मेरो सदाशिवको अनुभव

लेखकः स्वेयता  श्रेष्ठ, पाेखरा

अजालाई नमस्कार,अजिलाई नमस्कार र सम्पूर्ण ब्रम्हज्ञानी साथीहरुलाई नमस्कार | मलाई यो ठाउँसम्म डोर्याईदिनु हुने डा. कमल मान श्रेष्ठ अजा, डा. इन्दु श्रेष्ठ अजी, मेरो अंकल अनिल श्रेष्ठ, दिपा श्रेष्ठ आन्टी र गंगा देवी श्रेष्ठ अजीलाई धेरै धेरै धन्यवाद लगाएत जति पनि साथीहरुले मलाई यहाँ सम्म डोर्याईदिनु भएकोमा हृदय देखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु |

मेरो नाम स्वेयता श्रेष्ठ हो | मेरो उमेर १७ वर्ष हो | मेरो घर स्याङ्जाको पुतलीबजार नगरपालिका –वडा नं  १ मा हो | म हाल २ वर्ष देखि पोखरामा पढ्दै छु |  म पोखरामा मेरो अंकलसंग बसेको छु | मेरो अंकलले पोखरामा ब्रम्हज्ञानको बारेमा बुझ्न पढ्न पाउनु भएको रहेछ | यो ज्ञानले जीवनका धेरै महत्वपूर्ण कुराहरु बुझाउने रहेछ, अन्जानमा जीवनमा घटिरहेको विभिन्न कारण पत्ता लगाउने रहेछ र रोगहरुको उपहार हुने रहेछ | म एक अस्वस्थ तेस्रो नेत्र खुलेको रोगी रहेछु भन्ने कुरा यही ब्रम्हज्ञानको क्लामा आएर थाहा भयो | मेरो शरीरमा पितृहरु र ज्ञान नभएका देवी देवताहरुले प्रवेश गरेर बस्ने गरेका रहेछन् | मलार्इ ब्रम्हज्ञान सिक्नु भन्दा अगाडि पेट दुख्ने, मुटु दुख्ने जस्तो रोगहरु थियो | मैले धेरै डाक्टरहरुसंग उपचार गरेको थिए तर पनि मेरो रोगको उपचार हुन सकेको थिएन | म धेरै कष्टमा थिएँ तर मैले कसैलाई पनि भन्न सकेको थिएन | मलाई मान्छेहरुसंग भन्दा एक्लै बस्न मन पर्थ्याे | मेरो यी सबै रोगहरु मेरो पितृहरुबाट आएको रहेछ भन्ने कुरा यही ब्रम्हज्ञानको क्लासमा आएर थाहा भयो | सुरूमा एकदिन मलाई मेरो अँकलले ब्रम्हज्ञानको क्लासमा जाम भन्नुभयो | म सुरुसुरुमा जा़ँदा उहाँ डाक्टरसाबलार्इ अजा भन्दा पनि कस्तो कस्तो हुन्थ्यो | उहाँ नाताले अजा नभएपनि मेराे अँकलले मामा भन्नु हुँदाे रहेछ त्यसै मैले अजा भन्न थालेकाे हुँ । क्लासमा सुरूमा केही परिचयहरू मात्र भयाे मसँग र अरू मानिसहरूकाे समस्या र कष्टहरू सुन्न थालियाे । अरूकाे कुराहरू सुन्ने बेलामा मलार्इ घरिघरि शरीरमा जिरिङ्ग हुने, रिङ्टा लाग्ने हुन्थ्याे । केही दिन सम्म जाँदा र यसरीनै कुराहरू सुन्ने केलामा ती लक्षणहरू फेरी अाउथ्याे । यस्तै यस्तै लक्षणहरू भएर अरू मानिसहरू उपचारका लागि अाएका थिए त्यसैेले अब मेराे पनि उपचार गरिदिनुस भनेँ । मलाई अजाले अाफुले लेखेकाे किताब पढ्न दिनुभयो । क्लासमा जाँदै किताबकाे भाव बुझ्दै गए पछि मलार्इ तेस्रो नेत्र हुन्छ हरेक मानिसमा भनेर चिनाई दिनुभयो, मेरो पनि तेस्रो नेत्र खुलेर अस्वस्थ भएर पिडित भइरहेको चिनाई दिनुभयो, तेस्रो नेत्रबाट हेर्न, बोल्न सिकाईदिनु भयो | सुरूमा भर्खर तेस्राे नेत्र खुल्दा अाफ्ना पितृहरू, हामीले मान्दैअाएका तर ब्रह्मकाे ज्ञान नभएका देवी देवताहरू, नागहरू, भुत, प्रेतहरू मात्र देखिन अाँउदा रहेछन् र झन् कष्टहरू हुन थाल्याे केही दिन हप्ता सम्म । मैले तेस्राे नेत्र हरेक मानिसमा हुन्छ रे भनेर त्यही क्लासमा सुनेकाे हुँ सुरूमा विश्वास नलागे पनि अाफ्नै तेस्राे नेत्र खुलेर दुःख कष्ट बेहाेर्न थाले पछि विश्वास नगरेर सुखै भएन । विस्तारै विस्तारै मेरो तेस्रो नेत्र स्वस्थ हुन थाल्यो र मैले त्यस स्वस्थ तेस्रो नेत्र मार्फत ब्रम्हज्ञानी देवी देवतालाई देखेँ र बोल्ने गर्न थालेँ | सबै ब्रम्हज्ञानी देवी देवताहरुसंग कुरा गर्न थालेको धेरै महिना हुन थालेको थियो | हरेक दिन उहाँसंग कुरा गर्ने र मन्दिरहरु जा़ँदा पनि उहाँसंग कुरा गर्न गरेको थिए |

