शास्त्रका केही पङ्तिहरू

⇐विषय सूचीमा फर्कन

विभिन्न हिन्दुशास्त्रहरूका विभिन्न पँक्तिहरुका केही महत्वपूर्ण भागहरुलाई प्रस्तुत गर्न चाहन्छु ।
शास्त्रका केही कथनहरु मध्ये वेदको पद्मपुराण अन्तर्गत एक पौराणिक कथामा भगवान् शिवजीले भगवान रामचन्द्रलाई कुनै प्रसङ्गमा सम्झाइ रहनु भएको केही पँक्तिहरु वयान गर्न चाहन्छु ।

मानिसको शरीरमा अरु लिँग शरीरको प्रवेश हुन्छन् भन्ने भनाइका शास्त्रले स्पुष्टि गरेको छ ।
तथैवँ ज्ञानवान्विप्रो देवना दुःखदो भवेत् ।
त्रिदशास्तेन विघ्नति प्रविष्टा विषयँ नृणाम ।।
अनुवाद —यसरी ज्ञानवान ब्राह्मणहरु देवताहरुका लागि दुःख दाता हुन किनकि ज्ञानवानहरु कर्म गर्दैनन् र देवताहरुलाई भोग मिल्दैन । त्यसैले देवताहरु ती ज्ञानवानहरुका परिवारका श्रीमती छोराछोरीमा प्रवेश गरि दुःख दिन्छन् ।

तस्माद्वानरतामेत्य भवन्तो युद्धदुर्मदाः ।
साहाय्यमस्य कुर्वन्तु तेन सुस्था भविष्यथ ।।
अनुवाद— यसकारण तिमीहरु युद्धमा भयानक कर्म गर्ने वानरहरुको शरीर धारण गरेर वानरलाई सहयोग गर । यसले तिमीहरु सुखी हुनेछौ ।

चेतनाको शरीर हुन्छ भन्ने कुराको स्पुष्टिः
जरायुजोऽण्डजश्चैव स्वेदजश्योद्भिज्जस्तथा ।
एवँ चतुर्विधः प्रोक्तो देहोऽयँ पाञ्चभौतिकः ।।

मानसस्तु परः प्रोक्तो देवानामेव स स्मृतः ।
तत्र वक्ष्ये प्रथमतः प्रधानत्वाज्जरायुजम् ।।
अनुवाद—जरायुज, अण्डज, स्वेदेज र उद्भिज यी चार प्रकारहरु भौतिक पदार्थको शरीरको प्रकारहरु हुन् ।
पाचौँ प्रकारको शरीर भनेको मानसिक उत्पत्तिको शरीर हो । ती सबैमध्ये जरायुज प्रमुख हो । त्यसैको वर्णन गर्दछु भनेर शिवजीले भन्नु भयो ।
अदृश्य चीजहरु देख्नलाई अर्कै नेत्र चाहिन्छ भन्ने कुराका स्पुष्टि
मयि सर्वँ यथा राम जगदेतच्चराचरम् ।
वर्तते तदृशयामि न द्रष्टुँ क्षमते भवान् ।।
अनुवाद—यो सबै सँसार चराचर जगतमा म वर्तमान छु । त्यो तिमीलाई देखाउँछु । तर त्यो देख्न तिम्रो समर्थ छैन ।
दिव्यँ चक्षुःप्रदास्यामि तुभ्यँ दशरथात्मज ।
तेन पश्य भयँ त्यक्त्वा मत्त्जोमण्डलँ ध्रुवम् ।।
अनुवाद— त्यसैले यो हेर्नको लागि तिमीलाई दिव्य नेत्र दिन्छु । त्यस दिव्य नेत्र द्वारा भय त्याग गरेर तिमीले मेरो दिव्य स्वरुप देख्नेछौ ।
ब्रह्म, सृष्टि, आत्मा, लिँग शरीरको उत्पत्ति, गुणहरुको वर्णनहरुका बारेमा;
अव्यक्तादभवत्कालः प्रधानपुरुषः परः ।
तेभ्यः सर्वमिदँ जातँ तस्माद्ब्रह्ममयँ जगत् ।।
अनुवाद—अव्यक्तमा कालको उत्पत्ति भयो । त्यसबाट प्रधान पुरुषको उत्पत्ति भयो । त्यसबाट जगत उत्पत्ति भयो । त्यसैले यो जगत ब्रह्ममय हो ।

