भवसागर

(under editing)

 

भवसागर

भवसागरकाे परिचय

भवसागर —मृत्युपछिको गमन यात्रा हाे ।

हिन्दु सँस्कारहरूमा भगसागरका बारेमा गरिएका चर्चाहरू:  भवसागरका बारेमा विभिन्न तरहका भिन्न भिन्न अर्थ लाग्ने खालका तर्कहरू गरिएका हुन्छन् । वेदशास्त्रहरूमा, पुराणहरूमा, पाैराणिक कथाहरूमा गरिएका भवसागरका कुनैकुनै तर्कहरू भ्रमित गर्ने खालका हुन्छन् भने कुनै कुनै तर्कहरूले भवसागरकाे वास्तविक अर्थ पनि लगाइराखेकाे हुन्छन् । तर समाजमा सर्वसाधारणहरूले सँस्कारका कुराहरू कार्यहरू गर्दा गहिराइका कुराहरू बुझ्न तिर नलागेर अरूका लहैलहैमा र सँस्कार भन्दै अरूकाे देखासिकिका कुराहरू देखासिकिका अर्थहरू लगाइराखेका हुन्छन् ।

हिन्दु वेदशास्त्रहरुमा लेखिए अनुसार मानिसको मृत्युपछि अात्मा जीवित रहेकाे हुन्छ, त्यस मृत्यु पछि काे जीवनमा भ्रमित र अलपत्रमा नपर्नका लागी भगवान कहाँ पुग्न पर्दछ, त्यस मृत्यु पछिकाे यात्रामा भगवान कहाँ पुग्नु भन्दा अगाडि सागरपार गर्नु पर्दछ । त्यहि मृत्युपछिकाे यात्रामा, त्यस मृत्यु पछिकाे गमनमा  भगवान कहाँ पुग्नु भन्दा अगाडी भेटिने सागरका रुपमा भवसागरकाे परिचय र वर्णन गरिएको छ । कुनै कुनै शास्त्रहरूमा वर्णन गरिए अनुसार भवसागर पानीको नै सागर हो र यस भवसागर पार गर्ने वेलामा पानीमा बस्ने विभिन्न समुन्द्री जनावरहरू गोहीहरुले टोक्ने, मार्ने, पानीको भेलले बगाउने गर्दछन् र त्यस भवसागर तर्नको लागि भनेर विभिन्न सामाग्रीहरु दान गरिने, ति यहाँ दान गरिएका  चिजहरू पितृले पाउछन् भन्ने चलनहरू छन् । जस्तै डुङ्गा बनाएर दान गरिने, गाइकाे पुच्छर समातेर नदि पार गराउने चलनहरू छन्, पितृहरूलाई आवश्यक बस्तुहरू खानेकुराहरू दिने , कपडाहरू तथा अन्य चिजहरू दान गरिने चलनहरू छन् । ती तर्कहरू, प्रचलनहरु कतिपय सहि पनि छन् । ति चलनहरूले मानिसहरू मरेर पनि अझै सम्पर्कमा आएका छ्न् तिनीहरूलाई अझै मानिसहरूकाे आफन्तहरूकाे आशा छ र गुहार चाहिरहेकाे छ भनेर बुझ्न सकिन्छ । मरिसकेकाहरूले विभिन्न दु:खका अनुभवहरूका गरिरहेका छन् र भवसागर भन्ने हुन्छ भनेर जीवित मानिसलाई वा मरिसकेका मानिसहरूलाई शिक्षा र सजग बनाउन खाेजिएकाे छ, वर्णन गर्न खोजिएको हो । तर तर भवसागरका सहि अर्थहरू, भावहरू लगाउन असफल भएका र त्यस भवसागर तर्ने उपायहरु पनि गलत अपनाएका जस्ता देखिन्छन् । त्यसैले भवसागरका बारेमा गरिएका कतिपय अर्थहरु, सँस्कारहरु गलत छन् । हुन त यहाँ दिइएको केहि चिजहरु, केहि अर्ति उपदेशहरू, केहि सल्लाहहरू त्यहाँ केहि पाउन पनि सक्दारहेछन् । ति मरिसकेकाहरूका नाम गरिएका केहि कार्यहरूका फलहरू ति पितृहरूले पाउने त रहेछन् तर अर्कै अर्थका कुराहरू, अर्कै भावका कुराहरू गर्नु पर्ने रहेछ । उनीहरूले जीवित मानिसहरूलाइ देख्दा रहेछन्, जीवितहरूले मरिसकेका मानिसहरूका नाममा देखाइएका भावहरू ति मरिसकेका हरूले देख्ने बुझ्ने गर्दा रहेछन्  । तर हाम्रा सँस्कारहरूमा पितृका नाममा चढाइका डुङ्गाहरू, गाइदानहरू वा नबुझिकन नजानेकाहरूका हातबाट दिइएका दानहरूले त्यहाँ केहि काम आएकाे हुँदैन रहेछ ।  किनकि त्यहाँ भएका मरिसकेकाहरुसँग सम्पर्ककाे भाव, गुणहरू अर्कै रहेछन् र भवसागरको भाव, गुणहरू अर्कै रहेछन् ।

