⇐विषय सूचीमा फर्कन

पाठ ३.१०.७

तेस्रो नेत्रको चाहना र शिक्षा

 

तेस्रो नेत्रका बारेमा यस अगाडिका पाठहरूमा धेरै चर्चाहरू गरियो । तेस्रो नेत्रबाट प्राप्त दुख कष्ट, तेस्रो नेत्रका कारण पितृ भुत प्रेतसँगको सम्पर्क, तिनै पितृ, भुत प्रेतहरूले गरेका अनुभवहरू सबै जीवित मानिसहरूमा आउने रहेछ भनेर थाहा भयो, विभिन्न रोग, कष्ट देखि अकाल मृत्यु मा पनि पुर्याउन सक्दछन् भनेर चर्चा गरियो । तर कतै कतै त्यो तेस्रो नेत्र हरेक मानिसमा हुन्छ, लुकेर रहेको हुन्छ, कसैकसैको अन्जानमा खुलिसकेको हुन्छ भनिएको छ भने चाहना भएकाहरूले हरेकले ब्रह्मज्ञान पढेर अभ्यास गरेर आफ्नो तेस्रो नेत्र खुलाउन सक्दछ भनेर पनि भनियो । तेस्रो नेत्रद्वारा सृष्टिमा भएका अन्य अदृस्य भनिएका जीवहरूलाई देख्न सकिन्छ, तिनीहरुसँग बोलचाल, दोहोरो सम्पर्क गर्न सकिन्छ, देवीदेवताहरूलाई देख्न सकिन्छ र तिनीहरूसँग बोलचाल गर्न सकिन्छ भनेर पनि भनियो । 

