शास्त्रका पङ्क्ति र अर्थहरू

⇐विषय सूचीमा फर्कन

शास्त्रका केही पँक्तिहरु,  अर्थहरू लेखकका विश्लेषण र अनुभवहरू
(यस पुस्तकमा उल्लेख भएका भावहरु)

यस किताबमा उल्लेख भएका बिषयहरु कुुनै कथाकारको कल्पना र रचनाहरु होइनन् । लेखकका आफ्ना अनुभव र ती अनुभवहरु सँग मेलखाने खालका शास्त्रमा भेटिएका प्रसँगहरुको सम्युक्त निचोड हो । विभिन्न कारणहरुबाट लेखकको अदृश्य सँन्सारकोे डर र त्रास सँगको सम्पर्क हुन गएको अनुभवहरुका बारेमा अगाडिका पाठहरुमा पटक पटक गरेर टुक्रा टुक्रा गरेर वयान गरेको छु । म, लेखक यस्ता डर र त्रासका कुराहरु सँग नडराइ सुरु सुरुमा यी कुराहरुनै बुझ्ने, जान्ने जिज्ञाशाहरु राख्दै अझै बढी चाख र चर्चाहरु गर्ने गर्दथेँ र ती सम्पर्कहरु अझ गहिरिएर होस् भन्ने चाहना गरेको थिएँ । केही बर्ष पछि ती सम्पर्कहरुले अझै बढी, पटकपटक, लगातार आउन थाले र झन् उग्ररुपहरु लिन थाले । ती मैले देखेका सपनाहरू साचाे हुन्थे । सपनामा देखेकाे अनुसारका जीवनमा घटनाहरू हुन्थे । बिपनामा पनि तिनीहरूकाे स्पर्शहरू हुन थाले । मैले अलि अलि बुझ्न थालेँ । मैले तिनीहरूलार्इ देख्न थालेँ । ती काे काे हुन किन अाएका हुन बुझ्न सकेकाे थिइन तर तिनीहरूलार्इ कहिले कहिले देख्ने, तिनीहरूले बाेलेकाे सुन्ने हुन थालेँ । तिनीहरूले भनेकाे कुराहरू साँचाे हुन्थ्याे, तिनीहरूले हानेकाे प्रहार मलार्इ लाग्थ्याे, दुख्थ्याे । तिनीहरूले हानेकाे ठाउँमा डाम बस्थ्याे, हानेकाे ठाउँबाट साँचैकै रगत बग्दथ्याे । तिनीहरूले धकालेर मलार्इ लडाउथे । म जति तिनीहरू प्रति ध्यान दिन्थेँ ती प्रहारहरू झन स्पष्ठ हुन्थे । तिनीहरूसँग भएका सम्पर्क र तिनीहरूबाट प्राप्त भय र त्रासहरू यती भयानक थिए कि एेतिहासिक कालदेखि अाजकाे अाधुनिक मानव सभ्यतामा सम्ममा त्यस्ता स्पर्श र घटनाहरूकाे उल्लेख भएकाे थिएन । मैले पढेकाे विज्ञान र चिकित्साशास्त्रमा पनि त्यस्ता कुराहरूकाे वर्णन थिएन र धर्म र सँस्कारहरूमा पनि वर्णन गरिएकाे थिएन । पछिका समयमा आफ्नो र आफ्ना परिवारको स्वास्थ र जीवनमानै खतरा आउन थालेकाे अनुभव भयाे । ती अज्ञान भय र त्रासहरूले मेराे जीवन, अाफ्ना परिवार र अाफन्तहरूमा नराम्राे प्रभाव पारिरहेकाे रहेछ र अझै स्पष्ठ भन्दा त्यसले मृत्युमा डाेर्याउन खाेजेकाे छ भनेर थाहा भयाे । पछि चाहेर पनि ती चीजहरुबाट टाढा हुन नसकेको, ती चीजहरुबाट बच्ने कुनै उपाय थाहा नभएको दिनहरु आए । मेरा जीवनमा ती डर र त्रासका चीजहरुबाट साँचेकै हरेस खानु पर्ने दिनहरु आए । तिनीहरूकाे सँगकाे सम्पर्क स्पर्शबाट गहिरिएर अर्थ तर्क लगाउदै जाँदा ती सबै असाधारण स्पर्शहरुका कारण अदृश्य सँन्सारबाट हो भनेर थाहा हुनथाल्याे । त्यसरी अदृस्य सँन्सारबाट प्रहार भइरहेकाे कुरा थाहा भयाे, तिनीहरुका प्रहारहरुको गहिराइहरु, दुखाइहरु महसुस हुनथाल्याे तर आफु  सँग त्यस बारेमा केही उपाय साथमा नभएको अवस्था भएकाे भएर म भित्र भित्र डराउन थालेको थिएँ । यस्ताे अवस्थामा वरपर साेधपुध गर्न मिल्ने वा सहयाेग माग्न मिल्ने व्यक्ति र ठाउँ कतै थिएन । त्यस्ता चिजहरूकाे सम्पर्कबाट थुप्रै मानिसहरूले अकालमा ज्यान गुमाउनु परेको उदाहरणहरु बुझ्न सक्ने भइसकेको थिएँ । सुरूसुरूमा त स्पर्श र अनुभवहरू अलि अस्पष्ठ थिएँ तर अलि पछि पछि सबभन्दा खतरनाक डर त्रासको दिनहरु तब अाए थिए जब मैले मरिसकेका मानिसहरुलाई देख्न थालेँ । आफ्ना जानेका चिनेका मानिसहरु तर मरिसकेकाहरु कुनै कुनै कारणले आफ्नो पिछा छोडेका छैनन् र मेरा हरेक क्षण, हरेक कार्यमा अन्य मरिसकेकाहरुको सहभागिता रहेको रहेछ भनेर स्पष्ट बुझ्न सकेको तर त्यसको कुनै उपाय नजानेको अवस्था मेरा सबैभन्दा हरेस खाने दिनहरु थिए । मैले त्यस बखत एक्लै बस्दै घण्टौँ घण्टौँ सोच्ने विभिन्न तर्क योजना, उपायहरु सोच्दै गर्दथेँ । त्यसबेला सम्म पनि भगवान, देवी देवताहरु छन् भन्ने विश्वास आइसकेको थिएन, तेश्रो नेत्र भनेको पनि थाहा थिएन । त्यस बेलासम्म कुनै धर्मशास्त्रहरुको गहिरिएर अध्ययन गरेको पनि थिइन । जीवनमा आफ्ना परिवारमा पाएको हिन्दु धर्मशास्त्रहरूको शिक्षा, सानो उमेरमानै धेरै पटक सुन्ने गरेका धर्मशास्त्रका विभिन्न श्लोकहरु, परिवारमा मानिआएका विभिन्न धार्मिक सँस्कारहरु, पुराणहरुका कथाहरुको, समाजमा भेटिएका अन्य विभिन्न धर्म सँस्कारहरुको केही ज्ञानहरु थियो । ती पुर्ण अर्थ बुझ्न नसकिएका, विश्वास गर्ने कुनै आधारनै नभएका सँस्कार र पुराणका कथाहरुमा अदृश्य सँन्सारको बारेमा, देवीदेवता, भुत, प्रेत, पितृहरुका बारेमा केही साधारण चर्चाहरु सुनेको थिएँ । ती धर्मशास्त्रका श्लोक र कथाहरुलाई गहिरिएर अध्ययन गरेको र ती शास्त्रका पँक्तिहरुको पुनः पुनः अर्थ तर्क लगाएको र आफ्नो अनुभव अनुसारको तर्क र अर्थ लगाउने गरेको थिइन । शास्त्रका ती सबै कुराहरु हो कि हैन, हो कि हैन भन्ने स्तरमा नै अड्किएको अवस्था थियो ।

यसरी मलार्इ विभिन्न भय र त्रासहरू अाउने क्रममा एक दिन मैले अचानक आँखा चिम्म गरेको बेलामा मलाइ केही मानिसहरुले रेस्लिङ्ग रिङ्गमा लड्दै गरेको बेलामा मलाइ लडाएर घोप्टो पारेर मेरो ढाडमा घुन्डाले टेकेर अव तँलाई मारिदिउ कि हामीले भनेको मान्छेस् भन्दै धम्काउदै गरेका चित्र देखेँ । त्यसरी आँखामा चित्र आएको बेलामा मेरो शरीर दुखेर कुनै पनि भाग छुन हल्लाउन हुँदैनथ्यो । आफ्नो शरीरको हरेक भागहरु हरेक अङ्ग हरेक रौँ रौँ दुखेर अब मर्छु जस्तो हुन्थ्यो । केही बेर पछि ती दुखाईहरु अचानक हराउथे ।

यी सबै भय र त्रासका स्पर्शहरू म मा हुनुकाे कारण मेराे कारणले रहेछ । म अाफ्नाे पढाइ सिध्याएर केही नपुग कुराहरूकाे खाेजिमा थिएँ भनेर अगाडिका पाठमा व्यक्त गरेकाे छु । त्यसैकाे लागि अाफुलार्इ मानसिक र अार्थिक तयारी गरिरहेकाे थिएँ । मेराे बिचारमा केही अार्थिक परिपक्वता अाए पछि अाफ्ना जिज्ञाशाहरूमा बारेमा खाेजिगर्न सुरूगर्ने भन्ने बिचार थियाे । तर त्यसाे हाेइन रहेछ । मैले खाेजि गरिरहेका चिजहरूलार्इ खाेज्न कतै टाढा जानु नपर्ने, कुनै किताब पढ्नु नपर्ने, कुनै विश्वविध्यालयमा भर्ना हुन नपर्ने रहेछ । तिनीहरू त मेरै अाडमा रहेछन् सँधै । मेरा कुरा सुनेका रहेछन् सँधै । मैले तिनीहरूकाे खाेजि गरिरहेकाे भएर तिनीहरू पनि मेराे सम्पर्कमा अाउन चाहेका रहेछन् । तिनीहरू मध्य काेही गुहार माग्न अाएका रहेछन्, काेही मलार्इ बिथाेल्न अाएका रहेछन् भने काेही मलार्इ सहयाेग गर्न अाएका रहेछन् ।

