ब्राह्मण लाई दीईने दक्षिणा या दानको अर्थ
यो सँस्कारको ठुलो गहिराईको ठुलो महत्त्व र जिम्मेवारी छ । अदृश्य शरीरहरु छन । तीनीहरु बिभिन्न छन् । तिनीहरुसँगको सम्पर्क र सम्बन्ध मानवजाती सँग लगातार भइरहेको हुन्छ । तिनीहरु सँग बिभिन्न लेन देनहरु भइरहेको हुन्छ र त्यस अनुसार जीवन प्रभावित भइ रहेको हुन्छ । मानिसको अन्य अदृश्य शरीरहरुसँगको सम्पर्कबाट हुन आउने सही वा गलत प्रभावहरु ह्ुन सक्दछन् । ती सही वा गलत प्रभावहरुको सुधार गरि आफ्नो जीवनमा अन्य अदृश्य शरीरहरुको गलत प्रभावबाट बच्ने र सही प्रभाव पुर्याउन सक्नेहरुको सम्पर्कमा बसिरहन खोज्ने बिधिहरुको सँग्रह हो हाम्रो धार्मीक सँकारहरु । होस नखुलेका अदृश्य शरीरहरुले जीवनमा दुःख कष्ट पुर्याउछन् र होस खुलेका अृश्यशरीरहरुले तिनै दुःख कष्ट पुर्याउने अदृश्य शरीरहरुको कष्टबाट बचाउन सहयोग पुर्याउछन् भनेर सँस्कारहरु बनेका हुन्छन् । पितृहरु आफ्mन्तहरुसँगसँधै सम्पर्कमा रहेका हुन्छन््, आशा गरिरहेका हुन्छन् र तिनीहरुसँग लेनदेन गर्न भनेर पितृ सस्ँकारहरु हुन्छन् । सन्सारका प्राय सबै धर्ममा आफ्ना् आफ्नो तरिकाबाट यिकार्यहरु गर्ने चलन रहेको हुन्छ । हिन्दु सँस्कृतिमा यस प्रचलनलाई अझ स्पष्ट रुपमा वर्णन र व्यवहारमा ल्याइने गरेको हुन्छ ।
तर यिनै सँस्कारको स्पष्ट अर्थ र विश्लेषण व्यवहारमा भइरहेको कहीँ कतै देख्न पाइदैन् । सबै ठाउँमा यिनै प्रचलनका केही टुक्रा टाक्रीका रुपमा प्रचलनमा आउँदा झन अर्थको अनर्थ हुन सक्ने सम्भावनाहरु देखिएको छ । व्यवहारिक शिक्षा प्रणालीमा कतै यस बारेमा पढाई शिक्षा हुने चलन छैन । जत्ति मानिस शिक्षित भयो त्यत्ति यस्ताकुराहरुलाई झुटो, रुढीवादी भन्दै फ्mलाक्न पछि पर्दैनन् र पछि बुढा भएर लौरो टेकेर हिड्ने बेला सम्ममा सबै वैज्ञानिक देखि कमुनिष्टसम्मकाहरु कहाँ टिका लगाउन पाईन्छ र कता धजाबान्न पाइन्छ भन्दै तछााड मछाड गर्न पनि पछि पर्दैनन् । योत अझ लाज कम भएकाहरु ह्ुन् । लाज भएका विचराहरु यति गर्न पनि हिम्मत गदैनन् ।
यि धार्मिक कार्य, पितृकार्य र अन्य कष्ट पुर्याउने अदृश्य शरीरको कार्य गर्ने ज्ञान भएको मानिस भनेर ब्राह्मण शिक्षा पाएको हुन्छ । अदृश्य शरीरको भाव बुझ्न सक्ने, देवी देवताको भाव बुझ्न सक्ने र ब्रह्मको ज्ञानको साथै ब्रह्मको अनुभूती भएकालाई मात्र ब्राह्मण र ज्ञानी भनिन्छ । यि ज्ञानीहरुको केही क्षेणको सम्पर्क र यिनीहरुको सेवा र सत्कारले मानिसमा भएको अविद्याको भ्रम दुरहुन सक्ने भएको हुनु पर्दछ । उनीहरुको ज्ञान र अभ्यासद्धारा तिनीहरुको मन्त्रको आब्हानमा देवताहरुपनि पालना गर्ने गर्छन् भनेर शास्त्रमा लेखिएको छ । यि ज्ञानीहरुको असाधारण क्षमताका कारण यदि कुनै व्यक्तिलाई कुनै अदृश्य शरीरसँगको लेनदेन गर्नुपर्दा, देवी देवता, आफ्ना पितृ सँग सम्पर्क र लेन देनको