महादाद्यँ विशेषाँतँ सँप्रसुतेऽखिलँ जगत् ।
या सा प्रकृतिरुद्दिष्टा मोहिनी सर्वदेहिनाम् ।।

अनुवाद—जुन महत्बाट सम्पुर्ण जगत् उत्पन्न गर्दछ । हरेक महत् अर्कौ महत्को प्रकृति सँग मोहित हुन्छ ।

कालः सृजतिभूतानि कालः सँहरते प्रजाः ।
सर्वे कालस्य वशगा न कालः कस्यचिद्वशे ।।
अनुवाद—यो कालले नै जीवहरुको उत्पन्न गराउँछ र कालले नै सँहार गर्दछ । सम्पूर्ण कालको वशमा छ काल कसैको वशमा छैन ।

लिँग शरीरको बारेमा शास्त्रमा गरिएका चर्चाहरु
यथा घटे नीयमाने घटाकाशोऽपि नीयते ।
तद्वत्सर्वगतोऽप्यात्मा लिँगदेहे विनिर्गते ।।
अनुवाद—जसरी भाँडा जताजता लग्यो त्यस भाँडा भित्रको आकाश पनि त्यता त्यता जान्छ त्यसै गरि सर्वत्र भएको जीवात्मा लिँगदेह भित्र प्रतिक हुन्छ ।
एताँपश्यन्स्वयँज्योतिः साक्ष्यात्माप्यवतिष्ठते ।।
अनुवाद—सबैलाई देख्न सक्ने स्वयँज्योती आत्मा साँक्षीरुपमा सबैमा वर्तमान हुन्छ ।

किँ करोमि क्व गच्छामि किँ गृह्णामि त्यजामि किम् ।
इति कर्तव्यतामूढः कृच्छाद्देहात्यजत्सून् ।।
अनुवाद—के गरुँ ? कहाँ जाउँ ? के लिउँ ? के त्यागुँ ? यस्तो कर्तव्यतामुढ हुँदै आफ्नो शरीर त्याग्दछ ।
लेखकको विश्लेषण—स्थुल शरीर छाड्ने बेलामा वा भर्खरै छाडेको बेलामा लिँग शरीरले यस्तै के गरु ? कहाँ जाउँ?, के लिउँ ? के त्यागुँ ? भन्दै कर्तव्यमुढ भइ रहेको हुन्छ ।

स एव जगताँ भोक्ता नाद्ययोः पुण्यपापयोः ।
इहामुत्र गतिस्तस्य जाग्रत्स्वप्नादिभोक्तृत्ता ।।
अनुवाद—यही जीव अनादि कालदेखि पुण्य पापले निर्मित भएर बिभिन्न अन्य स्थावर, जँगम शरीरमा बास गर्दछ र फ्mल भोग्दछ । त्यसैको परलोकको गति हुन्छ र त्यसैको जाग्रत, स्वप्न, सुषुप्ति इ तीन अवस्था हुन्छ ।
आत्मनो न विकारित्वँ घटस्थनभसो यथा ।
एवमात्मा वपुस्तस्मादिति सँचिन्तयेद्धु धः ।।
अनुवाद—जसरी भाडाँ भित्रको आकाश विकार रहित छ त्यसै गरि यस आत्मा लिँग शरीर भित्र विकार रहित छ ।
अत्र पुँसाशित त्रेधा जायते जठराग्निना ।
मलः स्थविष्ठो भागः स्यान्मध्यमो माँसताँ व्रजेत् ।
माः कनिष्ठो भागः स्यात्तस्मादत्रमयँ माः ।।
अनुवाद—जीवले खाएको अन्न भित्र पाचन क्रियामा गइ तीन भागमा बाँडिन्छ । स्थुलभाग मल, मध्यभाग मासु, कनिष्टभाग मनमा बस्छ त्यसैले मनलाई अत्रमय भन्दछन् ।
यथा दर्पणकालिम्ना मलिन दृश्यते मुखम् ।
तद्वदन्तः करणगैर्दोषैरात्मापि दृश्यते ।।
अनुवाद—जसरी दर्पण(एैना)कालो भए दृश्य मलिन देखिन्छ त्यसैगरि लिँग शरीरको कर्मको दोष सँगसँगै आत्मा पनि मलिन देखिन्छ ।
लेखकको विश्लेषण—एैना मैलो भएर दृश्य मलिन भएको जस्तै लिँगशरीर मलिन भएको भएर आत्मा मलिन देखिन्छ कहिले कही तर आत्मा मलिन कहिल्यै हुँदैन ।
उध्र्वँ चौत्रामये यस्मादधश्चापनयाम्यहम् ।
तस्मादोङ्कारएवाहमेको नित्यःसनातनः ।।

