महत्को प्रकृति प्रमुख या चेतना प्रमुख

महत्को प्रकृतिप्रमुख या चेतना प्रमुख
अगाडिका पाठमा उल्लेख भए अनुसार प्रकृति(प्रधान) र चेतना(पुरुष) को र्सजना भए पछि ती दुबैको मिलेर बनेको रुपलाईनै जीव या महत् भनिन्छ ।

त्यस महतहरुमा कुनै महतमा प्रकृतिको प्रभाव बढी हुन्छ र चेतनाको प्रभाव कम हुन्छ भने कुनै महतमा उल्टो भएर चेतनाको प्रभाव बढी र प्रकृतिको प्रभाव कम हुन्छ । त्यसैको आधारमा कोही प्रकृति प्रमुख जीवहरु ह्ुन्छन् त कोही चेतना प्रमुख जीवहरु ह्ुन्छन् । मानिसले र विज्ञानले निर्जीव भन्ने गरेको चीजहरु प्रकृति प्रमुख जीवहरु हुन् । लिँग शरीरहरु बिभिन्न स्तरका चेतना भएका चेतना प्रमुख जीवहरुहरु हुन् । पितदेखि देवी देवताहरु चेतना प्रमुख जीवहरुमा पर्दछन् । मानिस भौतिक तत्व र चेतना शरीर मिलेर बनेका सम्युक्त शरीर हो । तर मानिसको चेतनाको सम्पूर्ण कार्यहरुनै लिँग शरीरका कार्यहरु हुन् । मानिसको त्यही चेतनाको पनि स्तर हुन्छ । मानिसको चेतनाको स्तर प्रकृति प्रमुखदेखि चेतना प्रमुख सम्मको हुन्छ । हरेक मानिसमा चेतनाको विकास कार्य भइ रहेको हुन्छ त्यसैअनुसार चेतनाको स्तर परिवर्तन भइरहेको हुन्छ । हरेक मानिस सुरुको बच्चाको अबस्थामा प्रकुति प्रमुख हुन्छन् र पछि समय अनुसार विकसित हुँदै चेतनाका स्तर बढ्दै जान्छन् । त्यही चेतनाको स्तरको विकास अनुसार आफ्नो निजी स्वार्थका साथसाथ अरुको पनि भलो चिताउन सक्ने हुन्छन् । यस्तो खालको चेतना केही चराजुरुङ्गी, जनावरका साथै बढीमा मानिस जातीमा विकसित हुन्छन् । समुहमा मिलेर सिकार गर्ने, मिलेर बस्ने, मिलेर सुरक्षा गर्ने, समुहलाई नेतृत्व गर्ने क्षमता हुन्छ । यस्तो अरुको भलो चिताउन सक्ने चेतना सबैमा बरावर विकसित भएको हुँदैन । त्यसैले मानिसहरु कोही आफ्नो निजि स्वार्थ सम्मको चेतना मासिसमत राख्दछन् भने कोही आफ्नो निजि स्वार्थ भन्दा बाहिर, परिवार,समाज,देशको सामुहिक स्वार्थ र हितचिताउने, सामुहिक कार्यगर्ने,सामुहिक सुरक्ष इत्यादि गर्न सक्ने हुन्छन् । त्यस सामुहिक कामको लागि आवश्यक साधनको सृजना र प्रयोग गर्ने चेतनामा आइपुग्नुका साथसाथै त्यसभन्दा माथिको महत्वपूर्ण चेतनाको स्तरमा आइपुग्छन् । त्यो हो म कोहो ? यो सृष्टि के हो ?भन्ने प्रश्नहरु र उत्तरहरु खोज्न थाल्दछ । जीवाभरको पढाइ, लेखाइ, लेन देन, सँगतहरुबाट प्राप्त ज्ञानहरु सँचय गर्दै शास्त्रहरुको सम्पर्क हुँदै बिभिन्न धर्म,सँस्कार, प्रचलन , धर्म ज्ञान सिकाउने गुरुहरुको सम्पर्कमा आउछन् । मानिसको खोजीहरुको अन्तिमको खोजीको विषय हो सृष्टिको ज्ञान वा ब्रह्मको ज्ञान । त्याहा पुग्न सकेपछि मात्र मानिसको चेतनाले शान्त अनुभव गर्दछ । शास्त्रहरुमा पनि त्यसै भनेर लेखिएको छ । ब्रह्मको ज्ञान भए पछि अरु बझ्न बाँकीरहदैन । शासत्रको अनुसार जुन व्यक्तिहरुले ब्रह्मको ज्ञान रअनुभूति गर्न सकेको छ ती व्यक्ति सबैभन्दा पवित्र र सुखी हुन्। उनीहरुको स्थुल शरीरको त्याग पछि लिँगशरीरको पूर्ण नष्ट भइ आत्मा स्वतन्त्रभइ ब्रह्मा नमिलुन्जेल सम्म विना कुनै कठिनाइ, त्रास, र अभावमा खुसीसाथ लिँग शरीरको जीवन काटिरहेका हुन्छन् । उनीहरुको होस खुलेको हुनाले उनीहरुलाई सुरहरु भनिएको छ शास्त्रमा । सुरहरुले अरुलाइ परेको बेलामा सहयोग गर्ने, सिकाउने, शिक्षा दिने, इच्छुक,गुहार माग्ने हरुलाई डोहोर्याउने, आवश्यक ज्ञान पाउनसक्ने ठाउसम्म पुर्याउने काम गर्दछन् त्यसैले उनीहरुलाई देवताहरु, श्रृषीहरु, गुरुहरु,होस खुलेका पितृहरु भनिन्छन् । जस्ले सृष्टि र ब्रह्मको ज्ञान प्राप्त थिएन, उनीहरुको होस पुरा खुलेको हुँदैन, उनीहरु जाग्रत, स्वप्न अबस्था पुनः आफ्नो कर्ममा फ्mर्कने, मेरो ,तेरो, खाने लाउने, बिभिन्न कार्यहरुमा सम्मिलित हुन चाहने हुन्छन् । यसरी होस नखुलेकाहरुलाई असुर भनिएको छ ।
यसरी चेतनाको स्तरको अनुसार केलाएर हेर्दा एकथरी महत्हरु अज्ञान,अचेत अबस्थामा र स्थिर छन् । तिनीहरु भौतिक बस्तुहरु हुन् । कोही महत्हरु चेतनाको स्तरको अनुसार तेरो मेरो भन्न सक्नेको आधारमा पुराहोस नखुलेकाहरु असुर अबस्थामा हुन्छन् । तिनीहरुअरुको विगार गर्न सक्दछन् । होस खुलेकाहरु सुरअबस्था हुन्छन् । तिनीहरु होस खुलेका पितृहरु, गुरुहरु, भक्तहरु, ३३ कोटि देविदेवता, ब्रह्म देवी देवताहरुहुन् ।
महत्हरु चेतनाका आधारमा यसरी बाडिन्छन् ।