पुस १६ गते २०७३ सालको दिन म बिहानै अंकलसंग बिन्ध्यबासिनी मन्दिर गएको थिएँ | बिन्ध्यबासिनी मन्दिरमाकाे तल पुग्ने बित्तिकै मैले सबै भगवानहरुले मलाई र अंकललार्इ स्वागत गरेको देखेँ | म बिन्ध्यबासिनी मन्दिरकाे माथी गएँ र माथी जाने बित्तिकै मैले हनुमानजीलाई देखेँ | हनुमांजीसंग पनि अलिअलि कुरा गरे अनि म सबै भगवानहरुलाई दर्शन गर्दै म शिवजी भएको मन्दिरमा पुगे | म शिवजी भएको मन्दिरमा पुग्न साथ  मैले एउटा सानाे शिवलिङ्ग देखेँ | शिवलिङ्ग देख्ना साथ म छक्क परे | मैले शिवजीलार्इ किन मलाई शिवालिङ्ग देखाउनु भएको भनेर प्रस्न सोधेँ | शिवजी मुसुमुसु हाँस्दै बेलुका क्लासमा गएर अजालाई सोध भन्नुभयो | त्यही पनि मैले भन्नुन किन देखाउनु भएको भने अनि  शिवजीले यो मेरो अर्को रुप हो भन्नुभयो | मैले फेरी पनि म ब्रह्म र सदाशिव कहिले जान्छु भनेर सोधेँ | शिवजीले मलार्इ हात दिनु भएको थियो | यसरी केहीबेर शिवजीसँग कुराकानी गरेपछि म शिवजी भएको मन्दिरबाट बाहिर निस्किएँ | म शिवजीको मन्दिरबाट निस्किए पनि मैले त्यहा देखेको शिवलिङ्ग मेरो आँखाबाट गएको थिएन | अनि अनिल अंकल र म बाहिर बसेको थिएम् | अंकलले मलाई आज क्लासमा के हुन्छ सोध भन्नुभयो | मैले शिवजीलाई आज क्लासमा के हुन्छ भनेर सोधेँ अनि शिवजीले मलाई म आफै क्लासको हट सिटमा (अजाकाे अगाडि गएर बस्नेलार्इ हटसिट भन्छन् सबैले ) बसेको देखाउनु भयो | म आफै हट सिटमा बसेको देखेर लाजले मैले अंकललाई केही भन्न सकिन | दिन भरि मैले शिवलिङ्ग मात्र देखेको थिए | म मनमनै मैले आज किन शिवलिङ्ग देखेको छु भनेर सोची रहेको थिए | जति क्लास नजिक आउदै गयो त्यतिनै त्यो शिवलिङ्ग र म ठुलो ठुलो हुदै गएको देखेँ | दिउँसोको ४ बजे तिर हामी क्लास जानी भनेर घरबाट हिनेम | क्लास जाँदै गर्दा बाटोमा गाडीहरू जाम भएर बाटाे बन्द भएको भएर हामीलाई क्लास जान आधी घण्टा लाग्यो | क्लासँ जाँदा कारमा पनि मैले शिवलिङ्ग देखि रहेको थिए तर गाडीमा बसेकाे बेलामा त्यस शिवलिङ्गमा ३ वटा सेताे लाइन पनि देखेँ | त्यो लाइन हेर्दै जाँदा त्यो लाइनको बिचमा उज्यालो भयो | जति क्लास नजिक आयो | त्यो उज्यालोले एकदमै उज्यालो हुदै गयो |