अनुवाद—यस कारण जप गर्नेहरुलाई स्वर्गलोकमा लैजान्छु पुण्यक्षीण भएकाहरुलाई तल लैजान्छ । यो नित्य नियम र सत्य हो ।
लेखकको विश्लेषण— म नित्यसनातन हुँ । म कि माथि लैजान्छु कि तल लैजान्छु भन्नु भएकोमा पूर्ण व्याख्या नपुग्दा अर्थको अनर्थ हुन आएको छ जन मानसमा । हरेक व्यक्तिलाइ मर्ने बित्तकै भगवान शिवले पाप धर्मको हिसाब हेरेर त्रिशुलले टाउको हिर्काएर तँ तल जा या तँ माथिजा भनिदिने भएको भए त भाग्य नै हुन्थ्यो । त्यसो हुँदैन । सृष्टिमा भएका नियमहरु सबै उहाँबाट उत्पन्न भएको भएर सबै मैले गर्छु भन्नु भएको हो । पुण्य गर्नेहरुको लिँग शरीरको अन्नमय कोश हलुङ्गो हुने भएको भएर उनीहरु माथि तिर जान्छन् । पापीहरुको लिँग शरीरको अन्नमय कोश गहु्रङ्गो भएको भएर तिनीहरु जमिन सतह भन्दा तल तिर जान्छन् । । यो एक प्राकृतिक नियम हो । मृत्यु पछि त्यहाँ कोही लिन, पुर्याउन, छोड्न आउँदैनन् । सबै अलपत्र पर्ने हाे ।

पुनर्देहान्तरँ याति यथाकर्मानुसारतः ।
आमोक्षात्सँचरत्येव मत्यस्यः कूलद्वयँ यथा ।।
अनुवाद—कर्मअनुसार अर्काे देह प्राप्त गर्दछ र जसरी नदीको माछा कहिले यो किनारा कहिले त्यो किनारा गरि रहन्छ त्यसरीनै लिँग शरीर मोक्ष नहुन्जेल त्यसै गरिरहन्छ ।
तत्तकर्मानुसारेण जाग्रद्भोगोपलब्धये ।
इदँ लिँगशरीराख्यमामोक्षत्र निर्वतते ।।
अनुवाद—आफुले गरेको कर्म अनुसार जाग्रत अवस्थामा सुख दुःखको साक्षात्कार जीवले गराइरहन्छ । सबै कृया लिँग शरीरले नै उठाउथ्यो । जब सम्म लिँग शरीरको नाश हुँदैन, मोक्ष हुँदैन तब सम्म साक्षात्कार गरिरहन्छ ।
लेखकको विश्लेषण— लिँग शरीरले आफ्नो उपस्थितिहरु, अरुले थाहा पाओस भन्ने चाहन्छ भनेर भनेको हो । त्यसैले मौका पाउने बित्तिकै सम्पर्कमा आएको हुन्छ ।

“आनन्दब्रह्मज्ञाताँ न विभेती कुतश्चन”
अनुवाद—आनन्द ब्रह्मको ज्ञान भएकोलाई कुनै प्रकारको भयले छुन सक्दैन ।

