मृत्यु के हो ?

पाठ ६.१.७

विषय सूचीमा फर्कन

मानिसकाे हामीले देख्ने गरेकाे मृत्यु एक अपूर्ण मृत्यु मात्र रहेछ । मानिसहरू मरेपछि पनि केही अपुर्ण भ्रमका चेतना सहित जीवित रहेकाे हुँदाे रहेछ र त्यस अज्ञानताकाे अवस्थाबाट पार पाउन आफ्ना नजिकका छाेरा छाेरी, नातेदार, इष्टमित्र, साथीभाई वा अन्य सम्बन्धितहरूसँग सम्पर्कमा आइ गुहार मागिरहेकाे हुँदाे रहेछ । त्यसैले मानिसहरूले मरेका मानिसहरूसँगकाे सम्पर्ककाे अनुभव आफ्नाे आफ्नाे तरिकाले गरिरहेका रहेछन् । यसकाे बारेमा यहाँ केही वणर्न गरिएकाे छ । 

            आज सम्म मानिसको मृत्युका बारेमा गरिएका वर्णनहरू र मृत्युका बारेमा गरिएका कार्यहरू अपूर्ण रहेछन् । मानव जीवनका बारेमा सबैभन्दा बढि जिम्मेवारी पाएका र त्यस जिम्मेवारीलाई सकेसम्म पुरा गर्ने प्रयास गर्नेहरू भनेका डाक्टरहरू हुन् । हस्पिटलमा मानिसको उपचारको क्रममा उपचारका प्रयासहरू असफल भएपछि मानिसको मृत्यु हुन्छ । त्यस मृत शरीरलाई अब के गर्नु पर्छ भन्ने निर्देशन डाक्टरहरुले दिने चलन छैन र डाक्टरलाई सोध्ने चलन पनि छैन । सबै मानिसलाई आफ्नो आफ्नो संस्कार अनुसारको कार्यहरु गर्न छुट छ । मृत्युपछि कानुनी रुपमा मृतकको अधिकारको हस्तान्तरण हुन्छ । मृतकको सम्पतीहरु हकवालालाई दिने कानुनी दायरा र प्रक्रिया छ । मृतकको लागी भनेर अझै केही गर्नु पर्ने, अधिकार सुरक्षित गर्नु पर्ने वा उसको सम्पत्तिको भाग अंश छुट्याएर राख्नु पर्ने, मरिसकेकाहरुलाई खाना दिनु पर्ने, पिउन दिनु पर्ने, कपडा ओड्ने ओछ्याउने दिनु पर्ने सुझाव कुनै अधिकारिक रुपमा डाक्टरहरू वा कानुनहरूबाट कसैले दिएका छैनन् । मरेकाहरुलाई सम्झना गर्ने भनेको हरेक जीवितहरुको मृतक प्रतिको सम्बन्ध हो । त्यो मृतक प्रतिको सम्बन्ध भनेको हरेक मानिसहरुका लागि समान हुँदैन । मरेकाहरु मध्ये कसैलाई छिटो भुल्लान् कसैलाई धेरै दिन सम्म सम्झलान् । ती हस्पिटलका डाक्टरहरू र कानुनले गर्ने गरेका कार्यहरू र कुराहरुले के स्पष्ट पार्दछ भने विज्ञान, डाक्टर र कानुनले मानिस मरेपछि उसको अस्तित्व र अधिकार सिद्धियो भनेको हो । तर हरेक मृतकको लागि हरेक संस्कारहरुमा अझै केही कार्यहरु गरिन्छन् । ती कार्यहरु संस्कार अनुसार फरक फरक हुन्छन् । तर केही कुराहरु सबै संस्कारहरुको एक आपसमा मिल्न आउंछन् । हरेक संस्कारहरूमा मरिसकेकाहरुसँगका सम्पर्कका बारेमा चर्चा गरिएका छन् र मरिसकेकाहरुलाई खान दिने, लाउन दिने, तिनीहरुसंग केही भाव देखाउने चलनहरू छन् । कसैले मरेकाहरुलाई बोलाएका छन् भने कसैले झन् टाढा लान खोजेका छन् । तर यस्ता चलनहरुले भन्न खोजेको के हो भने मृतक अझै कुनै अवस्थामा जीवित छ । त्यसैले ती संस्कारहरूमा मरेकाहरुको चाहना र इच्छा पुरा गर्ने प्रयास भइराखेको छ, त्यस मरेकाहरुलाई शिक्षा दिन खोजिएको छ र जीवितहरूलाई पनि मरिसकेकाहरुसंग कस्तो सम्बंध राख्ने भनेर केहि शिक्षाहरु दिन खोजिएको छ । तर संस्कारहरुमा यी कार्यहरु गर्दा विश्वास गरेको हो कि नगरेको हो जस्तो दोधार हुँदै गर्ने गरेको देखेको छु । यी कार्यहरु सही र सत्य हुन् भनेर प्रमाणित रुपमा कसैले देखाउन सकेका छैनन् भने नकार्ने हिम्मत कसैले गर्न सकेका छैनन् । ठुला ठुला विज्ञानका तर्कदाता, भौतिकवादी वैज्ञानिकहरु पनि जीवनको अन्त्य तिर आइपुग्दा आफ्नो विज्ञानको तर्कमा अडिग हुन नसकेर पग्लन थाल्दा रहेछन् र संस्कारको रुपमा भने पनि आफ्नो लागी पनि मरेपछि गरिने यी सबै खाने, लाउने क्रियाहरू गरिदिनु भनेर व्यवस्था र बजेटको प्रबन्ध गर्ने गरेका हुँदारहेछन् । ती डाक्टर र विज्ञानका दाताहरुले गरेका कार्यहरु अरुको लागी ठिकै भएछ कसैले आपत्ति जनाएनन् । तर मलाई यो मान्य भएन । म एक विज्ञानको छात्र, त्यो विज्ञानको भौतिकवादी तर्कहरुको किताब पढेर र त्यस्मा विस्वास गरेर म आफु भौतिकबादी बनें तर ती विज्ञानका किताब लेख्ने लेखकहरू, विज्ञानका प्रोफेसरहरु, विज्ञान पढाउने गुरूहरु, डाक्टरहरु जस्ले यो संसार भौतिकवाद हो भनेर अरु मर्दा केहि गर्नु पर्दैन भन्नेहरु सबैले त आफु मरेपछि मलाई पनि पानी चढाई देउ, खानेकुरा दिदै गर भन्दा रहेछन् । जीवनभर धर्म र संस्कारका तर्कहरू र त्यस धर्म संस्कार मान्नेहरूलाई रूढिवादी भन्नेहरूलाई पनि मरे पछि तिनै रूढिवादी पण्डित, पादरी, मौला, लामाहरूको विधिको आवस्यकता पर्दोरहेछ त । यसरी जीवनभर भौतिकवादी बनेर काम गरेका र अरुलाई त्यस्तै गर भनेर शिक्षा दिने विज्ञानका दाताहरू र डाक्टरहरु आफु मर्ने बेलामा अध्यात्मवादी बन्दा रहेछन् वा अध्यात्मवादीहरूका सेवा सुविधाको उपयोग गर्दा रहेछन् । यस्ता कार्यहरू एक जनाले मात्र होइन सबै वैज्ञानिकहरू, उपचार गर्ने डाक्टरहरू र समाजका भौतिकबादी भनिनेहरूले गरे र अझै त्यसै गर्दारहेछन् । यो त दोहोरो दोधारे कुरा भयो । यो त ठुलो धोका हो विज्ञानको लागी, विज्ञानका बिद्यार्थीहरुका लागी, आफ्ना आफन्तका लागी र विरामीहरु र अन्त्यमा आफ्नै लागी पनि धोका हो । जीवन र मृत्यु जस्तो मानिसको सबैभन्दा प्यारो र महत्वपूर्ण बिषयमा झुटो बोल्नु, ख्याल ख्याल गर्नु र धोका दिनु हुँदैन ।