रसियाकाे मस्काेमा बस्दा अाफ्नाे अार्थिक स्थिती परिपक्व हुन भनेर मैले केही कामहरू गर्ने गर्दथेँ । म आफ्नै काममा व्यस्त हुन बाध्य थिएँ । मेरो कामको सेरोफेराे ठुलो थियो । करिब २० जना जति कर्मचारीहरु काम गर्दथे मेरो काम अन्तर्गत । सबैलाई काम जुटाइदिनु, कामको चाँजो मिलाइदिनु, कामको निरिक्षण गर्नु, सबैकामको नेतृत्व गर्नु हरेक दिनको दिन चर्या थियो मेरो । मेरो कामले मलार्इ एक छिन फुर्सद छैन, काम गरिरहेको छु, हिँड डुल गरिरहेको छ, गाडि चलाइरहेको छु, मानिसहरुसँग भेटधाट गरिरहेको छ, बार्ता गरिरहेको छु । तर फुर्सदले एकैछिन आखा चिम्म गर्ने वित्तिकै ती अगाडि व्यक्त गरेका रेस्लिङ्गकाे चित्रहरु मेरा आँखा अगाडि आइहाल्थे । मैले यो कुरा कसैलाइ भनेको थिइन र अरु टाढाका मानिसलाई भनेर हास्यादपद बन्ने मात्र हुन्छ भने आफ्नो श्रीमतीलाई भनेर उसको होसहवास उडाउने मात्र काम हुन्छ । श्रीमतीलाई पनि उ नडराउने गरेर केही अलि साना साना घटनाहरु भन्ने गरेको थिएँ तर घटनाको जस्ताको तस्तै विवरणहरु भन्ने गरेको थिइन । आफैले नै तर्कहरु गर्दा गर्दा मलाइ तर्क आयो कि मलाइ यसरी २–३ महिना सम्म लगातार एउटै चित्र देखाउदै रेस्लिङ्गको रिङ्गमा घोप्टो पार्नेहरु पक्कै मरिसकेका मानिसहरु, भुत प्रेतहरु होलान् । भने पछि ती भुत प्रेतहरु शास्त्र वा पौराणिक कथाहरूमा मात्र नभएर आज पनि वास्तविकतामा रहेछन् र मानिसले बुझ्न नसकेका रहेछन् । यी भुत प्रेतहरुका बारेमा विभिन्न चर्चाहरु शास्त्रका, विभिन्न पुराणका कथाहरुमा गरिएका थिए । अब यी भुत प्रेतहरुबाट बच्न पनि त्यही शास्त्रका कथाहरुको अर्थ लगाएर त्यहाँ उपाय खोज्नु पर्दछ, अन्त अाधुनिक शिक्षाका किताबहरूमा त्यस्काे उपाय छैन भनेर निचोड निकालेँ । म त्यस बखत धेरै बर्षदेखि विदेशमा रुसको मस्कोमा बसोबास गरेको भएर म सँग यस बारेमा सोध खोज गर्न मिल्ने जानेका मानिसहरु पनि नजिकमा थिएनन् र आवश्यक किताबहरु धार्मिक ग्रन्थहरु पनि म सँग साथमा थिएनन् । तर मैले त्यस उमेर सम्ममा पढेका, सुनेका शास्त्रका कथाहरु मलाइ सबै याद थियो । धर्ममा पूर्णरुपमा विश्वास नभए पनि शास्त्रका केही पँक्तिहरु, केही पुराणहरुका अति महत्वपूर्ण पँक्तिहरु मलाई कँठ आउथ्यो । मैले भोगेका समस्याहरुका बारेमा पूर्णरुपमा जवाफ दिन नसके पनि यी समस्याका कुराहरु कुन कुन सन्दर्भमा शास्त्र वा पुराणहरुमा उल्लेख छन् भनेर मलाइ विना किताबनै कँठ थियो । त्यसरी सुरुमा मलाइ मेरो त्यही परिवारमा, घर छिमेकमा, धार्मिक सँस्कारमा, पुराणका कथाहरुबाट पाएको ज्ञानले डोर्याउन सफल भयो । पछि गहिरिएर अध्ययन गर्ने क्रममा पहिला नाम सुनेका देखि पहिला कहिल्यै नपढेका, पहिला कहिल्यै नाम नसुनेका ग्रन्थहरु पनि खाेजेर अध्ययन गरेँ । आज सम्म मानिसले देवी देवताहरुका चर्चाहरूलाई एक पौराणिक कथा, परम्परा, सँस्कारका रुपमा मात्र लिएका छन् । मेराे अनुभव अनुसार यदि पौराणिक कथामा, धार्मिक सँस्कारमा उल्लेख गरिएका भुत प्रेत, मरेका मान्छेहरु आज पनि छन् भने त्यस पौराणिक कथामा, धार्मिक सँस्कारहरूमा उल्लेख भएका हिरोहरु, नायकहरु, त्यस कथाहरूका विजयी देवीहरु देवताहरु पनि पक्कै कतै हुनु पर्दछ भन्ने अर्थ निकालेँ । मैले ती धार्मिक कथाहरूका विजयी नायकहरूलार्इ खोज्न सकेँ भने मेरो समस्याको उपाय निस्कन्छ भनेर निचोड निकालेँ । यो तर्क निकाल्नु नै मेरो जीवनको सब भन्दा प्रमुख उपलब्धि भएको रहेछ । ती मलाइ घोप्टो पारेर मेरो पछाडि ढाडमा घोँडा टेकेर मलाइ धम्काइ राखेकाहरुलाई त्यसरीनै आफु घोप्टो परेको स्थितिमानै अलिअलि टाउको उठाउदै भनेँ कि मैले तिमीहरुलाई चिनेँ । तिमीहरु भुत, प्रेत, बोक्सी र मरिसकेका मानिसहरु रहेछौँ । तिमीहरु मसँग यसरी किन रिसाएका छौ, म सँग लडाइ झगडा किन गरिरहेका छौ भनेर मलाइ थाहा छैन । तर तिमीहरुले जित्ने भनेको भ्रममा पारेको बेलामा जित्ने हो । अाज मैले तिमीहरुलाई देख्न सकेको, अनुभव गर्न सकेको अवस्था हो यो । मैले तिमीहरुलार्इ देख्न थालेको भएपछि अव तिमीहरुले जसरी पनि हार्ने छौ । तिमीहरुले जे सुकै गर तर मलाइ मार्न सक्ने छैनौँ भन्दै औला ठड्याएर धम्क्याएँ । मैले पितृ, भुत, प्रेतहरूलार्इ स्पष्ठ देख्ने, तिनिहरूलार्इ छुने, तिनीहरूसँग बाेल्ने गरेकाे अनुभव स्पष्ठ भएपछि त्यसाे भए देवी देवता पक्कै हुनु पर्दछ भन्ने लाग्याे । तर कहाँ छन् ती देवी देवताहरु भनेर ती देवी देवताहरूलाई खोज्नु पर्यो भन्न थालेँ र अझै शास्त्रकाे अध्ययन र मनन गर्न थालेँ । देवी देवतालाई पाउन कमसे कम तिनीहरुको बारेमा चर्चा, परिचयहरु जान्न आवश्यक होला भनेर धार्मिकशास्त्रहरूमा चर्चा गरिएका देवी देवताहरुको नामहरु याद गर्ने, केही जानेका स्तुतिहरु याद गर्ने गर्नथालेँ  र ती स्तुतीहरूकाे अर्थ लगाउन थालेँ । आफुले पुजा आजा गर्ने गरेका देवी देवता र आफुले घर गाउँमा जाने गरेका मन्दिरहरुका देवी देवताहरुको नामहरु याद गर्न थालेँ । यस्तै गरि धुप्रै महिना जति बितेपछि पटक पटक सपनामा विभिन्न देवीदेवताहरु आउदै ती मलाइ कष्ठ दिनेहरुलाई एक एक गर्दै कसैलाई मारिदिनु भयो, कसैलाई लखाटि दिनुभयो । सपनामा एक पटक देवी देवताहरुले मारिदिनु भएकाहरु फेरी कहिल्यै फर्केर आएर दुःख दिएनन् । मलाइ सपनामा आएर मद्दत गर्नुहुने देवीदेवताहरुमा हनुमानजी, गणेशजी, दुर्गामाता, भद्रकाली माता, शिवजी हुनुुहुन्थ्यो । साथै विभिन्न योगीहरु, गुरुहरु आएर शिक्षा दिनुहुन्थ्यो । यसरी विस्तार विस्तार सपनामा देवी देवताहरू अाएर रक्षा गर्नु भएकाे र त्यसकाे फल विपनामा मिलेकाे हुन थाल्याे र सपनामा शिक्षाहरू दिन थाल्नु भयाे जुन शिक्षाहरू मेरा जिज्ञासासँग मिल्न अाउँथे । यस्ताे अनुभव पाउन थाले पछि झन गहिरिएर बुझ्न खाेजेँ, झन बढि स्तुतीहरू गर्ने गर्न थालेँ । यसरी देवीदेवताहरु आफै आएर मद्दत गर्नु भयो भन्दा सुरुमा धेरैलाई विश्वास नलाग्ला । त्यसैले यस्ता कुराहरुलाई हावादारी कुरा भनेर टिप्पणि गर्नु भन्दा गहिरिएर यस किताब पडेर बुझ्न खोज्नु र आफुलाई पनि देवी देवताहरुसँगको स्पर्श सम्पर्क गर्न मन लागे यस लेखकसँग गुहार मागे बरू केही सुझावहरु पाइएलान् । देवी देवताहरुलाई पाउन सब भन्दा प्रमुख उहाँहरु हुनु हुन्छ भनेर १०० प्रतिसत विश्वास भएपछि उहाँहरुको प्राप्तिको बाटो खुल्ने हो रहेछ । मैले कुनै भक्ति साधना गर्ने उद्देश्यले देवी देवताहरु खोजेको थिइन । मलाइ गुहार चाहिएको भएर देवी देवताहरु भएमा मात्र मेरो र मेरो परिवारको बाच्ने उपाय बाँकी छ नत्र ती तर्साउनेहरुले मलाइ छिया छिया पार्नेछन् भनेर मलाइ पक्का विश्वास भइसकेको थियो । ती भुत प्रेतहरू मसँग यति रिसाएका रहेछन् कि तलाँइ हामी त मरिरसकेपछि पनि यस्तै दुःख दिन्छम् भनेर धम्काउथे । मलार्इ अब म मरेर पनि सुख पाउदिन भन्ने कुरा विभिन्न तरिकाबाट स्पष्ठ भइसकेकाे थियाे । सपनामा देवी देवताहरु, गुरुहरु, कहिले नचिनेकाहरुले पनि आएर मेरा कष्टका कारणहरु बताइ दिनुहुन्थ्यो । मस्कोका चर्चहरुमा गएर विभिन्न चर्चका सँस्कार अनुसारका कार्यहरु गर भनेर शिक्षा दिनु हुन्थ्यो । मानौँ कि म हरेक दिन कसैसँग अदृश्य सँसारका बारेमा ट्युसन पढिरहेको थिएँ जस्तो लाग्दथ्यो । यसरी ती मैले भाेग्नु परेकाे दुःख कष्टहरूले मेराे जीवनमा धुप्रै भय, त्रास, समस्या, असफलता र कष्टहरु ल्याउनुका साथसाथै कतिपय सफलताका क्षणहरु पनि ल्याए, थुप्रै ज्ञानहरु र अनुभवहरु पनि साथमा सँग्रहित हुन पुगेका थिए । तिनै सानासाना सम्पर्क र ज्ञानका टुक्राहरुको डोरीको साथ लाग्दै यत्रो ठुलो आगो, मृत्युको भुमरीबाट निस्कन र अरुलाई निकाल्न सक्षम भएको थिएँ । पछि पछि अध्ययनका गहिराइहरुमा पुग्दा मेरा जीवनमा मैले भाेग्नु परेका ती कष्ठ, अनुभव, समस्याहरु र तिनका रहस्यहरुका बारेमा विभिन्न शास्त्रहरुमा कतै न कतै त्यस्तै खालका मिल्दा जुल्दो घटनाहरुको उल्लेख भइसकेको रहेछ । ती शास्त्रका कुराहरु स्पष्ठ भएर सबैले बुझ्ने गरेर सर्वसाधारण मानिसमा मात्र आइपुगेको थिएन ।  हिन्दुशास्त्रका अनुवादकहरुले सायद आफैले मेरा जस्ता समस्याहरु, कष्ठ र अन्य अनुभवहरु गर्न नपाएका भएर होलान् ती शास्त्रका पँक्तिमा लुकेको रहस्य, महत्व र अमृत देख्न वा अनुभव गर्न सकेका थिएनन् जस्तो लाग्यो । शास्त्रको पँक्तिहरुका अनुवादकहरुले सँधै सही अनुवाद र उदाहरण दिन नसकेका रहेछन्, शास्त्रका ज्ञाता पण्डित, पुजारीहरुले मानिसको जीवनमा घट्दै आइरहेको बृहत् समस्याहरुको विश्लेषण शास्त्रको उपदेश अनुसार गर्न नसकेका रहेछन्, जीवनका समस्याहरुको सही उपायहरु बताउन सकेका रहेछन् र अझ गलत, उल्टा अर्थहरु लगाउदै गलत सँस्कारहरु चलाउदै आइरहेका रहेछन् ।
तिनै विभिन्न शास्त्रका विभिन्न पँक्तिहरुका केही महत्वपूर्ण भागहरुलाई प्रस्तुत गर्न चाहन्छु ।
शास्त्रका केही कथनहरु मध्ये वेदको पद्मपुराण अन्तर्गत एक पौराणिक कथामा भगवान् शिवजीले भगवान रामचन्द्रलाई कुनै प्रसङ्गमा सम्झाइ रहनु भएको केही पँक्तिहरु वयान गर्न चाहन्छु ।

मानिसको शरीरमा अरु लिँग शरीरको प्रवेश हुन्छन् भन्ने भनाइलार्इ वेदशास्त्रले स्पुष्टि गरेको छ ।
तथैवँ ज्ञानवान्विप्रो देवना दुःखदो भवेत् ।
त्रिदशास्तेन विघ्नति प्रविष्टा विषयँ नृणाम ।।
अनुवाद —यसरी ज्ञानवान ब्राह्मणहरु देवताहरुका लागि दुःख दाता हुन किनकि ज्ञानवानहरु कर्म गर्दैनन् र देवताहरुलाई भोग मिल्दैन । त्यसैले देवताहरु ती ज्ञानवानहरुका परिवारका श्रीमती छोराछोरीमा प्रवेश गरि दुःख दिन्छन् ।
लेखकको विश्लेषण— यो भनाई मानिसको शरीरमा अरु शरीरको प्रवेश हुन सक्दछ भनेर स्पुष्टि हो । देवताहरु पनि अरुको शरीरमा प्रवेश गरेर दुःख दिन सक्छन् भनेको हो । देवताहरु मानिसको शरीरमा र अन्य परिवारको सदस्यहरुको शरीरमा प्रवेश गर्दछन भनेको हो । परिवारका सदस्यहरु भनेको श्रीमान, श्रीमती, छोरा छोरी, नजिकका नातेदारहरु हुन् । परिवारका सबै सदस्यहरु समस्याको एउटै जालोमा बाँधिएका हुन्छन् । कुनै एकजनालाई सजाय भोगाउन परिवारका अन्य सदस्यमा प्रवेश गरि दुःख झगडा सृजना गर्दछन् भनेको हो । त्यसैले परिवारमा भएका कतिपय सानाठुला झगडाहरु अन्य लिँग शरीरका कारण सृजना भएको हुन सक्दछन् ।
तस्माद्वानरतामेत्य भवन्तो युद्धदुर्मदाः ।
साहाय्यमस्य कुर्वन्तु तेन सुस्था भविष्यथ ।।
अनुवाद— यसकारण तिमीहरु युद्धमा भयानक कर्म गर्ने वानरहरुको शरीर धारण गरेर वानरलाई सहयोग गर । यसले तिमीहरु सुखी हुनेछौ ।
लेखकको विश्लेषण—यो भगवान शिवजीले अन्य देवताहरुलाई भन्दै रामचन्द्र र रावणको बीचमा हुन गइरहेको विशाल युद्धमा तिमीहरु वानरहरुको शरीरमा प्रवेश गरेर त्यस युद्धमा रामचन्दलाई र वानर सेनालाई सहयोग पुर्याउ भनेर आज्ञा भएको हो । यसले पनि के स्पुष्टि गर्दछ भने लिँग शरीरहरु अरुको शरीरमा प्रवेश गरेर विभिन्न काम गर्न सक्दछन्, बल दिन सक्दछन्, बुद्धिदिन सक्दछन् भनेको हो । भगवान शिवजीको खुसी र आज्ञा भए पछि देवताहरु जे पनि गर्न सक्दछन् । अरुको शरीरमा प्रवेश गर्दा र काम गर्दा उनीहरुलाई सुख मिल्दछ भनेको छ । तर ती वानरहरु जसका शरीरमा देवताहरु प्रवेश गरेका थिए ती वानरहरुलाई यस कुराको बारेमा थाहा थिएन । देवताहरुले बानरहरुसँग सोधेर मात्र तिनीहरुको शरीरमा पस्ने योजना बनाए जस्तो त लागेन । वानरहरुको जस्कोे जे खुबि छ त्यस्तै काम गराउन पस्ने होलान् सायद । त्यसैले राम्रो विचार हुने वानरहरुका शरीरमा राम्रा विचारका देवताहरु पसे होलान् । नराम्रा विचार हुने दुष्टहरुका शरीरमा नराम्रा विचारका अरुलाइ दुःख कष्ट दिने भुत प्रेतहरु पनि पस्न सक्ने होलान् । यी माथिका पँक्तिले के स्पष्ट गराएको छ भने मानिसको शरीरमा अन्य लिँग शरीरको प्रवेश गरि विभिन्न कार्य गराई आफुले सुख भोग गर्नसक्दछ । मानिसमा राम्रा विचार र उद्देश्य भए राम्रा विचारका देवीदेवताहरु प्रवेश गर्ने होलान् भने नराम्रा विचार राख्ने मानिसहरु कहाँ त्यस्तै नराम्रा विचारका भुत, प्रेत, पितृ, बोक्सी वा अन्य लिँग शरीरहरु प्रवेश गर्ने होलान् । त्यसैले यदि कोही मानिसले अरुलाई श्राप गर्दै बस्ने गरेका, अरुप्रति नराम्रा भाव राख्दै बसेका, अरु सँग मन मुटाव गरेर बसेकाहरुका शरीरमा राम्रा देवताहरु पक्कै पस्न नआउलान् । पसे बरु भुत, प्रेत, पितृ, बोक्सी वा अन्य लिँग शरीरहरु नै पस्लान् । त्यसैले अरुलाई नराम्रो साेच्न छोडि दिउँ नत्र आफ्नो शरीर भुत, प्रेत, पितृ, बोक्सी वा अन्य लिँग शरीरहरुकोे बस्ने खाने घर हुन सक्दछ । सँधै अरुलाई श्राप हाल्दै बस्नेहरुको शरीरमा सँधैको एैया र आत्थुले नछोड्ने गरेको त्यसैले पो हो कि ? मानिसहरुले यो कुरा सुरुमा नबुझ्लान् तर मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण महत्वको कुरा हो यो भनेर पछि गएर बुझ्नेछन् ।