ब्रह्मज्ञानका बारेमा भगवान शिवजीले भगवान रामचन्द्रलाई निराकार भगवानको रुप बुझाउन दिनुभएका उपदेशहरुका केही महत्वपुर्ण पँक्तिहरु ;
यस्तु सर्वाणि भूतानि मय्येवेति प्रपश्यति ।
माँ च सर्वेषु भूतेषु ततो न विजुगुप्सते ।।
अनुवाद—जस्ले सम्पूर्ण प्राणीमा मलाई देख्दछ र म मा सबै प्राणी देख्दछ उ निन्दा रहित हुन्छ ।
यत्र सर्वाणि भूतानि आत्मावाभूद्विजानतः ।
कोमोहस्तत्र कःशोक एकत्वमनुपश्यतः ।।
अनुवाद—जस्ले सबै प्राणीमा आत्मारुप देख्दछ र सबैलाई एकरुप देख्दछ त्यसलाई कुनै मोह र शोक हुँदैन ।

न कर्मणामनुष्ठानैर्न दानैस्तपसापि वा ।
कैवल्यँ लभते मत्र्यः किँतु ज्ञानेन केवलम् ।।
अनुवाद— न कर्मको फलबाट, न दान, न तप द्धारा मनुष्य मुक्ति हुन्छ तर केवल ज्ञान द्वारा मानिसलाई यसै जीवनमा कैवल्य मुक्ति प्राप्त हुन सक्दछ ।
आत्माज्ञानेन नष्टेऽस्मिन्साविद्ये सशरीरके ।
आत्मास्वरुपावस्थानँ मुक्तिरित्यभिधीयते ।।
अनुवाद— जब ज्ञान द्वारा जीव र ब्रह्मको भिन्नता अन्त्य हुन्छ तब अविद्या सहित रहेको लिँगशरीरको नाश हुन्छ र त्यस समय केवल आत्मा आफ्नो स्वरुपमा आउँछ र मुक्ति हुन्छ ।

उत्पादिते घटे यद्घटाकाशत्वमृच्छति ।
घटे नष्टे यदाकाशः स्वरुपेणावतिष्ठते ।।
अनुवाद—जसरी भाँडाको निर्माण हुँदा भाँडा भित्रको आकाशको निर्माण भएको थियो त्यसरीनै भाँडा नष्ट हुन गइ भाँडा भित्रको आकाश आफ्नो स्वरुपमा मिल्दछ ।
शास्त्रहरुमा उल्लेख हुनेगरेका मोक्ष भनेको के हो र यो कसरी प्राप्त हुन्छ ? भन्ने सन्दर्भमा यसरी व्यक्त गरिएको छ ।

यदा सर्वे प्रमुच्यन्ते कामायेऽस्यवशँ गताः ।
अथ मत्र्योऽमृतो भवत्येतावदनुशासनम् ।।
अनुवाद—जुन समय यो प्राणीको हृदयमा रहेको वासना नष्ट हुन्छ र वैराग्य प्राप्त हुन्छ तब यही लोकमा उ अमृत हुन्छ । यही वेदान्तको मुख्य शिक्षा हो ।

मोक्षस्य नहि वासोऽस्ति न ग्रामान्तमेव वा ।
अज्ञानहृदयग्रन्थिनाशो मोक्ष इति स्मृतः ।।
अनुवाद—मोक्ष भनेको अरु कुनै लोक होइन । केवल हृदयको अज्ञान ग्रन्थिको नष्ट हुनुलाई नै मोक्ष भनिन्छ ।

विश्लेषण—हृदयको अज्ञान ग्रन्थि भनेको लिँग शरीरको आवरणहरु हो । ती आवरणहरु बिभिन्न ग्रन्थि भएर बसेको हुन्छ । ज्ञान द्वारा शरीरको रचना चिनेर आत्मा र ब्रह्मको अनुभूति र लिँगशरीरको आवरणहरुको नष्ट हुनु र आत्मा स्वतन्त्र हुनु नै मोक्ष हो । मोक्ष भनेको कतै वा कसैले रथमा चढाएर लाने होइन ।

