⇐विषय सूचीमा फर्कन

पाठ १.५

किताबको उदय कसरी भयो ?

 

सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? तेस्रोनेत्र के हो ? भन्ने विषयहरू प्रति मेरो जिज्ञासाहरू थिए । सानो  बच्चा उमेरमा पैदा भएका देखि पछि परिपक्क हुंदा सम्मका जिज्ञासाहरुले नै आज यस किताब लेख्न सक्ने सम्म डोहोर्यायो ।   

ममा यो जिज्ञासा कसरी आयो ?
म जन्मेको र हुर्केको ठाउँ नेपालको, कास्की,  पोखरा शहरको  वडा नं १३, कुँडहरमा हो । त्यहाँ सानै उमेर देखि त्यहाँ वरपरका जीवन परिस्थिती, धर्म, संस्कार, सामाजिक चालचलनसँग सम्बन्धित हुन पुगेँ । यो एउटा मिश्रीत समुदाय थियो । हिन्दु, बौद्ध, मुस्लिम समुदायहरु थिए वरपर । नेवार समुदायको परिवारमा जन्मे हुर्केँ तर साथै सङ्गैका अन्य समुदायका धर्म, संस्कारसँग सम्बन्धित कुराहरु बुझ्ने मौका पाइरहेको थिएँ । आफ्नो जातको रितीरिबाज, संस्कृति सङ्गसङ्गै नजिकका ब्राह्मण समुदायले गर्ने गरेका कतिपय धर्म, संस्कारका विधिहरुमा सम्मिलित हुने मौका पाएँ र नजिकबाट नियाल्ने मौका पाइरहेको थिएँ । सानै उमेरदेखि अरुको पछिपछि लाग्दै विभिन्न पूजाआजामा सहभागी बन्न पाएँ । विभिन्न मन्दिरहरुमा गएँ र अरुले जस्तै लहैलहैमा पुजा गरेँ । रामायण, महाभारत, भागवत गीता, देवी भागवत, स्वस्थानी, देवी देवताहरुका स्तुतिहरु र अन्य पुराणहरु पढ्ने, धार्मिक प्रवचनहरू सुन्ने मौका पाइसकेको थिएँ । आफ्ना घरैमा, गाउँमा वरपर विभिन्न पूजाआजा, यज्ञ, महायज्ञ, प्रवचनहरु लगाउने चलन थियो । त्यहाँ उपस्थित हुने अनि अरुको लहैलहैमा आफुले सकेको सहभागी हुने मौका पाइरहेको थिएँ । तर यी कार्यहरु गर्दा ममा कुनै भक्ति र विश्वास जागेको थिएन । ती सबै कार्यहरू लहैलहैमा र आफु भन्दा ठुलाहरुको करकापले गर्ने गरेको थिएँ । घरमा बुबा (हाल स्वर्गीय)ले  फुर्सद हुने बित्तिकै रामायणका र महाभारत पुराणहरुका श्लोकहरु भन्दै सुनाउनु हुन्थ्यो  र जीवनको बारेमा बुझाउन खोज्नु हुन्थ्यो । बुबाले सुनाउनु हुने ती सबै श्लोकहरुमा देवी देवताहरुका जीवनीहरु र वर्णनहरु, उपदेशहरु र मानिसका जीवन मृत्यु सम्बन्धितका कुराहरुले भरिएका हुन्थे । जीवन एक क्षणको छ, कुनै पनि बखत मर्न सक्दछ, यो जीवन मित्थ्या हो, यसको लागी पाप गर्न हुन्न भन्ने भावका उपदेशका कुराहरु बुबाले प्रायः भनिरहनु हुन्थ्यो । प्रायः तिनै मृत्यु शब्द र सम्बन्धित भावहरु हुन्थे ती उपदेशहरुमा । जतिखेर पनि त्यही मृत्यु शब्दहरु दोहोरी रहन्थ्यो मलाई भने मृत्युको कुरा सुन्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । मेरो आजै मर्ने बेला आएको छैन यो मृत्यु शब्द अहिल्यै देखि किन घोक्नु पर्यो जस्तो लाग्थ्यो । म भर्खरको उमेरको स्कुल, कलेज पढ्दै थिए । मैले यी कुराहरुका गहिराइ बुझ्ने भइसकेको थिइन तर ती कुराहरु सुन्दासुन्दा मलाई प्रायः कण्ठ जस्तो भइसकेको थियो । घरमा बुबाले पढ्ने गर्नु भएका थुप्रै शास्त्रका किताबहरु जस्तै वेद, पुराणका किताबहरु थिए । बच्चै उमेरबाट ती धार्मिकशास्त्रका किताबहरूका फोटो हेर्ने रहरले ती किताबहरु छुने, चलाउने, पल्टाउने गरिन्थ्यो । पछि आफु अलि ठुलो हुँदै गएपछि ती धार्मीकशास्त्रका किताबहरुलाई गहिरिएर पढ्ने र त्यसैका चर्चा सुन्ने अवसरहरु प्राप्त भइरहेको थियो । बुबाका साथीहरु घरमा आउँदा पनि यिनै शास्त्रका श्लोकहरु पढ्ने, अर्थ लगाउने, एक आपसमा ती श्लोकहरुका भावहरु बुझाउन खोज्ने गरिइन्थे । घरमा पटकपटक विभिन्न जोगीहरु, पण्डितहरु, अन्य भलादमी मानिसहरुको आउँने जाने, भेटघाट भेला जस्तै गरेर जम्मा हुने गर्दथ्यो । उनीहरुले आफुले पढेका शास्त्रहरु र आफ्ना गुरुहरुले सिकाएको शास्त्रका भावहरु, जीवनका बारेमा शास्त्रले दिएका उपदेशहरु एक आपसमा सुनाउँथे र म त्यहाँ उपस्थित भएको बेलामा मलाई पनि यस्ता कुराहरु पटकपटक सुन्ने मौका मिल्दथ्यो । तर उहाँहरुको भाव र मेरो भाव फरक थियो । उहाँहरुको भाव अनुसार उहाँहरु धार्मीक, धर्मात्मी, पवित्र व्यक्तिहरू भइसकेको भने जस्तो थियो । नत्र त्यत्रो स्वर्ग सुख्ख र नर्कको दुख्खको कुरा गर्नेहरूलाई  कतै आफुपनि नर्कमा परिन्छ कि भन्ने चिन्ता त लाग्नु पर्ने थियो । नर्क मै पर्छु कि भनेर चिन्ता गर्ने गरेकाहरु देखिन । मृत्युपछि उनीहरू स्वतः स्वर्ग पुग्छन् भन्ने जस्तो उहाँहरुको भाव थियो । उहाँहरु मध्य कोही ब्राह्मणहरु, कोही गेरु बस्त्र लगाइ सकेका जोगीहरु, स्वामीहरु पनि हुन्थे । उनीहरु मध्य कोहीकोही त आफैले भागवत पुराणका यज्ञहरुमा प्रवचन भन्नेहरु पनि हुन्थे । यसरी भागवत पुराणका प्रबचन अरुलाई भन्दै सिकाउदै आएकाहरुलाई उनीहरुको स्वर्गको बाटो कसैले छेक्ने त कुरै भएन भन्ने जस्तै भावहरु ती भागवत पढ्ने पण्डितहरुको थियो । स्वर्गको चर्चा गर्ने, स्वर्गको बाटो देखाउने र स्वर्गमा पुर्याएर आउने कामको जिम्मेवारी नै तिनै ब्राह्मण, जोगीहरूको हो भन्ने भाव थियो । त्यहि स्वर्ग पठाएको कार्यको धन्यवाद स्वरूप दिइएको दक्षिणा हातमा लिएर गोजीमा हालेर आफ्नो खुट्टामा ढोग गर्न सजिलै गरेर दिन्थे उनीहरूले । भने उनीहरू आफै मरेपछि स्वतः स्वर्ग नपुग्ने त कुरै भएन । भने त्यहाँ अरू उपस्थित सहभागी मानिसहरु पनि आफुलाई कोही भन्दा कमी ठान्नेहरू थिएनन् । उनीहरुले पनि कति पूजा, ब्रत, यज्ञ, तिर्थयात्रा, दान गरिसकेका थिए । त्यसैले उनीहरु पनि स्वतः स्वर्ग नै पुग्नेछन् भन्ने विश्वास भएको जस्तो भान थियो । तिनीहरु मध्यमा आफु मरेपछि कतै नर्कमा बास बस्नु पर्लाकि भनेर सोच्नेहरु कोही थिएनन् । तिनीहरुको बिचारमा मरेपछि नर्कमा पर्नेहरु भनेको त ब्राह्मणको कुरा नसुन्ने, पूजाआजा नगर्ने, आफ्नो कामधन्दामा मात्र व्यस्त रहने, पूजामा बोलाएको बेलामा नआउने, भगवानका नाममा गरिएका कार्यहरुमा चन्दा पनि नदिने, दक्षिणा नदिने वा कम दक्षिणा दिनेहरु होलान् जस्तो भाव थियो । सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? तेस्रो नेत्र के हो ?  भन्ने प्रश्नको अर्थ नबुझेर अझै कतै खोज्दै गरेको जस्तो कोही लागेन उनीहरु मध्यमा । भगवाननै सृष्टिकर्ता, पालनकर्ता र सँहारकर्ता हुन् भनेर सबैलाई कण्ठ थियो । यो पृथ्वी, सुर्य, हिमाल, डाँडाकाँडा, नदिनाला, जीव जन्तुहरू सबै भगवानले सृष्टि गरेका हुन्, यो जीवन पनि भगवानले दिएका हुन् र हाम्रो मृत्युपछि उनै आएर लैजान्छन् भन्ने भाव सबैभन्दा सिपालु पण्डितदेखि तिनका कुरामा लहैलहैमा लाग्नेहरुको थियो । तर उहाँहरुको भाव र मेरो भाव फरक थियो । प्रमाण नभइकन केही विश्वास गर्न हुन्न । यदि यी धर्मशास्त्रका कुराहरू सहि हुन् भने केही न केही प्रमाणहरू अवश्य हुनु पर्ने हो । प्रमाण यदि कतै छैनन् भने यी कुराहरु जती मिठा भए पनि सत्य नहुन सक्दछन् । त्यसैले म तिमीहरुको पछि लहैलहैमा लाग्न सक्दिन भन्दै मनमनै सोच्दथेँ ।
