३-१०-१ गते म, भाईहरु, आमा, बहिनी, ज्वाई र बहिनीको साथीको परिवार भएर अस्ट्रेलियाको राजधानी क्यानबेरा जान तयार भयौं । बिहान सबेरै जाने कुरा भएको थियो। सबै बसमा बस्यौं। शिवजीलाई हिड्ने बेलामा हजुर पनि संगै जानुहुन्छ भनेर सोधें तर हास्नुभयो मात्र। बसमा बसेको ५ मिनेटमा नै आखाँ बन्द भयो र निन्द्रा लाग्यो। धेरै समयसम्म लट्ठ भएँ। खाजा खानको लागी बिचमा ओर्लियौं। त्यति बेला मेरो भाई कुमारलाई सोधें कि हामी घुम्न कस्तो ठाउँमा जान लागेका हौँ भनेर र उसले भन्यो कि एउटा ठाउँ सिक्का पैसा छाप्ने हो र अर्को संग्रहालय हो भन्यो। मैले शिवजीलाई “ल अब हामी त संग्रहालय जाने रहेछौं, के कस्तो छ थाहा छैन, सबै हजुरको जिम्मा” भनें। त्यहाँबाट खाजा खाएर हिड्यौं र पहिला सिक्का पैसा छाप्ने ठाउँमा गयौं। त्यहाँ केही समय घुम्यौं र संग्रहालय तिर लाग्यौं।

