विषय सूचीमा फर्कन

पाठ ७.१

नेपाली समाजमा ईसाईकरण किन भएको छ ?

                        हाल नेपाली समाजमा इसाइकरण जस्तै गरेर मानिसहरू विभिन्न बाहानामा इसाइ धर्ममा जाने चलन छ । कसैलाई यस्ले केहि फरक नपरेको होला भने समाजमा अचानक छोटो समयमा भएका ठुलो सँख्यामा हिन्दु, बौद्ध धर्मालम्बिहरूका इसाइ धर्म तर्फ परिवर्तनका चलनले समाजमा असन्तुलन सृजना गरेको छ । केहि दशकका अन्तरालमा नेपाल जस्तो धार्मिक कट्टरतामा हुर्केका हिन्दु धर्म बौध्द धर्मका अनुयायीहरू क्रिष्चियन धर्मका चर्च, सच्चाइ वा अन्य नाम गरेका इसाइ धर्मका प्रचारक सँघ सँगठनका माध्यम हुँदै अचानक ठुलो सँख्यामा इसाइ धर्म सँस्कारहरुसँग सुरूमा अलिअलि सम्बन्धित हुँदै अनि पछि कट्टर इसाइ बन्ने लहर चलेको छ । हुन त हरेक मानिसको कुन धर्म मान्ने कुन सँस्कार मान्ने भन्ने विषय आफ्नो आफ्नो नागरिक स्वतन्त्रता हो र हरेक नागरिकको स्वतन्त्र अधिकार हो । यस्मा मेरो केहि भन्नु छैन यस बारेमा केहि बिरोध, आपत्ती जनाउन खोजेको पनि होइन । झन म आफै विज्ञानशास्त्रहरु पढेको, सृष्टि, जीवनका बारेमा भौतिक तर्कहरू पढेर कतिपय कुराहरूलाई इन्ष्टिच्युटको प्रयोगशालामा प्रयोग गरेर जाँच गर्ने बानी अभ्यास भएकोलाई यस्ता धार्मिक बहस र चर्चाले कुनै फरक पारेको होइन । तर अरू मानिसहरूले भन्दा धर्म सँस्कार के हो ? भनेर चियोचासो गरेर नियाल्ने गर्दो रहेछु । त्यसैले पनि धर्म सँस्कारहरू के के हुन् ?, कुन कुन धर्म सँस्कारले के के भनेका छन् ? कुन कुरा कस्का कुरा सहि छन् र कस्का गलत छन् ? भनेर अरू सर्वसाधारण मानिसहरूले भन्दा केहि बढि जानकारी राख्दो रहेछु भन्ने लागेको छ । जहाँ सम्म इसाइ धर्मका केहि कमि कमजोरीहरू दर्शाउन खोज्दा पुर्वाग्रही भएर इसाइहरूको बिरोध गरेको भन्ने लाग्न सक्दछ खास गरेर भरखर भरखर इसाइ बनेर इसाइका टोपी, माला लगाएर दङ्ग परिरहेकाहरूलाई । म पूर्वाग्रही पनि होइन । म आफै २५ बर्ष विदेशमा इसाइहरूसँग बसेर, थुप्रै इसाइ साथीहरू भएको, तिनीहरुसँग गहिरो सम्बन्ध राखेर, तिनीहरुका प्राय: सबै सँस्कारहरूमा सहभागी भएर, तिनीहरुका चर्चहरुमा पटक पटक गएर अबलोकन गरेर, सहभागिताहरू जनाएर आएको छु । त्यसो गर्दा मैले धर्म परिवर्तनको दृष्टिकोणले नगएर एक इसाइहरुको मन्दिर हो भन्ने दृष्टिकोणले आदर गरेर र केहि कुराहरू बुझ्न, तिनीहरुका कुरामा भएका सत्यताका कुराहरू बुझ्न भनेर जाने गर्दथेँ ।

मेरो चिकित्साशास्त्रको उच्च शिक्षाको पढाइ रसिया देशको मस्को शहरमा भएको हो । मस्को तथा त्यहाँ वरपरका शहरहरूमा पुराना प्रशिध्द चर्चहरू थिए र ती स्थानहरू पर्यटन स्थल जस्तै थिए । आफैले हेर्न र बाहिरबाट आएका साथीहरू वा गेष्टहरुलाई घुमाउन भनेर धेरै पटक त्यस्ता चर्चहरूमा जाने गरेको थिएँ । त्यसैले ममा भएको चर्च तथा चर्चमा धाउनेहरू प्रतिको आदर यथावत नै छन् र मैले यहाँ गरेको इसाइकरणका बारेमा केहि राम्रा केहि नराम्रा तर्क वितर्कहरूलाई पूर्वाग्रही भन्न पटक्कै मिल्दैन । मेरो विचारमा धर्म परिवर्तन भन्दा धर्म र सँस्कारमा भएका कमजोरीहरूको, कुरितीहरूको समय अनुसार विज्ञानका आधार अनुसार परिवर्तन गर्नु उचित हो । मेरो विचारमा संसारभरका मानवहरू एक आपसमा सम्पर्कमा रहेर एक आपसमा प्राप्त भएका उपलब्धिहरूलाई बाँडेर एक आपसमा साटासाट गरेर सदुपयोग गर्न जानेको हुनु पर्दछ । इसाइ धर्मालम्वीहरूका धुप्रै उपलब्धिहरू छन् जुन कुराहरू सम्पूर्ण मानव जीवनका लागी नै धेरै प्रभावशाली नै छन् र ती उपलब्धिहरूहरूको सन्मान गर्नु पर्छ । इसाइहरू बसेका ठाउँमा, देशहरूमा भएका प्रगतीका विकासका प्रभावहरू संसारभर फैलिएको छ र सम्पूर्ण मानव जीवन लाभान्वित भएका छन् । विजुलीको आविष्कार, टेलिफोनको आविष्कार, इन्जिन, गाडी, हवाइजहाज, रकेट, कम्प्युटर, इन्टरनेटका आविष्कार जस्ता कुराहरूले मानव जीवनमा धेरै ठुलो फट्को मारेको छ भने इसाइ धर्मका गुरूहरूले यस प्रगतीमा हाम्रा धर्म संस्कारको ठुलो हात छ भनेछन् भने पनि म केहि कुरा मान्न तयार छु । तर पनि ती सबै आविष्कारहरू वाइबल पढेर निकालिएका निचोढ, चर्चका ढोका भित्र बसेर चर्चका पादरीले प्राथना गरेर प्राप्त भएका उपलब्धि हुन् भनेर भन्छन् भने यस्ता कुराहरू झुटा हुन् र मानिसहरूलाई गुमराह बनाउन, भ्रम फैलाउन गरिएका कुराहरू हुन् ।

इसाइ धर्ममा केहि प्रगतिशिल कुराहरू छन् जुन पुराना हिन्दु धर्म संस्कारहरूमा छैनन् । यदि कुनै धर्म संस्कारहरूमा धर्म सँस्कारका कुराहरू बुझ्न, सुन्न, पालना गर्न आएकाहरूलाई आदर सत्कार गरिन्छ, सहयोगका भावना, सेवाका भावनाहरू राख्ने जस्ता विधिहरू, नितिहरू छन् भने यस्ता कुराहरू गर्ने धर्म तथा सँस्कारका सँगठनहरूलाई प्रशंसा तथा धन्यवाद दिनु पर्दछ र यदि त्यस कुराहरू नगरेका धर्म तथा सँस्कारका सँगठनहरूलाई असक्षम, अविकसित भन्न मिल्दछ । मानिसहरूको स्वभावमा आफुलाई कुनै आपद समस्या नपरेका अवस्थामा धर्म सँस्कारका बारेमा गहिरिएर सोच्ने चलन हुँदैन । तर जव कुनै समस्याहरू आइपर्दा आफुलाई निर्णय लिन कठिन अवस्था आउदा अनि विश्वास लाग्दैन भनेका देवीदेवताहरूसँग हारगुहार गर्ने गरेका हुन्छन् । कुनै कुनै मानिसहरूका जीवनमा ठुलो दुख, कष्टको अनुभवहरू भएर अन्त कतै सहारा नपाए जस्तो लागेर अनि देवीदेवताहरू भाक्न गुहार्न आफ्ना आफ्ना मन्दिर तिर जाने गरेका हुन्छन् भने त्यतिखेर यदि कसैले आफ्नो दु:ख सुनिदिएको र केहि आस्वासन, केहि सिमित सहयोग मात्र दिए पनि ठुलो राहतको अनुभव गरेका हुन्छन् । भोक लागेकाहरुलाई खान दिने, कपडा नलगाएकाहरूलाई नयाँ वा पुरानो जे भए पनि कपडाहरू दिने वा अन्य सहयोगहरू गरिदिदा पनि कतिपय मानिसहरूले ठुलो सहयोगका पाएको राहत पाएको अनुभुती गरेका हुन्छन् । इसाइ धर्म सँगठनहरू यस्ता कुराहरूमा धेरैनै विकसित छन् । यस्ता कुराहरू अरू धर्म सँस्कारका सँगठनहरूले पनि इसाइका धर्म सँगठनहरूबाट सिक्नु पर्दछ । हिन्दु धर्म संस्कारहरूमा यस्ता खालका सहयोग र राहतका कार्यहरू कम नै हुन्छन् भने झन् धर्मका नाममा शोषणहरु र रूढिवादी चलनहरु, सानोलाई छि छि दुरदुर गर्ने, छुवाछुत गर्ने चलन भएकै हो । यस कमजोरीलाई हिन्दु धर्मका आजका अनुयायीहरूले छिट्टै बुझ्न र सुधार गर्न आवस्यक छ । आधुनिक युग, शिक्षाको युग, सामाजीक अधिकार, नागरिक अधिकारको युगमा आएर धर्म सँस्कारका नाममा गरिएका भेदभाव, शोषण, छुवाछुत अझै पनि गर्नु र आफै पनि सहभागी हुनु भनेको आजका युगका शिक्षित मानिसका लागि लाजमर्दो कुरा हो । धर्मका नाममा भएका भेदभावमा अरूलाई भेदभाव र शोषण गर्छु भन्दा आफै, आफ्नै परिवारका सदस्यहरू नै भेदभाव र शोषणमा पर्ने गरेका हुन्छन् । हामीले गर्ने गरेका सबै सँस्कारहरूलाई धर्म सँग जोडेर धर्मात्मी बन्न खोज्दछौँ  तर हामीले गर्ने गरेका कतिपय सँस्कारहरू धर्म होइनन्, ती धर्म सँस्कारमा गरिने विधिहरू चलन चल्तिहरू मात्र थिए जुन समय परिस्थिति अनुसार पुर्खाहरूले गर्ने गरेका थिए । हिन्दुहरूमा एउटा उखान प्रसिध्द छ म यहाँ भन्न चाहन्छु । एउटा बाहुनका घरमा बिरालो पालेका रहेछन् । घरमा श्राध्दका दिन पुजा गर्ने वेलामा पुजाका सामानहरू घरमा भएको बिरालोले छोइदेला र सरसामानहरू बिटुलो होला भनेर त्यस श्राध्दका दिन बिहान सबेरै आज हाम्रो घरमा श्राध्द छ सब भन्दा पहिला बिरालोलाई पिढिको खम्बामा बाध भनेर छोरालाई भन्ने गर्दो रहेछ । त्यस्तै गर्दै केहि बर्ष गर्यो होला । कुनै दिन उस्को बाउको पनि मृत्यु भएछ । अब छोराले पनि बाउको नाममा श्राध्द गर्ने दिनमा बाउले श्राध्दमा के के गर्थे भनेर सम्झिदै जाँदा बाउले त सबै भन्दा पहिला त बिरालो पिढिको डिलमा बाध्न लगाउथे । तर छोरोले श्राध्द गर्ने बेलामा घरमा बिरालो थिएन । आफ्नो घरमा बिरालो नभएको भएर छिमेकी कहाँको बिरालो छोपेर ल्याएर खम्बामा बाँधेर श्राध्द गर्थ्यो रे ।