चेतनाको शरीर हुन्छ भन्ने कुराको स्पुष्टिः
जरायुजोऽण्डजश्चैव स्वेदजश्योद्भिज्जस्तथा ।
एवँ चतुर्विधः प्रोक्तो देहोऽयँ पाञ्चभौतिकः ।।

मानसस्तु परः प्रोक्तो देवानामेव स स्मृतः ।
तत्र वक्ष्ये प्रथमतः प्रधानत्वाज्जरायुजम् ।।
अनुवाद—जरायुज, अण्डज, स्वेदेज र उद्भिज यी चार प्रकारहरु भौतिक पदार्थको शरीरको प्रकारहरु हुन् ।
पाचौँ प्रकारको शरीर भनेको मानसिक उत्पत्तिको शरीर हो । ती सबैमध्ये जरायुज प्रमुख हो । त्यसैको वर्णन गर्दछु भनेर शिवजीले भन्नु भयो ।

लेखकको विश्लेषण—यसरी चार प्रकारका भौतिक पदार्थहरुको शरीर हुन्छ र पाचौँ प्रकारको शरीर भनेको मानसिकताको(चेतना) मात्रको शरीर हुन्छ भनेर शास्त्रमा वयान गरिएको छ । यो मानसिकताको शरीर भनेको देवसर्ग, देवता, श्रृषिहरु हुन् । यी चार प्रकारका भौतिक शरीरहरु र पाचौँ प्रकारको मानसिक शरीर भन्दा अरु प्रकारको शरीरको वर्णन भेटिएको छैनन् । त्यसैले यस पाचौँ प्रकारको मानसिक शरीर देवसर्गमा सबै देवी देवताहरु, श्रृषिहरु र लिँग शरीरहरु पर्दछन् र पितृ, भुत, प्रेत, बोक्सी वा अन्य लिँग शरीरहरु पनि यसै देवसर्ग बर्गमा पर्दछन् । त्यसैले शास्त्रमा कुनैकुनै प्रशङ्गहरुमा देवताहरु भनेर नाम लिईदा त्यस नाम भित्र सबै ठुला ज्ञानी देवी देवताहरूका साथै श्रृषि, गुरू, पितृ, भुत, प्रेत, बोक्सी सहितका पर्न आएका हुन्छन् । तिनीहरुको आफ्नो कर्म ,होस र चेतनाकाे आधारमा फरक भएर सुरका मानसिक शरीरहरू भएका देवताहरु र असुर मानसिक शरीरहरु भएका देवताहरू भुत प्रेतहरुमा छुट्टिएका हुन्छन् । मानव शरीर भौतिक शरीर(स्थुल शरीर) र मानसिक शरीर (लिँग शरीर)दुबैको सँयुक्त शरीर हो ।
अदृश्य चीजहरु देख्नलाई अर्कै नेत्र चाहिन्छ भन्ने कुराका स्पुष्टि
मयि सर्वँ यथा राम जगदेतच्चराचरम् ।
वर्तते तदृशयामि न द्रष्टुँ क्षमते भवान् ।।
अनुवाद—यो सबै सँसार चराचर जगतमा म वर्तमान छु । त्यो तिमीलाई देखाउँछु । तर त्यो देख्न तिम्रो समर्थ छैन ।
दिव्यँ चक्षुःप्रदास्यामि तुभ्यँ दशरथात्मज ।
तेन पश्य भयँ त्यक्त्वा मत्त्जोमण्डलँ ध्रुवम् ।।
अनुवाद— त्यसैले यो हेर्नको लागि तिमीलाई दिव्य नेत्र दिन्छु । त्यस दिव्य नेत्र द्वारा भय त्याग गरेर तिमीले मेरो दिव्य स्वरुप देख्नेछौ ।
लेखकको विश्लेषण—भगवान शिवजीले भगवान रामचन्द्रलाई आफ्नो विराट स्वरुप देखाउँदा भन्नु भएको थियो कि यो विराट स्वरुप यतिकै साधारण आँखाले देख्न सकिदैन । यो हेर्न तिमीलाई दिव्य नेत्र दिन्छु भनेर त्यो दिव्य नेत्र द्वारा बिराट स्वरुप हेर्न सक्ने बनाउनु भएको थियोे र विना भयले तिमी त्यो हेर भन्नु भएको थियो । शिवजीले रामचन्द्रलाई देखाउनु भएको त्यस बिराट स्वरुपमा सबै देवीदेवताहरु भुत प्रेतहरु सहित सबै एकै चोटि रामचन्द्रले देख्नु भएको वयान छ । भने पछि ती अदृश्य मानसिक शरीरमात्रै धारणा गर्नु भएको भगवानहरु, देवीदेवताहरुलाई हेर्न, देख्न, हाम्रा साधारण आँखाको क्षमता पर्याप्त छैन । तर यता उति थपथाप गरेको खण्डमा, कसैले सिकाइ दिएको, बताइ दिएको, शक्ति दिएको खण्डमा मानिसले त्यो अदृश्य रुप देख्न, महसुस गर्न सक्ने रहेछ । त्यस्तो शारीरिक बनावट र क्षमता मानिसमा रहेछ । त्यो दिव्य नेत्र वा असाधारण आँखा भनेको आँखा बन्द गरेर, अाँखा खाेलेर पनि हेर्ने सक्ने क्षमता र अन्य ज्ञानेन्द्रियले गरेका असाधारण स्पर्शहरु हो रहेछ । तिमी कुनै भय विना हेर्न सक्नेछौ भनेर शक्ति दिनु भएको छ शिवजीले रामचन्द्रलाई । भनेपछि त्यो अदृश्य दृश्यहरु देख्ने, स्पर्श गर्ने, महसुस गर्ने स्तरमा ज्ञानेन्द्रिय र दिमाग पुग्दा भय त्रास हुन सक्दो रहेछ र त्यसैले भगवान शिवजीले रामचद्रलाई त्यस भयबाट मुक्त गराइ दिनु भएको थियो ।
त्यसैले यस्तो तेश्रो नेत्रको अलिक सानो भाग, सानो क्षमता मानवमा पहिले देखि भएको रहेछ र यो तेश्रो नेत्रको स्पर्श वा देखाइको अवस्थामा मानिसलाई भय, त्रासको अनुभव आउन सक्दछन् । हिन्दु धर्मका विभिन्न शास्त्रहरूमा उल्लेख गरिएकाे दिव्य नेत्र भनेको तेस्राे नेत्र हाे । याे तेस्राे नेत्र भनेकाे आँखा बन्द गरेर वा बन्द नगरेर पनि देख्न सकिने नेत्र हो । यसकाे बारेमा विस्तृट विवरण अन्य पाठहरूमा बर्णन गरिएकाे छ । मानिसको सिमित तेश्रो नेत्र खुलेको बेलामा मानिसलाई अध्यारोमा गरेको प्रहारको रुपहरु देखिने, पछाडिबाट भएका प्रहारमा प्रहार गर्नेको सबै अनुहार देखिने, आँखा कपाल, कपडा पहिरन देखिने, आखाँ बन्द गर्दा विभिन्न चित्रहरु देखिने, तिनीहरूकाे भाव मनमा अाउने भएकाे हाे । अँध्यारोमा कुनै आवाज सुन्दा त्यस आवाजको साथसाथै स्पष्ट चित्रहरु देखिन सक्दछन् । सुरुसुरुको अवस्थामा यी अनुभवहरु लेखकले आफैले भोगेर भय, दुःख, कष्ट खानु परेको थियो । त्यसैले मलाई पछाडिबाट हान्नेको हात, स्पष्ट हतियार लौरी, त्यसको लम्बाइ, मोटाइ, चिप्लो या खस्रोपन सबै स्पष्ट देखिन्थे ।
यस्ता केही अलि अलि तेश्रो नेत्रका अनुभव भएका मानिसहरु नेपाल, भारतमा थुपै भेटिन्छन् । तर ती मानिसहरु यस्ता अविकसित रुपमा रहेको तेश्रो नेत्रको पुरा अर्थ थाहा नहुँदा नहुँदै पनि आफ्नै विधिहरु घरायसी कुराहरु, सँस्कारहरु, झुटा कथा र कहानीहरु थपथाप गरि, आफै र अरु जनतालाई मुर्ख बनाउदै गरिखाने बाटो बनाएका हुन्छन् । यस्ता तेश्रो नेत्रको अनुभवहरु गर्न सिमित सफल भएकाहरु अरुहरुका भविष्यवाँणी गरिदिने, झार फुक जन्तर मन्तरका उपचारहर गर्दै हिड्ने गरेका हुन्छन् । यसरी अलिअलि खुल्न आएको क्षमतालाई विभिन्न मानिसहरुले आफ्नो स्वार्थ र तर्क लगाउदै आएको भएर झन अर्थको अनर्थ र अविश्वासिलो हुन आएको छ । तर कतिपय यस्ता कुराहरु वास्तविक हुन् । अध्ययन र अभ्यास भएमा सबैमा भएको यो क्षमताको विकास र सदुपयोग गर्न सक्दछन् । अहिले हामीलाई धेरै सिप चाहिएको पनि छैन । मानिसहरुमा बीच बीचमा यस्ता क्षमता भएका घटनाहरु देखिरहेका हुन्छन् र बुझ्न नसकेर अस्वस्थ हुन पुगेका हुन्छन् । यही तेश्रो नेत्रको असाधारण क्षमताका कुराको मात्र सही पहिचान र विश्लेषण हुन सके सँसारमा लाखौँ मानिसको अस्वस्थ अवस्थाको सही पहिचान हुन गइ बेलामा नै उपचार पाउन सक्ने थिए । डाक्टर, साइकियाट्रिक्स, साइकोलोजिष्टहरुले नबुझेको भएर यस्ता तेश्रो नेत्रका लक्षणहरुलाई अरुनै आफ्ना विषयका अन्य रोगहरुसँग दाँजिरहेका छन् । त्यस्तै निदाउने औषधीले शान्त पार्न कोशिश गरिरहेका हुन्छन् । अब ती डाक्टर, साइकियाट्रिक्स, साइकोलोजिष्टहरुले पनि यस बिषयमा केही अध्ययनहरु गर्न सके, केही मात्र अनुभव गर्न सक्ने भए कतिपय बिरामीले निदाउने औषधीका प्रयोग र त्यसले काम नगरे त्यसै औषधीको दोब्बर मात्रा (double dose) दिने प्रचलन घट्न सक्ने र बिरामीले बेलामा नै उचित गुहार पाउँने थिए होलान् ।
साधारण अवस्थामा यो तेश्रो नेत्र निस्कृय (काम नगरेको) अवस्थामा नै रहनुको कारण मानिसलाई बाहिरी सुखमा भुल्ने र आनन्द भोग गर्ने मौका मिल्दछ । तर कसैमा यस्तो तेश्रो नेत्रको गुण बाहिर देखिने गरेर आयो भने त्यसको बेलामा नै सही पहिचान गरि उचित उपाय गर्नु जरुरी हुन्छ । त्यस अविकसित तेश्रो नेत्रकोे प्रयोग गरेर गरिखाने रोजगारको उपाय बनाउनु उचित होइन । अनजानतामा नबुझ्ने अवस्थामा खुलेर बसेको तेश्रो नेत्रको असर आफुमा र अन्य आफ्ना वरपरका नजिककाहरुलाई पनि परिरहेको हुन सक्दछ । यसलाई चिन्न सक्नु आजको विज्ञानको र चिकित्साशास्त्रको पनि चुनौति हो । म सँग जम्मा भएका अनुभव र विश्लेषण द्वारा बढी जानकारी गराउन खोज्दैछु । यो कुराहरु सबै सर्वसाधारण देखि डाक्टर वैज्ञानिकहरुले पनि बुझ्न आवश्यक छ । आफुले नजानेका कुरा सिक्न जान्नलाई जुनसुकै उपाय, भाषा, सँस्कारको पनि प्रयोग गर्नु नराम्रो होइन झन बुद्धिमता हो । यस पुस्तकमा बढी जसो शास्त्रका कुराहरु उल्लेख भएको हुँदा कतिपय पुर्वाग्रह भएकाहरुलाई, धार्मिक कट्टरबादीहरुलाई यो धार्मिक विचार हो र कुनै धर्म सँप्रदायको प्रचारको माध्यम हो भन्ने लाग्ने र आफुलाई अपमान लाग्न सक्दछ । तर त्यस्तो सोच्नु हुँदैन । हरेक मानिसहरु प्रभावित भइ रहेका त्यस्ता गहन बिषयमा भएका चर्चा जुनसुकै स्रोतबाट प्राप्त भएको भएपनि जानकारी लिनु, मुल्याङ्कन गर्नु उचित होला । ती कुराहरुको बुझ्न खोजेर राम्रो भए आफ्नो लागि पनि प्रयोग गर्नु, नराम्रो भए भुलि दिनु पर्छ । यो तरिका अपनाउनु उचित हुनु पर्ने हो ।
यो तेश्रो नेत्रको प्रभाव बढेका बेलामा त्रास, डर आउने हुन्छ । त्यस तेश्रो नेत्रको माध्यमबाट मात्रै हामी त्यस्ता अदृश्य शरीरहरु चाहे देवी देवता हुन् वा भुत, प्रेत इत्यादिहरु देख्न, सुन्न, छुन सक्दछौँ नत्र तिनीहरुको एक तर्फकाे मात्र प्रभाव  हुँदा हामीलाई झन खराबी भइरहेको हुन सक्दछ । त्यसैले डराउनु, त्रास हुनु भनेको बचावटको साधन हो । देवी देवताहरुको, भुत प्रेतहरुको सम्पर्कमा आउदा डर र त्रास हुन्छ भन्ने कुरा शास्त्रहरुमा पनि उल्लेख गरिएको छ । भगवान शिवजी रामचन्द्र र लक्ष्मणका अगाडि प्रकट हुनु भएको बखत त्यस्तै भयानक आवाजहरु, हुरीबतास आइ रामचन्द्र र लक्ष्मण डराएर भुइमा घोडा टेकेर बस्नुभएको थियो र पछि लक्ष्मण बेहोस समेत हुनु भएको थियो भनेर वयान गरिएको छ । रामचन्द्र वा लक्ष्मण डराए वा डराएनन् बेहास् भए वा भएनन् भन्ने कुराको टिप्पणि गर्न तिर नलागौँ । यी कुराहरुमा कति थपथाप हुँदै आए होलान् तर अदृश्य सँसारसँगको सम्पर्क भएको बेलामा यस्तो त्रासको आभास हुन्छ भन्ने कुरा शास्त्रको स्पुष्टि हुँदै मानिसका सामु पनि यस्ता घटनाहरु घटिरहेका छन् । यसको सही ज्ञान र मुल्याङ्कन नभएको भएर मैले अलि जोड दिएर बुझाउन खोजेको हुँ ।
