पाठ ६.१.३

(under editing process)

⇐विषय सूचीमा फर्कन

ब्रह्म भनेको के हो ?

ब्रह्मको अनुभव

ब्रह्मको ज्ञान भनेको सृष्टि, जीवन, मृत्यु र तेस्रो नेत्रको ज्ञान हो । यी ज्ञानका बारेमा पढेका, बुझेका र अनुभव गरेका मानिसहरुलाई ब्रह्मज्ञानी भनिन्छ । ब्रह्मज्ञानीहरुले आफ्नो तेस्रो नेत्रद्वारा पितृ, भुत, प्रेत र देवी देवताहरुसँग सम्पर्क गर्न सक्ने क्षमता भएका हुन्छन् । ब्रह्मज्ञानलाई अझै गहिराइमा बुझेर गहिराइमा अनुभव गरेकाहरुलाई ब्रह्मको गुणहरु अनुभव गर्ने क्षमता आइसकेको हुन्छ ।

ब्रह्मका बारेमा पढेका मानिसहरूलाई ब्राह्मण भनिन्छ भने ब्रह्मका ज्ञान पढेर ब्रह्मका गुणहरूलाई अनुभवहरू पनि गरेका मानिसहरूलाई ब्रह्मज्ञानी भनिन्छ ।

ब्रह्मका बारेमा विभिन्न युगमा, विभिन्न समयमा, विभिन्न धर्म गुरूहरू, गुरूहरू द्वारा चर्चाहरू भइराखेकै थिए । आजकालका समयमा पनि विभिन्न सन्दर्भमा ब्रह्मका चर्चाहरू भइराखेकै हुन्छन् । ब्रह्म भन्ने शब्द हिन्दु सँस्कार र सँस्कृतीका लागी नयाँ शब्द होइन । तर पनि समाजमा आज सम्म गरिएका ब्रह्माका चर्चाले ब्रह्मको प्रमुख रहस्य, अर्थ, महत्वको चर्चाहरु बुझेर गरिएको जस्तो लागेन । यदि ब्रह्मका बारेमा बुझेर चर्चा गरिएका भए सायद ब्रह्म भन्ने शब्द यति लुकेर बसेको अवस्थामा हुने थिएन होला । सर्वसाधारण मानिसले त यस शब्द राम्ररी बुझिने गरेर सुनेका पनि हुँदैनन् र अलि अलि सुनैकै रहेछन् भनेपनि राम्ररी उच्चारण गर्न जानेका हुँदैनन् । ब्रह्म भन्ने शब्दका बारेमा चर्चा हुने भनेको ब्राह्मण समुदायहरूमा हो । ब्राह्मण समुदायमा गरिने पुजा पाठहरू, सँस्कारहरू, प्रवचनहरू, यज्ञहरू, त्यस्तै धार्मिक किताबहरु, पुराण कथाहरूमा ब्रह्मको चर्चा गरिएका हुन्छन् । त्यसै गरेर ब्राह्मण समुदायसँग सम्बन्धित भएर नजिक बसेका अन्य मानिसहरु, ब्राह्मण समुदायहरूले गर्ने सँस्कारका विधिहरू पनि गर्ने अन्य सँस्कृतीका मानिसहरूले पनि यो ब्रह्म भन्ने शब्दका चर्चाहरु गर्ने गरेका हुन्छन् ।

