किताबकाे महत्व र चुनाैती

⇐विषय सूचीमा फर्कन

पाठ १.५

किताबको महत्व र चुनाैती

(Only available in Nepali)

                यस अगाडिको पाठमा लेखकका जिज्ञासाहरु सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? का बारेमा केही वर्णन गरियो । यस जिज्ञासा प्रति धार्मीक गुरुहरुका तर्कहरु र वैज्ञानिकहरुका तर्कहरुका बारेमा वर्णन गरियो । विज्ञानले सिकाएको अनुसार भौतिकवादको अडानमा वैज्ञानिकहरु बस्न सकेका छैनन् र बुढेसकालमा तिनीहरु धर्मगुरुहरुको शरणमा गइ मेरो पनि मरेपछिको काजकिरिया गरिदिनुस् भन्छन् वा त्यस्तोे व्यवस्था मिलाएका हुन्छन् भनेर उल्लेख गरियो । यता धर्मगुरुहरु पनि आफ्नो धर्म संस्कार, धर्मशास्त्रका तर्क र अडान अनुसारको केही प्रमाण जुटाउन सक्दैनन् भनेर उल्लेख गरियो । यसको मतलब हो दुबै पक्षकाहरुको परिपक्वता छैन । त्यसैले तिनीहरु दुबै पक्षधरहरुको तर्क र व्यवहारमा मैले शङ्का उठाउनु स्वभाविकै हो । त्यसो भए सत्य कुरा के होला त भनेर यसो खोजी र विश्लेषणहरु गरौँ ।
विज्ञानले झुटो वा रुढिवादी भनिएका ती धर्म, धार्मिक संस्कार, धार्मिक परम्परा र मृत्यु सम्बन्धित संस्कारहरु शताब्दीयौँदेखि चलिरहेको थियो, आज पनि चलन चल्तिमा रहेको छ र अझै भविष्यमा पनि चल्दै जाने छन् जस्तो देखिन्छन् । यदि ती संस्कारहरु सबै झुटा भएका भए वा रुढिवादी मात्र भएका ती झुटो कुराहरु यति लामो समय सम्म चलिआउन नसक्नु पर्ने हो । झुटा कुराको त्यत्रो ताकत, बल नहुनु पर्ने हो ।
हुन त धर्म र संस्कारका तर्कहरुलार्इ वैज्ञानिकहरुले रुढिवादी भनेर खण्डन गरेका भए पनि उग्र रुपमा खण्डन गरेका थिएनन् र आज पनि गरेका छैनन् । भनेको मतलब हो वैज्ञानिकहरुका तर्फबाट आफ्ना स्रोत र साधन प्रयोग गरेर यस्तो रुढिवादी कार्य गरेर बस्न पाइदैन भनेर पुजारी, पादरी, मौला, लामाहरुलार्इ प्रतिबन्ध लगाउने, डर धम्कीहरु दिने वा अन्य दबाबहरु दिने गरेका छैनन् भन्न खोजेको हो । त्यसैले ती धर्म र संस्कारहरु झुटा भए पनि आज सम्म टिकेका हुन् भनेर भनौ भने मानव इतिहासमा अन्य उदाहरणहरु छन् जहाँ धर्म र संस्कारलार्इ अति कठिन परिस्थितिहरू अाएका थिए ।
संसारमा मानव जीवनको इतिहासमा विभिन्न देशहरुमा भिन्न भिन्न समयमा पटकपटक नास्तिक बिचारधाराहरु विभिन्न तरिकाबाट उत्पन्न भएका थिए । तर पनि ती बिचारहरुले लामो समयसम्म आफ्नो बिचारलाई अगाडि बढाउन सकेको देखिदैन ।
उनाइसौँ शताब्दीको अन्य तिर र बिशौँ शताब्दीको सुरुमा संसारमा प्रगतिशिल बिचारधाराका रुपमा कम्युनिस्ट बिचारधाराको सुरुवात भयो । कम्युनिस्ट बिचारधारा र आन्दोलनको प्रमुख नारा मध्य धर्मको बिरोध गर्नु पनि थियो । कम्युनिस्ट बिचारधाराहरुले सबै धर्म र संस्कारका तर्कहरुलार्इ झुटा हुन्, सामाजिक शोषणका कारण हुन् र यस्ता प्रथाहरूलार्इ निर्मुल गर्नु पर्छ भन्ने नाराहरु उठाएका थिए । त्यस कम्युनिस्ट नाराहरुमा अरु आर्थिक, सामाजिक, राजनितिक मागहरु पनि जोडिएका थिए तर धार्मीक नारा पनि प्रमुख तर्क थियो । कम्युनिस्ट बिचारधाराका प्रमुखहरु कार्ल मार्क्स, एँगेल्स, लेनिन, स्तालिन, माओ जेदोङ्ग देखि थुप्रै अन्य कमुनिष्ट बिचारका अग्रजहरुले यही निती र नारालार्इ स्विकारेका थिए । सन् १९१७ मा सोभियत सँघमा कम्युनिस्ट शासन लागु भए पछि धर्म र संस्कारलार्इ प्रतिबन्ध लगाइयो । त्यस बेलाका ठुला ठुला पुराना पुराना चर्चहरुलार्इ बम हानेर भत्काइए । कति चर्चहरु अन्य कामका लागि प्रयोग गरिए । कति चर्चहरुमा स्कुल स्थापना गरियो । कति चर्चहरुलार्इ सिपाहीहरुका लागि ब्यारेक बनाइयो । कति चर्चहरु गोदामको रुपमा प्रयोग गरिये । कति चर्चहरुमा यतिकै अलपत्र परेर भत्किएर खण्डहर बनेर बस्नु पर्यो । चर्चका पादरीहरुलार्इ कतिलार्इ मारियो, भक्तजनहरुलार्इ विभिन्न दवाबहरु दिइयो । चर्चमा जाने गरेका भक्तजनहरुलार्इ कमुनिष्ट पार्टीको वा उसका भात्री सङ्गठन कम्समोलेचको सदस्यता लिन पाइने चलन थिएन । धर्मको पालना गर्न खोज्ने मानिसहरु जागिरबाट र पदहरुबाट लिकालिए । मानौँ भारी सरकारी दबाबहरु दिइयो धर्म र धर्मका नाममा चलिअाएका संस्कारहरूलार्इ ताेड्न । इतिहासका यिनै दबाबका यादहरुनै सोभियत सँघ शासनकालको सबैभन्दा कालादिनहरु मानिन्छन् । कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुको धर्म संस्कार प्रतिको यस्ताे यातना, अन्याय र जर्जरताले भरीएको इतिहास बोकेको थियो कम्युनिस्ट शासनकालका सुरुआतका बेलामा । धेरै बर्ष बितीसक्दा पनि यी जर्जरताका मर्म जनताले भुल्न सकेका रहेनछन् । सोभियत शासनकालमा भएका औध्योगिक क्रान्तिको सुखद अनुुभवले पनि त्यो धर्म संस्कार प्रतिको जर्जरताको कालोपनालार्इ पखाल्न सकेको रहेनछ । बाहिरबाट हेर्दा कम्युनिस्ट शासन व्यवस्था अत्यधिक जनताको समर्थन र सहभागिता भएको, करिब १०० प्रतिशत जनताहरुका समर्थन भएको मानिन्थ्यो । शत्ता र कम्युनिस्ट पार्टीका बिरोधका नाममा देश भित्र कुनै साना चर्चा पनि सुन्न पाइदैनथ्यो । कम्युनिस्ट शासन आएको करिब ७४ बर्ष पछि सन् १९९१ मा त्यो सोभियत सँघको कम्युनिस्ट शासन ढल्न गयो । कम्युनिस्ट नेतृत्वमा आपसिक खिचातानीका कारण कम्युनिस्ट शासन अचानक ढल्न जाँदा त्यस बेलामा सोभियत सँघका बन्धि बनाइएका कम्युनिस्ट पार्टीका प्रमुख नेतालार्इ बचाउन कोही जनताहरू घरबाट निस्केनन् । झन जनतामा स्वतन्त्रताको आभास हुन पाउने बित्तिकै समाजमा मान्यता बिहिन भएर, अपहेलना भएर बसेका  तिनै चर्चहरुमा मानिसहरुको  घुइचो लाग्न थालेकाे थियाे । यत्रो बर्ष सम्मको सरकारी दबाबले पनि मानिसको धर्म संस्कार प्रतिको विश्वास भत्काउन सकेको रहेनछ । सोभियत सँघको बिघटन पछिका छुट्टिएका सबै देशहरुमा ती कम्युनिस्ट कालमा भत्किएका, अलपत्र परेका चर्च वा मस्जिदहरुलार्इ झन् राम्रो गरी पुन निर्माण गरेका थिए ।
त्यसैगरी कम्युनिस्ट शासन भएको चीन देशमा पनि सुरुमा माओ जेदोङ्गको नेतृत्व कालसम्म संस्कृतिक क्रान्तिका नाममा थुपै मन्दिर, गुम्बाहरु भत्काइए । धर्म र संस्कारलार्इ तहस नहस पार्न खोजियो । माओ जेदोङ्गको शासनकाल पछिका कम्युनिस्ट पार्टीका लिडरहरुले तिनै पहिला भत्काइएका मन्दिर, गुम्बाहरु पुन निर्माण गरे ।
पश्चिमी विकसित देशहरु बेलायत, फ्रान्स, जर्मनी, अमेरिका अन्य  देशहरुमा पनि बढी जसो मानिसहरु तरुनो उमेरसम्म नास्तिकवादी वा धर्म नमान्नेहरु जस्ता देखाउछन् अलि बुढेसकाल लागेपछि धार्मीक किताब पढ्ने, चर्चमा धाउने गर्न थाल्दछन् ।
प्रायः संसारमा सबै मानिसहरु जो आफुलार्इ आधुनिक हौँ भन्न मन पराउनेहरु हुन्छन्, उनीहरु उमेर छउन्जेल नास्तिक भनाउन मन पराउछन् अनि बुढेसकाल तिर तिनै धर्मगुरुहरुको शरणमा पुगेका हुन्छन् ।
मैले भन्न खोजेको तर्क हो कि मानिसहरुलार्इ आफ्नो जीवनमा पढेका, बुझेका कुराहरु र अनुभववाट भोगेका कुराहरुले केही दोधारमा पार्दो रहेछ । आफ्ना जीवनमा घटेका कतिपय कुराहरुको जवाफ विज्ञानले दिन अझै नसकेको अनुभव गरेका हुन्छन् र तिनै बुझ्न नसकेका कुराहरुको उत्तरको खोजीमा विभिन्न धर्म र सँस्कारहरुसँग जोडिन जानखोजेका हुन् कि भनेर भन्न खाेजेकाे हुँ मैले ।