म आफैमा त्यस्ता डर र त्रास हुने गरेको र तर्सिएको अनुभव छ । यस्तै केही कुराहरुका लक्षणहरु अाफुलार्इ भएकाे अनुभव हुँदा डराएर तर्कनुकाे सट्टा झन यसबारेमा बढी बुझ्न खोज्ने इच्छा दिमागमा थियो । तर यसैकाे खाेजि गर्ने भनेर केही गरेकाे थिइन तर जस्ले खोज्छ त्यसै कहाँ आउछ भन्ने कुरा थाहा थिएन । अलिक बढी कोट्याउन थालिएको रहेछ । 2006 सालकाे कुरा हो जब मेरो अदृश्य चीजहरुसँग जम्काभेट भएको थियाे (यस बारेमा अन्य पाठहरूमा बर्णन गरेको छु ) त्यस बखत मस्कोको केन्द्रमा पर्ने प्रसिद्ध बस्ती, विशिष्ट मानिसहरु बस्ने ठाउँ, कुतुजोभ्स्कि प्रोस्पेक्टमा डिप्लोमाटिक घरमा बस्ने गरेको थिएँ । त्यस दिनहरुमा यस्तो गरेर तर्साउन थाल्योकि विभिन्न नभएका आवाजहरु सुनिने, मान्छे हिँडेको आवाज आउने, जीउ फुल्ने, डर र त्रास आएर हात खुट्टा नचल्ने एक पाइला चाल्न नसकिने भएको थियो । आफ्नै घरमा दिउँसो राती, बेलुका जतिखेर पनि डर र त्रासले छायो, राती बत्ती निभाउन समेत डर थियो । ती आवाजहरु अरु परिवारका सदस्यहरुले पनि सुन्ने गरेका थिए तर मैले सबभन्दा बढी सुन्ने गरेको थिएँ । घरकै किचनमा अरुले खाना पकाइ रहेको, धारा खोलेर पानी थापेको, टेबुल सारेको, चम्चा काँटा चलाएको आवाजहरु आउने तर त्यहाँ जाँदा जीउ फुलेर पाइला नचल्ने हुन्थ्यो । मैले त कसैले धकेलेको, शरीरमा वा हात खुट्टामा समातेको समेत धेरै पटक अनुभव गरेको थिएँ । कस्तो डरपोक मानिस रहेछ भन्ने लाग्न सक्छ । त्यही कुरा मेरो लागि अचम्मको भयो । म नडराउने मान्छे, लड्न नडराउने, भिडमा गइ लडभिड गर्न सक्ने, एकान्त डाँडा, भिर, खोलानाला तिर जान सक्ने, राती बाहिर निस्कन सक्ने, कुनै चीजको डर नभएको, हतियारहरु चलाउने, हतियार लिएर हिड्ने मान्छे अचानक ती चीजहरुको स्पष्ट आभास भएको २—३ दिनमा आफ्नै किचनमा अन्य परिवारको सामु आफ्नै किचनमा जान डरलाग्ने, ट्वाइलेट जान डर लाग्ने यस्तो त्रास आएपछि मैले तुरुन्तै विचार गरेँ कि यो कुनै साइकोलोजि मात्र होइन । सँग सँगै अन्य स्पर्श, सपनाहरु आइरहन्थे । यो पक्कै अदृश्य चीजहरु सँगको सम्पर्क हो जस्को बारेमा मलाइ थाहा छैन र अब अझ बुझ्न आवश्यक पर्यो भन्दै उपायहरु सोच्दै गर्थेँ । तर कुनै लामा झाँक्री कहाँ आफै जान सकिन तर घरपरिवार नेपालमा दिदी भान्जीहरुले यताउता झारफुक गर्ने कहाँ गएछन् र एउटा जन्तर पठाइ दिएका थिए । मेरो कुनै झारफुकमा विश्वास थिएन त्यही पनि केही फरक हुन्छ कि भनेर लगाएर परिक्षण गरेँ । त्यो जन्तर लगाएमा ती त्रासहरु डरहरु, आवाजहरु, कम हुन्थे । जन्तर निकालेर बाहिर राखे दिन भरिमा ती त्रासहरु, पुनः आउन थाल्थे । त्यस्तो पटक पटक भएको थियो । त्यस पछि झन गाउँघरमा मानिदै आएका त्यस्तै डर र त्रासका मान्यताहरुले समर्थन पायो । तर त्यसको विस्तृत जानकारी ती जन्तर बनाएर पठाउनेहरुसँग गएर सोध्दैमा वैज्ञानिक महत्वको उत्तर नपाइने भएर आफ्नै तरिकाले खोजी गर्ने निधो गरिरहेको थिएँ । यसो गर्दै मैले ती अदृश्य चीजहरुलाई विपनामा, होसमा, बसेको बेलामा, हिडिरहेको बेलामा देख्ने, कहिले छाँया देख्ने, कहिले स्पर्श गर्ने, सपनामा देख्ने, तिनीहरुले मलाई गरेको प्रहारहरु लाग्ने, तिनीहरुले सपनामा पिटेको भोलिपल्ट वा कैयौँ दिन सम्म दुख्ने, तिनीहरुले विपनामा पिटेको दुखाइहरु धेरै दिन सम्म दुख्ने हुन्थ्योे । त्यता स्पर्शका थुप्रै घटनाहरु घटे । एक दिन दिउँसो आफ्नै घर कम्पाउण्डमा फाेहोर फाल्न भनि निस्केको थिएँ । फाेहोर फाल्ने कन्टेनरमा फाेहोरको पोको फालेर आफ्नो क्वाटरमा उक्लने ढोका तिर जाँदै थिएँ । अचानक ३—४ जना गुण्डाकेटाहरुले पिछा गरेको जस्तो लाग्यो र तिनीहरुले पछाडिबाट मेरो चप्पलमा टेकेर लडाउन भनेर अगाडि धकाले  मलार्इ । म लड्ला लड्ला जस्तो गरेर अगाडि तिर घोप्टिन पुगेको थिएँ तर लडिन र पछाडि फर्केर हेरेँ । त्यसदिन त्यहाँ कम्पाउण्डमा कोही थिएनन् । कम्पाउण्डमा सँधै २—३ जना पुलिस गार्डहरु हुन्थे । त्यस बखतमा गार्डहरुपनि भित्र गार्ड बस्ने कोठामा थिए होलान् । बाहिर कम्पाउण्डमा थुप्रै गाडीहरु थिए तर त्यहाँ मानिसहरु एकजना पनि थिएनन् । भने कसैले झुक्किएर मलाइ धकेल्ने कुरा भएन । अझ अचम्मको कुरा के भने तिनीहरुले पछाडिबाट मेरो चप्पलमा टेकेर मलाइ अड्काएर लडाउन खोजेको थिए । पछाडि फर्केर हेर्दाकोही थिएनन् भने पछि यो एक छाया जस्तो मात्र थियो तर तिनीहरुले पछाडिबाट टेकेको मेरो घरबस्दा लगाउने चप्पल साँचैकै चुँडिएको थियो । यस्तो घटना भए पछि जतिसुकै नडराउनेलाई पनि अलिकति डर लाग्नु स्वभाविकै हो । म पनि डराउदिन भन्दा भन्दै पनि डरले जिरिङ्ग भयाे, जिउ फुलेर अायाे, अचानक जाडाे भयाे । तर डराएर कराउने चिच्याउने भाग्ने गरिन । मन शान्त गर्न भनेर झन केही बेर त्यही ठाउामा उभिएँ र अाफ्नाे क्वाटर तिर लागेँ । म अब यस्तै चीजहरुको घेराउमा छु भन्ने थाहा लाग्यो तर उपाय केही थाहा छैन । यस्तो घटना त्यस बेलासम्ममा अन्त कतै देख्ने, सुन्ने पढ्ने मौका पाएको थिइन । त्यस्ता कुराहरु तुरुन्तै श्रीमतीलाई सुनाउने कुरा पनि भएन । त्यसैले आफ्नै मनमा लिई तर्कहरु गरिरहेको थिएँ । त्यस पछि त्यस्ता अदृश्यहरु झन झन स्पष्ट गरि देखिन थाले । आफ्नो काम गर्ने ठाउँ अफिसमा आफ्नो घुम्ने कुर्चिमा अरुनै बसिरहेको हुन्थ्यो । अफिस कोठामा छिर्दा झलक्क एक सेकेन्ड जस्तो गरेर ती चित्रहरु मेरा अगाडि आउँथे । अरु कर्मचारीहरु काम गरिरहेका हुन्थे । अफिस कोठामा छिर्दा झलक्क गरेर आफ्नो कम्प्युटरमा अरुनै बसेर काम गरिरहेको चित्र देखिन्थ्योे । बिदेशमा भएको घटनाहरु भएपनि ती झलक्क आउने चित्रका पात्रहरु नेपाली जातकाहरु हुन्थे । तिनीहरुमध्ये कोही आफुले नचिनेका हुन्थे भने कोही आफुले राम्रो सँग चिनेको, प्रेम भाव भएको, ती कामसँग सँबन्धित भएको तर केही बर्ष अगाडि मरिसकेको मानिसको चित्र हुन्थ्यो ।
आफ्ना कर्मचारीहरुलाई तलब दिने बेलामा हिसाब किताब मिलाउन बसे पछि एक जना मानिस जो केही बर्ष अगाडि बित्नु भएको थियो र उ आइ केही पर ढोका पछाडि उभिएर कुरिरहेको हुन्थ्यो र आफ्नो तलब लिन आएको भनेर भाव आउथ्यो । उ केही बर्ष अगाडि बित्नु भएको थियो र बित्नु भन्दा अगाडि मेरो अफिसमा काम गर्दथ्यो । केही पटक यस्तो चित्र आयो । कुरा राम्ररी बुझ्न सकिरहेको थिइन । जीउमा एकदम थकावट आयो । बल्ल बल्ल हिसाब मिलाएर सबै कर्मचारीहरुलाई तलब दिएँ । त्यस पछि करिब २—३ हप्ता बिरामी भएको थिएँ पटकपटक छुट्टि लिएर घरमा बसेको थिएँ । त्यतीखेर मलाइ भएको बिरामी कुनै ठुलो केही थिएन । राती धेरै बेर सम्म निन्द्रा नलाग्ने, बिहान उठ्न नसक्ने र समयमा अफिस जान नसक्ने , अफिसमा गइ काम गर्न मन नलाग्ने, विहानको खाना खाएर अफिस जाने कपडा लगाएर, घाँटिमा टाइ लगाएर हातमा डिप्लोम्याट लिएर अब घरबाट निस्कन्छु भनेर ढोका तिर हेरेपछि अचानक यस्तो थकाइ लाग्दथ्यो, आँखामा यस्तो निद्रा लाग्दथ्यो, हात खुट्टा गलेर अब एकैछिन सुतेर आराम गरेर घरबाट निस्कनु पर्ला भनेर यसो सोफामा पल्टे पछि यस्तो घोर निद्रा लाग्ने, सपना आएका आयै, आँखा खोल्नै नसक्ने गदै अझै ३–४ घण्टा सुतेर बल्ल बल्ल गरेर उठ्दा जीउ भरी पसिनाले नित्रुक्क भएर फेरी कपडा फेरेर बल्ल निस्कनु पर्दथ्यो । अफिस जान नसकेर छुट्टि लिएर घरमा बसेपछि वा अफिस नगएर अन्त जहाँ घुम्न गए ठिक सन्चो हुने त्यस्तै बिमारी थियो । आफ्नै काम भएकोले अफिस गए पनि नगए पनि मिलाउन मिल्ने भएको भएर मिलाइ रहेको थिए । अर्को महिनाको तलब दिने बेलामा सन्जोगले त्यही कोठामा बसेर कर्मचारीहरुको हिसाब मिलाउन बसेको थिएँ फेरि त्यसैगरि त्यो मरिसकेको मानिस तलब लिन भनेर ढोकाको पछाडि कुरेर टाउको मात्र घरिघरि देखाउदै कुरिरहेको छ । म टाउको झुकाएर आफ्नो नोटबुक कम्प्युटरमा हिसाब मिलाउदै थिएँ । मेरो अगाडि कोरिडोरको ढोका परेको थियो । त्यही ढोकामा लुकेर बसेको जस्तो गरेर घरिघरि टाउको देखाएको चित्र आँखा अगाडि आइरहन्थ्यो । म त अचम्ममा परेँ । अघिल्लो महिनामा पनि तलब हिसाब गर्ने बेलामा यस्तै भएको थियो । बल्ल अर्थ लाग्यो कि त्यस पछि केही दिन बोल्न नहुने गरेर घाँटि दुखेको थियो र त्यसपछि पुरा गरेर जीउमा सन्चो भएकै छैन । भने अर्को तलब दिने दिन यस्तै चित्र आएपछि मलाइ विश्वास भयो कि यो ढोका पछाडिबाट घरिघरि मलाइ हेरेर हेर्ने, तलब लिन आएको जस्तो लाग्ने यो यसै भएको छैन । यसमा कुनै रहस्य छ । योकुरा मैले तलब दिन खोजेको विषय सँग सम्बन्धित छ भनेर शँका लागे पछि अब म तलब हिसाब गर्दिन भनेर कापी कम्प्युटर थन्काएँ र केही क्षण आराम गर्छु भनेर त्यही बेडमा पल्टेँ । थकाइ लागेर जीउ दुखि राखेको थियो तुरन्त निदाएछु । मलाइ त तुरुन्त सपनामा त्यो मानिस सहित अरु २–३ जना उनीहरुका साथीहरु आएर मलाइ पिट्न, थर्काउन थाले । मेरो कमिजको कठालोमा समातेर २–३ चोटि उचाल्दै खाटमा भएको म सुतिरहेको सिरानीमा फ्याक्दै गरेर कसैले घाँटि थिचेर मार्न खाजे जस्तै गरि झक्ल्याङ्ग झुक्लुङ्ग पारे । अन्तिममा मलाइ कठालोमा समातेर खाटबाट उचालेर त्यसै खाटमा बेसरी जोडले दुख्ने गरेर फालेर गए । म झसँग भएर बिउँझिएँ । जीउ पसिना पसिना भएको रहेछ । अचम्मको कुरा तिनीहरुले हानेको ठाउँमा दुखिरहेको थियो । मलाइ जीवनमा त्यसरी कसैले पीटपाट पारेको थर्काएको अनुभव छैन । विपनामा भए सायदै कसैले त्यस्तो गर्ने हिम्मत गर्लान् । म त्यतिक कमजोर मानिस छैन । म विपनामा भए अाफै लडेर सामना गर्थेँ ।  तर त्यहाँ सपनामा मेरो केही लागेको थिएन । त्यसपछि त झन यसको कारण नबुझिकन तलब हिसाब मिलाउदिन भनेर हिसाब गर्न छोडिदिएँ र अरुनै उपाय निकालेर काम चलाएँ । त्यस पछि अब अझ नजिकबाट प्रहार हुन थाल्यो । कम्प्युटरमा काम गर्न बस्नै नहुने निन्द्रा लाग्ने हुन्थ्यो । कम्प्युटरमा कामगर्न कुर्चीमा बस्न गए के कामले कम्प्युटर खोलेको हो भनेर भुल्ने, केही नभए कम्प्युटरको टेबुलमा २–३ घण्टा घोप्टो परेर सुत्ने निदाउने यस्तै प्रहारहरु भइरहेको थियो । अफिसका अन्य कामदारहरु पनि सबै बिरामी थिए । सानो सानो एैया आत्थु, घाँटी दुख्ने, गर्मीमा पनि जाडाे हुने सबै कर्मचारीहरूलाई भइरहन्थ्यो । यस्तै हुँदोरहेछ तेश्रो नेत्र खुलेर अदृश्य अन्य लिँग शरीरहरुसँग सम्पर्क हुँदाको त्रासको अवस्था । याे एक अज्ञानताकाे अवस्था हाे र याे अवस्था मैले निम्त्याएकाे थिएँ पछि थाहा भयाे । मैले तिनीहरूकाे बारेमा बुझ्ने, तिनीहरूकाे बारेमा जानेका केही ज्ञानहरूलार्इ लेख्ने, प्रकाशित गर्ने चाहना राखेकाे भएर तिनीहरू मेरा वरपर नजिक अाएका रहेछन् ।

