मृत्यु के हाे ?

मानिसकाे हामीले देख्ने गरेकाे मृत्यु एक अपूर्ण मृत्यु मात्र रहेछ । मानिसहरू मरे पछि पनि केही अपुर्ण भ्रमका चेतना सहित जीवित रहेकाे हुँदाे रहेछ र त्यस अज्ञानताकाे अवस्थाबाट पार पाउन अाफ्ना नजिकका छाेरा छाेरी, नातेदार, इष्टमित्र, साथीभार्इ वा अन्य सम्बन्धितहरूसँग सम्पर्कमा अाइ गुहार मागिरहेकाे हुँदाे रहेछ । त्यसैले मानिसहरूले मरेका मानिसहरूसँगकाे सम्पर्ककाे अनुभव अाफ्नाे अाफ्नाे तरिकाले गरिरहेका रहेछन् । यसकाे बारेमा यहाँ केही बणर्न गरिएकाे छ ।

त्यस मृत शरीरलाई अब के गर्नु पर्छ भन्ने निर्देशन डाक्टरहरुले दिने चलन छैन र डाक्टरलाई सोध्ने चलन पनि छैन । सबै मानिसलाई आफ्नो आफ्नो संस्कार अनुसारको कार्य गर्न छुट छ । मृत्युपछि कानुनी रुपमा मृतकको अधिकारको हस्तान्तरण हुन्छ । मृतकको सम्पतीहरु हकवालालाई दिने कानुनी दायरा र प्रक्रिया छ ।  मृतकको लागी  भनेर अझै केही गर्नु पर्ने, अधिकार सुरक्षित गर्नु पर्ने वा उसको सम्पत्तिको भाग अंश छुट्याएर राख्नु पर्ने, मरिसकेकाहरुलाई  खान दिनु पर्ने, पिउन दिनु पर्ने, कपडा ओड्ने ओछ्याउने दिनु पर्ने सुझाव कुनै अधिकारिक रुपमा डाक्टर वा कानुन कसैले दिएका छैनन् । मरेकाहरुलाई सम्झना गर्ने भनेको हरेक जीवितहरुको मृतक प्रतिको सम्बन्ध हो । त्यो हरेक मानिसहरुका लागि समान हुँदैन । मरेकाहरु मध्य कसैलाई छिटो भुल्लान् कसैलाई धेरै दिन सम्म सम्झलान्  । यी कुराहरुले के स्पष्ट पार्छ भने विज्ञान, डाक्टर र कानुनले मानिस मरे पछि उसको अस्तित्व र अधिकार सिद्धियो भनेको हो । तर हरेक मृतकको लागि हरेक संस्कारहरुमा अझै केही कार्यहरु गरिन्छन् । ती कार्यहरु संस्कार अनुसार फरक फरक हुन्छन् । तर केही कुराहरु सबै संस्कारहरुको एक आपसमा मिल्न आउंछ । हरेक संस्कारमा मरिसकेकाहरुलाई खान दिने, लाउन दिने, तिनीहरुसंग केही भाव देखाउने चलन छन् । कसैले मरेकाहरुलाई बोलाएका छन् भने कसैले झन् टाढा लान खोजेका छन् । तर यस्ता चलनहरुले भन्न खोजेको के हो भने  मृतक अझै कुनै अवस्थामा जीवीत छ । त्यसैले मरेकाहरुको चाहना र  इच्छा पुरा गर्ने प्रयास भइराखेको छ र त्यसलाई शिक्षा दिन खोजिएको छ । तर यी कार्यहरु गर्दा विश्वास गरेको हो कि नगरेको हो जस्तो दोधार हुँदै गर्ने गरेको देखेको छु । यी कार्यहरु सही र सत्य हुन् भनेर प्रमाणित रुपमा कसैले देखाउन सकेका छैनन् भने नकार्ने हिम्मत कसैले गर्न सकेका छैनन् । ठुला ठुला विज्ञानकका तर्कदाता वैज्ञानिकहरु पनि जीवनको अन्त्य तिर आइपुग्दा आफ्नो विज्ञानको अडिगबाट पग्लन थाल्दा रहेछन् र संस्कारको रुपमा भने पनि मरेपछि गरिने यी सबै खाने, लाउने क्रियाका लागी भनेर व्यवस्था र बजेटको प्रबन्ध गर्ने गरेका हुँदारहेछन् । ती डाक्टर र विज्ञानका दाताहरुले गरेका कार्यहरु अरुको लागी ठिकै भएछ कसैले आपत्ति जनाएनन् । तर मलाई यो मान्य भएन । म एक विज्ञानको छात्र, त्यो  विज्ञान पढेर म आफु भौतिकबादी बनें तर ती विज्ञानका किताब लेख्ने प्रोफेसर, विज्ञान पढाउने मास्टर, डाक्टरहरु सबै त मरेपछि मलाई पनि पानी चढाई देउ, खानेकुरा दिदै गर भन्दा रहेछन् । जीवनभर भौतिकबादी बनेर काम गरेका र अरुलाई त्यस्तै गर भनेर शिक्षा दिने विज्ञानका दाता र डाक्टरहरु आफु मर्ने बेलामा अध्यात्मबादी बन्दा रहेछन् । यस्तो कार्य एकजनाले होइन सबैले त्यसै गरे । यो त दोहोरो दोधारे कुरा भयो । यो त ठुलो धोका हो विज्ञानको लागी, विज्ञानका बिद्यार्थीहरुका लागी, आफ्ना आफन्तका लागी र अन्त्यमा आफ्नै लागी पनि धोका हो । जीवन र मृत्यु जस्तो मानिसको सबैभन्दा प्यारो र महत्वपूर्ण बिषयमा झुटो बोल्नु, ख्याल ख्याल गर्नु र धोका दिनु हुँदैन । यस बिषयमा मृत्युको सही वास्तबिकता के हो ? किन मानिसहरु मृत्यु शब्दसंग डराउछन् ?  मृत्युसंग अन्य धेरै सम्बन्धित कुराहरुको चर्चा र बर्णन  यस किताबमा गरिएको छ ।

Home page मा फर्कन ⇒

This post is also available in: English