मृत्यु शब्द

यसरी मानिसहरु कुनै आधार र प्रमाण नहुँदा नहुँदा पनि धर्म संस्कारका आडमा शरण लिन किन चाहन्छन् ? भनेर यसो तर्क गरौँ ।
सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? भन्ने प्रश्नहरु सबै मानिसमा नजागेको हुन सक्दछ । यी प्रश्नहरु सबै मानिसमा जाग्न जरुरी हुँदैन रहेछ जीवनमा बाच्नमात्रलार्इ । तर हरेक मानिसको जीवनमा सबभन्दा डरलाग्दो शब्द नै मृत्यु हो । यो शब्दसँग मानिसमा कुनै नजानेको, नदेखेको भय, त्रास आउने गरेको छ । मानिसहरु सकेसम्म यो शब्द सुन्न नपरोस वा आफुले यो शब्द उच्चारण गर्नु नपरोस जस्तो चाहन्छन् । यो शब्द सुन्न नपरे मृत्यु मेरो नजिक आउँदैन कि जस्तो लागेको हुन्छ मानिसहरुलार्इ । मानिसले जीवनमा शारीरिक, समाजिक, आर्थिक सम्बन्ध, सबै लेनदेन, सुख, भोगहरु मृत्युलाई भुलेर गरेका हुन्छन् । मानिसमा कुनै रोगहरुका कारण बिरामी भएको बखतमा बिरामीको र डाक्टरको सबै मिहिनेत त्यही मृत्युलाई टार्न गरेका हुन्छन् । चिकित्साशास्त्रको सबै अध्ययनहरु, हस्पिटलहरु, डाक्टरहरु, नर्सहरु, औषधीहरु, उपचारका उपकरणहरु, अन्य उपायहरु सबै तिनै मृत्युलाई टार्न बनेका सङ्गठनहरु र उपायहरु हुन् । मानिसले जति मृत्यु शब्द सुन्न नचाहे पनि त्यो मृत्यु एकदिन जसरी पनि हरेकमा आएको हुन्छ । हामीले मृत्युको बारेमा सुन्न नखोज्दैमा मृत्यु तर्केर जाने वा नआउने होइन रहेछ । तर त्यो मृत्यु के हो ? भनेर कोट्याएर सोध्ने, बुझ्न खोज्ने साहस धेरै मानिसमा हुँदैन रहेछ । कहिले कतै आफु भएको ठाँउमा कसैले मृत्युको बारेमा के हो भन्ने चर्चा गरी हालेछन् भने पनि मुन्टो अर्को तिर फर्काउने र सुनेको नसुनै गर्ने गरेको मानिसहरु देखेको छु ।
सबै मानिसहरुलार्इ आफ्नो जीवनमा उमेर बढ्दै गए अनुसार अलि परिपक्व हुँदै जाँदा समाजमा मृत्युका घटनाहरु नजिकबाट देख्ने परिस्थिती आउन थाल्दछ । अरु बेलामा मृत्यु भन्ने शब्द भुलेर आफ्नो काममा मात्र व्यस्त हुन पाएको भए पनि समय समयमा पटक पटक आफ्ना आफन्तहरूमा बिरामी पर्ने, कसैको मृत्यु हुने गर्दछ । नजिकका छिमेकमा साथीभाइहरुका परिवारमा, गाउँघर छिमेकका परिवारमा अथवा अनि अलि टाढा नाता पर्ने, चिने जानेकाहरुमा वा नचिनेकाहरुमा मृत्यु पर्ने गरेर यो शब्दहरु सुन्ने र देख्ने गर्नु परिरहेको हुन्छ । मृत्युपछिको बियोग, मृतकका घरमा परेको अलपत्र, मृतकका आफन्तहरुको रुवाबासिले झन नमज्जा बनाउने र तिनै मरेकाहरुको यादहरु आइरहने हुन्छ । जानेर नजानेर मृत्युपछिका विभिन्न क्रियाकर्महरु गर्न बाध्य भइरहेका हुन्छाैँ । मृत्युको अज्ञानताले मानिसलार्इ झन अँध्यारोमा पुर्याउछ । यसो गर्दागर्दा हरेक मानिसले आफुलार्इ कमजोर महसुस गर्न थाल्दछ । उचित जवाफ कतै पाउदैन अनि यसो गर्दैगर्दै उनीहरु, बरु तिनै धर्म गुरुहरुका वर्णन, अर्थ, तर्क र विधिहरु सुन्न र पालना गर्न मानिस बाध्य भएको हुन्छ ।
प्रायः जसो मृतकका परिवारका सदस्यहरुमा र आफन्तहरुमा काेही मरेर गएपछि तिनीहरुको याद आइरहने, सपनाहरुमा ती मरेकाहरुलार्इ पटकपटक देखिने तर अर्थ नलाग्ने गर्दै दिनहरु बित्न थाल्दछन् । तिनै यादहरु र सँगसँगै उत्पन्न भएका अनुभवहरुको उचित जवाफ नपाएर मानिस हार्न थाल्दछ र अरुको शरणमा गुहारमाग्न पुग्दछन् ।
मृत्यु भन्ने शब्द डरलाग्दो हुन्छ भने पछि किन पटकपटक दाेहाेर्याउन पर्याे भन्लान काेही काेही । हाे मलार्इ पनि याे शब्दसँग डर लाग्थ्याे । तर डर मान्दैमा ती मृत्यु म भन्दा टाढा भएनन् । समय अनुसार त्यो शब्दले मेरो घरमा पनि प्रवेश गर्यो । आफ्ना आमा बुबाहरु एक एक गरेर मरेर गए । यो अनुभव मानिसको लागी ठुलो हतियारको प्रहारको चोट जसरी लाग्दो रहेछ । अरुलार्इ जस्तै मेरो जीवनमा पनि त्यही मृत्यृको दुखाइ, बिछोड र अन्धकारले छोप्यो । मैले यही मृत्यु शब्दकाे रहस्य खाेज्ने काेसिस गरेँ । त्यही अमुल्य अनुभवहरू बाड्न चाहन्छु ।
पछिका दिनहरु र अध्ययन पछिका अनुभवले प्रष्ट पार्यो कि मानिसको जीवनमा मृत्यु एउटा अन्धकारको खाडल हो रहेछ । त्यहाँ के हुन्छ ? किन हुन्छ ? त्यस मृत्युपछिका खबर कसैलार्इ थाहा रहेनछ । त्यसैले मैले मृत्यु शब्दकाे अन्याेल डरलार्इ जित्न प्रयास गरेँ र मृत्यु शब्दकाे बारेमा गहिरिएर खाेजी गर्न थालेँ । केवल मृत्यु शब्दको डरले आफ्नो आँखा चिम्म गरेर बस्दैमा, त्यो शब्द सुन्न नपरोस भनेर कान थुनेर बस्दैमा मृत्युको आफ्नो पालो नआउने हैन रहेछ । बरु त्यस मृत्युको भयानक डरलाग्दो खस्नै पर्ने खाडलमा जसरी पनि एक पटक खस्नै पर्ने भए त्यस खाडललार्इ बरु हेरेर नियालेर खस्न पाए केही सुरक्षित भइन्थ्यो कि भन्ने मेरो भनाइ थियो यो खोजीको क्रममा । हो यो कुरा सत्य हो रहेछ । खाडलमा नहेरिकन खस्ने, खस्दिन भन्दाभन्दा उल्टो फर्केर खस्नेहरुलार्इ भन्दा खाडलमा हेरेर खस्नेहरुलार्इ कम चोटपटक लाग्ने रहेछ । हेरेर खस्नेहरुलार्इ केही बचावटका विधिहरु अपनाउन मिल्ने रहेछ । पछिका पाठहरुमा बयान गरिएको छ ।

