ॐको अर्थ
ॐको अर्थ बिभिन्न शास्त्रहरुमा विस्तृत जानकारी गरिएको छ । हिन्दु शास्त्रको परिचय भइसकेकालाई यो सिकाउन वा भनिरहन परेन र केही नजानेका लागि यस्को विस्तृत जानकारी आवश्यक छैन । प्रमुख कुरा यसको अर्थ बुझ्न लागौँ । सृष्टिको सुरुवात ब्रहमको अव्यक्तबाट सुरु भएको र सृष्टिसुरु भएपछि त्यस सृष्टिका सबै जीवहरुको एकआपसमा सम्बन्ध हुँदै विकास हुँदै बिभिन्न ठाउँमा, परिस्थितिमा आकाश, बायु तरल, ठोस इत्यादि भएर बसेका छन् । यि सबै सृष्टिको रचना, सँरचनालाई एकैठाउँमा व्यक्त गरेको वाक्य ॐ हो ।
चित्र ॐ
सृष्टिमा सबैलोक सँगसँगै छन् । सुरुको अबस्थाबाट विकास हुँदै झन ठुलो ठुलो रुप लिँदै आएका छन् । हरेक लोकको आफ्नो आफ्नो मोटाइ छ । त्यसैको आधारमा लोक बाँडिएका छन् । ठुलो मोटाइ वालाले सानो मोटाइ वालालाई देख्दैन तर सानो मोटाइ वालाले ठलो मोटाइ वालालाई देख्दछ । भुलोक सबभन्दा सानो मोटाइको रुप हो भने सोमलोक सबभन्दा बढी मोटाइको रुपहरु हुन् । जस्तै मानिसलाई साधारण आँखाबाट एउटा चित्र देखिन्छ । माइक्रोस्कोपबाट हेरियो भने कोशहरु मात्र देखिन्छन् । अलि गहिरिएर मलेकुल, अणु, परमाणुको नजरले हेरेमा केवल तिनै मलेकुल,अणु, परमाणुमात्र देखिन्छन् । अलि गहिरिएर प्रकासहरुको नजरबाट हेर्दा ती अणु, परमाणुहरु केवल प्रकाशहरु मात्र हुन् । त्यसभन्दा सानो रुपहेर्न सक्ने प्रविधि विज्ञानमा आइसकेको छैन ।
मानिसको भौतिक तत्वको शरीरको ज्ञान हुनु भनेको ॐको ँ वा सोमलोकको ज्ञान हो । त्यसभन्दा सुक्ष्मरुप भनेको चेतनाको शरीरको ज्ञान र स्वर्लाेकको ज्ञान हो । त्यहाँ त्यस्तै चेतना शरीरधारित जीवहरु हुन्छन् । यस अबस्थाका जीवहरुको त्यसभन्दा सानो रुपको जीवहरुको ज्ञान वा ब्रह्मको ज्ञान नहुन सक्दछन् । त्यस भन्दापनि सुक्ष्मरुप भनेको ब्रह्मज्ञानी देवीदेवताका ज्ञान वा भुवर्लोकको ज्ञान हो । त्यसभन्दा पनिसुक्ष्म रुपभनेको ब्रह्मको व्यक्त अबस्थाका सुरुका जीवहरु वा ब्रह्मको अव्यक्त अबस्थाको ज्ञान वा भूलोकको ज्ञान हो । यसरी मानिसले देख्ने गरेको जीवहरुको सुरुको सुक्ष्मरुपको पनि ज्ञान हुनुलाई ब्रह्मज्ञान प्राप्त भनिन्छ ।
