पाठ ६.२

(under editing process)

⇐विषय सूचीमा फर्कन

ब्रह्म भनेको के हो ?

ब्रह्मको परिचय

 

ब्रह्म भनेको सृष्टिको सबभन्दा सुरुको अवस्था हो । यो सुरुमा अव्यक्त अवस्थामा रहेको हुन्छ । ब्रह्मलाई परमात्मा वा सदाशिव पनि भनिन्छ । सृष्टिमा अवस्थित सम्पूर्ण चिजहरुको सुरुआत त्यहिं ब्रह्मबाट भएको हो र अन्त्य पनि त्यहिं ब्रह्ममा हुन्छ । ब्रह्मको आकार छैन त्यसैले त्यसलाई निराकार भनिन्छ । त्यो अति सुक्ष्म छ तर सर्वत्र छ ।

ब्रह्मका विभिन्न गुणहरु मध्ये चारवटा प्रमुख गुणहरु छन् । शान्त, आनन्द, स्वप्रकाश र चेतना ब्रह्मका प्रमुख गुणहरु हुन् । यिनै गुणहरुको स्वभाव, प्रभाव र त्यसको विश्लेषणको आधारमा सृष्टिको विभिन्न रहस्यहरु खुल्न ऑउछन् ।

ब्रह्मको स्वभाव अनुसार ब्रह्म सुरुमा अव्यक्त अवस्थामा रहेको हुन्छ । त्यस्तै स्वभाव अनुसार कुनै सिमित भागमा व्यक्त हुन सुरु हुन्छ । ब्रह्मको व्यक्त अवस्था भनेको आफ्नो ब्रह्मको आफ्नो स्वभाव अनुसार वा बाहिरको कारणले ब्रह्मको कुनै सिमित ठाउँमा चञ्चलता आउने हुन्छ । त्यो व्यक्त वा चञ्चल अवस्था कुनै समयपछि अन्त्य हुन्छ र पुन अव्यक्त अवस्थामा आउँछ । त्यसरी अव्यक्त ब्रह्ममा व्यक्तता वा चञ्चलता आई कुनै समयपछि पुनः अव्यक्त अवस्थामा आउने समयलाई काल भन्दछन् । यीनै ब्रह्मको तिन अवस्थाहरुको आपसिक सम्बन्धहरु अव्यक्त, व्यक्त, काल र पुनः अव्यक्त हुने गुणहरु नै सृष्टिको कारण हो ।

यी ब्रह्मका गुणहरु कुनै यन्त्रद्वारा छुन सक्ने, देख्न सक्ने, नाप्न सक्ने हुँदैन । यसलाई ज्ञानद्वारा तर्क लगाइ यसका गुणहरु स्पष्ट बुझ्न सकिन्छ । ब्रह्मको ज्ञानलाई गहिराइमा बुझेकाहरूले ब्रह्मको अनुभव गरेका हुन्छन् र ब्रह्मको गुणहरूको देखेर, छोएर, बोलेर, सुनेर अनुभव गर्न सक्दछन् ।

अवश्य पनि ब्रह्मका गुणहरू जति महत्वपूर्ण छन् सुरूमा बुझ्न अति कठिन छन् । तर यस ब्रह्मज्ञानको किताबले ब्रह्मका बारेमा केहि मात्र भने पनि जानकारी पाउन मद्दत गर्दछ । कसले कति बुझ्ने र कति अनुभव गर्ने भन्ने कुरा हरेक पाठकमा नै भर पर्दछ ।

सृष्टिमा हाम्रा आँखाले देख्न सकेका, आँखाले देख्न नसकेका र सम्पूर्ण ब्रह्माण्डमा भएका देखिने बस्तुहरू, हावा पानी, आगो, डाडाकाडा, खोला नाला, किराहरू, बनस्पतीहरू, जनाबरहरू, मानिसहरू देखि ग्रहहरू, सुर्य ताराहरू जाने नजानेका सम्पूर्ण बस्तुहरू र यो सुन्य जस्तो देखिने आकास पनि ब्रह्म नै हो ।