हुन त यस्ता रूढिवादीकुराहरू सबै धर्म सँस्कारमा हुन्छन् कतै अलि बढि कतै अलि कम होला । हाम्रा अविकसित देशहरूमा अलि बढि रूढिवादी कुराहरू छन् भनेर आरोप लगाएछन् भने पनि अलि अलि ठिकै हो तर विकसित देश भन्नेहरूमा पनि रूढिवादीपन केहि कम छैनन् । गोजि भरी पैसा भएका, राम्रो कपडा लगाएका, मिठो खाना खाने मानिसहरू भएका भएर तिनीहरूका कतिपय रूढिवादीपन ढाकिदा रहेछन्, तिनीहरूले गर्ने गरेका त्यहि रूढिवादीकुराहरू सबैलाई राम्रो लाग्न थाल्दो रहेछ, तिनीहरूले गर्ने गरेका रूढिवादी कुराहरूका नक्कल मात्र गर्न पाउदा पनि आफुलाई सभ्य ठान्नेहरू थुप्रै हुन्छन् । नराम्रा कपडा लगाएका, गरिब, नुवाइधुवाइ अलि कम भएकाहरू विद्वाननै भए पनि पछाडि पर्ने गरेको देखिएकै छ । 

इसाइहरूमा भएका गुणहरूले प्रभावित भएर कुनै मान्छे इसाइ धर्ममा जालान्, कोहि अलिअलि बाध्यताले गर्दा जालान् , त्यस्तै कतिपय इसाइहरू पनि हिन्दु धर्मका गुणहरूमा प्रभावित भएर इसाइ धर्मबाट हिन्दु, बौध्द धर्ममा पनि आएका छन् ।त्यसैले काेहीकाेही इसाइमा गएछन् भन्दैमा यस कुरामा मन दुखाउनु पर्ने कुरा छैन । हरेकृष्ण धर्ममा देश विदेशमा इसाइहरूबाटनै आएकाहरु छन् र त्यहाँका समाजले पनि कुनै ठुला आपत्ती जनाएका छैनन् ।    

मैले यहाँ भन्न खोजेका कुराहरू अलि अर्कै प्रसङ्गका छन् । नेपालमा इसाइकरण हुनुमा केहि तर्क र कारणहरू भनिएको छ । हिन्दुहरू वा बौध्द धर्मका अनुयायीहरू विरामी भएर डाक्टरहरूका उपचारले ठिक नभएका, हिन्दु पुजारीहरूका पुजाले ठिक नभएका, हेराउने माताहरूका विधिले ठिक नभएका, बौध्द धर्मका लामाहरूका विधिहरूले ठिक नभएकाहरूलाई सच्चाइ वा चर्चहरूमा गए पछि ठिक हुन्छ भनेर तान्ने र जाने गरिन्छन् । म यसै विषयमा अध्ययन खोजिनिती गरेको हुनाले मलाइ थाहा छ कि कतिपय विरामी मानिसहरूले उपचारका दृष्टिकोणले चर्च तथा सच्चाइमा जाने गरेकाहरूले केहि ठिक भएको, केहि राहतका आभासहरू गरेका हुन्छन् । हुन सक्छ ती राहतहरूका विभिन्न कारणहरू होलान्, आधिकारिक कारणहरू र तथ्याङ्कहरू त कतै छैनन् । चर्च तथा सच्चाइका सँगठनहरूका पादरी तथा गुरूहरूले आफ्ना भक्तजनहरूलाई खास गरेर नया मान्छेहरूलाई आकर्षण गर्नका लागी इसुले विरामी ठिक गरिदिनु हुन्छ, गरिव नपुग मानिसहरूलाई इसुले जे मागे पनि दिनुहुन्छ भन्ने चलन छ । चर्चमा विरामीहरूलाई भनिने गरिन्छ कि मानिसको शरीरमा इसु आएर बस्नु हुन्छ र त्यस पवित्र घरमा प्रेतहरू आएर बस्न पाइदैन भन्ने आसयको विधिहरू गरिन्छन् । तर यसरी सबै रोग इसुले सन्चो गरिदिएको वैज्ञानिक प्रमाण त भेटिएको छैन आज सम्म । सबै रोगहरू इसुले सन्चो गर्ने भए चर्चका मानिसहरू डाक्टर कहाँ औषधी उपचार गर्न नजानु पर्ने र झन चर्चका पादरीहरू त कहिल्यै नमर्नु पर्ने हो । खै पादरीहरू मर्दै नमरेको पनि देखिएको छैन । चर्चका पनि सबै मान्छेहरू ढिलो चाढो मरेकै हुन्छन् । त्यसैले इसुले सबै रोग सन्चो गरिदिने, सबै गरिबी र समस्याहरूको समाधान गरिदिने भनेको झुटा कुराहरू हुन् । तर पनि हाम्रो समाजमा हिन्दुहरूमा, बौध्द धर्मका अनुयायीहरूमा विभिन्न स्वास्थका समस्याहरू, पारिवारिक समस्याहरू भएकाहरू चर्चमा जानुका केहि कारणहरू छन्, जुक कुरा आजसम्मका विज्ञानलाई थाहा थिएन, हिन्दु धर्म शास्त्रहरूका ज्ञाता, पण्डित पुजारीहरूलाई पनि थाहा थिएन र मलाई थाहा भएको केहि कुराहरू यहाँ भन्न खोज्दैछु ।

नेपाली समाजमा मानिसहरू इसाइमा गए, सच्चाइमा गए भन्ने कुराहरू सामाजिक चर्चाका विषयहरू हुन् । तर यदि मानिसहरू धमाधम इसाइमा गएका हुन् भने समाजका पण्डित पुजारीहरूले सरोकार राख्नु पर्ने हो । मन्दिरका पुजारी वा घरघरमा पुजा गर्दै हिड्ने पण्डितहरूले यस विषयामा सरोकार राखेर प्रतिकृया गरेको देखिदैन । ती पुजारी वा घरघरमा पुजा गर्दै हिड्ने पण्डितहरूले प्रतिकृया नदिनुका एउटा कारण किन होला भने मानिसहरूको सँख्या दिन प्रतिदिन बढेकै छ, ती पण्डित पुजारीहरूका बाउका पालामा भन्दा छोराका पालामा मन्दिर धाउनेहरूको भिड बढेकै छ, उनीहरूको दक्षिणामा कुनै ह्रास नआएका भएरै होला यस्ता बहसहरूमा उनीहरू सहभागी नभएका र खासै सरोकार नराखेका होलान् । धर्म सँस्कारका बारेमा अलि अलि कुरा जानेका उनीहरूनै थिए होलान्, हाम्रो आफ्नो धर्म छोडेर अरू धर्ममा नजाउ भनेर भन्न उनीहरूलाईनै आउथ्यो होला भने उनीहरू खासै बोल्दैनन् । अनि मानिसहरू धमाधम इसाइमा गए , गाउ गाउमा चर्च तथा सच्चाइका सँगठनहरू फैलिए भनेर समाजमा कतिपय मानिसहरूको चित्त दुखेर पिडा महसुस गरिराखेका हुन्छन् । यस्ता पिडा महसुस गरेकाहरू मध्ये अलि अलि टाठो हुँ भनेकाहरु र सामाजिक सँजालमा केहि पहुच भएकाहरूले प्रतिकृया दिन खोज्दछन् । तर उनीहरूमा धर्म सँस्कारको गहिरो जानकारी हुँदैन त्यसैले उनीहरू धर्म सँस्कारका बुँदाहरू पेश गरेर प्रतिकृया दिन जानेका हुँदैनन् र अनि तल्लो स्तरमा आएर अरूलाई लान्छना लाउदै इसाइ धर्म, त्यस्का सँगठन र त्यहाँ जान थालेकाहरूलाई गाली गर्न तिर लाग्छन्, धर्म छाडा, पापी, बिकुवा, अरूको पैसामा बिकेका, लोभले गएका भन्दै घारे हात लाउन भ्याएका हुन्छन् । यो पनि जायज तरिका होइन । त्यता गएकाहरू सबै पैसा कै लालचमा गएका हुन्, धर्म छाडा पापीनै हुन् भन्न मिल्दैन । कतिपय मानिसहरू हाम्रोमा भन्दा त्यहाका चलनहरू राम्रा लागेकै भएर गए होलान् । हामी हाम्रा मन्दिरमा जाँदा हामीलाई कसैले स्वागत गरेर कुरेको हुँदैनन्, हामी मन्दिरमा जाँदा मन्दिरमा गएर पुजा गर्ने, टिका लाउने, पुजारीका हातबाट टिका लगाएर हातमा टिका, फुल, प्रसाद लिने, जनैबान्ने, धजा लाउने पुजारीलाई दक्षिणा दिने अनि फर्कने हो । तिमी किन मन्दिर आयौ ? भनेर सोध्ने त्यहाँ कोही हुँदैनन् । भर सक भक्तले छोइदिन्छ कि भनेर पुजारीहरु तर्केर परपर हुन खोज्छन । तल्लो जात भनेर छुट्याइएकाहरूलाई पुजारीले चिनेको छ भने भरसक मन्दिर भित्र पस्न नदेलान् । भने इसाइ धर्ममा तपाइहरू हामी कहाँ आइदिनुस भनेर घरघरमा बोलाउन, फकाउन, सम्झाउन आएका हुन्छन् । त्यहाँ तिनीहरुका चर्चमा गएकाहरूलाई पनि आउनुस, बस्नुस, हाम्रा कुरा सुन्नुस अनि केहि प्रसाद खाएर जानुस भन्छन्, किन आउनु भयो ?, के कुरा को समस्या पर्यो ?, भनेर सोध्ने गर्छन्, आपद परेकाहरूलाई सक्दो सहयोग पनि गरेका हुन्छन् । हामीले छुवाछुत गरेर पन्छाएकाहरूलाई त्यहा मान सन्मान दिएका हुन्छन् । भने हाम्रा दाजु भाइ दिदि बहिनीहरू त्यता नजाउन भन्ने लागेको छ भने हाम्रा धर्म सँस्कारका सँगठनहरूले तिनीहरूले गरेका भन्दा बढि माया सम्रक्षण दिन प्रयास गर्ने हो, हामीले हाम्रा धर्म सँस्कारमा जनतालाई हामीले पुर्याएको सेवा सुविधाहरू पुगेनन्, मिलेनन् कि भनेर सुधार गरेर लाने हो अनि बल्ल् उता नजालान् वा गएका पनि फर्कलान् । 