हामी सबै जना क्लासमा गएर बसेम पहिला त म क्लासको पछाडि बसे | मलाई पछाडि बसे पनि अगाडि जान मन लागि रहेको थियो | केही बेर पछि अंकल अगाडि गएर बस्नुभयो र म पनि पछिपछि गएर अगाडि बसे | त्यो दिन हामीसंग एउटा नयाँ अंकल पनि जानुभएको थियो | त्यो अंकल पनि हामीसंग अगाडि बस्नुभएको थियो | अजा त्यो अंकलसंग कुरा गर्दा मलाई साह्रै खोकी लागेको थियो | अजाले मलाई खोकी लागेको देखेर मलाई हट सिटमा बोलाउनु भयो | हट सिटमा आउने बित्तिकै मलाई त्यो शिवलिङ्गमा एकदमै उज्यालो देखाउनु भयो | हटसिटमा गए पछि मलार्इ अजाले केही कुराहरू साेध्न थाल्नु भयाे मैले मन्दिरमा देखेकाे अनुभव गरेकाे कुराहरू भन्न थालेँ । मेराे कुरा सुन्दै अजा मुसुमुसु हाँस्न थाल्नुभयाे । अजाले तिमीलार्इ साँचैकै ब्रह्म र सदाशिवकाे अनुभव गर्न मन छ त ? भनेर साेध्नु भयाे मैले हाे मलार्इ एक दम मन छ र केही दिनदेखि मेराे दिमागमा याे कुरा खेलेकाे खेलै छर शिवजीसँग कुरा गर्दा पनि यही कुरा मागि राख्छु भनेँ । अनि अजाले त्यसाे भए शिवजीलार्इ पनि साेध त के भन्नु हुन्छ भनेर भन्नुभयाे । मैले अजासँग कुरा गर्दा गर्दै शिवलिङ्ग देखिराखेकाे थिएँ र त्याे शिवलिङ्ग झन् विशाल भएकाे थियाे र म पनि ठुलाे भएकाे थिएँ । त्याे शिवलिङ्गबाट उज्यालाे अाइरहेकाे थियाे । शिवजीले त्यो उज्यालोबाट हात दिनुभयो र त्यही उज्यालोबाट भित्र छिर भन्नुभयो | म उज्यालो भित्र छिर्नि बित्तिकै शिवजीले मलाई  झन् एककदमै उज्यालो देखाउनु भयो | त्यो उज्यालो बिजुलीको बत्तीझै थियो तर आँखाचाई खाएको थिएन | म त्यो उज्यालोमा गए पछि मलाई शिवजीले एकदम राम्रो कपडा लगाई दिनुभयो | त्यो कपडा सेतो थियो | कपडामा डाइमन पनि थियो | कपडा हेर्दा चाहिँ परिहरुले लगाउने जस्तो थियो | कपडालाई सुहाउने हिल भएको स्यंडल पनि थियो | शिवजीले मलाई crown पनि दिनुभयो | मलाई त्यो कपडा लागाइदिनु भएसी आफुलेनी सुट र पेन्ट लगाउनु भयो | शिवजी र म तयार भएसी शिवजीले एउटा सेतो रथ ल्याउनु भयो | मलाई रथ माथी चढाउनु भयो र तल भएको संसार देखाउनु भयो |