सृष्टि के हो ? जीवन के हो ? र मृत्यु के हो ? तेस्रोनेत्र के हो ? भन्ने प्रश्नहरु मेरो मनमा जाग्न थालिसकेको थियो । उमेर त सानै थियो कुनै जिम्मेवारी उठाउने बेला थिएन । तर सानै उमेरमा पनि अरु मानिसहरु, आफन्तहरु मरेर गएका देखिए, मानिसहरु बिलापमा रोएका देखिए र ती मानिसहरु फेरी कहिल्यै फर्केर आउदैनन् रे भन्ने सुन्दा देख्दा अचम्म लाग्थ्यो र मन भित्रभित्र डर, त्रास, अन्योलता लाग्दथ्यो भने यस बारेमा बुझ्रु अति आवस्यक छ भन्ने कौतुहलता पनि जाग्दथ्यो  । यसै गर्दै गर्दै हुर्कदै गइयो । यसरी बाल्यकाल देखिको सँगत, रितीरिवाज, चलन, पारिवारिक शिक्षाले म मा यस्ता जिज्ञासाहरूका बिउ जगाएका रहेछन् र जीवन भर तिनै प्रश्नहरूका अपुरा जवाफहरूका पूर्ण जवाफहरु र रहस्यहरु खोज्दो रहेछु ।
कलेजमा विज्ञान विषय लिएन पढ्न थालेँ । कलेजको विज्ञानको पढाइमा भौतिकवादका मात्र कुराहरु गरिन थालियो । भौतिकवाद भनेको संसारको सृष्टि यिनै ढुङ्गा, माटो, पानी, हावा मिलेर बनेका हुन्छ । अझ नजिकबाट भन्दा विज्ञानको केमेष्ट्रीशास्त्रमा भने अनुसार सन्सारमा करिब १०९ जति तत्वहरु छन् । तिनै १०९ वटा तत्वहरुको विभिन्न समिश्रणहरुको रुप र तिनीहरूको एक आपसको स्वचालित लेनदेन हो यो संसार  । यस संसारको सृष्टि र सन्चालनमा कुनै बाहिरी दैव्य शक्तिको सहभागीता छैन । मानिसको जीवनमा उस्को मृत्युपछि केही पनि बाँकी रहदैन । तिनका यादहरुमात्र बाँकी रहन्छन् भनेर भनिएको छ । होला त नी भनेर विज्ञानको भरमा परेँ । तर मनमा प्रश्न जाग्थ्यो । त्यसो भए यी गाउँलेहरुले, विभिन्न जात, धर्म, संस्कारहरूमा गरिने गरेका कुराहरू र कर्महरु के हुन त ?,  सबै ख्याल ख्याल मात्रै हो त ? सबै रूढिवादीमात्रै हुन् त ? भन्ने लाग्दथ्यो ।
कलेजमा पढ्दै गरेको विज्ञान बिषय असाध्यै मन पर्यो । मलाई स्कुल पढ्ने बेलामा गणित विषय खुब मन पर्थ्यो । स्कुलमा पढ्दा गणितका फर्मुला घोक्दा र हिसाबहरु गर्दा असाध्यै मज्जा लाग्थ्यो । तर पनि कलेजको विज्ञानका बिषयहरु बायोलोजी, केमेस्ट्री, फिजिक्सका पढाइहरुले अझ फराकिलोसँग सोच्न सक्ने बनायो । यसरी नै दिनहरु बित्दै थिए । भविष्यको बाटो कुन रोज्ने भन्ने र कसरी जीवनमा सफल हुने भन्ने तर्कहरुमा परिवारमा सरसल्लाह, साथीभाइहरुका कुराहरु, समाजको कुराहरु सुन्दै जाँदा अगाडिको पढाइमा डाक्टर बन्ने चाहना जाग्न थाल्यो । समय बित्दै गए सङ्गै पढाइले पनि उचाईमा उक्लिन थाल्यो । विज्ञानको पढाइ साथै चिकित्शासास्त्र पढ्ने र चिकित्शासास्त्रमा उच्च शिक्षा हासिलगर्ने अवसर मिलेर विदेशमा पढ्न गइयो । पढाइका साथै तर्कहरूले झन गहिरिदै जान थाल्यो र आफ्नो ती पढाइहरूमा भौतिकवादका कुराहरु स्पष्टै आउन थाल्यो । विज्ञानका गहिराई पुग्दा यहाँ कुनै भगवानहरु छैनन् भनेर संसारभरका प्रशिद्ध ठुला ठुला विज्ञानका प्रमुख न्युटन,आइन्स्टाइनहरुले भनिसकेका रहेछन् । अब त झन विश्वास गर्नै पर्यो र विश्वास पनि बढ्न थाल्यो भौतिकवादमा । यसमा  कुनै आनाकानी हुँदै भएन । संसार यदि भौतिकवादले भनेको जस्तै ढुङ्गा, माटो, पानी, हावाका मात्रै हो भने लौ त भौतिकवादनै सही भन्न थालेँ । झन सजिलो भो पूजा गर्नै नपर्ने रहेछ जस्तो लाग्न थाल्यो । तर पनि जतिजति भौतिकवादका कुरा सामुन्ने आउँथे मेरो अगाडि अन्य प्रश्नहरु जाग्दथ्यो । त्यसो भए मेरो गाउँ, शहर वरपरका मन्दिरहरु के हुन् त ? ती मन्दिर भित्र भएकाहरु को हुन् त ? ती मुर्तीहरु ढुङ्गा मात्रै हुन् त ? भन्ने लाग्दथ्यो । आफु भित्र धर्म संस्कार प्रति अविश्वास र शङ्का जाग्न थाले पनि बाहिर अरुका अगाडि अनादर गरेर कहिले पनि व्यक्त गरिन । अरुको अनादर गर्न हुँदैन भन्ने थाहा थियो त्यसैले कसैको पनि र कुनै पनि अन्य धर्म, संस्कारहरू प्रतिको अनादर कहिल्यै मनमा जागेनन्  र कुनै अनादरका शब्दहरु कहिल्यै मुखबाट बाहिर आएनन् । तर यी सबै मानिसहरु झुटा कुराका पछि लाग्या हुन् त ? भनेर मन भित्र सँधै प्रश्न जागिरहन्थ्यो । अब म के गरूँ, कुन बाटो अपनाउँ भन्ने सोच मन भित्र आइरहन्थ्यो ।
पोखरा शहरमा थुप्रै लोकप्रिय मन्दिरहरु छन् । आफु सानो छँदा पोखरा वरपरमा भएका सबै मन्दिरहरूमा पटकपटक गएको छु, पूजा गरेको छु, घण्टी बजाएको छु, प्रसाद खाएको छु । मेरो बाल्यकाल तिनै मन्दिरहरुको वरपर बितेको थियो । तर कलेज पढ्न थालेर भौतिकवादको कुरा बुझ्न थालेपछि आफ्नो नजिकका ती सितला देवी मन्दिर, भद्रकाली मन्दिर, बिन्ध्यबासिनी मन्दिर, तालबाराही मन्दिरहरूमा जान छोडेँ । अरु सङ्गसङ्गै साथी भएर जानु परेर त्यहाँ गएको बेलामा पनि मन्दिर भित्र पस्न र प्रसाद खान छोडेँ, प्रसादहरू खान मन नलाग्ने हुन थाल्यो । कहिलेकाहीँ अरूको साथमा मन्दिरमा गएका वेलामा आफुसँगै गएका साथीहरु कसैले बाहिर फुल ल्याइदिएछन् भने यसो टाउकोमा फुल राख्ने गर्थेँ । भगवान छैनन् भने अरुको लहैलहैमा म किन लाग्ने ? अरुले जे सुकै गरुन् तर म गर्दिन भन्ने भावहरु आउँन थाले ।
तर भगवान छैनन् भन्ने प्रमाण पनि त छैन भन्ने लाग्दथ्यो । यसै विज्ञानको आधा कुरा सुनेर मात्रै पनि भएन । वास्तविकत कुरा कहाँ र कस्ले भनेको छ त भनेर मनमा प्रश्न जागिरहन्थ्यो । समय बित्दै गए सँगसँगै पढाइले अझै माथिल्लो क्लास उक्लन थाल्यो । विज्ञानका अझै नयाँ विषयहरु पढाइ हुन थाल्यो । ती सबै पढाइमा भौतिकवादको तर्क स्पष्ट थियो । त्यहि वादको पछि लाग्दै गएँ तर आफ्ना जीवनमा झन नयाँ नयाँ अनुभवहरु आउँथे जस्ले विज्ञानका भौतिकवादका तर्कलाई गलत वा अपुरा बनाउन खोज्दथ्यो । अरु मानिसहरुको अनुभवहरू सुन्ने, देख्ने, अन्य विभिन्न किताबहरु पढ्ने, विभिन्न खालका फिल्महरु हेर्ने मौका पाइयो जिवनमा । मानिसले बुझ्न नसकेका र विज्ञानले पनि बुझाउन नसकेका तर मानिसहरुले भोगिरहेका थुप्रै घटनाहरू रहेछन् । कुनै तर्क लगाउन नसकिएका, वैज्ञानिक आधार नभएका तर मानिसले भोगिरहेका विभिन्न अनुभवहरुका खबरहरु देख्ने र सुन्ने थुप्रै अबसर जीवनमा प्राप्त भए । मैले खोजिरहेको, मैले देख्ने र बुझ्रने भएर  होकि मेरो वरपरनै त्यस्ता घटनाहरू घट्थे जुन कुरा विज्ञानले बुझाउन सकेको थिएन । मानौँ  मैले तिनीहरूलाई खोजिरहेको छैन कि ती घटनाहरूले मलाई खोज्दै पिछा गर्छन्, मेरो अगाडि  आएर ती घटनाहरू घट्छन् र त्यस्ता घटनाका खबरहरूले मेरो कानमा नै सुन्नमा आउँछन् जस्तो लाग्दथ्यो कहिले कहिले । जीवनको यात्रामा यस्ता यस्ता विज्ञानले वर्णन गर्न नसकेका सयौँ घटनाहरू मेरा अगाडी घटे र कति यस्तै घटनाहरूका समाचारहरू सुन्नु पर्यो । मेरो अगाडी  यस्तै यस्तै घटनाहरू घट्न थाले पछि म वास्तबमा मन भित्रभित्र, भयवित र त्रसित थिएँ, मेरो वरपर कुनै खतरनाक शत्रु घुमिरहेको छ र मलाई अकाल मृत्युले घेरेको छ भन्ने आभास हुन थालेको थियो ।

