तेस्रो नेत्रको उपयोग

तेस्रो नेत्रको उपयोगहरू ।

यस अदृश्य शरीरको, लिँग शरीरको ज्ञान र अनुभव गर्न तेश्रो नेत्रको ज्ञान र अनुभव हुन जरुरी हुन्छ । यो कठिन अध्ययन र अभ्यास पछि मात्र प्राप्त हुन्छ । जसरी वेलायतको, अमेरिकाको सभ्यता बुझ्न अङ्ग्रेजी भाषा बुझ्न आवश्यक हुन्छ । जस्तै रुसी सभ्यताका कुरा बझ्न रुसी भाषा बुझ्न जरुरी हुन्छ । त्यसैगरि अदृश्य शरीरको बारेमा बुझ्न तेश्रो नेत्रको ज्ञान हुनु जरुरी हुन्छ ।
यो तेश्रो नेत्र सँधै खुलि राख्नु स्वस्थ हुँदैन । जीवनका उथल पुथलहरु बिस्तारै बिस्तारै कम हुँदै गए पछि तेश्रो नेत्रका सम्पर्कहरु कम हुनुपर्दछ । मानिसले पनि त्यही सम्पर्कहरु कम गर्ने अभ्यास गर्नु पर्दछ । सपनाहरु एक माध्यम बनाएर मात्र राख्नुपर्दछ । ती सपना शान्त स्वभावकाहरुमात्र आउने अबस्थामा आइ पुगेको हुनु पर्दछ । पटक पटक अदृश्य सन्सारसँगको सम्बन्ध रही रह्यो भने स्वस्थबाट पुनः अश्वस्त अवस्थामा पुग्न सक्दछ ।