ब्रह्मज्ञानले सृष्टि, जीवन, मृत्यु र तेस्रो नेत्र, देवीदेवताहरू, देवीदेवताहरूका प्रकारहरू, देवीदेवताहरूका भिन्न भिन्न गुणहरू, तिनीहरूबाट आउन सक्ने समस्याहरू र बच्ने उपायहरूका बारेमा चर्चा र वर्णन गरेको छ । ब्रह्मज्ञानको वर्णन अनुसार मात्र त्यस समस्याको कारणहरू बुझ्न सकिन्छ र समाधानका विधिहरू पाउन सकिन्छ ।

चर्च वा सच्चाइमा जाँदा कोहीकोही विरामीहरूले निको भएँ भन्नुका केहि कारणहरू:

१.  पहिलो कारणहरू: देवीदेवताहरू नचिन्नु 

 हिन्दु धर्म सँस्कारहरूमा देवीदेवताहरुका चर्चाहरू गरिएका हुन्छन् । शिवजी, दुर्गामाता, गणेश, हनुमान, सीताराम, राधाकृष्ण आदि आदि नाम गरेका देखि तेतिसकोटी देवीदेवताहरू, भुत प्रेत, बोक्सी, नाग, पितृ अनि जानेका नजानेका, डाँडाले छेकेका घामले देखेका देवीदेवता छन् भनेर वेदशास्त्रहरूमा, पुराणहरूममा वर्णन गरिएका छन् र तिनै देवीदेवताहरूलाई सम्झेर रक्षा गरिदिनुस, आटेताकेको पुर्याइदिनुस भनेर पुजा गर्ने चलनहरू छन् । तिनीहरूका नाममा ब्रत बस्ने, चोखो बस्ने, पुजा गर्ने, धाम जाने चलनहरू छन् । हिन्दु धर्मका आज सम्मका पुजारीहरूले र पण्डितहरूले ती कुनकुन देवीदेवताहरू हुन् तिनीहरू साचैकै छन् कि छैनन् र छन् भने तिनीहरूको गुण के के हो ? भनेर छुट्याएका छैनन् र पुजा गर्ने वेलामा एकै साथ नाम लिदै पुजा गर्ने चलन छ । एउटै पुजा थालीबाट सबै देवीदेवताहरूका नाम लिदै पुजा गरिन्छन्, एटटै प्रसाद सबै देवीदेवताका लागी भनेर चढाइन्छ । पुजा गर्दा को को देवी देवताहरू आए ?, कस्ले कस्ले खाए ?, को को सन्तोष भए ?, को को सन्तोष भएनन् ?, को को बोलाएकाहरू पनि आएनन् ?, को को आएर नि खाएनन् ? भनेर हेर्ने, जाच्ने, पण्डित पुजारीले भनिदिने र पुजा गर्न लगाउने जजमानले पनि पण्डित  पुजारीलाई सोध्ने चलन छैन । हो यहाँ निर अलि गल्ति भएको थियो हाम्रो हिन्दु धर्म र संस्कारमा । हिन्दु धर्ममा ब्रह्म, स्वर्ग, नर्क, भवसागर भन्ने चर्चाहरू गरिएका थिए र मरिसकेकाहरूलाई नर्क र भवसागरबाट तार्ने काम ब्रह्मज्ञानी देवीदेवतारूले मात्र गर्दछन् भनेर वेदशास्त्रहरूमा भनिएका छन् । त्यसैले ब्राह्मण पण्डितलाई बोलाएर ब्राह्मणले शिवजी पार्वती, दुर्गामाताहरू, हनुमान, गणेश, लक्ष्मी नारायण, सरस्वती ब्रह्माजीहरूलाई बोलाएर पितृ र नजिकमा भएका प्रेतहरूलाई ती ब्रह्मज्ञानी देवीदेवताहरूका साथ लगाएर स्वर्ग, ब्रह्म पठाउने कार्यहरूनै हिन्दु धर्म सँस्कारहरूमा गर्न खोजिएका विधिहरू हुन् । यस कार्यमा एक थरिका ब्रह्मज्ञानी देवीदेवताहरूले अरू बाटो नचिनेका अज्ञानी देवीदेवताहरूलाई लैजानु पर्ने रहेछ र ती लैजानेहरू ड्राइभरहरू रहेछन् भने अर्का थरिका देवीदेवताहरूलाई अरूले लैदिनु पर्ने रहेछन् र ती अरूले लैदिनु पर्नेहरू पेसेन्जरहरू रहेछन् । हुन त शास्त्रहरूमा ती पेसेन्जर र ड्राइभर दुवैलाई देवीदेवता भनिने गरिन्छन् तर स्वभाव र गुणले ती पेसेन्जरहरु र ड्राइभरहरू भिन्न गुणका हुन्छन् । शिवजी तथा अन्य ब्रह्मज्ञानी देवीदेवताहरू ड्राइभरहरू रहेछन् र तिनीहरू ब्रह्मबाट आएका, ब्रह्मको बाटो चिनेका, ब्रह्ममा जान सक्ने र साथैमा पितृ, प्रेतहरूलाई पनि ब्रह्ममा लैजान सक्ने हुँदारहेछन् । पितृ, प्रेतहरू भनेको पेसेन्जरहरू रहेछन् तिनीहरू दुख कष्टमा हुँदा रहेछन्, नर्क भवसागरमा डुबेका हुँदा रहेछन्, तिनीहरूलाई ब्रह्मको ज्ञान र बाटो थाहा नहुदो रहेछ । ब्राह्मणले ब्रह्मज्ञान जानेको छ, ब्रह्मको अनुभवहरू गरेको छ, ब्राह्मणले ब्रह्मज्ञानी देवीदेवताहरूलाई चिनेको छ, ब्राह्मणले बोलाउदा ब्रह्मज्ञानी देवीदेवताहरू आउँछन्, त्यसैले ब्राह्मणलाई बोलाउने, ब्राह्मण द्वारा मात्र देवीदेवताहरूका पुजाआजा गराइने, ब्राह्मणलाई बोलाएर श्राध्द गराउने र पितृ तार्ने चलन चलेको वा चलाइएको हो । ब्राह्मण भनेको ब्रह्मको ज्ञान भएको हो र ब्रह्मज्ञानी भनेको ब्रह्मको ज्ञान र अनुभवहरू पनि भएको भनेको हो । ब्रह्मज्ञानीको अनुभवहरु भनेको तेस्रो नेत्रद्वारा देवीदेवताहरूलाई देख्न सक्ने, बोल्न सक्ने, तिनीहरूसँग दोहोरो कुराकानी गर्न सक्ने, स्वस्थ तेस्रो नेत्रद्वारा ब्रह्मको, सदाशिवको अनुभव गरिसकेको, तेस्रो नेत्रद्वारा देवीदेवताहरूलाई देख्न सक्ने, तिनीहरूलाई केहि दिन सक्ने, तिनीहरूबाट केहि लिन सक्ने, ज्ञानी देवीदेवताहरूलाई बोलाएर उनीहरूबाट शिक्षाहरू तथा कार्यहरू गराउन सक्ने अनि अज्ञानी देवीदेवताहरूलाई देखेर, तिनीहरूलाई पनि सम्झाउन सक्ने, थर्काउन सक्ने, सजायहरू दिन सक्ने हुन्छन् भनेको हो । ब्रह्मको ज्ञान नभएका देवीदेवताहरू जीवित मानिसहरूका सम्पर्कमा आउँदा मानिसमा दुख कष्टहरू आउँदा रहेछन् भने ब्रह्मको ज्ञान भएका देवीदेवताहरू आउँदा सुखको, आनन्दको, शान्तको अनुभवहरू हुने र दुख, कष्ट, समस्याहरूका समाधानहरू हुने रहेछन् । तर अज्ञानता र अल्पज्ञानका कारण मानिसहरू र अल्पज्ञानका ब्राह्मण भनाउदाहरूले देविदेवतालाई छुट्याएर पुजा गर्न जानेका थिएनन् र नर्कमा भएका, भवसागरमा फसेका पितृहरू, भुत प्रेतहरु, नागहरू, बोक्सीहरू र ब्रह्मज्ञानी देवीदेवताहरूलाई एकै दर्जामा राखेर पूजा आरधनाहरू गर्ने गर्दथे र भक्तहरूलाई पनि त्यसै गर्न सिकाउथे । यसरी देवीदेवताहरूका फरकहरू, तिनीहरूका फरक गुणहरू, फरक उद्देस्यहरू, फरक स्तर, फरक फरक क्षमताहरू हुन्छन् तर नजानिकन, नदेखिकन गरिएका पुजाआजामा सबै देवीदेवताहरू आइदिनुस भनेर बोलाइन्छ र ती सबैका पुजाआजाहरू गरिन्छन् । यसरी नजानीकन देवीदेवताहरूलाई बोलाउदा, देवीदेवताहरूका स्तर नचिनिकन गरिएका पुजा आराधनाहरूमा अवस्य त्रुटिहरू हुन्छन् होला, सायद त्रुटिहरू भए होलान् । गणेशजीको पुजा गर्नेहरूले पुजामा गणेशजीलाई चढाएको बदाम अट्काउने ठाउँ नपाएर गणेशजीको सुँडको प्वालमा अट्रकाउने, धुपको सिन्का अट्काउने ठाउँ नपाएर मुर्तीको कानमा घुसार्ने, मन्दिरमा चढाउन लगेको केराबाट सबैभन्दा सानो भगवानलाई चढाएर अरू घर ल्याउने, रोटि पोल्ने वेलामा भगवानलाई भनेर सबै भन्दा सानो इत्रुक्कको रोटि बनाएर चढाउने, भगवानलाई भनेर दुध भुइमा पोखाएर चढाउने, शिवरात्रीमा शिवजीलाई चढाउन भनेर ल्याएको दुध चिया खान भनेर धेरै दुध घरमा राखेर बाकि दुधमा पानी हालेर चढाउने, घरमा श्राध्द गर्दा पितृ आएकि भनेर यसो ध्यान दिनु भन्दा राजनितिक कुरा गरेर रमाइलो गर्ने, पितृ कार्यमा घरमा पण्डित बोलाउदा पण्डितलाई आज हतार छ छिटो छिटो गरेर भरसक आधा घण्टामा सिध्याईदिनुस भन्ने जस्ता कार्यहरू भएकै हो । पुजामा चढाइएका फुल तथा प्रसादहरू सबै ब्रह्मज्ञानी देवीदेवताहरू जस्तै गणेशजी, शिवजी, दुर्गामाता, अन्य देवीदेवताहरूका नाम लिदै अनि त्यहि फुल र प्रसादहरू लिदै पितृ, कुल, नाग, थान भन्दै जानेका अनि नजानेका, देखेका अनि नदेखेका देवीदेवताहरू पनि भन्दै पुजाआजाहरू गर्छन् । यस्तै यस्तै विधि गरेका हुन् नजानिकन पुजाआजा गरेर धर्मात्मी बन्न प्रयास गरिरहेकाहरूले । ज्ञानी देवीदवताहरू आफ्ना मर्यादा नहुने ठाउँमा आउदैन रहेछन् तर अज्ञानी पितृहरू, भुत प्रेतहरू, नागहरू, बोक्सीहरू त केही पाइन्छ कि भनेर पक्कै आउँदा रहेछन् । यसरी नजानिकन देवीदेवताहरूलाई पटक पटक बोलाउनेहरूमा, नजानिकन धेरै पुजाआजा गर्ने गरेका, पितृहरूका बढि चर्चा गर्ने गरेका, नजानिकन पितृ तार्ने कार्यहरू गर्न पटक पटक प्रयास गरेका, भुत प्रेत बोक्सीहरुका चर्चाहरू गर्ने गरेका, अरूलाई बोक्सी भन्दै हिडेकाहरूलाई ती अज्ञानी देवीदेवताहरूले सम्पर्क गर्न, नजिकिन आएका हुँदा रहेछन् र त्यस वेलामा मानिसहरूमा विभिन्न समस्याहरू, शारीरिक समस्याहरू पनि देखिने रहेछ । हाम्रो हिन्दु समाजमा तेतिस कोटी देवीदेवताहरू भन्ने गरेकाहरू सबै अज्ञानी देवीदेवताहरू हुन् । ती तेतिस कोटी देवीदेवताहरू तिनीहरूका ज्ञानका स्तर अनुसार विभिन्न स्तरका हुन्छन् । दुख कष्ट दिने भुत प्रेतहरू र तिनीहरूका कष्टबाट बचाइदिने हेराउने, झारफुक गरिदिने ठाउँमा आएर उपचार गरिदिने देवीदेवताहरू सबै तेतिस कोटी देवीदेवताहरुमा पर्दछन् । त्यसैले समाजमा आफै झाँक्री आफै बोक्सी भन्ने चलन छ । कहिले कहिले त्यस्तै भयो होला । नाग रिसाएका रहेछन् त्यसैले नागको पुजा गछौँ, पितृ रिसाएका छन् रे त्यसैले पितृका पुजा गछौँ । ती देवीदेवताहरू रिसाउँछन् हामी पुजा गछौँ  फेरि रिसाउँछन् फेरि पुजा गछौँ । कस्ले दुख दिएको, कस्ले सम्रक्षण दिएको हो छुट्याउनै नसकिने अवस्थामा मानिसहरू गुज्रनु परेको रहेछ । समाजमा यसरी आएका समस्याहरू कसैका आफै गए होलान् भने कसैका झन् बलियो भएर बसे होलान् । कसैले अनुभव गरेनन् होला भने कसैले अनुभवहरू गरेर यस्बाट उम्कने प्रयासहरु पनि गर्ने गरेका थिए ।