                  तर  त्यस्ता डरलाग्दा लक्षणबाट गुज्रन पर्ने भए कस्लाई पो तेस्रो नेत्र पाउने इच्छा होला त ? किन त्यस्तो खतरा मोल्नु ? भन्ने लाग्नसक्दछ सबैजना पाठकहरूलाई ।  तर अब त्यस्तो हुनेछैन । हुन त म कुनै गुरू त होइन यस्ता काम गर्न भनेर कतै शिक्षा लिएको वा यस्तै काम गर्ने गरेका कुनै पनि गुरू भनिनेहरूसँग एक मिनट सरसल्लाह लिएको वा कुने शिक्षा, तालिम लिएको छैन । आफ्नो अध्ययन र अनुभवहरू सँगाल्दै विभिन्न ठक्करहरू खादै सिक्दै गन्तब्य सम्म पुग्न सफल भए पछि गन्तब्यमा पुगेपछि त्यहाँकाहरूले सिकाउन थाले पछि नजानेका कुराहरू, क्षमताहरू उनिहरूबाट सिक्ने प्राप्त गर्ने गर्न थालेँ । अब आफुले जानेको नेस्रो नेत्रको ज्ञान अरूलाई पनि सिकाउने जिम्मेवारी आएको छ । अरूले कति जानेका छन् त्यो त मलाइ थाहा छैन तर आफुले जानेका कुराहरू सिकाउन कोसिस गर्नेछु र भन्नेछु । तर अब यो कार्य गर्न मैले र सह लेखिकाले भोगेको जस्तो कष्ट मैले सिकाउने शिष्यहरूले भोग्नु पर्ने छैन । गुरुले खाएको ठक्कर चेलाले पनि खानुपर्ने भए गुरु भएको केकाम लाग्यो त ? तिनै ठक्करहरुबाट बचाउदै ठाउँमा पुर्याउनु गुरुको काम हो । सुरुमा नजानेको यात्रा र पटकपटकका यात्राको अनुभवहरु पछिको यात्रा फरक हुन्छन् । कति आफ्ना गल्तीहरु थाहा भइसक्यो । कुनै पनि बाटो लड्नै पर्ने भनेर बनेको हुँदैन । बाटोमा नजानेर नै लड्ने हुन् । मैले भोग्नु परेको स्थिती सृष्टिमा अदृश्य लिँग शरीरहरु हुन्छन्, मानिसको तेस्रो नेत्र हुन्छ भन्ने नै थाहा नभएको स्थिति, मेरो र सहलेखिकाको अन्जानमा तेस्रो नेत्र खुलिसकेको छ भनेर थाहा नभएको स्थितिले ल्याएका समस्याहरू थिए । त्यो अलिअलि खुलेको तेस्रो नेत्र पनि अस्वस्थ तेस्रो नेत्रको अवस्था हो रहेछ र त्यो अवस्थामा गरिएका सबै अनुभवहरूले झन् अज्ञानतामा पुर्याउदो रहेछ र त्यहि कारणबाट समस्याहरु आएका थिए । तर अव त हामीले तेस्रो नेत्र बारेमा सिकाउन खोज्दा हामीलाई लिँग शरीरको बारेमा सुरुमा नै थाहा छ, ती अदृस्य चिजहरू जुन सम्पर्कमा आउन खोज्दा रहेछन् तिनीहरुको प्रकृति र तेस्रो नेत्रको बारेमा थाहा छ । यति कुराहरु जानेका हुँदा हामीले सिकाउने  शिष्यहरूले तीनका गुरुले खाएका वा अरु अस्वस्थ तेस्रो नेत्र खुलेकाहरूले खाएका ठक्करहरू खानु पर्नेछैन । पहिलो सानो सानो ठक्करमा नै हामी तर्केर हिड्ने छौँ ।
सपना तेस्रो नेत्रको प्रमुख अङ्ग हो भनेर थाहा भएर त्यस सपनाको ज्ञानका विधिलाई पालना गर्न जानेपछि धेरै जसो अस्वस्त स्थितिका कारणबाट तर्किइ हाल्छौँ र छोटा बाटाहरु हुँदै अगाडि बढ्ने छौँ । यसरी अरूहरूले हरेक चोटि ठेस लाग्ने ढुङ्गा वा खाल्डाहरूबाट हामी तर्कन जानेर, समस्याहरूबाट तर्कन जानेर छोटा बाटाहरु हुँदै लक्षमा पुग्नेछौँ  ।
तेस्रो नेत्र खोल्ने र स्वस्थ बनाउने प्रमुख विधि भनेको तेस्रो नेत्रको बारेमा सही ज्ञान हुनु, तेस्रो नेत्रका भावहरू बुझ्नु हो । ब्रह्मज्ञानको किताब, लेखहरू पढ्नु, ब्रह्मज्ञानका क्लासमा खिचिएका अनुभवहरूका भिडियाेहरू हेर्नु, देवीदेवताहरुका बारेमा गहिरिएर अध्ययन, मनन गर्न थाल्नु भनेको तेस्रो नेत्र खोल्ने तरिकाहरू हुन् । यी उल्लेखित साधारण तर्कहरुको ज्ञान हुनु र अभ्यास गरे जुनसुकै मानिसको पनि तेस्रो नेत्र खुल्न सक्दछ, चाहे त्यो मानिस जुनसुकै देश, भाषा, धर्म र संस्कारसँग सम्बन्धित भएको होस् । त्यो खुल्न गएका तेस्रो नेत्रको आवश्यक विकास र भाव खोल्न जान्नु पर्दछ । आवश्यक ज्ञान र अभ्यास भएमा यो सबैलाई उपलब्ध भएका यन्त्र हुन् । हिन्दु धर्ममा शिवजीको तेस्रो नेत्र हुन्छ भनेर वर्णन गरिएको छ तर  मानिसमा तेस्रो नेत्र खुल्न भगवान शिवजीको नै भक्त हुनुपर्दैन । विद्यार्थीले कुन धर्म र कुन देवता मान्ने गरेको छ ?  के के खाने गरेको छ, के को मासु खाने गरेको भनेर हिसाब हुँदैन ।  बरु तेस्रो नेत्र खुलि सकेपछि यसो एक चोटि भगवान् शिवजीलाई पनि भेटेरै जाउँ न त भनेर आवश्यक अभ्यास गरे त्यो सबैको लागि सम्भवको कुरा हो । यस्तो भेटको लागी मानिसले आफ्नो धर्म वा संस्कार परिवर्तन गरी शिव धर्म वा हिन्दु धर्मको संस्कारमा आउनु पर्दैन । शिवजी सबै धर्म भन्दा पर हुनुहुन्छ । मानिसको अस्वस्थ तेस्रो नेत्र सजिलै खुलेको हुन सक्दछन् । तर त्यस तेस्रो नेत्रलाई स्वस्थ बनाउन कठिन हुन्छ र पूर्ण स्वस्थ बनाउन पक्कै पनि शिवजीको आशिर्वादको आवस्यकता हुनेछ । किन कि शिवजी पाउनु, शिवजीको वास्तविकता, शिवजीको क्षमताहरू शिवजी पाए पछि मात्र थाहा हुन्छ ।  शिवजी अव्यक्त ब्रह्मका देखिने व्यक्त रूप हो, शिवजीका विभिन्न रूपहरू छन्, सबै ब्रह्मज्ञानी देवीदेवताहरू पनि शिवजीका विभिन्न अवस्था र उद्देस्यका रूपहरु हुन्, शिवजी पाए पछि शिवजीको कृपा भएमा आनन्द ब्रह्मको अनुभव हुन सक्दछ र अझै गहिरिएका बुझेकाहरूलाई सदाशिवको अनुभव पनि गराइदिन सक्नुहुन्छ शिवजीले । सदाशिवका अनुभव गरेकाहरूमात्र पूर्णरूपमा स्वस्थ तेस्रो नेत्र खुलेका र ब्रह्मज्ञानको शिखरमा पुगेका मानिसहरु हुन् भन्न मिल्दछ ।