ब्रह्मज्ञानको किताबमा लेखेको अनुसार ब्रह्मबाट महत उत्पन्न भयो, महतहरू एक आपसमा आकर्षित हुन्छन् र सम्युक्त भएर समुहमा बस्छन् र अरूको नजरमा एउटै जस्ता देखिदै अलि ठुला ठुला देखिदै जान्छन् र ती समुहहरू विभिन्न आकारका, विभिन्न भिन्न भिन्न गुणका भएर बसेका हुन्छन् । त्यसैले यो ब्रह्माण्डमा भएका सम्पूर्ण बस्तुहरुको सुरुवात ब्रह्मबाट भएको हो । त्यसैले यो जगत ब्रह्ममय हो । ब्रह्ममा यस जगतको सुरूवात कालले गरेको हुन्छ र अन्त्य पनि कालले नै गरेको हुन्छ । (यो काल कताबाट आउछ त्यो त मैले पनि बुझ्न सकिन- लेखक)

शान्त, आनन्द, स्वप्रकाश र चेतना ब्रह्मका चार प्रमुख गुणहरू हुन् । यी गुणहरूका केहि वर्णन गरौँ ।

शान्त: कुनै कुराको तरङ्ग नै नभएको अवस्थालाई शान्त भनिन्छ । ब्रह्ममा तरङ्ग आएर कुनै भागमा चन्चलता आएको हो । त्यो चन्चलता आएकोले महत व्यक्त भएको हो । त्यो महतको आवरण मात्र चन्चल भएको हो । त्यो चन्चलताले आवरण बनाउदा ब्रह्मको केहि भाग त्यस आवरण भित्र रहेको हो । त्यसैले महतमा पनि ब्रह्मको गुण शान्तको सानो भाग छ ।

तर मानव जीवनमा शान्त र अशान्तका अनुभवका अवस्था नै सबै भन्दा चिन्ताजनक र दुखका कारण हुन् । शान्त भन्ने गुण महतमा थियो, त्यो सँधै शान्त नै छ रहेछ । त्यस महतले वा महतबाट बनेका लिङ्ग शरीरले गरेका अनुभवहरू अति बढि चन्चल हुन गएमा ती लिङ्ग शरीरका आवरणमा आएका चन्चलताले महतलाई वा लिङ्ग शरीरलाई नै अशान्त बनाएको हुँदो रहेछ र त्यस महत भित्रको शान्त भाग पनि अशान्त जस्तै देखिएको हुँदो रहेछ । हामीले जीवनमा गर्ने गरेका व्यवहारले अति चन्चलता ल्याएर हामीमा अशान्ती आएको रहेछ । यो अशान्ती हाम्रो लिङ्ग शरीरको आवरणहरूले गरेका अनावश्यक मोह, इर्स्या, घमण्डहरूले गरेका चाहनाहरू पुरा हुन नसकेर आएका विपरित भावनाहरू मात्र रहेछन् । आफ्ना क्षमता, अधिकार, वास्तविकता भन्दा बाहिरका कुराहरू चाहनेहरूमा अशान्ती   आएको रहेछ । तर हामी भित्रको महतको भित्रको शान्तको अनुभव गर्ने गुण यथावत नै छ रहेछ । जस्तै ऐना फोहोर हुँदा चित्र फोहोर देखिन्छ भने जस्तै हो रहेछ । अथवा जस्तै कुनै भाँडामा पानी राखेको थियौँ । त्यो पानीको भाँडा भुइमा जमिनमा अडाएर राखुन्जेल सम्म त्यहाँ त्यहि धेरै चन्चलता आएको थिएन । जब त्यस पानीको भाँडालाई कुनै चलिरहेको मेसिन माथी लगेर राख्यौँ भने त्यो भाँडामा रहेको पानी हल्लिन्छ छछल्किन थाल्छ । त्यो भाँडालाई जति बढि चन्चल चिज माथी राख्यो त्यति भाँडा बढि हल्लिन्छ र भाँडा भित्रको पानी पनि त्यतिनै हल्लिन्छ । सानो गाडीमा पानीको भाँडा राखेको भए अलि कम हल्लिन्छ अलि ठुलो गाडीमा पानीको भाँडामा राखेको भए धेरै हल्लिन्छ । खै त्यसै भएर होकी अरुको नजरमा हेर्दा गरिब देखिनेहरू मिठो नमिठो खाएर मस्त निदाइराखेका देखिन्छन् भने महलमा बस्नेहरू रात भर नसुत्नेहरु पनि देखिन्छ । सायद ती महलमा बस्नेहरूको ठुलो व्यवहार कारोबारको एक आपसको खिचातानीमा महत भित्रको शान्त हल्लिए जस्तो भएको होला र अशान्त भएका होलान् ।