विज्ञानमा वा चिकित्सा शास्त्रमा मानिसको शरीरको अध्ययनको वर्णन गर्दा देखिने शरीरको अध्ययन र वर्णनलाई ब्लबतयmथ भनिन्छ । त्यस भन्दा सुक्ष्म अध्ययनलाई ज्ष्कतययिनथ भनिन्छ । ज्ष्कतययिनथ शास्त्रमा मानिसको कोशहरुको अध्ययन हुदाँ त्यस्ता कोशहरु मात्र भएका कतिपय जीवहरु सृष्टिमा छन् । त्यस्ता कोशहरुमात्र भएका जीवहरु यती धेरै छन् कि तिनीहरुलाई रोक्न कुनै उपाए पर्याप्त हुँदैन । मानिसले सास लिँदा मात्रै हजारौेँ व्याक्टेरिया र अन्य किटाणुहरु मानिसको शरीरभित्र प्रवेश गरेका हुन्छन् । यहाँ आफ्नै सँसार छ । त्यस भन्दा सुक्ष्म अध्ययनहरु जुन माइक्रोस्कोपको प्रयोग गरेर अध्ययन र चित्रहरु खिचिएको हुन्छ त्यसलाई mष्अचयकअयउष्अ खष्भध भनिन्छ । त्यसभन्दा सुक्ष्म अध्ययन केमेष्ट्रि शास्त्रमा भएको हुन्छ । केमेष्ट्रिको अध्ययनबाट मलेकुल, अणु र परमाणु हेर्न जाने पछि यहाँ पनि आफ्नै सन्सार छ । कतिपय मलेकुल,अणु र परमाणुहरु चारैतिर फ्mैलिएर भरिएका छन् । त्यस भन्दा सुक्ष्म अध्ययन फ्mिजिक्स शास्त्रमा भएको हुन्छ । यस शास्त्रले परमाणुको इलेक्ट्रोन, प्रट्रोन, न्युट्रोनलाई देख्न र प्रयोग गर्न सक्दछ । यि इलेक्ट्रोन, प्रट्रोन, न्युट्रोनहरु प्रकाशका रुपमा रहेका हुन्छन् । यहाँ आफ्नै सन्सार छ । चारैतिर प्रकाशका किरणका पुन्जहरु मात्र हुन्छन् । त्यसै गरि अब त्यस भन्दा अझ गहिरिएर मानिसको शरीरको चर्चा र वर्णन गर्नु पर्दा यि माथि वर्णन गरिएकाहरु सोमलोकका गुणका रुपहरु हुन् । त्यस भन्दा सुक्ष्म रुप स्वर्लोकको हो । स्वर्लोकमा आफ्नै सन्सार छ । चारैतिर तिनै चेतनाका मात्र शरीरधारिहरु छन् । त्यस भन्दा सुक्ष्म रुप भुवर्लोकको हो । त्यहाँ आफ्नै सन्सार छ । त्यस भन्दा सुक्ष्म रुप भनेको भूलोकको हो । यो ब्रह्मका सुरुका व्यक्त अबस्था र अव्यक्त अबस्थाका रुपहरु हुन् । त्यसैले अब मानिसको शरीरको चर्चा गर्दा भौतिक अध्ययनका साथै स्वर्लोक, भुवर्लोक र भूलोकको अबस्थाहरको रुपको ज्ञानहुनु आबस्यक छ ।
यस ज्ञान प्राप्त गर्न र अनुभव गर्न कुनै धर्म, सँस्कारका परिधि भित्र बस्नु पर्ने, लामा ठुला टिका लाउने पर्ने र धार्मिक गीतमा नाच्नु पर्ने अनिर्वायता हुँदैन । यो विज्ञानको विषय पनि हो । यो ज्ञान कुनै दिन विश्व विद्यालयका पाठ्यक्रम भित्रका पढाइका विषय हुन सक्दछन् । यो ज्ञान सबैमानिसले बुझ्न सकुन भनेर साधारण रुपमा वर्णन गरेको हूँ । यही कुरा बुझ्न लेखकले करिब ३० बर्ष भौतारिदै बिभिन्न ठक्कर खानु परेको थियो । अब यि कुरा बुझ्न त्यस्ता लेखकले खाएका जस्ता ठक्करहरु खान नपरोस् भन्ने चाहन्छु ।
त्यसै गरि अ+उ+म+ँ = ॐ को लोकहरु र रुपहरुहेर्न त्यस्तै आँखा वा प्रविधि चाहिन्छ ।