 विज्ञानले के भन्छ ?

विज्ञानका सबै उपलब्धिहरु यहाँ उल्लेख गर्न तिर नलागौँ । तर मेरो जिज्ञासा र चासोका विषयहरुमा विज्ञानको के उत्तर र प्रतिकृयाहरु छन् भन्ने तिर मात्र छोटो चर्चा गर्न चाहन्छु । फिजिक्स, केमेष्ट्री, बायोलोजी, मेडिकल साइन्सहरुको अध्ययन र विकासको क्रममा पछिल्लो १०० बर्षमा विज्ञानले ठुलो फड्को मारेको छ । तर पनि सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? तेस्रोनेत्र के हो ? भन्ने कुराहरुमा विज्ञान अझै अनभिज्ञ र अनजान छ । त्यसैको त्यो रहस्य पत्ता लगाउन विज्ञानमा विभिन्न प्रयासहरु र प्रयोगहरु भइरहेका छन् ।
आजसम्मको विज्ञानले दिन खोजेको परिभाषालाई भौतिकवाद भनिन्छ । भौतिकवाद भनेको संसारको सृष्टि यिनै ढुङ्गा, माटो, पानी, हावा मिलेर बनेको हुन्छ । खुल्ला रुपमा बिरोध गरेर अरु बिचार तर्क र वादको बिरोधमा नबोले पनि भौतिकवाद भन्दा भिन्न अरु केही बिचारहरु आएछन् भने वैज्ञानिकहरु ती सबै बिचार र तर्कहरुलाई प्रमाण नभएका भनेर रुढिवादी बिचारहरू हुन् भन्दछन् । त्यसैले हाम्रो समाजमा मानिदै आएका देवी देवता प्रतिको विश्वास, तिनीहरुको चर्चा, कथा, तिनीहरुका नाममा गरिने पूजाआजाहरू सबै बिना प्रमाणका हुन् र सबै रुढिवादी प्रथाहरु हुन् भनिएकोछ । मृत्युपछि मानिसको सबै कुरा सिद्धियो, केवल उसका यादहरू मात्र बाँकी रहन्छन्, मृतकका तिनै यादहरूलाई जे गर्न मन लाग्छ गर भन्छन् विज्ञानका किताबहरूले र  विज्ञानका गुरूहरूले ।
हुन त विज्ञानको क्षेत्रमा पनि मरिसकेका मानिसहरुको राम्रा यादहरुलाई पटकपटक सम्झने, प्रशंसा गर्ने र नराम्रा यादहरुको बिरोध, भर्सना गर्ने गरिन्छ । तर ति यादहरूमा मरिसकेकाहरुले गरेका कामहरु, तिनले छोडेर गएका कामहरुको प्रभावहरु, उपयोगी किताबहरु, तिनले गरेका आविष्कारहरु, तिनीहरुले बनाएर गएका उपकरणहरुको मात्र यादहरू गरिन्छन् । जस्तै मरिसकेका ठुलाठुला वैज्ञानिकहरुका नाम राखिएका थुप्रै शिक्षण सँस्थानहरु, अनुसन्धान सँस्थानहरु, उपकरणका नामहरू हुन्छन्, तिनिहरूले निकालेका तर्कहरूमा पनि तिनैका नाम जोडिएको हुन्छन् । यी सबै कार्यहरू गर्दा तिनीहरूको कामको मात्र याद गरिएको हो । तर ती मरिसकेकाहरु मृत्युपछि कुनै अवस्थामा अझै जीवित छन्, कतै बसेका हुन्छन्, तिनले आज पनि हामीलाई हेरीरहेका छन् वा आज पनि तिनीहरुसँग केही सम्बन्ध रहिरहेको छ भन्ने भाव र तर्कलाई विज्ञानले अश्विकार गरेको छ । तर धर्म र संस्कारहरूमा ती मरिसकेकाहरु मृत्युपछि कुनै अवस्थामा अझै जीवित छन्, कतै बसेका हुन्छन्, तिनले आज पनि हामीलाई हेरीरहेका छन् वा आज पनि तिनीहरुसँग केही सम्बन्ध रहिरहेको छ जस्तै गरेर कार्यहरू गरिएका हुन्छन् । त्यसैले धर्म संस्कारहरुमा गरिने सबै खालका पितृकार्यहरुलाई विज्ञानले रुढिवादी प्रथाहरु र तर्कहरु हुन् भन्दछन् ।
चिकित्साशास्त्र त अझ मानव शरिरको र मानव जीवनको अध्ययन गर्ने विज्ञानको बिभाग हो । यस विज्ञानले मानव शरिरको रचना, कार्य क्षमता, रोग र उपचार विधिहरुको अध्ययन र उपयोगको जिम्मेवारी लिएको छ । तिनै जिम्मेवारी अन्तर्गत चिकित्साशास्त्रलाई मानव जीवन सम्बन्धित विभिन्न खोज, प्रयोग, निष्कर्ष गर्ने जिम्मेवारी सुम्पेको छ समाजले । त्यसै महत्वपूर्ण जिम्मेवारी लिएको भनेर विस्वास गरेको भएर यदि उपचारका क्रममा बिरामीको मृत्यु भएमा पनि डाक्टरहरु दोषी ठहरिदैनन् । यदि विज्ञानलाई थाहा भइसकेको कुरा डाक्टरहरुको लापरबाहिले गल्ती गरेको ठहर हुन गएमा त अवश्य डाक्टरहरु तथा अन्य डाक्टरका सहयोगीहरु दोषी मानिन्छन्, नत्र डाक्टरहरुले गरेका कोसिसहरुलाई असफल हुँदा पनि  विश्वास र आदरले हेरिन्छन् । ती डाक्टरहरूले भरसक जानेर गल्ती गर्दैन् भन्ने जनमानसको भाव र विश्वास हुन्छ । डाक्टरहरू, नर्सहरू भनेको बिरामीको लागि अन्तिम अवस्थासम्म पनि बिरामीको भलो चाहने व्यक्ति र समुह हुन् भन्दै मानिदै आएको छ । डाक्टरहरुले पनि आफुले पढेको, आफ्नो अनुभवका सबै स्रोत प्रयोग गर्दै बिरामीको ज्यान बचाउने सक्दो प्रयास गर्ने गर्दछन् । बिरामी पनि आफ्नो जीवन बचाइदिन्छन् कि भनेर जीवनको अन्त्यसम्म पनि डाक्टरहरु प्रति त्यतिकै आशावादी हुन्छन् । डाक्टरको बचाउने प्रयासहरु र बिरामीको बाच्ने आशावादी प्रयासहरु हुँदै जीवनको अन्तिम क्षणसम्म पनि विभिन्न ट्याब्लेट खाने र सुइ लगाउने गरिरहेका हुन्छन् । उपचारका क्रममा डाक्टरहरुको बचाउने प्रयास र बिरामीको बाच्ने आशा भन्दा अन्य तेस्रो कुरा हुने गर्दैन । यदि डाक्टरहरुका प्रयासहरु असफल हुन पुगेमा बिरामीको मृत्यु हुन्छ । बिरामीको मृत्युपछि बिरामीले बोल्न र चल्न छोड्छन् र अन्य मृत्युका लक्षणहरु देखिन्छन् । बिरामीका आफन्त मानिसहरु रुने कराउने, बिलाप गर्न थाल्दछन् । डाक्टरहरुले मृत्युको प्रमाणपत्र लेखेर दिए पछि बिरामीको लासलाई बिरामीको आफन्तहरुलाई बुझाइन्छ । त्यसपछि डाक्टरहरुको जिम्मवारी पुरा भएको मानिन्छ । हस्पिटलको त्यस खाली बेडमा पुनः नयाँ बिरामी भर्ना हुन आउँछन् र फेरी त्यही कार्य र तरिका सुरु हून्छ । कोही बचाउन चाहने, कोही बाच्न चाहने सम्बन्ध र सँघर्ष फेरी सुरु हुन्छ । त्यस जीवन मृत्युको सँघर्षमा कोही बाँचेर घर फर्कन्छन् त कोही उपचारगर्दा गर्दै मछर्न् । यो आजसम्मको समाजमा चलि आएको व्यवस्था र चलनचल्ति हो ।
डाक्टरहरुले बिरामीको मृत्युपछि पनि उसका लागी अझै केही गर्नु पर्छ भनेका छैनन् । विज्ञान र चिकित्साशास्त्रले मानिसको शरीर मरेपछि उसको सबै कुरा सिद्धियो भनेकोले नै मृत्युपछि केही व्यवहारहरु गर्नु पर्दैन भन्न खोजेको हो । तर विज्ञान र चिकित्साशास्त्रका विद्वानहरूलाई थाहा छ कि मृत्युपछि हरेक मर्ने व्यक्तिका लागि आफ्नो आफ्नो धर्म र संस्कार अनुसार अझै केही कुराहरु गर्ने चलनहरू छन् । त्यस लासलाई विसर्जन गर्ने भिन्नभिन्न तरिकादेखि ती मरिसकेकाहरुलाई खान दिने, पिउन दिने र तिनीहरुसँग बोल्ने बोलाउने समाजमा चलनहरू हुन्छन् । हरेक धर्म र संस्कारहरुमा यस्ता विभिन्न खालका प्रचलनहरू हुन्छन् भन्ने कुरा सबै वैज्ञानिकहरु र डाक्टरहरुलाई धेर थोर थाहा छ ।

तर धर्म र संस्कारका गुरुहरु मानिसको मृत्युपछि पनि उनीहरूका लागि अझै थुपै कार्य गर्नु पर्दछ भन्दछन् । नत्र मरिसकेकाहरुको  आत्मालाई र अझै जीउदै रहेका आफन्तहरुकाको जीवनमा के के अनर्थ हुन सक्दछ भन्ने आसयका भनाइहरु छन् । अनि सर्वसाधारण जनताहरु अज्ञानताको कारण कुनै ठोस  तरिका, उपाय, विधि थाहा नपाएका कारण त्यो अज्ञात भय र त्रासमा निहुरिन बाध्य हुन्छन् र विश्वास नलागेका चलन चल्तिहरु पनि पालना गर्न बाध्य भइरहेका हुन्छन् । यस्तो अन्योल र एक आपसमा बाँझिएका प्रचलनहरु जनजीवनमा प्रचलित हुँदा हुँदा पनि विज्ञानले र चिकित्साशास्त्रले एक शब्द कतै यस बारेमा व्यक्त गरेको पनि देखिएन । प्रायः सबै डाक्टरहरु बिरामीको विभिन्न तरिकाबाट जाँच गर्ने, अनि छिटो छिटो औषधी सुइ दिने, चिरफार गर्न जानेकाहरूले चिरफार गर्ने काममा हतार र व्यस्त रहेका हुन्छन् । जीवन के हो ? मृत्यु के हो ? भनेर सोध्ने गरेका वा यसका बारेमा अलि नबुझेको जस्तो लागेर अरुलाई सोध्ने गरेका वैज्ञानिकहरु र डाक्टरहरु मैले भेटेको छैन । तिनीहरुबाट जगाइएका त्यस्ता विषयमा कुनै प्रश्नहरु पनि सुन्न वा पढ्न पाएको छैन । जीवन र मृत्युको बारेमा आजसम्म जति ज्ञान उनीहरुलाई प्राप्त छ त्यो नै पर्याप्त छ जस्तो उनीहरुले गरेका छन् । मानौँ उनीहरु आफुले गरिआइरहेको कार्य प्रति ढुक्क छन् ।

कानुनले के भन्छ ?

कुनै मानिसको मृत्युपछि मृत्युको खबर र मृत्युको कागजात कानुनमा आउँछ । कानुन अनुसार उसका जिम्मेवारीहरु र पदहरु अरुलाई सुम्पिने गरिन्छ र उसको सम्पत्ति पनि उसका परिवार वा हकदारहरुलाई सुम्पने गरिन्छ । उसको सम्पत्ति जीवीत रहेका अरु हकवालाहरुले आफ्नो आफ्नो हक अनुसार बाँडेर लिने चलन छ । मृतकका लागि केही सम्पत्ति छुट्याएर राख्नु पर्ने नियम कानुनमा पनि छैन र परिवारका हकवालाहरूले पनि त्यसो गर्दैनन् । मृत्युपछि मृतकका लागी गरिने विभिन्न धार्मीक कर्मकार्यहरुमा जे सुकै गर कानुनलाई मतलब छैन । आफ्नो धर्म संस्कार अनुसार जे गर्न मन लाग्छ गर, गर्न मन भए गर, गर्न मन नभए नगर भनेको छ कानुनले । यो नै मृत्युको बारेमा कानुनले दिएको परिभाषा, वर्णन, अधिकार, नियम र चलन हो ।

धर्म संस्कारहरु के भन्छन् ?