भगवान शिवजीले रामचन्द्रलाई दिनुभएको दिव्य नेत्र फ्mिर्ता लिनु भयो । भगवान कृष्णले अर्जुनलाई दीनु भएको दिव्य नेत्र फ्mिर्ता लिनु भयो । व्यास ऋषिले सँजय सँग फ्mिर्ता लिनु भयो । त्यस्ता प्रिय भक्त र चेलालाई दिएको दिव्य नेत्रको सानो चश्मा सदैँका लागि छोडि दिएका भए पनि हुन्थ्यो । आफ्ना भक्तका लागि जे पनि गर्न सक्नेले त्यो सानो चश्मा फ्mिर्ता लिए । यस्को मतलव हो यो चश्मा सधैँ लगाउने चीज हैन रहेछ । सधैँ यस्तै चश्मालेहेरेमा मानिस अश्वस्थ हुने भएको भएर भगवान्ले फ्mिर्तालिएका होलान् आफ्ना चश्माहरु । जीवनमा एक पटक लगाउन पाउनु ठुलो भाग्य हो रहेछ । त्यस्ता चश्मा द्धारा प्राप्त भएका ज्ञान सदाका लागि सँगालेर राख्ने र त्यस अनुभवअरुलाई पनि बाड्ने अभ्यास गर्नु पर्दछ । भगवान शिव, कृष्ण, व्यास ऋषिहरुले त आफ्mले दीनु भएको चश्मा भएर फ्mिर्ता लिनु भयो । हाम्रो त आफ्mैले बनाएको तिनको भन्दा अलि कमसल खालको चश्मा हो । त्यसैले कसैलाइ फ्mिर्ता गरि हाल्नु पर्दैन । आवश्यक परेको बेलामा काम लाग्छ भने र सँहालेर राख्नु पर्दछ ।
त्यसैले सँधै त्यस्तो चश्मा लगाइ हेर्ने इच्छा राख्नु हुँदैन । यही गल्ती विभिन्न योगीगुरुहरु आफ्mु पनि गर्छन र सोझा भक्तलाई पनि फ्mकाइ फ्mकाइ ध्यान गर्न लगाउँछन् । त्यसरी कोही कोही गुरुहरु हिड्न नजानेका, कहीँ गएर फ्mर्कन नजानेका भक्तहरुलाई अन्जानको खाडलमा लगेर छोडेर आउँछन् । खाडलमा लगेर छोडेर आउँछन् भन्नुको मतलव हो गुरुले सिकाउनु भएको अन्जानको ध्यान गर्ने अभ्यासले भक्तहरु अन्य लिँग शरीरसँग सम्पर्कमा आउन सक्ने सम्भावना भएको हुन्छ वा अवश्य भएको हुन्छ तर त्यस कुराको महसुस नभएकाहरु र सावधानी कुनैउपायहरु नअपनाएकाहरु तिनै अन्य अन्जान लिँग शरीरहरु सँगको अनैतिक सम्बन्धमा नै फ्mसेर बस्न सक्दछन् । यही कुरा सावधान गराउन चाहेको हुँ । कुनै त्यस्ता अभ्यास गरिरहेका गुरुहरुलाई वा भक्तहरुलाई मेरो कुरा चित्त नबुझ्न सक्छन् । त्यो उनीहरुको ज्ञानको कमीले हो । कतै उनीहरुले यि कुराहरु बुझ्नसक्ने हुने बेलासम्म ढिलो भइसकेकोे नहोस् ।
यसैले आफ्mैले राम्रोसँग नबुझेको कुराहरु अरुहरुलाई ध्यान गर्न सिकाउदै गुरु बन्दै गुरु दक्षिणा कसेर लिन पल्केकाहरुलाई केही उपाय गरेर प्रतिबन्ध लगाउन पर्छ । तिनीहरुलाई फ्mौजदारी मुद्दा लगाउनुपर्छ । यिनीहरुको हेलचक्राइले कति सोझा मानिसलाई गलत कार्यमा लगाएर घाइते बनाएर अन्जानको सन्सारसँग सम्पर्क गर्ने तिनीहरुको ढोका खुलाएर छोडेका हुँदा रहेछन् । ती ध्यान गर्न मात्र सिकेकाहरु अरुबढी केही नसिकेकाहरु जीन्दगी भर एउटा आश्रमको ढोका देखि अर्को आश्रमको ढोका गर्दै विभिन्न गुरु, सँप्रदाए चहार्दै हिड्छन् । यता गएर हुन्छ कि भन्छन् अर्काले अर्कै सुनाइदिन्छन् फ्mेरि त्यतै जान्छन् । गोजीको पैसा सिद्धिसक्यो कुनै भगवानले गोजीमा पैसा थपिदिने कुरै उठाउदैनन्, विभिन्न शारीरिक कष्ट र पारिवारिक कष्टले पिछा गरेको गर्यै छ , उमेर ढल्किसक्यो । अब त अरुको अगाडि के भन्ने भनेर लाज लाग्न थालिसक्यो । यत्रो धाउनु भयो आश्रम, पुजा र ब्रत कति गर्नु भयो अब त भगवान पाइसक्नु भयो होला भनेर कसैले सोध्लान् । त्यसैले ति सबै त्यस्ता भक्तहरुको एउटै उत्तर हुन्छन् । भगवान देख्न सकिने चिज होइन । यो त खुला मनले सुद्ध मनले देख्ने चिज हो । भगवान आउदा मन आनन्द भएको हुन्छ । हो त्यही अनुभुती पाउनु भनेको भगवान पाउनु हो भन्छन् । हुन त केही मात्रामा सही छ यो आइडिया । भगवान छैन रहेछ भनेर भिरबाट हाँम फ्mाल्नुभन्दा कुनै एउटा गफ्m लगाएर अरुको आँखामा छारो हाल्नुनै ठिक होला । तर वास्तविकतामा ति कसैले भगवान पाएकै छैनन् किनकि तिनले भगवान चिनेकै छैनन् । तिनले ध्यान गरेको बेलामा कुनै भुत प्रेतले तर्साउनको लागी तिनको खुट्टा तानी दिएपनि यही भगवान् होला भन्ने गर्दछन् । कोही गुरुहरुबुढेसकालमा आएर धर्मै फ्mेर्न भ्याउँछन् । तर तिनको आँखामा उज्यालो ल्याइदिने ज्योती कतै भेट्दैनन् ।

आजको धर्म, विभिन्न धार्मीक सँस्कार, आश्रम, गुरुहरुमा धर्मको प्रमुख उद्देश्यबाट अलि टाढापुगेर आफ्ना गतिबिधिहरु गर्दै आएकाछन् । पुजारीलाई दक्षिण नदिए टिका लगाइदिन्नन्, अलि गरिवगुरुवा, नरामै फ्mाटेका लुगा लगाएकाहरु मौका परे मन्दिर भित्र छिर्न नपाउलान् । हिन्दु सस्कृतिमा सब भन्दा गएगुज्रेको अवस्था छ । विभिन्न जात र छुवाछुतले पुजारी पण्डितहरुलाई नर्कको खाडलमा डोहोर्याएको छ । किनकि ति पुजारी र पण्डित जस्ले धर्मको ज्ञान बोकेका छन् र पनि मानिसलाई एउटै नजरले हेर्नु पर्दछ भनेर जान्न सकेनन् तिनको यात्राको टिकट नर्क सम्मको मात्र हुनेछ । पुजारी र पण्डित धर्मैका नाममा शोषण र डकैेति गरिरहेका हुन्छन् । आजको धार्मीक सँस्थाहरु व्यापारिक र राजनैतिक महत्वका अखडाहरु हुन् । हुन त यस्ता उद्देश्य लिएका सँगठनहरु समाजमा अन्त पनि छन् तर तिनीहरुलाई म कोट्याउन चाहन्न । आज यस पुस्तकमा यि कुराहरु कोट्याउनुको मेरो उद्देश्य किन हो भने लिँगशरीर हुँदा रहेछन् । ति लिँगशररीरका बारेमा जानकारी विभिन्न धार्मीक शास्त्र वा सँस्कारहरुले बोकेका रहेछन् । तर ति धार्मीक सँस्कार र शास्त्रका ज्ञाताहरुले आफ्नो ब्यक्तिगत स्वार्थहरु अगाडि ल्याउदा ति लिँगशरीरहरुको ज्ञान जनतामा पुर्याउनु पर्ने अभिभारा बिचमानै हराउन पुगेछन् ।

