राम लक्ष्मण सम्वाद खण्ड

⇐विषय सूचीमा फिर्ता 

शास्त्र खण्ड

जीवनका लागि शास्त्रले दिएको मार्ग निर्देशनहरु:

राम लक्ष्मण सम्बाद (रामायण पुराण कथाबाट)

( रामचन्द्रजी आफ्ना बुबाको आज्ञा अनुसार १४ बर्ष वनबास जान भनि सबैसँग बिदा हुँदै तयार भइरहेका बेलामा आफ्नी आमा र भाई लक्ष्मणसँग बिदा लिने क्रममा आमाले वियोगमा रुँदै बिदा दिन इन्कार गरिरहेकी थिईन् र भाई लक्ष्मणले आफ्नो घरको पारिवारिक षड्यन्त्रका कारण दाजु रामचन्द्रलाई अन्याय भएको र उसले यस अन्यायको बिरोध गर्ने प्रण गर्दै आफ्ना बुबा दशरथलाई अन्यायी भन्दै र दाजु भरत जो अब राजा हुने अबसर पाएको थियो उसलाई पनि धोकेबाज भन्दै दुबैसँग लडाई गरि, लडाईमा तिनीहरुलाई पराजित गरि, दाजु रामचन्द्रलाई राज्य फिर्ता गर्ने छु, हजुर वनबास जानु पर्दैन भन्दै बिन्ति गर्दै थिए । त्यसै बखत रामचन्द्रजीले भाई लक्ष्मण र आमालाई सम्झाई रहनु भएका उक्तिहरु …(रामायणबाट जस्ताकाे जस्तै सारिएकाे हाे । केही असुध्दहरू छन् त्याे रामायणमा नै त्यस्तै थियाे )

सुन्यौ भाई ! लोकमा, शरीर अति कच्चा छ जनको ।

शरीर कच्चा जानी, नगर तिमी रिस् कत्ति मनको ।।

सबै बोल्छन् चल्छन्, बिजुली सरि एकछिन् न रहन्या ।

बिचार् यस्तो राखी, सहु तिमी बडो हुन्छ सहन्या ।।

भ्याक्तो खाँ भनिखोज्छ डास् मुख बिषे, साँपले धड्याको पनि ।

एसतै भोग गरुँला भनेर मनले, भन्छन् दुनियाँ भनी ।।

क्याको रिसछ यहाँ विचार मनले, काल् सर्पका मुख् परी ।

क्या होला वन जाउँला इ सबमा, आनन्द राखुन् हरी ।।

देश देशका बाटुलिन्छन् बुझ तिमी मनले, बाटाका पाटी माहाँ ।

बातचित् गर्दै रहन्छन् खुशीसित मनले, बन्धुझैँ राती ताहाँ ।।

प्रात:कालभो जसैता उठीकन ति सबै, दशदिशा लागी जान्छन् ।

बन्धुको सँग यसतै बुझिकन गुणीले, दु:ख सुख एक मान्छन् ।।

छाया तुल्य छ लक्ष्मी यौवन भया, भेलै सरीको भनी ।

भन्छन् स्त्री सुखलाई स्वप्न सरिको, साँचो कुरा हो पनि ।।

यस्तो जानी पनि मनुष्य सब्, सँसारमा झुल्दछ्न् ।

भुल्नैका वशले अनेक दु:ख सही, सँसारि भै डुल्दछन् ।।

जुन यो देह निमित्त यो रिस गरयौ, चिन्छौ कि कस्तो छ यो ।

हाड्, मासु र रगत् नसा यति कुरा, जम्मा भई बन्छ यो ।।

विष्ठा हुन्छ कि भष्म हुन्छ पछि तक्, बाँच्दैन यो त कसै ।

यस्का खातिर क्रोध गर्यौ पनि भन्या, पाप् मात्र मिल्ला उसै ।।

क्रोधै हो यमराज् सबै इ जनको, वैतर्णी भन्या पनि ।

तृष्णा हो भनि यो बुझेर तिमीले, कैल्हे न बिर्स्या अनी ।।

सन्तोषै बुझ कामधेनु सरिको, सन्तोष मनले रहु ।

रिस गर्नु बढिया हुँदैन वनमा, जानु असल् हो सहु ।।

यस्तै हो सुन कर्मका वश हुँदा, बस्तैन एक् ठाम् रही ।

कस्तै कोहि हवस् अवश्य करले,जानु छ जाहाँ गई ।।

कर्मैको फल भोग गर्छ दुनियाँ, यै बात जानी लिनु ।

आमाले पनि एहि बात् बुझि यहाँ, बिदा उचित् हो दिनू ।।

यो बिन्ती गरी पाउमा जब परया, बिदा दिईन् माइले ।

आँशु थाम्न कठिन् भयो सब शरीर्, निथरुक्क भो आँशुले ।।

आशीर्वाद् र बिदा समेत् जब मिल्यो, खुश मन् भयो रामको ।

लक्ष्मणले पनि साथ जान्छु म भनी, बिन्ती गरया जानको ।।

⇐विषय सूचीमा फिर्ता

This post is also available in: English