सबै जसो धर्म संस्कारहरुमा सृष्टि र जीवनको बारेमा प्रायः उस्तै उस्तै बिचार दिइएको छ । प्राय: सबै धर्म र संस्कारहरुमा भगवान नै सृष्टिका रचना कर्ता, पालन कर्ता, सँहारकर्ता हुन् भनिन्छ । त्यस अनुसार मानिसको जीवन भगवानले दिएका हुन् र मृत्युपछि लिएर जाने पनि उनैले हो भन्ने चलन छ । धर्मात्मीहरुलाई स्वर्गमा लैजान्छन् पापीहरुलाई नर्कमा लैजान्छन् भनिन्छ सबै धर्मशास्त्रहरुमा । शब्द, भाषाहरु एउटै नभए पनि सबैको भाव यही हो । यसैलाई आध्यात्मवाद भनिन्छ । त्यसो भए त राम्रै हो रहेछ त । सबै धर्म र संस्कारहरुका एउटै बिचार रहेछन् भने सबै सङ्गै मिलेर बसौँन त भनेर भन्ने हो भने ती विभिन्न धर्म संस्कारहरूका सृष्टि चलाउने भगवानहरु आफ्ना आफ्ना भिन्नै भिन्नै छन् । ती भिन्न भिन्न भगवानहरुका नाम र अनुहार एक आपसमा पटक्कै मिल्दैनन् । त्यसैले होला विभिन्न धर्म संस्कारका मानिसहरु तिनीहरूका भगवानका गुनगान एकै ठाउँमा सङ्गै बसेर गाउने चलन छैन । संसारमा विभिन्न महादेश, देशहरुमा भिन्न भिन्न समय र युगमा विभिन्न धर्म संस्कारहरूको उत्पत्ति भएको थियो । ती धर्म संस्कारहरुका कुराहरू एक आपसमा केही मिल्दा जुल्दा छन् र एउटै कुरा गरेका छन् जस्तो लाग्छ भने केही केही कुरामा अति भिन्न छन् । त्यही भिन्न कारणले होला तिनीहरू एकै ठाउँमा सङ्गै उभिन सुहाउदैन र एक आपसमा तछाड मछाड, लडभिड, लडाइहरु, झगडाहरु पनि हुने गरेको छ । त्यस्तो भिन्न भिन्न बिचार, तछाड मछाड, लडाइ झगडाहरू भिन्न भिन्न धर्महरुका बिचमा मात्रै नभएर एउटै धर्म, एउटै संस्कार, एउटै शास्त्र भित्रका मानिसहरूमा पनि हुन्छन् । त्यसैले गर्दा ती धर्म र संस्कारहरुमा विभिन्न सम्प्रदायहरु र भिन्न भिन्न चलनहरु छन् । यस्तो विभिन्न सम्प्रदायहरु र भिन्न भिन्न चलनहरु प्रायः सबै जसो प्रचलित धर्म संस्कार भित्र छन् । अर्कै धर्म संस्कारकाहरु सङ्ग आफ्नो बिचार नमिल्नु त स्वभाविकै हो । ती अर्कै धर्म संस्कारकाहरुका भगवानका अनुहारनै अर्कै अर्कै छन् र धर्मशास्त्रका किताबहरू पनि अलग्गै छन् र भाषा रहन सहन अलग अलग होलान्, त्यसो भए पछि तिनीहरू सङ्गै बस्न नमिल्ने कुरा अलिक जायज हो, सङ्गै बस्दा धार्मीक विधिमा र मन्त्र उच्चारणमा एक आपसमा बाधा पुग्न जाला । तर एउटै धर्म, एउटै धर्मशास्त्र भित्रका र एउटै नाम र अनुहार भएका भगवानका चेलाचेलीहरु पनि भिन्नभिन्न कुराहरू गर्छन्, एउटै कुराका भिन्न अर्थ लगाउँछन्, एउटै कुराका लागि भिन्नै तरिका अपनाउँछन्, एक आपसमा पटक्कै मिल्दैनन् । एउटै भगवानले बोलेका कुराहरु र एउटै शास्त्र पढेका धर्म गुरुहरुमा पनि भिन्न बिचार हुनुमा ती धर्मका गुरुहरू र चेलाहरुले कि त भगवानले बोलेको राम्रो सङ्ग सुन्दैनन् होला या त राम्रो सङ्ग बुझ्दैनन् होला सायद ? त्यसैले पो त तिनको काम गराइ तरिका र अर्थ लगाइ तरिका फरक फरक हुन गयो होला । सबैको नाम लिन तिर नलागौँ । कतै कतैका धर्म संस्कारमा भगवानलाई सिङ्गै हाँसको मासु मन पर्छ कि कुखुराको अण्डा रङ्गाएको मन पर्छ भन्ने कुराको बहस छ । कतै फेरी उभिएर बोलाएको भगवानले राम्ररी सुन्छन् कि बसेर बोलाउँदा भन्नेमा विवाद छ । हिन्दु धर्ममा त चेलालाई प्रचार प्रसार गर्न दुइ चार बर्ष बाहिर टाढा पठायो भने चेला गुरु कहाँ फर्केर आउँदा चेलाको र गुरूको अर्कै अर्कै संस्कार भइसकेको हुन्छ । खोला पारिका ब्राह्मण र खोला वारिका ब्राह्मणले गर्ने कर्महरू फरक फरक विधिका हुन्छन् । एउटै जातका मानिसहरूले गर्ने कर्महरू खोला वारि र पारि बस्नेहरूको फरक फरक हुन्छन् । यस्तो छ आजको समाजमा भएको धार्मिक विधि र बिचारहरु ।

तर पनि मृत्युको बारेमा ती सबै धर्म र संस्कारहरुमा सबैको बिचार एक आपसमा केही मिल्दो जुल्दो छ र वैज्ञानिकहरुको भन्दा फरक छ । वैज्ञानिकहरु मानिसको शरिर एउटा छ भनेर भन्दछन् र मानिस मरेपछि मानिसको वास्तविक अस्तित्व सिद्धियो भन्दछन् । तर विभिन्न धर्म, धर्म गुरू र संस्कारहरुको भनाइ अनुसार मानिसको शरीर भौतिक शरीर र आत्मा शरीर दुइवटा  हुन्छ भन्दछन र मानिस मरेपछि पनि उसको आत्मा जीवित रहन्छ भन्दछन्  तिनै मरेपछि पनि बाँकी रहेको आत्माको चाहना पुरा गर्न विभिन्न कार्यहरु गर्नु पर्दछ भनेर धर्म गुरुहरु सिकाउँछन् । यसरी यी कुराहरूमा धर्म गुरूहरू र विज्ञानका गुरूहरूको जीवन र मृत्युको बारेमा तर्क र धारणा स्पष्ट फरक रहेको छ ।
तर पनि ती धर्म र संस्कारका गुरुहरुले आफ्ना भगवानहरु पक्कै छन् भनेर प्रमाण दिन सक्दैनन् र आत्मा हुन्छ भनेर पनि प्रमाण दिन सक्दैनन् । मानिस मरेपछि तिनका लागि गरिएका कर्महरु सही र सत्य छन् भनेर देखाउन सक्दैननन् । मरेकाहरुका लागि दिइएको पानी, धुप, खानेकुरा, कपडा, अन्य सामानहरु तिनीहरुले हातैमा पाउँछन् वा पाइसके भन्नेकुराको कुनै प्रमाण कुनै पनि धर्म संस्कारमा देखाउने चलन वा देखाउने क्षमता छैन । धार्मिक गुरुहरुको बिचारमा मानिस भगवानले रचना गरेको हो, मरेपछि भगवानले लैजानु हुन्छ, ती भगवानका चर्चा नगर्ने, भगवानका पछि नलाग्नेहरु कहिल्यै स्वर्ग जानेछैनन्, त्यसैले भगवानका क्षमता र कुरामा भरोसा नगर्ने ती वैज्ञानिकहरु सबै पापीहरु हुन् र ती वैज्ञानिकहरु मरेपछि स्वतः नर्कमा पर्नेछन् भन्ने गर्छन् । यही बिचारले विज्ञान र धर्म संस्कारलाई दुइटा अलग अलग बाटोमा हिँडाएको छ । यसरी वैज्ञानिकहरु र धर्मगुरुहरुमा मत भिन्नता रहेको छ ।

(आजम्म संसारमा जति पनि लडाइ झगडाहरु भएका थिए वा आज पनि भइरहेका छन्, तिनीहरुमा बढी जसो झगडा र लडाइ यिनै धर्म संस्कारका नाममा गरिएका छन् । धर्मका नाममा विभिन्न स्वार्थहरु पनि अगाडि सरेका होलान् । यदि भगवान साँचैकै छन् भने ती भगवान पक्कै पनि सबैका लागि बराबर र समान हुनुपर्ने हो । कुनै एउटा देश, जाती वा सम्प्रदायको नियममा बाँधिएर अर्का सम्प्रदायको हानी गर्न चाहने गर्नु हुन्न होला भगवानले । यदि भगवान साँचैकै हुनुहुन्छ भने तिनको अनुहार सबैले देख्थे होलान् अनि भगवानका अनुहारका आधारमा लडाइ झगडा पनि गर्न पर्दैनथ्यो होला । यदि कुनै दिन मानिसमा भगवानलाई देख्ने क्षमता, भगवानका कुरा सुन्ने क्षमता र भगवानले दिनुभएको अर्तिको सही अर्थ लगाउने क्षमता आयो भने त्यस पछि कुनै धर्मगुरुको आदेश र इशारामा लडाइ झगडा गर्न नपर्ने दिन आउथ्यो होला । हामीलाई चाहिने आदेश र इशारा भगवान स्वयमले दिन्थे होलान् । हैन भने सधै यस्तै भाँडभैलो रहिरहने होला यस संसारमा ।)

समाजमा के भन्छन्  ?

समाजमा साधारण रुपमा विभाजन गर्ने हो भने मुख्य रुपमा तिन प्रकारका मानिसहरु हुन्छन् ।
सर्वसाधारण जनताहरु:  समाजमा जति सुकै धर्म र संस्कारको कुरा गरे पनि वास्तविकतामा सर्वसाधारण जनताहरुले गहिराइमा केही बुझेका हुँदैनन् । तिनीहरुले विज्ञानका कुरा गरे पनि र धर्म संस्कारका कुरा गरे पनि दुबैपक्षका कुराहरु गहिरिएर पढेका, बुझेका हुँदैनन् र दुबैपक्षका कुराहरु अलि अलि मात्रै बुझेका हुन्छन् । त्यसैले साधारण मानिसले आफुलाई जुनसुकै धर्मको वा संस्कारको हुँ भने पनि उसले गरिआएका सबै कार्यहरु र कर्महरु अरुको देखासिकिमा नै गर्दै आएका हुन्छन् । आफ्ना आमा बुबाका पालामा गर्ने गरेको भन्दा यसो दुइचार कुरा केही थप्न वा केही घटाउन भ्याएका हुन्छन् । त्यहि थपिएका कुरामा अर्का अर्का पुस्तामा अलिकति अलिकति थप्दै घटाउदै जाँदै आजको संस्कारहरु बनेको हो । त्यसैले एउटै धर्म र संस्कार भित्रका मानिसहरुमा पनि अलि ठुला नदीका वारि र पारि, डाँडा, जङ्गल वारिपारि बसोबास गर्ने मानिसहरुको रहन सहन, संस्कारहरु फरक फरक हुन्छन् ।
धर्म गुरुहरुः   यिनीहरु सिद्धान्तले आध्यात्मवादको अनुयायी हुन्छन् । आफ्नो धर्मका शास्त्रहरू पढेका, धर्म सम्बन्धित रितीरिवाजहरू गर्न जानेका, धार्मीकशास्त्र अनुसारका प्रवचनहरू दिन जानेका हुन्छन् । ती धर्मगुरुहरुले वैज्ञानिकहरुलाई अधर्मी पापी भने पनि, मौका परे यसो गालि गरे पनि, ती वैज्ञानिक भन्दा हामी ठुला हौँ भनेर पटक पटक भने पनि व्यवहारमा पनि फरक भएर अलग ठुलो हुन सकेका हुँदैनन् । धर्मगुरुहरुले ती अधर्मी वैज्ञानिकहरुले बनाएको गाडीमा चढ्ने, तिनीहरुले बनाएको बिजुली बत्ती बाल्ने, तिनीहरुले बनाएको टेलिफोनमा कुरा गर्ने गरेका हुन्छन् । आज धर्म गुरुहरुलाई जुन भौतिक सुविधा उपलब्ध छ ती सबै प्रायः विज्ञानले उपलब्ध गराएको विधीहरु र उपकरणहरु हुन् ।

वैज्ञानिकहरुः  यिनीहरु आफुहरू भौतिकवादको अनुयायी हौँ भन्छन् । धर्म संस्कार मान्ने आध्यात्मवादीहरुलाई रुढिवादी हुन् भने पनि आफ्नो लागी धार्मिक कर्महरु केही गर्दिन भन्न सक्दैनन् । आफ्नो आफ्नो संस्कारका अनुसार यसो कहिले कहिले भन्दै आफ्नो आफ्नो संस्कार अनुसारका मन्दिर, मस्जिद, चर्च, गुम्बा जाने गर्दछन् । मानिस मरेपछि केही रहदैन भन्दै आफु बुढा भएका भए पनि आफु मरेपछि मेरो लागि मृत्युपछिको कार्यहरु जस्तै पानी दिनु, खानेकुरा खुवाउनु, कपडा, खाट, कुर्ची चलन अनुसारको दिनु भनेका हुन्छन् र आफ्ना लागि क्रिया खर्च छुट्याएकै हुन्छन् । सबै विज्ञानका प्रोफेसरहरू, सबै मेडिकल डाक्टरहरुले आफ्नो आफ्नो धर्म अनुसार मृत्युपछिको कर्म, क्रिया गर्ने व्यवस्था मिलाएका हुन्छन् ।