मृत्युसँग सम्बन्धित संस्कारहरू

विज्ञानको तर्क अनुसार मृत्युपछि केही रहदैन भनेको छ । मेडिकल डाक्टरहरुले पनि मृत्युको प्रमाणपत्र लेखेर दिएपछि आफ्नो जिम्मेवारी सिद्धिएको भन्छन् भनेर अगाडिका पाठमा उल्लेख भइसकेको छ । मृतकका परिवार आफन्तहरु बर्षौ सम्म मृतकलार्इ सम्झेर रुने, तिनकै याद गरिरहने गरेको देखिन्छ । अनि जानी नजानी लहै लहैमा मृतकका लागि भनेर विभिन्न धार्मिक कार्य र कर्महरु गर्ने गरिन्छन् । त्यति मात्रै थाहा थियो मानिसलार्इ मृत्युको बारेमा । मृत्युका बारेमा यति मात्र ज्ञानले मानिसको जीवनमा मृत्युको रहस्यलार्इ खुलाउन सकेकाे  थिएन जस्तो लाग्यो ।
त्यसाे भए मृत्युका बारेमा त्यस भन्दा अरु बढी  कुराहरू र चर्चाहरु कहाँ गरिएका छन् त भनेर खोज्दै गएँ । मृत्युको बारेमा चर्चागर्ने अन्य क्षेत्रहरु भनेको धर्म संस्कारहरु रहेछन् । विभिन्न धर्म संस्कारहरुमा यस मृत्यु शब्दलाई के भनेको छ भनेर नियालेर हेर्न खोज्दा केही धार्मिक संस्कारहरुमा ध्यान पुग्न गयो ।

मानिसलाई उसको मृत्युपछिकाे कार्य तिनै पूर्ण रुपमा वैज्ञानिक मान्यता नपाएका धर्म र संस्कारका हातमा सौँपिदिएका छन् । त्यस पछि मानिसको मृत शरीरलाई आफ्नो आफ्नो धर्म संस्कार अनुसार कसैले जलाइ दिने, कसैले गाडिदिने, कसैले घरकै आडमा सजाएर गाडिदिने, कसैले टाढा लगेर गाडि दिने, कोही कोही त्यस्ता मानिसको लास गाडेको ठाउँमा जान डराउने, कोही कोही त्यस्ता लास गाडेको ठाउँमा घरिघरि पटकपटक गईराख्ने गर्दछन् । कुनकुरा ठिक हो, कुन गलत हो भनेर कसैले चर्चा गरेका छैनन् । यो अवस्थानै आज सम्मको आधुनिक युगको मानिसको वास्तविक परिस्थिती हो ।
हिन्दु धर्म संस्कारमा कुनै मानिसको मृत्युपछि त्यस लासलार्इ उही दिन भित्रै जलाउने चलन छ । सकेसम्म अर्को दिन सम्म कुर्न हुँदैन भन्ने चलन छ । मृत्यु लगत्तै मृतकका छोरा छोरी, श्रीमती, श्रीमानलाई घरमा बस्न नदिएर घरको नजिकको गोठ वा अन्य अलग ठाउँमा जहाँ मानिसहरु बसोबास गर्ने गरेका छैनन् वा बसोबास गर्ने सुविधा पनि छैन, त्यस्तो ठाउँमा अलग राखि पराल, घाँस वा साधारण कपडा ओच्छाएर १३ दिन सम्म अलग्ग राखिन्छ र विभिन्न धार्मीक कार्य र कर्महरु गर्न लगाइन्छ । त्यस कार्यलाई क्रिया बस्ने भन्दछन् । मृत्युको खबर सुन्ने बित्तिकै आफ्ना नजिकका नाता पर्नेहरुले त्यो दिनको एक छाक खाना नखाने, खान लागेका वा खाइरहेका रहेछन् भने पनी खान छोड्छन् । मृतकका नजिकका परिवारले र नाताका आफन्तहरुले केही दिन नुन खाँदैनन् । ती आफ्ना छोरा वा अन्य क्रिया बस्नुपर्नेहरुले १३ दिन जति घरमा पकार नखाएर खेतमा, बारीमा, खोलाका किनारामा गई नुवाई धुवाई गरी अलि नमिठो साधारण चिजहरुमात्र समावेश भएका नुन नहालेको खाना पकाएर खाने चलन छ । क्रिया बस्ने बेलामा खाइने खानाहरु अन्य साधारण बेलामा खाने गरिदैन । अति नमिठा खानाहरु हुन्छन् । क्रिया बस्नु एक कठिन समय गुजार्नु जस्तै मानिन्छ । त्यस बखत ब्राह्मणहरुले विभिन्न मन्त्रहरु उच्चारण गर्दै मरेकालाई आफन्त कहाँ नआउँन आव्हान गर्ने, मरेपछिका जीवनका कठिनाइ र उपायहरु सिकाउने, अर्ति बुद्धि दिने चलन छ । ती क्रिया बसेकाहरुलाई अरुले नछुने चलन छ । घरमा हरेक दिन विभिन्न कार्यकर्महरु गरेर मृतक घरमा नफर्कोस भनेर भर्याङ्ग उल्टो बनाएर देखाउने, घरको ढोकामा काँडाहरु राख्ने, मृतकलार्इ घरबाहिर खानाहरु दिने, घरबाहिर पिउने पानीको घडा राखिदिने चलन छ । मृतकका घरमा ब्राह्मणले हिन्दु धर्म संस्कार अनुसारको गरुड पुराण सुनाउने र क्रिया बस्नेहरुले र अन्य आफन्तहरुले त्यो गरुड पुराण सुन्ने चलन छ । त्यो गरुड पुराणमा मानिसको मृत्युपछिको जीवनमा आइपर्ने दुःख कष्ट र उपायहरु बताउन खोजिएको हुन्छ । छोराहरु एक बर्ष सम्म सेतो कपडा लगाएर बरखी बस्छन् । श्रीमती जीवनभर सेतो कपडा लगाएर अथवा विधवा कपडा लगाएर बस्छन् । हरेक बर्षमा तिनीहरुको मरेको तिथीमा श्राद्ध गरी ती पितृहरुलार्इ बोलाएर खानाहरु, पानी अन्य आवश्यक कुराहरु दान दिइ तिनीहरुलार्इ फेरी नदीमा छोडेर आउने चलन छ । सकेसम्म भारतको गङ्गामा गएर श्राद्ध गर्यो भने अझ राम्ररी पितृहरुले पाउछन् र खुसी हुन्छन् भन्ने चलन छ । मृतकका घरमा एक बर्षसम्म कुनै विवाह वा पूजाआजाका शुभकार्यहरु नगर्ने चलन छ । मानिसले त्यस संस्कारलाई कति विश्वास गरेर गरेका छन् त्यो भिन्नै विषय हो ।
अन्य धर्म संस्कारहरुमा पनि मृत्युका बारेमा कुनै न कुनै विधिहरु अपनाउने चलन छ । जस्तै मुश्लिम धर्म संस्कारमा लासलाई जमिनमा गाड्छन् । मुश्लिमका कुनै सम्प्रदायहरुमा त्यस लास गाडेको चिहानमा झ्याल जस्तो प्वाल बनाइएको हुन्छ । त्यस मृतकलार्इ गाडेको ठाउँमा र मृतकको घरमा आफ्ना धर्म ग्रन्थका पाठ गर्ने चलन छ । नेपाली केही बौद्धमार्गीहरुले लास बिसर्जन गर्ने दिन विभिन्न खानेकुराहरु मृतकलाई सम्झेर सबै मलामीहरुले खाने चलन छ । केही दिनपछि बौद्धधर्म गुरु लामाहरु मार्फत मृतकसँग कुराहरु गरी मृतकको इच्छा पुरा गरिदिने चलन छ । क्रिश्चियनहरुले पनि त्यसैगरी लासलार्इ जमिनमा गाडेर विसर्जन गरी कुनै ठाउँमा आफन्त चिनजानकाहरु जम्मा भइ मृतकलाई सम्झेर विभिन्न खानेकुराहरु खाने चलन छ । लास गाडेको ठाउँमा बर्षमा पटक पटक आफन्तहरू जाने र फुलहरु, खानेकुराहरु चढाउने चलन छ ।

(मैले विभिन्न धर्म सँस्कारहरुको उदाहरणहरु उल्लेख गरेको कुनै बिरोध या समर्थन गर्ने उद्देश्यले होइन । त्यसैले कृपया यसलाई कुनै गलत अर्थ नलगाइ दिनहुन अनुरोध गर्दछु ।)