मेरो सानै देखिको सपना Switzerland जानी थियो | त्यसैले मलाई शिवजीले Switzerland लैजानु भयो | Switzerland मा  मैले एउटा घडी भएको घर भएकाे ठाउँ देखेँ अनि मलाई सीपमा चढाउनु भयो | सीपमा चढाए पछि मलाई रेलमा चढाउनु भयो | रेल भित्र एउटा सोफा थियो | रेल भित्र केही आवाज आएको थिएन | अजाले भन्नु भयाे त्याे बुलेट प्रुफ रेल हाे रे त्यसैले त्यसमा रेल चलेकाे अावाज अाएकाे थिएन । रेल पछि मैले एउटा महल देखेँ | महल अगाडि ठुलो एउटा कालो कार थियो | कार भित्र म र शिवजी बसेको थिएम | कार भित्र रातो सोफा थियो र सिसाको टेबल थियो | टेबलमा सिज्लर र स्याम्पेन थियो | मलाई शिवजीले सिज्लर र स्याम्पेन खान सिकाउनु भयो | सिज्लरलाई चाकु र काँटा चम्चाले खान सिकाउनु भयो र स्याम्पेनलाई विस्तारै हल्लाएर अलिअलि गर्दै खानि हो भन्नुभयो | सिज्लर साह्रै मिठो थियो | मैले अहिले सम्म त्यति मिठो सिज्लर खाएको थिएन | सिज्लर र स्याम्पेन खाए पछि मलाई मिक्स तरकारी दिनुभयो | तरकारी पनि साह्रै मिठो थियो | नेपालमा नपाइने तरकारीहरु पनि त्यहाँ थियो | त्यहाँ भएको सबै खानेकुरा सकिए पछि मलाई अन्डर ग्राउण्ड रेलमा चढाउनु भयो | अन्डर ग्राउण्ड रेल भित्र उज्यालो थियो त्यो रेल बाहिरबाट पुरै कालो थियो | अन्डर ग्राउण्ड रेल भित्र पनि रातो सोफा थियो | म र शिवजीलाई रेलको आवाज आएको थियो | Switzerland देखेपछि धेरै खुसि भए |