यो के उचित हो ? आफु जीवन भर भौतिकवादको ओकालत गर्ने, मर्ने बेलामा आध्यात्मवादको पनि आड लिने यो त भएन । यो त दोधारे कुरा भयो । यो कार्यले त अरु मानिसहरुलाई धोका दिएको भयो । अरुलाई त लौ जेसुकै होस तर यो त अझ आफैलाई  दिएको धोका हो, आफ्ना परिवार, वरपर छिमेकी, विद्यार्थी र आफ्नो विज्ञानलाई  दिएको धोका हो । आफुले जीवनको अन्त्यमा आध्यात्मवादको आडलिन बाध्य भएको कुरा आफ्ना विज्ञानका क्षेत्रमा भनिदिनु पर्ने थियो । जीवनभर भौतिकवादको समर्थन र प्रचार गरेको भए पनि जीवनको अन्त्यमा आउदा म आफ्नो भौतिकवादमा पूर्ण विश्वास नभएकोले मरेपछि अझै केही चाहिने हो कि भनेर आध्यात्मवादको विधि पनि अपनाउने निधो गरेको  छु भनेर आफ्ना विज्ञानका सहकर्मी र आफ्ना किताब पढ्ने विद्यार्थीहरूलाई भनिदिनु पर्ने थियो । केही पनि नभएको जस्तो गरेर आफ्नो सिद्धान्तको लाइन छोड्न मिल्दैन । किनकी भौतिकवाद र आध्यात्मवाद दुइ एकदम फरक बिचारहरु हुन् । यसलाई घोलेर एकै ठाउँमा ल्याउन मिल्दैनथ्यो । विज्ञानका नाममा उच्च शिक्षाका प्रमाणपत्रहरू लिएकाहरू, विज्ञानका नाममा पद र जिम्मेवारी ग्रहण गरेकाहरू, त्यसै अनुसारका कामगरेकाहरू, अरू लाई त्यहि कुरा सहि हो भन्दै किताब लेखेकाहरू, अरूलाई सिकाउदै  प्रोफेसर हुँदै  हिडेकाहरू, अन्तराष्ट्रिय सेमिनारहरूमा भाग लिदै हिडेकाहरू जीवनका अन्त्यमा आउदा त पग्लेर  आध्यात्मवादका गुरूहरूका चरणमा पुगेर गुहार माग्दा रहेछन् । यस्ता कार्यहरू संसारभरका भौतिकवादीहरूले गर्ने गरेको पाइयो ।

यसरी हाम्रा विज्ञानका गुरुहरुले अन्त्यमा आएर मेरो लागि पनि मरेपछिको क्रिया कर्म गरिदेउ भनेर खर्च छुट्याउनुको मतलब हो विज्ञानले भनेका कुराहरु सबै सत्य छैनन् । वैज्ञानिकहरु आफ्नो सिद्धान्तमा परिपक्व छैनन् । विज्ञानले भनेको कुराले मात्र जीवनको सबै घटना, समस्याहरुको अर्थ र उपाय नपाइएका अनुभव गरे होलान् ती वैज्ञानिकहरुले पनि । त्यसो भए सृष्टिको रहस्य, जीवनको रहस्य, मृत्युको रहस्य र तेस्रोनेत्रको रहस्यहरुका बारेमा विज्ञानले थुप्रै कुराहरु गहिरिएर बुझ्न बाँकी रहेछ ।

मेरो चित्त बुझेको थिएन ।

आफ्नो जीवनमा विभिन्न पूजाआजाहरु गरियो । साँचै भनु भने मेरो बाल्यकालनै तिनै मन्दिरहरुको वरपर खेल्दै बित्यो भने आज कलेजमा पढ्न थाले पछि ती मन्दिरहरुमा जान छोडेँ । अरुका लहैलहैमा ती मन्दिरहरुमा जाँदा पनि मन्दिर भित्र नपस्ने, मन्दिरको प्रसाद नखाने वा खासै मतलब नगर्ने भइ सकेको थिएँ । अरू मन्दिरहरूमा जस्तै काठमाण्डौको पशुपतिनाथ मन्दिरमा जाँदा पनि भित्र पस्न मन लागेन । हुनत मेरो बिचारमा कुनै ठोस निणर्य, परिभाषा त आइसकेको थिएन । तर यी ढुङ्गाका मुर्ति मात्र हुन् या यिनमा गरिएका पूजा कसैले देख्ने वा सुन्ने, आशिर्वाद दिने, मनोकामना पुरा गरिदिने पनि गर्छन्, म बुझेर मात्रै यी कार्य गर्ने छु, अहिलेलाई हो पनि भन्दिन हैन पनि भन्दिन भन्ने मेरो भावना र बिचार थियो । मेरा ती जिज्ञासाहरु एकै दिनमा पैदा भएका होइनन् । सानै उमेर बाटै उठेका प्रश्नहरु भए पनि सानै उमेरमा जागेका ती प्रश्नहरु त्यति स्पष्ट र दरिला थिएनन् । सानो उमेर जागेका जिज्ञासामा पृथ्वि के हो ? कत्रो होला ? सुर्य कत्रो होला ? आकासबाट पानी कसरी किन पर्छ ? आकासमा गड्याङ्ग गुडुङ्ग किन र कसरी हुन्छ ? भन्ने जस्ता बच्चाकै जिज्ञासाहरु थिए । मेरो ती जिज्ञासाका जवाफ कतै गएर खोज्ने सोच र योजनाहरू थिएनन् । समय बित्दै गए । म पनि पढ्दै पढ्दै हुर्कदै गएँ । समय साथ साथै ती प्रश्न र जिज्ञासाहरुपनि म सङ्ग सङ्गै हुर्कदै झन बलिया दहरा हुदै जान थाले । अलि पछिका उमेरमा तिनै सोचहरु अलि कठोर हुन थालेका थिए । कलेजमा विज्ञान विषय लिएर पढ्न थालेपछि भौतिकवाद, आध्यात्मवादका परिभाषाहरु बुझ्न थालियो ।

सम्पर्कहरु

मन्दिर नजाँदैमा र मन्दिरको प्रसाद नखाँदैमा जीवन रोकिने हैन रहेछ । डाक्टर बन्ने, जनताको सेवा गर्ने र उपचार गर्ने चाहना बलियो बनाउने बेला आयो । म मेरो पढाइ अझै अगाडी बढाउदै हेल्थ असिस्टेन्ट कोर्स पुरा गरेँ । त्यहाँ पढाइएका मेडिसिनका विषयहरुले मेरो जिज्ञासाहरूको उत्तर दिएनन् । झन जिज्ञासाहरु थपिदै बलिया हुँदैगए । जागिर खाने क्रममा नेपालका विभिन्न दुर्गम जिल्लाहरु हुम्ला, म्याग्दी हुँदै पोखराको क्षेत्रिय अस्पतालमा पनि सेवा गरेँ । समाजमा कस्ता कस्ता रोगहरु छन् र कतिपय रोगहरुको उपचार डाक्टरहरुले गर्न सकेका छैनन् र मानिसहरु अझै रुढीवादी तरिका अपनाउने गरेका छन् भनेर थाहा भयो । कति रोगहरूको उपचार गर्न मानिसहरू सिधै लामा, झाँक्रि, फुक्ने कहाँ जाने गर्दछन् किनकि मानिसहरूलाई थाहा छ कि डाक्टरकहाँ गएर त्यस्तो रोगको उपचार हुँदैन भनेर । कतिपय रोगहरू डाक्टरको उपचारबाट ठिक नभएर तिनै लामा झाँक्रि, फुक्ने कहाँ गएर ठिक हुँदा रहेछन् । मानिसहरूले अनुभव गर्ने गरेका कतिपय डर र त्रासका लक्षणहरूलाई आज सम्म कतैपनि उचित चर्चा र वर्णन गरिएको छैन रहेछ । समाजमा बोक्सि भनेर अरुलाई आरोप लगाउने, त्यस्तो अवस्थालाई फेरी झारफुक गरेर ठिक हुने भन्ने कथन र प्रथा थियो । सँजोगले भनौँ  या के भनौ म भएको ठाउँमा त्यस्ता घटनाहरु घट्थे र त्यस्ता अवस्थाका बिरामीलाई  नजिकबाट हेर्ने, तिनीहरूसँग कुराकानी गर्ने मौका पाएको थिएँ । त्यस्ता बिरामीहरूलाई र त्यस्ता बिरामीहरूका उपचार र चर्चा गर्नेलाई कानुन र विज्ञानले रूढिवादी भनेको छ तर समाजमा चारै तिर अझै यसको चर्चा सुन्नमा आउँछन् । यस सामाजीक विषयमा यसको वास्तविक सत्यता तिर लाग्नु, बुझ्नु, पत्ता लगाउन प्रयास गर्नु मेरो कर्तव्य थियो । त्यसैले विज्ञानले के भनेको छ र कानुनले के भनेको छ भनेर नसोचेर वास्तविकता के हुन सक्छ यो हल्ला, अफवाह वा रूढिवादी प्रथामा भनेर गहिराईमा जान मन लागेको थियो । चिकित्शासास्त्रको उच्चशिक्षाको लागी विदेस जानु भन्दा अगाडीका  हेल्थ असिस्टेन्ट भएर विभिन्न  हेल्थ पोष्ट र हस्पिटलहरूमा काम र सेवाका त्यस दुई बर्षको सेवाको प्राक्टिकल जीवनमा भोगेको अनुभवले मेरो जिज्ञासालाई झनै बलियो, दरिलो र भयानक डरलाग्दो, बिर्सन नसक्ने बनाइसकेको थियो । मेरा जिज्ञासाहरु साधाराण हैन रहेछन् र मानिसहरुको नै सबैभन्दा कठिन भय, त्रास, रोग, लक्षण, उपचारसँग जानी नजानी सम्बन्धित रहिरहेको रहेछ भनेर थाहा भयो । धेरै महत्वपूर्ण अनुभवहरु थपिन आए जस्ले मेरो जीवनलाई झन प्रश्नै प्रश्नले भरिएको अँध्यारो भुमरीमा पुर्यायो । पछिका पाठहरुमा विस्तृत बर्णन गरिएका छन् ।

