DP 6.2 मेरो भवसागरको यात्रा

अनुभव खण्ड
मेरो भवसागरको यात्रा र त्यसको विसर्जन
मेरा कष्टहरुका बारेमा अगाडिका पानाहरुमा वर्णन गरेँ । मैले बिभिन्न पाठहरुमा अलिअलि गरेर कुनै घटनालाइ वर्णन गरेको छु । एउटै घटनालाई पटक पटक गरेर अलिअलि गरेर थप्दै बुझाउन खोजेको हुँ । सबै कुराहरु एकै चोटि बताउदा बुझ्न गाह्रो, बढी कठिनाइ अनुभव होला भनेर टुक्रा टुक्रमा बाँडेको हुँ । म यस भुमरीमा पसेका पनि यस्तै तरिकाबाट भएको थियो । कोही मानिस जानेर यस्तो आगोको भुमरीमा पस्दैन । अलिअलि गर्दै गहिरीदै गएको रहेछु । पछि बल्ल थाहा भयो । त्यसै गरि बिस्तारै बिस्तारै गहिराइमा लगेको हुँ । मेरो घटना र यस किताबमाके फ्mरक छ भने म पसेको, डुबेको थाहै थिएन झन निस्कन जान्ने त कुरै भएन । त्यसैले थुप्रै समय रुमलिनु पर्यो । तर यस किताबमा अब ती सबै दुःख र निस्कने तरिका थाहा भैसकेका छन् । त्यो बाटो छोँटो छ । किताबको सुरु र अन्त्यमा ती बिधिका ज्ञान थाहा हुन जान्छ । कुनै पानीका खसेकाका लागि त्यस पानीको खाडलमा पौडन नजान्ने र त्यसखाडलको किनारा नदेख्दा भएको सागर नै भवसागर भएको हो । ब्रह्मको ज्ञान, देवीदेवताका ज्ञान र भवसागरको ज्ञान थाहा हुने बित्तिकै त्यस पानीको खाडलको किनारा थाहा हुन जाँदा त्यो अब सागर नभएर सानो पानीको पोखरी, कुलो हुन जान्छ जसलाई काटेर पारी जाने बिभिन्न उपायका पुलहरु छन् । त्यही कुरा यस किताबले बुझाउन खोजेको हो । म हिन्दु सँस्कृति र सँस्कारमा हुर्केको बिभिन्न धार्मिक समारोह, पुजाहरुमा उपस्थित, भाग लिएको भए पनि त्यस सँस्कार प्रति आस्था जागि सकेको, विश्वास जागिसकेको मानिस थिइन । घरमा श्रीमतीले गर्ने गरेको अलिअलि पुजामा पनि कुनै चाख देखाउने गरेको थिइन । मस्कोको बसाइमा त्यहाँको कृष्ण मन्दिरमा बर्षको एकपटक कृष्ण जन्माष्टमीका दिन जाँने अलिअलि मन्दिरमा दान दिने चलन थियो । सुरुमा कष्टहरु भएको बेलामा ती कष्टहरु कताबाट आएका हुन थाहा थिएन र बिभिन्न भौतिक कारणहरुनै खोज्नु स्वभाविकै थियो र करिब दुइ बर्ष जत्ति घरमा पुजा पनि गर्दैनथ्यौँ र मस्कोको कृष्णमन्दिर जानपनि छोडेको थिएँ । कारणके थियो भने अदृश्य चीजहरु सँग सम्पर्क भएको आभास भइरहेको थियो, देवीदेवताहरुका सपनाहरु पनि बेलाबेलामा आइरहन्थ्यो । कतै देवीदेवताहरुको चर्चा गर्न नहुने रहेछ कि भनेर देवीदेवताहरुको पुजा आजा चर्चा गर्न छोडिएको थियो । तर ती दुइबर्ष सबभन्दा बढी दुःखकष्टको अनुभव गरेका बर्ष थिए । घरमा श्रीमतीले पुजाआजा गर्न छोडेको र हामी दुबै जाना बर्षको एक चोटि कृष्ण जन्माष्टमी मन्दिर जाने गथ्यौँ त्यो पनि जान छोडेको दुइबर्ष भएको रहेछ जब मलाइ कानमा आएर आत्महत्याको सल्लाह दिएको बेलामा । मेरो अनुभवमा मलाइ सब भन्दा गहिरो गरेर कष्टहरु यत्तिनै बेलामा भएका रहेछन् । मानौँ कि म ती अदृश्यहरुको पकडमा परेर भवसागरमानै पुगेको जस्तो गहिराइसँग तिनीहरुको आभास र कष्टहरु भएका थिए । म सुत्ने, उठ्ने बेलामा बेडमा झलक्क गरेर एक सेकेण्डको चित्रमा मान्छेको हड्डीहरु बेडमा देखिने, मानिसका खप्परहरु देखिने, सपनामा भुत, प्रेतहरु देखिने हुन्थ्यो । तर ती चीजहरु देखिनुमा एक आपसमा केही सम्बन्ध छन् भनेर थाहा नभएको समय थियो । म मस्कोमा चिकित्साशास्त्रको अध्ययन गर्ने बेलामा मानिसको रचनाका विषयहरु पढ्नको लागि र घरमा पनि पढेर अध्यास गर्न सजिलो होस भनेर मानिसको सबै हड्डीहरु किनेर ल्याएको थिएँ । कति चोटि मानिसको टाउको गिदी, अन्य अङ्गहरु इष्टिच्युटबाट ल्याबमा कामगर्नेहरुलाई यसो अलिअलि बक्सिस दिएर घरमा ल्याएर काटेर हेरेको छु । घरमा आएर खाना खाइ अन्य कामहरु गरि ती अङ्गहरु काटेर हेर्ने बेलामा सँधै मध्यरात भइ सकेको हुन्थो । कोठामा भएका खप्परहरु हेर्दै, चलाउदै पढ्दा पढ्दा कति पटक बेडमानै राखेर सँगै सँगै सुतियो । यसरी कति हडडीहरु मेरो कोठामा धेरै बर्षसम्म रहे । अहिले पछि थाहा भयो यस्तो काम गर्न हुँदैन रहेछ त्यसैमा पनि झन घरमा, रातमा । भौतिक विज्ञानमा पूर्ण विश्वास भएकोलाई अन्य खतराको कुनै आभास भएन । कुनै किताबहरुमा त्यस विषयमा लेखिएको थिएन । यि पुजाआजा नगरेको र मन्दिर नगएको दुइबर्ष जति ती हड्डीहरु सपनामा निकै आए र सताए । तर ती कुनै समाचार थिए भनेर थाहा थिएन । यसो गर्दै अझ दुइ बर्ष बितेछन् । मैले गहिरिएर हेर्न अर्थ लगाउन पर्छ भनेर सिकिसकेको थिए । तर अर्थ लगाउन नियमहरु थाहा थिएन । अब ती स्पर्शहरु हेर्न मलाइ तेश्रो नेत्र नचाहिने, यि साधारण अङ्गलेनै धेरैकुरा देख्न, अर्थ लगाउने भइ सकेको थिएँ । तर अब केगर्ने भनेर बाटो निकाल्न सकेको थिएन र काम कारोबारले एकदम व्यस्त थिएँ । जब मलाइ कानमा आएर आत्महत्याको सल्लाह दियो र म अब अन्त्य सम्म लडेर पार लगाउछु भनेर लडाइको घोषण गरेँ त्यस पछि अनि बिभिन्न तरिकाहरु निकाल्न थालेँ । अलि गहिरिएर सोच विचार गर्न थालेँ । पछि पछि गहिरिएर मनन गर्दै जाँदा ती समस्याहरु शास्त्रहरुमा उल्लेख भएका जस्ता भुत, प्रेत वा मरेका मान्छेहरु सँग सम्बन्धित छन् भन्ने थाहा हुन थाले पछि ती समस्याहरु त्यसो भए मन्दिर तिर जाँदा ठिक हुनुपर्छ भनेर विचार गरेर मस्कोमा भएको कृष्ण मन्दिर जान थालेँे । त्यहाँ जाँदा अन्य अनुभवहरु पनि थपिन थाले । कहिले कहीँ म त्यहाँ पुग्दा मेरा कष्टहरुले छोड्दथ्यो । कहिले कहीँ मन्दिरमा छिरे पछि छोड्दथ्यो र मन्दिरबाट निस्केपछि पुनः सुरुहुन्थ्यो । मलाइ यो कुरा अनुभव भएपछि मन्दिरमा सकेसम्म बढी जाने, धेरैबेरसम्म बस्ने गर्न थालेँ । मन्दिरमा जाँदा प्रसादहरु लिएर जाने गर्न थालेँ । मन्दिरको प्रसाद खाए पछि शरीरमा हल्का हुन्थ्यो । मैले हरेक साना साना कुराहरुमा ध्यान दिन थालेको थिएँ त्यसैले मेरो स्वभावनै परिवर्तन भइ सकेको थियो । कम बोल्ने, मानिसहरुसँग कम सम्पर्क गर्ने र केवल मेरा प्रश्नका, जिज्ञासाका कुरामात्र मलाइ महत्व दिन्थेँ । अरु सबै कुरा पछि समस्या समाधान भएपछि गरौला भन्ने लाग्दथ्यो । यसरी मन्दिरमा जाँदा कष्टहरु कम भएको थाहा भएपछि बढी समय मन्दिरमा बस्ने गरेर आफ्नो दैनिकीहरु मिलाउने गर्न थालेँ । फ्mुर्सद हुने बित्तिकै मन्दिर जाने, आरतीहरुमा उपस्थित हुने गर्न थालेँ । यसरी गर्दा गर्दा मलाइ कसैले डोहोर्याइ रहेछ भनेर अनुभवहरु हुन थाले । सपनामा देखे अनुसारका घटनाहरु मन्दिरमा घट्थे । मलाइ जिज्ञासा भएका प्रश्नका जबाफ्m मन्दिरमा कसैले चर्चा गर्दथ्यो । सबभन्दा पहिला त अदृश्य चीज छ भनेर विश्वास गर्ने कतै म एक्लै पो हो कि भन्ने मन भित्रभएको डर का प्रसङ्गमा मलाइ अब कुनै चिन्ता भएन । त्यहाँ मन्दिरमा यस्ता कुरा पूर्ण ज्ञान नभए पनि चर्चा गर्नेहरु धेरै रहेछन् । कमसे कम म एक्लै रहेनछु भनेर थाहा भयो । पूर्ण कुरा थाहा नभए पनि अदृश्यहरुका कुरा अन्दा धुन्ध कुरा गर्दै हिड्नेहरु प्रसस्त रहेछन् । यिनलाइ भन्दा मलाइनै बढी थाहा रहेछ जस्तो लाग्यो किनकि यिनले कथा सुनेर मात्र विश्वास गरेका रहेछन् भने म हरेक दिन यिनै कष्ट भएर बचावट गर्न गुहार माग्दै हिडेको छु । मलाइ अझ बढी हिम्मत आएको थियो । सबै अँधेरोमा ढुङ्गा हान्दै हिडनेहरु रहेछन् जस्तो लाग्यो । तर बिस्तारै बिस्तारै त्यहाँ मन्दिरमा बिभिन्न भक्तहरुको सँगत, बिभिन्न प्रवचनहरुले धेरै कुराहरु जान्ने मौका मिल्यो । सबभन्दा प्रमुखत म ती मलाइ चाहिने शब्दहरु सुन्ने बेलामा मात्र त्याहा पुगेको हुन्थेँ । त्यसरी मेरा जिज्ञासाहरुले धेरैले उत्तर पाएको थियो तर पूर्णरुपमा हैन । यसरी मन्दिर धाउन थाले पछि मेरो कष्हरु कम हुँदै गएको अनुभव हुन थालेको थियो । केही घटनाहरु वयान गर्न चाहन्छु । यसरी मलाइ कसैले डोहोर्याएको आभास हुन थाल्यो । मन्दिरमा हलमा गुरु प्रभुपदको मुर्ति राखिएको छ । मलाइ त्यस बेला सम्म त्यो मुर्ति त्यस स्कोनको सँस्थापकको हो भनेर मात्र थाहा थियो । तर उहाँ कहाँ हुनु हुन्छ ? बिति सक्नु भयो कि जिउँदै हुनु हुन्छ भन्ने कुराको जिज्ञासा भइरको थियो । तर कसैलाइ सोध्ने चाँजो मिलेको थिएन । त्यस बेला सम्ममा मन्दिरमा पटक पटक आइतबारको कार्यक्रममा जाने प्रसाद लैजाने दान गर्ने गरेको थिएँ । त्यहाँ मन्दिरमा नजिकबाट चिनेकाहरु कोही थिएनन् । टाढाबाट यसो चिनेर टाउको हल्लाउनेहरु दूइचार जना भइसका थिए । एकदिन मँगलबारको दिन विहान करिब ९ बजे तिर निन्द्रा खुल्दा सपनामा कसैले मलाइ कमेजमा कठालोमा समातेर जवरजस्ती उठाउदै प्रभुपद प्रभुपद भन्दै चिच्याउदै उठायो । म सँगसँगै बिउझिएँ । तर अचम्मको कुरा के थियो भने मेरो आँखा खुल्दा म उठेर बसेको थिएँ । मलाइ सपनामा जसरी उठाएर बसालेको थियो त्यही पोजिसनमा म बिउझेको थिएँ । शरीरबाट खलखल पसिना बगिरहेको रहेछ । श्रीमतीलाई पनि भनेँ । हामी दुबै काममा गयौँ । त्यसदिन करिब दुइबजे तिर मेरो अफ्mिसको काम सिद्धियो । मलाइ सपनाको कुरा याद आइरहेको थियो । आज मन्दिरको सपना देखियो, मन्दिर जानु पर्यो भनेर केही प्रसादहरु किनेर मन्दिर गएँ । त्यहा मन्दिरमा एक हप्ताको कुनै फ्mेस्टिभल चलिरहेको रहेछ र त्यो दिन दोश्रो हो रहेछ । अमेरिकाबाट स्कोनका ठुलाठुला गुरुहरु आउनुभएको रहेछ । अचम्मको कुरा के भने त्यसदिनको प्रवचनको विषय रहेछ त्यही गुरुप्रभुपदको बारेमा विस्तृत जानकारी र चर्चा गर्ने दिन रहेछ । उहाँको जीवनीदेखि उहाँको अमेरिकाको यात्रा र रसियाको यात्रा र उहाँ कहिले बित्नु भयो भनेर उहाँ सँग समय बिताउनु भएका उहाँका चेलाहरु प्छि महाराज हुनु भएका गुरु राधानाध स्वामीले वर्णन गर्नु हुने दिन रहेछ । मेरा थुपै प्रश्नका उत्तरहरु पाएको थिएँ । मलाइ पूर्ण विश्वास भयो कि त्यस दिन मलाइ कुनै गुरुले डोहोर्याउनु भएको छ वा स्वयँ प्रभुपद नै आउनु भएको थियो जस्तो लाग्यो । त्यसैले भोलिपल्ट पनि मन्दिरजान पाए हुन्थ्यो जस्तो लागेको थियो । त्यस रात पनि सपनामा प्रभुपदको कुनै आश्रममा ठुलोठुलो ड्रममा थुेप्रै तरकारी त्यस्मा पनि भण्टा, आलुको तरकारीहरु बाँडिरहेको देखेँ । विहान उठेर लौ त आज पनि मन्दिर कै सपना देखियो । आज पनि मन्दिर जानु पर्यो भनेर काम सिद्धाएर मन्दिर गए । त्यहा त्यस दिन कुनै विशेष दिन थियो क्यार थुपै मानिसहरु थिए । प्रसादहरु खाइसके पछि बाँकी प्रसादहरु किचनको बाहिर टेबल राखेर बाँडिरहेका थिए । म आफ्नो भाग प्रसाद खाइसकेको थिएँ । म यसो नजिकतिर उभिएको बेला परेको थियो त्यहाँ प्रसाद बाँड्नेहरुले यसो इशारा गरेर केही सहयोग मागे म सँग । यसरी म त्यस प्रसाद बाँड्ने समुहमा घुस्न पेुगँे । म पनि प्लेटहरुमा राखेर प्रसाद बाँड्न तिर लाँगे । पछि केही बेर पछि ती प्रसाद बाँडिरहेकाहरु कतागए कता ? सबै एकएक गर्दै कता कता गए । म त एक्लै परेँ । प्रसादका भाँडाहरु थुप्रै छन् । भक्तजनहरु आएको आयै छन् । गर्मीको मौषम थियो मस्कोमा ११ बजे सम्म रात नपर्ने हुन्छ । करिब १० बजे ११ बजेसम्म प्रसाद बाँडेर बसेँ । पहिलो दिन भएर होला ढाड दुखेर भाँचिएला जस्तो भएको थियो । रातीको सपनाहरु याद आइरहेका थिए । सायद मलाइ यही प्रसाद बाँड्ने काम लगाउनु भएको होला सपनामा भनेर प्रसाद बाँड्दै गरेँ । मैले सपनामा जस्ता तरकारी देखेको थिएँ भण्टा र आलुको त्यस्तै प्रसाद थिए । सपनामा जस्तो ड्रममा प्रसाद राखिएको थियो त्यस्तै ड्रममा प्रसाद राखिएको थियो । अब सपनामा मलाइ केही कुरा भन्न खोजेको सपनाहरु स्पष्ट गरेर मिलेको अनुभव भइरहेको थियो । यसरी दोश्रोे दिन बित्यो । अर्को दिनको सपनामा मन्दिरको टेरिटोरीको बाहिरको कुनै कुनामा फ्mोहोर फ्mाल्ने कन्टेनर देखेँ । म मन्दिरमा धेरै पटक गएको भए पनि ती कुनातिर गएको थिइन । अब त झन जिज्ञासा भयो कत्ति खेर मन्दिर पुगौँ र त्यसकुनामा मैले देखेजस्तो फ्mोहोरको कन्टेनर छ कि छैन भनेर हेरौँ जस्तो भयो र मन्दिरमा पुगेर सपनामा देखेको जस्तो कुना तिर हेर्न गएको त्यहाँ सपनामा देखेको जस्तै फ्mोहोर राख्ने कन्टेनर रहेछ । यसो विचार गरेँ । किन यस्तो सपना देखेको होला ? पक्कै मलाइ यहाँ मन्दिरमा सफ्mासुग्घर गर भन्नु भएको होला भनेर त्यहाँ कुचोमागेर माँगेर मन्दिरको कम्पाउण्ड बडार्न थालेँ । त्यस पछि हरेक पटक मन्दिर जाँदा कि त बडार्ने, कित खाना बाँड्ने, कि त किचनमा भाँडा माझ्ने,तरकारी काट्ने कामहरु गर्ने गर्न थालेँ । यसरी ४—५ दिन पछि मलाई सपनामा सपनामा तर्साउनेहरुले त्यसै गरि तर्साउन आएका थिए । म सपनामा भाग्दै थिएँ । सपनामानै अचानक कताबाट केही ४—५जना भक्तहरु जसलाइ मैले मन्दिरमा देखेको हो तर बोलचाल भएकाहरु होइनन्, कृष्णभक्तहरु आइपुगे । ती मलाइ लखेट्नेहरु त ती कृष्णभक्तहरुलाई देखेर भागे र म एक्लै बसेको देखेको थिएँ । विहान उठेर अर्थ लगाएँ । कृष्णभक्तहरु देखे पछि ती डराउन दिनेहरु भाग्दा रहेछन् । मैले नचिनेका नबोलेका कृष्णभक्तहरु देखेर त ती डराउदा रहेछन् भने आफ्ना साथीहरु नै कृष्णभक्त भएत झन राम्रो कुरा पो रहेछ भन्ने अर्थ निकालेर कृष्णभक्तहरु सँग नजिकको सम्बन्ध राख्न थालेँ । त्यस सपनाको भोलिपल्ट त्यस फ्mेस्टिभलको अन्तिम दिन थियो । सपनामा केही कृष्णभक्तहरु लामो लौरो लिएर म तिर आउनु भएको थियो । भोलिपल्ट पनि मन्दिर गएको थिएँ । फ्mेस्टिभल सिद्धिएर भक्तहरु घरतिर जाँदै थिए । मलाइ एकजना अलिअलि परिचित गुरुले अर्को एकजना गुरुलाई आश्रम सम्म पुर्याइदिन आग्रह गर्नुभयो । मैले हुन्छ भनेर आफ्नो गाडी मन्दिरको गेटको नजिक लगेर कुरिरहेको थिएँ । केही छिनपछिकेही भक्त सहित एकजना महाराज मेरो गाडीमा आएर बस्नु भयो र मैले पुर्याउनु पर्ने गुरु उहाँ हुनु हुँदो रहेछ । अचम्मको कुरा के थियो भनेँ उहाले लिनु भएको महाराजको लौरो लिएको भक्त देखेको हूँ सपनामा देखेको रसपनामा मेरो गाडीतिरआउन लाग्नु भएको देखेको थिएँ । मैले कसैलाई आश्रम पुर्याउनु पर्ने कुरा पहिलानै थाहा थियो त भनेर सोचेँ । यसरी मलाइ गुरुहरुले डोहोर्याएर मनिदरमा ज्ञानहरु दिनु भएको अनुभवका साथै मेरी श्रीमतीलाई पनि त्यसै गरि एकदिन विहान तिर सपनामा प्रभुपद आएर लौरो हातमा लिएर गालि गर्दै हरिनाम बोलो भनेर कराएर उठाउनु भएछ । विहान उठेपछि सबै कुरा मलाइ भनिन । त्यसो भए आज मन्दिर जाऔँ भनेर मन्दिर गयौँ । त्यसदिन मन्दिरमा प्रभुपदको बारेमा अँग्रेजी भाषामा फ्mिल्म देखाउने दिन रहेछ । यसरी उनीले पनि प्रभुपदद्धारा डोहोर्याइने मौका पाइन् । यस्ता अन्य अबसरहरुका घटना थुप्रै छन् । यसरी मन्दिर वरपर बिभिन्न आभासहरु हुँदै जाँदा घरमा शान्त हुँदै आएको र अन्य देवी देवताहरुको पनि सम्पर्क हुन थालेको आभास हुन थाल्यो । मेरो परिवारको सँस्कार अनुसार गणेश, दुर्गा, शिव, कृष्ण, राधा सबैलाई मान्ने चलन छ । दुइ बर्ष अगाडि तिर पुजा गर्न छोडेको घरको पुजाहरु पुनः गर्न सुरु गरेको थिएँ । देवीदेवताहरु सँगको बिभिन्न सम्पर्कको आभास भए पछि भगवान हुँदा रहेछन्, देवीदेवताहरुले पटक पटक रक्षा वा शिक्षाका अवसर दिनु भएको रहेछ । त्यसैले देवीदेवताका नै आरधनाबाट यस कष्टको भुमरीबाट निस्कन सकिन्छ भनेर अझ गहिरिएर घरमा पनि पुजा गर्ने मन्दिरमा पनि जाँने सेवा, सफ्mासुग्घर गर्ने गरेको थिएँ । अब कष्टहरु धेरैकम भइसकेका थिए तर मेरा सबै प्रश्नका जवाफ्mहरु पाइसकेको थिइन । मनन गर्दै जाँदा अब कहाँ के किताब पढ्ने भन्ने विचारहरु आउदै थिए भने ती अदृश्यका बारेमा पूर्ण ज्ञान हुनु मलाइ एकदम आवश्यक थियो । मनन गर्दै जाँदा जब देवीदेवताहरु सँग सम्पर्क भइ रहेको छ । उहाँहरुले मलाइ पटक पटक सम्पर्क भइ अर्ती उपदेश आइरहेको छ भने दोहोरो समपर्क पनि हुनु पर्दछ । यदि मैलै दोहोरा सम्पर्क र प्रश्न उत्तरको सम्पर्क हुन सके त मेरा सबै प्रश्नको जवाफ्m खोज्न अन्त जानै पर्दैन भनेर विचार आयो । यदि देवीदेवताहरु छन् भनेर जानिसकेपछि अब तिनीहरु सँग दोहोरो सम्पर्कका उपाय खोज्नु पर्छ भनेर मनन गर्न थालेँ । विहान पुजा सिद्धाएर भुइमा चकटीमा बसेर देवीदेवताहरु भनेर कुनै एक देवीदेवता सँग सोधेको थिइन, कि सबै देवीदेवता सम्झेर मलाई मेरो समस्याको कारण चाहियो भनेर बसेर सोच्दै आँखा बन्द गरेर मनन गर्दै बस्ने गरेको केही दिन भएको थियो, कुनै न कुनै तरिका बाट केही सुझाबहरु आउनु पर्नेहो जस्तो लागेको थियो । एक दिन त्यसरीनै अरुदिनको जस्तै विहानको पुजा सिद्धाएर भुइमा चकटीमा बसेँको थिउँ । अचानक मेरो आँखा अगाडि गणेशजी पँहेलो धोती लगाएर जने लगाएर एकदम ठुलो भएर आउनु भयो र आउने बित्तिकै फ्mरक्क फ्mर्केर जानु भयो र पुजा स्थानमा गणेशजीको सानो मुर्ति राखेको मुर्तिमा गएर बिलाउनु भयो । उहाँले मेरो अगाडि आएर फ्mरक्क फ्mर्केर जाने बेलामा म तिर टाउको फ्mर्काएर भन्नु भयो तेरो पितृको कारण तलाइ दुःख भएकोे हो भनेर भन्नु