आँखा बन्द गर्दा आउने चित्रको ग्रन्थि ।

तेश्रो नेत्रको वर्णन गर्दा आँखा चिम्म गर्दा पनि चित्र आउछ भनेर पटक पटक भनिएको छ । सर्वसाधारणले नबुझ्न सक्छन् । यस्तो कसरी हुन सक्दछ ? भन्ने लाग्यो होला । आँखा भन्ने ग्रन्थिमात्र हो सृष्टिका कतिपय जीवहरुमा अाँखा हुँदैन तिनीहरुपनि केही गरि देख्छन, हिड्छन्, भाग्छन् भने पछि केही तरिकाबाट देख्छन् होला । मानिसको आँखाको रचनाको वर्णन गर्दा पनि आँखा भन्ने बाहिरी अङ्ग मात्रै हो । आँखाबाट देखिएको चित्रलाई भित्रको चेतनाको भागले भाव दिएर चित्रहरु देख्ने चिन्ने भएको हो । त्यसरी हेर्दा मानिसको आँखाको बाहिरी आँखाको भाग आँखा ग्रन्थि र भित्री आँखाको भाग चेतना केन्द्र, optic nerve and opthalmic centre हुन्छ । बाहिरी आँखाले देखेको चित्रलाई भित्री आँखाको चेतना केन्द्रमा चित्र र भाव सहित पुर्याएको हुन्छ । त्यही आँखाको भित्रको चेतना केन्दमानै विभिन्न कारणले बढी सकृयता आउँदा यस्तो आँखा बन्द गर्दा पनि चित्र र भावहरु आउँन सक्दछन् ।

चित्र नँ ४१

सपना, सपनाको अर्थ, जीवनका दैनिक कार्य

सपना समाचार ल्याउने सँचारको माध्यम हो । यस्मा कुनै दुइमत छैन । यदि कसैलाई यस कुरामा विश्वास भइ सकेको छैन भने चाहे उ सर्वसाधारण व्यक्ति होस चाहे ठुलो डाक्टर साइक्रियाटिक्स होस वा अन्तराष्ट्रिय स्तरका वैज्ञानिक होस उनीहरुले यस विषय तिर फ्mर्केर हेरेका छैनन्, यसविषयको अध्ययनको कमी छ । यस विषयको अध्ययनमा र अभ्यासमा चाहिने गहिराइ र त्यस गहिराइबाट निचोड निकाल्ने क्षमताको कमजोरी छ । बिहान घरघरमा आएहो पत्रिका पढ्न नजान्नेहरु, पढेर पनि नबुझ्ने अनपढहरु थुप्रै हुन्छन् । यस्मा कसैले आश्चर्य मान्नु जरुरी छैन । तर यस्ता कुराहरु बुझ्नेहरुको विरोध गर्नु पनि जरुरी छैन ।