 मेरो सहयोगी साथी

आफ्नो अध्ययनलाई पूर्ण रुप दिन त्यस बेलाको सोभियत सँघ आजकालको रसिया देशले उपलब्ध गराएको डाक्टरी कोर्सको छात्रबृती प्राप्त गरी पढाइ अन्तगर्त रसिया देशमा पुगेँ । मलाइ पूर्ण विश्वास थियो कि मेरा जिज्ञासाहरुका भौतिकवादी जवाफ अथवा वैज्ञानिक जवाफ मलाइ भौतिकवादको सिद्धान्त बोकेको कम्युनिष्ट बिचारका अगुवा देश सोभियत सँघमा अवश्य मिल्नेछन् । पढ्दै गएँ, समय बित्दै गए । मेडिसिनको उच्च शिक्षाको पढाइ त्यसैमा पनि टाढाको विदेश, नयाँ भाषा भएको भएर अन्त सोच्ने मौकाहरु मिल्देनथे । सँधैको पढाइहरू र जाँचहरुमा व्यस्थ रहनु पर्थ्यो । कहिले कहिँ ती मेरा जिज्ञासाहरु कता हराउथे कता । आठ दश बर्ष बितेको थाहै भएन । थुप्रै नयाँ नयाँ विषयहरु पढिए, थुप्रै प्राक्टिकलहरु भए । तर कुनै पनि विषयको किताबमा मेरो प्रश्नको सही जवाफ उल्लेख थिएनन् । ती मैलै पढ्नु पर्ने किताबहरुमा मैलै मलाइ आवश्यक नभएका पानाहरुपनि सबै केलाएर हेरेँ । सबै किताबहरुको अगाडिको पाना देखि पछाडिको पानाहरुमा के लेखेका छन्, मेरा जिज्ञासाहरुका बारेमा पनि कतै केही उल्लेख चर्चा गरेका छन् भनेर पढ्ने गर्थेँ जुन कुराहरु मेरा पाठ्यक्रम भित्रका थिएनन् । मेरा जिज्ञासाहरु कहीँ कतै उल्लेख पनि थिएनन् र जवाफ पनि कतै थिएनन् । सबै चिकित्साशास्त्रलाई एक मुष्ट जोडेर कुरा गर्ने हो भने मेरा जिज्ञासाहरु सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? तेस्रोनेत्र के हो ? भन्ने प्रश्नलाई नै प्रमुखता दिइएको छैन रहेछ । कतैकतै अलि अलि सानासाना केही छोटा पानामा अट्ने बिचारहरु दिइएका थिए तर ती बिचार तर्कहरु मेरो आफ्नो अनुभव अनुसारको सही जवाफ थिएनन् । यसरी चिकित्साशास्त्रको पढाइ सिद्धाएर प्रमाणपत्र लिँदाको दिन म खुसि भन्दा दुःखि हुन पुँगे किन कि म एक्लो रहेछु यस्ता फाल्टु कुराहरू सोचेर हिड्ने जस्तो लाग्यो ।
त्यति खेर पढाइ सिध्याएर आफ्नो देश फर्कने बेला भइसक्दा मलाई ठुलो दुबिधा पर्यो । आफ्ना जिज्ञासाहरु अपुरा हुँदा हुँदै घर फर्किएर जागिरमा जोडिन जाँदा कतै मेरा जिज्ञासाहरु सधै भरिलाई अपुरा अधुरा हुने हुन् कि भन्ने डर लाग्नथाल्यो । यदि यी जिज्ञासाहरुका रहस्य बुझ्न पाइन भने मेरो जीवन ब्यर्थ हुने भो भन्ने लागी सकेको थियो । त्यति खेरसम्ममा मेरो सँगसँगै डाक्टरी पढ्ने यस किताब कि लेखिका डा. ईन्दु श्रेष्ठलाई एक जीवन साथीको रुपमा पाइसकेको थिएँ । उनीसँग सङ्गै पढ्ने क्रममा बेला बेलामा मेरा जिज्ञासाहरुका बारेमा उनीलाई भन्ने गर्दा उनीबाट यो प्रश्न अति जटिल तर अति महत्वपूर्ण छ भन्ने सहमति पाउदै आएको थिएँ । अब पढाइ सिध्याएर स्वदेश फर्कने कि अझै पढाइ जारिगर्ने भन्ने कुरामा उनीसँग मेरो सरसल्लाह भयो । त्यतिखेरसम्ममा मेरो जिज्ञासाका बारेमा म मा केही जवाफ, अनुभवहरु सङ्कलन भइसकेका थिए जुन कुरा हामीले पढेको विज्ञान र चिकित्साशास्त्रमा उल्लेख वा चर्चा गरिएको थिएन । यही अलिकति भइसकेका अनुभवहरुलाई यत्तिकै खेर नफाल्न र त्यस अलि अलिका रुपमा मात्र रहेका ज्ञानलाई अलि स्पष्ट पारेर केही कुरा व्यक्त गर्न मिल्ने, लेख्न मिल्नेसम्म त पुर्याउनु पर्यो भन्ने हामी दुबै जनाको सल्लाह भयो । अझै गहिराइमा पुगेर खोज गर्ने मेरो यस्तो चाहनालाई उनीले मन पराइन् र साथ दिने सहमती जनाइन् । यसरी उनीको पनि सहमती अनुसार यस महत्वपुर्ण लागेको कुराको छिनो फानो लगाउने र छिटो छिटो गरेर केही भन्न योग्य कुराहरु जम्मा गरी स्वदेश फर्कने सल्लाह गरी हामी दुबै जना रसियाको मस्को शहरमा बस्यौँ । यसरी मेरो भर्खरको सानो उमेरमा पैदा भएका जिज्ञासाहरू कलेजको विज्ञान र चिकित्साशास्त्रको पढाईले झन् बलियो बनायो । अब त झन आफु सरहको डाक्टरीमा उच्चशिक्षा हासिल गरेको समान विचार भएको विज्ञानको र चिकित्साशास्त्रको प्रमाणपत्र धारी सहकर्मी साथीलाई मेरो खोजिमा सहयोगी साथी पाएँ । यस खोजिमा उहाँले जीवन साथी र विज्ञानको र चिकित्साशास्त्रको सहकर्मी दुबैको भुमिका निभाउनु भयो । पछि गएर थाहा भयो कि यो खोजि एक भयानक भय र मृत्युको समस्याहरूको भुमरी हो रहेछ । हामी त्यस भयानक मृत्युको भुमरीबाट निस्कन सक्नुमा उहाँको ज्ञान, बुद्धि, सहनशिलता, लगनशिलता, निडरताको ठुलो भुमिका रह्यो । एकै शब्दमा भन्ने हो भने यो खोजिलाई निष्कर्समा पुर्याउन, यो खोजिको निष्कर्सलाई किताबको रूप दिन र प्रकाशित अवस्थासम्म पुर्याउन उहाँको साथ नपाएको भए म पूर्ण रूपमा असफल हुने थिएँ । यो असम्भव कुरालाई सम्भव बनाउन उहाँको नै प्रमुख भुमिका छ । नत्र पहिला पहिला पनि म जस्ता म भन्दा ठुला ठुला कति कति वैज्ञानीकहरू, ज्ञानीहरू, दार्शनिकहरू, धार्मिक गुरूहरूले यस विषयमा खोजि गर्ने प्रयास गरेका रहेछन् । तर तिनिहरू सबै आधा बाटोमा अकालमा मर्ने गरेका रहेछन्  र तिनीहरूका ज्ञानहरू अपुरा हुने गरेका रहेछन् । सायद तिनीहरूका साथ मेरो जस्तो विज्ञानको खोजिमा र घरमा अबिरल साथ दिने साथी थिएनन् होला त्यसैले उनिहरू असफल भएका होलान् ।

अदृस्य भनिने चिजहरूसँगको हाम्रो सम्पर्क र सँघर्ष        

                    अब यस जिज्ञासाका कुराहरूलाई अझै गहिराइमा बुझ्रने भनेर हामी दुबै जना लाग्यौँ । मैले त यस विषयमा खोजि नगरी नहुने अवस्थामा आइ पुगेको थिएँ किन कि मैले विज्ञानले वयान नगरेका तर मानिसहरूले भोगिरहेका कुराहरूको खोजि गर्दा गर्दा मैले पनि अदृस्य भनिने चिजहरूलाई देख्ने, सुन्ने अनुभवहरूगर्ने गर्न थालिसकेको  थिएँ  त्यसैले अब त बिचमा छोड्न नमिल्ने जस्तो अवस्थामा आइपुगेको थिएँ ।  सुरूमा मैले बुझेका कुराहरू उनीलाई पनि बुझाउन प्रयास गरेँ । मलाई सुरूमा उनीलाई मेरो कुरा बुझाउन नै समय लाग्यो तर पछिपछि उनीले पनि यी समस्याहरू देख्ने, भोग्ने र अलि बुझ्रने हुन थालिन्, अनि अलि पछिपछि ती मैले देख्ने र भोग्ने गरेको अनुभवहरू उनीले पनि देख्ने, सुन्ने, अनुभव गर्ने हुन थालिन् । ती मैले मात्र देख्ने, सुन्ने अनुभव गरेका लक्षणहरू अरूले पनि गर्न थालेपछि म अझ ढुक्क भएँ, म पागल होइन रहेछु भनेर अझ पक्का भयो । नत्र मलाइ थाहा थियो कि मैले पढेको चिकित्साशास्त्रको साइक्रियाटिक्समा मैले गरेको अनुभव गरेकाहरूलाई अर्कै मानसिक रोगको नाम दिइएको छ र त्यस लक्षणलाई अर्कै निन्द्रा लगाउने औषधीहरू दिने चलन छ । तर त्यो देख्ने भोग्ने अनुभवहरू अति कष्टकर थिए । सृष्टिको वास्तविकतालाई बुझ्ने चाहना राखेका हामी दुबै जनाले त्यो समस्याको सामना गर्ने अठोट गरेका थियौँ । मैले यसरी यस लडाईको त्यस भयानक परिस्थितिमा मलाई साथदिने एक शिक्षित, हिम्मतदार, विश्वाशिलो र नजिकको साथी पाएँ । यसरी अब यो सम्पर्क र सँघर्ष दुबै जनाको हुन थाल्यो ।