सृष्टिको विकासको सूरुको अग्नि र पछिका अग्निको रुप र गुण फ्mरक छन् । चेतना र अनुभवको सँग्रहलाई बिभिन्न वेद, शास्त्रको नाम दिइएको छ । आधुनिक समाजका बिभिन्न साहित्यका साथै रेडियो र टेलेभिजनका कथा, फ्mिल्महरुलाई तिनै वेद भित्रका शाखाहरु जगती छन्द, वा बिभिन्न रसको नाम दिइएको छ । पहिलाको वेदको जस्तै अहिलेको विकास भनेको अहिलेको कम्प्युटरका प्रोग्रामहरु ःष्अचयकयात, क्पथउभ, नययनभि हरु पनि हुन् जसले जगतलाई शिक्षित गराउँछ । नदी भनेर सुरुमा गँगा नदीको उत्पत्ति भएको छ पछि यमुना नदी, अझ पछि सरस्वती नदी भनिएको छ । ती नदीहरु भौतिक नदीहरु होइनन् । पानी वा जलको विकासको प्रथम चरणको नाम गँगा हो, अलि ठुलो अबस्थाको नदी यमुना हो, त्यस भन्दा पछिको अबस्थाको नदी सरस्वती हो । त्यस पछिको भौतिक रुपका नदीहरु हुन् । भारतमा भएका गगाँ, यमुना, सरस्वती नामका नदीहरु र यि ॐको बिभिन्न लोकमा उल्लेख भएका गगाँ, यमुना, सरस्वती नामका नदीहरु भिन्न अर्थका हुन् । ती दुबै एउटै नदीका नाम होइनन् । पछि भौतिक नदीहरुलाई पनि त्यस्ता नामहरु दिइएको हुनुपर्छ ।
यसरी भारतमा भएका प्रसिद्ध धार्मिक नदीहरुका बारेमा नयाँ तर्क दिँदा धेरेै धर्मावलम्विहरुलाई मान्य नहुने होला ? बेसरी विरोध गर्लान । के गर्नु सही र सत्य कुरा भन्नै पर्यो ।
यसरी ॐ भन्नेशब्दको अर्थ भनेको भौतिक जगत देखि ब्रह्मसम्मको सबै सृष्टिलाइ समेटेको नाउँ हो । सबै सृष्टिको स्रोत हो र अन्त्यहुने ठाउँ हो । सबै गुण, रुप, शक्ति, ज्ञानको रुप हो । त्यसेले ॐको ज्ञाता भनेको ब्रह्मको ज्ञाताहो । ॐको अर्थ जानेपछि सबैकुरा जानिन्छ भनेको हो । सबै लोक त्यसै भित्र र सबै जीव त्यसै भित्र पर्दछन् ।
त्यसैले ब्रह्म देवी देवताका नामको अगाडि ॐ राखिन्छ । ॐका ज्ञाता देव ॐ नमो शिवाय, ॐ नमो भगवते वासुदेवाय, ॐ दुर्गा भवानी, ॐ गणेशाय , इतयादिहरु ह्ुन् । ॐ भनेको सृष्टिको रचनाको ज्ञाता भनेको हो । यो ॐ को अर्थ बुझन सक्ने नेपाली, भारती, अमेरिकन, रसिएन जो पनि हुन सक्दछन् । यो धार्मिक ज्ञानमात्र नभएर विज्ञानको ज्ञान पनि हो । ॐ भनेको सृष्टिको भुगोल हो । यो कुनै धर्म र सँस्कारका मात्र सम्पत्ति होइनन् । यिनै ॐ को भावना बुझ्न सकोस भनेर नै छोराछोरीको नाम ॐ कुमार, ॐकुमारीहरु जस्ता अन्य राख्ने सँस्कार बसालेको हो । तर विडम्बनाके छ भने नेत्र बहादुर नाम राख्दैमा आँखा तेजिलो हुँने वा धन बहादुर नाम हुनेको धन धेरै हुने होइन् । ॐको ज्ञान बुझे ॐबहादुर भइयो नत्र अरुनै बहादुर भइन्छ ।