संग्रहालयको गेटमा पुगे पछि एक्कासी टाउको दुखेर आयो। हामी भित्र पस्यौं। त्यहाँ अनेक प्रकारका सामानहरु रहेछन् र अनौठो दृश्यहरु देखियो। त्यहाँ पहिलो र दोस्रो विश्व युद्ध हुदाँखेरि प्रयोग गरिएका अनेकौ सामानहरु सजाएर राखिएको थियो। लडाईमा प्रयोग गरिएका बन्दुक, प्लेन, हेलिकप्टर, गाडी, सैनिकहरुले प्रयोग गरेका पोशाकहरु, भाँडाकुँडा लगाएत अन्य धेरै सामानहरु थिए। जति अगाडी बढ्छु, त्यति टाउको दुख्ने क्रम जारी भयो । कता-कता बन्दुक चलेको आभास भयो र जमिन हल्लिएको जस्तो भयो । पछाडी फर्किएर हेर्दा लडाईमा सैनिकहरुको लाइन देखें र उनीहरु सबै मेरो पछि लागेर आएका थिए । मैले वास्ता गरिन र अगाडी बढें । उनीहरुलाई जित्नको लागि केही ठाउमा फोटो खिचें तर पछि लाग्ने क्रम जारी थियो। मैले अब तिमीहरु किन मेरो पछि लाग्यौ भनेर सोधें र उनीहरुले भने कि “आजसम्म यहाँ धेरै मानिसहरु आए, उनीहरुले हामीलाई देख्न सक्दैन थिए। तर आज तिमी आएछौ। तिमीले हामीलाई देख्न सक्यौ र हेर हाम्रो स्तिथि कस्तो छ। यहाँ सबै मानिसहरु आउँछन्, हाम्रो बहादुरीको तारिफ गर्छन् तर हाम्रो बास्तबिक कुरा कसैले बुझ्दैनन्” भने। मैले जे सुकै गर मलाई मतलब छैन भनेको मात्र थिएँ एक्कासी रिसाएर हाम्रो कुरा नसुन्ने भए यहाँबाट गइहाल भने। तर म अझैं अरु हेर्न बाँकी थियो र अगाडी बढें। मेरो टाउको झन् बढी दुख्यो किन कि धेरै मरेका सैनिकहरु मेरो पछि लागेका थिए। म उनीहरुसँग उम्कन कोशिस गर्दै थिएँ किन कि मलाई उनीहरुसँग उम्कने तरिका थाहा थियो। यो कुरा मैले मेरो सानो भाईलाई भनेको थिएँ र उसले पनि केही आभास गरेको रहेछ। यो सबै अनुभव मैले मेरो स्वस्थ तेस्रो नेत्रबाट गरेको हो। मान्छे मरेर पनि पूर्ण रुपमा मरेको हुँदैन भन्ने कुरा मैले मेरो ब्रह्मज्ञान क्लासबाट पढेको थिएँ। डा. कमल मान श्रेष्ठ र डा. इन्दु श्रेष्ठले रुसमा ३० वर्ष लगाएर यस सम्बन्धी अनुसन्धान गरेर प्रमाण जुटाएर नेपाल आउनु भएको हो। लडाईमा मरेका सैनिकहरुले दुबै डाक्टरहरुलाई राम्रोसँग चिन्द रहेछन् किन कि अनुसन्धानको क्रममा वहाँहरुले पहिलो र दोश्रो विश्व युद्धको बारेमा धेरै सिनेमा हेर्नु भएको रहेछ। त्यसैले ती मरेका सैनिकहरुले अब त डाक्टरहरुको अनुसन्धान पुरा भयो, अब हाम्रो बारेमा केही कुरा गरी हामीलाई शान्त बनाईदेउ भन भन्यो। अब तिमीले यहाँ आए वापत हाम्रो कुरा डाक्टरलाई भन भने। मैले यो काम म गर्न सक्दिन, तिमीहरु आफै गएर कहाँ भन्ने हो भन भन्दा तिनीहरु रिसाएर “हाम्रो काम नगर्ने भए तिमी अहिले नै अस्ट्रेलियाबाट गइहाल” भन्यो। त्यस पछि मेरो टाउको एकदम दुख्यो र शरीर काम्न थाल्यो किन कि धेरै मरेका सैनिकहरुको जमात मसँग पछि लागेका थिए। सबै मिलेर मलाई थिचेको आभास भयो र शरीर शिथिल भयो। सैनिकमध्ये एकजना अलि नाइकेले किन भाउ खोजेको, हामीले यत्रो काम गरे वापत तिमीले पनि हाम्रो कुरा सुन भन्यो। मैले तिम्रो देशको ठुलो मान्छेलाई भन, म त केही गर्न सक्दिन तिम्रो लागि र मैले तिमीलाई चिनेको छैन भने। म त यहाँ घुम्न आएको हो, घुमेर फर्किन्छु भने। अरुको कुरा वास्ता नगरे पनि मैले तिमीलाई बिन्ति गर्छु भनेर बिलौना गर्न थाल्यो। “I’m the head of my group. Do you know that I’m a brave soldier?” भनेर भन्न थाल्यो तर वास्ता गरिन। लडाईको सिनेमा देखाइरहेको थियो र मलाई भन्यो कि त्यो सिनेमामा कति मरे, कति घाइते भएका छन् राम्रोसँग बसेर हेर र सबैको लिस्ट बनाऊ भन्यो तर मैले केही नबोली हिडें। जति बोल्यो उति पछि लाग्ने भएकले त्यसैले अगाडी बढें र बाहिर निस्किएँ। बाहिर आए पछि अलि कम भयो र खान खाएर घर फर्कियौं।