भयो । मैले गणेशजी ठुलो भएको देखेर यसो ध्यान लगाएर हेर्न खोज्दा उहाँ मुर्तिमा फ्mर्कि सक्नु भएको थियो । फ्mेरी आउनु हुन्छ कि या मेरो कल्पनाका कारण आउनु भएको होकि भनेर अनेक उपाय गरेँ उहाँ फ्mेरी आउनु भएन । आउनु भए पछि यसो बोल्ने मौका दिनुपर्दछ भनेर श्रीमतीसँग गुनासो गरेँ । कताकता गणेशजी सँग रिस उठिरहेको थियो । आएर राम्रो सँग म तिर फ्mर्केर पनि हेर्नु भएन । तुरुन्तै फ्mर्केर जानु भयो । सँधै आउने हो र भनेर मनमनै गुनासो गरेँ । फ्mेरी यो तेरो कष्टको कारण तेरो पितृहो भनेको के हो ? धेरै दिन सम्म अर्थ लागेन भुल्न पनि सकिन । पछि अर्थ खुल्दै गए । हामीले भगवान देवीदेवता आउनु भए पछि अगाडि आउनु भएर धेरैवेर कुरा गरेर पैसा सुन छोडेर जानु हुन्छ होला भनेर सोच्छौँ । त्यसो हुँदैन होला । उहाँले पक्कै केही त अवश्य छोड्नु भयो होला भनेर तर्क लगाउँदा लगाउँदा उहाँले भन्नु भएको शब्द तेरो पितृको कारण तलाइ दुःख भएको भनेको कुरामा खोज्न थालेँ । सबै पहिलाका कुराहरु, घटनाहरुलाई केलाएर हेर्दा ती भुत, प्रेतहरु सबै पछि आएका रहेछन् । पितृहरु असन्तुष्ट र भवसागरका नर्कमा रहेको बेलामा तिनीहरुसँगको सम्पर्क बन्न जाँदा उनीहरुको चेतनाको अबस्था, र उनीहरुको वरपर रहेका होस नखुलेका अन्य दुष्ट लिँगशरीरहरु सँग पनि सम्पर्क हुन जाँदा हामीमा, हाम्रा घरहरुमा, र वरपर सबै ठाउँमा तिनीहरुको प्रवेश भएको हुँदो रहेछ र चारैतिर कष्ट हुँदो रहेछ । शास्त्रमा यसरी नलेखेको भएपनि पितृले दुःख पाउछन्, उनीहरु आफ्mन्त कहाँ आउछन् भनेर ठाउँठाउँमा लेखेको छ । मलाइ यसभन्दा करिब ३—४ बर्ष अगाडि पनि पितृहरुले ढोका ढक्ढकाएको र पितृका पछाडि अरु थुप्रै मरेका मानिसहरुले हेरेको र पितृको लागि ढोका खोल्ने बित्तिकै ती पितृ र अन्य सबै भित्र पसेर पितृ सानो भएर बस्ने र अरुहरु ठुला भएर जे मन लाग्यो त्यसै गर्ने भन्ने भावको एउटै सपना पटक पटक आउथ्यो । तर त्यस सपना र चित्रहरुको अर्थ बुझ्न सकेको थिइन ।

मैले आजसम्म गरेका अध्ययन र निचोडहरु गणेशजीले दिनु भएको उपदेश सँग सम्बन्धित छन् । यो किताबको मुख्य साराँशनै गणेशजीका शब्दहरु हुन् । गहिरिएर मनन गर्दै जाँदा मैलै भोग्नु परेको मृत्युका समस्याहरु काटेर अन्य कतिपय डर, त्रास, भुत, प्रैतहरु काट्दै जाँदा सब भन्दा भित्र गहिराइका पानामा पितृहरु थिए । पहिला भुत, प्रेतहरुसँगको सम्पर्क हुन गयो, पछि देवीदेवताहरुको सम्पर्क हुन पुगे पछि त्यस त्रासको गहिराइमा पितृहरु रहेछन् भनेर थाहा भयो । पितृसँगको सम्पर्क र सम्बन्ध बन्न गएको भएर ती अन्य लिँगशरीरहरु सँगको सम्पर्क हुन गएको रहेछ । जब पितृहरुलाई शान्त गराउने बिधि र आफ्mुले त्यस्ता अदृश्यसँग बढी सम्पर्ककमा नआउने बिधिहरु जाने पछि ती अन्य लिँगशरीरहरु तर्केर अरुकहाँ गए जस्लाइ यि नियमहरु थाहाछैन । आखिरमा मेरो लडाइको जरो पितृ थिए । मेरा त्यहाँ कोही शत्रु थिएनन् । मलाइ जानेर, सोचेर योजना गरेर मेरो विरुद्ध लडेकाहरु कोही थिएनन् । पितृहरु सम्पर्कमा आउँदा पितृहरुको आफ्नो अज्ञानताको माग हुँदो रहेछ । अरु लिँगशरीहरु मौकाको फ्mाइदा उठाएका थिए । जब सम्पर्कमा मौकाहरु कम हुँदै जाँदा ती लिँगशरीरहरु अन्तै गए । अन्त्यमा के निचोड आयो भने ती अनगिन्ती अतृप्त लिँगशरीरसँग लडेर जित्न सकिदैन । तिनीहरु अनगिन्ती छन् र बेसुरका छन् । उनीहरुसँग बचावट गर्ने सबैभन्दा उचित तरिका उनीहरुको सम्पर्कमा नआउने हो । उनीहरु सँग सम्पर्क बन्न जाने कारण पितृहरु प्रतिको नजिकता हो । या अन्य बिभिन्न अल्पज्ञानका जप, ध्यान, पुजा, चर्चाहरु हुन् । पितृ सँग नजिक नआउने भनेर पितृलाई यसै त्यस भवसागरमा छोड्न मिलेन भने उनीहरु सँगसँगै भवसागरमा बस्न पनि मिलेन । समस्या अति कठिन थियो पछि पटक पटकका देवीदेवताहरुको सम्पर्कमा दिनुभएको उपदेशमा पितृको उद्धारको लागि पितृको सम्पर्कमात्र गरेर नहुने रहेछ । त्यसो गर्दा झन पितृहरुले कष्टपाउँछन् । पितृको उद्धारको लागि तिनीहरुलाई पटक पटक नकोट्याइ, उनीहरु बिउझेर मानिसहरको सम्पर्कमा आउने आदत नबनाइ आफ्mुले ब्रह्म देवीदेवताहरुको भक्ति गर्दा पितृहरुपनि त्यहाँ पुग्दछन् । हामीले ती ब्रह्म देवीदेवताका भक्ति गर्दा प्राप्त गरेको देवीदेवता प्रतिको माया र नजिकताको भावना पितृमा पनि प्राप्त हुन गइ उनीहरुको होस खुल्न गइ भवसागर तर्दछन् । अझबढी भक्ति गर्न सके माथिका ब्रह्म देवीदेवताका नजिकता प्राप्त गर्न सक्दछन् भन्ने भाव थियो । पितृलाई माया देखाउनु भन्दा उनीहरुलाई सृष्टिको रहस्य बुझाउनु सही कार्य हो । त्यसैले पितृ तार्न अध्ययन, अभ्यास र धाम जानु भन्ने भनाइ शास्त्रहरुमा रहको छ । यसरी ती मेरा समस्याका भुमरीको कारण मेरा पितृहरु जुन भवसागरको अर्थ नबुझेर भवसागरको भुमरीमा डुबेर नर्कको कष्ट खाइरहेका थिए । मेरो अज्ञानताको कारण र अदृश्यहरु प्रतिको जिज्ञासाको कारण मेरो तेश्रो नेत्र खुल्न गइ ती पितृहरुको गुहारको स्पर्श म कहाँ आउन सक्ने भएको रहेछ र मेरो पितृहरु सँग सम्पर्क भइ रहेको रहेछ । तर म ती भयानक कष्टको अनुभव पछि पनि कुनै गुनासो छैन । ती रहस्यहरुको पर्दा खोल्न सकेको आफ्ना पितृहरुलाइ भवसागरको भुमरीबाट निकालेर होस खुलाएर पारी तार्न सकेकोमा खुसी छु । मेरो पनि आफ्नो जीवनको रहस्य, मुत्युकोरहस्य बेलैमा बुझन पाउदा भवसागरको अल्झनमा नपर्ने वा छिटो उत्रन सक्ने हिम्मत जुटेको छ । त्यसै समस्याका कारण देवीदेवताका समक्ष नजिक हुन पुगेको छु ।
पितृ तार्ने कार्य कस्ले गर्न हुन्छ ?
पितृ कार्य छोरा, बुहारी, छोरी, ज्वाइँ, नाती नातीना, साथी, गाउँलेहरुले गर्ने हुन्छ । पितृकार्यभनेको चलिआएको सँस्कारअनुसार को ब्राह्मण बोलाएर पुजा पाठ गरेर टिका, दान दक्षिणा दिएर पुरा हुँदैन । यो बिधि सँधै उपयुक्तरसही बिधि होइन रहेछ । हरेक बर्ष यस्ता पितृकार्य गरिएकाहरु पनि भ्रममानै रहिरहेको कुरा थाहा भयो । पितृहरुकोहोस खुलाउनु सबभन्दा पहिलो कार्य हो । यो कार्य पितृका नजिककाहरुले मानिसको लिँगशरीरकोज्ञान र भाव, भवसागरको भाव, देवीदेवताको भाव , ब्रह्मको भाव बुझेर त्यस भावलाई प्राप्त गर्ने सकेको छ भने त्यस भाव पितृहरुमा आउने हुन्छ र त्यसै भावका प्रभावले पितृहरुको होस खुल्ने हुन्छ । शास्त्रमा यही कुरा साराँशमा भन्न खोजिएको हुन्छ । यसरी शरीरको रचना, लिँग शरीरको रचना, भवसागरको ज्ञान र भाव, देवीदेवताको ज्ञान र भाव, ब्रह्म देवीदेवताको ज्ञान र भाव, ब्रह्मको ज्ञान र भाव सबै व्यक्ति, सर्वसाधारणले बुझ्न सक्ने क्षमता नहुन सक्दछ । त्यसैले परिवारमा छोरा,बुहारी,छोरी,ज्वाई,नाती नातीनीहरु जस्लेपनि खासगरेर जो सँग यस ज्ञानको प्राप्ति गर्न सक्ने खुबि छ त्यसै व्यक्तिले गहिरो अध्ययन गरेर त्यस ज्ञान र अनुभव प्राप्त गर्नु पर्दछ । यसो गर्दाआफ्m, आफ्नो नजिकका, नाताका,टाढाका पितृहरुलाई तार्न सक्दछन् । यो नै सबैभन्दा उत्तम बिधि हो पितृ तार्ने र पछि आफ्mु पनि तर्ने ।

देवीदेवताहरुको प्रतक्ष दर्शन, प्रत्यक्ष बार्ता र सम्पर्कहरु
जब मैले देवीदेवतासँग दोहोरो सम्पर्क हुनु पर्ने हो भनेर तर्क लगाउन सकेको थिएँ । त्यसपछि मेरो जीवनका सबै बाटाहरु खुले । मैले मेरा जीवनका सबै प्रश्नहरुको उत्तर पाए । जति जति देवीदेवताहरु छन् भनेर म विस्वस्थ हुन्थेँ त्यति त्यति देवीदेवतासँगको सम्पर्क स्पष्ट भएर आउन थाल्यो । पछि अभ्यासहरु बढाउदै जाँदा दुर्गा माता सँग सम्पर्क हुन गयो । भगवान कुष्ण राधा पटक पटक आउनु भयो । यसरी दुःखका दिन सिद्धिएर सुखका दिनहरु ऋाउन थाले । पछि पछि सम्पर्कहरुमा देवीदेवताहरुबाट माया उपदेशहरु आउन थाले ।
देवीदेवताहरुका सम्पर्कहरु अनुभव भइरहेका दिनहरुमा एकदिन मन्दिरको पार्कमा बसेर सोचिरहेँको थिएँ । अब कष्टहरुबाट निस्कन थालेँ तर पूर्णरुपमा निस्कन के गर्ने होला भनेर सोचिँरहेको थिएँ । त्यस प्रश्नको जबाफ्mमा मैले हरेक दिन पढ्ने गरेको हनुमान चालिसाको एक पँक्ति मुखमा खरर आउने गर्यो । त्यस पँक्ति हो जो सतबार पाठकरे कोही छुटही बन्दि महासुख होय । यो पँक्ति यसरी खरर गरेर करिब ४—५