यदि विरामीहरू अज्ञानी देवीदेवताहरू जस्तै भुत, प्रेत, बोक्सी, पितृहरूका कारण विरामी भएका रहेछन् भने अब तिनीहरूको उपचार त हस्पिटलका डाक्टरहरूले गर्न त सक्दैनन् किन भने ती हस्पिटलका डाक्टरहरुले अदृस्य देवीदेवताहरू हुन्छन् भनेर विश्वास नगरी आफुले जे जानेका छन् त्यहि विधिका औषधी उपचार गर्न थाल्दछन् भने यस्ता विरामीहरूका उपचार हस्पिटलका डाक्टरहरूले गर्ने त कुरै भएन । यस्ता भुत, प्रेत, बोक्सी, नाग, पितृहरू भनिनेहरूलाई हिन्दु तथा बौध्द धर्म सँस्कारहरूमा देवीदेवताहरू भन्ने चलन छ र तिनीहरूका नाममा पनि विभिन्न पुजा आराधनाहरू गरिन्छन् । यदि यस्ता देवीदेवताहरू सँग सम्पर्क भएर विरामी भएकाहरू इसाइ धर्मका चर्च वा सच्चाइमा गुहार माग्न गए र त्यहाका विधिहरू मान्न थाले, बाइबल पढ्न थाले र त्यहाँ पाकेका खानाहरू खान थाले भने हामीले देवीदेवता भनेर मानेकाहरू, हामीलाई सँस्कार सिकाउन आएका देवीदेवताहरू, हामीले गरेका कार्यहरूमा चोखोनितो भएन, ब्रत बसेन, धुप बालेन, पुजा गरेको मिलेन, श्राध्द गरेको मिलेन, रूद्रि गराइदेउ, एकाह लगाइदेउ, सप्ताह लगाइदेउ भन्ने देवीदेवताहरू त चर्च सच्चाइमा गएर त झन् केहि नपाउने भए भने उनीहरूका भनाइ अनुसार चर्चहरूलाई गाइको मासु खाने, सुँगुरको मासु खाने, अन्य के के भनेर अपबित्र भनेर भनिएका ठाउँमा जान नमानेर कतिपय देवीदेवतहरूले विरामीको पिछा गर्न छोड्न सक्दछन त्यसैले विरामीलाई केहि राहत मिलेको हुन सक्दछन् ।

२. दोस्रो कारणहरू: चिनेर गाली गर्नु 

यस्ता भुत, प्रेत, बोक्सी, नाग, पितृहरू भनेकाहरूलाई हिन्दु तथा बौध्द धर्म सँस्कारहरूमा देवीदेवताहरू पनि भन्ने चलन छ र तिनीहरुका लागी पनि भिन्नै खालका पुजा आराधनाहरू गरिन्छन् । त्यस्ता अज्ञानी देवीदेवताहरूका कारण मानिसहरूमा रोग तथा समस्याहरू आएका मानिसहरु हाम्रा धर्म र सँस्कारका गुरूहरू पण्डित, पुजारी कहाँ गुहार माग्न गएका छन् भने ती अज्ञानी देवीदेवताहरूबाट बच्न उम्कन, तिनीहरूबाट तर्कन पुजा आजाहरु गर्न लगाउने, धुप बाल्ने, कपडा, धजा, पानी चढाउने गर्न लगाउँछन् । बौध्द धर्म सँस्कारहरूमा पनि त्यस्तै त्यस्तै  खालका पुजा आजाका तरिकाहरू अपनाइन्छन् । तर यस्ता अज्ञानी देवीदेवताहरूका समस्याहरूलाई चर्च तथा सच्चाइका सँगठनहरूमा सैतान भनेर तिरस्कार गर्ने, गाली गलौच गर्ने गरिन्छ, ठाडै गरेर तँ प्रेत हो, तलाई अर्काको शरिरमा बस्ने अधिकार छैन भनेर देखे जस्तै गरेर गाली गर्ने गर्दछन् । यदि कसैलाई धपाउने, टाढा लाने नै उद्देस्य हो भने माया र आदर गरेर तर्काउन, धपाउन खोजेको भन्दा चिने रै तिरस्कार गरेरै गाली गर्दा तर्कने सम्भावनाहरू बढि हुन्छन् ।  चर्च तथा सच्चाइका सँगठनहरूमा हाम्रा अज्ञानी देवीदेवताहरूलाई गालीगर्ने तिरस्कार गर्ने भएकाले ती देवीदेवताहरू त्यहाँ जान मान्दैनन् र विरामीहरूलाई केहि राहत मिलेकाे हुन सक्दछ ।

३. तेस्रो कारण: चर्च वा सच्चाइमा भएका केहि ज्ञान भएका देवीदेवताहरूले मद्दत गरिदिनु 