मानिसको देख्ने गरेको मृत्युपछि पनि उसको लिँग शरीर जीवित रहन्छ भनेर अगाडीका पाठहरुमा वर्णन गरि सक्यौँ । मानिसको शरीर तीन वटा शरीर मिलेर बनेको हुन्छ । बाहिरबाट देखिने भौतिक तत्वको शरीर हुन्छ जसलाई स्थुल शरीर भनिन्छ । त्यस बाहिरको स्थुल शरीर भित्र चेतनाले भरिएको अदृश्य शरीर हुन्छ जसलाई लिङ्ग शरीर भनिन्छ । त्यस लिङ्ग शरीर भित्र आत्मा शरीर हुन्छ । यी तीन शरीर मध्ये चेतनाको शरीर अथवा लिङ्ग शरीर नै मानिसको प्रमुख शरीर हो । जब मानिसको मृत्यु हुन्छ, हामीलाई लाग्छ कि त्यो सदाको लागी मरेर गयो होला, तर त्यस हामीले देख्ने गरेकाे मृत्युमा भौतिक शरीर वा स्थुल शरीरको मात्र मृत्यु भएको हुन्छ । त्यस स्थुल शरीर भित्रको चेतनाको शरीर वा लिङ्ग शरीर भने जीवितै रहेको हुन्छ । वास्तविक जीवनमा मानिसहरुले जति पनि कार्य र कर्महरु गरेका हुन्छन, त्यो सबै उसको चेतनाले गरेको हुन्छ अथवा उसको चेतनाको लिङ्ग शरीरले गरेको हुन्छ । जुन हाम्रो यो स्थुल शरीर, चेतनाको लिङ्ग शरीर र आत्मा शरीरको सयुक्त शरिरले गरेका कामहरु, पढे बुझेका कुराहरु, अनुभवहरु स्थुल शरिरको मृत्युपछि चेतनाको लिङ्ग शरिरमा याद रहेको हुन्छ । त्यसैले चेतनाको लिङ्ग शरिरले गरेका कामहरु, कामका यादहरु, कामका सम्बन्धहरु, नाता सम्बन्धहरु, सुख, दु:ख, रोजगार, सम्पत्ति, मित्रता, शत्रुताहरू सबै उसको चेतनामा रहेको हुन्छ र स्थुल शरीरको मृत्युपछि लिङ्ग शरिरले ति यादहरूलाई चेतना सँगै लिएर जान्छ । मानिसको मृत्युपछि उसले मेरो स्थुल शरीर मरिसक्यो, तर मरेर पनि किन उ अझै जीवितै छ भनेर बुझ्दैन वा म त एउटा लिङ्ग शरीर मात्रै हो भनेर बुझ्दैन । मृत्युपछिको जीवन के हो ? त्यहाँ उत्पन्न भएका दु:ख, कष्टका अनुभवहरुको कारण र उपाय के हो ? अब म कहा जानु पर्दछ ?  भन्ने कुराहरुको ज्ञान त्यस लिङ्ग शरिरमा हुँदैन । उ त्यही आफ्नै घरमा, नातामा, सम्पत्तिमा, मायामा फर्कन खोजिरहेको हुन्छ । तर उसका जीवित आफ्ना मानिसहरूले भने उसलाई देखेका हुदैनन् । त्यस लिङ्ग शरीरले आफ्ना जीवित मानिसहरू सँग गुहार मागिरहेको हुन्छ, खाना मागिरहेको हुन्छ, पानी मागिरहेको हुन्छ, जाडोमा कपडा मागिरहेको हुन्छ । मानिस मरिसकेपछि पितृ भएर बस्छ र उसका आफन्तहरुले त्यस पितृलाई भनेर विभिन्न तरिकाले पुजा पाठ र श्राद गरेर खाने कुरा, पानी, लगाउने कपडा, मन परेका चिजहरु आदि इत्यादी चढाउने काम गर्दछन् । तर वास्तवमा उसले केही पनि पाएको हुदैन । हरेक पटक उसलाई भनेर केहि कुराहरू दान दिदा उसले हात त थाप्छ तर दिएको चिजहरु उसको हातमा केही पनि पर्दैन। किन भने त्यो एउटा लिङ्ग शरीर मात्रै हो । भौतिक शरीर भएको भए सबै कुरा पाउन्थ्यो । यो कुरा हरू किन पाइएन भनेर त्यस लिङ्ग शरीरले बुझेको हुँदैन । उसले खाने थालमा अरुले नै खाईरहेको हुन्छ, उ सुत्ने खाटमा अरुनै सुतिरहेको हुन्छ, उसले चलाउने सवारी गाडी अरुले नै चलाई हिडेका हुन्छन्, उसले गरेको व्यापार व्यवसाय अरुले नै संचालक गरिरहेको हुन्छन् । आज होइन भोलि होइन बर्षौ बितिसक्दा पनि ज्ञानको अभावले गर्दा उसले आफ्नो दु:खको यो भ्रमको परिस्थिति बुझ्न सक्दैन। त्यहीँ परिस्थिति बुझ्न् नसकेर सधैं अलपत्र परेर मन दुखाएर विभिन्न दु:ख, कष्ट खाइरहेका हुन्छ । त्यस भर्खरै स्थुल शरीरको मृत्यु भएको लिँग शरीरको नयाँ वातावरणमा बुझ्ने क्षमता हुँदैन । मृत्यु पछि स्थुल शरीरकाे बोझ नभएको भएर त्यो सुक्ष्म भएकोले घरि घरि जमिन मुनि र माथि भइरहेको हुन्छ । घरि डुबेको र घरि उत्रेको अनुभव भएको भएर त्यस अनुभवलाइ सागरमा तैरँदै गरेको नाम दिइएको हो । त्यस सागरको कुनै अर्थ, तर्क,बुझेकाे हुँदैन अज्ञानतामा मरेकाे मानिसले । उसले यो सबै भ्रम मात्र हो भनेर बुझेको हुदैन । यहीँ भ्रमको अवस्थालाई भवसागर भनिएको हो । जब कुनै मानिस पानीको डुब्दै गरेको छ र त्यस डुब्दै गरेको पानीको उत्रने सक्ने कुनै किनारा नै नदेख्दा त्यो अर्को किनार नै पानीको पोखरीलाई सागरको नाम दिइएको हो । तर यो भ्रमको सागर हो । भावनामा मात्र पैदा भएका सागर भएको भएर यसलाई भवसागर भनिएको हो । यो भवसागर अर्को किनारामा डुङ्गा चढेर पुगिने किनारा होइन । 

मानिसले आफ्नो जीवन भरमा गरेका अध्ययन, परिश्रम, विभिन्न कार्यहरू अनुभवहरू गर्दा पनि सृष्टि भनेकाे के हाे भनेर नबुझ्नु, जीवन भनेकाे केहाे भनेर जीवनकाे सही रहस्य वेलामा नै नबुझ्नु, मृत्युपछिको जीवन हुन्छ र त्यहाँ पैदा हुने समस्याका बारेमा ज्ञान नहुनु नै त्यस भवसागरको कारण हो । यदि मानिसले आफ्नो जीवनमा सृष्टि केहाे, जीवन केहाे, स्थुल शरीर भनेकाे के हाे, लिँग शरीर  भनेकाे के हाे, आत्मा शरीर भनेकाे के हाे, आत्मा, लिङ्ग शरीर र स्थुल शरीरकाे सम्युक्त जीवन के हाे भनेर जानेकाे छ ?, स्थुल शरीरको त्यागपछि पनि लिँग शरीर अझै जीवित रहने रहेछ, लिँग शरीरको विभिन्न गमन के के हुन्, लिङ्ग शरीरकाे जाग्रत, स्वप्न, सुषुप्त अवस्थाहरु हुन्छन्, ति जाग्रत, स्वप्न, सुषुप्त अवस्थाहरु के के हुन्, लिँग शरीरको अज्ञानी कामनाहरु, भ्रमका चाहनाहरु कसरी आए भनेर थाहा छ, अन्य होस नखुलेका लिँग शरीरहरु पनि हुँदा रहेछन्, ति हाेस नखुलेका अज्ञानी लिँग शरीरहरु अन्य भर्खर भर्खर मरेका र मृत्युपछिका जीवनका अनुभव र भ्रमका बारेमा थाहा नभएकाहरूलाइ झन् बढि भ्रम र त्रासहरू देखाउदा रहेछन् भनेर थाहा छ, ब्रह्मज्ञान भएका र ब्रह्मका ज्ञान नभएका दुइ थरिका देवीदेवताहरू छन् भनेर थाहा छ र ब्रह्मको ज्ञान भएकाहरु देवी देवताहरूले भवसागरबाट पार लगाउछन्, यी सबै भवसागरका कुराहरू ब्रह्मकाे ज्ञान र अनुभव भएका ब्रह्मज्ञानीहरूले आफ्नो जीवनमा नै पढ्ने, बुझ्ने, अनुभव गर्ने माैका पाएका छन् भने त्यस्ता मानिसहरूले त्यस भवसागरबाट, त्यस भ्रमका सागरबाट छिट्टै छुट्कारा पाएका हुन्छन् या त्यस भवागर पार गर्नेछन् । वास्तवमा भवसागरको अवस्थाको अनुभव हुनु भनेकाे पनि ब्रह्मकाे गुण नै हाे । ब्रह्मकाे गुणहरू महत सृजना भएर महतमा म भन्ने भावना हुनु, त्यस महतले आफ्ना अनुभवहरू याद गरिराख्नु, आफुले गरेका अनुभवहरू पटक पटक गरिरहन मन लाग्नु, आफुले मेराे हो भनेर माया गरेका कुराहरूलाइ विर्सन नसक्नुका कारणले मृत्युपछि पनि ती यादहरू आएका हुन् । तर ति सबै यादहरूर चाहनाहरू अब याद मात्रै हुन् वास्तविकतामा ति यादका चाहनाका कुराहरू पुरा गर्न सम्भावना नै छैन भनेर जानेकाे हुनु पर्दछ । मृत्यु पछिका जीवन र भवसागरका भावहरूका बारेमा जानेका ज्ञान भएका मानिसहरूलाई त्यस भवसागरको भय, त्रासले डुबाउन सक्दैन । यहि कुराहरू बुझेका हरूलाई भवसागर पार गरेकाहरु भनिन्छन् ।