मैले Switzerland को अनुभव गरे पछि फेरी शिवजीले मलाई माथी जाम भन्नुभयो | अनि म शिवजीसंग माथी गएँ | माथी गएसी मैले सेतो बादलको बाटो देखेँ | बादलको बाटो देख्दा म छक्क परे | बाटोमा धेरै मानिसहरु थियो | त्यो सबै मानिसहरुले मलाई र शिवजीलाई स्वागत गर्न बसेका थिए | सबै मानिसहरुको हातमा फूल थियो | एउटा लाइनमा केटाहरु थिए भने अर्को लाइनमा केटीहरु थिए | सबै केटाहरुको हातमा सेतो फूल थियो र सबै केटीहरुको हातमा रातो फूल थियो | अनि शिवजी मेरो अगाडि आएर रातो फूलहरु दिनुभयो  | म धेरै खुसि भए | शिवजीले फेरी भन्नुभयो “ यदि तिम्रो हातमा औँठी नभएको भए म तिमीलाई औँठी लगाई दिन्थ्येँ | शिवजीले भन्नि बित्तिकै मैले मेरो हातको औँठी निकाले | शिवजीले मलाई डाइमनको औँठी लगाइदिनु भयो | औँठी मलाई एकदमै मन परेको थियो | औँठी पाएसी म झन् धेरै खुसि भए | मलाई लाज पनि लागेको थियो | शिवजीले मेरो कम्मरमा हात हालेर मलाई अगाडि लिएर जानुभयो | सबै मानिसहरुले मलाई र शिवजीलाई फूल छर्केर स्वागत गरे | म र शिवजी बादलको बाटो हिड्दै थिएम त्यहाँ एउटा ठुलो सुनको ढोका आयो | सुनको ढोका साह्रै ठुलो थियो | सुनको ढोका आउने बित्तिकै मलाई छेक्न मेरो मम्मी र अजी आउनुभयो | मैले दुई जनालाई छोडेँ । मैले ममी र अजीलार्इ छाेडेँ भन्ने बित्तिकै यहाँहरू दुई जना फेरी पृथ्वीमा फर्किनु भयो | उहाँहरूले छेक्न छाेडे पछि हाम्राे अगाडि सुनको ढोका खुल्यो | त्यो सुनको ढोका भित्र एकदमै उज्यालो थियो | त्यो उज्यालो चारैतिर थियो | त्यो उज्यालो बिजुलीको बत्तीझै थियो तर चारै तिर तल माथी अगाडि पछाडि अाकाश तरतिर सबै त्यस्तै उज्यालाे थियाे । उज्यालो भित्र म र शिवजी गएम | उज्यालो भित्र गएसी शिवजीले मलाई सपिंग लिएर जानुभयो | सपिंग जाँदा शिवजीले मलाई नयाँ कपडा लागाइदिनु भयो | शिवजीले मलाई वोन पिस ( one piece) लगाइदिनु भयो | वोन पिस एकदम राम्रो थियो | मलाई वोन पिस एकदम मन परेको थियो | मलाई चाहिएको जस्तो हिल पनि लागाइदिनु भयो र आफु पनि सेतो टिसर्ट र कालो पेन्ट लगाउनु भयो | त्यस पछि त्यहाँबाट फर्केर तल झरेम | तल झर्दा एउटा बुलेट बाइक रहेछ | त्यो बुलेट बाइकमा चढेर हामी एउटा रेस्टुरेन्टमा गएम | म र शिवजी एउटा टेबलमा बस्यौँ | रेस्टुरेन्ट साह्रै राम्रो थियो | शिवजीले मलाई एउटा पिज्जा दिनु भयो | मैले पिज्जा खाए | मैले त्यहाँ खाएको जस्तो पिज्जा यस भन्दा अगाडि कहिल्यै खाएकी थिइन | पिज्जा एकदम मिठो थियो | पिज्जा यति मिठो थियो कि वर्णन नै गर्न नसकिने थियो | फेरी शिवजीले मलाई चटपट ल्याएर दिनुभयो, मैले चटपट पनि खाँए | चटपट एकदम मिठो थियो | त्यसपछि अजाले अब अलि कति यसो रक्सि पनि खाम भन्नुभयो | शिवजीले एउटा ENMENIA लेखेको रक्सिको बोतल ल्याएर आउनुभयो | कसैले पनि ENMENIA नाम गरेको रक्सीको नाम नसुनेको भएर शिवजीले मलाई एउटा ठूलो काठको भाँडामा रक्सि देखाउनु भयो | अनि मलाई चाहिँ त्यस्तै तर सानो काठको भाँडामा अलि ठुलाे ग्लास जत्राेमा खान दिनुभयो | रक्सि खाएसी त म झ्याप भएँ, हिड्ननी नसक्ने हात खुट्टा गलेर आयो | म झ्याप भएसी हासेको हासै भएछु | अनि डान्स गरेछु | मेरो डान्स देखेर सबै जना हासेको रहेछन् | म रक्सि खाएको मान्छेहरु जस्तै नाचेछु | शिवाजीसंग साल्सा डान्स पनि गरेछु | तर मलार्इ केही याद छैन । त्यसपछि हामी रेस्टुरेन्टबाट हामी बाहिर निस्किदा बाहिर एउटा कालो कार रहेछ | कालो कारमा चढेर हामी घुम्न गएम् | हामी पहिला एउटा झरनामा गएम | झरना साह्रै ठुलो र राम्रो थियो | झरनामा शिवजीले र मैले सेल्फी पनि हानेम् | शिवजीले हाम्रो फोटो आफ्नो इस्क्रिनमा राख्नु भयो | अनि शिवजीले मलाई फेरी एउटा ठुलो पार्कमा लिएर जानुभयो | पार्क एकदम राम्रो थियो | मैले अहिले सम्म त्यो भन्दा ठुलो र राम्रो पार्क देखेको थिइन | पार्कमा म र शिवजी एकैछिन गफ गरेम | शिवजीसंग गफ गर्न मलाई एकदम मन परेको थियो |