यसरी चेतनाहरु भौतिकको चेतना, मानिसको चेतना, देवी देवताहरुको चेतना र ब्रह्मको चेतनाहरु हुन्छन् । मानिस जीवनमा सबै चेतनाकाहरु भौतिक स्तर, मानिसस्तर, देवी देवताको स्तर र ब्रह्मको स्तरको ज्ञान प्राप्त गर्न सकेको हुनु पर्दछ ।

यो चेतनाको स्तरको चित्र पनि कतै पेच किल्लाको चित्र जस्तो हुन्छ । मोटो भागतिर भौतिक चेतना भए चुच्चो भागतिर ब्रह्मको ज्ञानको चेतना हुन्छ । मानिस जन्मदा मोटो चेतनामा रहेको र जीवनभरको पढाइ, अनुभव, सँस्कारले उसलाई मसिनो चेतना तिर पुर्याएको हुन्छ । गाउँघरमा उमेर अनुसारको पढाइ अनुसारको, सँकार अनुसारको कुरा गर्दा पेच ढीला भएको छक्या?भनेर हँसिमजाक गर्ने चलन छ । त्यो कसरी सूरु गरे थाहा छैन तर चेतनाको स्तर त्यस्तै पेच किल्लाको जस्तै हुन्छ । मानिस त्यस चेतनाको पेच किल्लाको जत्ति मसिनो टुप्पामा पुग्दछ त्यत्तिकै उ सृष्टिको रहस्यको नजिक पुगेको हुन्छ । मानिसको जीवनको प्रमुख लक्षनै आफ्नो रहस्य र आफ्नो लागि सृष्टिको रहस्य पत्ता लगाउनु हो । त्यो कार्य पूर्ण नहुन्जेल त्यस खोजीको कार्य बन्द गर्नु उचित हुँदैन । त्यसैले जीवनभर पेचकिल्ला कस्दै मोटो बाट मसिनो मा लैजाने काम छोड्न हुँदैन । यसरी अध्ययन रमनन गर्दे जाँदा चेतनाका स्तर अझ तिखो तिखो स्तरमा पुग्दै जाँदा जीवनका अन्य वातावरण पनि उसको लागि बढी महत्वपूर्ण हुन पुग्दछ, जीवनमा भेटिएका हरेक चीजको बढी अर्थ र सदुपयोग गर्न जान्दछ । जीवनमा बढी साहस, खुबि,क्षमताहरुआउछन् । जीवन बढी सुखदायि हुँदै आउछ । सहीज्ञानकोअभावले जीवनका कतिपयचीजहरुको बेलामा मुल्य चिन्न सकेका हुन्दैनौँ र जीवन कष्टदायक भएको हुन्छ । जस्तो बेलैमा हस्पिटल जानुपर्ने चेतनानभएका हरुलेबिरामी हुँदा उचित उपचार पाएका हुँदैनन् । कलेजको आडमा घरहुँदैमा सबैले कलेज पढेका हुँदैनन् । कलेजको महत्व हुनेहरु डाँडा पारी, नदीपारकिाहरु बिभिन्न जुक्ति लगाएर डेरा गरेर पढ्नेहरु हुन्छन् ।
त्यसैले चेतनाको पेच घुमाउने कार्य ब्रह्मको ज्ञान र अनुभूति नहुन्जेल सधैँ प्रयास र अभ्यास जारी राख्र्नु पर्दछ । ब्रह्मको, देवी देवताहरुका पूर्ण ज्ञान नभइसकेकाहरु पेच पुरा घुमाउन बाँकी भएकाहरु हुन् ।