शिवजीले दिनुभएको कविता   
         लेखिकाः शोभा ब्रह्मज्ञानी

शीर्षकः शिवराज्य

एक कान दोकान मैदान हुँदै, पुग्छ सबैको कानमा ।
सत्य युगको सुरु हुन्छ, शिवराज्यको नाममा ।।
सबै जनाले बुझ्न पाए, सृष्टिको रहस्य ।
संन्सार बदलिनेछ, सत्यमा अवस्य ।।
घरमा शान्ती हुन थाल्यो, गाउँ अनि समाज ।
देशमै शान्ती छाउन थाल्यो, उदाहरण विश्व माझ ।।
हत्या हिसा आतंक सबै, हुनेछन् निर्मुल ।
ब्रह्मज्ञानीले जानिजानी, गर्ने छैनन् केही भुल ।।
चोर फटाहा नाम कोही, रहने छैनन् बलात्कारी ।
आफ्नो गरि खान्छन् सबैले, हुन्नन् भ्रष्टाचारी ।।
धार्मिक आर्थिक राजनीतिक, हुदैनन् झगडा ।
थाहा पाउनेछन् सृष्टिकर्ता, अगाडि नै खडा ।।
हुनेछैन एक अर्का, माथि अत्याचार ।
अन्यायमा पर्दैनन् कोही, समाज शिष्टाचार ।।
दुखी अनि दरिद्र कोही, छैन हुनुपर्ने ।
कोही हुदैनन् अकालमा, आत्महत्या गर्ने ।।
आणविक बम बन्ने छैनन्, संन्सार ध्वस्त पार्ने ।
मन लाग्नेछ एक अर्काको, सुरक्षा गर्ने ।।
हुनेछैनन् बाटोमा कोही, पागलभइ हिडेका ।
दिमाग घुमाउने लिङ्ग शरीर, सबैले चिनेका ।।
काम्दै अनि बर्बराउदै, छैन हिंड्नुपर्ने ।
मनमा चिन्ता पिर बोकि, हरेस खानुपर्ने ।।
परिवार मै शत्रुतता, बदलाको भाव लिने ।
बिना गल्ती अन्यायमा, पारि दुख दिने ।।
लुछाचुडि हुनेछैन, अंशबण्डा लाउदा ।
सबै खुशी आफ्नो भागमा, जे छ त्यही पाउँदा ।।
एक अर्कालाई हेप्ने अनि, देखाउने प्रवृति ।
अन्त्य हुन्छ अन्धबिश्वास, सामाजिक कुरिती ।।
धनीबनी गरिबलाई, हेलचक्राइ गर्ने ।
ठुलो बनी जातभातमा, पक्षपात गर्ने ।।
भगवान नचिनेर, फैलियो विकृति ।
स्वार्थी भए हेप्ने बने, फैलियो कुरिती ।।
भगवान चिनेपछी, सबैको बिचार समान ।
न फैलिन्छ विकृति यहाँ, न हुन्छ तानातान ।।
सबै रहेछ शिवजीको, बुझ्लान् संन्सारले ।
तछाड मछाड लुछाचुडि, नगर्लान् कसैले ।।
मानिसमा भेदभाव हैन, सबलाई समान ठान्छन् ।
ब्रह्मबाट आएका सबै, महत हौ नि भन्छन् ।।
परिवारमा माया बढ्ला, दुख साटासाट ।
सारा धोका पुरागरि, जाने हो यहाँबाट ।।
बुढा बाबा आमा यहाँ, छैन रुनुपर्ने ।
ब्रह्मज्ञानी छोराछोरीले, अन्याय नगर्ने ।।
हरेक बुर्द्ध आश्रममा, पढ्दै ब्रह्मज्ञान ।
आवरण छोड्दै छोड्दै, बिलाउनमै ध्यान ।।
कोहिले कसै माथि, अन्याय गर्नेछैन ।
डिभोर्स भइ घरपरिवार, छुट्टीन पर्ने छैन ।।
सबैजना जागरिला, आफ्नो गरिखाने ।
बुझि आफ्नो काम गर्नेछन्, छैन केही लाने ।।
आफन्तले हत्या गर्ने, मार्ने आफन्तलाई ।
ब्रह्मज्ञानमै बुझ्नेछन्, अर्कैले दिमाग चलाइ ।।
रिस अनि क्रोधले, घटना घटाउने ।
बितिसक्यो बल्ल पछि, पछुतो लगाउने ।।
स्कुलहरुमा सुरु हुन्छ, ब्रह्मज्ञान पढाउन ।
बच्चै देखि थालिनेछ, सृष्टिको रहस्य बुझाउन ।।
गलत बाटो लाग्नेछैनन्, बुझि ब्रह्मज्ञान ।
हरेक कुरा भगवानलाई, सोध्नै तिर ध्यान ।।
भौतारिन दुख पाउन, पर्ने छैन यिन्लाइ ।
हरेक कुरा बुझ्ने होलान्, स्वस्थ नेत्र खुलाइ ।।
पागलखाना बन्द होलान्, कोहि छैनन् त्यहा जाने ।
ब्रह्मज्ञानमै उपचार भो, किन त्यहा लाने ।।
हस्पिटलमा डाक्टरसँगै, हुन्छन् ब्रह्मज्ञानी ।
