रोग दु:ख सँघर्षले, ब्रह्मज्ञानमा आयौँ ।
यो दु:ख त केही रहेनछ, बल्ल थाहा पायौँ ।।
संन्सारमा शक्तिशाली, ब्रह्मज्ञानको नौका ।
बुझ्न सके पार लगाउछ, नगुमाउनु मौका ।।
सारा दु:ख सँघर्षलाई, धन्यवाद दिदै ।
भवसागर पार गर्दिने, नौकाको टिकट लिदै ।।
जस्को चेतना बोकि, रहेछौँनी हिडेका ।
उसैको गुण वास्तबमा, चिन्दै नचिनेका ।।
सन्तानले बाउ आमालाई, नचिनेझै भयो ।
ब्रह्मज्ञान बुझ्दै जाँदा, बल्ल होस आयो ।।
न मिल्छ केही ढाट्न उस्लाई, नमिल्छ लुकाउन ।
हरेक चिजमा उसैको बास, खोज्यौँ उसैलाई पाउन ।।
हाम्रा मनका सबै कुरा, रहेछ उस्लाई थाहा ।
पूर्ण चेतनामा व्यक्त, शक्ति नै अथाह ।।
कहिले आउने निराकारमा, हास्दै खेल्दै कहिले ।
उस्लाई देख्दा दुःख हटि, खुशी छाउछ जहिले ।।
एक्लो भएको भान छैन, उहानै हो साथी ।
चारैतिर उस्लालाई देख्छु, हेर्छु तल माथि ।।
हामीलाई भन्दा उस्लाई थाहा छ, हाम्रा मनका कुरा ।
प्रश्न सोध्न नपाउदै, जवाफ दिने पुरा ।।
सारा कुरा म आफैले, लाग्थ्यो गरे जस्तो ।
मैले त केही गर्या रहेनछु, अचम्म छ यस्तो ।।
हामीले चिन्न नखोजेत, नजिकै नआउने ।
भित्री मनले पुकार गरे, सधैभरी धाउने ।।
चोखो माया उसैमा छ, आत्मियता छ अति ।
उस्को माया पाउँदा मनमा, खुशी कति कति ।।
संन्सारको बुद्दिमानी, एउटै जवाफ दिने ।
साहित्यिक छ भाषा उस्को, क्यारी बुझिलिने ।।
हजुरलाई राम्रो सँग, चिन्न सकुँ मैले ।
कतै बिर्सिन्छु कि भन्ने, डर लाग्छ जहिले ।।
पछि लाग्छु हजुरकै, सारा जीवन भरी ।
जसै पार गर्दिनुस् है, मोक्ष हुने गरि ।।
मृत्युपछि साथ दिनुस् है, हजुर मै छ आशा ।
हजुर मेरो सर्वस्व र, जीवनको भरोसा ।।
क्षमताले भ्याय सम्म, हजुरकै काम गर्छु ।
गल्ती भए माफ दिनुस् है, हजुर मै भर पर्छु ।।
मर्ने बेला दुःख आपदमा, बिर्सिएछु भनेनि ।
साथमा घुम्न लैजानुस है, याद गराइदिनुस् अनि ।।
कुनै बेला अचेतनामा, मरे भने पनि ।
मेरो होस खुलाइदिनुस् है, ब्रह्मज्ञानी हौ भनि ।।
सारा आकाश हजुर नै हो, भु-मण्डल र तारा ।
सृष्टि कर्ता हजुर नै हो, सृष्टिको सम्हारा ।।
सृष्टि कर्ता पार लगाउने कै, पछि लाउन पाइयो ।
अहोभाग्य ठानेको छु, मुक्तिको बाटो लाइयो ।।
धन्यवाद छ डाक्टरहरु, ल्याउनुभो खोजि गरि ।
मोक्ष हुन चाहनेलाई, पार लगाउने गरि ।।
धन्यवाद छ डाक्टरहरु, ल्याउनुभो खोजि गरि ।
मोक्ष हुन चाहनेलाई, पार लगाउने गरि……. ।।
………………………………………………………………………………………………………………………………………………………