ब्रह्मज्ञान के हो ? र यो प्राप्त गर्न केही सुझावहरुः

ब्रह्मज्ञानका बारेमा विभिन्न धर्म, विभिन्न शास्त्र र सँस्कारहरुमा आफ्नो तरिकाबाट वयान, तर्क, अर्थ लगाइएको छ । तर ती विभिन्न ठाउँमा वयान गरिएका ब्रह्मको चर्चा र ज्ञानको अर्थ, आसय र प्रमुख भाव बुझ्न अति कठिन छन् । मैले पनि सुरूका दिनहरूमा केही बुझ्न सकेकाे थिइन । मानौँकि ती कुराहरु कहिल्यै बुझ्न नसकिने बस्तु जस्तो लाग्दथ्यो । कुरा बुझिन भन्दा बुझ्दै नबुझेकाे हाेइन तर कुनै प्रमाण, सही तरिका, उपलब्धिहरू केही बुझ्न सकेकाे थिइन । लहै लहैमा लागेका, भजनमा अाँखा चिम्म गरेर अानन्द लिएका र त्यस्तै गर्न सिकाएका कुरा त मलार्इ पनि थाहा थियाे । तर म अरू भन्दा अलि फरक तरिकाले साेच्द रहेछु । ती सबैकुराहरूलार्इ  मैले जानेकाे अन्य ज्ञान विज्ञान र चिकित्साशास्त्रकाे दृष्टिकाेणले प्रमाणित तथ्यकाे मात्र पछि लाग्नु र अरूलार्इ पनि प्रमाणित तथ्यकाे मात्र पछि लाग भनेर सल्लाह दिनु मेराे कर्तव्य थियाे । सबै स्राेत, साधन र समय लगाएर खाेजि गर्दै जाँदा लेखकलाई यी ब्रह्मज्ञानका कुराहरू बुझ्न बषौँ मिहिनेत, अध्ययन, मनन र  अाफैले अध्यासहरु गर्नु पर्यो । वेदशास्त्रहरूमा ब्रह्मको बारेमा गरिएका वयान र केही छोटो परिचय बताउन जाँदैछु । यो ब्रह्मको ज्ञान बुझ्न अति कठिन छ । त्यसैले यो एक चोटि पढ्ने बित्तकै बुझ्ने कुरा होइन । सबै कुराहरुलाई पटक पटक पढ्दै यस कुराहरुलाई मनन गर्दै गए पछि अर्थ खुल्दै जानेछ ।
वेदको पद्मपुराण अन्तर्गतका सम्बादमा उल्लेख गरिएका ब्रह्मको ज्ञानको वयानहरुको केही महत्वपूर्ण भाग मात्र वर्णन गर्न जाँदैछु । भगवान शिवजीले राम चन्द्रलाई दर्शन दिनु भयो र म को हुँ भनेर आफ्नो वयान र परिचय दिनु भयो ।

  •  हे देवता हो ! म सृष्टिको पहिला पनि थिएँ र पछि पनि मै हुन्छु । यो जगतमा म बाहेक अरु केही छैनन् ।
  •  नित्य, अनित्य पनि म नै हुँ ।
  •  म दक्षिण, उत्तर, पुर्व र पश्चिम हुँ । माथि, तल, दिशा, विदिशा सबै म हुँ ।
  •  सावित्री, गायत्री स्त्री, पुरुष, नपुँषक म नै हुँ ।
  •  सबै अग्निहरु म हुँ ।
  •  स्वर्ग र जगत पनि म हुँ ।
  •  म सबैबाट भिन्न र सबमा स्थित छु ।
  •  म निश्चल, अविनाशी, निर्गुण, परमज्योती स्वरुप, चेतना स्वरुप, निराकार हुँ ।
  •  मेरो सुरु र अन्त्य छैन ।
  • म त्यहाँ छु जहाँ बाँणीको गति छैन जहाँ मन पुग्न सक्दैन ।
  • सर्वज्ञ, सर्वस्वरुप हुँ ।
  • म स्वभावले प्रकाश स्वरुप, शान्त स्वरुप, आनन्द स्वरुप छु ।
  • म सुक्ष्ममा अति सुक्ष्म र विशालमा अति विशाल छु ।
  • मेरो कुनै किनारा, आकार छैन । मलाइ नाप्न, तौलन, छुन, देख्न मिल्दैन । केवल ज्ञान द्धारा अनुभव गर्न मिल्दछ ।
  • मबाट सबै सन्सारका जीवहरुको उत्पत्ति भएको हो । म मानै सबै समाप्त हुन्छन् ।
  • म सबै प्राणीहरुको आत्मा स्वरुप हुँ ।
  • सबै सृष्टि मबाटै सुरु भएको हो त्यसैलै सृष्टिका सबै जीव स्थावर (अचल), जँगम(चल)हरुमा म नै छु । नदी नाला, स्त्री पुरुष, पहाड, हिमाल, सुर्य, चन्द्र, ग्रह, तारा, मन्त्र, छन्द, वेद, पुराण, इतिहाँस, ग्रन्थ, अग्नि, वायु, आकाश, धरती, पानी, सागर, सुर्यमा तेज म नै हुँ ।
  • ब्रह्मा, बिष्णु, महेश्वर, उमा, स्कन्द, गणपति, देवी, इश्वरी, श्रृषि, गुरु म नै हुँ ।
  • म नै चेतना स्वरुप हुँ र सबै प्राणीमा चेतना द्धारा ज्ञान दिलाउँछु । म नै प्रमुख गुरु हुँ ।
  • म नै सब भन्दा जेष्ट, सब देवतामा श्रेष्ठ, ज्ञानीहरुमा पुज्य हुँ ।
  • म नै सबै प्राणीहरुको हृदयमा बस्ने देवता प्राण स्वरुप हुँ । जो चलाख मानिस मलार्इ आत्मामा देख्दछ, उसलाई धारक, शान्ति प्राप्त हुन्छ ।
  • म नै लोकको उत्पत्ति, पालना र सँहार गर्दछु ।
  • मेरो निगुर्ण स्वरुपको वर्णन छैन । यी मानिसका छालाका इन्द्रियहरुले मलाई देख्न सक्षम छैनन् । जो हृदयको बुद्धिज्ञानले मेरो स्वरुपलाई बुझ्दछ त्यसले मुक्ति प्राप्त गर्दछ । त्यसले पुनः जन्म लिनु पर्दैन र भय रहित हुन्छ ।
  • सर्वत्र मेरा नेत्र, सर्वत्र मेरा मुख, सर्वत्र मेरा भुजा, सर्वत्र मेरा चरण छन् ।
  • ॐ पनि म नै हुँ ।