सहयोगको लागि गुहार माग्ने र त्यस सहयोग पुर्याएको कारण धन्यबाद र दक्षिणा दीने चलन हो । त्यसैले भगवानको पुजा आजामा जानेको ब्राह्मण बोलाएर देवी देवताको पुजा गर्ने चलन हो । ब्रह्मको ज्ञानी भएको भएर यिनहरुको अनुभूतीले साँचै नै ब्रह्मको आभास दीने हुदा कुनै होस नखुलेका अदृश्यहरुलाई पनि केही दीनु पर्दा यदि यि ब्राह्मणलाई दीएर ब्राह्मणले त्यस दान दीइएको चीजको भोग गरेर प्राप्त गरेको आनन्दको अनुभूती ती अदृश्यहरुलेपनि पाउने र साथ साथै त्यस ज्ञानीको अन्य ज्ञानका सुखका अनुभूतीहरु ती होस नखुलेकाहरुमा पनि पुग्न जाँदा केही सुखको अनुभूती र होसखुल्न जाने सम्भावना हुन सक्दछन् भन्ने तर्क हो र यो साँचो पनि हो । तर यस्ले के पनि प्रमाणित गर्न खोज्छ भने ती अदृश्य शरीरहरु अरुको शरीरको भोगको आनन्द लिन सक्छन् भनेको पनि हो । ल ठिकै छ धर्म र सँस्कारको कुरा हो धेरै कोट्याइ रहन उपयुक्त देख्दिन । तर हरेक ब्राह्मणले दान लिने बेलामा के कुरा याद गर्नुपर्छ भनेर उनीहरुलाई नचाहिरहेको सुझाव दीन चाहन्छु । यदि त्यस ब्राहमणमा साँचैको ब्रह्मको ज्ञान र अनुभुती छ भने सबैखालका दान हात थाप । त्यस दान लिएपछि ती दान जसका नाममा दीइएको छ त्यसले आएर घोडा चढ्न नसक्ने गरेर ज्ञानले भरिएको छ भने दान लिन अगाडि सर । नत्र अरु त्यस्ता ज्ञान र खुबि भएकालाई अगाडि सार । यहाँ कुरा अति गहिरो छ । यस्ता कृयाकलापले मानिसले आफ्नो सुरक्षाको कवच तोड्ने गर्दछन् र अन्य लिँग शरीरको प्रवेश गर्ने द्धार खोल्दछन् । ती अन्जानमा दीइएका दान र लिइएको दान दुबैले मानिसलाई अन्य लिँगशरीरसँगको सम्पर्कमा पुर्याउछ र अल्प ज्ञान र क्षमताका कारण निस्कने बच्ने बिधि पर्याप्त भएको हुँदैन । त्यसैले त्यस दान दीने र दान लिने दुबै शारीरिक थकाइ र अन्य कष्टहरुबाट घेरिएको हुन सक्दछन् ।
त्यही दान कुनै गरिबलाई दीँदा त्यस गरिबले आफ्नो भइरहेको कष्टलाइ ढाक्न सक्षम भएर आनन्दको अनुभूती प्राप्त गरेको हुन्छ । अदृश्य शरीर गरिबको जीवन शैलीमा नलोभिने भएको भएर त्यस गरिबमा त्यस दानको प्रयोगमा कुनैकष्टको अनुभव नगर्न सक्दछ । ज्ञानी ब्राह्मणको सुद्धताले त्यसता दुःखी अदृश्य शरीरहरुले गलत प्रभाव पार्न सक्दैन, छुन सक्दैन । तर जात मात्र ब्राहमण, अलि अलि मात्र अध्ययन भएको, ब्रह्मको अनुभूती नभएकाहरुले लोभले सितैको चीजभनेर हात थाप्न अघि सर्यो भने त्यसले अरुलिँग शरीरलाई आफ्नो शरीरमा निम्त्याएको हुन्छ । त्यसको गलत प्रभावका लक्षणले सँधै थकावट अनुभव गरेको हुन्छ । यही कुरा शास्त्रले घुमाएर भनेको हो ।
यसरी लिँग शरीर हुन्छ र तिनीहरु सँग लेनदेनका व्यवहारहरु समाजमा वृहद रुपमा घरघरमा भइरहेको हुन्छ । यि सँस्कारहरु सबै रुढीवादी होइनन् । हामीले अल्पज्ञानका कारण रुढीवादी बनाएका छौँ । त्यसैलाई अलि बुझ्ने बनाउन कोसिस गरेको हुँ ।