पार्क पछि शिवजीले मलाई स्कुटर लेराइदिनु भयो | मलाई स्कुटर अलिअलि मात्र चलाउन आउथियो | स्कुटर देखाएर मलाई चलाउ भन्नुभयो | मैले शिवजीलाई मलाई स्कुटर राम्रोसँग चलाउन आउंदैन भने | शिवजीले मुसुमुसु हास्दै म छुनी भन्नुभयो | शिवजीले भन्नासाथ म स्कुटरमा चढेँ | शिवजीनि मेरो पछाडि चड्नु भयो |  एकछिन पछि आफु झर्नु भयो र मलाई Trial दिन भन्नुभयो | मैले मलाई Trial दिन आउदैन भने | फेरी पनि शिवजीले म छु नि भन्नुभयो | मैले Trial पनि कटाए | फेरी शिवजीले मलाई नयाँ कपडा लगाइदिनु भयो | मलाई शिवजीले माथी कालो ज्याकेट लगाई दिनुभयो र तल कालो पेन्ट लगाई दिनुभयो | ज्याकेट एकदम राम्रो थियो | ज्याकेट र पेन्ट दुईवटा नै राम्रो कपडाको तातो हुने जस्तो थियो | मलाई कालो एकदम मन पर्ने भएको भएर मलाई पेन्ट र ज्याकेट कालो कलरमा दिनुभएको हो | पेन्ट र ज्याकेट पछि मलाई शिवजीले हिमाल चढ्न लाउने जस्तो जुत्ता लगाई दिनु भयो | जुत्ता पनि कालो थियो | सबै कुरा लगाई सकेपछि मलाई एकदम लामो बाटो देखाउनु भयो | बाटो एकदमै लामो थियो | बाटो साह्रै नराम्रो थियो | धेरै बाटो हिडेँ तर म जातकाे जातै बाए जस्तो भयो | धेरै समय हिडे पछि मैले एउटा ठुलो जंगल देखे | जंगल निकै ठुलो थियो | त्यस जंगलमा भएको रुखहरु एकदमै ठूलाठूला थिए | मलाई जंगलमा जान साह्रै डर लागेको थियो | मैले शिवजीलाई म त जान्न भने अनि शिवजीले म पनि जान्छु भन्नुभयो | शिवजी र म जंगल भित्र गएम | जंगलको बाटो साह्रै सानो थियो | मलाई एकदम डर लागेको थियो | नसकी नसकी म त्यो जंगलबाट निस्किए | जंगल पार गरे पछि मैले एउटा ठुलो ओरालो देखेँ | ओरालो एकदमै डर लाग्ने थियो | त्यसैले मलाई त्यो ओरालो झर्नी आँट आएन | म त्यतिकै दोधारमा परेर बसेको थिएँ | शिवजीले मेरो हात समाउनु भयो र मलाई बिस्तारै झराल्नु भयो | ओरालो झरेसी मलाई खोलाको किनारमा लानुभयो र अब त्यो खोला पार गरेर जानुपर्छ भन्नुभयो | त्यो खोला पार गर्न धेरै गाह्रो हुदो रहेछ | त्यसैले शिवजीले मलाई सुइमिंग कस्टुम लगाइदिनु भयो र Oxygen पनि लगाइदिनु भयो | म पानीमा गए | मैले पानीमा धेरै माछाहरु र Whale माछा पनि देखेँ | Whale माछाले मलाई खान आको झैँ लागेको देखेँ | त्यो देखेर मलाई साह्रै डर लाग्यो |  त्यो एउटा सानो भ्रम मात्र रहेछ | म खोलाको किनारमा आएँ | खोलाको किनारमा धेरै जनावरहरु थिए | त्यसपछि मलाई आगो भएको ठाउँमा लैजानु भयो | त्यो आगो भएको ठाउँको पारि रातो मान्छेहरुको सिङ् भएको थियो | अनि तातो तेल पनि थियो | त्यो सबै पार गरेपछि शिवजीले मलाई एरोप्लेनमा चढाउनु भयो र आफु बस्ने ठाउँ देखाउनु भयो | एउटा ठाउँ जंगलको बिचमा थियो र अर्को हिमालमा थियो | शिवजी बस्ने ठाउँहरु एकदमै राम्रो थियो | शिवजीको त्रिशुल पनि त्यही शिवजी बस्ने ठाउँमा थियो | जंगलको बिचमा भएको ठाउँमा चाहिँ चारैतिर हरियाली थियो र धेरै फूलहरु पनि त्यहीँ थियो | शिवजी बस्ने ठाउँमा बाघको छाला थियो | अनि अर्को हिमालमा भएको ठाउँ चाहिँ चारैतिर हिउँ भएको थियो |