वृक्षाग्रच्युतपादो यःस तदैव पतत्यधः ।
तद्वज्ज्ञानवतो मुक्तिर्जायते निश्चितापि तु ।।
अनुवाद—वृक्षको हाँगाको भाग अगाडि भएमा जरा भन्दा टाढा परेर वृक्ष ढल्दछ त्यसै गरि ज्ञानी पुरुष ज्ञान पाएर मुक्ति पाउँछ । यस्मा तिमी निश्चित मान ।

तीर्थे चण्डालगृहे वा यदि वा नष्टचेतनः ।
परित्यजन्देहमिमँ ज्ञानादेव विमुच्यते ।।
अनुवाद—तीर्थ स्थानमा, चाण्डालको घरमा वा अचेतनमा शरीर त्याग गरेता पनि ज्ञानको शक्तिले उ मुक्त हुन्छ ।

सँवीतो येन केनाश्नन्भक्ष्यँ वाऽभक्ष्यमेव वा ।
शयानो यत्र कुत्रापि सर्वात्मा मुच्यतेऽत्र सः ।।
अनुवाद—मुक्ति प्राप्त गरिसकेको व्यक्ति कुनै प्रकारको वस्त्र धारण गरे पनि वा नग्न रहे पनि, भक्ष्य पदार्थ वा अभक्ष्य पदार्थ खाए पनि, जहाँ शयन गरे पनि, आफ्नो प्रारव्ध कर्मको समाप्ति भएपछि मुक्त हुन्छ ।
विश्लेषण—प्रारव्धकर्म भनेको ज्ञान प्राप्त पछिको बाच्नु पर्ने बाँकी उमेरको जीवन ।

क्षीरादुद्धृतमाज्यँ यत्क्षिप्तँ पयसि तत्पुनः ।
न तेनैवेकताँ याति सँसारे ज्ञानवाँस्तथा ।।
अनुवाद—जसरी दुधबाट निकालिएको घिउ पुनः दुधमा मिलेर बस्न सक्दैन त्यसरी नै ज्ञानवान व्यक्ति सँसारको वास्तविका बुझि त्यसमा आसक्त हुन सक्दैन ।

जन्मना जायतेशुद्रसँकारात् द्विज उच्यते ।
वेदाभ्यास भवेद्विप्रो, ब्रह्म जानाति ब्राह्मणः।।

हरेक व्यक्ति जन्मने बित्तिकैको अवस्थामा सबैजना शुद्र हुन्छन् । त्यस अवस्थामा फाेहोर मैला, अज्ञानी भएकोले शुद्र भएको हो । जब त्यस्ले विस्तारै विस्तारै सँस्कार पाउँछ, आफु भन्दा ठुलोले गरेको देख्छ, बुझ्छ, मन्दिरजाने, पुजामा सहयोग पुर्याउने, विभिन्न समारोहहरुमा भाग लिने, सुन्ने, इत्यादि गर्दै जाँदा उ उच्च उच्च हुँदै जान्छ र सँस्कार वाला हुँदै जान्छ र आफ्नो जात, धर्म, सँस्कृती सँग मिल्ने बन्न जान्छ । पछि वेदको ज्ञान र अभ्यास भएकाहरु विप्र हुन्छन् । तिनीहरु देवीदेवताका पुजा विधि, ब्रत, आफ्नो लागि गर्नसक्ने र अर्काको लागि गराउन सक्ने बन्दछन् र तिनीहरु विप्र, पण्डित, पुजारी गुरुहरु बन्दछन् । यदि तिनै विप्रहरु ब्रह्मको ज्ञान पनि पढेका छन् भने तिनीहरु ब्राह्मण हुन्छन् । ब्राह्मणहरु विप्रहरु भन्दा बढी पुजनिय हुन्छन् । ब्राह्मणहरुले आफुले जानेका ब्रह्मको ज्ञान अरुलाई सिकाउन सक्दछन् । तर सबै ब्राह्मणले ब्रह्मको अनुभव नगरेको हुन सक्दछन् । त्यसैले जुन ब्राह्मणले ब्रह्मको अनुभव पनि गरेको छ त्यो ज्ञानी हो । त्यो ब्रह्मको अनुभव गरेको ब्राह्मणलाई नै ज्ञानी भनिन्छ र उ अन्य ब्राह्मणहरु भन्दा बढी पुजनिय हुन्छ ।

