मृत्युको ज्ञानको महत्व

पाठ ६.१.५

(Under editing process)

⇐विषय सूचीमा फर्कन

मृत्युको कुरा सुनेर डराउने वा मृत्युको बारेमा चर्चा, कुराकानी गर्न नखोज्ने प्राय: मानिसहरुको बानी हुन्छ । यस मृत्यु शब्दसँग नै कुनै त्रास जोडिएको हुन्छ । धेरै जसोलाई यो अनुभव भएको होला । म आफै पनि यस्तै अनुभवहरू गर्दथेँ । तर जीवनको वास्तविकता त्रासले मात्र टर्दैन । त्यसैले बुद्धिमान व्यक्तिले मृत्युको रहस्यलाई बुझ्न खोज्नु आवश्यक छ । मृत्युको ज्ञानलाई सही रुपमा त्यस्को ज्ञान प्राप्त गर्न सकेमा जीवनको कतिपय अकाल मृत्युको सम्भावनालाई तर्काउन सक्ने, जीवनको अर्थ चिनेर जीवनकाल लम्व्याएर मृत्युलाई केही पर सार्न सकिन्छ । मृत्युको अर्थ बुझेर मृत्युका समयमा मृत्युकाे लागी तयारी अवस्थामा रहन सकियो भने मृत्यु कम    कष्टमय हुन सक्छ । मृत्युपछिको जीवनको अवधि अज्ञानतामा भरिएको नभएर आवश्यक ज्ञान भएर होसको जीवन व्यतित गर्न सक्दछ । मृत्युको सहि ज्ञानले जीवित अवस्थामा मृत्युको अनावश्यक भयबाट टाढा हुन्छ र जीवनको वास्तविक अर्थ, लक्ष अनुसारको बाटो र गति प्राप्त गर्न सक्नेछ । मृत्युपछिको जीवन अवधिमा विभिन्न दुष्ट विचारका अन्य भुत प्रेत पितृहरुसँग पनि सम्पर्क हुन सक्दछन् तर तिनीहरुका बारेमा सही ज्ञानको अभावमा तिनीहरुबाट हुने दुःख र त्रासबाट प्रभावित भइरहेका हुन्छन् । यहि अज्ञानतालाई नै भवसागर भनिएको छ । तर मृत्युको सहि ज्ञानले मृत्युपछिको जीवनमा परिआउने सबै कष्ट, भावनाहरूका कारण बुझिसकेको हुनाले मृत्युपछिको जीवन कोलाहल, दुख कष्टको हुँदैन । ब्रह्मज्ञान जीवनमा पनि चाहिने र मृत्युपछिको जीवनमा चाहिने, अति आवश्यक साधन हो । ब्रह्मज्ञानले मृत्युपछिको जीवनमा अज्ञानी देवीदेवता पितृ भुत प्रेतहरूसँग सम्पर्क हुन सक्दछ भनेर समयमा नै सिकाउनुको साथै ब्रह्मका ज्ञान भएका देवी देवताहरू पनि त्यहाँ हुन्छन् भनेर वेलैमा सिकाएको हुनाले मृत्युपछिको जीवन अरू ब्रह्मका  ज्ञान नभएका अज्ञानीहरूको जस्तो कष्टमय हुँदैन । ब्रह्मका अनुभव गरिसकेका ब्रह्मज्ञानीहरू त झन् मृत्युपछि ब्रह्मकाे अनुभव गरेर ब्रह्ममा नै बसेका हुन्छन् । सदाशिवका अनुभव गरेकाहरूमा सदाशिवको वास्तविक भाव रहेछ भने सुन्य जस्तो शान्त भएर रहन सक्नेछन् ।

 

मृत्युले चिहाउने प्वाल या झ्याल ।

ब्रह्मका ज्ञान नभएका सर्व साधारणहरुमा कहिले कहीँ अन्जानमा अदृश्य चीजहरुसँग सम्पर्क भएको र तिनीहरुबाट विभिन्न फाइदा, सहयोग हुने गरेको भन्ने चलन छ । हुनसक्दछ, उनीहरुबाट केही सहयोग पनि भयो होला तर यो भनेको अदृश्य जीवहरूसँगको सम्पर्कको अबस्था पनि हो । यो भनेको मृत्युले सुरक्षाको पर्दा च्यातेर बनाएको प्वाल र त्यस प्वाल बाट अनय अदृश्य जीवहरूले चिहाएर हेरेको अवस्था हो । त्यो पर्दा जति बढी च्यातियो त्यति ठुलो प्वाल हुन्छ । त्यो प्वाल जति ठुलो भयाे अकाल मृत्यु ल्याउन सक्ने ल्याउन खोज्ने पितृ भुत प्रेतहरूका लागि त्यतिकै सजिलो हुन आउँछ । त्यसैले अन्जानमा अदृश्ज जीवहरू जस्तै पितृ, भुत प्रेत, वा अन्य अज्ञानी देवीदेवताहरूका चर्चा र नजिकको सम्पर्क सम्बन्ध बनाउन खोज्नु भनेको नै अकाल मृत्युको निमन्त्रणाको कारण हो । यो आफ्नो र आफ्ना परिवारको अन्य सदस्यलाई अकाल मृत्युको कारण बन्न सक्दछ । यो कुरा सबैले गम्भिर भएर बुझ्न र सोच्न अनुरोध गर्दछु । अझ स्पष्ट गरेर भन्नु पर्दा ब्रह्मज्ञान नजानेका र ब्रह्मज्ञानी देवीदेवताहरू सहि परिचय र सम्रक्षण नभइकन वा ब्रह्मज्ञानीहरुको सुझाबहरु नभइकन कुनै पनि देवीदेवता, पितृ, भुत प्रेतहरूका चर्चा पुजा आजा गर्नु भनेको तिनीहरुबाट केहि फलहरू पाउनु साथै विभिन्न समस्याहरू ल्याउनु तथा अकाल मृत्युलाई निम्त्याउनु पनि हो ।

⇐विषय सूचीमा फर्कन