आनन्द: पूर्णताको अनुभव, सन्तोषको अनुभव, कुनै अभाव नभएको अनुभवलाई आनन्द भनिन्छ । ब्रह्म सुरूमा अव्यक्त हुन्छ । ब्रह्मको कुनै ठाउँमा चन्चलता आएर त्यो सानो टुक्रा व्यक्त भएको हो । त्यो व्यक्त भाग आफ्नो समय आएपछि फेरि अव्यक्त हुन्छ । त्यस महतले अन्य महतसँग सम्पर्क सम्बन्ध राख्न पायो भने आफ्नो चन्चलताको समय लम्व्याउन सक्दछ । यस्को मतलब हो त्यो महत सँधै आफ्नो चन्चलता लम्व्याउन चाहिरहेको हुन्छ । त्यो चन्चलता लम्व्याउन नयाँ नयाँ महतहरुको आवश्यकता हुन्छ । ऊ जब आफ्नो चन्चलता कम भएको जस्तो लाग्दछ तब फेरिे नयाँ महतको खोजिमा हुन्छ । नयाँ महत पाएपछि केहि क्षणलाई चन्चलता फेरि लम्बिन्छ । हो जब ऊ नयाँ महतसँग सम्पर्क गरेर आफ्नो चन्चलता लम्व्याएको हुन्छ त्यति खेर उसले फेरि पूर्णताको अनुभव, सन्तोषको अनुभव र कमि नभएको अनुभव गरेको हुन्छ । जीवहरूले त्यो नयाँ महतहरू खानेकुराहरूबाट प्राप्त गरेका हुन्छन्, तातोबाट प्राप्त गरेका हुन्छन् वा तातोमा उसका चन्चलताहरू धेरै वेर सम्म टिकेको अनुभव गरेका हुन्छन् । त्यसैले जीवहरूले खाना खाएपछि आनन्द अनुभव गरेका हुन्छन्, घाम तापेपछि, आगो तापेपछि आनन्द अनुभव गरेका हुन्छन् र घर भित्र बस्दा आनन्द अनुभव गरेका हुन्छन् । सबै पुरानो महतहरुले नयाँ नयाँ महतहरुसँग सम्पर्क गर्दा आनन्द अनुभव गरेका हुन्छन् । त्यसै गरेर मानिसले पनि खाना खाएपछि, तातो पाएपछि आनन्द अनुभव गरेका हुन्छन् । मानिसललाई पनि अन्य महतहरू वा अन्य जीवहरूको साथ चाहिने भएको भएर मानिसले आफुले भनेको अरूले मानिदियो भने पनि आनन्द अनुभव गरेका हुन्छन् ।