भवसागर केहाे र भवसागर पार गर्नु पर्छ भनेरै नजानेकाहरूले त झन भवसागर पार गर्ने सम्भावना नै हुँदैन । जसरी कुनै मानिसलाई साचै कै पानीमा पौडन आउछ भने उसले सानातिना खोला नालाहरु सजिलै तर्न सक्दछ । त्यो उसको लागि कुनै कठिनाइको विषय नै होइन भने यदि कोही व्यक्तीलाई पौडन आउदैन भने उ त्यस्ता साना तिना नदीनाला तर्न नसकेर किनारमा नै कुरेर बस्नु पर्ने परिस्थिति आउन सक्दछन् । त्यस भवसागरको समस्या पनि त्यस्तै हो । भवसागरमा पैदा भएका कठिनइहरू पार कसरी गर्ने भनेरै थहा नभएकाहरू त्यहि भवसागरमा डुविरहेका हुन्छन् । याे भवसागर काठको डुङ्गा, गाइको पुच्छर समाएर तरिने सागर होइन ।

 भवसागरका अनुभवहरू

भवसागरमा आफ्नो लिँग शरीरको बोझको कारण तल जाने, घरि माथि जाने भइरहेको हुन्छ, लिङ्ग शरीरकाे जाग्रत, स्वप्न र सुषुप्त अवस्था हुन्छ भनेर पनि उसलाई थाहा हुँदैन । मानिसको त्यस लिँग शरीरले कुनै अनुमान लगाउन नसकि डर, त्रास, भोक, प्यास, एक्लाे अनुभव गरिरहेको हुन्छ । जसरी जीवित मानिसको जीवनमा हरेक कठिनाइमा आफन्तहरुलाई गुहार गर्ने बानी हुन्छ र त्यसै गरेर मरेपछिकाे त्यस कठिनाइमा सब भन्दा नजिकका परिवारका भरपर्दा सदस्यहरू, नजिकका नातेदारहरूकाहरु लाई गुहारी रहेको हुन्छ । ति मरेका मानिसहरू निदाएका अवस्थामा हुन्छन् भने त्यति खेर केहि अनुभव गरेका हुँदैनन् । त्यस निन्द्रा अवस्था बाट विउझिदा सुरूमा स्वप्न अवस्थामा अाएकाे हुनछ । त्यस स्वप्न अवस्थामा अाफ्ना यादहरू हाेकि हाेइन जस्तै गरेर विभिन्न चित्रहरु,व्यक्तीहरु अगाडी आउने भइरहेको हुन्छ । लिँग शरीरको बोझको आधारमा ति स्वप्न अवस्थाहरु आइरहेका हुन्छन् । यदि लिँग शरीरको बोझले उ जमिन भन्दा तलको स्थान तिर डुबेको अवस्था छ भने ति स्वप्नहरु उल्टो, डर, त्रासहरु भरिएका हुन्छन् । हातमा कुनै खानेकुरा लियो त्यो खान लाग्दा बिलाउने, कुनै नदी तर्न लाग्यो नदी अचानक ठुलो भएर आउने बगाएर लैजाने, हुरिबतासले उडाएर लैजाने, कुनै बाटोहरु हिड्न खोज्यो बाटो बिग्रेर जाने, बाटो अचानक खाडल हुने, बाटाेमा अचानक भिरहरू, पर्बतहरु आईपर्ने हुन्छन् । यदि लिँग शरीरको बोझ कम छ वा छदै छैन र उ जमिनभन्दा माथिको ठाउँमा पुगेकाे हुन्छ भने त्यस्ता मरिसकेका लिङ्ग शरीरहरूलाई त्यस्ता त्रास, डरहरु धेरै नआउने, उनीहरूले गर्न खोजेका कामहरु पनि उल्टो नभइ सुल्टो हुने हुन्छन् । हातमा कुनै खानेकुरा लियो खान लाग्यो खाएको स्वाद, आनन्द आउने, राम्राराम्रा फलफलको कामना लियो त्यो अगाडी आइहाल्ने हुन्छ । कतैजान खोज्यो बाटोहरु खुल्ने, नदीहरु तर्न सक्ने, भिरहरु बिलाउने यस्तै हुन्छन् । याे नै त्यस भवसागरको गुण हो । भवसागरका बारेमा ज्ञान नभएका अज्ञानीहरूलाई भुत प्रेतहरूले भ्रमहरू सृजना गरिदिने, भय त्रासहरू सृजना गराइदिने गर्छन्  भने भवसागरका बारेमा ज्ञान भएकाहरूलाई ति भुत प्रेतहरूले छुन सक्दैनन् वा छाेटाे समयमा नै ति भुत प्रेतहरूका बन्धन र त्रासहरूबाट छुटकारा पाएका हुन्छन् । भवसागरकाे ज्ञान हुनुका साथै भुत प्रेतहरूका भावनाहरू भन्दा टाढा भएर ज्ञानी भावनाहरू भएकाे हुनु पर्दछ, लाेभ माेहहरू कम भएका वा लाेभ माेहहरू नभएका हरूलाई भुत प्रेतहरूले दुखदिइरहेका हुँदैनन् र तिनीले दुखका भ्रमका अनुभवहरू कम गरेका हुन्छन् ।

त्यस भवसागरमा पहिल्यै देखि मरेकाहरु अलपत्र भएर बसेका थुप्रै हुँदा रहेछन् । ती पुराना मरेकाहरुले नयाँ मरेकाहरु आएका छन् भनेर थाहा पाउन साथ उनीहरु हेर्न आउँदा रहेछन । जस्तै: गाउँघरमा कसैले बिवाह गरेर नयाँ दुलही ल्याएका छन भनेर थाहा भयो भने गाउलेहरु, छिमेकीहरु त्यस दुलहीलाई हेर्न आउछन् । त्यसैगरि ती पुराना मरेकाहरुले नयाँ मरेर आएका छन् भनेर थाहा पाउना साथ हेर्न आउँदा रहेछन् । उनीहरुले ती नयाँ मरेर आएकाहरुलाई जिस्काउने, इल्लिबिल्ली पार्ने, विभिन्न डर त्रासहरू देखाउने गर्दछन् । जस्तैः कहिले खोला देखाएर यो खोला तर भन्ने, कहिले पहाड चढ भन्ने, कहिले आगो समात भन्ने, कहिले तातो कराईमा हालिदिम भन्ने, कहिले काठका मुडाहरू चिर्ने आर्हीले काटिदिम भन्ने गर्दा रहेछन् ।

यसरी ती पुराना मरेकाहरु अर्कालाई जिस्काउने, इल्लिबिल्ली पार्ने, ईर्ष्या गर्नेहरू सबै भुत प्रेतहरु भएर बसेका हुन्छन् भने नयाँ मरेर आएकाहरु पितृ अवस्थामा हुन्छन् । मरेका ति पितृलाई कहाँ जानु पर्छ भनेर थाहा हुँदैन र सधैं ती भुत प्रेतहरुकै वरिपरि रहन्छन र तिनीहरुकै दु:ख कष्टमा फसेका हुन्छन् । यहि परिस्थिति अथवा दु:खको अवस्थालाई नै भवसागर भनिएको हो । वेदशास्त्रहरूमा उल्लेख गरिएको भवसागर भनेको भावनाको सागर वा भ्रमको सागर हो । तर हामीले पानीको सागर हो भन्ने ठानेर गाईको पुच्छर समातेर सागरको वारिबाट पारी तार्यो भने मरे पछि भवसागर तरिन्छ वा वैकुण्ठ बाँस हुन्छ भन्ने तिर लाग्यौँ । 