सपना र जीवनको दुरी कस्तो हुनु पर्दछ भनेर मेरो आफ्ना विचार राख्न चाहन्छु ।
१. सपनाको अर्थ १०० प्रतिसत सही हुन्छ । त्यही १०० प्रतिसत सही हुने गरेर अर्थ लगाउने खुबि हुनु पर्दछ । चाहे अरु जानेकोहरुसँग सोधेर भए पनि गर्नु पर्दछ ।
२.सपनाको अर्थ अनुसार आफ्नो स्थितिको ज्ञान, अदृश्य सन्सार सँगको ज्ञान, पितृहरुको स्थितिको ज्ञान थाहा पाइ त्यस अनुसारको जीवनमा परिवर्तन, सुधारहरु गरेर लैजानु पर्दछ ।
३. सपना एक सन्चार माध्म मात्र हो । सपना राम्रो या नराम्रो, राम्रो फ्mल दिने वा नराम्रो फ्mल दिने हुँदैन । सपना दोषी हुँदैन । यदि कसैले राम्रो सपना र नराम्रा सपना या सपनाको कारण दोष भएको भन्ने गरेको छ भने उस्ले नराम्रो खवर ल्याउने हुलाकीलाई दोष दिने गरेको छ । राम्रो काम हुँदा पनि राम्रो फ्mल दिलाइ दिनेलाई हैन फ्mलको खवर ल्याइ दिने हुलाकीलाई धन्यवाद दिने गरेको छ ।
४. सपनाको नै आधारमा दैनिक कार्य तय गर्न तिर लाग्नु हुँदैन । त्यसो गर्दा जीवन पुनः अन्धकारमा पर्दछ । जीवन आफ्ना नियन्त्रणमा हुनुपर्दछ ।
५.तर दैनिक जीवनमा घट्न जाने, घटेका, घटिरहेका घटनाको अर्थ यदि सपनासँग मिल्न गएमा त्यसै सपना अनुसारका निचोड निकाल्न सहयोग पुग्दछ । जस्तो जीवनमा प्रत्येक दिन घट्ने जस्तै गरेर कुनै घटना घट्यो, कुनै मानिससँग अचानक झगडा भयो, आफ्नो गल्ती नहुदा पनि आफ्mु पीडित हुनु पर्यो । त्यसैले त्यस दोषीसँग तछाडमछाड गर्न र बदला लिन सक्ने भएसँम सबैको इच्छा हुन्छ । तर त्यो घटनाको समाचार यदि गएको रातीनै कसैले भनिसकेको थियो भने, त्यस घटना पहिलेनै घटेको थियो क्यार भने जस्तो भए पछि त्यस अगाडि उभिएको दोषीसँग पाखुरा मिच्न कतिक जायज होला ? आफ्mै सोच्नुस् । त्यो अगाडिको दोषी त कसैको इशारामा काम गरिदीन आएको जस्तो मात्रै भयो । सपनाको अर्थलगाउन जानेपछि हरेकको जीवनमा यस्तै विश्वास नलाग्ने तर वास्तविक भविश्यवाँणी जस्ता खालका घटनाहरु हुन थाल्दछन् ।

मैले आफ्नो जीवनमा यस्ता घटनाहरु भोग्नु परेर र त्यस्को अर्थ लगाउन नसकेर ठुलो अन्योलमा भौतारिनु परेको थियो । आफ्ना तर्कको अर्थ नपाएर पागल जस्तो हुनु परेको थियो । कुनै दिनहरु यस्ता थिए जीवनका घटेका महत्वपुर्ण घटना सबै राती सपनामा घटि सकेको हुन्थ्योे । त्यो अन्योलको स्थिति सम्झदा पनि आँखामा आँसु आउँछ । तर ती अन्योलका दिनहरु पार गर्न सफ्mल भएँ । आफ्ना पितृहरुले पाइ रहेका कष्टका कारण यस्तो परिस्थिति आएको हो रहेछ । आफ्mु अन्जानमा ती लिँग शरीरहरसँगको सँपर्कमा भएको बेला दुःख पाइ रहेका पितृ, तिनको सम्पर्कमा पुग्न जाँदा भेटिन आउने अन्य दःुखीहरु, दुष्ट र अन्य लिँग शरीरसँगको सम्पर्कको अबस्थामा दुःखका स्पर्शहरु र दुःखका सपनाहरु आएका थिए भने, ती पितृहरुका दुःखहरुको निवारण भइ ती अन्य दःुखि र दुष्ट अन्य लिँग शरीरहरुको सम्पर्कबाट बच्न गइ अन्य होस खुलेका लिँग शरीरहरुको सम्पर्कमा आउन थालेको बेला सुखका सपनाहरु आएका थिए । यि समाचार कस्ले बनाउछन्, कस्ले देखाउछन्, कसरी हामी देख्दछौँ यस्ता प्रश्नको जवाफ्m पाउन सकेको छैन । मलाइ थाहा छैन । खोजी गर्न पनि छोडिसकेको छु । ती दुःस्वप्नका दिनहरु कटेर निस्कन सकेको मानै दुःखका बेलामा सहयोग पुर्याएका ती सम्पृुर्ण दृश्य शरीरहरु, अदृश्य शरीरहरुलाई बार बार धन्यवाद दिइरहेको छु ।

खै त सपनाको अर्थ लगाउने तरिका वा बिधिहरुको बर्णन ? भनेर सोध्लान । सपनाको अर्थ लगाउने बिधि भन्दा पनि सपनाको सही अर्थ लगाउने बिधि कठिन छ । यो किताबको प्रमुख उद्देश्य हो मानिसलाई अदृश्य जीवहरु छन् भनेर परिचय गराउन कोसिस गरिएको किताब हो । अन्य सबै बिषयहरु अवश्य यस किताबमा नअटाउलान् । सबै गहिराइ एकै पटक प्राप्त गर्न कठिन हुनेछ । त्यसैले सपनाको भाव अर्थ लगाउने बिधि यस पुस्तकमा समावेश गरिएको छैन ।

This post is also available in: English