तेस्राे नेत्र

←फिर्ता मुख्य पानामा

मानिसको तेस्रो नेत्र हुन्छ ।

तेस्रो नेत्रको कुरा विज्ञान र वैज्ञानिकले इन्कार गरे पनि यस्ता कुरा गर्नेहरुको संख्या घटेको छैन । अविकसित देशमा रुढिवादी मानिस भएर यस्तो कुरामा विश्वास गरेका होलान् भनेको विकसित देशहरुमा झन् विकसित रुपमा यस्ता कुरा गर्ने मानिसहरु हुन्छन् । चिकित्साशास्त्रले यस्ता कुरालाई झुटो भनेको छ । तर केही प्रमाण र अर्थ सहितका कुराहरु विश्वास गर्न बाध्य हुनु पर्दो रहेछ ।

मानिसको अस्वस्थ तेस्रो नेत्र 

मानव सभ्यतामा आज सम्म मानिसको तेस्रो नेत्र हुन्छ भनेर अधिकारिक पुष्टि छैन । तर मानिसहरु यस लक्षणहरुका  रोगहरुबाट कष्ट भोगी रहेका रहेछन् । यो तेस्रो नेत्रको अवस्था मानिसको एक कमजोरी वा उपलब्धि दुवै हो रहेछ । यस तेस्रो नेत्रद्वारा मानिसले केही खबर पाउने गरेको रहेछ । तर त्यस अवस्थालाई डाक्टरहरुले गहिराइमा नपुगी त्यसलाई रोगको संज्ञा दिएर असफल उपचार गर्ने प्रयास गरिरहेका रहेछन् ।

मानिसको स्वस्थ तेस्रो नेत्र 

हरेक मानिसको तेस्रो नेत्र हुँदो रहेछ । त्यस तेस्रो नेत्र सुषुप्त वा अस्वस्थ अवस्थामा हुँदो रहेछ । स्वस्थ तेस्रो नेत्रद्वारा मानिसले देवी देवता, भुत प्रेत, पितृ आदि थुप्रै अदृश्य रहेका चिजहरुलाई देख्न सक्दछ ।

तेस्रो नेत्रको सदुपयोग 

तेस्रो नेत्र सुषुप्त(लुकेको) अवस्थाबाट देखिने अवस्थामा खुलाउने वा अस्वस्थ अवस्थालाई स्वस्थ अवस्थामा पुर्याउन कठिन कार्य भएपनि यो सम्भव छ । स्वस्थ तेस्रो नेत्र भएकाहरुले वेदशास्त्रमा उल्लेख भएका सबै कुराहरुको अनुभव गर्न सक्दछन् । त्यस्ता मानिसहरु पितृसंग कुराकानी गर्न सक्दछन्, भुत प्रेतसंग कुरा गर्न  सक्दछन्, देवीदेवताहरुसंग कुरा गर्न सक्दछन् । वेदशास्त्रमा उल्लेखित शिवजी, दुर्गा माता, गणेशजी, हनुमानजी र अन्य रुपहरुसंग कुराकानी गर्न सक्दछन् । दुर्गा माताको मन्दिरमा गएर मातासंग प्रतक्ष्य भेटेर माताको आशिर्बाद लिएर आउन सक्ने थुप्रै मानिसहरु भइसकेका छन् । पोखराको भद्रकाली मन्दिर, बिध्यबासिनी मन्दिर, ताल बाराही मन्दिर, राधा कृष्ण मन्दिर, राम सीता, शिवजी, गणेशजी, हनुमानजीको मन्दिर वरपर भगवानसंग कुराकानी गर्दै गरेको भक्तहरु आजकाल हरेक दिन भेटिन्छन्  ।

तेस्रो नेत्र हुन्छ भन्ने प्रमाणहरु 

यो नयाँ विचार र कुरा हो त्यसैले सुरुमा विश्वास गर्न मन नलाग्नु स्वाभाविक हो । तर हामी प्रमाण सहितका कुरा गर्न अगाडी सरेका छौं । तेस्रो नेत्र सुरुमा एक अस्वस्थ अवस्था हो किन कि उसलाई त्यस तेस्रो नेत्रबाट प्राप्त खबरको चरित्र, स्रोत, अर्थ थाहा छैन । सुरुमा उसले आफैले लगाएका अर्थ गलत हुन्छन् । त्यसैले तेस्रो नेत्र खुलेका मानिसहरुले एक भयानक पिडा, कष्टकर जीवन बिताई रहेका  थिए । तर त्यस तेस्रो नेत्रलाई स्वस्थ बनाउन सकिन्छ । हामी लेखकहरुले त्यस तेस्रो नेत्रको प्रकृतीलाई धेरै गहिराईमा धेरै दिन लगाएर हेरेर जांच गरेर केही उपायहरु निकालेका छौँ । त्यस तेस्रो नेत्रद्वारा देवी देवताहरुसंग कुरा गर्ने, ब्रह्मको अनुभव गर्ने, सदाशिव वा कैवल्य मुक्तिको प्रतक्ष्य अनुभव गर्ने गर्न सकिन्छ । हामी लेखकहरुद्वारा शिक्षा पाएका केही व्यक्तिहरुले तेस्रो नेत्रको अनुभव, ब्रह्मको अनुभव र सदाशिवको अनुभव गरिसकेका छन् । तिनीहरुको नाम लिष्ट तल तालिकामा उल्लेख छन् । उहाँहरुसंग विभिन्न उपलब्ध तरिकाबाट उहाँहरुको अनुमती र अनुकुल अनुसार सभ्यतिक रुपमा सोधपुछ वा थप जानकारी लिन सक्नु हुनेछ ।

                   तेस्रो नेत्रको ज्ञान र स्वस्थ अवस्था अनुसार विभिन्न स्तरका अनुभवहरु गर्न सकिन्छ । शिवजी, दुर्गा माता, दुर्गा माताको विभिन्न रुपहरु, गणेशजी, हनुमानजी, राधा र कृष्णजी, राम र सीताजीसंग कुरा गर्न सकिन्छ । उहाँहरु संग कसरी प्रतक्ष्य कुरा गर्न सकिन्छ भन्ने सर सल्लाह र परामर्श दिदै आएका छौँ ।

तेस्रो नेत्र खुलेका मानिसहरु 

←फिर्ता मुख्य पानामा

This post is also available in: English