प्रायः परिवारमा कृष्ण, शिव जस्ता नाम भएकाहरु धेरै भेटिन्छन् । त्यस्ता नाम राख्नुको मतलव हो यि नामको बहानामा भगवानको नाम पटक पटक लिन पाइयोस् भनेर नै सँस्कार बसालिएको हुनु पर्छ । तर छोरा कृष्णसँग वाक्क भएर छोरा कृष्ण अब किस्ने भइसक्यो । छोराको मुख देख्ने बित्तिकै छोरालाई थर्काउने, मौका पाए एकदुइ थप्पड लाउन पछि नपर्ने गरेका भए तिनले मन्दिरमा गएर शिव र कृष्णको नाम लिएर पुकार्दा शिव र कृष्णहरु पनि झस्कलान् फ्mेरी थर्काइ खाइने पो हो कि भनेर ? त्यस्ता थर्काइहरु कति चोटि खान भ्याइसकेकि झुक्किएर कुन कृष्णलाई बोलाएको भनेर थाहा नपाएर । त्यसैले नाम राखेरे मात्र पार नपाइएला जस्तो छ ।
यस्तो छोटो ब्रहमको र ॐको परिचय दिँदा शास्त्रविद्हरुले हामीले यो भन्दा बढी जानेका छौँ भन्लान् । तर मेरो उद्देश्य छोटो परिचय गरि स्पष्ट बुझाउन खोजेको हुँ नत्र ब्रह्म र ॐको वर्णन यति ठुलो छ कि अन्त्यमा कसैले नबुझ्ने चलन छ । म आफ्mै दसौँ पटक दोहोर्याए पछि अलि अलि ॐको अर्थ लगाउन सकेँ कि जस्तो लाग्छ । त्यसैले ब्रह्म र ॐको अर्थ सर्वसाधारण कहाँ नपुगेको हो ।
ॐको वास्तविक अर्थ नबुझिकन यदि कसैले ॐभनेर जप, बिभिन्न साधना गर्ने गरेको छ भने त्यो पुर्ण बिधि होइन । चाहे दिनमा जतिसुकै पटक जप गरोस् । त्यस्ता अपुर्ण बिधिले उसलाई अस्वस्थ तेश्रो नेत्रको अबस्थामा पुर्याउँछ । सही ज्ञानको आधारमा बच्ने उपायहरु बुझेको हुँदैन र तिनै अनगिन्ती अन्य बिभिन्न लिँग शरीरहरु सँग हेलमेलमा बिताइ रहेका हुन्छन् । पारिवारिक, सामाजिक कृयाकलापबाट टाढा पुगेको हुन्छ । घर परिवारमा परेका कतिपय समस्याहरुको कुनै उचित समाधान निकाल्नसकेको हुँदैन । परिवारका अन्य सदस्यहरुका कुराहरु व्यवहारिक रुपमा बुझ्न सकेको हुँदैन । यिनै अलि अलि कठिनाइहरुले जरो गाडेपछि अरुकुनै उपायहरु नदेख्दा आश्रममा दिन काट्नु पर्ने समस्यामा पुग्दछन् कोही कोहीलाई । मागेर खानु परेका ॐज्ञानीहरु धेरै देखिन्छन् ।
कुनै कुनै अन्य धर्ममा पनि बीचका लोकहरुको वर्णन नगरिकन निगुणरुपको भगवानको वर्णनहरु ह्ुन्छन् । ती तर्कहरु पनि सही छन् । उनीहरुले बीचका ट्रान्जिट स्टेसनका वर्णन नगरिकन अन्तिम स्टेसनका निर्गुणरुपका वर्णन गरेकाछन् ।