दिन देखि मेरो मुखमा घरीघरि आउथ्यो । पछि थाहा लगाएँ कि हरेक पटक म कसरी पूर्णरुपमा निस्कन सक्दछु भनेर आफ्mैले आफ्mैलाई सोधेका प्रश्नको जबाफ्m जस्तो गरेर आएको रहेछ । सायद यही उपाय हो रहेछ भनेर मैले दिनको सय पटक हनुमान चालिसा पढ्न थालेँ । करिब डेढबर्ष जति दिनको सयचोटि पढ्न थालेँ । त्यसो गर्दा पटक पटक हनुमानजीको चित्र सपनामा कहिले छायाँ जस्तो गरेर घरमा आउथ्यो । जहाँ जहाँ हामीलाई घरमा तर्साएको थियो त्यस त्यस ठाउँमा हनुमानजीको चित्र या छायाँ देखिन्थ्यो र भावले अब त्यहाँ तर्साउदैन भन्नै आउथ्यो र ती ठाउँहरुमा तर्साउन छोड्थ्यो ।
हामीले मस्कोमा कृष्ण मन्दिर जान थाले पछि बढी जसो भगवान कृष्णको भक्ति गथ्योँ र माछा मासु नखाने, लसुन प्याज पनि नखाने, रक्सिहरु नखाने गरेका थियौँ । माछामासु नखाने बानी भइसकेको थियो । यति सम्म कि सुपरमार्केटमा खानेकुरा किन्न जाँदा मासुको बिभाग तिर नजिक जान पनि हुँदैनथ्यो । गनाउने बान्ता आउला जस्तो हुने, दिन भरि टाउको दुख्ने हुन्थ्यो । त्यसैले अब मासु खाइदैन होला भन्ने लागेको थियो । तर हाम्रो पारिवारिक सँस्कार अनुसार भगवान देवीदेवतालाई चढाएर माछामासु, रक्सी प्रसादको रुपमा खाने चलन छ । माछामासु खानु ठिककि नखानु ठिक हो भन्ने प्रश्नहरु उठिरहन्थ्यो । सबैमा जीव छ । चेतना बढी भएका र आफ्mुसँग चेतना मिल्नेहरुको बध नगर्नु भन्ने भाव छ । यस्तै आन्तरिक प्रश्नहरुको जबाफ्m कृष्ण मन्दिर गएको बेलामा मिल्दथ्यो । कहिले मेरी श्रीमतीलाई आउथ्यो कहिले हामी दुबैलाई एउटै चित्रहरु आउथे । एकदिन मन्दिरमा बेलुकाको आरती भइरहेको थियो । हामी त्यहाँ पुगेर आरतीमा समावेश भइ अरु जस्तै भिडमा उभिएर जीउ हल्लाउदै नाचिरहेका थियौँ । मेरो अगाडि ठुलो ढकियामा ढकियाभरि उसिनेका अण्डाहरु छोडाएर सगुन जस्तो बनाएको कसैले ल्याएर राखिदिएको चित्र आयो । ढकिया यत्ति भरिचुलि थियो केही अण्डाहरु भुइमा तितर बितर भएर खसेका थिए । मैले यो चित्र देखेर मेरो छेउमा उभिएर नाचिरहेकी श्रीमतीलाई भन्नु पर्यो भनेर यसो बोलाउन खोजेको उ आफ्mै म सँग कानमा कानेखुसी गर्दै ढकियाभरि अण्डा ल्याएर कसैले अगाडि राखिदिए भनेर भनिन । हामीदुबैले एकैचोटि एउटै चित्र देखेका थियौँ । केही दिनपछि त्यही मन्दिरमा ठुलोमाछाफ्m्राइ गरेर प्लेटमा राखेर सगुन बनाएर त्यही मन्दिरमा चढाएको देखिन । मैलेपनि त्यही चित्र देखेँ । पछि पनि पटक पटक अन्य मासुहरु पकाएर देवीदेवतालाई चढाएर हामीलाई दिएको देख्यौँ । लसुन प्याज खाँदैनथ्यौँ । घरमा चनाको तरकारी बनाएर भाँडामा चुलिगरेर सजाएर घरको देवीदेवताको स्थानमा चढाएको चित्र आएर ल अब तिमीहरु खाउ भनेर भाव आयो । केही दिनपछि करिब २० लिटरको रेड लेबलको हुइस्कीको बोतल (त्यस्तोठुलो बोतल रेड लेबलको कम्पनिमानै छैन।)कोठामा देखाएर लौ खाउ पैसाद हो भनेर बिर्को खोलेर दिनु भयो । म आफ्mु रक्सी खान मन पराउने, खानमन लागिरहनृ मान्छे पनि होइन । तर साथीभाइहरुभेटहुँदा वा सामुहिक कार्यक्रमहरुमायसो मुख जुठो गर्नमात्र रुचाउने मान्छे थिएँ । मस्को मा सँधै आफ्mैले गाडी चलाउन पर्ने भन्ने निउमा साथीभाइकहाँ वा अन्य काइक्रमहरुमा पनि पसकेसम्म पटक्कै नपिउने मानिस थिएँ । त्यसैले यि कुरहरु नखाँदा पनि मेरो जीवनमा कुनै तलमाथि भएको थिएन । यसरी पटक पटक सपनामा वा छाया जस्तो गरेर चित्र आउने त्यो पनि मन्दिर परिसरमा भने पछि यो के होला के अर्थ होला भनेर तर्कहरु आइरहेका थिए । सपनामा विद्यार्थी र अध्ययनकालमा बिभिन्न देवीदेवताहरुको अध्ययन अभ्यास गर्नु पर्ने भएकोले माछामासु नखाने अभ्यास गर्नु परेको हो । सबै ज्ञान प्राप्त गरे पछि ती बन्धनबाट मुक्त भइनछ भन्नुभयो । तर तुरुन्त माछामासु खाने हिम्मत आइरहेको थिएन । दशैँको अष्टमीको दिन पारेर सबै माछामासु, लसुन, प्याज, रक्सी रेडलेबल दुर्गामातालाई चढाएर खायौँ र केही बर्ष देखिको माछामासु नखाने ब्रत तोड्यौँ । श्रीमती डराइ रहेकि थिइन । मैलै डराउनु पर्दैन । यो देवीदेवताहरुको सल्लाह थियो भनेर श्रीमतीलाई सम्झाए । तर कही नराम्रो हुन्छकि भनेर डर मलाइ पनि लागिरहेको थियो । तर केही भएन । पछि सपनामा गुरुहरुले मैले सही कुरा बुझेको भनेर स्याबासी दिनु भयो ।
भगवान शिवजीलाई पटक पटक सपनामा देख्ने गरेको थिए । सबै देवीदेवताको भक्ति साथसाथै शिवजीको पनि भक्ति गदर्थे । भगवान शिवजीको पनि छायााहरु कोठामा आउन थाले । पछि एउटा अति महत्वपूर्ण घटना भयो । म त्यसैगरि पुजा सिध्यााएर भुइमा चकटीमा बसेको थिएँ । आँखा बन्द गरेर बसेको थिएँ । आँखा अगाडि एउटा चित्र आयो । नेपालघरको नजिकको भद्रकाली मन्दिरको प्राङ्गढमा शिवजीले नाचेर देखाउनु भयो । उहाँ एकदम स्पष्ट चित्रमा रँगिन मिठो चित्रमा सबै एकएक बुट्टाहरु सबै स्पष्ट देखिने चित्रित हुनु भएर भद्रकाली मन्दिरका आगनमा यस्तो झड्केर नाच्नु भयो । त्यस्तो झड्केर कोही नाच्न सक्दैनन् भनेर भाव आइरहेको थियो र नाच अति मिठो, अति स्पष्ट, अति फ्mुर्तिले नाच्नु भएको थियो । नाच सिद्धिए पछि शिवजीले भन्नु भयो भावले । म सबैभन्दा जेठो हुँ । म सबै भन्दा नाच्न जान्ने मान्छे हुँ । मेरो उमेर सँधै २०—२२ बर्षको हुन्छ । सबै देवीदेवताहरु मेरा भक्त हुन् भनेर बिलाउनु भयो । मलाई शिवजी आउनु भएको कुरा उहाँ अडिएर भन्न थाल्नु भएपछि उहाँ आउनु भएको जस्तो लागेको मात्र थियो उहाँले आफ्नो कुरा सिद्धाएर बिलाउनु भयो । यि सबै करिब १ मिनेट जतिको चित्र थियो होला । म त शिवजी सँग रिसाएँ । तपाइहरु आउने बेलामा यसो खबर गर्नु पर्दछ । आएको पनि थाहा नहुने गएको पनि थाहा नहुने । केही सोध्न पनि नपाइने, माग्न पनि नपाइने भनेर भनेँ । पछिपछि धेरै दिन बिते पछि अर्थ लाग्यो । अरु सबै देवताहरु स्पष्टगरेर शिवजी आउनु भएपछि आउनुभएको थियो । शिवजीले आएर गएर के भन्न खोज्नु भएको थियो भने उहाँ आउनु हुँदा मान्छे जस्तै गरेर आउने, धेरै बेर चाहिने नचाहिने गफ्m गर्ने, कि दिन्छु भन्ने, कि दिन्न भन्ने, दिन्छु भने पछि पनि नदिनेहरु जस्ता होइन रहेछन् । मानिसलाई चाहिने महत्वका कुराहरु उहाँहरुलाई थाहा रहेछ । उहाँले भन्नु भएका कुरा के थियो भने उहाँ कुनै आमा बाबाुले जन्माउनु भएको हैन । खान नपाए भोक लाग्ने, कहिले कहीँ रुघा खोकि लाग्ने, मर्ने बेलामा ढाड दुख्ने रोग लाग्ने शरीर हैन । मानिसको सबै भन्दा बलियो, फ्mुर्तिलो, हँसिलो, मिठो, जीवनको अनभूति भएको सँधै २०—२२ बर्ष हुनु हुन्छ चेतनाले । फ्mुर्ति र कलामा उत्तम हुनु हुन्छ । उहाँ चेतनाको शरीर हो । अन्य सबै चेतनाहरु उहाँ सँग सम्बन्धित छन् । सबै चेतनाको प्रेरणा हो भन्नुभएको हो । कुनै धर्म, सँस्कार सँग बन्धित हुनु हुन्न । सबैले यो शिव मेरो हो भने उहाँ सबैको हो । कसैले शिव मेरा मात्र या हाम्रा मात्र भन्छन् भने उसले पनि शिवलाई पूर्णरुपमा चिनेको छैन । शिव भनेको गेरु बस्त्र धारण गर्ने, कमण्डलु, त्रिशुल लिनेहरुको मात्र हो भनेर भन्छभने त्यो पनि ठिक होइन । उहाँको यस्तो रुप चिन्नेले शिवको सगुन, निर्गण रुप चिन्दछ ।
त्यसको केही हत्ता जत्ति पछि मेरी श्रीमतीलाई बिष्णु भगवानले दर्शन दिनुभयो । उनी एकदिन विहान निन्द्रा खुलि सक्दा पनि आँखा नखोलिकन बेडमा पल्टिरहेकि थिइन । उनीको वेडको आडमा भगवान बिष्णु ठुलो रुपमा तर कोठामानै गदाहा भुइमा टेकाएर उभिरहनुभएको देखिछन् । यत्तिकैमा उनी निदाइछिन् । केही बेरपछि त्यसै गरि निन्द्रा खुलि सक्दापनि आँखा बन्द गरेर पल्टिरहेकि थिइन् । फ्mेरी भगवान बिष्णु त्यसरी नै उभिइरहनु भएको रहेछ । उनी फ्mेरी निदाइछन् । केही बेरपछि निन्द्रा खुल्दा भगवान बिष्णु त्यसरीनै उभिइरहनुभएको थियो । यस पालि भुइमा अडाइरहेको गदालाई भुइमा फ्mननन घुमाएर देखाउनु भयो र भन्नु भयो कि म यहाँ एक घण्टादेखि उभिराखेको छु र तिमीलाई हेरीरहेको छु तिम्रो सबैकुरा मलाइ थाहा छ भन्नु भयो जानु भयो । उनी दङ्गपरेर भुइमा खुट्टा थिएन भगवानले दर्शन दिनुभयो भनेर । त्यसको करिब २—३ दिनपछि हाम्रो कोठामा भएको देवीदेवताका मुर्तिहरु मध्ये सरस्वतीमाताको मुर्तिलाई जताबाट हेरेपनि चँकिरहेको भनेर भनिन । मैले पनिहेरेँ । मलाइ त केही फ्mरक लागेन । भन्दा भन्दै कति चोटि पटकपटक गरेर २—३ दिन सम्म भनिन् । सुत्ने बेलामा कोठामा बत्ती निभाए पछि पनि त्यो सरस्वतीमाताको मुर्ति देखि राखेको छु र चँकिराखेको छ भनिन् । मैले त्यसो भए सरस्वतीमाता खुसी हुनु भएको होला भनेर जिस्क्याए जस्तो गरेर भने र सुत्यौँ । त्यसको २—३ दिनपछि विहान सबेरै पुजा सिध्याएर भुइमा चकटीमा बसिराखेका थियौँ दुबैजना । अचानक उनीको आँखा अगाडि चित्रहरु अक्षरहरु भावहरु आउन थाले । उनी मलाई भन्दै गर्थि भावहरु, चित्रहरु आइ रहन्थे । मलाइ थाहा भयो कि ती सबै चित्र र भावहरु मेरा लागि आएका थिए । किनकि मेरी श्रीमतीलाई ती कुराहरुको पुर्ण भाव र अर्थ थाहा थिएन । ती तिनले देखेको चित्रको भावको अर्थ केवल मलाइ मात्र थाहा थियो । मैले बल्ल बल्ल गरेर बुझ्न खोजेका कुराहरुले गति लिन सकेको थिएन । म मा त्यत्ति छिटोछिटो चित्रहरु देख्न सक्ने क्षमता थिएन होला सायद । उनीले देखेको चित्रमा दुर्गामाता आएर भन्न थाल्नु भयो र हामीले पाएका दुःखका कारण भनि दिनु भयो । विद्याार्थि जीवनमा पढाइका बेलामा अन्जानमा हुन गएका अदृश्यहरुको सम्पर्क भनि दिनुभयो । हामीले कोठामा ल्याएर मानिसको हड्डी राखेको अङ्गहरु ल्याएर काटेको, तिनै हड्डीहरु सँगसँगै बेडमा सुतेको भएर त्यस्ताहरुले पिछा गरेको भनेर भन्नु भयो । मेरो शरीरमा ती जुनजुन हड्डीहरु कोठामा राखेको थिएँ ती अङ्गहरु सँधै दुख्दथे । केमात्र औषधि गरिन र खाइन । तर ती सबै पछि मस्कोको चर्चमा गइ क्षमा र गुहार मागेर बत्तीबाले पछि छुटे ।