⇐विषय सूचीमा फर्कन

पाठ ३.८.८

मानिसको पूर्ण मृत्यु

मानिसको हामीले देख्ने मृत्यु भनेको त्यस स्थुल शरीरलाई आफ्नो लिङ्ग शरीरले त्यागेको हो । त्यस स्थुल शरीरलाई त्यागेपछि पनि चेतनाको लिंग शरीर जीवित रहन्छ त्यसैले हामीले देख्ने गरेको मृत्यु अपूर्ण मृत्यु मात्र हो ।

वास्तवमा मानिसको जीवनमा सबै कार्य र कर्महरुको कर्ता कार्य लिङ्ग शरीरले नै गरेको हुन्छ । स्थुल शरीर, लिङ्ग शरीर र आत्मा शरीरको संयुक्त शरीरले गरेका अनुभवहरु स्थुल शरीरको मृत्युपछि पनि लिङ्ग शरीरमा याद रहेको हुन्छ । त्यसैले मानिसको संयुक्त शरीरले गरेका कामहरु, कामका यादहरु, कामका सम्बन्धहरु, नाता सम्बन्धहरु, सुख दु:ख, रोजगार, सम्पत्ति, मित्रता, शत्रुता, पढेका, बुझेका आदि कुराहरु सबै उसको चेतनाको लिंग शरीरमा याद रहेको हुन्छ र स्थुल शरीरको मृत्युपछि पनि ती यादहरुलाई साथै लिएर जान्छ ।

यसरी स्थुल शरीरको त्यागपछि पनि लिंग शरीर जीवित रहेको हुन्छ र मृत्युपछि अपूर्ण चेतनाको अवस्थामा केही भ्रमका चेतना सहित ऊ आफ्ना परिवारका सदस्य, नातेदार, साथीभाइ, रोजगार वा अन्य कुनै  सम्बन्धितहरुसंग सम्पर्कमा आइरहेको हुन्छ वा आउन खोजेको हुन्छ । त्यसैगरी अन्य विभिन्न लिंग शरीरहरु हुन्छन् । जसले मानिसहरुसंग सम्पर्क गर्न चाहेका र सम्पर्क गरिरहेका हुन्छन् । यी कुराहरू अगाडिको अपूर्ण मृत्युको पाठमा बयान गरिएको थियो ।