यसरी कुनै संस्कारमा मृतकका इच्छा पुर्ति गर्न मृतकलाई सम्झेर खानाहरु खाइएकोछ । कुनै संस्कारमा गाडेको ठाउँमा मृतकलाई निस्कन पस्न सजिलो होस भने जस्तो गरेर झ्याल बनाइएको छ (मलाई यस्तै तर्कका कारण झ्याल जस्तो बनाएका हुन कि जस्तो लाग्दथ्यो ।)
नेपालका केही बौद्धमार्गीहरु अर्घौ गर्छन् । यो भनेको मृतकका लागि बिदाइ भोज जस्तो हो । हिन्दु संस्कारमा त्यसरी मृतक आफन्त कहाँ आँउछ, खाना खान आउँछ भनेर झन घरमा नबस्ने, घरमा पकाएर नखाने जस्ता संस्कारहरु गर्दछन् । यी सबै जसाे संस्कारहरु कालान्तर देखि चल्दै आएका हुन् । यसरी लामो समयमा पार गर्दै आउँदा बाटामा ती संस्कारहरुका कति अर्थहरु मेटिन गएका होलान् र अन्य कति अर्थ तर्कहरुपछि थपिन आएका हुन सक्दछन् । जे भए पनि यी संस्कारहरु कमसेकम १५०० —२००० बर्ष अगाडदेखि चल्दै आएका छन् भने हिन्दु संस्कारका प्रचलनहरु हिन्दुशास्त्रका पुराणहरुमा लेखिएको छ । ती पुराणहरु कस्ले कहिले लेखेका हुन भनेर टिकान गरेर भन्न सकिदैन । त्यसैले सबै चलनहरुको सही सही अर्थ आज आएर पूर्ण रुपमा लगाउन कसैले सक्दैनन् कोसिस नगरे ठिक होला । तर इतिहासको अनुसन्धान गर्ने मेरोे उद्देश्य नभएर ती संस्कारहरुले के भन्न खोजेका हुन त भनेर गहिरिएर हेर्न बुझ्न खोजेको मात्र हो ।
मेरो विचारमा ती सबै संस्कारहरुले एउटै कुरा भनिरहेछन् कि मानिसको मृत्युपछि पनि उ आफन्त कहाँ आउँने गर्दछ । मृतकहरु सबैले आफन्त कहाँ आएर खानेकुरा, बस्त्र घर या अन्य उपभोगका कुरा नै मागेका छन् जस्तो लाग्दछ । मानिसको मृत्युपछिको आफन्तसँगको सम्पर्क जुनसुकै धर्म, संस्कार, देश, जातीहरुमा आफ्नो आफ्नो तरिकाले महसुस गरेका छन् र आफ्नो तरिकाले उपायहरु बनाएका छन् । यसरी हेर्ने हो सबै धर्म संस्कार सम्प्रदायले मानिसको मृत्युपछि पनि ऊसँग सम्पर्क भइरहेको हुन्छ भनेर भनेको हो ।
यसरी संसार भरीका सबै मानिसहरुले आफ्ना आफ्ना धर्म संस्कारका आधारमा कालान्तरदेखि मृत्युका बारेमा केही चलनहरु गर्दै आएका रहेछन् र आजका वैज्ञानिकहरुले पनि त्यसको अर्को भर पर्दो तर्क र उपाय नदेखाएको अवस्था रहेछ । त्यसो भए यसो पुर्वाग्रह नराखिकन सोचौँ त । कतै ती धर्म गुरुहरुले भनेका कुराहरु सबै सही नभए पनि अांशिक रुपमा सही पो छन् कि ?
धर्म र संस्कारहरुमा मृतकका बारेमा अझ बढी चर्चा, वर्णन गर्ने चलन छ । ती मरेकाहरुको आफ्नो कर्म अनुसार विभिन्न अवस्था जस्तै पितृ, शान्त भएका पितृ, अशान्त भएका पितृ, भुत, प्रेतहरु हुन्छन् भन्ने चलन छ ।
यी सबै धर्म संस्कारले के भन्न खोजेका हुन् ? भनेर नियालेर हेर्ने हो भने ती सबैले पितृ ,भुत प्रेत, बोक्सि, अन्य देवी देवताहरु छन् र तिनीहरुसँग आज पनि सम्पर्क भइ रहेको छ भन्न खोजेको हो । ती पितृ, भुत प्रेत, बोक्सि, अन्य देवी देवताहरु मध्य कसैले मानिसहरुलार्इ दुख दिएका हुन्छन् रे र कसैले सुख दिएका हुन्छन् भन्ने समाजमा विश्वास छ । ती धर्म शास्त्रहरुमा र संस्कारहरुमा मानिसलार्इ त्यस्ता नराम्रा पितृ, भुत, प्रेत, देवी देवताबाट तर्केर बस्नु पर्छ भनेर सिकाएका छन् र यसै सिद्धान्त अनुसार विभिन्न विधिहरु अनुसार उपचारहरु पनि गरिदिने वा उपचार गर्ने कोसिस गर्दछन् । काेही गुरूहरू तिनै पितृ, भुत, प्रेत, देवी देवताहरुलार्इ खुसि बनाएर केही कुरा माग्न पाइन्छ, तिनीहरुले दिन्छन् भनेर तिनीहरुको गुनगान गाउने, तिनीहरूको मुर्तिहरु, प्रतिमाहरु, फाेटाेहरुमा पूजाआजा गर्ने, आफुलार्इ आवश्यक परेका कठिनाइ हटाइदिन र मनोकामना पुरा गराइदिन आब्हान गछर्न् वा गर्न सिकाउँछन् । यी व्यवहार सबै धर्म र संस्कारहरुमा भिन्न भिन्न तरिकाबाट गरिन्छ । सबै चर्चहरुमा, गुम्बाहरुमा, मस्जिदहरुमा र मन्दिरहरुमा गरिने आराधनाहरुमा यही भावनाहरु पनि हुन्छन् । मानिसहरुले त्यसबाट केही राहत र फल पाए वा पाएनन् त्यो अझ अर्कै कुरा हो । तर सबैले एउटै कुरा गरिरहेका छन् भन्न खोजेको हो ।
चिकित्साशास्त्रमा देखिने गरेका कतिपय रोगहरुका, लक्षणहरुका चिकित्साशास्त्रले उचित, बयान, अर्थ, उपाय निकाल्न सकेको छैन । कतिपय भयानक रोगका लक्षणहरु र हस्पिटलका प्रयोगशालाका प्रमाणपछि पनि ती लक्षणहरु अचानक आफै हराएर गएका अनुभवहरु छन् । यसो भन्दैमा सबै घटनाका कारण एउटै नहोलान् । बिरामीहरुका कतिपय रोगहरु, लक्षणहरु डाक्टरको उपचारबाट ठिक नभएर अन्य तरिकाहरु जस्ले तिनै पितृ भुत प्रेत, बोक्सि सम्बन्धित उपाय जानेकाहरुले ठिक पार्यो भन्ने सुनिन्छ । चिकित्साशास्त्रका नजिकका शास्त्रहरुमा यस्तै चर्चा र उपचारहरु गर्ने चलन छ । चिकित्साशास्त्रका Psychiatric, Psychology भन्ने बिभागहरुमा कतिपय यस्तै खालका लक्षणहरु भएको सुनाउछन् बिरामीहरू । Depression भन्ने लक्षण भएका बिरामीहरू यस्तै कुराका लक्षणहरू सुनाउँछन् । कतीपय लक्षणहरुका अर्कै कारण होलान् तर केही लक्षणहरु यिनै यस किताबमा चर्चा गरिएका जस्तै थिए । तर आजसम्मका सम्पूर्ण हामी डाक्टरहरुले ती बिरामी र तिनका लक्षणहरुलार्इ गहिरिइमा गएर खोजी गर्न तिर लागेनौँ जस्तो छ ।
संसारका हरेक देशहरुमा भविष्यवाणी गरिदिने मानिसहरु थिए र आज पनि त्यस्ता मानिसहरु छन् । तिनीहरुले गरेको भविष्यवाणी कतिक सही हुन्छ मलाइ यकिन गरेर थाहा भएन । तर किन हो तिनीहरु कहाँ मानिसहरुको भिड लागि रहेको हुन्छ । अाजकाे मानव सभ्यताकाे सुरूअातमा सबै धर्म र संस्कारहरू तिनै भविष्यवाणी गर्नेहरूले सुरू गरेका हुन् । डाक्टर कहाँको औषधीले ठिक नभएको भनेर विभिन्न रोगहरुको उपचार गर्न भनि बिरामीहरु लामा, झाँक्री, पण्डित पुजारी, मौला, पादरीहरु कहाँ जाने चलन छ । अथवा यस्ता खालका उपचार गरिदिने मानिसहरु चारै तिर हुन्छन् । ती सबै झुटा कुरा गरेर सोझा जनताहरुलाई ठगेर बस्नेहरु हुन् कि तिनीहरुको विधिमा केही प्रभाव पनि छ । मेरो आफ्नो अध्ययन अनुसार ती रुढिवादी भनिने केही विधिहरुले सबै सत्य नभए पनि केही आंशिक सत्यताहरु रहेछन् । त्यसैको कारण ती विधिहरु पूर्ण बलमा आफ्नो खुट्टामा उभिन नसकेका भए पनि लडखडाउँदै लडखडाउँदै आजको आधुनिक युगसम्म पनि हाम्रो अगाडि खडा रहेछ र अझै आधुनिकत उपचारका विधि सँगसँगै हिड्दै रहने पक्का रहेछ । अवश्य पनि प्रमाण नभएका कुराहरू पत्याउन सकिन्न । तर गहिरिएर ती कुराहरुलार्इ बुझ्न खोज्नु विज्ञानको र चिकित्साशास्त्रको आजको आवश्कता र जिम्मेवारी हो ।
मैले माथि उठाइएका कुराहरुमा वैज्ञानिक र डाक्टरहरु भनेर तिनीहरुलार्इ प्रश्न गरेको जस्तो गरेको छु । यो भन्दैमा यस्ता गहकिला प्रश्नको जवाफ विज्ञान पढेको भन्दैमा हरेक विज्ञानका प्राध्यापक र डाक्टरी अभ्यास गरिरहेका हरेक मेडिकल डाक्टरहरुले यसको जवाफ दिनु पर्छ भन्न खोजेको होइन । तर तिनै विज्ञान शिक्षाका व्यवस्थापन गर्ने शिक्षा मन्त्रालयहरु, विश्वविद्यालयहरु मौन बस्न हुन्थेन । रुढिवादीका नाम गरिएका यस्ता उपचारका विधिहरु, मानिसहरु र संस्थाहरु समाजमा प्रशस्त रहेछन् । मानव जीवनकाे राेग, उपचार भन्दै मानिसहरूमा सेवा दिदै अाएका छन् भने याे कार्य सही हाे या हाेइन भन्ने जाँच हुनु अावश्यक थियाे र सम्बन्धित निकायहरु स्वास्थ्य मन्त्रालय, सम्बन्धित मेडिकल विश्वविद्यालय, विभिन्न अन्य सरकारी वा गैर सरकारी सँस्थाहरु मौन बस्न मिल्दैन । स्वास्थ सेवा सम्बन्धित विभिन्न अन्तराष्ट्रिय सङ्गठनहरु, विश्वस्वास्थ्य सङ्गठन लगायतका सङ्गठनहरुको ध्यान यस तर्फ पर्याप्त नपुगे जस्तो छ । अब यसको रहस्य पत्ता लगाउन सबै राष्ट्रिय स्तरका र अन्तराष्ट्रिय स्तरका सँघ सस्थाहरुको सम्युक्त प्रयास भएको हुनु पर्दछ ।
विभिन्न देश तथा संस्कृतिहरुमा चलिरहेको प्रचलन अनुसार विभिन्न धर्म, सँंस्कारहरुमा पितृ, भुत, प्रेत, बोक्सि, देवी देवता वा तिनीहरुबाट प्राप्त हुने डर र त्रासहरुको चर्चा र विभिन्न उपायहरुको उल्लेख हुँदै आएको छ । ती संस्कारहरुका बारेमा जनमानसमा पूर्ण ज्ञान नहुँदा नहुँदै पनि, कुनै सही अर्थ लगाउन नसक्दा नसक्दा पनि ती कतिपय सँस्कारहरु मान्न, पालना गर्न मानिसहरु विवश हुन्छन् । तिनै पूर्णरुपमा अर्थ नलगाइएका फरकफरक चलन र संस्कारहरुले मानिसहरुलाइ विभिन्न जात, धर्म, संस्कारमा विभाजन गरिदिएको छ र ती अज्ञानताको विभाजन कै कारण समाजमा विभिन्न शोषण, अन्याय, झगडा लडाइको कारण बन्न पुगेको देखिन्छ । विज्ञानले यी चलन र संस्कारहरुका बारेमा विश्लेषण, अध्ययन र तर्कहरु नदिएको देखिन्छ । कहिले काहीँ विज्ञानले दिइएका अभिव्यक्तिहरु सँधै व्यवहारिक नभएको र एक आपसमा विवादास्पद भएको पाइन्छ । त्यसैले व्यवहारमा विज्ञान र धर्म संस्कृति भिन्नै भिन्नै बाटोमा हिडिरहेको पाइएको छ । ती विभिन्न देश, भाषा र धर्ममा मान्दै आइरहेको संस्कारहरुमा कतिकुराहरु कुरा नबुझि पछि थपिएका होलान् र साँच्चैकै व्यर्थ अर्थहिन रुढिवादी मात्र होलान् तर पनि ती संस्कारहरुमा केही न केही सत्यता अवश्य हुनुपर्दछ । किनभने कतिपय संस्कारका केही कुराहरु अवश्य सत्य हुन् भन्ने कुराका आभास जनमानसमा रहेको छ ।
यस पुस्तकमा लेखकहरुको विज्ञान र चिकित्साशास्त्रको उच्चशिक्षाका ज्ञान र कामका अनुभवका साथसाथै अन्य विभिन्न धार्मिक ग्रन्थहरुको अध्ययन, विभिन्न संस्कारहरुको अध्ययन, विभिन्न मानिसहरुको अनुभवहरु, लेखकहरुका अनुभवहरु सबैलाइ जोडेरे अध्ययन गरियो । त्यस अध्ययनका निचोड अनुसार हामिले देख्दै आएको संसार भन्दा अझ गहिराइमा अदृश्य रुपमा पनि चेतना भएको संसार रहेछ । त्यस अदृश्य संसारमा मानिसको शरिरको अदृश्य रुप हुन्छ र अन्य विभिन्न अदृश्य जीवहरु पितृ, भुत, प्रेत, बोक्सि, देवी देवताहरु हुन्छन् भन्ने तथ्य र प्रमाणहरु प्रस्तुत गरिएको छ । ती अदृश्य जीवहरुको बारेमा सर्वसाधारण मानिसदेखि विज्ञानका सहकर्मीहरुले सजिलोसँग बुझ्न र अनुभव गर्न सकिने उपायहरु समावेश छन् । पितृ, भुत, प्रेत, बोक्सि, देवी देवताहरुसँगको सम्पर्कका अनुभवहरु, तिनीहरुबाट मानिसमा हुन आउँने दुःख, कष्ट वा सुखका अनुभवहरु, त्यसको सही परिचय, तिनीहरुको रचना, प्रकृती, गुण, तिनीहरुबाट हुने नराम्रा असर, त्यसबाट प्राप्त हुने डर त्रास, विभिन्न रोगका कारण र तिनीहरुको उपचारका उपायहरुको बारेमा बताइएको छ ।
लेखकहरुको नजानेर, थाहा नभएर, अज्ञानको कारण ती अदृश्य जीवहरु पितृ, भुत, प्रेत, बोक्सि, देवी देवताहरुसँग सम्पर्क हुन गयो । तिनीहरुसँगको सम्पर्क र तिनीहरु भएकै अन्धकारको खाडलमा विताउनु परेको अनुभव, सँगसँगै विभिन्न अध्ययनबाट प्राप्त ज्ञान र उपाय, उपचारका विधिहरु समावेश छन् ।
पितृ, भुत, प्रेत, बोक्सि, देवी देवताहरुको सम्पर्क भनेको मृत्युको खाडलमा पुग्नु जस्तो हो रहेछ । नजानेर त्यस्ता चिजहरुको चर्चा गर्ने थुप्रै अन्य मानिसहरु मृत्युको मुखमा परिसकेका, अकाल मृत्युका कारण मरिसकेका रहेछन् भन्ने कुरा अाफैले देखेर अनुभव गर्ने माैका मिल्याे । कोही अझै पनि नजानेर तिनकै नजिकमा बसिरहेका, दुख कष्ट आपदहरु भोगीरहेका तर खतराको चाल नपाएका कुराका प्रमाणहरु थाहा भयो । लेखकहरु त्यस्ता मृत्युको खाडलमा परेर बचेर आउदा आफु सँगै ल्याइएको त्यस परिस्थितीका ज्ञान, अनुभव, उपायहरुको सँग्रह भएको अमृतको घडा हो यो किताब । यस अमृतको प्रभावले मानव जातीको जीवनका सबै क्षेत्रहरु विज्ञान, धर्म, संस्कार र व्यवहारिक जीवन क्रियामा जीवनको सही अर्थ, ज्ञान र उपायहरु जुटाउन सहयोग पुर्याउने छ भन्ने विश्वास लिएको छु ।
विज्ञानले हैन भनेको भए पनि यी पितृ, भुत, प्रेत, बोक्सि, देवी देवताहरु सबै हुँदा रहेछन् । संसारका सबै ठाउँमा रहेछन् । तर सबै देश, धर्म, संस्कारहरुमा तिनीहरुको बारेमा गरिएका वर्णन, ज्ञानहरु, अर्थहरु अपूर्ण रहेछन् र तिनीहरुका बारेमा बनाइएका उपायहरु सबै अपूर्ण मात्र रहेछन् । तिनीहरुका बारेमा सम्पूर्ण ज्ञान, सही अर्थ, सहि उपायहरुको एकै ठाउमा एउटै किताबमा वा एउटै धर्म र संस्कारमा वर्णन भएको कतै पाइएन । तर सबै धर्म संस्कारहरु, धार्मीक किताबका ग्रन्थहरु, शास्त्रहरु, विभिन्न विधि र परम्पराहरुले केही टुक्रा टुक्रा मात्र सत्य कुराहरु बोकेका रहेछन् जस्तो लाग्यो । सत्य कुराका तिनै केही टुक्राहरुमा मानिसहरुले थुप्रै आफ्ना अनुमानहरु जोड्न जाँदा ती विभिन्न संस्कारहरु बन्न गएछन् र सबै कार्यहरुका अर्थ र कारणहरु बेलामा दिन नसक्दा रुढिवादी जस्तो बन्न गएछन् । ती संस्कारहरुको सही जानकारी, तरिका र उपायहरु उल्लेख नभएकोले सर्वसाधारणले गलत तर्क र उपायहरु अपनाइ अझ कठिनाइ झेल्नु परेको देखेँ ।