ब्रह्मको गुणहरू शान्त, आनन्द, स्वप्रकाश र चेतना हो भनेर अगाडीका पाठहरूमा वर्णन गरिसकेको छ । त्यस ब्रह्मबाट महत पैदा भयो । त्यो महतहरू एक आपसमा जोडिएर अझै ठुला आकारका र विभिन्न गुणहरू भएका समुहहरू बनेर बसेका छन् । महतहरूले अन्य महतहरूसँग गरेको सम्बन्धको अनुभवका यादहरू महतका आवरणका रूपमा रहेका हुन्छन् र ती महतहरू अनुभवी बन्दै जान्छन् र ती महतहरूले विभिन्न लिङ्ग शरीरहरका रूप लिन्छन् । ती लिङ्ग शरीरहरूले पटक पटक स्थुल शरीर धारणा गर्न सक्दछन् वा धारण गरिराखेका हुन्छन् भन्ने थाहा भयो अगाडीका पाठहरूबाट । ती लिङ्ग शरीरहरू कहिले स्थुल शरीर धारणा गरेका हुन्छन् भने स्थुल शरीर धारणा गरेर मरिसकेपछि लिङ्ग शरीर मात्र रहेर पितृ भएर रहेका हुन्छन् । तिनीहरूनै आफ्नो आफ्नो ज्ञानको स्तर अनुसार शान्त पितृ, अशान्त पितृ, भुत प्रेत अवस्थामा रहेका हुन्छन् । त्यस्तै अन्य थुप्रै लिङ्ग शरीरहरू हुन्छन् । कुनैकुनै लिङ्ग शरीरहरू आफैले स्थुल शरीर कहिल्यै नलिएका तर अन्य शरीरहरुमा गएर अनुभवहरू गरेर बसेकाहरू हुन्छन् । ती सबैलाई वेदशास्त्रहरूमा देवीदेवताहरू भनिएको छ । त्यसै गरेर ब्रह्मका ज्ञान भएका देवीदेवताहरू पनि छन् । त्यसैले ब्रह्मको गुणहरूको चर्चा गर्दा स्थुल शरीर, लिङ्ग शरीर, पितृ, भुत, प्रेत, ब्रह्मका ज्ञान नभएका देवीदेवताहरू तथा ब्रह्मका ज्ञान भएका ब्रह्मज्ञानी देवीदेवताहरू सबैको ज्ञान र चर्चा गरिए पछि मात्र ब्रह्मको रहस्य र सृष्टिको रहस्य थाहा हुन्छन् । यी सबै कुराहरू ब्रह्मको सुरूको गुण स्वप्रकाश र चेतनाले सृजना गरेका सृष्टिका सम्पूर्ण जीवहरू हुन् र ती सबैका बारेमा जानकारी हुनु आवश्यक छ ।

ब्रह्मका गुणहरू र ब्रह्मबाट पैदा सृष्टि भएका जीवहरूका बारेमा पढ्न पाउनु, सुन्न पाउनुको साथै स्पर्स अनुभवहरू पनि गर्न पाए बल्ल विश्वास लाग्ने थियो सबैलाई । अवश्य पनि सबैले त्यहि सोच्लान् । तर आज सम्म ब्रह्मका गुणहरूका अनुभव गर्न सकिन्छ भनेर कतै भनिएको, उल्लेख गरिएको, अनुभव गर्न सिकाउने तरिकाहरू, सिकाउने गुरूहरूका बारेमा यस किताका लेखकहरू भन्दा अगाडी कसैले चर्चा गरेका थिएनन् ।

हो ब्रह्मको गुणहरूलाई अनुभव, स्पर्स, देख्ने, सुन्ने, कुरा गर्ने गर्न सकिन्छ । यहि कुरा ब्रह्मज्ञानले पढाउने हो र ब्रह्मज्ञानीहरूले आफुले पनि अनुभव गर्ने र अरू नजानेकाहरूलाई सिकाउने हो । ब्रह्मका गुणहरूलाई अनुभव पनि गर्न सकिन्छ र ब्रह्मज्ञानीहरूले त्यस्ता अनुभवहरू गरिरहेका हुन्छन् भनेको सुन्दा सुरूमा अचम्म लाग्ला, विश्वास पनि नलाग्न सक्छ । स्वभाविकै हो आज सम्म कतै नसुनिएको, कुरा कतै नदेखिएका कुराहरू गर्दा त्यस्तो लाग्न सक्छ । तर वास्तवमा यो मानिसहरूले सिमित रूपमा, अज्ञानतामा रहेर, अलि अलि अनुभव गरिरहेकै रहेछन् ।