मानिसको हामीले देख्ने गरेको मृत्यु अपूर्ण हो रहेछ र मरिसकेका मानिसहरू कुनै अवस्थामा अझै जीवीत हुँदारहेछन र तिनीहरुले जीवीतहरूलाई देख्दा रहेछन्, चिन्न सक्ने, कुराकानी गर्न सक्ने, माग्न सक्ने, सुझावहरू दिन सक्ने अवस्थामा हुँदा रहेछन् र जीवित मानिसहरुका सम्पर्कमा आउन खोजेका हुँदारहेछन् । जीवीतहरूपनि मृत्यु के हो भनेर चिन्न नसकेर मृत्युले मानिसको आफ्नो जीवनमा, आफन्तमा, नजिकका चिनेजानकोहरुका जीवनमा एक ठुलो अज्ञान दुर्घटना ल्याउने गरेको रहेछ । मृत्युलाई सम्झेर डराएर बसेको, मृत्यु पछिको आफन्तमा परेको शोक, रूवाबासी, बिछोड वियोग भन्दा ती मरेकाहरूले बढि दु:खको, डर, त्रास, भय, भोक, प्यास, चाहना, माया, बिछोड, इर्स्याका अनुभवहरू गरेका हुँदारहेछन् ।

           मानिसको हामीले देख्ने मृत्यु अपूर्ण रहेछ भनेर यस किताबमा लिखित रुपमा लेखिए पछि त्यसका प्रमाणहरू पेश गर्न सक्नु हामी लेखकहरूका जिम्मेवारी पर्न आउँछन विज्ञानका लागी आवश्यक तर्कहरू र प्रमाणहरू विज्ञानका आधिकारिक विभागहरू तथा सँगठनहरू द्वारा हाम्रो परामर्शको केन्द्र क्लास वा क्लिनिकमा विधिगत सम्पर्क तथा सोधपुछ भएमा र विधिवत जवाफहरू उपलब्ध गराइने छन् ।

            यस बिषयमा मृत्युको सही वास्तविकता के हो ? किन मानिसहरु मृत्यु शब्दसंग डराउछन् ? मृत्युसंग अन्य धेरै सम्बन्धित कुराहरुको चर्चा र वर्णन यस किताबमा गरिएको छ ।

मानिसले मृत्युका कुराहरू नबुझेको भएर विभिन्न रोगहरू, लक्षणहरू र समस्याहरू भोग्नु परेको अवस्थाहरू रहेछन् ।

 

विषय सूचीमा फर्कन

This post is also available in: English