मैले त्यसरी चर्चमा गएर बत्ती बाल्न पनि सपनामानै कसैले सुझाब दिनुभएको थियो मैले त्यसैगरेपछि मेरा कतिपयकष्दर दुखाइहरुबन्द भएका थिए । मातालाइ सबैकुरा थाहा रहेछ र यो गरेर राम्रो काम गरेको थिएँ भनेर भन्नुभयो । मेरो पितृहरुको स्थिति, उहाँहरु भवसागरमा भएको भएर सबैलाई कष्टभएको हो भनेर भन्नुभयो । नेपालघरमा गएर घरनजिकको राधाकृष्णको मन्दिरमा गइ सेवा सत्कार, भजन किर्तन गर तिम्रा पितृहरु तर्ने छन् भनेर भन्नुभयो । मन्दिरमा गएर किर्तन गर्दा सबै पितृहरु, आफ्ना ठुलाबुबा, ठुलिआमाहरु, नाताका पितृ, गाउँले पितृ टाढाका चिनजानका पितृहरु सबै सुन्नसक्नेहरु तर्नेछन् भनेर भन्नुभयो । त्यसैगरैँ र त्यस्तै अनुभव भइरहेको छ । सपनामा पितृहरु मन्दिरमा पुगेका, त्यहाँ रमाइलो मानेका देखेको थिएँ । पितृहरुलाई बिउझाउने कोट्याउने काम नगर उनीहरुलाई कष्ट हुन्छ । पितृका उद्धारका लागि गरिएको कामहरुमा , पितृका नाममा बनाइएका चौतारा, धारा पाटी पौवाजे बनाए पनि त्यहाँ पितृहरुको नाम नराख । उनीहरुलाई घरीघरी बिउझाउने काम हुन्छ र कष्ट हुन्छ भन्नु भयो । पितृको नाममा गरिएका काम, बनाइएका चौतारा, धारा, पाटी पौवा राम्र चीजहो त्यसको धर्मको प्रतापपितृहरमा अवश्य प्राप्त हुन्छ तर तीनको नाम राख्दा यदि धारा बनाएर धाराका नजिक पितृका नामलेखिएको रहेछ भने हरेक मानिस जस्ले तयस धारामा पानी पिउँछ त्यसले पानी पिए पछि त्यस पितृको नाम पढ्ने, चिनेको भए याद गर्ने गर्दा उ हरेक पटक बिउँझने गर्दा त्यही धारामा डेरा गर्ने बन्न जान्छ । पितृलाई तार्नु प्रमुखकाम हो भनेर सुझाब दिनु भयो । सबै ज्ञान प्राप्त गरि अदृश्यहरुको ज्ञान, पितृ, भुत, प्रेत, देवीदेवताहरु र ब्रह्मको ज्ञान र अनुभूति प्राप्त गरेपछि आफ्नो घरमा गइ आफ्mुले मान्दै आएका देवीदेवता कहाँ गइ आफ्नो सँस्कारहरुमा बस्दै त्यहाँ आवश्यक परिवर्तन गर्दै ब्रह्मको ज्ञान र अनुभूतिलाई नभुलि आफ्नो दैनिक जीवन चलाउनु पर्दछ भनेर सल्लाह दिनुभयो । तर ती देवीदेवताहरुको पुजाआजामा रुढीवादी विचार नराखि भगवान देवीदेवताहरुको निर्गुण अवतारको आभास राख्नु पर्दछ । भगवान शिवजीको आशिर्वाद पाएपछि मात्रै अन्य देवीदेवताहरु प्रसन्न हुन्छन् भन्नुभयो ।
मेरीश्रीमतीको माइतमा भएका पितृहरुका स्थितिहरु भ्नि दिनुभयो । हामीले कष्ट गरेर प्राप्त गरेको ज्ञानका कारण उनीहरुले पनि बाटो पाएका छन् भनेर भन्नुभयो । मैले शास्त्रबाट निकालेका निचोडहरु सहीछन् धन्ना नमान भनिदिनुभयो । घरगाउँमा भएका गलत सँस्कारहरु भनिदिनु भयो । मन्दिरहरुमा अनादरका बातावरण भएका छन् र त्यहाँ पितृहरु हुन्छन् । हाम्रा सँस्कारहरु पितृलाई बिउँझाउने सँस्कारहरु छन् । यसरी हरेक दिन बिहान अलिअलि गरेर बताइदिनु हुन्थ्यो । नबाँै दिनको दिनमा आज अन्तिम दिन हो र यि जानेका कुराहरु नभुलेर जीवनमा प्रयोग गर तिम्रा बाटाहरु खुल्नेछन् भनेर भन्नुभयो । त्यसपछि सम्पर्कमा आउनु भएन र ती देख्ने शक्तिपनि बन्द भयो होला । त्यसपछि त्यस्ता चित्र,अक्षर,भाव एकपछि एक गरेरआउथ्यो आउन छोड्यो । यि केही दिनमा धेरै कुराहरु काज्ञ ज्ञानभयो,कति पहिलेनै पाइ सकेका ज्ञानहरुको समर्थन पाइयो । सबभन्दा प्रमुख देवीदेवताहरुलाइ हाम्रा सबैकुराथाहा रहेछ । देवदिेवताहरुसँगप्रतक्षकुराकानी गर्नसकिन्छ भनेर आधुनिक युगमा प्रमाणितभउको छ मेरो लागि । अब यिकुराहरु अरुलाइ कतिक बुझाउन सकेँ वा अरुले कतिक बुझे, कतिक बुझ्ने इच्छा थियो भन्ने कुरा आफ्नो आफ्नो मा भर पर्ने होला सायद ।
यसरी देवीदेवतासँग सम्पर्क हुँदा सुन पैसा कहाँ खोज्ने भनेर सोध्न भुलिएछ । उहाँहरुले पनि कहाँ छ भन्नुभएन । तर मलाइ यो विश्वास छ । ती सुन र धन कतै लुकेका छन् । ती तिनै उपदेश भित्र लुकेका छन् । ति लुकेका धन सबै इच्छुकहरुले प्राप्त गरि जीवनमा लागु गरि सुखका जीवन बाच्न सकुन्, मृत्यु पछिको भवसागरको अँध्यारोबाट बचेर जीवनको रहस्यलाई बुझ्न सकुन्, आफ्ना पितृहरुको भवसागरको भुमरीबाट उतार्न सकुन, । भगवान, देवीदेवताहरु रहेछन् भनेपछि अब तिनलाई जसरी पनि प्राप्त गर्ने इच्छा जगाउन ठुलो आत्मा बल मिल्नेछ । देवीदेवताहरु छन् । ती हाम्रा नजिकै छन् । हाम्रा भाषा पिडा बुझ्दछन् । तिनलाई प्राप्त गर्न नसक्नु अब आफ्नै दोष मात्र हो, खोज्नपुगेन, बिधि मिलेन, अन्तै खोजियो होला । अब अझ राम्ररी खोज्न प्रेरणा मिल्नेछ हरेकलाई । मेरा लागि ती अभिव्यक्तिहरु अपार छन् । यि समस्त मानवजातीको लागि नै उपदेश हो । मानिसले जीवनमा गर्दै आइरहेका उल्टा कार्यहरु यिनै उपदेशका कारण सच्याउन सकियो भने यो नै सबभन्दा ठुलो धन हुन जान्छ । मैले आफ्ना अज्ञाातामा गर्दै आएका उल्टा कार्यहरु सच्याउन सुरु गरि सकेको छु । अरुइच्छुकका लागि थप जानकारी आवश्यक परेसकेको उपलब्ध गराउन सँधै तयार छु । यि उपदेश कुनै देश, भाषा, धर्म सँग सम्बन्धित छैनन् । यो धर्मभन्दा बाहिरको उपदेश हो ।
मैले नेपालमा जन्मेर यहाको सँस्कारमा भिज्न पाएर केही धार्मिक सँस्कारहरु अनुभव गर्न पाएर उच्चशिक्षा हाँसिल गर्न रसिया पुगेँ । अन्तमा जुन शिक्षा प्राप्त गर्न भनेर जीवनभर मिहिनेत गरेँ त्यस भन्दा भिन्न तर अझ गहिरो शिक्षा हाँसिल गर्न सफ्mल भएँ । यो त्यही चिकित्सा शास्त्रको र विज्ञानको मानिस, यन्त्रपुग्न नसकेको गहिराइ हो । त्यस दुःखद, कष्टपूर्ण बखतमा मलाइ मस्कोको कृष्णमन्दिरले दिएको शरण र त्यहाँका भक्तहरुले दर्साएको प्रेमको सँधै सराहना गर्दछु । मलाइ दर्साइएका ती प्रेम मेरो लडाइमा ठुलो वैदिक अस्त्र भएर आएको रहेछ । ती कृष्णभक्तहरु मेरा सहयोगीहरु हुन् । रसिया एक पुण्य भुमि रहेछ । मेरो लागि यस अपार ज्ञान पाउने मौका दिलाइन ।
जब मलाइ मृत्युको रहस्य, मृत्युपछिको गमन, कष्ट, त्यसबाट बच्ने उपाय, मानिसले भोगिरहेका कष्ट, अन्जानमा भइरहेको अदृश्यसँगको सम्पर्कहरुका बारेमा बुझेर एउटा पूर्ण चित्र बनेको र आफ्ना धेरै दिनदेखिको प्रश्नहरुको जबाफ्m पाइयो भन्ने जस्तो लागेको थियो र अब यि अध्ययनहरु बन्दगरेर अब आफ्नो काम तिर लाग्नु पर्यो भन्ने लागेको थियो र बिभिन्न योजनाहरु दिमागमा आइरहेका थिए त्यसैबेलातिर एकदिन विहान उठ्ने बेलामा सपनामा कुनै भगवानले, रुपदेखाउनु भएन, के भन्नु भयोभने अब तिमीले अरुलाई यो मृत्युको रहस्य भनिदेउ भनेर भन्नु हुँदा मैले सपनामानै मन नपरेका काम गर भन्दा कस्तो गर्छ बच्चाहरुले त्यस्तै गरेर झर्केर, चर्कोस्वरमा इन्कार गर्दै ह्या सक्दिन यस्तो कामगर्न । नचाहिने नचाहिने काम लगाउने ? मलाइ कसले पत्याउछ ? फ्mेरी भनेँ । फ्mेरी यस्तो काम, कुरा गरेर अनि मैले केखाने नी ? भनेर सपनामानै व्यङ्ग तरिकाले हातको औलाहरुमुखमा लगेर देखाउदै सोधेँ । उहाँले भन्नुभयो तैले पढेको खानको लागि मात्र हो भनेर भन्नुभयो र म झसङ्ग भएर बिउँझिएँ । त्यो मैले कराउदै इन्कार गरेको सपनामा होकि बिपनामा हो जस्तो गरेर स्पष्ट आइरहेको थियो । मेरो यस विषयलाई अझ अगाडि बढाउने, अरुलाइपनि भन्दै हिड्ने कुनै योजना थिएन । तर म आज सम्म ती गूरुहरुले लगाउनु भएको योजना भित्रै छु कि जस्तो लागिरहेछ । ती कुराकानीका करिब एक बर्ष पछि यो पुस्तक तयारगर्न गइरहेको छ ु। उहाँहरुको कुराकाट्न सकिदैन जस्तो छ ।