यसरी भगवानले वा भगवानका कुनै स्वरुपले सन्सारमा भएका सबै कुराहरु म हुँ, सँसारमा गरिएका सबै कुराहरु मैले गरेको हुँ भनेर भन्दा नबुझिने वा अर्थ नबुझ्नु स्वभाविक हो । अझ शास्त्रमा धेरैकुराको नाम लिएर भगवानले म हुँ भनेर भन्नु भएको छ । भगवानले  भन्नु भएका ती अनगिन्त कुराहरुबाट मैले हाम्रो सन्दर्भ सँग मिल्ने र बुझ्न बुझाउन सजिलो हुनेलाई मात्र समावेश गरेको हुँ । भगवानले त्यस्तो गरेर सबै कुरा म हुँ भनेर किन भन्नुभएको होला भनेर प्रश्न उठ्न सक्दछ । मेरो तर्फबाट के जवाफ दिन चाहन्छु भने यदि सृष्टिमा सुरुको पहिलो उत्पत्ति नै ब्रह्ममा अव्यक्तबाट व्यक्त हुदाँ उत्पत्ति भएको छ । सृष्टिमा बनेका सबै चीजहरु त्यस पहिलो उत्पत्ति भएको चीजमा अन्य जीवहरु थपिदै विभिन्न आकार र गुणहरु बन्दै साना ठुलाहरु बन्दै आएका हुन् । यदि त्यसै हो भने त ती सबै कुरा मैलै गरेको वा म नै हुँ भन्न मिल्दछ । जस्तै कुनै विद्यार्थी स्कुल पास गर्दछ भने त्यस विद्यार्थीले मैले स्कुल पास गरेँ भनेर भन्दछ । उसका आमा बुबाले मैले छोरा वा छोरीलाई पढाएर स्कुल पास गराएँ भन्दछन् । स्कुलमा शिक्षकहरु मैले पढाएको विद्यार्थी हो भन्दछन् । स्कुल बनाएका वा सँचालक समितीकाहरु हामीले व्यवस्था गरेर पढाएको हो भन्दछन् । देश वा राज्यले हामीले सहयोग र व्यवस्था गरेर पढाएका हौँ भन्दछन् । भने ती सबैहरु उत्पत्ति गराउनेले  मैले गरेको हुँ भन्न त मिल्ने हो जस्तो लाग्दछ । शास्त्रमा यस ब्रह्मकोे विषयमा चर्चा हुँदा भगवानले खोलानाला, नदी, सागर, पहाड, ग्रह, सुर्य, चन्द्र, देवी देवता,मानिस, ग्रन्थ, वेद, शब्द, छन्द सबै म नै हुँ भन्नु भएको छ । आजको सन्दर्भमा त्यस वर्णनलाई मानिसले अलि बुझिने भाषामा भन्नु पर्दा अमेरिका, रुस, बेलायत, भारत, चिन, नेपाल सबै म नै हुँ । गाडी, जहाज, रकेट, बम, आणविक बम, बन्दुक, सबै म नै हुँ । बम बनाउने, बम बोक्ने, बम पड्काउने, बममा परेर मर्ने सबै म नै हुँ । ती सबै भित्र म छु । डलर, युरो, रुपिँया, यस्को दिनदिनको तलमाथि परिवर्तन हुने रेट पनि म नै हुँ । प्रधान मन्त्री, राष्ट्रपति, जनता सबै म मा छन् र सबैमा म छु भन्नु भएको हो । यो भाव बुझ्न कठिन छ तर यो बुझेपछि अब अरु बुझ्न केही बाँकी रहदैन भनेर भन्नु भएको छ ।
ब्रह्मज्ञानका कुरा बुझ्न सजिलो होस भन्नाका लागि केही ध्यान पुर्याउने पर्ने कुराहरुका बारेमा लेखकको आफ्ना सल्लाहहरु दिन चाहन्छु ।
१. सबभन्दा पहिलो महत्वको कुराके हो भने ठुलो मोटो बुद्धिले यो ब्रह्मज्ञानका कुरा बुझ्न सकिदैन भनेको छ । त्यसैले कसैलाई बुझ्न कठिन भएमा लेखकलाई गालि गर्न तिर नलागेर आफ्नो बुद्धि घोटेर तिखो पार्ने साधन खोज्न जान आग्रह गर्दछु । यो बुझ्नलाई बुद्धि सुक्ष्ममा लैजानु पर्छ । यदि कसैले ब्रह्मको ज्ञानका कुरा पढ्दै गरेको छ र त्यस मिहिनेतलाई सफल बनाउनु छ भने केही दिनका लागि सन्सारिक व्यस्तताबाट अलिक टाढा बसेर एकान्त खोज्नु उचित हुन्छ । एकान्त खोज्नु भनेको घर छोडेर जँगल जानु भनेको होइन तर घरमानै बसे पनि मानसिकतालाई सान्सारिक व्यस्तताबाट पर लगेर मनन गर्न खोजेको हुनु पर्दछ । बिहानै उठेर पढेको, सुनेको समाचारका कारण नेताहरुलाई दिनभर गालि गर्ने गरेकाहरुलाई वा विहान उठे देखि आफुले पनि बेलामा खाना नखाने अरुलाइ पनि बेलामा खाना खान फुर्सद नदिने गरेर काममा व्यस्त भएकाहरुका लागि ब्रह्मको ज्ञानका लागि दिमागमा ठाउँनै बाँकी रहेको हुँदैन ।
२. सबै देवी देवताहरुलाई यो ब्रह्मकाे ज्ञान हुँदैन वा तिनीहरु यो बुझ्न सक्षम छैनन् भनेर वेदशास्त्रहरूमा भनिएको छ । मानिसहरुमा पनि शिव भक्त भएर त्रिशुल लिएर हिड्ने गरेका, ठुला लामा टिका, रुद्राक्षका माला लगाउने गरेका, आश्रम चलाएर थुप्रै चेलाहरुका गुरु भइसकेका, मन्दिरका पुजारी भइरहेका, अरुको पुजा गरिदिने र दक्षिणा लिने बानी परेका पण्डितहरुमा पनि सबैलाई ब्रह्मज्ञानको पुर्णज्ञान नहुन सक्दछ ।
३. यो ब्रह्मज्ञान बुझेकाहरु सबैभन्दा उत्तम हुन् र तिनीहरु सबै कष्टबाट मुक्त हुन्छन्, तिनीहरू भवसागरबाट पार हुन्छन् भन्नुभएको छ । यदि ब्रह्मज्ञान प्राप्त गरेपछि पनि समस्या कष्टहरूले घेरिरहेका छन् भने म यस्तो ब्रह्मको ज्ञान भएको गुरु जस्तोलार्इ पनि यस्तो समस्या पर्यो भनेर अरुलार्इ गालि गर्दै बस्नु भन्दा अझै ब्रहमको ज्ञान र अनुभव प्राप्त भएको रहेनछ भनेर आफैले जान्नु पर्दछ । साँचैमा ब्रह्मका ज्ञानीहरु समस्या कष्टबाट मुक्त भएका हुन्छन् ।
४. ब्रह्मको ज्ञानका कुरा भगवानहरुले आफैले आफ्नो मुखबाट भन्नु भएको भनेर भनिएको छ । अलिअलि मात्र धर्म वा धार्मिक कथाहरुको ज्ञान भएका मानिसहरुले के सोच्दछन् भने भगवान शिवजी भनेको जटाधारी, सर्पको माला लगाउनु भएको, हातमा त्रिशुल, डमरु इत्यादि लिएको हुन् भनेर सोच्दछौँ । भगवान बिष्णु भन्ने बित्तिकै हातमा गधा, चक्र लिनु भएको, कृष्ण भनेको मुरली लिएको भनेर सोच्दछौँ र यी ब्रह्मज्ञानका कुरा तिनीहरुले भन्नु भएको भनेर सोच्दछौँ र तिनीहरुले नै यो सन्सार चलाइरहेका छन् र अनि हामीमा आएका तर्कहरु अर्थ पूर्ण हुन पाउँदैनन् र मानिसहरु धर्म, देवीदेवताहरुका बारेमा गलत अर्थ र गलत तर्क लगाइरहेका हुन्छन् । यी शिव, विष्णु, कृष्ण रुपहरु ब्रह्मको सगुन अथवा देखिने रुपहरु हुन् । भगवानको प्रमुख रुप त निर्गुण, निराकार रुप हो र यी सबै ब्रह्मका ज्ञानका कुराहरु तिनै निर्गुण, निराकार रुपले भन्नुभएको हो ।
५. सबभन्दा अझ बुझ्न कठिन कुरा के छ भने कुनै रुप नभएको कुनै खालि ठाउँ जस्तो वा सुन्य ठाउँ जस्तो ब्रह्म भन्नेको चेतना हुन्छ, त्यसको प्रकाश हुन्छ, त्यसलाई सृष्टिमा भइरहेका सबैकुराहरु थाहा छ, अगाडि भएका कुराहरु सबै याद छ, त्यसले मानिस सँग सम्पर्क गर्नसक्दछ र दोहोरो कुरा गर्नसक्दछ भन्ने कुरा तर्क गर्न कठिन हुन्छ । जब अध्ययन र मनन गर्दै जाँदा त्यस्तै हुनुपर्छ भन्ने सम्ममा मानिसको बुद्धि आउँछ तब बल्ल ब्रह्मज्ञानका अन्य कुराहरुपनि बुझिन, अनुभव हुन थाल्दछन् । यहि कुराको अनुभव लेखक अन्य पाठकहरुमा बाड्न चाहन्छ । त्यसैले यदि कुनै मानिसले ब्रह्मको ज्ञानका कुराहरु पढेर बुझ्न अर्थ लगाउन सकेको छैन र अनुभव गर्नसकेको छैन भने हतार गरेर यो कुरा झुटो हो भनेर अरुलाई गालि गर्न तिर नलाग्न सल्लाह दिन चाहन्छु । जाँचमा फेल हुनेहरु धेरै हुन्छन् । आफु  जाँचमा फेल हुँदैमा पास हुनेहरुसँग पाखुरा मिच्न जानेहरुलाइ समाजले के भन्छन् विचार गर्नु होला । बरु अझै अध्ययन गरेर फेरी फेरी जाच दिन चाहनेहरुलाई ती जाँचमा पास भइसकेका सिनियरदाइ दिदीहरु पनि आवश्यक सल्लाह सहयोग दिन तयार हुन्छन् । तर अध्ययन मिहिनेत नगरि फलको मात्र आश गर्नेहरुलाई डाक्टरको औषधीको गोलि र सुइ पनि पर्याप्त नहोला ?
६.भगवान शिव—ब्रह्मको सगुन (देखिने) रुप हो ।

शास्त्रमा आत्मा, लिँग शरीरको उत्पत्ति, गुणहरुको वर्णनहरु
ब्रहम र सृष्टिको बारेमा;
अव्यक्तादभवत्कालः प्रधानपुरुषः परः ।
तेभ्यः सर्वमिदँ जातँ तस्माद्ब्रह्ममयँ जगत् ।।
अनुवाद—अव्यक्तमा कालको उत्पत्ति भयो । त्यसबाट प्रधान पुरुषको उत्पत्ति भयो । त्यसबाट जगत उत्पत्ति भयो । त्यसैले यो जगत ब्रह्ममय हो ।
लेखकको विश्लेषण—ब्रह्मको सुरुको अव्यक्त अवस्थामा व्यक्तता आइ त्यो मुख्य ब्रह्मबाट भिन्न देखिन्छ । त्यो भिन्न भएको सानो ब्रह्म भित्र पनि त्यही ब्रह्मको सानो भाग छ, स्वप्रकास छ । त्यो भित्रको चेतना स्वप्रकासलाई पुरुष भन्दछ । त्यस पुरुषलाई वा सानो ब्रह्मलाई घेरेको आवरणलाई प्रधान भन्दछन् । यस प्रधानलाई प्रकृति पनि भनिन्छ । र त्यस आवरण भित्रको पुुुुरुषलाई चेतना वा चैतन्य पनि भनिन्छ । पुरुष चेतनाको रुप हो र प्रधान प्रकृतिको रुप हो ।
महादाद्यँ विशेषाँतँ सँप्रसुतेऽखिलँ जगत् ।
या सा प्रकृतिरुद्दिष्टा मोहिनी सर्वदेहिनाम् ।।
अनुवाद—जुन महतबाट सम्पुर्ण जगत् उत्पन्न गर्दछ । हरेक महत अर्कौ महतकाे प्रकृति सँग मोहित हुन्छ ।
लेखकको विश्लेषण—त्यस प्रधान र पुरुष दुबै मिलाएर बनेको सम्युक्त चीजलाई महत भन्दछ । त्यो नै प्रथम जीव हो । त्यस महतमा चेतना निस्कृय, साँक्षी, दर्शकमात्र भएर रहने भएकोले हरेक प्राणी वा जीवलाई त्यस महत्को प्रकृतीले मोहित गर्दछ । यस भनाइको मतलव हो हरेक जीवधारीले अर्को जीवधारीको चेतना सँग भन्दा प्रकृती सँग प्रयोगको महत्व राख्दछ । गाडी कसले बनायो, गाडी कसरी आइपुग्यो भन्नु भन्दा गाडीको प्रयोगमा मानिसको महत्व हुन्छ । सुर्य को हो, के हो भन्नु भन्दा सुर्यको तापको प्रयोगको महत्व हुन्छ । यसरी हरेक जीवधारीले अर्को जीवधारीलाई प्रकृतीको रुपमा महत्व राखेको हुन्छ, मोहित भएको हुन्छ ।
कालः सृजतिभूतानि कालः सँहरते प्रजाः ।
सर्वे कालस्य वशगा न कालः कस्यचिद्वशे ।।
अनुवाद—यो कालले नै जीवहरुको उत्पन्न गराउँछ र कालले नै सँहार गर्दछ । सम्पूर्ण कालको वशमा छ काल कसैको वशमा छैन ।
लेखकको विश्लेषण—काल भनेको समय हो । कुनै चन्चलता वा व्यक्त अवस्थाको कुनै समय आएपछि अन्त्य हुन्छ चाहे ढिलो होस वा चाँडो होस । हरेक व्यक्तताको समय वा काल आएपछि अन्त्य हुन्छ । त्यसैले सबै चीज कालको वशमा छ काल कसैको वशमा छैन भनेको हो । मानिसहरुले साधारण रुपमा काल भन्ने शब्दलाई मानिसको मृत्यु लिन आउने हो भनेर सोचेका हुन्छन् । त्यो काल कुनै खुँडालिएर वा कापी कलम हातमा लिएर हाम्रो कर्मको हिसाब किताब गरेर ठिक समयमा यति बजे या अरुनै कुनै बजे आएर गाडीमा वा रथमा हालेर वा घिसार्दै लाने भनेको होइन । स्थुलशरीरको अन्त्य हुँदा कोही लिन आउँदैनन् । यमराजका दुत पनि लिन आउदैनन् । यमराजका अगाडि लगेर प्रश्न पनि सोध्दैनन् । स्थुल शरीरको मृत्यु भनेको हिडिरहेको गाडी अचानक चल्न छाडेर बीचबाटामा अडिएर बसेको जस्तो मात्र हो । कहीँ जान पनि पर्दैन । काल कसैले पठाएर आउने र कसैले फिर्ता जा भनेर फिर्ता जाने होइन । समयको अन्त्यलाई काल भनिएको हो ।

