सरस्वती माताको कविता   
लेखिकाः शाेभा ब्रह्मज्ञानी

शीर्षकः  ब्रह्मज्ञानीहरुको संस्कार

अनावश्यक सबै छोडि, गर्यौ राम्रो राम्रो ।
शिवजीलाई पाउने माध्यम, संस्कार बन्यो हाम्रो ।।
भगवानलाई सोधि सोधि, गर्यौ सबै कुरा ।
चाहिने अनि नचाहिने के, भन्दिनु भो पुरा ।।
पुरानो संस्कार यहाँ, परिमार्जन भएको ।
देखासिकि सबै त्यागि, सत्यतामा आएको ।।
गर्या रहेछौँ धेरैकुरा, देखासिकि गर्दै ।
वेदको अर्थ सहि नबुझि ,गलत संस्कार भर्दै ।।
साक्षात्कार भगवान, देख्न मिल्ने रहेछ ।
ब्रह्मज्ञानीहरुको मनमा, हर्ष उल्लास छाएछ ।।
ब्रह्मज्ञानी जीन्दगी, रमाइलो छ साह्रै ।
जीवन सुखी मृत्युपछि, लाउन सक्छौ पारै ।।
ज्ञानी अनि अज्ञानीलाई, चिन्न सक्ने बन्न ।
तेस्रो नेत्र खोल्नुपर्छ, अनुभव गर्न ।।
ब्रह्मज्ञानी देवीदेवतालाई, रिझाउन भनी ।
मन्दिर गइ सफा गर्छौँ, सेवा गर्छौ अनि ।।
भगवानको चाहना नि, हामीलाई देखुन भन्ने ।
ब्रह्मज्ञानी आउन मन्दिर, फोहोर भएको छ भन्ने ।।
भगवानसँग कुरा गर्दै, मन्दिर सफा गर्छौ।
माताको वर्णन गर्न, ज्ञानको आखाले हेर्छौ ।।
ब्रह्मज्ञानी मन्दिर जाँदा, माता रमाउने ।
मेरा ज्ञानी आए भन्दै, गेटमै लिन आउने ।।
मनकामना माताले नि, निम्तो पठाउने ।
ब्रह्मज्ञानी आउ है भन्दै, दिनै खटाउने ।।
संन्सारमा यती राम्रा, कोही हुदैनन् अरु ।
सधै सोह्र बर्षे माता, लौन कसो गरु ? ।।
जुन रुपमा नि आउन सक्ने, अपरम्पार शक्ति ।
त्यो रुप देख्न ब्रह्मज्ञानमा, हुनुपर्छ भक्ति ।।
स्वस्थ तेस्रो नेत्र खोल, भगवानलाई देख्न ।
भगवानको रुपको वर्णन, भित्री मनमा लेख्न ।।
शिवजीको चाहना नी, बुझाउने ब्रह्मज्ञान ।
अन्त त्यति मतलब छैन, ब्रह्मज्ञानमै छ ध्यान ।।
ब्रह्मज्ञानी विद्यार्थी झैँ ,पढ्छन ब्रह्मज्ञान ।
आफ्नो काम गर्दै पनि, यसैमा छ ध्यान ।।
मन दुखेका पोकापोकी, सबै फाल्नुपर्छ ।
मन दुखेकासँग गइ, माफी माग्नु पर्छ ।।
दुखेको मन उठ्ने रिसलाई, पर्छ शान्त पार्न ।
रिस डाहमा प्रेतहरु, आउछन् बास गर्न ।।
के कारणले झै झगडा, हुने रहेछ घरमा ।
बुझि निर्मुल पार्न सक्यौ, शान्त छ जीवनमा ।।
शिवजीसँग घुम्न जान्छौ, माया पिरती लाउदै ।
स्वप्रकाश छ ब्रह्म घरमा, पटक पटक धाउदै ।।
ज्ञानद्वारा बुझ्नु पर्ने, रुप निराकार ।
हरेक चिजमा शिवजीनै, चेतना अपार ।।
ब्रह्मको अनुभव गरि, देख्दा स्वप्रकाश ।
शान्त अनि आनन्दको, अनुभवै खास ।।
गर्न मिल्ने जीवित हुँदै, अनुभव बिलाउने ।
दुःख पीडा सबै हराइ, आनन्दपन छाउने ।।
हरेक चीजमा भगवान, बस्छन् कुरा गरि ।
शिवजी सँगै माया गाँसी, नजिक हुने गरि ।।
उठ्दा सुत्दा बिहान बेलुका, पाठ पढ्ने गर्छन् ।
शिवजी सँगै कुरा गर्दै, सबै कुरा सोध्छन् ।।
दँशै तिहार चाडबाडमा, भगवानहरु आउदै ।
चाड मनाउछौँ उहाँकै चर्चा, रुपको वर्णन गर्दै ।।
स्वयम दुर्गा माताले नै, आशीर्वाद दिने ।
रमाइलो दँशै हाम्रो, मनमा उल्लास छाउने ।।
भगवानलाई साची राखि, मन्दिरमा गइ ।
बिहे गर्दा शिवजी र, मातालाई बोलाइ ।।
भगवान आएपछि, पण्डित किन चाहियो ?