ब्रह्मका ज्ञानहरु पूर्णरुपमा बुझियो जस्तो भयो । हामी दुबैले यसलाई पटक पटक दोहोर्यायाँै । शास्त्र, विज्ञानका कुरा, अनुभवका कुराहरुलाई विश्लेषण भएपछि कुरा ठिक र सही छ । यस्मा दुइमत छैन भनेर स्पष्ट विचार आए पछि सपनामा हामी दुबैलाइ हाम्रा विचारहरु सही छन् । हाम्रा अध्ययन पुरा भयो, सिद्धियो । यो ज्ञान सबै भन्दा ठुलो ज्ञान हो भन्नुभयो र हाम्रो लागि अब सन्सारका सबै विश्वविद्यालय, सन्सारका सबै पुस्तकालयहरु बन्दभए भनेर भन्नुभयो ।
यी सबै घटनाहरु मेरा घटना सँग्रहका केही प्रमुख भागहरु मत्र हुन् । सबै घटनाहरु भन्न आवश्यक छैन र सम्भव छैन । तर यहाँ धेरै लामोमोटो भारि हुन गएपनि केही व्यक्तिगत अनुभवहरु व्यक्त गर्नुको उद्देश्य थियो कि त्यस अदृश्य सन्सारको वर्णनका साथै त्यसको कष्ट, गुण, भावमा डुबी त्यहाबाट निस्कने भाव र बिधि पनि पुग्न जाओस भनेर हो । यि भावले र घटनाले के दर्साउछ भने म कुनै दिन त्यस भवसागरको सबभन्दा गहिराइमा पुगेको थिएँ । त्यहाँका सबै कष्ट अनुभव गर्ने मौका मिल्यो, मृत्युको सम्भावनालाई काट्ने सम्मका परिस्थितिहरु आए ।
मलाइ अब समस्याको जरो पनि थाहा पाएँ, समस्याहरुअब कम भए, तर देवीदेवताहरुलाई यो सबैथाहा रहेछ र पनि हेरिरहनु भएको, केही नगर्नुभएको जस्तो लागेको थियो । एक दिन मस्कोको कृष्ण मन्दिरमा पार्कमा एक्लै बसेर त्यस्तै मन मनै प्रश्न गरिरहेको थिएँ । मलाइ देवीदेवतासँग गुनासोहरु जम्मा भएका थिए । मेरो विचार के थियो भने यि देवीदेवताहरु यही वरपर रहेछन् मलाइ त्यस्तो गर्दा यिनले हेरेर बसेका थिए भन्ने गुनासो थियो । यस्तो दुःख त कसैलाई पनि दिन हुँदैन । न मर्नु न बाँच्नु भनेको यस्तो पो हो । मरेर पनि सुख नपाइने भनेर पनि देखाए दिने भनेर यस्तै आफ्mमै प्रश्न गर्दे थिए । अचानक उत्तर आयो । सबभन्दा ठुलो प्रशिक्षकको साथमा सिक्न गयो भने त्यस्तै हुन्छ । म कुनैदिन विद्यार्थि जीवनमा कराँते खेल्ने, पौडिखेल्ने गर्थेँ । दुबै उदाहरण दिँदै भनुभयो । राम्रो कराँते प्रशिक्षक भए कराँतेका सबै ज्ञान सिकाउँदा त्यस्ता सबै प्रतियोगितामा सबभन्दा सिपालु अरुविद्यार्थिहरुसँग लड्न सक्नुपर्ने र कति नराम्रा कठिन प्रहारहरु खानुपर्ने तरिका सिकाउदा त्यस्ता प्रहारलाई रोक्न र जित्न सकेपछि मात्र सबभन्दा ठुलो जाँच पास भइन्छ । पौडि खेल्न सिकाउने गुरु सबभन्दा उत्तम भए सानो सानो खोलामा खेल्न नलगाइ ठुला समुन्द्रमा लगि सिकाउने र सिक्नेलाई सबभन्दा अप्ठयारा परिस्थितिमा पौडन सिकाउछु भन्दा मृतयुको सम्भाबना पनि काट्न सक्ने गरेर सिकाउनु पर्दछ । सबै आँधिवेरी ,तलमाथि, सबै पौडन पर्दछ । तेरो गुरुनै कृष्ण भएपछि तैँ ले के सजिलो खोज्छस् त भनेर भाव दिनुभयो । मैले ए त्यसो होत भनेर चुप लाँगे । त्यस्तै अब मस्को छोडेर घर आउने योजना भइरहेको थियो । सपनामा उठ्ने बेलामा कसैले आएर त्यहाँबाट कोही फ्mर्केका छैनन् भनेर भन्नु भयो । म उठेपछि विश्लेषण गरेँ । पहिला त नबुझेर डराएँ । घरजाने योजना गर्देछु । कतै बाटोमा दुर्घटनाहरुहुने हुन कि भन्ने डर लाग्यो । तर केही क्षणपछि अझ अर्थ खुल्यो त्यो के भने त्यस भवसागरमा मृत्युपछि मात्रै पुग्दछन् । म यि दुःख कष्टका साथ त्यहाँ पुगेर बुझ्ने, आफ्mु बाँचेर अरुलाई छुडाएर ल्याउन सकेँ भन्नुभएको होला भनेर बुझेँ र मनमनै जवाफ्m दिए तपाइहरु त्यहाँ भएको के काम लाग्यो त त्यहाँबाट पनि फ्र्कन नसके ? तपाइहरु ह्ुनुहुन्छ भनेर त त्यहाँ गएको हुँ भनेर व्यङ्गसाथ मनमनै जवाफ्m दिएँ ।
घर नेपालमा आउने तरखरको नजिक पुगेको थिएँ । मेरो भगवान देवीदेवता सँगदोहारो कुराहरु भइरहेका थिए । मैले सोधेका जबाफ्mहरु बिभिन्न माध्यमबाट आइरहेको थियो । अब ज्ञानका कुरा भन्दा आफ्ना जीवनका कुराहरु गुनासाहरु भन्न थालेको थिए । यस्तै गुनासाहरु थपिएर यही भगवान भनेर कसैलाइ गुनासो गरेको थिइन तर सबै भगवानले सुनुन भन्ने जस्तो गरेर त्यस्तै पुजा पछि भुइमा चकटी बसेर भगवान सँग गुनासाहरु गर्दै थिए । यसरी मेरागुनासाहरु सोध्न थालेको केही दिन भएको थियो । एक दिन त्यसरीनै बसिरहेको बेलामा अचानक गणेशजी आउनु भयो करिब २ सेकेण्डको लागि र केही भनेर जानु भयो । म सन्तोष भइन गणेशजीका कुरामा र एकदम निराश लाग्यो । यि देवताहरुका पछि लाग्न नहुने रहेछ धोका दिँदा रहेछन् भन्ने लाग्यो । मेरा मनमा उठेका विचारहरु उनीहरुले पढ्छन् भनेर थाहा हुँदा हुँदापनि गणेशजी सँग रिसउठेको थियो । यिनको पछि लाग्न भएन अब आफ्नो सुर गर्नु पर्यो भन्ने लाग्यो । यस पटकको कुरा बुझ्न मलाइ करिब ५—६ महिना लाग्यो । उहाँले ठुलोकुरा सिकाउनु भएको रहेछ । त्यो कुरानै मानिसको जीवनका मन्त्र हो रहेछ । त्यही गणेशजीको कुरा साबीत गर्न कोसिस गर्दैछु । यो के कुराहो मैले कसैलाइ भनेको छैन । म गणेशजीको मन पर्ने भक्त चाहिँ हैन रहेछु क्यार । त्यसैले झलक्क मात्र दर्शन दिनुभयो । सिधा गरेर पनि म तिर फ्mर्कनु भएन । कुराहरु अस्पष्ट गरेर बुझ्न पनि ५ महिना लाग्ने र सावित गर्ने बर्ष लाग्ने गरेर अर्ति दिनुभयो । तर जे भए पनि गणेशजीले मलाइ दर्शन दिनु भयो । म सँग दोहोरो मेरा प्रश्नका विषयमा जबाफ्m दिनुभयो जीवन भरका लागि अर्ति र बाटो देखाइ दिनुभयो । जीवन भरसम्मका लागि साथी हुने गरेर उपदेश दिनु भयो । कुनै दिन यो कुरा साबित भएपछि भन्ने छु । त्यस दिनबाट मेरौ जीवनमा केवल म र गणेशजीले भन्नु भएका कुरा मात्र छन् । त्यसैलाई जीवनको मन्त्र, गुरु, साथी, उद्देश्य मानेको छु । केही कुराहरु प्रमाणित भइरहेका छन् । केहीकुराहरु समय आएपछि मात्र प्रमाणित हुने कुराहरु हुन् ।
नेपालमा आएर केही दिन आराम गरि दुर्गामाताले भन्नुभए जस्तो गरेर घर नजिकको राधाकृष्ण मन्दिरमा गइ सेवा, कितर्न गर्न थालेँ । त्यसपछि सपनामा पितृहरु आउदै मन्दिमा विलाएको, आनन्दित भएकाहरु देखिन्थे । अलिअलि बाँकिरहेको त्रासपनि सबै हरायो । शरीरपुरा स्वस्थ अनुभव भयो । मस्कोको जस्तो हरेक दिन पुजागर्न छाडिदिएँ र भावमा अब त्यसो गर्नु पर्दैन भन्ने थियो । अब विद्यार्थिका जस्तो गरेर पढ्ने्, लेख्ने र जानेका ज्ञानलाइ थनको लगाउदैछु ।
नेपालमा आएर सबै पितृहरुलाई भवसागर तारेर मेरो भवसागर यात्राको विसर्जन जस्तो भयो । विसर्जनहुन नसक्नेहरुलाइ वास्ता नगरि आफ्mु निगुर्ण रुपको र ब्रह्मको ज्ञानको पूर्र्ण आभास गरेपछि आफ्mुलाई कष्ट नहुने कुरा जानेको थिए ।
अब यि ज्ञानलाइ के गर्ने भनेर दोधार हुन थाल्यो । लेखेर ती कुराहरु कोट्याउन मन थिएन र डर लागिरहेको थियो कोट्याउन । नलेखु दिमागमा भरिएर बसेको छ भुल्ला भन्नेपनि डर छ । श्रीमतीका विचारमा अब यसलाइ नकोट्याउने भुलिदिने भन्ने थियो । तर मलाइ यसको महत्व थाहा थियो र यसको ज्ञान नहुँदा म कसरी भौतारएिको थिए । लेखुँ या नलेखू यस्तै भैरहेको थियो । लैख्नै पर्ला नत्र दिमाग भारीभइरहने भयो भन्ने जस्तो लाग्यो र केही कापी र सिसाकलम किनेर ल्याए । सिसाकलम तिखो बनाए र टेवलको अगाडि बसेर हातमा सिसाकलम खेलाउदै सुरु गरुँकि नगरु भन्दा भन्दै मस्कोमा खाएका कष्टहरुको याद आयो र यदि फ्mेरी त्यस्तै कष्ट र त्रासहरु भयो भने अब मेरा बलले भ्याउदैन बरु लेख्दिन भनेर निर्णय निकालेको त कानमा आएर रसियन भाषमा त्यसो भए किन मस्कोमा त्यस्तो गरेर पढकोत? (तग्दा पचेमु मस्कभे ताक उचिल्स्या ?) भनेर अलि क्याम्पसका टिचरले थर्काएजस्तो गरेर थर्कायो कसैले । मेले जवाफ्m दिएँ रसियनमानै मनमनै किनम? म मात्रै छु ?(पोचेमु या ?। सतो द्रुगिय नेत ?)र भनेर भने । उस्ले मलाइनै सोध्यो त्यसभएअरुकोछत ?( तग्दा खतो ?) मानौकि अरुकाहि छैनन म मात्र छु जस्तो गरेर भन्यो । एकदुइ कुराकानीमा नै म मा विद्यार्थि र गुरुको वार्तालाप जस्ता आभास आइसकेको थियो र अब टिचरले भने पछि मान्यै पर्यो भनेर करले माने जस्तो गरेर टेवलमा सिसाकलम फ्mालेर हुन्छत । ( नुलाद्ना ।) भनेर माने ।