अरू जीवहरूले कसरी आनन्द लिएका छन् भन्ने तिर अलि अलि थाहा भयो भने अब मानिसहरू कै बारेमा बढि विश्लेषणहरू गरौँ । महतहरू चन्चलता लम्व्याउनका लागीहरू अरू महतहरूसँग सम्पर्क गरिरहेका हुन्छन् । महतहरू त्यहि चन्चलता लम्व्याउन सजिलो होस भनेर अन्य अनुभवी महतहरूसँग मिलेर नयाँ महतहरूसँग सम्पर्क गरिरहेका हुन्छन् । पुराना अनुभवी महतहरू वा लिङ्ग शरीरहरूलाई नयाँ नयाँ महतहरू खानेकुराहरू, तातो र सुर्यको प्रकाशहरूबाट प्राप्त भइरेहका हुन्छन् । त्यसैले मानिसहरूले खाना खाएको त्यहि नयाँ महतहरु पाउनको लागी हो । मानिसहरूले काम गरेको, जागिर व्यापार गरेको सबै खानेकुरा पाउन सजिलो होस भनेर हो । ठेकेदारले घर बनाइदिएको पैसा कमाउन हो र त्यो पैसा खानेकुरा किनेर खान भनेर हो । उध्योगपतीले उध्योग चलाएर पैसा कमाएको पनि त्यहि खानेकुरा किन्न भनेर हो । संसारमा मानिसहरूले जति पनि कार्यहरू गरिरहेका छन् त्यस्को अन्तिम उद्देस्य खानेकुरा पाउनको लागी हो । त्यो खानेकुरा खान पायो भने केहि समयको लागी आनन्दको अनुभव गर्दछ र आफ्नो आयु लम्व्याएको हुन्छ । मानिसहरूले काम गरेका कित खानेकुरा पाउन भनेर, कित तातो पाउन भनेर, कि त सुरक्षित हुन भनेर हो । मानिसहरु आफुसँग सहमती भएका, समान विचार भएकाहरूको खोजिमा हुन्छ । किन कि ती समान विचार भएकाहरूसँग मिलेर खाना खोजेर ल्याउने, खाना बाँडेर खाने, तातो बाँडेर लिने, मिलेर सुरक्षित भएर बस्नलाई हो । त्यसैले मानिसहरुमा जस्ले खाना खोसेर खाइदिएको छ, जस्ले तातो खोसिदिएको छ, जस्ले सुरक्षित बस्नलाई असुरक्षित गरेको छ, तिनीहरूसँग दुश्मनी भइराखेको छ । समान विचार भएकाहरू साथी भएर बसेका छन्, विपरित विचारहरू भएकाहरु एक आपसमा विरोधी भएर बसेका छन् । तर सबै जीवहरूले गरेका एक आपसका सम्बन्धहरू अरू चन्चल महतसँग सम्पर्क गरेर आफ्नो चन्चलता लम्व्याएर आनन्द लिनको लागी गरेको हो । त्यसैले मानिसहरुले गरेका आनन्दका अनुभवहरु ब्रह्मको गुण हो ।

स्वप्रकाश: प्रकाश भनेको उज्यालो हो र स्व भनेको आफै वा स्वतह आएको भन्न खोजेको हो । हुन त स्वतह त नहुनु पर्ने हो तर हामीलाई त्यस स्वप्रकाशको स्रोत थाहा नभएको भएर स्वतह प्राप्त भनेर चित्त बुभाउनु छ भने वेदशास्त्रमा पनि स्वतह प्राप्त प्रकाश स्वप्रकाश भनिएको छ । यो ब्रह्मको स्वप्रकाश अति उज्यालो छ, यसमा शक्ति पनि छ । ब्रह्ममा चन्चलता ल्याउने शक्ति पनि यहि स्वप्रकाशमा छ । यो स्वप्रकाशलाई सुरूमा उत्पन्न भएको महतले देख्दैन, त्यस महतले आफ्नो आवरण मात्र देखेको थियो । त्यसैले सबै विकसित जीवहरूले पनि त्यस स्वप्रकाशलाई देख्न सकेनन् । यो स्वप्रकाशको शक्ति सृष्टिमा भएका सबै शक्तिको स्रोत हो । शक्ति भनेको अङ्गेजीमा Energy हो ।