यत्फलँ   लभते मत्र्यः कोटिब्राह्मणभोजनैः ।
तत्फलँ समवाप्नोति ज्ञानिनँ यस्तु भोजयेत् ।।
अनुवाद—जुन फल मानिसले कराडौँ ब्राह्मणलाई भोजन गराएर पाउँछ त्यत्ति फल एकजना ब्रह्मज्ञानीलाई भोजन गराएर पाउँछ ।
विश्लेषण—शास्त्रको भनाइ अनुसार ब्राह्मण भनेको र ज्ञानी भनेका फरक छ । ब्राह्मणले ब्रह्मको बारेमा पढेको हुन्छ । त्यहीकुरा अरुलाई सिकाउन सक्दछ । ब्रह्मज्ञानी ब्रह्मको बारेमा पढेको साथै अनुभव, अनुभूति गरेको हुन्छ । जुन अनुभूतिहरु एक ब्राह्मणले नगरेको हुनसक्दछ । ब्रह्मको अनुभूति गर्न ब्रह्मको ज्ञान साथै मनन र अभ्यासहरु गरेको हुनुपर्दछ । यही फरक यी दुइ विद्वानहरुमा हुन्छन् । ब्राह्मण वा ब्रह्मज्ञानी कुनै जातमा वा परिवारमा जन्मलिएर आफै  पाइने पदवी होइन । ब्राह्मणको परिवारमा जन्मेर सानैबाट सँस्कार पाउन सक्ने सम्भावना भएको भएर हरेक ब्राह्मणका छोरा वा छोरीहरुले ब्राह्मण बन्ने बढी सम्भावना हुन्छ । तर यो कुनैपनि अध्ययन र अभ्यास नगरिकन पैतृकरुपमा पाइने पदवी होइन । जुनसुकै व्यक्ति, नागरिक, जुनसुकै राज्यको, भाषा र धर्मको, सँस्कारको, विभिन्न शुद्रकर्म गर्दै आइरहेको, पुस्तौँ देखि शुद्रकर्म गर्दे आइरहेको, स्वदेशी वा विदेशी अमेरिकन, रसियन, बेलायती, जर्मनी, अफ्रिकन, अन्य सबैले सही सँस्कार सिकेका, वेदको अध्ययन गरेका, ब्रह्मको अध्ययन र अभ्यास प्राप्त गरि विप्र, ब्राहमण वा ब्रह्मज्ञानी बन्न गइ अति पुजनिय हुन सक्दछन् । यही कुरा शास्त्रको मनसाय हो ।

स शुद्रेण समस्तावद्यावद्वेदात्र जायते ।
नामसँर्कीतने ध्याने सर्व ए्वाधिकारिणः ।।
अनुवाद—जबसम्म ब्राह्मणको छोराको उपनयन हुँदैन वेदको वेदात्र जान्दैन तब सम्म उ शुद्र समान हुन्छ । नाम सँकीर्तन र ध्यान गर्न सबैलाई समान अधिकार छ ।
(यो कथन भगवान शिवजीले भगवान रामचन्द्रलाई भन्नुभएको हो । कसै कसैले लेखकले बनाएर लेखेछ भन्ने ठान्लान ।