साचैनै किताब लेख्न भनेर कापीमा रफ्m बनाएर कोर्न सुरुगरे पछि ती यादहरुका साथै ती कष्टहरु करिब १ प्रतिसतकोरुपमा भने पनि आउथ्यो । तर म अब अर्कै मान्छे, जानेको निडरभइ सकेको थिए । किताब कसरी लेखु किताबमा के के कुराहरु समावेशगरु किनकि म सँग धेरै अनुभव छन् । कुनअनुभव लाई लेखू, किताबको नाम के दिउ भनेर सोच्दै थिए । कापीमा केही दिन कोरेर पहिला किताबका मुख्य भागहरु, अगाडिमा यो लेख्छु, यो पाठ बनाउछु बीचमा यो राख्छु अन्तिमा यो राख्छु भनेर कोर्दा कोर्दा मध्ये रात भइसकेको थियो र अन्त्यमा किताबको अगाडि पछाडि भागहरु कोरेर नाम सायद यस्तो राख्नु पर्ला भनेर केही नामहरु लेखेर पछि निर्णय गनुपर्ला भनेर अब सुत्न जान्छु भनेर कोठामा बत्ती निभाएर वेडमा गएर सिरानीमा पल्टेको थिए । सिरानी भरी ठुला ठुला अक्षरहरु आउन थाले । कोठामा बत्ती बलेको छैन । म निदाएकोछैन तर निदाउन भनेर आँखा बन्द गरिरहेको छु । केही सेकेण्ड अक्षरहरु, कुनै पत्रीकाका पानाहरुजस्ता, कुनै किताकापानाहरु जस्ता यताबाट उतागर्दै आउन थाल्यो । म सिरानीमा यता पल्टने र उता पल्टने गरिरहेको थिए । यो किताब कोर्ने लेख्नेबेलामा श्रीमती माइत गएकि थिइन र मलाइ यस किताबमा केन्द्रित हुन एकान्तता आइरहेको थियो । यसरी केही छिन अक्षरहरु आउनेर जाने हुँदा हुँदा अचानक कुनै नेपाली प्रसिद्ध प्रत्रिकाको पानाजस्तो भनेर भाव आउदै प्रत्रिकाको मूख्य लाइनहरु जस्तै गरेर तल अरु पढ्न अलिबढी ध्यानदिनु पर्नेजस्ता सानालाइनहरु र माथि ठुलौ मुख्य लाइन जस्तो गरेर अक्षरआयो भय र मृत्युसँगको मेरो सम्पर्क र सँघर्षको रस भनेर स्पष्ट, ठुलाठुला गरेर अक्षरहरु आएर मेरा अगाडि अडिएर यही हो तेरो किताबको नाम भनेर भाव आयो । मैले तुरुन्त एक सेकेण्डमानै बुझँकि यो भन्दा राम्रो नाम अरुहुन सक्दैन । यस्तो नाम मैले सोचेको पनि थिइन । भोलि सम्ममा भुलिएला भेर जुरुक्क उठेर कापीमा किताबको नाम भनेर लेखेँ । पछि केही दिन सम्म यस नामका बारेमा सोचेँ । यो किताबको साराँशलाई यो भन्दा अर्को नाम हुन सक्दैन भन्ने लाग्यो । मलाइ किताब लेख्न सहयोग दिइरहेका रहेछन् । यो नाम भनिदिएर ठुलो सहयोग गरिदिए भन्ने लाग्यो । केके कुराहरु लेखूँ ।अनुभवहरुधेरैछन् । मानिसलाइ विश्वास आउने गरेर उदाहरणहरुदिननु पर्यो । अरमानिसको नाम समावेश, उदाहरणहरुदिँदा अरुलाइ सोध्नुपर्ने होला ।केगर्नेभनेरयस्तै तर्कहरु आइरहेका थिए । त आफ्नो अनुभवमात्रै राखेपनि पूर्ण भावआउछ अरुको उदाहरण दिनुपर्देनभनेर भाव आयो । तैपनि यो कोट्याउने काम धेरै लम्बाउन मन नलागेर किताब छोटो बनाउने र छिटाछिटो गरेर सिध्याउने मेरो भित्री योजना थियो । वेडमा पल्टेर केही सोच्ने, सम्झने उठेरकापीमा लेख्ने यसतै गर्ने गरेको थिए । म कहिल्यै कुनै किताब लेख्ने नगरेको कुनै कविता रचना नगरेको र मेरो परिवारमा आफ्mन्तमा लेख्ने हैन पढीदेउ मात्र भन्दा रिस उठ्ने र रातदिनमिठो खान नपुगेकाहरुको बहुमत छन् । म मा कुनै किताब लेखेर कसैलाई केही मिठो कुरा व्यक्त गर्न सकुँला भनेर कुनै भित्री विश्वासनै जाग्न सकेको थिएन । भनौँ भने करले मात्र किताब लेख्न गइरहेको थिएँ । दिउसो खाना खाइ सकेपछि केही सोच्ने कापीमा कोर्ने काम गर्दागर्दै थकाइ लागे जस्तो भयो र यसो बेडमा पल्टेर अाँखा बन्द गरेको थिएँ । आँखा अगाडि केही अक्षरहरु आए नेपाली भाषामा कुनै पुराना किताबका पानाहरु जस्ताहरु थुुपै आइरहेका थिए । आउँदा आउँदा एक लाइनमा गएर अडियो र त्यहाँ …अथकुमारअनुसारेण…भनेर लेखिएको थियो । मैले बुझिहालेँ कि मलाइ लटर पटर गरेर लेख्न पाउदैनस् भनेको हो । यो किताब मानिसले कुनै ग्रन्थ जस्तो ज्ञानको स्रोतको रुपमा लिनेछन् भन्ने भाव पनि आएको थियो । मैले यिनले यत्तिकै नछोड्ने भए भनेर सोचेँ । अलि सकेसम्म गहिरिएर भाव व्यक्त गर्नथालेँ । किताब धेरै लामो हुने भयो मलाइ कसरी छिटो छिटो गरुभइ रहेको थियो रमैले किताबलाइकेही भागमा छुट्याएरपहिला विज्ञानभागमात्र लेख्ने रपेकासित गर्नेअरुअनुभवका भागहरुपछि अलि फ्mुर्सदमा लेखनु पर्ला भनेर त्यसैगरि विज्ञानभाग बनाएर सिध्याएँ । पटकपटक जाँच गरेँ । अब यति लेखेर सिधयाउन पाएटाउको हलुङ्गो हुन्थ्यो भनने लागेको थियो । र त्यस लेखिसकेको कम्प्युटर मा हालेर जाँचहरु भइसकेको भाग लाइ फ्ेरी सबैहेरेरजाँच गरेको पुराभाव आइरहेको थिएन । बकेगर्नेहोला भनेर बेडमा पल्टेर सोच्दै अब एउटा पाठ टपिक थप्नु पर्ला नत्र भाव नआएजस्तो भयो भनेर सोचेको थिएँ । कसैले आएर कानमा जो वादा कियाहे वो निभाना पडेगा हिन्दी गीतको लाइन भनेर गायो । मैले बुझिहालेँ यिनले मलाइ यसै छाड्दैनन् । यिनले लेखाएरै छाड्ने भए बरु अब सबै लेखिेदन्छु भनेर सबै लेख्न तिर लागेँ ।
सबै लेखेर सिद्धाए पछि दिमाग साँचैकै हल्का भयो । यत्रा पानहरु दिमागमा कोचिएर बसेको रहेछ ।
मलाइ थाहा छैन कि यि बोल्नहरुको हुन तर तर्क पूण, विषय बस्तु सँग सम्बन्धित गरेर बोल्छन् । शिक्षा र सल्लाह दिन्छन् ।
यसरी करिब सात बर्ष अगाडि डर, त्रात्र, भुत प्रेत बोक्सीहरुबाट सुरभएको प्रतक्ष सम्पर्कको मेरो लडाइ अन्तमा तिनीहरुसँग अझ स्पष्ट सम्पर्क हुन गइ तिनीहरुका बारेमा पूर्ण ज्ञान हुन गइ पितृहरुको ज्ञान, र सम्पर्क र देवीदेवताका ज्ञान र दोहोरो स्पष्ट सम्पर्क आइ लडाइ समात्त भएको छ । दुःख र कष्टको सिमानै थिएन तर अन्तमा खुसी छु र जीवनको धोको पुगेको छ । यस लडाइका र जम्काभेटका समयमा म आफ्नो काम कारोवारमा मेरो हैसियत भन्दा माथिको आकाशमा पुगेको थिएँ । चारै तिर प्रगतिका लक्षणहरु मात्र थिए । मेरो पहिलो जम्काभेटको केही अस्पष्ट खिचातानीमा मैलै मेरो सर्वश्व भएपनि यसको जरो पत्ता लगाउछु भनेर कमस खाएको थिएँ । सायद त्यसैलेपो होकि यस लडाइको अन्तमा मेरो भौतिकरुपमा सर्वश्व गएको थियो । म सँग अब बाँकी भनेको देवीदेवतासँगको प्रतक्ष सम्पर्कको अनुभव, गणेशजीले भन्नुभएको शव्दहरु, र मेरा अनुभवका बारेमा लेखिएको यस किताब मात्र बाँकी रहेको छ । यसै किताबका ज्ञानद्धारा हरेक मानिस अदृश्यहरु केहो, भुत, प्रेत के हो भनेर चिन्ने र बचावट गर्न सक्नेछन्, पितृको हो, के गर्नहुन्छ, केगर्न हुँदैन भन्ने जान्नेछन्, देवीदेवता को हुन् र ती सँग प्रतक्ष सम्पर्क हुन सक्ने छन् । अझ अलिकति बढाएर भन्नेहो भने यस किताबको ज्ञान र भाव विना गरिएका सबै कार्यहरुजस्तै भुत, पे्रत सम्बन्धिक कार्यहरु अपूर्ण छन्, पितृकार्यहरु अपुर्ण छन्, देवीदेवताका कार्यहरु अपूर्ण छन् । त्यस्ता अपूर्ण ज्ञान भएका कार्यहरुगर्नु भन्दा नगर्दा र चर्चानै नगर्दा मानिसहरु तिनीहरुको सम्पर्कमा कम आउने र सँकटकम पर्नेहुन्छ । यो ज्ञान विना डाक्टर र बिरामीका बीचको सम्बन्ध, डाक्टरले गर्नेगरेको उपचारका बिधि अपूर्ण हुन्छन् । यस ज्ञान विना विश्वविद्यालयका पढाइ, विज्ञानका मानिसको बारेमा भएका अध्ययन, सृष्टिकाबारेमा भएका अध्ययनहरु, परिभाषाहरु अपुरा हुन्छन् । यस्तो जिम्मेबारीका कुरा गर्दा यो घमण्डि रहेछ भन्लान् । मैले घमण्ड गरेको हैन । मैले आफ्ना जीवनमा भोगेका अनुभवको सुझाब हो । सबै अनुभवहरु भन्न सम्भव छैनन् । यस कुरासँग बिरोध गरेर समय फ्mाल्नु भन्दा सबै सम्बन्धितहरुले अध्ययन अगाडि बढाउनु बढी बुझ्न खोज्नु उचित हुन्छ । इच्छुकहरुको लागि यस्ता गहन कुरा सजिलोसँग बुझ्न सकिने, केही अनुभव गर्न सकिने गरेर तयार गरिएको छ यो पुस्तक । म कुनै अति बुद्धिजीवी वा ट्यालेन्ट भएर यसतो ज्ञान म कहाँ आएको पनि होइन । म पनि अरुजस्तै नै हुँ । त्यस्तै थिएँ । अरुलाई जस्तै मिठो खानु पर्ने, राम्रो लाउनु पर्ने, सके सम्म धेरै, अरुकोभन्दा धेरै, सके अरुको भाग पनि पाउन पाए हुन्थ्यो भन्ने खालको नै हुँ । । त्यस्तै सर्वसाधारण नै हुँ । खै कुन्निके गडबड भयो र म बीचमा परेँ कि जस्तो लाग्छ । मलाइ कसैले त्यस्ता बातावरणमा पुर्याएर, करिब सात बर्ष सम्म सबै आँधिवेरिका खतरा बुझाएर जा अब किताब लेख भने कि ? नत्र मलाइ यस्तो किताब लेख्ने कहाँबाट खुबि र हिम्मत आयो होला र? मैले लेख्ने बेलामा पनि बिभिन्न स्पर्शहरु हुन्थे । सायद सिकाउनपनि आए होलान भने त्यस्ता गहनकुरा सिकाउन होस नखुलेकाले, आफ्mैले नजानेकाले सिकाउन सकेनन् होला पक्कै । होसखुलेका जानेकाहरुनै त आएहोलान् ? खै ! सबैकुरा बुझ्न गाह्रो छ । मैले पनि सबै कुराहरु बुझ्न, अर्थ लगाउन सकिन । तर यस किताबले हरेकको ध्यान दिएर पढेका पाठकको जीवनको सम्पुर्ण यात्रामा एक सहयोगी भएर आउने छ यस कुरामा लेखकलाई पूर्ण विश्वास छ ।
अन्य व्यक्तिले देवी देवताको प्रतक्ष दर्शन, स्पर्श गर्न सक्लानकि नसक्लान् ?