बाटोमा धेरै थाकेको जस्तो आभास भयो र आँखा बन्द गर्दा घाइते भएका, मरेका र पछारि रहेका सैनिकको जमात देखें। मेरो अब पछी नलाग, फर्क र तिमीहरुसँग मेरो केही सम्बन्ध छैन भन्दै शिवजीलाई सम्झिदै घर आइपुगें। घरमा केही समय आराम गरें र उठेको मात्र थिएँ हामी पनि यहीं छौं है भन्ने आवाज आयो। कहाँबाट आयो यस्तो आवाज भनेको त सबै पछि लागेका मरेका सैनिक तर बन्दुक भने नछोडेको देखें। मैले मेरो ब्रह्मज्ञानको डाक्टर कमल मान श्रेष्ठलाई हाम्रो ग्रुप मेसेन्जर मार्फत आफ्नो अनुभव भने भन्दा त ती सैनिकले मलाई घेरेको आभास भयो। यही हो मौका डाक्टरलाई हाम्रो बारेमा भन भन्दै घेरेको देखें र आउँदो क्लासमा हामी नेपाल जान्छौं भने। डाक्टरले तिनीहरुलाई क्लासमा आउन पाउदैन भन भन्नु भयो र तिनीहरुले तिमीलाई टेरेको छैन अब तिम्रो अनुभव फेसबूकमा पोस्ट गर भन्नु भयो। मैले फेसबूकमा पोस्ट गर्न मात्र के खोजेको थिएँ मेरो आँखा बन्द हुने, हात काप्ने हुन थाल्यो तर धेरै समय लगाएर भए पनि फेसबूकमा मेरो यो अनुभव पोस्ट गरें। डाक्टरले अब kamalsfabulous.com मा यो अनुभव पोस्ट गर भन्नु भयो। त्यसपछि हात नचलेको जस्तो भयो र आँखा अलि तिरमिरायो। सबै मरेका सैनिकहरुले भने कि “के को खालि पोस्ट गर्ने कुरा मात्र गर्छौ, हामीलाई मद्दत गर्दैनौ भन्न थाले”। तिमीहरु आफ्नो कुरा भए गर्ने, हाम्रो कुरा वास्ता नगर्ने। हाम्रो पनि शक्ति छ, तिमीहरुलाई देखाईदिउ भन्दै मलाई धम्काउन खोज्यो। मैले तिमीहरुको अब केही मतलब छैन, म मेरो काम गर्छु भनेर शिवजीलाई पुकारें। शिवजीले नआत्तिउ, यिनीहरुले केही गर्दैन अब बिस्तारै यिनीहरुको पनि दिन आउन लागेछ भन्नु भयो। डाक्टरसंग पनि मेरो आफ्नो कुराहरु राखें र तीन दिन पछि अलि कम भयो। अस्ट्रेलियामा आएर मैले यस्तो अचम्मको अनुभव गरें। यो सबै साँचो हो र यस बारेमा बुझ्न सबैलाई जरुरी छ। यो ब्रह्मज्ञान भनेको सृस्टि, जीवन र मृत्युको बारेमा ज्ञान हो जुन बुझ्न र महसुस गर्न अति नै कठिन र धेरै समय लाग्छ। मैले पनि यस ब्रह्मज्ञानको क्लासमा धाएको करिब पौने चार वर्ष भयो र म आज यहाँसम्म आइपुगें।

यस्तो अनुभव अरु अस्वस्थ तेस्रो नेत्र खुलेकाहरुले पनि गरेका हुन्छन् तर अर्थ लगाउन नजानेका कारणले कोही अस्पतालमा पागल जस्तै भएर बसेका छन् भने कोही त्यसै गुम्सिएर बसेका छन्। तर म पागल होइन र सही समयमा यो ज्ञान बुझ्न र अनुभवसम्म गर्न पाएँ र अप्ठ्यारो परेको समयमा शिवजीले पनि गुहार र केही सल्लाह दिनु भयो। मैले शिवजीलाई सोधें कि “किन मलाई यस्तो अनुभव भयो भन्दा जति अनुभव गर्छौ, त्यति तिमी प्रस्ट हुन्छौ र यस सम्बन्धि सजक हुन ट्रेनिंग गराएको हो भन्नु भयो”। मैले सम्पूर्ण ब्रह्मज्ञानी भगवानहरुसँग कुरा गरेको छु र वहाँहरुले मलाई डोराउने काम पनि गर्नु भएको छ। मेरा यस्तै अरु धेरै अनुभवहरु छन् जुन पछि प्रकाशित गर्दै गर्नेछु। तपाईहरु जसले यो पढ्न भ्याउनु हुन्छ, बुझ्ने र मनन गर्ने कोशिस गर्नु होला। मलाई यहाँसम्म डोर्याई  दिनुहुने सम्पूर्ण ब्रह्मज्ञानी भगवानहरु, डाक्टर कमल मान श्रेष्ठ, डाक्टर इन्दु श्रेष्ठ लगायत मेरा सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई धन्यबाद दिन चाहन्छु।

शिवजी कि जय!!

 

This post is also available in: English

Leave a Reply