हनुमानजीले दिनुभएको कविता 
 लेखिकाः शोभा  ब्रह्मज्ञानी

शीर्षकः  भवसागर

बाचुन्जेल त के पिर छ र, दुइ छाक खान लाउन ।
मृत्युपछिको दुर्दशा, आजैदेखि जान ।।
अति धेरै दु:ख कष्ट, मरेपछि पाउने ।
गुहार माग्दै आफन्त र, परिवारमा धाउने ।।
मृत्युपछि रोग भोकको, अनुभव गरेका ।
मृत्यु के हो नबुझ्नाले, भ्रममा परेका ।।
मरेका पितृ प्रेत, जीवित रहेछन् वरिपरि ।
मान्छेहरुको सम्पर्कमा, आउने घरीघरी ।।
ब्रह्मज्ञान बुझेपछि, रहेछ यिनलाई चिन्ने ।
देख्न बोल्न अनुभव, सबै गर्न मिल्ने ।।
जब आउछ्न् यिनीहरु, सबलाई कष्ट हुने ।
यिनीहरुको दु:ख पीडा, मानिसमा जाने ।।
मरेपछि दुख कष्ट, पाउने रहेछन् अति ।
के कारणले यस्तो भयो, नबुझेका कति ।।
मृत्युपछि जीवन रहेछ, बुझ आजैदेखि ।
भ्रमसागर हुन्छ भन्ने, भित्री मनमा लेखि ।।
सबै कुरा देख्ने रहेछन्, मरेपछि पनि ।
घर परिवार सम्पत्तिमा, धाउने रहेछन् अनि ।।
मरेपछि अर्कै संन्सार, रहेछ भावनाको ।
यही संन्सारको यथार्थ, ब्रह्मज्ञानले ल्याएको ।।
भर्खर भर्खर मरेका, भ्रममा पर्ने ।
धेरै पहिला मरेकाले, इल्लिबिल्ली पार्ने ।।
डराउन दिने रहेछन्, सातोजाने गरि ।
आगोमा पोल्दिम् भन्ने, भिरमा फाल्ने घरी।।
सबै भ्रम भन्ने कुरा, थाहा नहुने यिनलाई ।
यिनको खिल्लि उडाउदा, खुशी लाग्ने तिनलाई ।।
हरेक पितृ चेतनाको, स्तर फरक हुने ।
शान्त अशान्त र प्रेत, अवस्थामा जाने ।।
मरेको ज्ञान भएकाहरु, शान्त पितृ थिए ।
भ्रममा पर्नेहरूले, अर्कै रुप लिए ।।
अनुभव त मानिसहरुले, गरेकै हुन् पनि ।
मर्ने बेला पितृहरु, लिन आएका भनि ।।
अन्तिम घडि जब आयो, बिरामीले भन्थे ।
पितृहरु लिन आएको, अनुभव गर्थे ।।
जीवित हुँदै उमेर छदै, रहेछ बुझ्नु पर्ने ।
मृत्युपछिको भवसागर, कसरी पार गर्ने ।।
जाग्रत स्वप्न सुषुप्त अवस्था, हुन्छ पितृहरूको ।
मृतक जीवित रहेछन् सबै, दुनियानै भरको ।।
जाग्रत अवस्थामा, पितृ घरमा आउछन् ।
उस्को कुरा नबुझ्दा, साह्रै दुःखी हुन्छन् ।।
स्वप्न अवस्थामा, इच्छा पैदा हुने ।
स्वप्न देख्ने डराउने, भ्रममा पर्ने ।।
सुषुप्त अवस्थामा, निदाउने रहेछन् ।
आनन्द र विना कष्ट, अलि सुख पाउछन् ।।
यदि पितृ भलो चाहन्छौ भने, आनन्दमै छोडदेउ ।
फर्कि आउन हुन्न भनि, ब्रह्मज्ञानले भरदेउ ।।
सँधै पितृ सम्झि बस्ने, रुने कराउने ।
पितृ तर्छन् भन्ने अनि, विधि गराउने ।।
सबै धर्म चालचलनमा, यस्तै गरिराका ।
अज्ञानतामा पितृहरुलाई, तलै झारिराका ।।
जन्मेपछि सबैजना, एकदिन मर्नुपर्छ ।
वेदमा पनि भनेको थियो, भवसागर तर्नु पर्छ ।।
पारी जाने चाहना राखि, अगाडि बढ्नुपर्छ ।
भवसागर पार गर्नलाई, वारी सबै कुरा छोडनुपर्छ ।।
पानीको सागर हैन, भवसागर ।
भ्रमको सागर जानी, लगाउ यस्लाई पार ।।
वेदको अर्थ बुझ्न, कोही नी नलागेका ।
देखासिकी संस्कारको, सबै पछि लागेका ।।
वेदमा त सबै कुरा, लेखिएकै थियो ।
सहि अर्थ नबुझ्नाले, गलत संस्कार लियो ।।
वेद अनि ब्रह्मज्ञान, एउटै हुन् ज्ञान ।
वेदको सहि अर्थ, ब्रह्मज्ञानमा जान ।।
ब्रह्मज्ञान विज्ञान हो, सबै प्रुफ गर्छ ।
सृष्टि जीवन मृत्यु के हो ?, स्पष्ट नै पार्छ ।।
विद्याको नि ठुलो विद्या, यही हो ब्रह्मज्ञान ।
मुक्तिको बाटो लाग्ने, मोक्ष हुने ज्ञान ।।
सानोतिनो सँघर्षले, आएको हैन यो ब्रह्मज्ञान ।
भवसागर पार गरि मुक्ति खोज्नेले, लगाउ यसैमा ध्यान ।।
तीसौँ बर्षको अनुभवले, खोजिगरि ल्याए ।
यही ज्ञान बुझ्ने मान्छे अब, मुक्ति हुने भए ।।
वैज्ञानिक तरिकाले, ब्रह्मज्ञान खोजे ।
मुक्तिको पाठ सिकाउने, यही बाटो रोजे ।।
मानवजाती लुकेको, रहस्य खुलाए ।
एक्काइसौं शताब्दीमा अमृत ब्रह्मज्ञानलाई, यस संन्सारमा झुलाए ।।
यस संन्सारका महान व्यक्तित्व, डाक्टर कमलमान र इन्दु ।
सम्पूर्ण मानवजातीको उद्दारको, सुरुवात गर्ने केन्द्रबिन्दु ।।
यस संन्सारका महान व्यक्तित्व, डाक्टर कमलमान र इन्दु ।
सम्पूर्ण मानवजातीको उद्दारको, सुरुवात गर्ने केन्द्रबिन्दु ।।
………………………………………………………………………………………………………………………………………………………
सदाशिवजी 🙏🌺हनुमानजी 🌻 🙏दुर्गा माता🙏🌷 हजुरहरुलाइ कोटि कोटि धन्यवाद 🙏 मामा माइजुलाई हृदय देखि नै धन्यवाद🙏🙏 सम्पुर्ण ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद 🙏🙏 —लेखिका: शोभा ब्रह्मज्ञानी