यस किताबमा वास्तवमा ती संस्कारहरुमा चर्चा गरिएका चिजहरु के हुन् ? ती अदृश्य चिजहरुलाई कसरी देख्न सकिन्छ, कसरी छुन सकिन्छ वा अन्य स्पर्श वा कसरी दोहोरो सम्पर्क गर्न सकिन्छ भन्ने कुराहरुका चर्चा र उदाहरणहरु समावेश छन् । यी अदृश्य चिजहरुसँग अध्ययनको, अनुभवको क्रममा लेखक र लेखिकाले आफैले पटकपटक तिनीहरुसँगकोे स्पर्श, सम्पर्क, देख्ने, बोल्ने गरेको अनुभवहरु बटुल्न सफल भएका छौँ । यिनै अनुभवहरुलार्इ विज्ञानको दृृश्टिकोणबाट कसरी विश्लेषण गर्न सकिन्छ र अरु जनमानसलार्इ कसरी बुझाउन सकिन्छ भनेर उपायहरु समेटिएको छ ।
मानिसले गरिआएका संस्कारहरुलार्इ यस किताबमा कतै कतै रुढिवादी संस्कारहरु भनेर चर्चा गरिएको छ । सबै संस्कारहरुलार्इ रुढिवादी भनेको होइन । झन यस किताबमा ती संस्कारहरुमा केही कुरा सत्य रहेछन् भनिएको छ । तर ती संस्कारका धेरै कुराहरु साँचैकै रुढिवादी रहेछन् । त्यसो भनेको सुन्दा झट्ट चित्त नबुझ्न सक्दछ र केही दुख लाग्न सक्दछ ती संस्कारका गुरुहरु र पालन कर्ता भक्त्तजनहरुलार्इ । मैले कसैलाइ मन दुखाउन खोजेको होइन बरु वास्तविकतालार्इ कोट्याएर हेर्न सजग गराउन खोजेको हो । रुढिवादी भन्ने शब्दको अर्थ हो अर्थहिन कार्यहरु जुन अर्काको देखा सिकिका आधारमा गरिराखिएका छन् । हुन त संसारका सबै देश र मानिसहरुले गर्दै आएका कार्यहरुमा केही न केही कुराहरु रुढिवादी बिचारहरु रहेछन् । गरिब अविकसित देशदेखि अति विकसित अमेरिका, युरोपिय देशहरू, रुस जस्ता सबै देशहरूमा आफ्ना आफ्ना रुढिवादी प्रथाहरु रहेछन् र आज पनि यथावत छ । कुनै समाजमा यी रुढिवादी कुराहरु अति बढी छन् भने कुनै समाजमा खास गरेर विकसित, शिक्षित देशहरुमा, शिक्षित मानिसहरुमा अलि कम छ ।
अलि अलि रुढिवादी कुराहरु बोकेर पालना गर्दैमा के फरक पर्छर भन्ने प्रश्न उठ्न सक्दछ । हो अलि अलि होस वा बढी होस रुढिवादी कुराहरु पालना गर्दैमा केही फरक परे जस्तो लाग्दैन । सबै मानिसको आफ्नो आफ्नो  व्यक्तिगत स्वतन्त्रता हो जस्तो लाग्दछ । यी सबै रुढिवादी कार्यहरु गर्न पाउदा कहिले कहीँ सजिलो अनि रमाइलो पनि लाग्न सक्दछ । सोच्नु केही पर्दैन अर्काको पछिपछि लाग्न पाए पुग्यो । धर्म संस्कारका नाममा विभिन्न रमाइला विधिहरु र चाड पर्ब मनाउँदा मिठोमिठो खाने अवसरहरु पनि पर्दछ पैसा हुनेहरुलार्इ । हुन त जुन सुकै नयाँ कुराहरु पनि सुरुमा सिक्दा अरुहरुलै पछि लाग्दै सिक्ने गरिन्छ । नयाँ चलन र संस्कारहरु सिक्दा सुरुमानै किन यसो गरिदैछ भनेर सोध्ने चलन हुँदैन । तर सँधै अरुको मात्रैपछि लाग्ने, आफुले गरिरहेको कुराहरु के हो त भनेर कहिल्यै नसोध्नुलार्इ पनि बुद्धिमानी मान्न सकिन्न । आफ्नो जीवन प्यारो छ, आफ्ना आफन्तहरु प्यारा छन् भने ती गरिएका कार्यहरु सत्य हुन कि होइनन् भनेर सोच्नु, सोध्न खोज्नु बढी बुद्धिमानी हो जस्तो लाग्दछ । यस्ता प्रश्नहरु मनमा जगाउनेहरुलार्इ कष्ट पनि हुँदो रहेछ जीवनमा तर जवाफ पनि जुट्दै जाने रहेछ जस्तो लाग्यो । तर अरुको अन्धो लहैलहैमा जीवनभर लाग्दा गलत बाटामा लागिने सम्भावना बढी हुँदा रहेछन् । अरुको लहैलहैमा लागेर हिढ्दा सही काममा हिडेका भए पनि गलत मानिसको सँगतमा परिने, आफु प्रति शोषण हुने सम्भावना बढी हुँदो रहेछ । आफु हिडेको बाटाहरुको, आफुले गरेका कार्यहरुको बारेमा केही थाहा नभइ जीवनभर अर्काका पछि मात्र लाग्ने हो भने मानिसको जीवन र भेँडा बाख्रा, खसी बोकाको जीवनमा खासै फरक देखिदैन । ती भेडा बाख्रा, खसी बोकाहरुलार्इ घास खान पाए पुग्यो । ती घास दिनेले हातमा खुँडा लिएर बसेको छ र एक छिनपछि त्यहि घाँस दिनेले आफुलार्इ काट्ने छ भनेर देख्ने, बुझ्ने, सोच्ने चलन र क्षमता भेडा बाख्रा, खसी बोकामा हुदैन । त्यसैले सँधै रुढिवादीकापछि लाग्नु भनेको पनि आफुलार्इ मानिस जाती भन्दा तल ओरालेको हो जस्तो लाग्दछ । आफुले गरिरहेका हरेक कार्यलाई सत्य हुन् कि होइनन् भनेर यसो चासो राख्ने बानी बसालौँ । खोजी गर्दा हुन सक्छ केही सत्य कुराका सुराक थाहा पाउन सकिन्छ कि ?
त्यसैले यस किताबले मानिसलार्इ आफ्ना कार्यहरुका बारेमा एक पटक सोच्न सिकाउँछ र आफ्नो ठुलो अन्धकारलार्इ हटाउने छ । मानिसलार्इ असुर अवस्था, बेसुर अवस्थाबाट सुर अवस्थामा डोर्याउने छ । अनि बल्ल मानिसहरु आफ्नो जीवनमा सफल सुखि हुन थालेको अनुभव गर्न थाल्नेछन् ।
सबै धर्म संस्कारहरुमा मृत्युपछिका यात्रा हुन्छ जस्तै नर्क, स्वर्ग, मोक्ष भनिएको छ । सबै धर्म संस्कारहरुमा यी शब्दहरुलार्इ आफ्नो आफ्नो तरिकाले बुझाउन खोजिएको छ । तर कुनै पनि धर्म संस्कारमा यस शब्दलार्इ खुलाए बुझ्ने गरी र प्रमाण सहितका उदाहरणहरु प्रस्तुत गरिएको छैन रहेछ । सबै धर्म संस्कारमा धर्म गुरुहरु आफ्ना भक्तजनहरुलार्इ मृत्युपछि स्वर्ग जानु पर्छ वा मोक्ष हुनु पर्दछ भनेर सिकाउँछन्, स्वर्गमा पुर्याउने जिम्मा लिदै आफ्नो कामको धन्यवाद दस्तुरका रुपमा दक्षिणा पनि लिन्छन् र आफ्ना खुट्टामा ढोग गर्न लगाउँछन् । यो कार्य तिनीहरुले कतिक सफलता पूर्वक गरे मलाइ थाहा भएन । कि त स्वर्ग        पुगिसकेकाहरुलार्इ थाहा होला कि त पुर्याउने जिम्मा लिएर दक्षिणा लिइसकेकाहरुलार्इ थाहा होला । जानेका गुरुहरुले सायद आफुले जिम्मेवारी लिए अनुसार कसैलाई स्वर्ग पुर्याए होलान् । तर कोही स्वर्ग पुर्याउन नजानेका गुरुहरु पनि दक्षिणाको लोभले स्वर्ग पठाइदिन्छु भनेर जिम्मा लिने गरेका छन् कि ? कुनै कामको जिम्मा लिएर काम पुरा नगर्ने, कामको ज्याला भने लिइ छाड्ने र पटकपटक यस्तै कार्यहरु गर्न पाइने ग्राहकहरु खोज्नेहरुलार्इ ठग भनिन्छ । सबै धर्मका धर्मगुरुहरु आफ्नो आफ्नो धर्म संस्कार अनुसारका वेष भुशा लगाएर, विभिन्न टिकाहरु लगाएर, विभिन्न टोपी फेटाहरू लगाएर कसैले लामो दाह्राी पालेर, कसैले लामो कपाल पारेर तिनका भगवानका गुनगान गरेपछि सहजै स्वर्गमा पुग्छन् भनेर सोचेका छन् जस्तो छ । स्वर्ग पुर्याउने जिम्मा लिएकाहरुले आफुले त्यस स्वर्गकोे बाटो देखेका र स्वर्गको अनुभव गरेका छन् कि छैनन् । आफु कहिल्यै नपुगेको टाढाको आफुले बाटो नजाने ठाँउको यात्रा गराइदिने जिम्मा लिनु कतिक जायज होला आफै सोचौँ ।