ब्रह्मज्ञानका ज्ञान अनुसार सृष्टिमा विभिन्न देवीदवताहरू वा अन्य लिङ्ग शरीरहरू छन् र तिनीहरूका आफ्ना आफ्ना चेतनाका स्तर अनुसार फरक फरक हुन्छन् । कोही अति अज्ञानी हुन्छन् र तिनीहरुले अरूलाई झम्टेर दुख दिन मात्र जानेका हुन्छन् भने कोही कोहिहरू अलि ज्ञानी हुन्छन् र अलि अलि ज्ञानीहरूले अति अज्ञानीहरूले दुख्ख दिएका ठाउँमा गएर ती अज्ञानीहरूलाई धपाइदिने, तर्काइदिने, समस्या परेकाहरूलाई मद्दतहरू गरिदिने गरेका हुन्छन् । जस्तै बाटोमा दुर्घटना हुँदा नचिनेका मानिसहरूले हारगुहार गरेर मद्दत गर्ने वा दुर्घटना हुनबाट बचाइदिने तर्काइ दिने गर्छन्, बाटो काट्न नजानेकालाई नजिकमा भएका अरु मानिसहरुले हात समातेर बाटो काट्न मद्दत गरिदिन्छन् कहिले कहिले । घरमा पालेको कुकुरले अरू जनावर, अरू नचिनेकाहरू आए भने भुकेर धपाउन खोज्छ । हो यस्तै यस्तै कार्यहरु भएका हुन्छन ।

देवीदेवताहरू विभिन्न ज्ञानका चेतनाका स्तरका हुन्छन् भने हिन्दु धर्ममा चर्चा गरिने गरेका अरुलाई दुख दिने गरेका कुनै अज्ञानी देवीदेवताहरू भन्दा चर्चका देवीदेवताहरू ज्ञानी छन्, जानेका छन् भने त्यस स्थितीमा विरामीहरूलाई केहि राहत पनि मिलेको हुन सक्दछ । त्यसैले हिन्दु धर्म सँस्कारका अज्ञानी देवीदेवताहरूको सम्पर्कमा आएर विरामी भएका मानिसहरू इसाइ धर्मका चर्च तथा सच्चाइहरूमा जाँदा अनि अलि अलि ठिक पनि भएको हो । तर त्यस्ता अज्ञानी देवीदेवताहरू इसाइमा पनि हुन्छन्, अन्य हरेक धर्म सँस्कृतीहरूमा पनि हुन्छन् । 

   यस्ता हिन्दु धर्मका अज्ञानी देवी देवताहरूका कारणले  विरामी भएकाहरू आफ्नो धर्म सँस्कार छोडेर चर्च सच्चाइमा जाँदा यी माथी उल्लेखित तीन कारणहरूका कारण विरामीहरूमा केहि राहत मिलेको वा कतिपय दुख कष्टबाट उम्कन सहयोग भएको हुन सक्दछ । हो त्यहि भएको हो कसैकसैमा । तर यसरी देवीदेवताहरूले छोडेका अनुभवहरू क्षणिक मात्र हुनसक्छन् । किनकी यताका देवीदेवताले छोडेका भए अब उताका देवीदेवताहरूले समात्छन् । किनभने अज्ञानी देवीदेवताहरू जहाँ पनि हुन्छन् कतै अलि बढि कतै अलि कम होलान् । धेरै चर्चा गर्नेहरूका ठाउँमा धेरै होलान् कतै कम चर्चा गरेका होलान् । हामीहरू धेरै चर्चा गर्नेहरूमा नै पर्दछौँ भने पनि हुन्छ । हामीले जस्तो नचिनिकन देवीदेवताहरूलाई पुजाआजाहरू सायद अरू कसैले गर्दैनन् । राती बाह्र बजे पिपलको बोटमा पुजा गरे बत्ती बाले झन शक्ती आउँछ भनेर सिकाउने गुरूहरू, छिमेकीहरू, आमाहरू, हजुर आमाहरू अन्त कतै छैनन् । हाम्रा दिदि बहिनी, दाजुभाइहरुलाई बोक्सी लाग्ने, प्रेत लाग्ने, पितृ लाग्ने बनाएर अनि चर्च तथा सच्चाइमा गएर मात्र सन्चो हुने वातावरण बनाउनेहरू भनेका नजानिकन नचिनिकन पुजाआजा गर्न सिकाउने हाम्रा धर्म सँस्कारका गुरूहरू, आमाहरू, अजुरआमाहरू, छिमेकीहरू हुन् । तर चर्च सच्चाइका सँगठनहरू पनि त्यहि रूढिवादी प्रथाहरू पालना गर्ने, अज्ञानी देवीदेवताहरूकै चर्चा आरधनाहरू गर्ने ठाउँ हो अलि फरक तथा विकसित तरिकाले । चर्च तथा सच्चाइका सँगठनहरूमा प्रेतहरू, पितृहरूलाई गाली गर्ने, यस शरीरमा भगवान इसु बस्ने ठाउँ हो त्यसैमा पनि अझ स्पष्ट गरेर इसुलाई नै बोलाएर इसुले उपचार गरिदिनुहुन्छ भनेर भन्छन् । यसरी चर्च र सच्चाइमा उपचार गर्ने क्रममा पनि उनीहरूका अदृस्य देवीदेवताहरू वा मरिसकेका पितृहरूलाई बोलाएर उपचार गराइन्छ । हिन्दु धर्मका वेदशास्त्रहरूका अनुसार इसु पनि एक पितृ समान हो र उस्को ज्ञान, चेतना तथा अभ्यासका अनुसार उनी ज्ञानी पितृ समान हो ।

४. चौथो कारण: विरामीहरूले स्याहार, आदर, सन्मान, मद्दत पाउनु

इसाइ धर्मका सँगठनहरू विकसित ठाउँबाट आएका, त्यहाँका मानिसहरूका चाल चलनहरू सभ्य नै हुन्छन् । युरोप अमेरिकाका मानिसहरू पढाइ देखाइमा विकसित नै छन् भन्ने कुरा त बुझाइ रहनु परेन । आज हामी कहाँ पढेका मानिसहरू भनेका नै उतैबाट प्राप्त गरिका शिक्षा तथा शिक्षा प्रणालीहरूबाट हुन् । उनीहरू आर्थिक रूपमा पनि सम्पन्न हुन्छन् । आर्थिक रूपमा पनि सम्पन्न, पढाइमा पनि सम्पन्न र गरिखान जानेका अरूका सँग मागेर खान नपर्ने, सके बाँडेर खान जानेका, अरूलाई मद्दत गर्नु पर्छ भन्ने कुरा जानेका हुन्छन् । त्यहि गुणहरू उनीहरूले धर्म सँस्कारका प्रचार प्रसारमा पनि प्रयोग गरेको देखिन्छ । उनीहरूका यस्ता सभ्य व्यवहारहरूले कतिपय तिरस्कृत भइरहेका, दुख पिडामा भइरहेका, खान लाउन पनि अभाव, पढाइ खर्च जुटाउन अभाव भएका मानिसहरुका लागी ठुलो सहयोय, योगदान भएको हुन्छ । यस्ता कार्यहरूले कति मानिसहरूलाई अवस्य पनि आकर्षण गर्यो होला, सान्त्वना मिल्यो होला, केहि समाधानका उपायहरू पनि जुटे होलान् । इसाइकरण हुनुमा सामाजिक आर्थिक पनि एउटा  कारण हो । अरुले यस्तो गर्यो भनेर दोष लगाउनु भन्दा झन् हामीहरूले पनि यस्ता राम्रा कुराहरूबाट पाठ तथा तरिकाहरू सिक्नु पर्दछ ।

तर हिन्दु सँस्कृती तथा हिन्दु सँस्कृतीका वेदशास्त्रहरूका अनुसार चर्चका देवीदेवताहरू ब्रह्मका ज्ञान भएका ब्रह्मज्ञानी देवी देवताहरू होइनन् र यदि देवीदेवताहरूमा ब्रह्मको ज्ञान नभएका भए ती देवीदेवताहरू सबै अज्ञानी देवीदेवताहरूमा पर्दछन् ।

देवीदेवताका नाममा आएका समस्याहरूका वेदशास्त्रहरूका अनुसारका समाधानहरू:

हिन्दु धर्म सँस्कार तथा वेदशास्त्रहरूको प्रमुख तात्पर्य नै मानिसहरूमा यहि देवीदेवताहरूका परिचयहरू, तिनीहरूका गुणहरू, क्षमताहरू, भिन्नताहरू, ती देवीदेवताहरूबाट आउन सक्ने समस्याहरूको अवगत गराउन खोज्नु, ती देवीदेवताहरूबाट आएका समस्याहरू समाधानका उपायहरू सिकाउन खोजिएको थियो । हिन्दुशास्त्रहरुका पुराणहरूमा देवीदेवताहरूका लडाइ कथाहरू वर्णन गरिएका थिए, ती लडाइहरूमा विभिन्न पक्षका देवीदेवताहरू हुन्थे । इन्द्र देवीदेवताहरूका राजा हुन् रे । अनि इन्द्रको सँधै पातालबाट आएका भुत प्रेतहरू, दानबहरूसँग नै लडाइ झगडा हुन्थ्यो । ती पातालबाट आएका भुत प्रेतहरू, दानबहरू इन्द्रले सान्सारिक भोग गरेको देखेर खोस्न आएका हुन्थे । इन्द्र आफ्नो सुरक्षाको वेलैमा ख्याल गर्दैनथे र तीनको राज्य पटक पटक दानबहरूले जितेका हुन्थे भने इन्द्र कहिले दानबहरूका बन्धि बनेका हुन्थे त कहिले भागेर लुक्न गएका हुन्थे । पटकपटक ब्रह्मज्ञानी देवीदेवताहरूको शरणमा, शिवजीको शरणमा गएर गुहार मागे पछि अनि शिवजीको शिक्षा र शक्तीका कारण इन्द्रको राज्य फिर्ता भएको हुन्थ्यो । कहिले अरू देवीदेवताहरू श्रृषी मुनीहरूका सहयोगमा बन्धनबाट मुक्त भएका हुन्थे । नारद मुनी सँधै इन्द्रलाई सम्झाउन जाने गर्थे र इन्द्र तिमी सँधै मोजमज्जा, रमाइलो, पद, मदिरा, अप्सराहरूका रमाइलोमा नभुल, हरेक पटक आपद पर्दा मात्र शिवजी भनेर सम्झेर गुहार्ने होइन कि वेलैमा शिवजी को हो भनेर चिनेर बस अनि तिमीमा यस्तो आपद परेर बन्धि हुनु पर्ने, हारेर भागेर जानु पर्दैन भन्ने गर्दथे । इन्द्रले लड्न नसकेका लडाइहरू दुर्गा माताका रूपहरू, शिवजी, गणेशजीहरूले लडेर जितिदिनु हुन्थ्यो भनेर लेखिएको छ । कुरा एउटै एउटै हो । त्यति खेरका जमानामा चर्च, सच्चाइ भन्ने थिएनन् र श्रृषी मुनीहरू तथा शिवजीकहाँ गुहार माग्न जान्थे भने आजकाल चर्च सच्चाइ तिर पनि गुहार्न जान्छन् ।