मरेर तल जमिनमुनि पुगेको अनुभव गरेका हुन्छन् र चारै तिर अन्धकार मात्रै छ भन्ने अनुभवहरू गरिरहेका हुन्छन् । त्यसरी जमिन मुनि पेगेकाे अनुभव गरिरहेकाे अवस्थामा त्यस जमिन मुनि पनि त्यस्तै खालका अरु दुष्ट लिँग शरीरहरू हुन्छन् जसले भर्खरै आएको लिँग शरीरहरूलाई चिनेर यसलाई केही थाहा छैन यहाँको बारेमा भनेर आफुलाई रमाइलो गर्ने भावनाले नै तर्साउन आउछन्, तरवारले काटिदिने, आगोमा पोलिदिने, खाडलमा हालिदिने, विभिन्न जनावरहरुले मार्ने, टोक्ने, डस्ने गर्दछन् । पटकपटक यस्तै गरिराखेका हुन्छन् । त्यस नयाँ परिस्थितीमा लिँग शरीरहरू कराउने, रुने, गुहार माग्ने यस्तै गर्दछ । हुन त जे गरे पनि त्यो लिङ्ग शरीर त मर्दैन तर डर त्रासमा बसेकाे हुन्छ । यस्तै गर्दै हरेक पटकको जाग्रत, स्वप्न अवस्थाहरु बिताइरहन्छ । निदाएका अवस्थामा केहि थाहा हुँदैन । भर्खर विउझिएका छन् भने स्वप्न जस्ताे गरेर हाेकि हाेइन जस्तै गरे अलि अलि यताकुरा अलि उताका कुरा जाेडेर विना अर्थका कुराहरू गरेर बसिराखेका हुन्छन् । तर तिनीहरू पटक पटक विउझिउ वा धेरै वेर विउझिए भने उनीहरू जागेकाे वा जाग्रत अवस्थामा अाउछन् र अाफुले गर्ने गरेका पहिलाका कुराहरू सम्झेर मेराे परिवार, मेराे सम्पत्ती भन्न तिर लागेका हुनछन् । अलि माथि पुगेकाहरुलाइ यि तलका दुष्टहरुले छुन सक्दैनन् तर अलि अलिमात्र माथि पुगेकाहरुमा  पनि त्यस्तै भ्रममा नै हुन्छ तरअलि कम डर ,त्रास का भ्रमहरू हुन्छन् । अलि माथि पुगेकाहरू अाकासमै घुम्ने, जहा मन लाग्याे त्यहि पुग्ने, आफन्तहरूलाई भेट्ने वा अन्य रमाइलाहरु गर्ने गर्दछन् तर भ्रममा ।

खास गरेर मन दुखाएर अशान्ती भावहरू लिएर , सन्ताेष नभएर , चाहनाहरू धेरै भएर चाहना हरू पुरा नभएर अकालमा मरेकाहरू मरेपछि जमिनमुनि पुगेकाे अनुभव गरेका हुन्छन् । जीवनमा शान्त भावहरू भएर सन्ताेष भएर जीवन विताएकाहरू मरेर ब्रह्ममा नपुगे पनि अन्ध्याराे अनुभव गरिरहेका हुँदैनन् । शान्त भाव भएकाहरू मरेपछि पनि शान्त भएर बस्ने सम्भावनाहरू हुँदा रहेछन् भने अशान्त भावहरू भएकाहरू मरेपछि पनि त्यस्तै अशान्त भावहरू भएर बसेका हुँदा रहेछन् ।

अब यस्तो डर त्रासको अवस्थाबाट बच्ने केहि उपायहरू छन् त ?

यि सबै घटना र कष्टहरु भएको मृत्युपछिको जीवन के हो ? र भवसागरभनेकाे के हो ? भनेर थाहा नभएकाे लिँग शरीरको भ्रमको कारणले हो । यदि लिँग शरीरले आफ्नो जीवन कालमा नै जीवन र मृत्युका रहस्यका बारेमा थाहा छ र साथै भवसागरको अर्थहरू, भावहरू र भवसागरमा हुने अनुभवहरूका बारेमा थाहा छ, बुझेको छ भने उ त्यस खतराबाट बच्दछ । मानिसहरुको मृत्युमा स्थुल शरीरको त्याग हुने बित्तिकै लिङ्ग शरीर उडेर माथि पुग्ने हुन त त्यस मानिसकाे लिङ्ग शरीर साह्रै नै हलुङ्गो हुनु पर्छ । यस्ताे हलुङ्गाे भएर बाच्नु र मरेपछि पनि हलुङ्गाे हुन सक्नु अति उत्तम जीवन हो । नत्र के धनी के  गरिब सबैलाइ नै त्यस भवसागरको अनुभव गर्नु परेको हुन्छ । तर ति अनुभवका क्रममा ति परि आउने त्रास, डरका कारणहरु भ्रम मात्र हुन् भनेर त्यस लिँग शरीरले त्यस बेला सम्झन सक्यो भने त्यो त्यस कष्टबाट बचेको हुन्छ । बाटोमा कुनै खाडल आयो, भिरआयो भने त्यस भिरलाइ पार गर्ने विधि नभएर अन्य लिँग शरीरहरु सयौँ बर्ष अल्झिरहेका हुन्छन् भने बुझेको लिँग शरीरले त्यस भिरआएपछि म एक लिँग शरीर मात्र हुँ, यो शरीर चेतनाको शरीर हो,यस चेतनाको शरीर कुनै खाडलमा खस्दैन, कुनै भिरमा खस्दैन भनेर जानेर उसले अफ्नो इच्छा अनुसार ति खाडल, भिर तर्न सक्दछ भनेर मनमा कल्पना गर्न सक्यो भने उसले त्यस भिरलाइ उडेर काट्दछ । त्यस्तै गरि कुनै नदीनाला समुद्र अगाडी आइपर्दा नदीनालाहरू भ्रमका हुन्, यसले मलाइ बगाउन, डुबाउन सक्दैन भनेपछि ति नदीहरु सागरहरू पार गर्न सक्दछ । बाटोमा कुनै चोर डाँकाहरुले समातेर मार्न खोज्दछन् र काट्न खोज्दछन् त्यति खेर नडराइकन यि सब भ्रमका हुन्, म चेतनाको शरीर हुँ, मलाइ मार्न सक्दैनन्,चेतनाको शरीरलाइ अरूले काटेर, पिटेर मार्न सक्दैन भनेर भन्न सकेमा ति सबै बाधाबाट हराउछन् । कुनै जनावर, सर्पहरु जे सुकै आइपरेपनि ति सबै भ्रमका हुन भनेपछि डर त्रास हुँदैन, ति भय डर त्रासहरू हराउछन् ।
यसरी भवसागरको त्रास, डरबाट बच्न सकिन्छ तर होस खुल्न गएको खण्डमा मात्र । त्यसैले यि मृत्युका कुरा मृत्युपछिका कुरा भवसागरका कुरा भवसागर बाट निस्कने कुराहरू ब्रह्मज्ञानमा वर्णन गरिएकाे छ । यस्ता जीवित जीवनमा र मृत्यु पछि पनि चाहिने ब्रह्मका ज्ञानहरु जीवित जीवनमा नै प्राप्त भएका छन् भने ति ज्ञानहरु र अनुभवहरू मानिसकाे पनि मृत्यपछि सँग सँगै जाने भएको भएर ति ज्ञान नै त्यस भवसागरका दु:खद समयमा काम आउदछन ।
मृत्यु पछि भवसागर का नबुझेका र भवसागर पार नभएकाहरू मरे पछिकाे जीवनमा हरेक पटकको जाग्रत अवस्थामा आउदा त हामीलाइ त्यही भवसागरमा नै बिउँझन्छन् र ती भवसागरका त्रास, डरहरु कसैले धेरै कसैले थाेरै भए पनि गरेका हुन्छन् ।