सुरूमा मेरो खोजिको उद्देस्य भनेको मैले त्यस वेला सम्म जम्मा गरेको अनुभवहरूलाई जोडेर सानो सानो लेखहरू र सानो किताब लेख्ने मात्र थियो । धेरै लामो गहिरो खोज गर्ने सोच र ताकत पनि थिएन । करिब दुइ बर्षमा केही मेडिकल जर्नलहरुमा प्रकासित गर्न मिल्ने जति सामाग्री तयार पार्छु होला भन्ने मेरो बिचारमा थियो । तर त्यो सम्भव भएन । जति बुझ्दै गए झन बढि अनुभवहरु थपिन थाले । हरेक दिन नयाँनयाँ कुराहरु अनुभवहरु हुन थाले । अनुभवहरु त हुँदाहुँदा भय त्रासहरु पनि सङ्गसङ्गै आउँन थाले । मैले सपनामा जे देख्थेँ त्यो भोलीपल्ट हुन्थ्यो । मरेका मान्छेहरू सपनामा आएर कुरा गर्थे, जुन कुराहरू वास्तविक साँचो हुन्थ्यो । हुँदाहुँदा ती मरेकाहरू म सँग बिपनामा नै आएर कुरा गर्न थाले कहिले काहीँ । परिस्थिती भयावह, भयानक भएर आयो र आफ्नो जीवन नै मर्ने कि बाच्ने भन्ने अवस्थामा पुर्यायो । तिनीहरूसँगको सम्पर्क दुःख कष्टको हुँदो रहेछ । सुरूसुरूमा ती हामीले गरेका अनुभव भय र त्रासहरु हाम्रा जिज्ञासाका कारण आएका हुन् भन्ने पनि थाहा भएन  मलाई । ती भयावहका कारणहरुलाई अरुनै कारणसँग जोड्ने गरिन्थ्यो पहिले पहिले तर पछिपछि समय बित्दै जाँदा र अर्थ लगाउँदै जाँदा बल्ल कारणहरू थाहा भयो । मैले मृत्यु के हो ? भन्ने प्रश्न जगाएको भएर ती मरेकाहरूले गुहार माग्न आएका रहेछन् । ती मरेकाहरूसँग सम्पर्क हुँदा मलाई दुःख पिडा भय त्रास आउनुको कारण ती मरेकाहरूले त्यस्तो अनुभव गरिरहेका हुँदा रहेछन् र मलाई पनि त्यस्तै अनुभव भएको रहेछ । ती मरेकाहरु कोही नचिनेका हुन्थे त कोही अति चिनेका नातेदार र आफन्तहरु हुन्थे । ती भयावहका कारणहरुलाई बुझ्न गाह्रो भयो । सही तरिकाहरू केही थाहा थिएन । त्यसपछिका दिनहरुमा झन् बुझ्न थालियो तर झन् जति बुझ्रदै गयो ती अनुभवहरू यसरी आउँन थाले कि हामीले अब रोक्न सक्ने परिस्थिती भएन । अब त परिस्थिती मानव क्षमता भन्दा बाहिरका अनुभव र घटनाहरु हुन थाले । तिनीहरूको सम्पर्कका अनुभवहरूले  मृत्युको नजिक पुर्याउथ्यो । तर मैले यस्तै नचाहिँदो कुराको खोजि गर्दरहेछु भने म मा कता कता केही खुबि र क्षमता पनि रहेछन्  । भय र त्रासहरू आए पनि म वास्तबमा जीवनमा डराउन नजानेको मानिस थिएँ । मैले तिनीहरूको सामना गर्ने हिम्मत जगाएको थिएँ । सम्पर्कहरू झन झन स्पष्ट हुन थाल्यो भने मैले पनि विभिन्न उपायहरू निकाल्न थालेँ । ती भय र त्रास ल्याउनेहरू अब अति नजिक थिए । मेरो गुहार माग्ने अन्त कतै ठाउँ छैन, म विदेशमा छु, नजिकमा चिनेजानेका जस्ता कोहि छैनन् र तिनीहरू यति धेरै थिए र यति नजिक थिए कि अरूसँग गएर गुहार माग्न मलाइ फुर्सद पनि छैन भनेर मलाई थाहा थियो । म अलि स्वभावले बलियो हुन चाहने, शारिरीक व्यायामहरू गर्ने, विभिन्न झैझडामा बाध्यताले सहभागी भएर लड्नु परेको, कतै जितेको अनुभव त कतै हारेको अनुभवहरु बटुलेको थिएँ । लडाइमा आफुभन्दा बलियोको सामना कसरी गर्नु पर्छ ? लडाइमा कसरी बच्न जान्नुपर्छ?  भन्ने आइडिया तरिकाहरू जम्मा गरेको थिएँ आफ्नो जीवनका अनुभवहरूबाट र अन्य मानिसहरुका लडाइहरुका अनुभवहरूबाट । त्यसैले अब मेरो सामु आई परेको मृत्युको सामना ति अदृस्यहरू चिजहरुसंगको सम्पर्कमा तिनिहरू सँगनै कुराकानी गर्नु तिनिहरूका बारेमा गहिराइमा बुझ्नु पर्दछ भनेर लाग्यो र मैले झन् तिनीहरूसँग कुरा गर्ने जमर्को गरेँ र म तिनिहरुसंग दोहोरो कुराकानी र सम्पर्क गर्न सफल भएँ । तिनीहरू बोल्दा रहेछन्, हाम्रो कुरा सुन्न सक्दा रहेछन्, हाम्रोकुरा बुझ्रदा रहेछन् भनेर थाहा भयो । तिमीहरू किन आयौ म कहाँ भनेर सोध्दा तैँले देख्छस् त्यसैले तँ कहाँ आएको भनेर जवाफ दिए तिनीहरूले । तैँले जे खान्छस् हामीलाई पनि त्यहि चाहिन्छ, तैँले जे लाउछस हामीलाई पनि त्यहि चाहिन्छ भनेर भने तिनीहरूले । धेरैले हामी तँलाई मार्न आएका हौँ भनेर भने । म जहाँजहाँ जान्छु तिनीहरू त्यहाँत्यहाँ पुग्थे । त्यसैगरी मैले हजारौँ मरेका मानिसहरूसँग कुरा गरेँ । तिनीहरूसँग सम्पर्क हुँदा धेरै दुःख पाएँ तर ठुलो समाचार, खबर र रहस्यहरू बुझ्ने मौका पाएँ । त्यस बेला म रसियाको मस्को शहरमा थिएँ । एक दिन मरेका रसियनहरू आएर मसँग बोले ।  मलाई तिनीहरूले भने तैँले गरिरहेको खोज प्रति हामीले धेरै दिन देखि हेरिरहेका छौँ र यदि तँ सफल भइस् भने हामीहरूको पनि उध्दार हुनेछ भन्ने हामीलाई आशा छ, तँ पक्कै सफल हुन्छस् भनेर हामीलाई विश्वास पनि छ, हामीहरू तेरो यो लडाईमा तेरो पक्षमा छौँ किन कि तँ पनि हाम्रै पक्षमा छस् र हामीहरू धेरै जना छौँ भनेर भने । मैले सोधेँ कति हो धेरै भनेको भनेर सोधेको त्यस्तै दशौँ लाखभन्दा बढी (मिलिओन प्लस, million +) छौँ भनेर तिनीहरूले भने । मैले त्यहि वेला पारेर फेरी सोधेँ हुन त हो मैले खोजिगरेको कुरा राम्रो हो सबैलाई चाहिने हो तर मलाई एकदम गाह्रो भएको छ शारिरीक, व्यवहारिक सबै तिर भनेर भनेँ । उनीहरूले भने त्यो तँलाई गाह्रो भएको तेरो पितृ र तेरो देशबाटै पछि लागेकाहरूले गर्दा हो । उनीहरू तँसँग बढी रिसाएका छन् र अलि असभ्य खालका छन् हामीहरू भन्दा भनेर भनेका थिए । यति भईसकेपछि मलाइ मैले गरेका खोजिले निल्नु न ओकाल्नु जस्तो बनायो । अझै अगाडी बढम सहि नसक्नु  शारिरीक कष्टहरू र व्यवहारिक समस्याहरूमा उल्झिन थालेँ  भने मैले गरेका खोजिलाई बिचैमा छोडु भने पनि छोड्न नमिल्ने रहेछ भनेर थाहा भयो । म आफ्नो जिज्ञासालाई बिर्सेर अध्ययन र खोजलाई बिचमा रोकेर स्वदेश फर्कन नमिल्ने दिनहरु सुरु भए । यसरी मानिसको क्षमताभन्दा बाहिरका समस्याहरु आउँन थाले । मैले हरेस खाएँ धेरै पटक र यस लडाइबाट उम्कन चाहेँ र उम्कनलाई मेरा ती जिज्ञासाहरुलाई र मैले अनुभव गरिसकेका कुराहरुलाई भुल्न चाहेँ । मलाई पहिलो पटक बल्ल थाहा भयो कि मानिसले आफ्नो चाहनाले मात्र पढेका र गरेका अनुभवहरु वा जिज्ञासाहरुलाई भुल्न र मेट्न मिल्दैन रहेछ । मैले भुल्न खोज्दा ती जिज्ञासाहरुले झन् सताउन थाल्यो । अनुभवका घटनाहरुका याद आएको आइहुन थाले । मैले बिर्से जस्तो गर्न खोज्दा ति यादहरु आएर म संग कुरा गर्थे । कसैले बल्ल खाइस भन्थे त कसैले हिम्मत नहार भनेर मलाइ हौसला दिन्थे । संसारका ठुला ठुला वैज्ञानिकहरूले गरेका अनुसन्धानका र उनिहरूले गरेका दुख्ख कष्टका सम्झनाहरू गराउथे । मैले धेरैपटक पछुतो मानेँ पनि किन यस्तो जिज्ञासा राखेँ हुँला जस्तो लाग्यो कहिले कहिले त । हुन त म सजिलै हार मान्ने वाला पनि थिइन । कारणहरु र उपाएहरू खोज्दै अगाडि बढ्दै गएँ । यस खतरनाक परिस्थितिको आभास भएपछि र यसको कारण, उत्तर र उपाय अब आफैले निकाल्नु पर्ने भएपछि कम्मर कसेर झन गहिरिएर अध्ययन गर्न थालें । रातदिन यसै कुराको खोजिमा लाग्नु पर्ने भएकोले त्यस समय मैले सबै सम्बन्धहरु, पारिवारिक, साथीभाई, टेलिफोन, इन्टरनेट सबै बन्द गरेर एकान्त अवस्थाको सक्दो सृजना गरें । यसरी पढ्ने र खोजी गर्ने क्रममा विज्ञानशास्त्रबाट उचित उत्तर जवाफ नपाए पछि मैले विज्ञानशास्त्र भन्दा अन्त क्षेत्र तिर पनि खोजी गर्नथालेँ । मेरा जिज्ञासाका बारेमा अब कता चर्चा सुनिन्छ त भन्दै खोजी गर्दा यस्ता चर्चाहरु धर्मशास्त्रका किताबहरू र धर्म संस्कारका विधिहरुमा चर्चा सुनिने गरेको अनुभव र यादहरु आयो । सबै धर्म, विभिन्न धार्मीकशास्त्रका किताब, धर्म संस्कार, विधि, चलन, रितीरिवाजहरूमा नियाल्न थालेँ र पढ्न थालेँ । जति जति पढ्दै गयो अनुभव र ज्ञानहरु झन थपिदै गए । यसरी मैले सोच्न र खोज्न सकेका सबै किताबहरु पढ्दै जाँदा हिन्दु धर्मका पुराना वेदशास्त्रहरुमा केही पँक्तिहरु लुकेर बसेका रहेछन् । ती पँक्तिहरू यसरी लुकेर बसेका थिए कि ती संस्कृतका किताबका उल्था गर्नेहरुले कि त गलत व्याख्या गरेका थिए कि त पुरा व्याख्या गरेका थिएनन् । ती लेखकहरुले त्यस पँक्तिको सही भाव बुझेका रहेनछन् जस्तो लाग्यो । ती संस्कृतमा लेखिएका पँक्तिहरू बुझ्न सुरुमा कठिन थिए । पछिपछि एउटै किताब धेरै चोटी पढेँ र अझ ती मेरो आँखा गडेका पँक्तिहरुलाई झन धेरै चोटी पढेँ । कुनै पँक्तिलाई सयौँ चोटी पढेँ, कुनै कुनै पँक्तिहरुलाई हजारौँ हजारौँ चोटी दोहोर्याउन थालेँ । धेरै पटक पढेपछि अर्थहरु अझ अझ स्पष्टस्पष्ट हुँदै आए । कुनै कुनै पँक्तिहरुलाई लाखौँ पटक दोहोर्याएँ । म नेपाली हुँ । संस्कृत भाषा र मेरो मातृ भाषा नेपाली भाषाको एकदम नजिकको सम्बन्ध रहेछ । संस्कृत भाषाको लिपी र नेपाली भाषाको लिपी एउटै हो त्यसैले सुरुमा संस्कृतका श्लोकको अर्थ नबुझे पनि एउटै लिपी भएको भएर पढ्न उच्चारण गर्न सजिलो भयो । सानै देखि विभिन्न धार्मीक किताबहरु पढेको सुनेको भएर संस्कृतका शब्दहरू उच्चारण गर्ने तरिकाहरु थाहा थियो । ती संस्कृतका धेरै जसो शब्दहरु नेपाली भाषाका शब्दहरुमा प्रयोग हुने गरेको रहेछ । म जन्मेको ठाँउ, हुर्केको परिवेश, स्कुलका गुरुहरु, कति साथीहरु, गाउँको वातावरण सबै तिर ब्राह्मणहरुसँगको रहन सहन भएको थियो । ती ब्राह्मणहरुका सँगतबाट संस्कृतका केही संस्कार र भाव बुझ्ने भइसकेको रहेछु । ब्राह्मणहरुबाट शास्त्रका कुराहरु र संस्कृत भाषाका विभिन्न श्लोकहरू नचाहेर पनि पटकपटक सुन्ने मौका मिलिसकेको थियो त्यसैले मलाई त्यस अपठेरो परिस्थितीमा ती संस्कृतमा लेखिएका पँक्तिहरुको अर्थ लगाउन र भाव बुझ्न मद्दत मिल्यो । छोटकरीमा भन्नु पर्दा मैले बाल्यकालमा गरेका ब्राह्मणहरूको सँगतबाट पाएको ज्ञानलेनै मलाई त्यस मृत्युको भुमरीबाट निस्कने बाटो देखाएको थियो । पछिपछिका समयमा संस्कृत भाषालाई नै आफैले अझ गहिरिएर अध्ययन गरेँ । साथै हिन्दी भाषा पनि मेरो लागि नजिकको भाषा थियो । हिन्दी भाषाका सयौँ किताबहरू, पत्र पत्रिकाहरू पढ्ने र हिन्दी भाषामा बोल्ने थुप्रै भारतका साथीहरू सँग सँगत गर्ने मौका पाएको थिएँ । त्यो अनुभव मलाइ काम लाग्यो । हिन्दु धर्मका सँस्कृतका थुप्रै वेदशास्त्रहरु हिन्दी भाषामा उल्था गरिएका रहेछन्  वा हिन्दी भाषामा पनि थुप्रै धर्म सँस्कारका किताबहरू रहेछन् । संस्कृत र हिन्दी दुबै भाषा पढ्न सक्ने, बुझ्न सक्ने भएको भएर संस्कृतका हिन्दी उल्थामा उल्थाकार लेखकले छुटाएका अर्थहरू पनि बुझ्न सक्ने भएको थिएँ ।

त्यसो भए यो के होला त ?