भय र त्रास

यो किताब जीवनका विभिन्न भय त्रास मृत्युले घेरिएको समस्याहरुका बारेमा हो । त्यसैले यस किताब पढ्ने बेलामा मानिसमा त्यस्तै खालका समस्याहरु ल्याउन खोज्छन् । त्यसैले ध्यान लगाएर चाहिएका मानिसहरुले मात्र पढ्ने किताब हो यो । कमजोर मन भएकाहरुले पढ्ने कुराहरु छैनन् । यहाँ रमाइला कुराहरु काल्पनिक कहानीहरु जोडेर मनोरन्जन गराउन बनाइएको केही पनि छैन । जीवनका भयानक खतरापूर्ण र महत्वपूर्ण खबरहरुको सँग्रह हो । यो किताबका अगाडिका पानाहरु पढ्न थालेपछि मानिस आफ्नो पुरानो अन्जान जीवनमा फर्कन सक्दैन भने अगाडिका बाटाहरु झन कठिन हुनेछन् । आफै निर्णय लिउँ । यदि अगाडि बढ्ने नै इच्छा छ भने स्वागत छ, अगाडि बढौँ र अगाडिका पाठहरुमा जानुहोस ।
नत्र नचिनेको नसुनेको जस्तो गरेर लुरुक्क पर्दै बिदा हुनुहोस बरु यसैमा भलो छ । पौडी खेल्न मन नभएकाहरुले अरुको लहैलहैमा लागेर नदीमा हाम फाल्न हुँदैन । नदीमा पौडने बेलामा पौडन जान्नेहरु र त्यस बखत पौडन चाहना भएकाहरुको त कस्तो कठिन हालत हुन्छ भने पौडी खेल्न मनै नभएकाहरुको नदीमा पौडदा के हालत हुन सक्ला ? झन यदि नदीमा पानीको अलि बढी भेल बाहाडी आएको बेला पर्यो भने के होला ?