मानिस मरेर जाने कुराहरू प्राकृतिक नियम हाे । हरेक मानिसले जन्म लिए पछि एक दिन मरेर जानु पर्छ, मर्नु भन्दा अगाडी  मृत्यु के हाे बुझेकाे हुनु पर्छ, मृत्यका लागी तयारी भएर बसेकाे हुनु पछ भनेर मानिसले समयमा बुझ्न चाहदैन । अरू मानिस मरेर जाँदा पनि आफ्नो मर्ने पालाे कहिल्यै आउदैन भन्ने झुटाे आशामा बसेको हुन्छन् । त्यसैले मानिसहरू मरेपछि पनि यतै सँसारिक मायाजाल, नाता, इष्टमित्र, सम्पत्ती, काम, रोजगार , मानपदवी, मर्यादाका कुराहरूति र फर्कन चाहन्छन् । जुनकुरा सम्भव हुँदैन । यसरी मानिस मरेर सन्सारिक जीवनकाे किनाराबाट खसेर भावनाकाे समुद्रमा डुबेकाे रहेछ तर अज्ञानताले यतै सन्सारिक किनारामा अाउन खाेज्दा अाउन नसकेकाे अज्ञानताकाे अन्धकार अवस्था लाइ नै भवसागर भनिएकाे थियाे । सागर भनेकाे एउटा किनाराबाट हेल्दा अर्काे किनारा नदेखिने पानी पानी मात्र  देखिने लाइ सागर भनिन्छ । त्यस्तै गरेर मरेका मानिसहरूले यताका सान्सारिक किनारा त देखेका हुन्छन्, सबै यादहरू गरिरहेका हुन्छन् चाहनाहरू, जिम्मेवारीहरू देखिरहेकाहुन्छन् तर यता संसारिक जीवनमा फर्केर आउन सक्दैनन् भने तर अर्काे तिरकाे किनारा के हाे कता हाे कसरी पुग्ने भन्ने कुरा नै केहि थाहा हुँदैन र तिनका लागी त्याे अवस्था भावनाका सागर भएकाे हाे ।

मरेर गएका मानिसलाई आफ्नाे लिँग शरीरको बारेमा ज्ञान नहुनु, स्थुल शरीरको त्यागपछि लिँग शरीरले अन्योलमा परि के गरु कता जाउँ भन्ने थाहा नहुदा, नयाँ शरीरसँगको सम्बन्धको भाव नबुझेको भएर र अब कता जाने भनेर कुनै टुङ्गो नै नभएको भएर भवसागर बन्न गएको हो । यदि कुनै सागरको पारिको किनारा देखिन गयो भने त्यो सागर नभएर ठुलो नदी मात्र बन्न आउछ । त्यस किनाराको दुरि जति कम भयो त्यत्ति त्यस नदीको विशालपन घट्न गइ सानो सानो नदी हुन जान्छ । यदि त्यस नदीको किनारा नजिक केही मिटर मात्रको छ भने त्यो सागर ,नदी नभएर सानो नहर या कुलो हुनआउछ जसलाइ पार गर्न कुनै कठिनाइ नहोला । त्यस्तै उपायहरुको खोजि गरेको हुनुपर्दछ ।

मानिसहरू मरेपछि पनि अाफना  ङरमा फर्कनु, परिवारमा फर्कनु, नाता, राेजगार वा यतै सांसारिक जीवनमा फर्कने चाहना हुन्जेल र त्यस भन्दा अर्काे तिर जाने बाटाेहरू, ठेगानाहरू केहि नदेखेकाे अवस्थामा मा उ भव सागरमा परेकाे रहेछ । तर यदि कसैले जीवजमा मृत्यु पछि फर्कन हुँदैन र मानिसकाे सृष्टि ब्रह्मबाट भएकाे हाे र मानिस मरे पछि ब्रह्ममा नै फर्कनु पर्दछ भनेर मरेपछि यता संसारिक कुरामा फर्कन नखाेजेर ब्रह्म तिर जानु पर्दछ र ब्रह्ममा गएर विलाउनु पर्दछ भनेर जानेकाे छ भने उसले मरेपछि जाने ठाउँ थाहा छ भने उसले त्यस सागरकाे पारीकाे किनारा थाहा भएकाे भयाे । यसरी त्यस पानीकाे सागरकाे पारी पट्टिकाे किनारा देख्नु भनेकाे अव त्याे सागर नभएर ठुलाे नदि जस्ताे हुन अायाे । किनकि पारिकाे किनारा देखिएकाे ले त्याे सागर हाेइन अब नदि सरह भयाे । अव त्याे नदि पार गरेर त्यस पारि कसरी पुग्ने भन्ने कुरा मात्र बाँकी रह्याे ।

मृत्यपछिको भवसागरको यात्रामा यता संसारिक माया तिर नफर्केर त्यस भन्दा उल्टाे तिर ब्रह्म छ र त्यहाँ ब्रह्मज्ञानी देवीदेवताहरू छन्, अन्तमा गएर ब्रह्ममा मिल्न जानु पर्छ भनेर ज्ञान हुनु नै त्यस भवसागरको पारिपट्टीको किनारा देखिनु हो । जब हामीलाइ त्यस विशाल सागरको अर्काे तर्फकाे किनारा देखा पर्दछ तब बल्ल हामीलाई लक्ष थाहा हुन्छ कि कतातिर पौडन पर्छ भनेर । कता तिर पाैडने भनेर नजानेकाे भएर जति पौडे पनि अन्त्यमा वारि तिर नै रहनु परेको कारण त्यस पारिको किनाराको अत्तो पत्तो थाहा नभएर रहेछ  । त्यस पारिको किनारामा अब कसरी छिटो पुग्न सकिन्छ त  ?  घरिघरि वारिकिनारामा आइरहन मन हुनहरु पारि कहिल्यै नपुग्ने सम्भावना हुन्छ । त्यो सबैले बुझेको हुनपर्दछ । त्यसैले साच्चैकै पारी जान मन भएकाे छ भने सबभन्दा पहिला त अब वारितिरको माया त्यागेर पारिजानको मात्रै इच्छा राखेर पौडन पर्छ । त्यो पारिको किनारा भनेको देवीदेवताहरु, होस खुलेका पितृ, गुरुहरु बस्ने स्थान हो । पारी ति जाने क्रममा सुरूमा हाेस खुलेका पितृहरू गुरूहरू भएका ठाउ तिर, भय त्रासहरू कम भएका ठाउमा पुगिन्छ । त्यस भन्दा पनि गर तिर ब्रशह्म र ब्रह्मज्ञानी देवीदेवताहरू भएका ठाउमा पुगिन्छ । शास्त्रहरुमा स्वर्ग भनिएको छ । यस्ता अल हान्त भएका ठाउदाय स्वर्ग भनिएकाे छ । त्यस स्वर्ग भन्दा पनि टाढा हुन्छ ब्रह्म । मानिसको जीवन र स्वर्गको बीचको दुरी नै भवसागर हो । मानिसहरु मृत्यपछि त्यस स्वर्ग भन्ने ठाउँमा र ब्पुरह्ग्नम भन्ने ठाउमा पुग्न नसक्नु नै भवसागर हो । मृत्यु देखि भवसागर , स्वसर्ग र ब्रह्म काे दुरीभनेकाे ज्ञान र भावनाकाे दुरीमात्र हाे, त्यस सृष्टि, सृष्टिका नियम, सृष्टिकाे , जीवनकाे मृत्युकाे, तेस्राे नेत्रकाे ज्ञान र रहस्यहरू जानेकाे अवस्था र नजानेकाे अवस्थाकाे बिचकाे दुरीहाे ।  त्यो नै एक भावनाको ज्ञान अज्ञानताकाे बिचमा बन्न भएकाे सागर जस्ताे दुरी बन्न गएको हो यो कुनै किमिमा नापिने दुरी होइन । याे ज्ञानको दुरी हो । स्थुल शरीर त्यागेर लिँग शरीरको होस खुलेर अन्य होस खुलेका लिँग शरीरहरु, देवीदेवताहरु सँगको सम्पर्क गर्नसक्नु, ब्रह्मज्ञानका कुराहरू मरे पछि पनि यादमा अाउनु,  ब्रह्ममा पुगेर अान्द शान्तमा पुग्नु, सदाशिवकाे अनुभव गरेर अव्यक्त जस्तै अवस्थामा पुग्नु  नै भवसागर पार गर्नु हो । यो कुनै किलाेमिटरमा नापिने दुरी पार गर्न पर्न होइन ।