तीन शरीरमा कुनको रोग हो, छुट्याउने छन् जानी ।।
कोही फर्कन पर्ने छैन, उपचार नपाइ ।
थाक्नेछैनन् जीवनभर, दीर्घ औषधी खाइ ।।
हेराउने र फुक्नेहरुले, पाउनेछन् उपचार ।
रोग रहेछ बुझि थाहा, पाउछन् जीवनको सार ।।
पर्नेछैन भोकै बस्न, खानेकुरा बार्न ।
मनलागेको खान पाउलान्, जीवन रक्षा गर्न ।।
हरेक घरमा भगवानकै, बस्छन् चर्चा गरि ।
भगवान सँग कुरा गर्लान्, शिवराज्य भरी ।।
हरेक मठमन्दिरमा, पण्डित ब्रह्मज्ञानी ।
भक्तजनलाई भन्दिनेछन्, माताको खबर जानी ।।
मन्दिरमा सफा सुग्घर, गर्नेहरुको घुइँचो ।
भगवानसँगै आत्मियता बढ्यो, हरायो अदृस्यको सुइँको ।।
सबै पढ्ने ब्रह्मज्ञान, बस्ने मनन गरि ।
ढुक्क छ मन् शिवजीकै, इशारा जीवनभरी ।।
रिसराग मायामोह, आवरण ठान्लान् ।
नरिसाउ है परिक्षानी, हुन सक्छ भन्लान् ।।
हरेक धर्म समाज अनि, अन्य देशकालाई ।
अधिकार छ ब्रह्मज्ञान बुझ्न, चाहना भएकालाई ।।
अर्कै धर्म भन्ने सोच्लान्, धर्ममै पर्दैन ।
बिज्ञान हो यो कोही कसैको, बिरोध गर्दैन ।।
बाध्यतानै हैन यो त, बुझ्न छ आवस्यक ।
मर्नुनै छ सारा मानव, बुझन भरसक ।।
अप्रिय केही हुनेछैन, शिवराज्य शान्त ।
कोही डराउन पर्नेछैन, अतिनै आनन्द ।।
मानिसहरु अकालमा, छैन मर्नुपर्ने ।
मृत्युपछि भुत प्रेतभै, छैन हिड्नुपर्ने ।।
शिवजी र माताहरुको, आँसु गहभरी ।
संन्सार शिवराज्य भएको हेर्ने, धोका पुरा गरि ।।
झिल्के झिल्किनिनै हाम्रो, प्यारा ब्रह्मज्ञानी ।
शिवराज्यको प्रमुख श्रेय, यिनै दुइलाई जाने ।।
शोभाले सोधिन-
मलाई पनि, कौतुहलता जागेर आयो ।
शिवजी सँग बार्तालाप, गर्न मन लाग्यो ।।
 हामीले देख्न पाउलाकी नपाउला, संन्सार शिवराज्य भएको ।
ब्रह्मज्ञानले सारा संन्सारमा, परिवर्तन आएको ।।
धेरै थोरै जे होस् शिवजी, देख्न मन छ अति ।
मामा माइजू हामी सबैलाई, खुशी लाग्ला कति ।।
भय र मृत्युसँगको, सम्पर्क को रस ।
यसले परिवर्तन ल्याओस भन्ने,गरेका छौ आश ।।
शिवजीले भन्नुभयो –  
  अवस्य नै समय लाग्छ, संन्सार बदलिन ।
ब्रह्मज्ञानलाई सारा मानवले, सहि रुपमा लिन ।।
जसको चेतना विकसित छ, उही हो बुझ्न सक्ने ।
ज्ञानीहरुको जमातले हो, शिवराज्य हाक्ने ।।
शोभाले भनिन-   
कलिला मुना पलाउदै, ब्रह्मज्ञान आयो ।
परिवर्तनको आशले मनमा, उमङ्गनै छायो ।।  
सारा मानवका महतहरूमा, हुनुहुन्छ आफै ।
बदल्दिनुस सबैको दिमाग, हुन्छ कुरा साफै ।।
 शिवजीले भन्नुभयो –              
पहिला आफै पूर्ण बुझ्नु, संन्सार बदल्नलाई ।
तिमी जस्ता केयौँ आउछन्, दिमाग बदल्नलाई ।।
आफ्ना लागि आफै खोज्नु , बाटो पार लगाउने ।
यता बोलाउदा उता भाग्दा, मेरो केही नलाउने ।।
मैले मात्र गरेर हुनेभए, पहिल्यै गर्थे कति ।
भौतारिन पर्नेथिएन, झिल्के खोज्न अति ।। * २
……………………………………………………………………………………………………………………………………………………………..
सदाशिवजीकी जय, दुर्गामाताकि जय, सम्पुर्ण ब्रह्मज्ञानी देवीदेवताकी जय, डाक्टर मामा माइजुलाई हृदय देखिनै धेरै धेरै धन्यवाद 🙏🙏
सम्पूर्ण ब्रह्मज्ञानी साथीहरू धन्यवाद 🙏🙏 
 —लेखिकाः शोभा ब्रह्मज्ञानी