एक दिन जसरी पनि स्थुल शरीर शिथिल हुन जाँदा त्यसबाट कुनै भोग र रस नपाइने भएपछि लिँग शरीरले स्थुल शरीरलाई त्यागि दिन्छ वा त्याग्न वाध्य हुन्छ । यसैलाई मानिसहरुले मृत्यु भनेका थियौँ । तर वास्तवमा यो पूर्ण मृत्यु होइन रहेछ । सबै चेतना, सम्बन्ध, चाहना भएको लिँग शरीर मरेको हुदैन रहेछ । तर त्यस लिँग शरीरलाई म लिँग शरीर मात्रै हो भनेर थाहा हुदैन रहेछ । सृष्टिको सुरु देखिनै यस्तै भ्रम हुदैँ आई रहेको रहेछ । वेदशास्त्रहरूमा यस वास्तविकतालाई ज्ञानद्वारा बुझ्न सक्ने क्षमता भएको जीवन मानवको जीवन मात्र हो । अन्य जीवहरुमा यो क्षमता नै हुँदैन भनेको छ । मानिसले आफ्नो जीवनकालमा नै यो ज्ञान प्राप्त गर्नु पर्दछ । मृत्युपछिको लिँग शरीरको मात्रको कालमा यो ज्ञान बुझ्ने सम्भव हुँदैन ।
यसरी इच्छा नहुँदा नहुँदै स्थुल शरीरले आफ्नो कार्य गर्न नसकेपछि त्यस स्थुल शरीरलाई त्याग्दछ । यसपछिको जीवनको लागि मानिस तयार छैन, ठुलो अन्योलमा पर्दछ । यो अन्योल अवस्था मानिसको सबभन्दा कठिन अवस्था हो । मानिसले जीवनमा भोग्ने गरेका सबै कष्टभन्दा कैयौँ गुना कष्ट यस अन्योलमा भोग्नु पर्दछ भनेर वेदशास्त्रहरूमा लेखिएको छ । के गरुँ, कता जाउँ, के लिएर जाउँ, के त्यागु भन्दै लिँग शरीरले स्थुल शरीर त्याग्दछ । त्यस स्थुल शरीरपय मृत्युपछि तुरन्तै हावाले उडाए जस्तो हुन्छ । मानिसलाई विना ग्राभिटेसनमा पुग्दा जस्तो हुन्छ त्यस्तै अनुभवहरु गर्न थाल्दछन् । स्थुल शरीरले भोगि रहेको शारीरिक कष्टहरू, दुखाइ बिछोडको रूवाइहरू सबै यादहरु र सँगै गएको हुन्छन् तथा आफ्ना परिवार इष्टमित्र साथीभाईहरू सँगको सम्बन्ध, मित्रता शत्रुता, लेनदेनका यादहरू सँगै गएको हुन्छन् ।
त्यस अन्योलमा यदि जीवनमा सही कर्म गरी मृत्युपछिको ज्ञान पाएको छ भने, उसको लिँग शरीरको अन्नमय कोशमा बोझ छैन भने, उनीहरु माथि तिर पुग्न थाल्दछन् । लिँग शरीरको अन्नमय कोशमा बोझ भएकाहरु तल तिर हुँदै जमिन मुनि डुब्न थाल्दछन् । ती मरिसकेकाहरू घरि माथि घरि तल पुग्दा रहेछन् । घरि माथि घरि तल हुँदै जाँने हुँदा समुद्रमा डुबेको जस्तो लाग्दछ । त्यसैले त्यस अवस्थालाई समुद्रमा डुब्दै गरेको भनेर विभिन्न धार्मिक संस्कारका शास्त्रहरुमा भन्न खोजीएको छ । कतै बढाएर भनिएको छ कतै घटाएर भनिएको छ । त्यहाँ कुनै समुन्द्र, पानी वा नदी छैनन् । उसलाई वास्तविकतामा समुन्द्रमा डुबेका, हावाले उडाएको, नदिले बगाएको होइन । यी सबै भ्रमका सागर हुन् । त्यसैले वेदशास्त्रहरुमा यसलाई भवसागर भनिएको छ । भवसागर भनेको भावनाको सागर हो कुनै वास्तविक पानीको सागर होइन ।
त्यस लिँग शरीरको जाग्रत, स्वप्न, सुषुप्त अवस्था हुन्छ । जाग्रत अवस्थामा विभिन्न विचार, तर्क, इच्छा, आउने र आफन्त कहाँ आउने गर्दछ । स्वप्न अवस्थामा ती इच्छाहरु स्पष्ट हुदैनन् र भ्रमित भई रहने हुन्छन् । सुषुप्त अवस्थामा निन्द्रा अवस्थामा हुन्छन् । यो सुषुप्त अवस्था उनीहरुको सुखको अवस्था हो । चाहे उनीहरु माथि पुगेका हुन् चाहे जमिन मुनि पुगेका हुन्, यस सुषप्त अवस्थामा उनीहरु सुखी, शान्त हुन्छन्, कुनै याद हुँदैन ।
धेरै पटक जाग्रत हुनेहरु पटकपटक जाग्रत हुने आदत हुन्छ । सुषुप्त अवस्थामा भई राख्नेहरु सुषुप्त भई राख्न मन लाग्छ । हरेक पटक कसैले उनीहरुलाई सम्झदा, सम्झेर रुँदा, चर्चा गर्दा, उनीहरु जाग्रत हुन्छन् र आफन्त कहाँ आउने गर्दछन ।
धेरै कालपछि अन्नमय कोशको बोझ कम हुन्छ । लामो समयसम्म जाग्रत नहुनेहरु कारक शरीर भएर बिज शरीर भएर बसेका हुन्छन् । कुनै अनुकुल परिस्थितिमा पुन अर्को शरीर लिन सक्दछन् ।
जीवनको पुरा यात्रा
जो मानिसमा जीवनमा मृत्युको र ब्रह्मको ज्ञान प्राप्त थियो, उस्को मृत्युपछि होस छिटो खुल्ने, भ्रमबाट छिटो निस्कने हुन्छ । त्यस पछि उ माथि पुगेको हुन्छ । पहिला देखि माथि भएका अन्य होस खुलेका आफ्ना आफन्तहरु, सज्जन गुरुहरु, देवी देवताहरुको क्षेत्रमा पुग्दछ र अन्य कष्टहरुबाट मुक्त भएर बसेका हुन्छन् । केही समय त्यहीँ बसि धेरै जसाहरु पुनः अर्को जन्म लिन्छन् । कोही ब्रह्मज्ञान भएकाहरु बह्मज्ञानी देवी देवता हुँदै ब्रह्ममा गएर मिल्दछन् र विलाउछ । यो नै जीवनको पुरा यात्रा हो । त्यस्ताले पुनः जन्म लिनु पर्दैन ।

मानिसको पूर्ण मृत्यु

वर्तमान मानिसको शरीर भनेको त्यस लिंग शरीरले स्थुल शरीर धारणा गरेको अवस्था हो । मानिसको मृत्युमा स्थुल शरीरको मात्र त्याग भएको हुन्छ तर लिंग शरीर जीवित रहेको हुन्छ । तर ज्ञानको अभावमा त्यस लिंग शरीरले आफ्नो परिस्थिती बुझ्न सक्दैन र अलपत्र परेर विभिन्न दु:ख कष्ट खाई रहेको हुन्छ । अव त्यस लिंग शरीरले म को हुन र कहाँबाट आएको हुँ भन्ने चिन्न जरुरी हुन्छ । म ब्रह्मबाट केही क्षणको लागि उत्पन्न भएको हुँ र त्यहीँ ब्रह्ममा फर्कनु पर्दछ भन्ने चाहनाराखि आवश्यक कार्यहरु गर्नुपर्दछ । लिंग शरीर भनेको अनुभवका आवरणहरुले बनेको हो, जस्तै: खाएको, लाएको, नाता, इष्टमित्र, घर सम्पत्ति, काम, रिस, क्रोध, माया र जिम्मेवारीहरु । यिनै यादहरुलाई मेरो होइन अब मलाई चाहिंदैन भनेर भन्न थाल्यो भने उसका आवरणहरु बिलाउन थाल्दछन् । यसरी सबै कुरा भुल्दै जाँदा सुरुको महतमा पुगेको अनुभव गर्नु पर्दछ । त्यस सुरुको महत वा आत्मा शरीरबाट त्यसको म भन्ने भावनाको आवरणलाई छोडेर आत्माले आफु ब्रह्ममा बिलाएको अनुभव गर्नु पर्दछ । यो नै लिंग शरीरको मृत्यु हो र मानिसको पूर्ण यात्रा हो । यही पूर्ण यात्राको मानिसले चाहना राखेको हुनुपर्दछ ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: English