 

भवसागर भनेको पानीको सागर होईन यो त भावनाको सागर वा भ्रमको सागर हो। भावनको सागरमा हावाहुरी आउने, उडाउने, आगो आउने, पहाड नै आउने, ठुलो खोला आउने, विभिन्न जीवले दु:ख दिने डर लाग्दा परिस्थिति सृजना हुन्छन् । यहि डरलाग्दो परिस्थिति बाट कसरी बच्ने भनेर त्यस लिङ्ग शरिरले बुझ्दैन । यो सबै उसको अज्ञानताको कारण हो । यदि त्यस लिङ्ग शरीरले यो सबै भ्रम मात्रै हो भनेर जान्यो भने ती सबै डरलाग्दो परिस्थितिहरु हराएर जान्छ । स्थुल शरीरलाई आगोले पोल्छ, हावाले उडाउन्छ, तातो तेलले पोल्छ, खोलाले बगाउछ, पहाड चढ्नु पर्छ तर म त एउटा लिङ्ग शरीर मात्रै हो मलाई केही हुदैन, म जहाँ पनि जान सक्छु मलाई कसैले पनि छेक्न सक्दैन, रोक्न सक्दैन, हावाले उडाउन सक्दैन, आगोले पोल्न सक्दैन यी सबै भ्रम मात्र हो भनेर जान्यो भने उसको लागि केही भ्रम रहदैन । सृष्टिकाे रहस्य केहाे ?, जीवनको रहस्य के हो ? लिङ्ग शरीर भनेकाे के हो ?  लिङ्ग शरिरको उत्पत्ति कसरी भयो ? मानिसको पुर्ण मृत्यु कसरी हुन्छ ? लिङ्ग शरीर त्यो भवसागरबाट कसरी मुक्त हुन्छ ? यी सबै कुराको अनुभव गर्नको लागी तेस्रो नेत्रको आवश्यकता पर्दछ । हरेक मानिसमा तेस्रो नेत्र हुन्छ । त्याे तेस्राे नेत्र कसैको पहिल्यै खुलेको हुन्छ भने कसैको पछि खुलाउन सकिदो रहेछ । पहिल्यै खुलेको तेस्रो नेत्र यदि अस्वस्थ रहेछ भने त्यसलाई स्वस्थ बनाउन सकिदो रहेछ । त्यस तेस्रो नेत्र मार्फत मानिसले पितृ, भुत, प्रेत ,देवीदेवताहरुलाई देख्न र तिनीहरु सङ्ग सम्पर्क गर्ने गर्न सक्दछन् । मानिसको तेस्रो नेत्र द्वारा आफ्नो लिङ्ग शरीरलाई देखेर, महसुस गरेर आफू ब्रह्ममा पुगेको अनुभव गरेको हुनु पर्दछ । आफू ब्रह्ममा पुगेर पुनः सदाशिवमा पुगेको अनुभव मानिसले आफू जीवितै हुँदा नै गरेको हुनु पर्दछ । यस सृष्टिमा अवस्थित भएका सम्पुर्ण चिजहरुको शुरूवात ब्रह्मबाट भएको हो र अन्त्य पनि त्यही ब्रह्ममा नै हुन्छ । त्यसै गरि लिङ्ग शरिरको उत्पत्ति पनि त्यही ब्रह्मबाट भएको हो अन्त्य पनि ब्रह्ममा नै हुन्छ । त्यस लिङ्ग शरिरले म पनि त्यही ब्रह्मबाट केही समयको लागि मात्र उत्पन्न भएको हो र त्यही मरे पछि त्यहि ब्रह्ममा फर्कनु पर्छ भन्ने कुरा जान्नु पर्दछ । यी कुराहरु का साथै मानिसमा भएको तृष्णा, चाहाना, माया हुँदा रहेछन्। ति तृष्णाहरूलाइ सकेसम्म मेटाएकाे हुनु पर्दछ र नयाँ पd[
रा गर्न नसकिने खालका तृष्णा चाहनाहरू अाउन दिनु हुँदैन । त्यसैले मृत्यु अगाडि नै मानिसले आफुलाई खाने मन लागेको खाने, लगाउने मन लागेको लगाउने, जान मन लागेको ठाँउमा जाने, भेट्न मन लागेको लाई भेट्ने, लेनदेनका सबै कामहरुको मिलाएर,  सबै तृष्णाहरू मेटाएर बस्नु पर्दछ । अर्थात आफुमा भएको सबै ईच्छा, तृष्णा, पूरा गरेर वैराग्यता जगाउनु पर्दछ र मृत्युका लागि तयारी भएर बस्नु पर्दछ। जीवनका भौतिक सुखहरु, संसारिक मायामोह, घर परिवार, रिसराग, क्रोध, काम, जिम्मेवारीहरु, घमण्ड, इर्ष्या, धर्म संस्कार, धन सम्पत्ति, लोभ, इष्टमित्र यी सबै बाचुन्जेलका लागि मात्र हो र मरे पछि अब मलाई यी केही पनि चाहिदैन । यी सबै कुराको अनुभव मैले गरिसके,नगरेको भए पनि मलाई अब त्यस कुराको कुनै पनि इच्छा छैन भन्ने कुराको ज्ञान् हुनु पर्दछ। सृष्टिकर्ता र संहारकर्ता, ब्रह्मका स्वरूप भगवान शिवजी पारी पट्टी हुनुहुन्छ । म त्यही शिवजी भएको ठाउँमा जाने हो भनेर जान्यो भने उसको लागि त्यो भवसागर रहदैन । उसले पारी पट्टीको किनारा देख्छ साथै शिवजीलाई पनि देख्दछ । शिवजी तिर फर्केर ल शिवजी आउनुहोस् र मलाई ब्रह्म लगि दिनुहोस भनेर भन्न जान्यो भने र त्यसरी शिवजीकहाँ नै पुग्नु पर्दछ भनेर ब्रह्काे ज्ञानकाे पुरा भावले  शिवजीलाइ पुकारेकाे छ भने शिवजी आउनु हुन्छ र ब्रह्म लागि दिनु हुन्छ । यसरी शिवजीले लिङ्ग शरीरलाई ब्रह्मलगी दिनु हुन्छ र त्यो लिङ्ग शरीर ब्रह्म हुँदै सदाशिवमा गएर बिलाउने हो । यो नै मानिसको पुर्ण यात्रा हो । तर एउटा लिङ्ग शरीरले बोलाउने बित्तिकै शिवजी आउनु पर्छ भन्ने त शिवजीलाइ कर त  छैन । यदि शिवजी आउनु भएन भने त्यो लिङ्ग शरीर त्यही भवसागरमा अलपत्र पर्छ । त्यसैले हामीले बोलाउने बित्तिकै शिवजी आउनको लागी शिवजी लाई पुर्ण रुपले चिनेकाे हुनु पर्दछ । आफुले मात्रै नभई शिवजीले पनि हामीलाई पनि चिनेको हुनु पर्दछ । त्यसको लागी शिवजीको सधैं चर्चा गर्ने, उहाँको काम गरिदिने, उहाँलाई रिझाई राख्ने र एकदम महत्वपूर्ण ब्रह्मको ज्ञान् पुर्ण रुपले जानेको हुनु पर्दछ । आफ्नो तेस्रो नेत्र द्वारा शिवजी सँग कुरा गरेर उहाँकै चर्चा गर्दै जाने, शिवजीलाई रिझाएर पछि म मरे पछि मलाई भवसागरमा अलपत्र नपारी ब्रह्म लागि दिनु होस भनेर शिवजीलाई जिम्मा लगाउन जानेकाे हुनुपर्दछ । यी काम मानिसले आफू जिउँदै हुँदा गरेको हुनु पर्दछ । यसो गर्न सकियो भने शिवजी सँग त्यो भवसागर तर्न सकिन्छ । यहीँ भवसागर तार्नेलाई शास्त्रहरुमा पितृ तार्ने पनि भनिएको छ । यो ब्रह्मज्ञान नबुझिकन पहिल्यै मरेका मानिसहरु पितृ, भुत,प्रेत भएर भवसागरमा अलपत्र परेर बसेका छन भने ब्रह्मको ज्ञान बुझेका ब्रह्मज्ञानीको तेस्रो नेत्र द्वारा उनीहरुलाई देख्न सक्दछन्, दोहोरो कुरा गरेर ब्रह्मज्ञान बुझाउन सक्दछन् । यदि यो कुरा उसले बुझ्यो र म भवसागरमा रहेछु भन्ने कुरा बुझ्छ र ब्रह्म जानको लागि बाटो खुल्छ । यसरी उसले पनि भगवान सँग गुहार मागेर भवसागर पार गर्न सक्दछ । 