यदि देवी देवताहरु छन् भने उनीहर सँग सम्पर्क गर्न सकिनु पर्ने हो । तर प्राय जसो ती देवी देवताहरुशास्त्रका पँक्तिमा मात्र हुन्छन् भन्नेजस्ताकुरामात्र हाम्रो सँस्कार, पुजारी, धर्म गुरु, जोगीहरुले भन्न सकेका छन् । तर त्यसो होइन । देवी देवताहरु लाई सबै सर्वसाधारणले देख्न र अनुभव गर्न सक्दछन् । त्यको लागि शास्त्रमा उल्लेख भए जस्तै केही तयारी मानिसले गरेकोहुनुपर्दछ ।
त्यो भनेको कुनै तपस्या, पुजा, दान, मन्त्रहरु मात्र होइनन् । सबै भन्दा पहिला हामीले खोजेको कुराको बारेमा बुझेको हुनुपर्दछ । त्यस पछि मात्र त्यसलाई देख्न, स्पर्श गर्न सकिन्छ । देवीदेवताभनेको चेतनाका शरीरहरहुन् । उहाहरु मनिसको जस्तो भौतिक रुपमा आउन सक्कनु हुन्न ।चेतनाको शरीर भएको र हाम्रो चेतनाका कुराहरुबुझ्न सक्नु हुन्छ ।मानिसको जुनसुकैभाषाहरुपनि उहाँहरुलेबुझ्नुहुन्छ । मानिसले उहाँहरुलाई तेश्रो नेत्रको प्रभावबाट मात्र देख्नसक्दछ । त्यो भनेको यात छायाँरुपमा झलक्क गरेर केही क्षणको लागि ,या त आँखाबन्द गरेकोबेलामा चित्रमा आउने, शरीरका अङ्गहरुले पनि स्पर्श गर्नसक्दछन् । नाकमा बास्नाहरु, मुखमा बोलिहरु, कानमा आबाजहरु, छालामा स्पर्शहरु हुन् ।स्वस्थ मानिसको पनि यि स्पर्शहरुअलिअलि रहेको हुन्छ । यो स्पर्शगर्नलाई अलिअलि पागल हुनु पर्नेहुँदैन । अलिअलि पागलहुनु परेको यो तेश्रो नेत्रहुन्छ भनेर नजानेर पागल जस्तो हुनु परेको हो । जब त्यस्ता स्पर्शहरुहुन्छन्भने पछि ती स्पर्शहरु स्वस्थ स्पर्शहरुहुन्छन् । तर त्यस्तैस्पशुहरुको मात्र इच्छा सँधैगरिराख्यो भने भने अनि अरुलेपनि पागल भन्लान र आफ्mुले पनि औषधि खानु पर्नेहुन्छ । सपना एक तेश्रो नेत्रको अङ्गहो ।हामीले मनमा जगाएका प्रश्नहरुको जबाफ्m सपनामा पाउन थालियो भने यो पनि एक सम्पर्कको सजिलो, सबैमा उपलब्ध साभनहो । तर सपनाको सही अर्थ लगाउन जान्नु पर्यो । यि साधारणकुराहरु जान्नु नै देवीदेवताहरलाइ प्राप्त गर्नेसाधारण बिधिहरु ह्ुन् । यसरी देवी देवता प्राप्त गर्ने बिधि र साधन साथ देवी देवताहरु निर्गण रुप हुन् मानिस सँगको स्पर्श, स्म्पर्कको लागिमात्र सगुनरुप मा आउनु भएको हो भनेर जान्ने र अनुभूति लिन सक्नु पर्दछ । केही ब्रह्मका गुणहरु जानेर महसुस गरेको हुनु पर्दछ । मन्दिरराखिएका मुर्ति मानिसलाई सम्पर्कगर्न अनुभव,यादगर्न सजिलो रुपमात्र हो, देवीदेवता सर्वत्र हुनु हुन्छ । यि ज्ञान र गुणभएका मानिसहरु देवीदेवताका प्यारा हुन्छन् । यो कुरा जानेर भक्ति महसुस गरेर भक्तिभनेको सबभन्दा महत्वपूर्णकुरा देवीदेवताहुन् भनेर देवीदेवतास्थानमा गएपछि अन्य सबै दकस,लाज, बन्धनहरु तेडेर देवीदेवताका नजिक पुगेको आभाष गर्ने गर्न थाले पछि देवी देवताहरुपनि त्यस्ताभक्तलाइ डोहोर्याउन थाल्ने हुनछ । रबिस्तार बिस्तार उहाँहरुकोस्पर्शहरु मानिसको दिमागमा पूर्णरुपमा विश्वास जाग्ने गरेर आउनु हुन्छ ।
मैले आफ्mुमा देवीदेवताको स्पर्श,दर्शनहरु गर्न सकेकपछि यी कुरा ममा मात्र हुन सक्दछन् कि अरुमा पनि यो हुन सक्दछभनेर जाँच गर्न मन लागि रहेको थियो ।मलाइ थाहा थियो कि मैले खास बढी केहपिनि गरेको होइन जीवनमा र पनि देवीदेवताहरु सम्पकृमा आउनु भउको थियो ।मैले केवल तरिका।तर्क,अर्थ, साधनहरु पत्तालगाउको थिउँ र त्यसै माध्यमबाट सम्पर्कहुनु पर्दछभनेर अर्थ लगाउको थिउँ ।आखिरमा ति माध्यम रसाधन सहीथिए । म नेपालमा आय मैले जानेका कुराहरु अध्यास परिक्षणहरु गरिरहेको थिए । त्यसै क्रममा मैले मन्दिरमा गइ भजन किर्तनगरि देवदिेवताहरुका सल्लाह अनुसार पितृतार्न कार्यहरुगरिरहेको थिएँ । त्यस कार्यको लागि देवदिेवताप्रतिको सर्मपणको आवश्यकताहुन्छ । म एक्लै मन्दिरमाभजन किर्तन गर्नलाँगे ।हरेकदिन ।यसो गर्दा ठुलाबढा ले अर्कैसो थाले होलान तर केही कृटाकेटिहरु मेरा पछि लागेर हरेक दिन मन्दिरआउने मसँगसँगै किर्तनमा भाग लिनथाले । मैले तिनीहरुलाइछोकरीमा देवीदेवताभनेको यसताहुन्। उनीहरुसँग सम्पर्क गर्ने तरिकाहरु इस्ताहुन, ब्रह्मभने यस्तोहो भनेर केही बुझाए। प्टक पटकगरेर । रमन्दिरमाआएपछि कोही नाताहुन्दैन सबै भक्तमात्र हुनछन् र मन्दिरमाआइ पुजागरेर देवीदेवतासँग केहीनकेही सँधैमाग्नेहरुलाइ भन्दा मन्दिरमा आइ केही नमागि जुजाआजा पनि नगरेपनि भक्चिले शरणमा परेर मन्दिरको सेवा,सफ्mा सुग्घर,प्रसादघरबाट ,वा किनेर ल्याएर चढाएरअन्य भक्तहरुलाइ बाड्नेर किर्तनमा अरुकेहीकुरा नदेखि केवल भगवानलाइमात्र सम्झेर नाचगानमा भागलिनेहरुलाइदेवदिेवताले बिभिन्न तरिका बाट दर्शन दिनुहुन्छ भनेर बुझाउन सकेँ । ती ७बर्षदेखि १२बर्षृ ननागेका बच्च्चा बच्चीलेत्यसैगरे र हरेकले पटकपटकदेवदिेवताका स्पर्श, दर्शन,सम्पर्क गर्नेमौका पाएर आनन्दित भएका थिए अनन्दित छन् ।
मानिसको जीवन यस किताबको भाव विनापनि सुखि हुन सक्दछ । तर त्यो सुख क्षणिक सुख हो मानिसको जीवन उसको देख्ने गरेको मृत्यु पछि पनि जीवित छ भनेर नजान्दा ती सुखका क्षण मृत्यु पछि घोर कष्टको भुमरीमा पर्दछ । यदि मानिसले जीवनको रहस्य बुझ्न सक्यो र मृत्युपछिको जीवन र त्यहाँ हुन सक्ने अज्ञानताको खाडलबाट बच्ने उपाय जान्न सक्यो भने यहाँ गरिब भै पछि त्यहाँको लागि आवश्यक कमाइ सँगालेको हुन्छ । त्यसैले जो व्यक्तिले यस किताबलाइ पढेको छ त्यसले अमृत रस पान गर्दछ यसमा लेखक पूर्ण विश्वास छ । पहिलो चोटि पढ्दा हुन सक्छ सबैकुराहरु बुझ्न नसक्ला त्यसैले अमृतपान केवल सानो चम्चा मा चाख्न मात्र भ्याउला । फ्mेरी त्यस अमृतको स्वादले फ्mेरी पढ्नमन लागेर पढे अमृत ठुलो चम्चाले खालान् । फ्mेरी पढे डाडु, बोटुकामा खालान । दसौ पटक पढ्नेले त्यसै अमृतमा डुबेर आफ्mु, आफ्ना, पितृ, पछाडिका पिँडिलाइपनि पुग्ने गरेर अमृत पान गर्नेछन् । मैले यस किताबमा आफ्नो व्यक्तिगत तर्क भनेर केही थपेको छैन । यिसबै तर्कहरु यात विज्ञानमा, शास्त्रमा, सँस्कारमा, सपना, कानमा, आफ्ना अनुभवहरुबाट प्रमाणित तथ्यहरु राखेकोहुँ । म किताब लेख्न जान्ने, भाषा राम्ररी जानेको मानिस हैन । त्यसैले किताब लेखाइमा कतिपय त्रुटि भए होलान् । यसलाइ अन्जानमा गरिएका त्रुटि भनेर भुलिदिनुहोला र यस किताबको मुख्य तात्पर्य लाईनै प्रमुख उद्देश्य मानिदिनु हुन सबैमा आग्रह गर्दछु ।
यो मेरो जीवनको करीब ३ बर्षदेखिको तपस्याको अन्तहो, एकान्तताको प्रतिबद्धताको अन्त हो । कसैसँग मनमुटाब, झगडा नगर्ने प्रतिबद्धताको अन्त्य हो । त्यसको मतलब अब सबै सँग झगडा गर्दै हिड्छु भनेको होइन । तर मेरो अदृश्य सन्सारसँगको लडाइ चलिरहेको भएर ती लडाइमा म सँग सम्पर्कमा आउनेहरुको जरो पत्ता लगाउनु पर्ने, त्यसको लागि ठुलो मिहिनेत र एकाग्रताको आवश्यकता, सहनसिलताको आवस्यक पर्नेभएकोले म सँग नभएका एकाग्रता र सहनसिलतापनि ल्याएर बस्नु परेको थियो । आखिरमा ति मेरा तिनीहरु प्रतिको लामो समय सम्मको नियालेर हेर्नसकेको कारणनैमैले त्यस अदृश्यहरुलाई स्पष्टगरेर अनुभव गर्ने सकेको थिएँ । करिब ७ बषदेखिको अदृश्यहरु सँगको लडाइ जम्काभेटको अन्त हो । करिब ७ बर्ष देखि आम्म्सिक रुपमा र ३ बर्ष देखि पूर्ण रुपमा कुनै लेनदेन कामकारोबारमा सहभागि नहुने प्रतिबद्धताको अन्त हो । करिब ३० बर्ष देखिको विज्ञानको छात्र, चिकित्सा शास्त्रको छात्र, त्यसपछिका अनुभवका दिनहरु देखि थुप्रिदैआएको प्रश्नहरुको समाधान हो । कतिपय व्यक्तिगत आवस्यकताहरु, जिम्मेवारिहरु अलपत्रपेका छन् । अब ती सबै अस्तव्यस्तलाई सम्हालेर व्यक्तिगत जीवनको पुनःसुरुवात हो । यिनै कुराहरुका लडाइमा म अन्य कतिपय सामाजिक मान्यताका कुराहरुमा पछाडि परेको छु तर मलाइ सबै जिम्मेवारि थाहा छ । ती सबै सम्हाल्ने सुरुवात गर्दैछु ।