मानिसहरूले भोगिरहेका यस्ता समस्याहरूका समाधानका उपायहरू वेदशास्त्रहरूका तात्पर्यहरू हुन् जुन कुरा ब्रह्मज्ञानमा उल्लेख गरिएका छन् । चर्च तथा सच्चाइ धर्म सँगठनमा इसुले रोग निको पारिदिनु हुन्छ भनेको जस्तै हाम्रा हिन्दु धर्मका वेदशास्त्रहरूमा उल्लेख गरिएका ब्रह्मज्ञानी देवीदेवताहरूको पनि काम रोग निको पार्ने हो भनिएको छ र व्यवहारमा पनि ब्रह्मज्ञानी देवीदेवताहरू मानिसका विभिन्न रोग तथा लक्षणहरू निको पार्ने, विभिन्न समस्याहरूका समाधानहरू तिर लगिदिने काम गर्दछन् र यस्ता भुत, प्रेत, बोक्सी, नाग, पितृहरू भनेकाहरूलाई शान्त पार्ने, तर्काउने, ब्रह्मको अनुभव गराएर मानिसहरूका समस्याहरू समाधान गरिदिने काम हो ।

 ब्रह्मज्ञान अनुसार ब्रह्मको ज्ञान भएको देवीदेवता र ब्रह्मको ज्ञान नभएको देवीदेवताहरू हुन्छन् । ब्रह्मको ज्ञान भएको देवीदेवताहरू द्वारा सबै अज्ञानी देवीदेवताहरूका बन्धनबाट मुक्त हुन्छन् । महाकालीमाताको रूप कालो डरलाग्दो छ, उहाँले हातमा खुँडा लिनु भएको असुरहरूलाई मार्न भनेर हो, उहाँले असुरहरूलाई मारेर हातमा असुरको टाउको लिनुभएको रूप छ । दुर्गामाताको सबै हातहरूमा हतियारहरू हुन्छन् । हनुमानजीको हातमा पनि सधै गधा हुन्छ उहाँ  भक्तहरूको रक्षा गर्ने रूप हो । जो शतवार पाठ करे कोही छुटही बन्धि माहा सुख होय, साधु सन्तके तुम रखबारे भनेर हनुमानजीको स्तुतीमा लेखिएको छ । हनुमानजी भक्तहरूले सबै भन्दा सजिलै र छिट्टै प्राप्त गर्ने भगवानको रूप हो । शिवजीले पनि हातमा त्रिशुल लिनु भएको छ, त्यो पनि असुरको बध गर्न भनेर नै हो । शिवजीको अर्को नाम नै महामृत्युन्जय हो । तर यी भगवानहरूबाट गुहार पाउन वा गुहार पाएको स्पष्ट अनुभुती पाउन त सर्ब प्रथम यी ब्रह्मज्ञानी देवीदेवताहरूलाई पाउनु सक्नु पर्छ । ब्रह्मज्ञानी देवीदेवताहरू पाउन ब्रह्मज्ञान पढेर, बुझेर, मनन गरेर ब्रह्मज्ञानीहरूको सहायतामा पाउन सकिन्छ । तर हाज सम्म हाम्रा समाजमा हिन्दु धर्मका सँस्कारहरूमा गरिएका तर्क र विधिहरूमा ब्रह्मज्ञानी देवीदेवताहरूका समक्ष पुग्न नसकेको अवस्था रहेछ । आज सम्मका पण्डित, पुजारी, जोगी, धार्मिक प्रवचन दिदै गरेका गुरूहरूले नै ब्रह्मज्ञानी देवीदेवता प्राप्त गरेका रहेनछन् र देवीदेवताहरूका अनुभव पनि गरेका रहेनछन्, तिनीहरूमा ब्रह्मज्ञानी देवी देवताहरुलाई प्राप्त गर्ने क्षमता नभएको अवस्था रहेछ र झन् तिनीहरूबाट अज्ञानतामा गरिएका पुजा आजाले मानिसहरूलाई अज्ञानी देवीदेवताहरूका नजिकमा पुर्याउने गरेका रहेछन् । 

यसरी कोहीकोही चर्च तथा सच्चाइ तिर गएका कारण मानिसहरूमा अज्ञानी देवीदेवताहरूका सम्पर्कबाट भएका कष्टहरूबाट मुक्ती पाउन गएका होलान् । आपद परेका वेलामा मानिसहरु वेद पढ्दैनन् आफ्नो मनमा जे आयो त्यहि गर्छन् भन्ने चलन पनि छ सायद कतिपयले आपद परेका वेलामा आफ्ना धर्म सँस्कार पनि छोड्न तयार भए होलान् । कतिपयले बाध्य भएरै यस्तो गरेका थिए । तर अब ब्रह्मज्ञानी देवीदेवताहरू शिवजी, दुर्गा माता, दुर्गा माताका अन्य रूपहरू, गणेशजी, महाकालीमाता, सीता राम, राधा कृष्ण, हनुमानजीको काम पनि यहि हो भनेर भन्दैछु र  हरेक दिन प्रमाणित गरिरहेको छु, उहाँहरूलाई देख्न सक्ने क्षमता सिकाउने, भाव बुझ्न सिकाउने काम गरिरहेको छु, त्यसैको परामर्शका लागी क्लिनिक तथा क्लास सँचालन गरिरहेको छु । ती ब्रह्मज्ञानी देवीदेवताहरू पनि प्रत्यक्ष, साक्षात हुनुहुन्छ, स्वस्थ तेस्रो नेत्र भएकाहरूले उहाँहरूलाई देख्न सक्दछन् र दोहोरो कुराकानी गर्न सक्दछन् । यसरी ब्रह्मज्ञानी देवीदेवताहरूको नजिक पुग्न सके पछि अज्ञानी देवीदेवताहरू जस्तै भुत, प्रेत, बोक्सी, पितृहरूका सम्पर्कबाट पैदा भएका रोग तथा लक्षणहरूको निवारण हुन सक्दछ । हिन्दु धर्म सँस्कारमा नै यस्ता समस्याहरूका समाधान हुन्छन् भने पछि त्यहि कुराका समाधानका लागी चर्च तथा सच्चाइ जानु पर्ने बाध्यता त नआउनु पर्ने हो वा त्यहाँ गइसकेकाहरूलाई पनि पुन आफ्नै धर्म सँस्कारको छत्र छायाँ मुनी आउन प्रेरणा तथा अवसर छ । आफ्नै धर्म सँस्कारको छत्र छायाँ मुनी पुन फर्केर आउन हुन उहाँहरूलाई ब्रह्मज्ञानको तर्फबाट अनुरोध गर्दछु तथा स्वागत गर्दछु । हामी कहाँ चर्च तथा सच्चाइ सँगठनहरूमा पुगेर त्यस्ता रोग तथा समस्याहरूका लागी गुहार माग्दै असफल उपचार गराइरहेकाहरू पुन फर्केर ब्रह्मज्ञानमा आएर सफल उपचार पाएका विभिन्न उदाहरणहरू छन् । हामी कहाँ त्यस्ता विभिन्न मानिसहरूलाई भेट्ने तथा तिनीहरूका अनुभवहरू सुन्ने अनुकुल मिल्नेछ ।

हाम्रो दाजुभाइ दिदी बहिनीहरू विभिन्न बहानामा अन्य धर्म सँस्कारमा नजाउन भन्नका लागी हामीमा नै सुधार हुन आवस्यक छ । हाम्रो दाजुभाइ दिदी बहिनीहरू त्यहाँ जानुमा उनीहरूको दोष थिएन, हामीले नै हाम्रा धर्म सँस्कारहरूका नितीनियमहरूमा नियालेर हेरेनछौँ र कतिपय मानिसहरूलाई हाम्रा धर्म सँस्कारका ती निती नियमहरुमा बाँधिएर बस्न उचित लागेन होला र अन्य अनुकुल ठाउँ वा सँगठन तिर लागे होलान् । हाम्रा धर्म सँस्कारले धर्म के हो ?, वेदशास्त्रहरूले मानव जातीलाई दिन खोजेको सन्देश के हो? भनेर बुझाउन असफल जस्तै भएका रहेछन् र केवल पुजा पाठ, दान दक्षिणा, चाढबाढ, अनि एउटा जाती ठुलो पवित्र अर्को जाती सानो अपवित्र, छुवाछुत भन्ने तथा यस्तै यस्तै विधिहरू, परिबन्धहरू र बन्धनहरूमा बाँधिन सिकाएका रहेछन् । उनीहरू फेरि फर्केर आउन भनेर हाम्रो सोच छ भने अब उनीहरूलाई गाली गर्न तिर नलागेर आफुमा सुधार ल्याऔँ  र आफ्ना वरपर तिर समय अनुकुल बदलिन जानौँ । यदि गाली गर्नु नै छ भने गल्ति देखाउनु नै मन छ भने ब्राह्मण पण्डित भनाउदाहरू, पुजारी भनाउदाहरूलाई, धर्म सँस्कारका नाममा प्रवचन दिनेहरू, श्रीमद्भागवत पुराण भन्दै महायज्ञ गर्दै हिड्नेहरूको बरू अलिअलि गल्ति छ । उनीहरूले अलि अलि बुझेर पनि बुझ पचाएर धर्म सँस्कारलाई जातिय सम्पत्ती, गरिखाने भाडो, छुवाछुत तथा शोषणका उपायहरू बनाएका रहेछन् । त्यसैले ब्रह्मज्ञानले धर्मका नाममा गरिएका कुरिती, कुसँस्कारहरुको पर्दाफास गरिदिएको छ । माथी उल्लेखित सबै समस्याहरूको समाधान ब्रह्मज्ञानले दिएको छ ।