यी सबै जिज्ञासाहरुका जवाफ खोज्ने क्रममा मेरो जीवनमा मैले गरेको विज्ञानशास्त्रको अध्ययनहरु, चिकित्साशास्त्रको अध्ययनहरु, बिरामीहरु, रोगहरु, लक्षणहरु, उपचारका अध्ययनहरु, विभिन्न धर्म र संस्कारका बारेमा गहिरिएर गरिएका अध्ययनहरु, धार्मिकशास्त्र वेदहरु, पुराणहरु, रामायण, महाभारत अन्य  विभिन्न शास्त्रहरुका अध्ययनहरु, आफ्नो अनुभवहरु, अरु मानिसका अनुभवहरु, विभिन्न प्रयोगहरु र प्रमाणहरु सबैबाट निकालिएको निचोड र निष्कर्ष जानी नजानी सुध्द असुध्द जे भए पनि प्रस्तुत गर्न चाहन्छु ।

 हाम्रो निष्कर्षः   
ब्रह्मज्ञान: मृत्युलाई चिहाएर हेर्दा भय र मृत्युसंगको सम्पर्क र संघर्षको रस

 
यस्तो भय, त्रासका अनुभवहरु पार गर्दै म लेखक र मेरी श्रीमती लेखिकाले बटुलेका अनुभवहरुको ठुलो सङ्ग्रह हुन पुग्यो । कुनै उपायको आशा नभएको र मर्नु न बाच्नु अवस्थालाई पारगरी खोजी गर्ने क्रममा केही उपाय र सुझावहरु भेटिन थाले । यिनै जिज्ञासाहरु सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? र तेस्रोनेत्र के हो ?   भन्ने विषयका बारेमा, त्यसबाट उत्पन्न हुन सक्ने भय त्रास, खतरा र उपायहरुका बारेमा हिन्दु धर्मका वेदशास्त्रहरूमा, पुराणहरुमा नदेखिने गरेर लुकेर बसेका रहेछन् । तिनै नदेखिने गरेर बसेका इशाराहरुलाई खोजिगरिरहेको मानिसको हातमा पर्न गइ त्यस सुक्ष्म इशाराहरुलाई लेन्स लगाएर र गहिरिएर हेर्न थाल्दा थुप्रै कुराहरुका जवाफ प्राप्त हुन थाल्यो ।

वेदशास्त्रका चर्चाहरू समाजमा प्रशस्त हुने गरेको छ । हिन्दु धर्म र संस्कारमा तिनै वेदशास्त्रहरूका नियम र विधीलाई उल्लेख गरेर अनुशरण गरिन्छ । तर मैले पढेको र बुझेको वेदका अर्थहरू र विधीहरू भन्दा समाजमा आजका वेदका गुरूहरूले लगाएको अर्थ र तरिका भिन्न थिए । वेदशास्त्रमा मानवजातीलाई अति आवश्यक ज्ञानहरू दिइएको रहेछ जुन ज्ञानहरू आजको आधुनिक जीवन र आधुनिक विज्ञानका लागि अति आवश्यक छन् । आधुनिक विज्ञानले जुनकुराको खोजि गरिरहेको छ त्यही कुराका जवाफहरू वेदशास्त्रमा लुकेर बसेका रहेछन् । मेरा जिज्ञासाहरू सृष्टि, जीवन, मृत्यु र तेस्रोनेत्र के हो ?  का बारेमा पनि वेदशास्त्रहरू लेखिएको रहेछ । आधुनिक विज्ञान र चिकित्साशास्त्रले खोज्न नसकेको मानव शरीरको केही रचना र वर्णन त्यही वेदशास्त्रहरूमा लुकेका थिए । वेदशास्त्रहरूमा चिकित्साशास्त्रको क्षेत्रमा आजसम्म चिन्न नसकेको, वर्णन गर्न नसकेको केही रोगका लक्षणहरूको वर्णन र उपचारका विधीहरू लुकेका रहेछन् । ती लुकेर रहेका रहस्यहरूलाई बाहिर ल्याएर अलि स्पष्ट बनाएको छु । समाजमा प्रस्तुत गर्नु भन्दा अगाडि विभिन्न जाँच, परिक्षणहरू गरेको छु र प्रमाण देखाउन सक्ने भएर मात्र आज यो कुराहरू यस किताब मार्फत पेश गर्दैछु ।

यो किताब तिनै अनुभव, त्यसको तथ्य कुराहरु, निष्कर्ष र प्रमाणहरुको सँग्रह हो । आफ्नो जीवनमा भोग्नु परेका अनुभवका निष्कर्ष भएको भएर किताबको नाम यस्तो राख्न गइयो ।
ब्रह्मज्ञानः मृत्युलाई चिहाएर हेर्दा भय र मृत्युसँगको सम्पर्क र सँघर्षको रस 
लेखक डा. कमल मान श्रेष्ठ               लेखिका डा. ईन्दु श्रेष्ठ
यस किताबमा उल्लेखित तर्कहरु विज्ञानका आजसम्मका बिचार तर्कहरुसँग केही मिल्दा जुल्दा, केही नमिल्ने नयाँ तर्क र सुझावहरु छन् । विज्ञान, चिकित्साशास्त्र र धर्म संस्कारका बिचारहरुमा पनि केही खण्डन र केही सहमतीहरु छन् ।
सबै मानिसका लागि महत्वपूर्ण भएको सुझावहरु उल्लेख गरिएकाछन् ।
यदि कसैलाई यस किताबका तर्क र बिचारहरु गलत लागेमा लिखित रुपमा कुन कुरा र किताबको कुन लाइन भनेर अँकित गरेर लेखकलाई प्रस्तुत गर्न पनि अनुरोध गर्दछु ।

 

यो किताब प्रती पाठकका हुन सक्ने प्रतिकृयाहरु 

सुरूमा यो केताब पढ्दा वा यस किताबको चर्चा सुन्दा विश्वास गर्न सकिदैन । आजकाे जमानामा अझै यस्ता रूढिवादी कुराहरू गर्दा रहेछन् जस्तो लाग्न सक्दछ । तर यो कुराहरु एक समस्या भएर बसिसकेको छ कसैको जीवनमा । तर पनि विभिन्न मानिसहरूमा विभिन्न प्रतिकृयाहरू हुन सक्दछन् ।
यो किताब पढ्ने र बुझ्ने क्रममा पाठकहरु ५ अवस्थाबाट गुज्रने छन् ।
१,    यस्तो त हुनै सक्तैन ।
२,    खै के हो के हो ?
३,    यस्तो पो हुँदो रहेछ ?
४,   अब के के गर्नु पर्ने हो ?
५,   त्यसो भए जे पनि गर्न तयार छु ।
जति पड्दै गयो, पटकपटक दोहोर्याएर बुझ्दै जाँदा आफु अलि अलि माथिल्लो अवस्था पुगिदै जाने छ ।

सामाजिक प्रतिकृयाहरु ।

मानव जातीको विकासको क्रममा सुरुको अवस्थाहरुका इतिहासलाई हेर्दै जाँदा मानिसहरुको ढुङ्गे युग देखिको वर्णन पाइन्छ । अनि मानिसहरु विस्तारै विस्तारै अनुभवका आधारमा र अर्काको अनुभवबाट सिक्ने क्षमता विकसित हुँदै आजको रकेट उडाउने, मोबाइल फोनमा कुरागर्ने, इन्टरनेटको युगमा आइपुगेको छ । तर मानिसको विकासका क्रम र बिगतका समय सबै सजिला मात्र थिएन । कहिले कहिले भयानक प्रतिकृयाहरुको बाबजुद सत्यकुराहरुलाई अगाडि बढ्नु पर्यो । सत्य कुराहरु आखिर सत्यनै हुँदा रहेछन् । कसैले लुकाउन दबाउन खोज्दैमा सदाका लागि दबाउन सक्दैन रहेछन् । मानिसको विकासका क्रममा मानिसहरु समुहमा एक जुट भएर सामुहिक कुरा कार्यहरुगर्न थाले पछि विभिन्न समुहहरु बन्न गए  होलान् । आफ्नो परिस्थिती अनुसारका भेश भुषा, भाषा चलन चल्तिहरु बन्न गए होलान् र त्यसै अनुसार तर्क, अर्थ लगाउन थालियो होला । त्यसै क्रममा मानिसहरुलाई सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? तेस्रोनेत्र के हो ? भन्ने प्रश्नहरु र जवाफका आधारमा धर्म र संस्कृतीहरु बन्न गएकाछन् । मानिसहरुलाई सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? तेस्रोनेत्र के हो ? भन्ने कुराका केही अर्थ र तर्कहरु त्यति बेलाका समुहका प्रतिष्ठित व्यक्तिहरूले दिन थाले होलान् आफ्ना आफ्ना अनुभवका आधारमा । आफ्ना वा वरपरका व्यक्तिहरूको आधारमा मात्र बनाइएका ती तर्कहरु सबै सहि थिएनन् होला भने सबै गलत पनि थिएनन् होला । समय सापेक्षका खोजहरु र उपायहरु थिए होलान् ती जवाफहरू। समय बित्दै जाँदा नयाँनयाँ प्रमाणित तथ्यहरू थपिदै आएका हुन् । तर कहिले कहिले सही तथ्यले मान्यता र स्थान नपाएको उदाहरणहरू छन् । आजभन्दा १००० बर्ष अगाडीसम्मको मात्र कुरा गर्ने हो भने समाजमा कुनै वैज्ञानिक ज्ञानका कुराहरुले ठाउँ पाउने गरेको थिएन । त्यति खेरको जमानामा आफ्ना आफ्ना ठाउँका पादरी, पुजारी, मौला र लामाहरु जस्ता धर्मगुरुहरुबाट नै समाजमा अन्तिम निर्णय दिने  चलन र साधन थिए । ती धर्मगुरुहरुले बुझ्न नसके र तिनीहरूको स्वार्थसँग मेल नखाए नयाँ परिवर्तनका तर्कहरुले समाजमा ठाँउ पाउने गरेको थिएन । जस्तै उदाहरणको लागि पृथ्वी चेप्टो हैन गोलो छ भन्ने तर्क भएको आफ्नो खोज प्रकाशित गरे बापत इटलीको रोम शहरमा त्यसबेलाका चर्चका प्रमुखहरुले धर्म र संस्कारले मानी आएको तर्क पृथ्वी चेप्टो छ भन्ने तर्कको विपरित तर्क दियो भनेर ती वैज्ञानिकलाई सार्वजनिक ठाउँमा चोकमा सुलिमा चढाएर मारियो । तर वास्तवमा ती वैज्ञानिकले दिएका तर्क सही रहेछन् । आज ती वैज्ञानिकले दिएको खोजको तर्क नै सबैको लागि मान्य छ । त्यस्ता खालका अन्य उदाहरणहरु आज पनि भेटिन्छन् ।

त्यसैले सुरूसुरूमा यो किताबको सही भाव आफुले पनि राम्ररी नबुझेको र आफ्ना वरपरकाहरूले पनि राम्ररी नबुझ्रदा बिरोध हुन सक्दछ । त्यसैले यस किताबलाई राम्ररी पटकपटक पढ्न अनुरोध गर्दछु । नबुझेको हरुले नबुझेका कुराहरु आफुभन्दा बुझेकाहरूसँग सोधेर अर्थ र उपाय निकाल्नु जायज हुनेछ । आफैले मात्र अडकल काटेर अर्थ निकाल्नेहरूले गलत भाव बुझेका हुनसक्नेछन् र  गलत अर्थ लगाएको अवस्थामा अमृत पनि बिष बन्न सक्नेछ ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: English