यो कुरा आज सम्म अज्ञानतामा रहनुमा समाजमा दुइ थरी मानिसहरूका कमजोरीहरु रहेछन् । एक थरिका मान्छेहरू हुन् ब्राह्मणहरू । ब्राह्मणहरू, ब्राह्मणका गुरूहरू जस्ले ब्रह्म भन्ने शब्द, त्यस शब्दका अर्थ, महत्वहरू पढेका थिए । त्यो आफुले पढेका कुराहरू महत्वपूर्ण छ भनेर अरूलाई पनि भन्थे, सिकाउथे तर त्यस ब्रह्म भन्ने शब्दले वयान गरेका कुराहरूको गरिराइमा जान तिर लागेनछन् र आफुले जति जानेका थिए त्यस्लाई एक सँस्कार, गरिखाने पेशा र समाजिक भिन्नता, शोषणका साधन बनाउन तिर लागेछन् । अर्का थरिका मानिसहरू हुन् विज्ञानका गुरूहरू तथा चिकित्साशास्त्रका डाक्टरहरू । किन कि मानिसहरू ब्रह्मका गुणहरूका जस्ता सम्बन्धितहरू लक्षणहरू भएर, अदृश्य जीवहरूसँग सम्पर्कमा आएर  कारणहरू र उपायहरू नबुझेर विरामी अवस्थामा आएका थिए । तिनीहरू उपचार तथा गुहारका लागी भनेर चिकित्साशास्त्रका डाक्टरहरू कहाँ तथा चिकित्साशास्त्रका वैज्ञानिकहरू कहाँ गएका पनि थिए । तर ती डाक्टर वैज्ञानिकहरूले रोग चिन्न सकिन समेत नभनेर अर्का रोगका सँज्ञा दिएर विभिन्न उपचारहरू गरिरहेका थिए र समस्याका वास्तविकतालाई दबाइदिएका थिए ।

सपनामा तर्सने, नराम्रा सपनाहरू देख्ने, सपनामा पितृहरू देख्ने, भुत प्रेतहरू देख्ने, सपनामा मारेको देख्ने, सपनामा मरेकाहरू देख्ने, विपनामा नै कुनै नभएका चिजहरू देखेँ भन्ने, बर्बराउने, डराउने, लक्षणहरू मानिसहरूले भनेकै थिए । यस्ता लक्षणहरू विकसित देश रसिया, अमेरिका, युरोप देखि एसिया, अफ्रिकाका सबै ठाउँका मानिसहरूले व्यक्त गर्दै आएका थिए । अझ कतिपय ठाउँहरूमा यस अवस्थालाई भविष्यवाणी गरिदिने, अरूको उपचार गरिदिने साधनका रूपमा प्रयोग गर्ने चलन छ । हाम्रो नेपालमा पनि यस्ता विधिहरू अति प्रचलित विधिमा पर्न आउछन् । अन्त ठाउँको भन्दा आफ्नै वरपर छर छिमेकका कुरा गरम् । नेपालमा हेराउन नगएका, माता कहाँ हेराउन नगएका सायद मान्छे हुँदैनन् होला । यदि त्यस्ता मान्छे पनि रहेछन् भने त्यस्तालाई नेपालमा अल्छि नै भन्लान सायद ।

वास्तवमा ब्रह्मका गुणहरू हरेक मानिसले धेर थोर अनुभव गरिरहेकै हुँदा रहेछन् । कुनै कुनै मानिसमा ब्रह्मको गुणहरूलाई अनुभव गर्ने क्षमता अलि बढि खुलेको अवस्थामा पुगेका हुँदा रहेछन् र ती क्षमताहरूको बारेमा सहि ज्ञान नभएका भएर ती मानिसहरू अस्वस्थ भएका हुँदा रहेछन् । कित तिनै अस्वस्थ अवस्थालाई गरिखाने पेशा बनाएका हुँदा रहेछन् ।