ब्रह्मज्ञान कुनै धर्मको सम्पत्ती वा पेवा होइन । यो त सम्पूर्ण मानव जातीका लागी भनेर ब्रह्मज्ञानी देवीदेवताहरूले नै विभिन्न ज्ञानी मानिसहरूको मार्फत दिइएको सन्देश, शिक्षा सुझावहरू हो रहेछ । यो सबैका लागी साझा सम्पत्ती हो । यो कुरा बुझ्न चाहना भएका, अध्ययन, मिहिनेत हुने सबै मानिसहरूले अवस्य प्राप्त गर्ने छन् वा प्राप्त गर्न सम्भव छ । जसरी इसाइले पत्ता लगाएका विज्ञानका उपकरणहरू वा बिजुली बत्ती सबै मानिसका लागी साझा सम्पत्ती हो त्यसैगरि ब्रह्मज्ञान हिन्दु धर्म सँस्कारले चर्चा गरेका, हिन्दु धर्म सँस्कारहरूका वेदशास्त्रहरूमा लेखिएका र हिन्दु धर्म सँस्कारहरूले आजसम्म जोगाएर राखेका रहेछन् र आज हाम्रो सामु सबैले बुझ्ने गरेर आएको छ र यो ब्रह्मज्ञान सबै हिन्दु, बौध्द, इसाइहरू तथा सबै मानिसहरूका लागी साझा सम्पत्ती हो ।

ब्रह्मज्ञान विज्ञान हो । यो वेदशास्त्रहरुको तात्पर्य हो । सृष्टि के हो  ?,  जीवन के हो ? , मृत्यु के हो ?, तेस्रो नेत्र के हो ?, धर्म सँस्कार के हो ?, धर्म सँस्कारसँग सम्बन्धित समस्याहरू र समाधानहरू के के हुन् ? भन्ने कुराहरू ब्रह्मज्ञानमा बुझ्ने मौका मिल्दछ ।

हिन्दु धर्म सँस्कारका समाजले बुझ्नु पर्ने वेदशास्त्रहरूको सन्देश :

हिन्दु धर्म परम्परा अहिले सम्म प्रचलित हुँदै आएका सबै धर्म सँस्कारका परम्पराहरू मध्ये सबै भन्दा पुरानो परम्परा हो । यो कहिले, कसले, कसरी सुरू भयो ? भनेर किटानी गरेर भन्न सकिदैन । वेदशास्त्रहरु भनिने सँस्कृत भाषामा लेखिएका कुराहरू र विधिहरूलाई आधार बनाएर हिन्दु धर्म सँस्कारका व्याख्याहरू गरिन्छन् र विधिहरू गरिन्छन् । सायद धेरै पुरानो र धेरै पहिला देखि चलनमा आएकाले बिच बिचमा केहि कुरा मेटिने र केहि कुरा थपिने हुँदै आउदा सुरूको मुल तात्पर्य भन्दा केहि पर पुगेको रहेछ । आजका हिन्दु धर्म सँस्कारका अग्रज पण्डित पुजारीहरूले ब्राह्मणका विधिहरू सम्बन्धित कुराहरूमा बढि ध्यान दिएछन् तर ब्राह्मण के हो ? भन्ने कुरामा कम ध्यान दिएछन् । हिन्दु धर्म सँस्कारका गुरूहरूले गर्ने गरेका विधिहरू, कार्यहरू, व्यवहारहरू नै आजका युगमा असामाजिक जस्तो देखिन आउँछ । चोखोनितो, छुवाछुत, पुजापाठ, जातिय भिन्नताहरूनै यस धर्म सँस्कारमा अगुवा छन् । आखिरमा हिन्दु धर्म सँस्कारमा उपाध्य ब्राह्मणको मात्र बाहुल्य हुने, अरूजातले त्यो बाहुल्यता कहिल्यै नपाउने, अरू सबै मानिसहरू ब्राह्मण जातका भन्दा सधै दोस्रो दर्जाकानै हुने भए सँधै दोस्रो श्रेणीको मात्र हुने भए यस्ता कुराहरू कसैकसैलाई मान्य नहुन सक्दछ । ब्राह्मण जातका भए मान्छे मार्दै हिड्नेका पनि श्रेणी नघट्ने गरेको देखियो भने अरू जातकाहरूले जति वेद पढे पनि श्रेणी नबढ्ने नियम निति पनि देखिएकै छ । अरू जात र सम्प्रदायहरूबाट हिन्दु धर्म सँस्कारका परिपाटीमा आउन मन लागेर हिन्दु धर्म सँस्कारहरूसँग जोडिन खोज्दा पनि तिनले मन्दिर भित्र पस्न नपाएको उदाहरणहरू छन् । पशुपतीनाथ मन्दिरमा विदेशबाट आएका प्रतिष्ठित व्यक्तित्व र हिन्दुका श्रीमती भएर आफ्नो जीवन हिन्दु परम्परालाई सुम्पेकाहरूले पशुपतीनाथ मन्दिरमा प्रवेश र पुजाआजा गर्ने अनुमती पाएनन् र तिरस्कृत हुनु परेको थियो । अन्तराष्ट्रिय इस्कोन सँगठन हरेराम हरेकृष्णका अहिलेका सबैभन्दा ठुला र प्रतिष्ठत स्वामी महाराज रँगनाथले नेपालमा आउदाको एक तितो अनुभव लेखेका छन । उनी आफु तरूनो उमेरमा नै हिन्दु धर्म सँस्कार प्रति आकर्षित भएकाले नेपाल आएका थिए र पशुपतीनाथको मन्दिरमा गएका थिए । उनलाई थाहा थियो कि इसाइ धर्मबाट आएकाहरूलाई पशुपतीनाथ मन्दिरमा भित्र जान अनुमती छैन भनेर र उनी मन्दिर भित्र गएका थिएनन् तर शिवजी प्रतिको भक्तीले उनलाई कसरी हुन्छ केहि नजिक गएर एकै छिन बस्न पाए पनि हुन्थ्यो जस्तो लागेर बाहिर तिर कुनै सिँडिमा बसेका रहेछन् । भित्र जान अनुभती नभए पनि सिँडीमा बस्ने अनुमती त छ होलानी भन्ने लागेर होला । एक छिन पछि पछाडिबाट कुनै पुजारीले देखेछ र आएर पछाडीबाट घोक्रयाएर धकाल्दिएछ उनी एकै चोटी तल पुगेछन् र यो तितो अनुभव सँधै भरिका लागी रहेको छ भन्नु भएको छ । यस्ता तिरस्कारका अनगिन्त अनुभवहरूनै हिन्दु धर्म सँस्कारका अर्का काला पानाहरू हुन् । ब्राह्मणहरूका यो तर्क र तरिकानै हिन्दु धर्म सँस्कारका समाजमा विष बनेर बसेको छ । स्वतन्त्रता हनन हुनु, तिरस्कृत हुनुको दर्द मर्म स्वतन्त्रता छिन्नेले तिरस्कार गर्नेले नबुझेको हुन सक्दछ । हाम्रो समाजमा तिरस्कृत हुन पुगेकाहरूका कथाहरू भन्दा तिरस्कार गर्नेहरूका कथाहरू, गुनगानहरू गाइन्छ र तिनीहरूकै बोलबाला छ । यस्ता कार्यहरू गर्नु र गरिनुमा हिन्दु धर्म सँस्कारका वेदशास्त्रहरूका अर्थ गहिरिएर बुझ्न नसकिएकोले हो । आज यहाँ वेदशास्त्रहरुका केहि सन्देशहरूका चर्चा गर्न चाहन्छु

१. “आनन्दब्रह्मज्ञाताँ न विभेती कुतश्चन”
आनन्द ब्रह्मको ज्ञान भएकोलाई कुनै प्रकारको भयले छुन सक्दैन । ब्रह्मज्ञानीहरूले ब्रह्मज्ञानी देवीदेवताहरू र ब्रह्मज्ञान नभएका देवीदेवताहरूलाई चिन्न सक्दछन् र ब्रह्मज्ञानीहरू अज्ञानी देवीदेवताहरूको बन्धनबाट मुक्त हुन जानेको हुन्छन् ।

२. ब्रह्म जानाति ब्राह्मण — ब्रह्मका ज्ञान भएकाहरु ब्राह्मण हुन् ।

जस्ले ब्रह्मको ज्ञान पढेको बुझेको हुन्छ उनीहरू ब्राह्मण हुन् । जुनसुकै जात, धर्म, सँस्कारका मानिसहरूले ब्रह्मको ज्ञान पढे भने पनि ब्राह्मण बन्ने सुअवसर प्राप्त हुनेछ ।

३. जन्मना जायतेशुद्रसँकारात् द्विज उच्यते ।
वेदाभ्यास भवेद्विप्रो, ब्रह्म जानाति ब्राह्मणः।।

हरेक व्यक्ति जन्मने बित्तिकैको अवस्थामा सबै जना शुद्र हुन्छन् । त्यस अवस्थामा फोहोर मैला स्याहार गर्न जानेका हुँदैनन् र चेतनाका स्तरमा पनि अज्ञानी भएकोले शुद्र अवस्था भएको हो । जब त्यस्ले विस्तारै विस्तारै सँस्कार पाउँछ, आफु भन्दा ठुलोले गरेको देख्छ, बुझ्छ, मन्दिर जाने, पुजामा सहयोग पुर्याउने, विभिन्न समारोहहरुमा भाग लिने, सुन्ने, इत्यादि गर्दै जाँदा उ उच्च उच्च हुँदै जान्छ र सँस्कार वाला हुँदै जान्छ र आफ्नो जात, धर्म, सँस्कृती सँग मिल्ने बन्न जान्छ । पछि वेदको ज्ञान र अभ्यास भएकाहरु विप्र हुन्छन् । ती विप्रहरु देवीदेवताका पुजा विधि, ब्रत, आफ्नो लागि गर्नसक्ने र अर्काको लागि गराउन सक्ने बन्दछन् र तिनीहरु विप्र, पण्डित, पुजारी गुरुहरु बन्दछन् । यदि तिनै विप्रहरुले ब्रह्मको ज्ञान पनि पढेका छन् भने तिनीहरु ब्राह्मण हुन्छन् । ब्राह्मणहरु विप्रहरु भन्दा बढी पुजनिय हुन्छन् । ब्राह्मणहरुले आफुले जानेका ब्रह्मको ज्ञान अरुलाई सिकाउन सक्दछन् । तर सबै ब्राह्मणले ब्रह्मको अनुभव नगरेको हुन सक्दछन् । जुन ब्राह्मणले ब्रह्मको बारेमा पढ्नुका साथै ब्रह्मको अनुभव पनि गरेको छ त्यो ज्ञानी हो । त्यो ब्रह्मको अनुभव गरेको ब्राह्मणलाई नै ज्ञानी भनिन्छ, ब्रह्मज्ञानी भनिन्छ र उ अन्य ब्राह्मणहरु भन्दा बढी पुजनिय हुन्छ ।

