शिवजीलाई मेरो ढोग छ,अजालाई नमस्कार!अजीलाई नमस्कार!!सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई नमस्कार!! यो कविता अजा र शिवजीको भलाकुसारी मैलै तेस्रोनेत्र मार्फत प्रत्यक्ष देखेकी हु।जुन बेलामा शिवजीले मलाई झिल्केको र मेरो चिया गफ हो भन्नु भएको थियो ।
झिल्केले हरेश खाएको र, मैले गार्हो मानेको भए |
पक्कै पनि यो दिन आउने दिन थिएन होला, दुख पीडा नसहेको भए ||
अकाल मृत्युको मुख मा छु भन्ने कुरा, कहिले थाहा भएन |
कति गार्हो थियो झिल्के तिम्लाई, नदुखेको ठाउँ थिएन ||
अजा :
बिहान उठदा रौ रौ दुखथ्यो, शरीर सबै कुजिएझै लाग्थ्यो |
पक्कै पनि यो कुरा को निचोडमा पुग्छु, भन्ने कुरा मनमा जाग्थ्यो ||
आफ्नो कुरा एकातिर, संसार हेर्छु आर्को तिर |
कोहि आई बोलाएजस्तो, लाग्थ्यो पछिल्तिर ||
शिवजी:
गार्हो मानेछौ र झिल्के, की शरीरमा सन्चो छैन |
ब्रह्मज्ञान सिक भनि, कोइ कसैलाई करकाप छैन् ||
दिन भनेनौ झिल्के तिम्ले, रात भनेनौ कहिल्य पनि |
३० वर्ष नै लाग्यो तिम्लाई, ब्रह्मज्ञान नै सिक्छु भनि ||
अजा :
हजुरले साथ नदिने र, मैले गार्हो मान्ने भए |
ब्रह्मज्ञानीका थपिन्थे, बिना कपिको कलम भए ||
थियो मलाई गार्हो साह्रो, साथ हजुरले दिनुभयो |
अरु पनि व्यक्ति थिए, किन मलाई रोज्नुभयो ||
शिवजी :
तिम्ले खोज्या मलाई थियौ, मैले खोज्या तिम्लाई |
के गर्ने त आखिर झिल्के तिम्रो, आयो माया पलाई ||
कति दिन पीडा खपेउ, कति दिन त खाना खाएनौ
इन्दु बाहेक यो संसारमा, कोइ कसैको साथ पाएनौ ||
This post is also available in: English