सायद यो कुराहरू आज सम्म यसरी लुकेर बस्नुमा ब्रह्मका ज्ञान भएका ब्राह्मणहरूमा विज्ञानको र चिकित्साशास्त्रको उच्च शिक्षाको ज्ञान नभएको र आज सम्मका चिकित्साशास्त्रका डाक्टरहरू वा वैज्ञानिकहरूमा वेदशास्त्रको ज्ञान नभएको भएर होला । सायद दुबै तर्फ चिकित्साशास्त्र र वेदशास्त्रको ज्ञान भएको सायद म नै पहिलो रहेछु कि त । यहि वेदशास्त्रको ज्ञान र चिकित्साशास्त्रको ज्ञान भएको भएर मानव जातीले भोग्दै आएका केहि अज्ञात लक्षणहरूको रहस्य पत्ता लगाएका छौँ । मानिसहरुले ब्रह्मका गुणहरूलाई अनुभव गरिरहेका रहेछन तर यो के भएको भने र थाहा नभएको अवस्था रहेछ । यो अनुभवहरूका बारेमा नजानेको अवस्था अस्वस्थ तेस्रो नेत्र हो भने त्यहि अनुभवहरूका बारेमा ज्ञान भएको अवस्था स्वस्थ तेस्रो नेत्र हो । स्वस्थ तेस्रो नेत्र भएकाहरूले ब्रह्मका गुणहरूलाई अनुभव गर्न सक्दछन् । तर ब्रह्मको गुणहरूलाई कति अनुभव गर्न सकिन्छ भन्ने कुरा ब्रह्मको ज्ञानको कति गहिराइमा पुगेको छ त्यहि अनुसारका अनुभवहरू गर्न सकिन्छ । अवश्य पनि भुत,प्रेत, पितृहरू देख्न, सुन्न, स्पर्सहरू गर्न कुनै  ज्ञानको  आवश्यकता हुँदैन रहेछ किन कि कुनै ज्ञानको आवश्यकता नभइकन पनि मानिसहरू विरामी भएका थिए र तर ब्रह्मको गुणहरूको गहिराइको अनुभवहरू गर्न, देवीदेवतहरूलाई प्रत्यक्ष देख्न, छुन, स्पर्स गर्न, ब्रह्मज्ञानी देवीदेवताहरूसँग नजिक हुन, ब्रह्मको उज्यालो देख्न, शान्त, आनन्द, स्वप्रकाश र चेतनाहरूलाई देख्न, छुन, स्पर्स गर्न, सदाशिवको वा कैवल्य मुक्तीको अनुभव गर्न ब्रह्मज्ञानलाई गहिराइमा बुझेको, स्वस्थ तेस्रो नेत्र खुलेको हुनु पर्दछ र यस बारेमा जानेको मानिसको मार्ग निर्देशनको आवश्यकता पर्दछ ।

मानिसहरू अज्ञानता मा अदृश्य संसारका पितृ, भुत, प्रेत देवीदुताहरूसँग सम्पर्कमा पुगेका हुँदा रहेछन् । ब्रह्मज्ञानको किताब द्वारा मानिसको तेस्रो नेत्रको ज्ञानको बारेमा थाहा हुन्छ । सुरूमा तेस्रो नेत्र अस्वस्थ अवस्थामा रहेको हुँदो रहेछ भने ब्रह्मज्ञान द्वारा त्यस अस्वस्थ तेस्रो नेत्रलाई स्वस्थ बनाउन सकिन्छ । त्यस स्वस्थ तेस्रो नेत्र द्वारा यस सृष्टिमा पितृ भुत प्रेत तथा विभिन्न देवीदेवताहरू छन् भन्ने कुराहरू थाहा हुन्छ, ती पितृ भुत प्रेत तथा विभिन्न देवीदेवताहरूसँग कस्तो सम्बन्ध राख्नु पर्छ भनेर थाहा हुन्छ, तिनीहरूसँग कस्तो सम्पर्क भएका हुन्छन्, कसरी सम्पर्क गर्न सकिन्छ, कसरी दोहोरो सम्पर्क गर्न सकिन्छ भनेर थाहा हुन्छ, ब्रह्मज्ञानलाई गहिराइमा पढेका र गहिराइमा अनुभव गरिराखेकाहरूले ब्रह्मज्ञानी देवीदेवताहरूसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने, ब्रह्मका अनुभव गर्न सक्ने तथा सदाशिवको अनुभव गर्न सक्दछन् । स्वस्थ तेस्रो नेत्रद्वारा विभिन्न देवीदेवताहरूलाई देख्न सब्ने भएर ब्रह्मज्ञानी देवीदेवताहरूसँग प्रत्यक्ष दोहोरो सम्पर्क गर्न सक्ने भएर ब्रह्मको अनुभव पनि गरेको र सदाशिवको पनि अनुभव गरेको अवस्थाहरु भनेका पितृ भुत प्रेतहरूबाट प्राप्त भइरहेका कष्टहरूबाट मुक्त हुने उपायहरू हुन् ।