सबै कुरा शिवजीलाई, सोध्न यसै पाइयो ।।
जस्ले बुझ्छ ब्रह्मको ज्ञान, ब्राह्मण त्यही हो ।
भगवान नदेखेका, पण्डित किन चाहियो ? ।।
घरमा बच्चा जन्म हुँदा, माता बोलाउने हो ।
नाम राख्दिने भगवानले, न्वारान यसै भैगो ।।
ब्रह्मज्ञानी घरमा बोलाइ, भोजन गराउदा ।
हर्ष उल्लास छाउछ घरमा, भगवान आउदा ।।
ब्रह्मज्ञानमा नआउन्जेल, घरमा पुजा गर्थ्यौ ।
शिवजीको नाम मात्रै, अज्ञानीलाई भर्थ्यौ ।।
आएपछि ब्रह्मज्ञानमा, शिवजीलाई सोध ।
के के गर्थ्यौ अन्जानमा, सबै कुरा छोड ।।
अज्ञानीलाई चिनि तर्काउ, चिन भगवान ।
ब्रह्मसँग कुरा गर, यही हो मुल्यवान ।।
सपनामा खबर आउँछ, बिपनामा पनि ।
सपना पढ्छन यिन्ले, अर्थ लाउछन् अनि ।।
शुभ अशुभ दिन साइत, केही छैन यिनीलाई ।
सबै कुरा गर्छन् शिवजीको, जिम्मा लगाइ ।।
खाने चिजमा भगवानलाई, केही रहिन्छ दुश्मन ।
जुठो चोखो सबै कुरा, शिवजीलाई  समान ।।
जात भात ठुलो सानो, गरिब अनि धनी ।
ब्रह्मबाट आयौ सबै, एकनाश मानि ।
जस्ले बुझ्छ ब्रह्मको ज्ञान, शिवजीको साथी ।
जातले हैन रहेछ ज्ञानले, पुग्ने रहेछन् माथि ।।
मृत्युपछि आपद पर्दा, सक्छन् गुहार दिन ।
ब्रह्मज्ञानीकै सँगत गर्नु, पाउछौ गुहार लिन ।।
ब्रह्मज्ञान नबुझेका, घाट सम्मका साथी।
ब्रह्मज्ञानीकै नजिक बस्नु, पुग्न सक्छौ माथि ।।
मान्छे मर्दा सम्मान पुर्वक, दाहसंस्कार गर्छन् ।
फर्कि आउन हुन्न भन्दै, ब्रह्मज्ञान पढ्छ्न् ।
मरिसक्यौ तिमी भन्दै, बुझाइदिन्छन्  कुरा ।
शिवजीलाई बोलाउ भनी, सम्झाइ दिन्छन् पुरा ।।
घरमा आइ साझ बिहान, ब्रह्मज्ञान पढ्छन् ।
आफ्नो घरमा जे छ त्यही, बाडिचुडि खान्छन् ।।
मृतकलाई सम्झि रुँदा, फर्कि आउछन् भनि ।
फोटो टास्ने सम्झि रुँने, केही गर्दैनन् अनि ।।
फर्कि आए भने साह्रै, दुःख पाउँछन् भनी ।
ब्रह्मज्ञान सँधै पढि, बुझाइदिन्छन् अनि ।।
पितृसँग कुरा गरि, सम्झाइ बुझाइ गर्छन् ।
बुझ्न चाहे बुझाइदिन्छन्, यिनीले पितृ तार्छन् ।।
ब्रह्मज्ञान बुझेकाले, सक्छन् पितृ तार्न ।
ब्रह्मको उज्यालो देखाइ, उस्को दुःख टार्न ।।
ब्रह्मज्ञानको किताब पढि, कन्ठबनाइ बस्नु ।
सबै कुरा यहिँ छोड्ने हो, यहि ज्ञानको  गुन्टो कस्नु ।।
आफ्नो जे छ त्यहि कुरामा, बस्नु सन्तोष मानी ।
ब्रह्मज्ञानकै भावमा बस्नु, यहि ठुलो धन जानी ।।
सम्पत्ति नि कमाइ बस्नु, खुशी भइ बाच्न ।
सातै जुनी बाच्छु कि झै, नलाग है साच्न ।।
खुशी भइ हास्नु नाच्नु, इच्छा पुरा गरि ।
मृत्युपछि क्यै छुट्यो भनि, नफर्कने गरि ।।
रिस राग माया मोह, लोभ त्याग गरि ।
भावले त्याग्नु कर्तव्यमा, जीवन बाच्ने गरि ।।
सभ्य सक्षम भलादमी भै, काम गरि खानु ।
सबै इच्छा पुरा गरि, तृप्त भइ जानु ।
सभ्य ज्ञानी हुनुपर्छ, ब्रह्मज्ञानी बन्न ।
ब्रह्मज्ञानकै नियम मानी, शिवजीलाई चिन्न ।।
भय र मृत्युसँग, सम्पर्क गरि ।
शिवजीकै खोजि गरे, सारा जीवन भरी ।
अज्ञात रोगको खोजि गरि, उपचार गर्दै ।
अज्ञानीलाई ज्ञानी बनाइ, ब्रह्मज्ञान भर्दै ।।
शिवजीकै इशारामा, बन्यो नया संस्कार ।
डाक्टर कमलमान र इन्दु, संन्सार कै उदाहरण ।।……२
……………………………………………………………………………………………………………………………………………………………..
सदाशिवजी कि जय ।
सरस्वती माताकी जय ।
सम्पूर्ण ब्रह्मज्ञानी देवीदेवताकी जय ।
डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठलाई हृदय देखि नै धन्यवाद । तेस्रो नेत्र खोलेर ब्रह्मज्ञानी देवीदेवताहरु सँग कुरा प्रत्यक्ष कुरा गर्न सिकाउने र उहाँहरुको इशारा बुझ्न सक्ने बनाउनु भयो, हजुरहरु संन्सार कै महान हुनुहुन्छ ।
सम्पूर्ण ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद 🙏🙏 —शाेभा ब्रह्मज्ञानी