ब्राह्मणः कर्मभिर्नैववर्धते नैवहीयते ।
न लिप्यते पापकेन कर्मणा ज्ञानवान्यदि ।।
अनुवाद—ब्राह्मण यदि ज्ञानवान नै छ भने उसलाई अब गरेको काम, कर्मको पाप र धर्मले छुँदैन । उसको कर्ममा बढ्ने र घट्ने हुँदैन ।
लेखकको विश्लेषण—यसरी ज्ञानी ब्राह्मणले जे गरे पनि पाप नलाग्ने भए त जति भ्रष्टाचार, चोरी, डकैती गरे पनि भयो ब्राह्मण र तिनका सन्तानले त ? भगवान शिवले यस कथनमा त्यस्तो कुनै जातको हात फुकाइ दिनुभएको त पक्कै हैन होला ? ब्राह्मण ज्ञानवान छ भने उसले चोरी डकैती गर्दैन । अलिअलि सानो तिनो कार्य, घरायसी खाने लाउने, केही कुरा माग्दा अलि धेरै माग्ने, जीवन धान्ने कार्यले कर्ममा बढ्ने र घट्ने हुँदैन भन्नु भएको हो । अरुको घरमा गएर सेफ, दराज फाेर्न भनेर हतौडा दिनुभएको होइन ।

भगवान कृष्णले अर्जुनलाई बताउनु भएको ज्ञान
यदा यदा हि धर्मस्य ग्लार्निभवति भारत ।
अभुत्थानमधर्मस्य तदात्मानँ सृजाम्यहम् ।।
परित्राणाय साधुना विनाशााय च दुष्कृताम् ।
धर्मसँस्थापनार्थाय सम्भवामि युगे युगे ।।
जब जब धर्मको नाश हुँदै जान्छ, साधुहरुको विनाश र दुष्टहरुको जगजगि हुन्छ, धर्म सँस्थाको रक्षा गर्न म युगयुगमा आइरहन्छु । यस्तो कथनको अर्थ हो भगवान मुरली लिएर, त्रिशुल लिएर मात्र आउने हैन । उहाँहरु सबै जगतमा व्याप्त, चेतना सहित, सबै प्राणीमा व्याप्त हुनु हुन्छ । धर्म सँस्थाको सँकट, साधुजन, सिधासाधा, सरल जनताको विनाशको स्थिति आउँदा उहाँहरुको अदृश्य उपस्थिति र अदृश्य सहयोगबाट त्यस सँकटको अन्त्य हुन्छ र सत्यको विजय हुन्छ भन्नु भएको हो । कुनैएक धर्मावलम्विको तर्फबाट लड्छु, अर्कोपक्षकोलाई नष्टगर्छु भन्नुभएको होइन । सँसारमा ठुला ठुला युद्धहरुमा अन्त्यमा सत्यको नै विजय भएको छ । तानाशाहीको एकदिन अन्त्य हुन्छ । झुटो कुरा धेरै दिन टिक्दैन । त्यो झुटोको कताबाट कताबाट एकदिन पर्दा खुल्छ । अरुलाई अत्याचार गर्न बनेको सँगठन धेरै दिन टिक्दैन । दुष्टहरुले आफ्नै बन्चरो आफ्नै खुट्टामा हान्दै हिँडेका हुन्छन् । सँसारमा धेरै प्रतापी दुष्टहरुको आफ्नै कारण, अहङ्कारबाट अन्य भएको छ । तिनीहरुको विनाशकाले विपरित बुद्धि भएको छ ।