भय र त्रास किन आउँछ ?

यस पुस्तकमा जीवनको भय र त्रास बोकेका विषयहरु जस्तै मृत्यु, पितृ, भुत, प्रेत, देवी देवताहरुका बारेमा वर्णन गरिएको छ । मृत्यु, पितृ, भुत, प्रेत, देवी देवताहरु भन्ने शब्दनै जनमानसको लागि अन्जानको विषय हो र भय, डर, त्रासको विषय हो ।
यस पुस्तक पढेर वा पढ्दा बखतमा विभिन्न भय, डर, त्रास, झस्कने, जीउमा सिरिङ्ग हुने, वरपर नभएका आवाजहरु आउने, परिवारमा साना साना झगडाहरुले छेक्न आउने, परिवारमा मनमुटाब आउने, कोही न कोही पढाइमा बिथोल्न आए जस्तो गर्ने, कसैले सहयोग गर्ने, कसैले बिरोध गर्ने, सपनाहरुमा त्यस्तै डरलाग्दा चित्रहरु आउने जस्ता घटनाहरु घट्न सक्दछन् । किताब पढ्ने बेलामा निन्द्रा लाग्ने, अलि अलि हैन एक दम निन्द्रा लाग्ने, हाइ हाइ आएकै आयै हुने अनि किताब पढ्न छोडेपछि निन्द्राले छोड्ने हुन्छन् । पढ्ने बेलामा दिमाग कता हो कता पुग्ने किताब सिद्धाए पछि बल्ल थाहा पाउने जस्ता अनुभवहरु धेरै पटक हुन्छन् । त्यसैले हरेक पाठकले सँधै सावधानी अपनाउनु र सिनियर पाठकहरुको सरसल्लाह पाउने वातावरण बनाएर तिनीहरुसँग नजिकको सम्बन्ध बनाइ राखेको हुनु पर्दछ । किताब, किताबका लेखकहरु र ती सिनियरहरु जस्ले किताब प्रति केही सुझावहरु दिन सक्छन् तिनीहरु प्रति अचानक कहिले काहीँ अविश्वास आउँन सक्दछ । यस्तो पकटपटक हुन सक्दछ । त्यसैले सिनियर पाठकहरुको सरसल्लाह लिनु उचित हुन्छ । कहिले काहीँ चोट पटक दुर्घटनाहरु पनि हुन सक्दछन् । यी चोट पटक दुर्घटना जस्ता गहिराइका प्रभावहरु प्रायः त्यस्ता व्यक्तिहरुमा बढी आउन सक्दछन् जो पहिल्यै देखि नजानेर यस्ता अदृस्य चिजहरुको सम्पर्कमा रहिरहेका रहेछन् । अथवा यस किताब पढ्ने बेलामा विश्वास नगरे जस्तो गर्ने र यस किताबका सिनियर पाठकहरु प्रती शङ्का, नराम्रो भाव, रिस गर्ने, कुठार भावहरु राखेका छन् भने त्यस्ताहरुलार्इ बढी कष्ट अनुभव हुनेछ । रिसाउने बानी भएका पाठकहरुलार्इ लामो समय सम्म पनि कष्टहरु आइरहने हुनसक्दछ । यदि कसैमा केही अपृय घटना हुन गएमा किताबका लेखकहरु जवाफदेही हुने छैनन् । यी घटनाहरु घट्नुमा मानसिक साइकोलजी मात्र नभएर यो किताबले भन्न खोजेका विषयका वास्तविकतालाई कोट्याउन गएको भएर हो । त्यसैले यस किताब पढ्दा माथि उल्लेख गरिएका जस्ता लक्षणहरु देखिएनन्, कुनै खालका स्पर्शहरु भएनन् भने पाठकले यो किताब राम्रोसँग पढेको छैन् । तर पाठकले डराउनु पर्दैन । जीवनको रहस्य र सृष्टिको रहस्य बुझ्ने इच्छा भएपछि यी वास्तवकतालार्इ स्विकार्नै पर्छ र अझ गहिराइमा पुगेर रहस्यको जरोमा पुग्ने इच्छा राख्नु पर्दछ । किताबको पढाइ सिध्याएर पटकपटक दोहर्याएर, मनन गर्दै, किताबका भावहरु बुझ्दै गएपछि ती लक्षणहरु समाप्त हुन्छन् र पाठकपछि भविष्यमा भयहरुबाट मुक्त हुनेछन् । पाठकले किताब राम्रोसँग पढेर, बुझेको जस्तो लागेर पनि ती लक्षणहरु आइरहे भने पाठकले अझ राम्ररी पढेर बुझेको छैन भनेर जान्नु । किन कि यो किताबको भाव पुर्णरुपमा बुझेपछि ती भय र त्रासहरुले छुन सक्दैनन् ।
यसरी यो किताब पढ्दा तर्साउने, डराउने हुन्छ भन्दा यो किताब कतै तन्त्र मन्त्रको किताब हो कि भन्ने पर्दछ । यो कुनै तन्त्र, मन्त्र, स्तुति, पूजाका विधिहरुको सँग्रह होइन । ती डर, त्रासहरु अस्पष्ट रुपमा, ज्ञान नभइकन पनि हाम्रो जीवनमा सँधै अनुभव भइरहेको थियो । तर ती स्पर्शहरु किन आए भनेर हामीलार्इ थाहा थिएन । विज्ञानले त्यसलाई स्पष्ट गरेर वर्णन, बयान नगरिदिएको भएर ती स्पर्श र घटनाहरु त्यत्तिकै जनमानसमा रुढिवादीका रुपमा गलत अर्थ र तर्क बोकेर अल्झिरहेको रहेछ । यस किताबमा आज त्यही चिजहरुको वर्णन र अनुभवका कुरा गर्दा ती चिजहरुको स्पर्श हुनसक्दछन् । त्यही मात्र भएको हो । तर यस किताबको ज्ञान भएका र भाव बुझेकाहरुलाई त्यस्ता कठिनाइबाट छिटो छुटकारा मिल्दछ । ती स्पर्शहरु आउनुको कारण आगोकोे अध्ययन गर्दा आगोको स्पर्श हुनु, चिसोको अध्ययन गर्दा चिसोको स्पर्श हुनु जस्तो भएको हो । त्यस्तै हुनु पर्दछ नत्र उसले अनुभव गर्नसक्दैन । तर त्यस्ता स्पर्शहरु पटकपटक नदोहोरियोस भनेर यो किताब पुरा पढेको हुनु पर्दछ ।
यस्तो भय र त्रास आउने विषयलाई यो लेखकहरु किन अझै चर्चा गर्दै छन् । खतरा हुन्छ भनेर थाहा पाए पछि अब त चुप्प लागेर बसे हुन्न र भन्ने प्रश्न उठ्ला । सुरुमा म मा ति मेरा जिज्ञासाहरु जाग्दा तिनका जवाफ यता तिर होला र तिनीहरुबाट खतरा हुन सक्दछन् भनेर अलिकति पनि थाहा थिएन । झन नजाने यिनै विषयका कुराहरु चर्चा गर्दै अगाडि बढियो । जीवनमा डर त्रास लिन अलि सिकिएको थिएन । सँधै त्यस्तै सजिलो हुन्छ जस्तो लाग्थ्यो । तर मेराे जीवनमा ती डर त्रासहरु मेरा यिनै कुराहरूकाे खोजीका कारण आएका रहेछन् । ती डर र त्रासहरु आइहालेपछि भाग्ने मौका मिलेन या भाग्ने चाहना भएन र सामना गर्नुपर्ने परिस्थिती पर्न गयो लेखकहरुलार्इ ।

त्यसैले लेखक पाठकहरुलार्इ सजग गराउन चाहन्छ । मानिस जीवनको अर्थ नबुझेर जुन अन्योलताको अन्धकारमा अल्झिएको छ त्यस अन्धकारलार्इ पार गर्न केही कठिनाइ पार गर्ने सहनशिलता, निडरता राख्नु पर्दछ । त्यस अन्धकार र कठिनाइको गहिराइबाट निस्कन जान्नु पर्दछ । लेखकले यस किताबमा यिनै कठिनाइ पार गर्न सकोस भनेर विभिन्न उपाय र तरिकाहरु जोडेको छ । पाठकले यस किताब पढेर किताबको भाब बुझ्ने क्षमता र सहनशिलता राख्नु पर्दछ । त्यसपछि बल्ल अन्त्यमा पाठकले सृष्टि, जीव र जीवनको रहस्य, मृत्युको रहस्य बुझ्न र महसुस गर्न सफल हुनेछ । यी अनुभव नगरीकन गरिएका अध्ययनहरु र निर्णयहरु अपुरा रहनेछन् ।

तर अब आज अगाडिका दिनहरुमा जे सुकै कठिनाइहरु भए पनि तिनका बारेमा आवश्यक खोजी, आफुले बुझ्न र बोक्न सकेको उत्तर रहस्यहरु लिएर आएको छु । अब त मसँग ती भय र त्रासको उपाय र समाधानको अति तितो तर काम लाग्ने औषधीहरु पनि छ । यो रहस्य जीवनभरको मिहिनेत हो त्यसैले डराएर लुकाएर राख्न सकिन र प्रस्तुत गर्न लागेको हुँ ।