शिवजीले अब सबै चिजहरु छोडेर जानुपर्छ भन्नुभयो र मलाई अलि अगाडि सम्म पुर्याइदिनु भयो | शिवजीले अब मलाई पनि त्याग्नु पर्छ भन्नु भयो र यहाँ भन्दा अगाडि आफै एक्लै जाऊ भन्नुभयो | मैले अब शिवजीलाई कसरी छोडुँ, शिवजी बिना कसरी अगाडि बढ्न सक्छु जस्तो लाग्यो | शिवजीको त्यो रुप, त्यो माया, त्यो सृंगार, दुख सुखमा साथ दिने, अब त्यही शिवजीलाई पनि छोडेर जानु पर्ने जस्तो लाग्यो | शिवजी छोड्न यति गाह्रो हुदो रहेछ जीवनमा बल्ल थाहा भयो | शिवजीले जाऊ भन्नुहुन्छ तर मेरो मन त शिवजीमा नै थियो | मैले शिवजीको हात समातेर बसेको थिए | शिवजीले हात छोड्ने भन्नु भएको थियो | करिब आधा घण्टा बिती सकेसी मैले शिवाजिसंग बिदा मागेँ र अगाडि तिर जाँदा मैले एउटा अन्डा आकारको सेतो रंग भएको डल्लो देखे | त्यो अन्डा कुखुराको बोक्रा नभएको अन्डा जस्तो प्लास्टिकमा पानीको पोका जस्तो पनि देखिन्थ्यो | हिर्काउदा फुट्ला जस्तो थियो तर हिर्काउदा फुटेन | एकदम जिल जिल परेको आकारको थियो | त्यो अण्डा भित्र म मात्र थिएँ | त्यो अण्डालाई शिवजीले हातमा लिनु भएको थियो | शिवजीले आफ्नो पछाडि तिर फ्याक्नु भयो | दुईचोटी फ्याक्दा पनि आएपछि अजाले सबैलाई सम्झेर छोड भन्नुभयो | मैले सबैलाई भित्र मनैबाट छोडे पछि त्यो अण्डा फुट्यो | त्यो अन्डा फुट्दा बिस्तारै प्याट्ट गरेको आवाज आयो | त्यसपछि म पनि बिलाएँ, त्यो अण्डा पनि बिलायो, मेरो सबै कुरा बिलायो, यता उता हेर्दा केही पनि अनुभव भएन | जिन्दगीमा अब केही छैन, एक्लै छु, अरु कोही छैन जस्तो अनुभव भयो | एकदम आनन्द भयो, कुनै दु:ख सु:ख थिएन, कुनै चिन्ता थिएन | यसलार्इ सदाशिवकाे अनुभव भन्दछ र यसैलाई कैवल्य मुक्ति भन्छ भनेर शिवजीले भन्नु भयो | शिवजी तिर फर्केर हेर्दा शिवजीको पछाडिको ढाड देखेको थिएँ | उहाँ फर्कनु भएको तिर उज्यालो थियो म भएको तिर साँझ परेको जस्तो थियो | अजाले अब यो आजको सदाशिवको अनुभवको कुरा कहिल्यै नभुल भन्नुभयो |

मेराे तेस्राे नेत्र खुल्याे, शिवजी र अन्य देवी देवताहरू देख्न सक्ने भएँ, ब्रह्मकाे अनुभव र सदाशिवकाे अनुभव गरेँ । अब मेराे ती लक्षणहरू कता हराए कता ।

शिवजीलाई धन्यवाद, डाक्टर अजा अजीलाई धन्यवाद, मेरो अनिल अंकल, दिपा आन्टी र गंगा अजीलाई यहाँ ल्याई दिनु  र सहयोगको लागि धेरै धेरै धन्यवाद, लगाएत जति पनि साथीहरुले मलाई यहाँ सम्म डोर्याईदिनु भएकोमा हृदय देखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु | | |

 

प्रत्यक्ष भिडियाे हेर्न ⇒यहाँ जानु हाेला

 

भाग १

भाग २

This post is also available in: English

Leave a Reply