लिँग शरीरको बारेमा शास्त्रमा गरिएका चर्चाहरु

यथा घटे नीयमाने घटाकाशोऽपि नीयते ।
तद्वत्सर्वगतोऽप्यात्मा लिँगदेहे विनिर्गते ।।
अनुवाद—जसरी भाँडा जताजता लग्यो त्यस भाँडा भित्रको आकाश पनि त्यता त्यता जान्छ त्यसै गरि सर्वत्र भएको जीवात्मा लिँगदेह भित्र प्रतिक हुन्छ ।
एताँपश्यन्स्वयँज्योतिः साक्ष्यात्माप्यवतिष्ठते ।।
अनुवाद—सबैलाई देख्न सक्ने स्वयँज्योती आत्मा साँक्षीरुपमा सबैमा वर्तमान हुन्छ ।

किँ करोमि क्व गच्छामि किँ गृह्णामि त्यजामि किम् ।
इति कर्तव्यतामूढः कृच्छाद्देहात्यजत्सून् ।।
अनुवाद—के गरुँ ? कहाँ जाउँ ? के लिउँ ? के त्यागुँ ? यस्तो कर्तव्यतामुढ हुँदै आफ्नो शरीर त्याग्दछ ।
लेखकको विश्लेषण—स्थुल शरीर छाड्ने बेलामा वा भर्खरै छाडेको बेलामा लिँग शरीरले यस्तै के गरु ? कहाँ जाउँ?, के लिउँ ? के त्यागुँ ? भन्दै कर्तव्यमुढ भइ रहेको हुन्छ ।
स एव जगताँ भोक्ता नाद्ययोः पुण्यपापयोः ।
इहामुत्र गतिस्तस्य जाग्रत्स्वप्नादिभोक्तृत्ता ।।
अनुवाद—यही जीव अनादि कालदेखि पुण्य पापले निर्मित भएर विभिन्न अन्य स्थावर, जँगम शरीरमा बास गर्दछ र फल भोग्दछ । त्यसैको परलोकको गति हुन्छ र त्यसैको जाग्रत, स्वप्न, सुषुप्ति इ तीन अवस्था जहुन्छ ।
आत्मनो न विकारित्वँ घटस्थनभसो यथा ।
एवमात्मा वपुस्तस्मादिति सँचिन्तयेद्धु धः ।।
अनुवाद—जसरी भाडाँ भित्रको आकाश विकार रहित छ त्यसै गरि यस आत्मा लिँग शरीर भित्र विकार रहित छ ।
अत्र पुँसाशित त्रेधा जायते जठराग्निना ।
मलः स्थविष्ठो भागः स्यान्मध्यमो माँसताँ व्रजेत् ।
माः कनिष्ठो भागः स्यात्तस्मादत्रमयँ माः ।।
अनुवाद—जीवले खाएको अन्न भित्र पाचन क्रियामा गइ तीन भागमा बाँडिन्छ । स्थुलभाग मल, मध्यभाग मासु, कनिष्टभाग मनमा बस्छ त्यसैले मनलाई अत्रमय भन्दछन् ।
यथा दर्पणकालिम्ना मलिन दृश्यते मुखम् ।
तद्वदन्तः करणगैर्दोषैरात्मापि दृश्यते ।।
अनुवाद—जसरी दर्पण(एैना)कालो भए दृश्य मलिन देखिन्छ त्यसैगरि लिँग शरीरको कर्मको दोष सँगसँगै आत्मा पनि मलिन देखिन्छ ।
लेखकको विश्लेषण—एैना मैलो भएर दृश्य मलिन भएको जस्तै लिँगशरीर मलिन भएको भएर आत्मा मलिन देखिन्छ कहिले कही तर आत्मा मलिन कहिल्यै हुँदैन ।
उध्र्वँ चौत्रामये यस्मादधश्चापनयाम्यहम् ।
तस्मादोङ्कारएवाहमेको नित्यःसनातनः ।।

अनुवाद—यस कारण जप गर्नेहरुलाई स्वर्गलोकमा लैजान्छु पुण्यक्षीण भएकाहरुलाई तल लैजान्छ । यो नित्य नियम र सत्य हो ।
लेखकको विश्लेषण— म नित्यसनातन हुँ । म कि माथि लैजान्छु कि तल लैजान्छु भन्नु भएकोमा पूर्ण व्याख्या नपुग्दा अर्थको अनर्थ हुन आएको छ जनमानसमा । हरेक व्यक्तिलाइ मर्ने बित्तकै भगवान शिवले पाप धर्मको हिसाब हेरेर त्रिशुलले टाउको हिर्काएर तँ तल जा या तँ माथिजा भनिदिने भएको भए त भाग्य नै हुन्थ्यो । त्यसो हुँदैन । सृष्टिमा भएका नियमहरु सबै उहाँबाट उत्पन्न भएको भएर सबै कार्य मैले गर्छु भन्नु भएको हो । पुण्य गर्नेहरुको लिँग शरीरको अन्नमय कोश हलुङ्गो हुने भएको भएर उनीहरु माथि तिर जान्छन् । पापीहरुको लिँग शरीरको अन्नमय कोश गहु्रङ्गो भएको भएर तिनीहरु जमिन सतह भन्दा तल तिर जान्छन् । । यो एक प्राकृतिक नियम हो । मृत्यु पछि त्यहाँ कोही लिन, पुर्याउन छोड्न आउँदैनन् ।
पुनर्देहान्तरँ याति यथाकर्मानुसारतः ।
आमोक्षात्सँचरत्येव मत्यस्यः कूलद्वयँ यथा ।।
अनुवाद—कर्मअनुसार अर्काे देह प्राप्त गर्दछ र जसरी नदीको माछा कहिले यो किनारा कहिले त्यो किनारा गरि रहन्छ त्यसरीनै लिँग शरीर मोक्ष नहुन्जेल त्यसै गरिरहन्छ ।
तत्तकर्मानुसारेण जाग्रद्भोगोपलब्धये ।
इदँ लिँगशरीराख्यमामोक्षत्र निर्वतते ।।
अनुवाद—आफुले गरेको कर्म अनुसार जाग्रत अवस्थामा सुख दुःखको साक्षात्कार जीवले गराइरहन्छ । सबै कृया लिँग शरीरले नै उठाउथ्यो । जब सम्म लिँग शरीरको नाश हुँदैन, मोक्ष हुँदैन तब सम्म साक्षात्कार गरिरहन्छ ।
लेखकको विश्लेषण— लिँग शरीरले आफ्नो उपस्थितिहरु, अरुले थाहा पाओस भन्ने चाहन्छ भनेर भनेको हो । त्यसैले मौका पाउने बित्तिकै सम्पर्कमा आएको हुन्छ ।

चित्रगुप्तको खाता (हिन्दुशास्त्रका कुरा एक शान्दर्भिक चर्चा )