त्यसो भए अब कसरी त्यस भवसागर सजिलै पार गर्न सकिएला त ?
जुन मानिसलाई मृत्युपछि लिँग शरीर रहन्छ, मृत्यु पछि विभिन्न लिङ्ग शरीरहरू, भुत, प्रेत, पितृहरू छन्, विभिन्न होस खुलेका लिँग शरीरहरुका साथै  ब्रह्मका ज्ञान भएका ब्रह्मरूपी देवीदेवताहरु हुन्छन् भनेर थाहा नै छैन  भने त्उयस्नीता मानिसहरूले मरे पछि भवसागर पार गर्नै सक्दैनन् यसमा सन्देह नगरे हुन्छ । भवसागर झुक्किएर पनि पार भइने दुरि होइन । यो ब्रह्मकाे बारेमा गहिरो अध्ययन, ब्रहकाे ज्ञान र ब्रह्मकाे  ममन र ब्रह्मकाे अनुभव र अनुभूति प्राप्त गरि पार गर्न सकिने दुरी हो ।ब्रह्मका ज्ञानभएका देवीदेवताहरू छन् भनेर चर्चा परिचय, स्तुती, पुजा अाजाहरूर विभिन्नि देवीदेवताहरूका फाेटाे, मुर्ती, मन्दिरहरू बनाइएका हुन्छन् । ब्रह्मज्ञानी देवीदेवताहरू छन् भनेर उहाँहरूका मन्दिरहरूमा पुजा आजा हुन्छन् । ति ब्रह्मज्ञानी देवीदेवताहरूका पनि चेतना, आफ्नो गुण, स्वभावहरू हुन्छन् । उहाँहरूकाे  चेतना पूर्णरूपकाे हुन्छ । मानिसले अनुभव गरेकाे चेतनाकाे गुण नै ब्रह्मकाे गुणहाे । ब्रह्मकाे र ब्रह्मज्ञानी देवीदेवताहरूका चेतना पुर्णरूपकाे हुन्छ र त्यहा याद भएका कुराहरू मेटिदैन रहेछ । मानिसहरूले ब्रह्मज्ञानी देवीदेवताहरूका अारधना वा पुजा अाजा गरेका रहेछन् भने पनि मानिसहरूले जुन स्तरकाे चेतना रज्ञान अनुसारका पुजा पाठ, अारधना स्तुती हरू भएका त्यहि अनुसारकाे देवीदेवता हरू र मानिसहरू सँगको सम्पर्क र सम्बन्धहरु भएका हुन्छन् । त्यही सम्पर्क र सम्बन्ध अनुसार एकअापसमा देवी देवताहरु मानिसहरु सँग सम्पर्कमा, सम्बन्ध, नजिकता, प्रेम भक्तीहरू भएका हुन्छन् । देवीदेवताहरूका अारधनामा देवीदेवताहरूसँग केहि आर्थिक भाैतिक, पारिवारिक सुखका कुराहरू माग्न पाक्षन्छ भने भगवान पेतिकाे भतक्तीर नजिकता माग्न पाइन्छ जगाउन पाइन्छ । ब्रह्मज्ञानी देवीदेवताहरूसँग एकदमै अात्मियता नजिकता पाउन सकिन्छ ,। त्यो नजिकको सम्बन्ध मानिसले अभ्यास गरेमा प्राप्त गर्न सक्दछन् । थुप्रै मानिसहरुब्रह्मज्ञानी देवी देवतासँगको नजिकता प्राप्त गर्नसकेका हुन्छन् । त्यो देवीदेवता सँगको नजिकता जति बढी भयो उसको लागि भवसागर त्यत्ति नै कम भयो । यदि मानिसले आफ्नो जीवनमा दिनको एक पटक ब्रह्मज्ञानी देवीदेवताको नजिक पुग्ने गरेको छ भने उसको भवसागरको दुरी पनी एक दिनको दुरीको छ । यदि कसैले ब्रह्मज्ञानी देवीदेवतालाइ हरेक क्षण सँधै राख्न सेकको छ भने उसको लागि भव सागरको दुरी नै छैन उसले भवसागर अहिले नै यसै जीवनमा काटिसकेको छ । यसको मतलव देवी देवताको बढी पुजा आजा गर्ने, दान गरेर देवी देवताको नजिक पुगिदैन । मन्दिरका पुजारीहरु पनि त्यहा पुगेका हुँदैनन् यदि ब्रह्मज्ञान बुझेका छैनन् भने । मन्दिरमा डेरा गरेर बस्दैमा देवीदेवताका नजिक पुगिने पनि होइन । देवीदेवताको रचना, सुष्टिको रचना, देवीदेवताका सगुन रुप, निर्गण रुप बुझेर सबै ठाउमा देवीदेवता देख्न सक्नेलाइ मात्र देवी देवताले आफ्नो भाव, दया, प्रेम दिनु भएको हुन्छ । त्यो अध्ययन, मनन र सेवाबाट प्राप्त गर्न सकिन्छ । जब ब्रह्मज्ञानी देवी देवताहरुका नजिक रहेको अनुभव प्राप्त हुन सकेपछि ती भवसागरका दुरी कम हुन्छन् ।

ब्रह्मका ज्ञान भएका देवीदेवताहरूलाइ यसै जीवनमा प्राप्त गरेर सृष्टि, जीवन र मृत्युका कुराहरू बुझेर भवसागर केहाे ? मैले कसरी भवसागर पार गर्दछु, मलाई मृत्युपछि परिआउने भवसागरका अनुभवहरू आजै जीवित हुँदा नै गराईदिनुस , जीवित हुँदा नै त्रयस भवसागर पार गर्न सिकाइ दिनुस भनेर ति ब्रह्मज्ञानी देवीदेवताहरू सँग माग्न सक्ने, बुझ्न सक्ने, अनुभव गर्न सक्ने भएर बसेकाे हुनु पर्दछ । अनि बल्ल ति भवसागरका अनुभवहरु मृत्युपछिका आपदमा काम लाग्नेछन् । मृत्युपछिका आपदमा काम लाग्ने कुराहरू यती मात्रहुन् । जीवजनमा गरिएका अन्य कमाइहरू सम्पत्ती, परिवारका माया , इष्टमित्र, मान पदवीहरूका कुराहरूका वास्तविकता नबुझुका खण्डमा त ति सबै कुराहरू त झन् भवसागर चाक्लाे गहिराे, भयानक बनाउने साधनहरू हुन् ।

याे चित्र मिलाउनु पर्छ । भवसागर तर्न लाइ  ब्रह्म र सदाशिव, ब्रह्मज्ञानी देवीदेवताहरू  छन् भनेर थाहा भएकाेफाेटाे बनाउने

भवसागर पार नगरे के के हुन्छ ?