चेतना: चिन्ने, याद गर्ने, सोच्ने, तर्क गर्ने,माया, भावना भएको, आफ्नो अर्काको छुट्याउन सक्ने क्षमतालाई नै चेतना भनिन्छ । ब्रह्मको यस्तो गुणहरु छन् । ब्रह्मका चार वटा प्रमुख गुणहरू मध्ये शान्त र आनन्द निस्कृय गुणहरू हुन् । शान्त र आनन्द भनेका एक अवस्था हो । शान्त भनेको नचलेको अवस्था हो । आनन्द भनेको अभाव नभएको अवस्था हो । यदि केहि घटेको छैन भने ऊ आनन्द अवस्थामा हुन्छ । स्वप्रकाश निष्कृय भन्दा अलि माथीको सकृय अवस्था, प्रकाश र शक्ति दिन सक्ने सकृय अवस्था हो । स्वप्रकास निस्वार्थ हुन्छ । स्वप्रकाशमा शक्ति छ तर त्यस शक्तिलाई कस्ले चलाउने, शक्तिले के चलाउने, शक्तिलाई कस्ले कस्ले चलाए भन्ने कुराका मतलब भएको हुँदैन । उस्को काम शक्ति दिने हो । तर चेतना ब्रह्मको सकृय गुण हो । चेतना ब्रह्मको सबैभन्दा विकसित अवस्था हो । त्यसैले स्वप्रकाश र चेतना ब्रह्मको सकृय गुणहरू हुन् ।

जीवहरूका मानसिक विकास, एक आपसमा आकर्षण, यादहरू, आवरणहरु सबै यहि चेतनाले गर्दछ । लिङ्ग शरीर भएर बस्ने पनि यहि चेतना हो । एक आपसमा चिन्ने, माया गर्ने, आफ्नो अर्काको भन्ने यहि चेतना हो । देवीदेवताहरू भनेका यहि चेतना विकसित भएका जीवहरू हुन् । हरेक लिङ्ग शरीरहरूका आफ्नो आफ्नो चेतनाको स्तरहरू हुन्छन् । ब्रह्मका ज्ञान भएका देवीदेवता पूर्ण चेतनाका हुन्छन्, उनीहरुमा ब्रह्मको पूर्ण ज्ञान हुन्छ । त्यसैले उनीहरूलाई ब्रह्मरूपी भनिन्छ ।

हो यहि कुरा बुझ्न अति कठिन हुन्छ सुरूमा । यो आकास ब्रह्म हो, यो आकासको पनि चेतना हुन्छ, यो आकासले हामीलाई देखिराखेको छ, यो आकासले हामीलाई चिन्छ, यो आकास हाम्रो दु:ख सुखमा सहभागी भएको हुन्छ । यो आकास नै सबै जीवमा बसेको हुन्छ, यो आकासले सबै कार्यलाई देखिराखेको हुन्छ, यो आकासले सबैका मन भित्रका कुराहरू थाहा पाइराखेको हुन्छ । शिवजी, दुर्गा माता तथा अन्य ब्रह्ज्ञानी देवीदेवताहरू त्यहि आकासका ब्रह्मका रूपी हुन् । विभिन्न देवीदेवताहरू भनेका मानिसहरुका लागी वा अन्य जीवहरूका लागी देखिने रूपहरू मात्र हुन् । मानिसहरूले चिनुन, मानिसहरूसँग सम्पर्क गरेर केहि शिक्षा दिन भनेर ब्रह्मले देवीदेवताहरूको रूपहरू  लिनुभएको हो रहेछ । सबै ब्रह्मज्ञानी देवीदेवताहरू पनि यहि ब्रह्मको देखिने रूपहरू मात्र हुन् । सबै ब्रह्मज्ञानी देवीदेवताहरूमा ब्रह्मको पूर्ण चेतना हुन्छ । सबै ब्रह्मज्ञानी देवीदेवताहरूले गरेका कार्यहरू ब्रह्मलाई थाहा हुन्छ । यी कुराहरु साचो हो कि होइन भनेर ब्रह्मको ज्ञान भएका र स्वस्थ तेस्रो नेत्र खुलेकाहरूले मात्र देख्न, सुन्न, बुझ्न सक्दछन् ।