तेस्रो नेत्र भन्ने विषयहरू चर्चामा आइरहेका कुराहरूहुन्, विज्ञानले यस्को बारेमा चर्चा नगरेका भए पनि विभिन्न धर्म सँस्कारहरूमा यस बारेमा चर्चाहरु, अभ्यासहरु र उपयोगहरु गर्न प्रयास भएका रहेछन् तर तेस्रो नेत्रको सहि परिभाषाहरु, तरिकाहरु र उपयोगहरु गरिएको थिएन रहेछ । हामी यस किताबका डाक्टरहरूले सिकाउने तेस्रो नेत्र विधिहरूमा प्रत्यक्ष अनुभवहरू, प्रत्यक्ष कुराकानी, शिक्षा र परिणामहरू समावेश हुन्छन् ।

देवी देवताहरूका चर्चाहरू समाजमा धर्म सँस्कारहरूमा गरिएका भए पनि प्रमाण जुटाएर देखाउन आज सम्म कसैले सकेका थिएनन् । किन सकेनन् भन्दा देविदेवताहरूलाई देख्न तेस्रो नेत्र, दिव्यनेत्र(स्वस्थ तेस्रो नेत्र) चाहिने रहेछ । त्यो आज सम्मका मानिसहरूलाई थाहा थिएन ।
आजको आधुनिक युगसम्ममा पनि मानिसलाई लिँग शरीरहरु हुन्छन् भनेर थाहा थिएन र मानिसको तेस्रो नेत्र हुन्छ भनेर थाहा थिएन । यो दुइटा कुराको ज्ञान नहुँदा मानिसको जीवन धेरै अन्योलमा थियो, कष्टमा थियो । यी दुइटा कुराको ज्ञानले मानिसले जीवनका थुप्रै कुराहरुको आफैले विश्लेषण गर्न सक्नेछन् ।

⇐विषय सूचीमा फर्कन                                                                                                                  लेखिएको मिती ६ फाल्गुन ७६

This post is also available in: English