सृष्टिमा सुरहरू र असुरहरू छन् । असुरहरू  अज्भञानताका भवसागरमा डुबिरहेका हुन्छन् । कहिल्यै मानिस भएर नजन्मेका तर मानिसहरूका जस्ता भावहरू भएका मानिसहरूलाइ भय त्रास ल्याउन जानेका दिङ्ग शरीरहरू त्यस भव सागरमा हुनछन् , र मानिस भएर मरेर भवसागर पार लायन नसकेर अाफुले पनि विभिन्न भय त्रासका अनुभवहरू गर्दै गर्दै वानी भएर त्यसै भय ासमा बवानी परेका अन्य नयाँ मरेका हरूलाइ पनि भय त्रासहरू सृजनाहरू गरेर भउ त्रास ल्याइरहेका हरू हुनछन् । ति भव सागरमा अल्झिएका अाफै भय र त्रास, भाेक प्यास, अभाव अशान्तीका अनुभवहरू गरिरहेका हरूले जीवितमानिहरूसँथग पनि विभिन्न सन्दर्भमा पारर माैका पाएर सम्पर्क गर्ने र शाेषणगर्ने भय त्रासहरू सृजना गराइरहेका हुनछन् , तिनिहरूलाइ भुत प््रेत बाेक्सी हरू भन्दछन् । ति भुत पेत ाेक्सी हरूलाइ मानिसहरू सँग सम्पर्क गरेर दुख कष्ट दिन मन लाग्ने, मानिसहरू काे दुख कष्टमा रमाउन मन लाग्ने, मानिसहरूमा अकालमा मृत्यु ल्याउने, मानिसका जीवनमा विध्वम्सहरू गर्ने, घर झगडा कलह, बिछाेड, असफल अादि हरू गराइ राखेका हुन्छन् । उनिहरूले क्राेध मा कसैलाइ दातले टाेक्न मन लाग्दा तिनिहरूका अाफै दात् अाउदा रहेछन् र त्यहि दात् देखाएर क्राेध गरिरहेका हुन्छन्, कसेलाइ नगा्रा चाहिएकाे कसैलाइ सिङ्ग चाहिएकाे भएर त्यस अनुसारका अङ्गहरू अाउदा रहेछन् र झन् त्यहि गरेर बस्छन् , कसैले मानिसलाइ अकालमृत्युमा लैजान सलफ भएकाे भए त्यहि गरिर बसेकाे हुँदाे रहेछ ।

हमी मानिसहरू पनस भवसागरका कुराहरू नबुझेर भवसागरमानै अल्झिन पुग्याै भने हामीमा पनि भएका क्राेध ,रिसहरूले त्यस्तै सिङ् ग पलाउने, नग्गा पलाउने, दात् ठुला ठुला भएका भुत प्रेतहरूभएर बस्ने सम्भावना रहछ । ब्रह्मका ज्ञानले त्यस भवसागर पार गराउन सक्दछ तर बुह्मका ज्ञान र भावहनुसारका बानी व्यहाृरा सन्ताेषसि पन वैराग्यताहरू अाएका भए । नज्ञ ब्रह्मका ज्ञानले पनि भवसागर पार लगाउने जिम्मा लिन सक्दैन । भने ब्रह्मकाे ज्ञान भन्ने कुरा थाहै नभएकाहरू त कहिल्यै पनि भवसागर पार गर्ने छैनन् । ब्रह्मकाे ज्ञानका बिराेध गर्ने हरू कहिल्यै भवसागर पार गर्ने छैनन् । किनि कि ब्रह्मकाे बिराेध गर्नु भनेकाे ब्रह्म काे तिरस्कार , ब्रह्मकाे महिमाकाे तिरस्कार गरेकाे हाे । ब्रह्मका जाने विधिहरूमा ब्रह्मकाे ज्ञान जान्न्र, ब्रह्मकाे महत्वकाे मनन गर्नु, ब्रह्म प्रतिकाे अकर्षण अाउानु हाे । विकर्षण भएकाहरू लाइ ब्रह्मकाे बाटाे बन्द छ । त्यसैले जस्ले ब्रह्मकाे ज्ञानकाे अध्ययन, मनन, अनुभवहरू गर्ने माैका पाइसकेकाे छ तिनिहरूले जीवनमा कुनै पनि हालतमा कुनै पनि मुल्यमा, कुनैपनि कार.मा ब्रह्मकाे बिराेध भावना ल्यायनु हुँदैन ।

 

मानिसकाे जीवित जीवनमा भवसागरको प्रभाव:
यो मानिसका लागी सबभन्दा महत्वपूर्ण अवस्था, ज्ञान र क्षण हो ।
भवसागर मानिसको मृत्युपछिको लिँग शरीरको जीवनको सुरुको यात्राको अवस्था हो । कतिपय ज्ञान भएका लिँग शरीरहरु आफ्नो यात्रा पुरा गर्दै अगाडिका यात्रामा पुग्दछन् । भने कतिपय ज्ञान नभएका लिँगशरीरहरु यसै भवसागरमा अड्किरहेका हुन्छन् । मानिसहरु विभिन्न धार्मिक सँस्कारहरु, जप, ध्यानहरु गरेर अदृश्य सन्सारका कुरा गर्दा सबभन्दा पहिला यही अवस्थाका वा भवसागर पार गर्न नसकेर अल्झिरहेका लिङ्ग शरीरहरु सँग सम्पर्कमा आएका हुन्छन् । ती भवसागरमा भएकाहरुले पनि मौका पाउने बित्तिकै मानिसहरुको सम्पर्कमा आएका हुन्छन् । यस्ता सम्पर्कहरु धेरै जसो मानिसहरुले महसुस गरेका हुन्छन् तर सही विश्लेषणकाे अभावमा यही कुरा हो भनेर भन्न सकिरहेका हुँदैनन् ।
जब मानिसहरु विभिन्न कारण बस अन्य लिँग शरीरहरुसँग सम्पर्कमा आउदा त्यो सम्पर्कमा आएको लिँग शरीर जुन अवस्थामा रहेको छ त्यस्तै खालको सँचार स्थुल शरीर धारीलाई पुर्याइ रहेको हुन्छ । यदि त्यो नयाँ सम्पर्कमा आएको लिँग शरीर भवसागरको दुःख भाेगि रहेको छ भने उ सम्पर्कमा आउदा त्यस्तै खालका सँचार दिइ त्यस्तै खालका दुःखका अनुभव स्थुल शरीर धारीले भोगिरहेको हुन्छ । यदि त्यस नयाँ सम्पर्कमा आएको लिँग शरीर भवसागरको दुःख नखाइ होसखुलेको लिँग शरीरहरु रहेछन् भने त्यस्तै आफ्नै खालाका सँचारहरु स्थुल शरीर धारीलाई पुर्याउने गर्दछ । जस्तै ज्ञान, शिक्षा, बल, साहस, रक्षा इत्यादीहरु दिँन्छन् । त्यसैले मानिसहरु जानेर नजानेर पटक पटक अन्य लिँग शरीरहरुसँग सम्पर्कमा आइ सम्युक्त कार्य गरिरहेका हुन्छन् । मानिसको स्वभाव अनुसार यस्ता सम्पर्कहरु हुन सक्दछन् । दुष्ट, झगडालु स्वभावहरु कहाँ प्राय दुष्ट लिँग शरीरहरूले प्रवेश गरि शोषण गरि दुःख पुर्याएका हुन्छन् भने सही विचार भएकाहरुमा सही विचार भएकाहरु आइ सही सल्लाहहरु दिइरहेका हुन्छन् । तर यो दुबै अन्जानमा रहिरह्यो भने खतरनाक हुन जान्छन् किनकि अन्य अनगिन्तहरुको प्रवेशका द्वार खुल्ने सम्भावना रहन्छ । मानिस यस्ता सम्पर्कहरुबाट बचेर नै बस्न सक्नु उत्तम उपाय हो ।

 

 

 

More stories loaded.