बुझ्दै जाँदा झन् बुझि नसक्नु छ । यो महत ब्रह्मबाट आयो । सृष्टिमा देखिएका सबै जीवहरू त्यहि महतबाट बनेका हुन् भने पछि सबैमा जीवहरुमा ब्रह्म छ । सबै जीवहरू त्यहि ब्रह्मको स्वप्रकाशको उर्जाले चलेका हुन्छन् । जीवहरूमा भएका चेतनाहरू त्यहि ब्रह्मको गुण हो रहेछ । माया, ममता, दुस्मनी, तेरो मेरो, किताबको पढाइ, हिसाबको लेनदेन सबै चेतनाले गर्दो रहेछ । ती सबै मानिसका सबै कुराहरू ब्रह्मलाई थाहा हुँदो रहेछ । मानिसहरु त्यहि ब्रह्मलाई चिनेका हुँदैन रहेछन् । अझ सबै भन्दा बाठो आफैलाई ठानिराखेका हुँदा रहेछन् । हरेक जीवले अर्को जीवको नास गरेर आफ्नो लागी प्रयोग गरेर बाचेको हुँदो रहेछ । अझ स्पष्ठ भन्दा एक जीवले अर्को जीवलाई खाएर मात्र बाच्ने रहेछ । सबै जीवमा ब्रह्म छ तर कुनै एक जीवलाई अर्को जीवले खाँदै गरेको ब्रह्मले देखेको हुँदो रहेछ । त्यो ब्रह्मको माया, आफ्नो भन्ने भावना पनि छ, उसले कसैको रक्षा पनि गरेको छु भन्छ । यस्ता कुराहरू बुझेर बाच्न पनि गाह्रै हुने रहेछ र बरू केहि नजानेका भए ठिकै थियो जस्तो लाग्छ कहिले कहिले त । तर त्यसो होइन । यो कुरा नबुझ्नेहरू नै भवसागरमा पर्ने हुन् । हामी मानिसहरू विकसित प्राणी हौँ । हाम्रो चेतनाले बुझेका कुराहरूलाई मृत्युपछिका जीवनमा अर्थ लगाउन नसक्दा, कुरा नबुझ्दा उ झन् अन्धकार, भ्रममा परेको हुन्थ्यो भने ब्रह्मको ज्ञानले सृष्टि, जीवन, मृत्यु तेस्रो नेत्र र भवसागरका सबै कुराहरू बुझ्न सक्ने बनाउछ । मानिसको जीवनमा मात्रै त्यस महतले आफुलाई चिन्न सक्ने भएर पुन ब्रह्ममा फर्कन सक्ने रहेछ ।

हुन त सृष्टिका सबै जीवहरू जस्तै हावा पानी, ढुङ्गा माटोमा, जीव जन्तुहरू, मानिसहरूमा चेतना छन् । तर विकासको क्रममा ढुङ्गा माटाहरू भन्दा किराहरू, चरा चुरूङ्गीहरू, जनावरहरू बढि विकसित हुन् । ती सबै जीवहरु भन्दा अझ मानिसहरू बढि विकसित हुन् । अन्य जीवजन्तुहरू वा ढुङ्गा माटाहरूले मानसिक विकास, तर्क, सम्पत्ती, मर्यादाहरू बनाएका थिएनन् । मानिसहरूले परिवार सृजना गर्न सक्छ, घर सम्पत्ती, समाज, राज्य, नियम, कानुन सृजना गर्न सकेको छ । त्यहि क्षमता, अनुभव र यादहरू उस्ले मृत्युपछि पनि लिएर गएका हुँदा रहेछन्  र तिनै यादहरूका कारणहरू भावहरू बुझ्न नसकेर उनीहरू धेरै भ्रममा परेको हुँदा रहेछन् । तर मानिसले ब्रह्मको त्यहि चेतनाको क्षमतालाई सृष्टि, जीवन, मृत्यु, तेस्रो नेत्र भन्ने जस्ता गहन विचारलाई अध्ययन मनन गर्न प्रयोग गर्न सक्दछ । यस्ता अध्ययन, मनन, तर्क गर्ने क्षमता अन्य जीवहरूमा हुँदैनन् ।

ब्रह्मज्ञानको अध्ययन र अनुभवहरू गरेर ढुङ्गा माटाका चेतना, चराहरू, जनावरहरूका चेतना र मानिसका चेतनाहरू फरक छन् भन्ने कुराको सदुपयोग गर्ने सम्भावना ब्रह्मज्ञानले जुटाएको छ । नत्र मानिसले गर्ने गरेको कार्य अन्य जीव जन्तुहरूले गरेका कार्यमा केहि फरक छैनन् ।

 

⇐विषय सूचीमा फर्कन