हिन्दु वेदशास्त्रमा मानिसको मृत्यु पछि चित्रगुप्तले सबै हिसाब किताब हेरि तल पठाउने वा माथि पठाउने भनेर निर्णय गर्छ भनेर भनिएको छ । त्यस्ता सबैको हिसाब किताब राख्न कत्रा कापी चाहियो । भनेको बेलामा कापी कागजात खोजेर ल्याउनु परयो । यो त निकै कठिन काम हो । तर त्यस्तो कापी त्यहाँ हुँदैन । त्यहा चाहिने कापी मानिस आफैले लिएर गएका हुन्छन् । मानिसले जीवनमा गरेका सही काम, नराम्रा काम, पाप, पुण्यहरु सबै लिँग शरीरको बाहिरको आवरण अन्नमय कोशमा छापिएर बसेको हुन्छ । त्यसैको बोझले तल जानेकि माथि जाने छुट्याउने हुदो रहेछ । जीवनमा भगवान् सम्झेको भए, भगवान् सँगको मित्रता राखेको भए त्यसको लिँग शरीरको अन्नमय कोशमा त्यही छाप हुन्छ र त्यसै छाप अनुसार भगवान कहाँ पुग्ने सम्भावना बढी हुने हुन्छ भने यदि जीवनमा केवल घर जग्गा, सम्पत्ति, गहना, अझ अरुको भाग पनि अाफैलार्इ चाहिएको भए त्यसैको बोझले पुनः पुनः त्यही घर, जग्गा, सम्पत्तिमा फर्किरहने, त्यस सम्पत्तिको उपयोग गर्न नपाउदा दुःखि हुने हुन्छन् । ती सम्पत्तिहरु अरुले उपयोग गरिरहेको देख्नु पर्दा मरिसकेकाहरुलाई कस्तो भयो होला या अब मर्नेहरुलाई कस्तो हुन्छ होला ? यसै गरि मरे पछि पटक पटक बिउँझियो, अनि त्यही आफ्नो सम्पत्ति गन्यो, कुर्यो । यस्तै गर्दा रहेछन् मरिसकेकाहरु मध्य धेरै ले त । त्यस्तै हुन्छ र त्यो भ्रम हो, त्यस भावना भ्रमलाई तर्नु पर्छ भनेको छ शास्त्रहरुमा । त्यसैबाट बच्न सजिलो होस भवसागर तर्न सिकोस भनेर मरे पछि उसको नाममा १३ दिन किृया बस्ने र विभिन्न विधि गर्ने दान दिने चलन छ । मेरो पनि आमा बुबा बित्नु भएपछि पण्डितले भने जस्तै गरेर सबैकर्म, दान गरि गाइको पुच्छर समात्न लगाएर पितृलाई तर्न सिकाएको हो । खै कुन्नि पण्डितले धोखादिएका भए थाहा छैन । ती सबै तरिसके भनेर भन्थे तर ती सबै पितृहरु यतै रहेछन्, यतै गाउँ घर, खेती, सम्पत्ति, घरको उद्योगमै रहेछन्, राजनितिको कुरा गर्दा रहेछन्, परिवारको प्रगति, उन्नत्ति सफल असफल सबै उनीहरुलाई थाहा थियो । सानो सानो कुरामा उनीहरु सल्लाह दिन आउँदा रहेछन् । त्यसैले हाम्रा सँस्कारहरुमा गरिएका पितृहरुलाई कसरी तार्ने, आफु कसरी तर्ने भन्नेकुरामा अझ गहिरिएर सोच्नुपर्ने रहेछ । सबै दान धर्म कर्म गरेको भन्दैमा कानमा तेल हालेर बस्ने बेला रहेनछ । त्यहाँ मरेकाहरुलाई रुवावासी भइ रहेको रहेछ । अरुलाई पारितारि दिन्छु भनेर जिम्मा लिनु हुने पण्डितहरु अाफैनै तरेका नहुन सक्दछन् । मौका परे भागवत सप्ताह, पुराणका कथा भन्ने गुरुहरु नै तरेका हुँदैन रहेछन् । भागवत कथा भन्ने गुरुहरु आफ्नो स्थुल शरीरको मृत्यु पछि अरुले भागवत भनेको देखेर यो त मेरो गाउँ हो मेरो जजमान कहाँ के भनेर भागवत भन्न आइस् भनेर अर्को भागवत भन्दै गरेकाको घोडा चढ्न जालान भन्ने डर छ । त्यस्तै अन्य पण्डित, पुजारीको त्यस्तै हाल हुन सक्दछन् । मेरो जजमान, मेरो दक्षिणा, मैले पाउनु पर्ने दान तैले किन लिइस् भन्दै अर्का नयाँ पण्डित, पुजारी सँग नारीनिमोठ्ने पो हुन्कि आफु मरे पछि ? त्यसैले यस बिषयमा बेलामानै ध्यान दिनु उचित हुन्छ र त्यसै अनुसारको आचरणहरु बनाइ राख्नुपर्दछ । पछि छोराले भवसागर तारि दिन्छ भनेर कुर्ने हो भने छोराले जति चोटि पारि तारेपनि छोरा घर फर्कदा बाबु पहिल्यै घरमा आइ सक्ने पितृ परे भने अनि छोराको कुनै पनि मन्त्र, दान, धर्मले भ्याउदैन त्यस स्थितिलाई सुधार्न । त्यसैले सबभन्दा पहिला आफैले नै बुझेर अध्ययन र अभ्यास गर्नुपर्दछ अनि त्यसमा बल, सहयोग पुर्याउने काम अरुको हो । त्यसैले मरेपछिको गमनको यात्राको सही व्यवस्था गर्नु भनेको सबभन्दा उत्तम तरिका हो आफैमा मृत्युको बारेमा ज्ञान खुल्नु हो । नत्र आफुले मुख बन्द गरेको बोतललार्इ अरुले जति चोटि सुद्ध पानीमा डुबाए पनि एक थोपा पानी बोतल भित्र पस्ने सम्भव हुँदैन ।
अब एउटा महत्वपूर्ण घटना वयान गर्न गइरहेको छु । यो मस्कोको मेरो बसाइको बेलाको घटना हो । करिब ७ बर्ष अगाडिको घटना हो । मैले यस भन्दा अगाडिका केही घटनाहरुमा अदृश्य चीजहरु सँगको जम्काभेट भनेर भनेको छु । यो घटना त्यस जम्काभेट भन्दा करिब १ बर्ष अगाडिको हो । खै किन हो यस्तै दुःख खानु परेको भएर होकि, या यस्तै कुराहरुको मनमा खोजी भइरहेको भएर होकि मलाइ त्यस्तै त्यस्तै तेश्रो नेत्र खुलेका तर त्यसको खतराको कुनै आभास पनि नभएकाहरु मानिसहरु भेटिन्थे र तिनीहरुको अल्पज्ञानबाट धेरैकुरा सिक्ने मौका पाएको छुु । तिनै अल्पज्ञानहरुका टुक्राहरु जोडेरनै यस किताबले पूर्ण रुप पाएको हो आज । अदृश्य सँसारका बारेमा जिज्ञाशा हुँदा हुँदै पनि समयको व्यस्तता र कहाँ कसरी अध्ययन गर्ने भनेर थाहा नभएर गहिरो अध्ययन गर्न पाइरहेको थिइन । तर मौका अनुसारका साना साना समाचार र घटनाहरु बटुल्ने काम भइ रहेको थियो । त्यसबेला सम्म कुने डर त्रास भन्ने हुन्छ भनेर नजानेको स्थिति थियो । यस्तै खालका घटनाहरु घटि राख्थे वरपर । मस्कोमा एक जना परिचित नेपाली दिदी हुनु हून्थ्यो । उहाँ र हामी नजिक नजिक बस्दथ्यौँ र पटकपटक भेटघाट भइरहन्थ्यो । उहाँको घरमा साना साना झगडा परेको बेलामा वा अलिक केही तनाब भएको बेलामा उनीको शरीरमा केही असन्चो डिप्रेसन जस्तो भएको बेलामा आँखा चिम्म गरेर अरुको बारेमा बताउनु हुन्छ भनेर निकै पटक सुनेको थिएँ । यस्ता भविष्यवाँणी गर्नसक्ने क्षमता आएको भएर उहाँ डाराउनुको सट्टा दङ्ग हुनुहुन्थ्यो र त्यस्तै मौका खोजिरहनु हुन्थ्यो कि जस्तो लाग्दथ्यो । एकदुइ पटक आफै  पनि उपस्थित भएको बेलामा अरु लिँगशरीर सँग कुरा गरेर केही कुराहरु भन्नु भएको थियो । एकदिन म कहाँ पाउना भएर आउनु भएको बेलामा उहाको असाधारण खुबिको चर्चा हुँदा लौन त मेरो बारेमा पनि केही भनिदिनुस भनेर सोधे पछि उहाँले मेरो बारेमा भन्न भनेर आँखा चिम्म गर्नु भयो । को सँग के कुरा गर्नु भयो थाहा भएन तर आँखा खोलेर एक जना मानिसलाई देखेको भनेर त्यस मानिसको अन्दाजी उमेर, पहिरन, छालाको रँग, गालाको कोठि समेतका चित्रको वर्णन गर्नु भयो । घरिघरि आँखा चिम्म गर्दे खोल्दै गर्दै भनिरहनु भएको थियो । हामी मेरो घरको बैठक कोठामा म वारि पट्टीको सोफा उहा पारीपट्टीको सोफामा थियौँ । सबै कुराको वर्णन गनूभए अनुसार त्यो उहाँले देख्नु भएको मानिस मेरो करिब १२ बर्ष अगाडि बिति सक्नुभएको बुबा हुनु हुन्थ्यो । म त अचम्ममा परेँ । मेरो सोच्न सक्ने भन्दा बाहिरको घटना हुन आयो । मेरो बारेमा भन्नुस भनेर कुरा सुरुगरेको त्यहाँ अरुनै आउनु भयो । बुबाले केही पारिवारिक विचार सल्लाहहरु दिनुभयो जुन सान्दर्भिक थिए र परिवारमा घटिरहेको कुराहरु थिए । मैले बुबालाई आजकाल कहाँ बस्ने गर्नु हुन्छ भनेर सोधेँ । गाउँको भद्रकाली मन्दिरको आडको रुखतिर बस्छौँ भनेर उहाँले भन्नु भयो । मलाइ अति असजिलो भइरहेको थियो कि नसोचेको घटना भएको भएर के सोधौँ ? सोधौँ कि नसोधौँ भइरहेको थियो । मलाइ त्यो सम्पर्क छिट्टै बन्द गर्न पाए हुन्थ्यो जस्तो भइरहेको थियो । यत्तिकैमा त्यस दिदीले त्यहाँ बुबाका आडमा बुबाका अरुपनि साथीहरु छन् भनेर पहिरन अन्दाजी उमेर, टोपीको, अन्यकेही वर्णनहरुसबै भन्दै जाँनु भयो । त्यस वर्णन अनुसार उहा स्वर्गिय नेता गणेशमान सिँहजी हुनुहुन्थ्यो । उहाँहरु जीवित हुँदा पटक पटक भेट भएका साथीहरु थिए र राजनैतिक विचार मिलेका एउटै पार्टिका र अझ पार्टि भित्र पनि एउटै गुटका जस्ता थिए । म त झन अल्ल न बल्ल भएँ । मेरो मानसिकता यसको लागि तयार थिएन । त्यस अवस्थामा केही प्रश्न उत्तर हुँदा गणेशमानजी सँग केही कुरा भए । त्यत्ति खेर गिरिजा प्रसाद कोइराला प्रधान मन्त्री हुनु हुन्थ्यो । गणेशमानजीले भन्नुभयो कि बी.पी.ले गिरिजा प्रसादलाई कातर भन्नु हुन्छ । डरपोक भन्नुहुन्छ । मैले भनेको मान्दैन भन्नु हुन्छ भन्नु भयो । यी माओवादिहरु यहाँ पनि डरलाग्दा छन् भन्नु भयो । अब यो लम्बाउने कुरा गर्नुभएन भनेर छोट्याउन चाहेँ  र भने तपाइहरु बिति सक्नुभएको र आजको समयमा पनि राजनितिक कुरा गरेर बस्नु हुँदो रहेछ, त्यसो गर्नुहुन्न, तपाइहरु महानव्यक्ति हुनुहुन्थ्यो, तपाइहरुले आफ्नो इतिहास लेखि सक्नुभएको छ । अब नेपाल शिक्षित भइ सकेको छ । नेपालीहरुले अब आफ्नो बाटो पक्डने छन् । तपाइहरु शान्त भएर स्वर्गको बास गर्नुहोला । उहाँले गर्नुभएको एकदुइ महत्वपूर्ण काम र बुबाले गर्नुभएको एकदुइ वटा सामाजिक कामहरुको नाम भनेर त्यस कामले समाजमा ठुलो आड दिएको छ र जनताले ठुलो सहुलियत पाएका छन् र सुखी छन भनेर केही प्रशँसा गरिदिएँ । गणेशमानजीलाई फुर्क्याउदै उहाँले आफ्नो जीवनभर गर्नु भएको लगातारको अडानले नेपालमा राजनैतिक नेतृत्व पायो । उहाँकै नेतृत्वमा नेपालमा सबै राजनैतिक दलहरु एउटै छातामुनी बसेर मिलेर प्रजातन्त्रका लागि सँघर्ष गरेको भएर नै आज नेपालमा राजनैतिक गतिविधि अगाडि बढेको छ भनेर भनेँ । अब उहाँहरुलाई शान्त भइदिन अनुरोध गरेँ । गणेशमानजी, बी.पीं कोइराला र बुबाको नाम लिएर जय जय भनेर तीनचार पटक जति भने । गणेशमानजीले अति मिठो कुरा गरिस् खुसी लाग्यो भनेर भन्नु भयो । गणेश मानजीको कुरा गर्ने जुन तरिका स्टाइल थियो ठिक त्यसै स्टाइलमा माने माने भन्दैबोल्नु भएको थियो । तपाइलाई केही भन्नु छ कि भनेर बुबालाई सोधेँ । बुबाले हरेक दिन पानी चढाइदेउ हाम्रोे नाममा भन्नुभयो । मेरो त्यस बखत सम्म कुनै ज्ञान, धर्म, सँस्कार भन्ने चीजको कुनै सिँग पुच्छर केही रहेनछ । त्यसैले त्यस बखतको जवाफ गलत हुन गयो । मैले मरेको मानिसलाई कहाँको पानीको प्यास ? यो सबै भ्रम हो भनेर जान्ने पल्टे र यत्तिकैमा बन्द भयो सम्पर्क । कुनै पानी पनि दिइन । यस्तै थियो मेरो अहँकार र अज्ञानले ढाकिएको मान्छेको सोचाइ र तर्क । मेरो आफ्नो तेस्राे नेत्र खुलेको पनि थिएन र मैले अरुको खुलेको तेस्राे नेत्रको प्रयोग गरेको थिएँ । अरुबाट सम्पर्क भएको तर मैले गलत अर्थ र उपाय बनाएको हो । तर त्यस बखत बन्द भएको उहाँहरु सँगको सम्पर्क र सम्बन्ध बन्द भएकै रहेनछ या पहिला पनि पुरा बन्द भएको रहेनछ । यिनै सम्पर्कका कारण म अझ गहिरिएर अदृश्य सँसारको सम्पर्कमा पुगेको हो रहेछ । यस घटनाको करिब ७ महिना पछि मेरो त्यस्ता भुत प्रेत वा अन्य अदुश्य चीजहरुसँगको जम्काभेट र डर, त्रासहरु आएका थिए । सपनामा पितृहरु आउने र बिभिन्न सरसल्लाह दिने वा सपनामा कहिले कहीँ रिसाएर पिटपाट गर्ने जस्ता घटनाहरु हुन्थे । तर सपनामा देखिएका घटना वास्तविक जीवनसँग सम्बन्धित छन् भनेर थाहा थिएनन् । त्यस सम्पर्कको घटनाको करिब ३ बर्ष पछि अझ बढी स्पष्टसम्पर्क र कष्टहरुको अनुभव हुँदा र बढी गहिरिएर समस्यालाई बुझ्दा पितृहरु अशान्त अबस्था भएको भएर यस्ता कष्टहरुहुन आएका हुने भनेर थाहा पाएँ । पितृहरु अशान्त भएको थाहा थाहा पाएर तिनीहरुलाई शान्त पार्न पानी र बत्ती दिनुपर्ने भनेर कुनै एकजना अनुभवी परिचितले सल्लाह दिनु भएपछि त्यसै गरेँ । त्यसपछिहरेक दिन पितृका नाममा पानी र बत्ती बाल्न थालेँ । त्यस पछि तुरुन्त नै कष्टहरु कम भएका थिए तर स्पर्शहरु भइरहन्थे । त्यसरी पितृको नाममा पानी र बत्ती हरेक दिन दिँदै करिब २ बर्ष बितेपछि पितृ शान्त भइसकेपछि हरेक दिन पानी र बत्ती दिन नहुने भनेर थाहा भयो । पितृसँग अनुमति मागेर त्यो पानी र बत्ती दिने चलन पनि बन्द गरेँ । पछि गहिरो अध्ययनमा पुगेर गरिएका पितृकार्यहरुबाट पितृ पूर्णरुपमा शान्त हुनु भएको, पितृहरु स्वर्गको बास गर्नु भएको आभास भएका थिए । पछिका पाठहरुमा यसको उपायहरुका बारेमा चर्चा हुनेछन् । तर जे जति कष्टहरु भएका भएपनि अन्त्यमा वास्तविक कारण पत्ता लगाइ समस्याको जरो देखि नै समाधान गर्न सफल भएको छु ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: English