किताबबाट हुने प्रत्यक्ष अनुभवहरुलार्इ तिन स्तरमा बाड्न सकिन्छ ।

१. सुरुको अवस्थाः सुरूका परिचय खण्ड र विज्ञान खण्ड पढ्ने र बुझ्ने बेला । यति खेर अलि अलिमात्र भय त्रासको अनुभवहरु ।
सुरुसुरुमा किताब पढ्न थाल्दा अलि अलिमात्र बुझिएको हुन्छ तर पनि केही डर त्रासका आभासहरु आउँन सक्दछन् ।
२. बिचको अवस्थाः लेखकका र अन्य व्यतिहरूका अनुभवहरू पढ्ने, भिडियाेहरू हेर्ने बेलामा । त्यति खेर भय र त्रासका अनुभवहरु  अलि बढी हुन्छन् ।
किताबलाइ पटकपटक पढ्दै गरिराइमा गएर बुझ्न कोसिस गर्दा र तिनका बारेमा दिइएका उदाहरण अनुभवहरु प्रत्यक्ष भिडियोहरु हेर्ने मौका मिल्दै जाँदा किताबको भावको गहिराइमा पुगिने हुन्छ । यसरी बुझ्दै जाँदा भय त्रास, कष्टहरुको अनुभवहरु अलि बढी हुन पनि सक्छन् ।
३. अन्तिम अवस्थाः धार्मिक संस्कारहरू र तिनका विधिहरूलार्इ बुझ्रे र वेदशास्त्रका भनाइहरूलार्इ बुझ्न थालेकाे बेला । यति खेर  समाधान र उपायहरु जानेर भय त्रासबाट मुक्त भएको अनुभवहरु हुन्छन् ।
किताबलार्इ धेरै पटक पढेर, प्रत्यक्ष भिडियोहरु हेर्ने मौका मिल्दै जाँदा, सिनियर पाठकहरु सँग पटकपटक भेटघाट, अनुभवहरु बाँड्ने, आफ्ना अनुभव र अरु साथीहरुको अनुभवहरु केलाएर अर्थ लगाउदै जाँदा किताबको वास्तविक गहिराइको भाव बुझ्न सकिन्छ । लेखकले गरेको अध्ययनका अन्तिम चरणका कुराहरु र ती कष्टहरुबाट निस्कन सक्ने उपायहरुका चर्चा र भावहरु बुझ्न थाले पछि भय बाट मुक्त हुने अवस्था आउने छ ।
त्यसैले पाठकले यस किताबका अध्ययनका क्रममा केही दिनहरुमा नै लगातार पढेर बिचमा नै अध्ययन नछोडि किताबका ती अन्तिम पानाहरु सम्म पुगि त्यस अन्तिम पानाहरुलाई गहिरिएर पढिदिन हुन लेखकको अनुरोध छ । त्यसो गरेमा पाठकहरु अदृश्य चिजहरुको नराम्रा अनुभवका साथै र राम्रा अनुभव र बचावटका उपायहरु प्राप्त गर्ने छन् ।

यिनै सावधानीका साधारण उपायहरु पनि थाहा नभएको भएर लेखकहरुले अध्ययनका क्रममा ठुलो दुःख कष्ट भोग्नु पर्यो । यिनै ज्ञान समेट्न कति भौतारिनु, मृत्युको नजिक पुगेर बच्ने खालका जोखिमहरु झेल्नु पर्यो । ती मेरा जिज्ञासाहरुलार्इ यस किताबको रुप दिन लेखकको  अध्ययन, मिहिनेत र भोगेका अनुभवहरु सहितका करिक ३० बर्ष लाग्यो ।
यस किताबका विषयहरु अति नयाँ, अनौठा, अचम्म लाग्ने, पत्याउनै नसकिने खालका छन् । तर मैले यी कुराहरु हाम्रो समाजमा भइरहेका विषयहरु, घटनाहरु, किताबहरु, संस्कारहरुबाट आवस्यक टुकहरु निकालेर एक ठाउँमा जोडेर एउटा पूर्ण चित्रण गरेको मात्र हो । मेरो तर्फबाट नयाँ केही कुरा थप्ने कतै ठाउँ थिएनन् । मेरा ती गहन जिज्ञासाहरुका बारेमा चर्चा भइसहेको रहेछन्, मानिसहरुले अनुभव गरिरहेका रहेछन्, तिनका बारेमा शास्त्रहरुमा उल्लेख भइ सकेको रहेछन् । मैले त केवल ती लुकेर छरिएर बसेका अनुभवहरु र शास्त्रका पँक्तिहरुलार्इ एक ठाउँमा समेटिदिएको र लुकेकाहरुलार्इ अर्थ खुलाएर देख्ने बनाइदिएको हुँ । ती अर्थ बिराएका पँक्तिहरुलार्इ सही अर्थ दिइ आवश्यक प्रमाणहरु जुटाइदिएको मात्र हुँ ।
म किताब लेख्ने अनुभव भएको मानिस होइन । यस किताब लेख्नुभन्दा अगाडि कुनै किताब कविता कुनै लेखहरु लेखेकाे थिइन । यो किताबका विषयहरु झन अति कठिन थिए र अति धेरै विषयमा चर्चा गर्नु पर्ने थियो । कुन कुरालार्इ अगाडि कसलार्इ पछाडि राख्ने थाहै थिएन । कुन टाउको कुन पुच्छर थाहै छैन । कति ठाउँमा एउटै कुराहरु पटकपटक दोहाेर्याइएको छ त्यही पनि बुझाउन सकिन्छ कि भनेर । किताबमा थुप्रै प्राविधिक कमजारीहरु हुन सक्दछन् । त्यसैले किताबका प्राविधिक कमजोरी प्रति ध्यान नदिइ किताबका वास्तविक भावहरुलार्इ बुझ्न कोसिस गरिदिन हुन पाठकहरुलार्इ अनुरोध गर्दछु ।

चुनाैती र महत्व

यी विषयहरू अति कठिन थिए त्यसैले हाेला अाजसम्म कतै पनि यस विषयमा विस्तृत वर्णनहरू पढ्न, सुन्न पाइएकाे थिएन अथवा एकै ठाउँमा, एउटै किताबमा पाइएकाे थिएन । यस किताबकाे विषयकाे खाेजिगर्न अति कठिन थियाे र लामाे समय लाग्याे । मानिस भएर अन्य मानिसहरू जस्तै मिठाे खाने, राम्राे लाउने, घुम्न जाने, राम्राे कमाइ र सम्पत्तिकाे कुरा गर्न तिर नलागेर त्यस्ता कमाइका कुराहरूका चर्चा हुने ठाउँनै त्यागेर एकान्त बस्ने र अरूकाे नजरमा टाेलाएर बस्ने, घरबाट बाहिर ननिस्कने, अरू कसैसँग सम्पर्क गर्न नचाहनेहरूलार्इ अवश्य पनि पागल भन्न थाल्छन् र मलाइ पनि त्यस्तै भन्न थाले मानिसहरूले । म अाफैलार्इ पनि शङ्का लाग्थ्याे कतै म साँचैकै पागल त भइन ? जस्ताे लाग्दथ्याे । तर म अाफै डाक्टर भएकाेले मलाइ थाहा थियाे कि म पागल हाेइन अरूकाे नजरमा केही समय पागल जस्तै भएर बसेकाे छु । अब मलार्इ जस्तै याे किताब पढ्नेहरूलार्इ सुरू सुरूमा पागल पनि भन्लान् । किनकि कसैलार्इ थाहा नभएकाे कुरा गर्ने र कार्य गर्नेहरूलार्इ नबुझ्नेले सुरूमा त्यसै भन्छन् । पछि तपाइहरूमा यस किताबले त्याएकाे परिवर्तनले प्रभावित भएर मलाइ पनि सिकाइ देउ, भनि देउ भन्दै उनीहरूपछि लाग्दै अाउनेछन् ।

याे किताब एउटा निर्देशिका पनि हाे । यस किताबकाे तरिकाहरू पालना गर्न थाल्याे र जान्याे भने यस किताबमा उल्लेखित ती पत्याउन मन नलाग्ने कुराहरूकाे अनुभव गरेर गहिराइमा बुझ्न सफल हुनेछन् ।

मानिसहरू अज्ञानताले यस किताबमा उल्लेखित विषयहरूसँग सम्पर्कमा अाइसकेका रहेछन् र सहि ज्ञान र तरिकाकाे अभावमा झन गलत तरिका अपनाएर दुःख, कष्ट भाेग्नुका साथै एक अज्ञात लक्षण र राेगकाे अवस्थामा पुगेका हुँदा रहेछन् । यस किताबकाे ज्ञानकाे प्रभावले मानिसहरू त्यस अज्ञात अवस्थाबाट मुक्तहुने तरिकाहरू बुझ्न पाएर त्यस अज्ञात लक्षण र राेगकाे अवस्थामा भाेग्दै अाएका दुःख, कष्टबाट मुक्त भएका छन् । यस किताबकाे भाव राम्ररी बुझ्न सजिलाे हाेस भनेर लेखक तथा अन्य पुराना अनुभवी पाठकहरूसँग परामर्श गर्न पाइनेछ । परामर्शकाे अावश्यकता परेमा यस साइटकाे परामर्श भाग वा consultations मा गएर अावश्यक जानकारी दिन सक्नुहुनेछ । यस किताबका विषयलार्इ बुझेर अाफ्नाे जीवन सुखि खुसि बनाएका मानिसहरूकाे सँख्या हरेक दिन थपिदै छन् ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: English