मानिसहरू अज्ञानतामा अस्वस्थ तेस्रो नेत्र खुलेर त्यसको वास्तविक भावहरू नबुझेका भएर विभिन्न लक्षणहरूबाट पिडित भइरहेका हुँदा रहेछन्, जस्तै काम्ने, बर्बराउने, सपनामा झर्कने , तर्सने, डराउने, चिकित्साशास्त्रमा Split personality,   Schizophrenia भनिएका विरामीहरू मध्ये कोहि कोहि विरामीहरू अस्वस्थ तेस्रो नेत्र खुलेर अदृश्य चिजहरूसँग सम्पर्क गरिरहेका विरामीहरू थिए । समाजमा कतिपय हेराउने, भविष्यवाणीहरू गरिदिनेहरू, देवीदेवताहरु चढेका छन् भन्ने मानिसहरु पनि अस्वस्थ तेस्रो नेत्र खुलेका विरामीहरू नै हुन् । यिनीहरूका पनि उपचारका चाहना भएकाहरूका उपचार गर्न सकिन्छ ।

स्वस्थ तेस्रो नेत्र भएका ब्रह्मज्ञानीहरूले शिवजीसँग, दुर्गा माता र दुर्गामाताका अन्य रूपहरूसँग, महाकाली मातासँग, गणेशजीसँग,  लक्ष्मी बिष्णुजीसँग, सरस्वती ब्रह्माजीसँग, हनुमानजीसँग, सिता रामजीसँग, राधा कृष्णजीसँग , नारदजीसँग तथा अन्य ब्रह्मज्ञानी देवीदेवताहरूसँग प्रत्यक्ष कुरा गर्न सक्दछन् । यस्ता क्षमता भएका मानिसहरू आजकाल ब्रह्मज्ञानको क्लासमा सयौँ भइसकेका छन् । त्यस्ता प्रत्यक्ष उदाहरणहरू ब्रह्मज्ञानका क्लासमा देख्न पाइन्छ, केहि कुरा सिक्न पाइन्छ, केहि कुराहरू सदुपयोग गर्न पाइन्छ ।

कुनै अस्वस्थ तेस्रो नेत्रका कुनै पनि लक्षणहरू नखुलेकाहरूले पनि ब्रह्मज्ञानको अध्ययन द्वारा तेस्रो नेत्र खुलाएर त्यस तेस्रो नेत्रलाई स्वस्थ बनाएर देवीदेवताहरूसँग प्रत्यक्ष कुरा कानी गर्न सक्ने क्षमता विकसित गर्न सकिन्छ र ब्रह्मका गुणहरूका अनुभवहरू गर्ने, ब्रह्मको अनुभव गर्ने, सदाशिवको अनुभव गर्न सकिन्छ । स्वस्थ तेस्रो नेत्र खुल्ने कुराहरू पाठकहरूको, नयाँ ब्रह्मज्ञानीहरूको  मेहनेतमा प्रमुख भर पर्दछ ।

ब्रह्मज्ञानको क्लासमा हामी तिन कार्यहरू गर्दछौँ ।

१. अस्वस्थ तेस्रो नेत्र खुलेर अस्वस्थ भएकाहरूको उपचार गर्दछौँ ।

२. ब्रह्मज्ञानको शिक्षा सिकाउने कार्य गर्दछौँ ।

३. ब्रह्मको अनुभव गर्न सिकाउने र सदाशिवको अनुभव गर्न सिकाउने कार्य गर्दछौँ ।

 

⇐विषय सूचीमा फर्कन