अवस्य पनि ब्राह्मण वा ज्ञानी भएकाहरूले अरू ज्ञान नभएकाहरूसँग धेरै नजिकको नाता भरेर नबस किनकि अज्ञानका कुराहरू बढि सुन्ने गरेमा आफुले जानेका ज्ञानका कुराहरू सेलाउन, हराउन, मेटिन सक्दछ भनेर अज्ञानीहरूसँग धेरै हुलमेल नगर भनेका होलान् । तर बाहुनका छोराले जति रक्सि खाए पनि, जे को मासु खाए पनि ,जति मान्छे मारे पनि जात नघट्ने भने अरू शुद्र भनिनेहरूले जति सत्कर्म गरेपनि ब्राह्मण हुन नपाइने भनेर वेदशास्त्रमा लेखिएको छैन । शुद्र भनेको जात होइन मान्छेको असुध्द अवस्था हो । शुद्रलाई पुजामा छुन नदिनु, उपस्थित हुन नदिनु भनेको पुजामा देवीदेवताहरूका चर्चा भएका हुन्छन्, देवीदेवताहरूका चर्चा भएका वेलामा आदर जयजयकार गर्न जानेको हातमा फुल अक्षता लिएर बसेका, विहानै देखि त्यसैका लागि भनेर ब्रत बसेका र ब्राह्मणले देवीदेवताका नाम लिदा भक्तहरूले जय जय भन्दै फुल अक्षता लिएर देवीदेवताका सत्कार गर्ने भनेको हो । यस्ता कुराहरू नजानेकाहरू शुद्रहरू हुन् र तिनीहरूलाई पुजाआजामा नबोलाउ भनेका हुन् । यस्ता शुद्रहरू तिम्रा घरका अज्ञानी छोरा बुहारी, छोरी ज्वाइ, छिमेकी जो पनि हुन सक्छन् भनेको हो । 

इसाइकरणका समस्याहरू र समाधानहरूका निष्कर्षहरू:

१. हिन्दु, बौध्द तथा अन्य पुराना धर्म सँस्कार तथा सँस्कृतीका पालन गर्ने मानिसहरू त्यही सँस्कार तथा सँस्कृतीहरूसँग सम्बन्धित देवीदेवता भनिनेहरूसँगका अन्जानमा भएका सम्पर्कहरूका कारणहरूबाट आएका दुख कष्ट, रोग विरामी तथा अन्य समस्याहरूबाट प्रभावित भएर कता जाम कता जाम हुँदै चर्च तथा सच्चाइका सँगठन तिर पनि जान्छन् भनेर माथी उल्लेख गरियो ।

२. माथी उल्लेखित समस्याहरू अज्ञानी देवीदेवताहरूका सम्पर्कबाट पैदा भएका हुन । ब्रह्मको ज्ञान भएका ब्रह्मज्ञानी देवीदेवताहरूका मद्दतबाट अज्ञानी देवीदेवताहरूका बन्धनबाट मुक्त हुन सकिन्छ । ब्रह्मज्ञानी देवीदेवताहरू लाई प्राप्त गर्न ब्रह्मज्ञानका किताब पढ्ने, बुझ्ने, मनन गर्ने, स्वस्थ तेस्रो नेत्र द्वारा अनुभवहरू गर्नु पर्छ । ब्रह्मज्ञानले वर्णन गरेका अनुभवका कुराहरू ब्रह्मज्ञानीहरूबाट सिक्न, बुझ्न र अनुभवहरू गर्न सकिन्छ । करिव ३ बर्ष भन्दा बढि समयदेखि ब्रह्मज्ञान पढेका र अनुभवहरू गरेकाहरूसँग सोधपुछ सरसल्लाह गर्दै माथी उल्लेखित समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।

३. आज सम्मका हिन्दु धर्म सँस्कारका ब्राह्मण, पण्डित, पुजारी तथा धार्मिक प्रवचनहरू दिने धर्म सँस्कारका गुरूहरूले गर्ने गरेका कर्म विधिहरू वेदशास्त्रका प्रमुख तात्पर्य भन्दा फरक रहेको र वेदशास्त्रले मानवहरूलाई दिन खोजेको शिक्षा अनुसारका नभएको रहेछ ।

४. ब्रह्मज्ञानले वेदशास्त्रको प्रमुख तात्पर्य, प्रमुख अर्थ, तर्क र शिक्षालाई अर्थ पूर्ण तरिकाले, प्रमाण सहित, प्राप्त गर्ने विधिहरु सहित प्रस्तुत गरेको छ । हिन्दु वेदशास्त्रहरुमा उल्लेख गरिएका ब्रह्मज्ञानी देवीदेवताहरू, पितृ , भुत प्रेत, बोक्सी, तथा हिन्दु धर्म सँस्कारका मरिसकेका गुरूहरू सबै अझै पनि हाम्रा सामु छन्  तथा अन्य धर्म सँस्कारका मरिसकेका गुरूहरू, पितृहरू पनि सबै अझै जीवित छन् । तिनीहरूलाई आज सम्म कसैले पनि देख्न नसकेका वा स्पष्ठ गरेर अर्थ पूर्णहरूपमा कसैले पनि देख्न नसकेका रहेछन् । ब्रह्मज्ञानले यस्ता अदृस्य रूपमा रहेका देवीदेवताहरूलाई के हो भनेर चिनाउने, तिनीहरुका बारेमा बुझ्न चिन्न सक्ने, प्रत्यक्ष कुरा गर्न सक्ने बनाउदछ ।

५. यदि ब्रह्मज्ञानले हिन्दु सँस्कृतीमा वर्णन गरेका देवीदेवताहरूसँग प्रत्यक्ष सम्पर्क गर्न कुराकानी गर्न सिकाउछ भने आजसम्मका हिन्दु धर्मका ब्राह्मण, पण्डित, पुजारी तथा धर्म सँस्कारका प्रवचनहरू दिने गुरूहरूले दिएका तर्क, विधिहरू भन्दा पनि यो ब्रह्मज्ञान माथिल्लो स्तर को हो रहेछ । अब हिन्दु धर्म सँस्कारका वास्तविक रहस्य, वेदशास्त्रहरूका वास्तविक तात्पर्य के हो ? भनेर बुझ्न ब्रह्मज्ञान मात्र एक माध्यम हो ।

६. त्यसो भए आज सम्मका ब्राह्मण, पण्डित, पुजारी, धार्मिक गुरूहरूले लगाएका अर्थहरु, तर्कहरू त नपाकेका अङ्गुर खाएको स्वाद लिएका,  नपाकेको आँप खाएको स्वाद लिएका, नरिवल फुटालेर खान नजानेर बोक्रै सित चपाएर खाने प्रयास गरिरहेका जस्तो पो हो रहेछ ।  हुन त ब्राह्मण, पण्डित, पुजारी, धार्मिक गुरूहरू पनि अङ्गुर, आँप, नरिवलहरूका नजिक पुगेका, लिदै हिँडेका त रहेछन् तर तिनीहरूले काँचो अङ्गुर, काँचो आँप खाएका, नरिवल नफुटाली बोक्रैसित खाने प्रयास गरेका जस्ता तिता, अमिला अनुभवहरू मात्र गरेका रहेछन् । ब्राह्मण, पण्डित, पुजारी, धार्मिक गुरूहरूले वेदशास्त्रहरूको वास्तविक तात्पर्य अनुसारको मिठो गुलियो स्वादको आभासहरू आफैले नगरेका भएर वेदशास्त्रहरूका वर्णनहरू गरेर अरू मानिसहरुलाई आकर्षित गर्न नसकेका रहेछ्न् भने झन् तितो स्वादहरूनै बाँडेर सँस्कार चलाइरहेका रहेछन् । कतिपय सर्व साधारण मानिसहरू त्यहि तितोअनुभवका कारण  गुलियोका खोजिमा अन्य ठाउँहरूमा पनि जान बाध्य भए होलान् । भने चर्च तथा सच्चाइका धर्म गुरूहरू तथा तिनका प्रचारकहरूले हिन्दु धर्म सँस्कारहरूलाई सैतान धर्म, हिन्दु धर्म सँस्कारमा मानिने दिवीदेवताहरू लाई  सैतान भन्दै प्रचार गर्ने गर्दछन् । यसरी हाम्रा देवीदेवताहरूलाई अरूधर्म सँस्कारका प्रचारकहरूले सैतान भन्नुमा हाम्रा हिन्दु धर्म सँस्कारका गुरूहरूले ब्रह्मज्ञान भएका ज्ञानी देवीदेवताहरू र ब्रह्मज्ञान नभएका अज्ञानी देवीदेवताहरू छन् भनेर छुट्याउन नसक्नु हो ।

७. ब्रह्मज्ञानले सबै मानिसहरूलाई अझै एउटा प्रमुख उपाय दिएको छ । आज सम्मका हिन्दु धर्म सँस्कारका शिक्षा अनुसार ब्राह्मण हुन ब्राह्मणका कोखबाट जन्म लिएको हुनु पर्थ्यो भने ब्रह्मज्ञानले ब्राह्मण हुनका लागी ब्रह्मज्ञान पढेर, ब्रह्मज्ञानका अनुसारका कर्म गरेकाहरू ब्राह्मण तथा ब्रह्मज्ञानी बन्ने सुअवसर प्रदान गरेको छ । अब जुनसकै जात, धर्म सँस्कार वा सोसाइटीका मानिसहरू ब्रह्मज्ञान पढेर ब्राह्मण र ब्रह्मज्ञानी बन्न सक्नेछन् । आजका ब्रह्मज्ञानका समुदायमा विभिन्न जात, सँस्कारका मानिसहरू ब्राह्मण र ब्रह्मज्ञानी बनेर हिन्दु धर्म सँस्कारको र वेदशास्त्रहरुको मिठो अमृतमय रसको रसस्वादनका मिठा अनुभवहरू गरिरहेका छन् ।

८. ब्रह्मज्ञानका लागी सबै मानिसहरू समान छन् । ब्रह्मज्ञानी बन्न सबै मानिसहरूलाई समान अधिकार छ ।

 

विषय सूचीमा फर्कन