जन्म कर्म च मे दिव्यमेवम् यो वेत्ति तत्वतः ।
त्यक्त्वा देहँ पुनर्जन्मनैती मामेती सोऽर्जुन ।।
जस्ले यस्तो जन्म र कर्मको तत्व विधि बुझ्दछ, त्यसले पुनः जन्म लिनु पर्देन भनेर भगवान कृष्णले अर्जुनलाई बताउनु भएको थियो ।
सर्वधमार्न्   परित्यज्य मामेकँ शरणँ व्रज ।
अहँ त्वाँ सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच ।।
सबै धर्मलाई परित्याग गरेर मेरो मात्र शरणमा आउ, म तिमीलाई सबै पापबाट मुक्त गराइ मोक्ष गराइ दिन्छु ।
विश्लेषण —सबै धर्म छोडेर ममा शरणमा आउ भन्नु भएको मेरो धर्म, मेरो सँस्कारमा, मेरो धर्म प्रचार गर्ने गुरु कहाँ आउ, मेरो आश्रमको सदस्य बन म तिमीलाई सबै पापबाट मुक्त र मोक्ष गराइ दिन्छु भन्नु भएको होइन । जब तिमीले मलाइ चिन्न सक्यौ भने तिम्रो सबै धर्म, सँस्कार, विधिहरु उतै पर नै सिद्धिन्छन् । अब तिमीलाई कुनै विधि, सँस्कारले बाधा गर्न सक्दैन । ती सबै कुरा बुझेर त्याग्न सक्यौँ भने मात्र वास्तवमा मलाइ चिन्न सक्यौँ नत्र तिनै विधि र सँस्कारमा बस्यौ भने मलाइ पनि गहिरो गरेर चिनेनौँ ।
ती सबै विधि र सँकारहरु मलाइ चिन्नका लागि बनाइएका अपनाइएका हुन् । यदि मलाइ चिनेर प्राप्त गर्न सक्यौँ भने अब ती विधिहरुको आवश्यकताहरु रहदैनन् भनेर भगवान शिवजीले बताउनु भएको छ । खोला तर्न प्रयोग गरेको डुङ्गा बोकेर हिड्न हुँदैन । त्यस डुङ्गालाइ नदीको किनारामानै छोडेर आवश्यक धन्यवाद, दक्षिणा दिइ अगाडि बढ्नु पर्दछ भन्नुभएको छ ।

मन्मना भव मद्भक्तो मद्याजी माँ नमस्कुरु ।
मामैवैष्यसि युक्त्वैवमात्मानँ मत्परायणः ।।
मलाइ नै सम्झ, मेरो भक्त बन, मलाइ नै नमस्कार गर, यसरी तिमी ममा समर्पित हुन्छौ र मलाइ प्राप्त गदछौ ।
मानिसले गरेको कर्मका अज्ञानताका कर्मका दोषबाट बच्न भगवान शिवको उपदेश
यत्करोषि यदश्नासि यज्जुहोषि ददासि यत् ।।
यत्तपस्यसि राम त्वँ तत्कुरुष्व मदर्पणम् ।
ततः परतरा नास्तिभक्तिर्मयि रघूत्तम ।।
अनुवाद— हेराम । तिमी जुन काम गर्छौ, भोजन गर्छौ, हवन गछौ, दान दिन्छौ, तप गर्छौ ती सबै मलाइ अर्पण गर । यसो गर्दा तिमी मेरो भक्त बन्ने छौ ।
विश्लेषण— जीवनमा बाच्नका लागि गरिएका बिभिन्न कार्यहरुपनि कुनै न कुनै अहङ्कार अन्याय बोकेको हुन सक्दछ । कसैको अधिकार छिनिएको हुन सक्दछ । सबै जीवहरु अर्काे जीवको बध गरेर नै बाँचेका हुन्छन् । तर ती सबैकुरा निराकार भगवानको सृष्टिको नियम हो भनेर चिनेर सबै कुरा उनैलाई सुम्पेर मेरो व्यक्तिगत केही छैन भनेर भन्न जानेमा जीवनमा गरिएका आवश्यक कर्मको पाप मानिसले बोक्नु पर्दैन यही कुरा भन्न खोज्नु भएको साराँशमा ।

यस पुस्तकमा उल्लेखित प्रायः सबै घटनाहरुका उदाहरणहरु शास्त्रमा कतै न कतै उल्लेख गरिइसकेका थिए भनेर अगाडि वयान गरिसकेको छु । मैले आफ्नो तर्फबाट केही थपेका भनेको यी पुराना वेदशास्त्रहरूमा उल्लेख गरिएका घटनाहरु, उपदेशहरू कुनै पौराणिक कथा मात्र नभएर आजको अाधुनिक युगसम्ममा पनि मानव जीवन सँग  सम्बन्धित रहेछन् र मानिसको जीवनका हरेक सुख दुःखका कारण हो रहेछ र आफुले  पनि अनुभव गरेर अन्य मानिसलाई पनि बुझाउन कोशिश गरेको हुँ ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: Nepali