शिवजीले दिनुभएको कविता 
लेखिकाः शोभा ब्रह्मज्ञानी

शीर्षकः मृत्युको रहस्य

सृष्टिको पूर्ण चक्र, बनाउनुनै थियो ।
एकजना नर निस्कियो, इशारा पक्डियो ।।
संन्सार बदल्ने कुरा, उस्लाई जिम्मा दिएँ ।
हरदम साथ दिन्छु भन्ने, प्रण मैले लिएँ ।।
धर्म संस्कार विधि बुझ्ने, इरादा थिएन ।
मार्नै आए बाच्नलाईनी, नखोजि भएन ।।
बिज्ञानमै खोज्छु भनि, थियो गहिरिएको ।
बिज्ञान र वेद दाज्दै जाँदा, निष्कर्षमा आएको ।।
भवसागरमा अलपत्र, मानिस रहेछन् जानि ।
खोज्न थाल्यो सृष्टि जीवन, मृत्यु के हो ? भनि ।।
चेतना थियो उस्मा, सोच्ने गहिरिएर ।
विशेष तर्क मनन गरि, खोजेको भएर ।।
देखाइ दियौँ बाटो हामीले, पक्डियो इशारा ।
सहि इशारा पक्डिनाले, लाउन सक्यो पार ।।
 गुरु पण्डित ब्राह्मणले, बुझेनन् वेदको अर्थ ।
विज्ञानको तर्क अपुग थियो, भइराखेको ब्यर्थ ।।
आफ्ना आफ्ना किसिमले, थाले अर्थ लाउन ।
उल्टो बाटो गलत संस्कार, सकेनन् पार लाउन ।।
मृत्युपछि अर्कै संन्सार, छ भन्न आउदानि ।
मृत्युको रहस्य मानिसहरुले, सहि बुझ्न पाउदानि ।।
डर लाग्ने बन्न सक्नु, थाहा पाउँदा रहस्य ।
गहिरिएर बुज्छ जसले, पार हुन्छ अवश्य ।।
मृत्यु जिति भवसागर, देखेर आएको ।
सारा मानवलाई मृत्युको रहस्य, हो भन्न लाएको ।।
मृत्युपछि भुत प्रेत भै, जीएको देखेको ।
भय र मृत्युको सँघर्षको रस, किताबनै लेखेको ।।
यदि मरेपछि भुत प्रेत भै, जीउनु पर्छ भने ।
सारा जीवन के का लागि, खर्च गर्यौ जाने ।।
ब्रह्मज्ञान बुझ्न पाउँदा, ठान्नु भाग्यमानी ।
मृत्युपछि ब्रह्मज्ञाननै, बोकि लाने जानि ।।
शिवदुत आएको छ, बुझ्ने गरि भन्न ।
यो चेतना के हो भनि, कोसिस गर जान्न ।।
मानिसले नै खोज्न सक्छ, सृष्टि के हो ? भनि ।
म को हुँ र कसरी आएँ, भनि जान्नु छ नि ।।
फरक फरक चेतना छ, हरेक महतमा ।
महतलाई बुझ्नु पर्ने, जीवन हो वास्तबमा ।।
एकथरीले बुझ्न खोज्छन्, मोक्ष हुने बाटो ।
अर्का थरी बिरोध गर्छन्, झन बुझ्नाको साटो ।।
जीवनको सार क्यै नबुझि, बन्ने आफै जान्ने ।
आफु जस्तो जान्ने बुझ्ने, कोही छैनन् झै ठान्ने ।।
कुखुराको भालेलेनी, ठान्छ मै हुँ राम्रो ।
मै हुँ ठुलो घमण्डमै, दिन बितेको हाम्रो ।।
प्रकुती प्रमुख हैन, बुझ्नु चेतनालाई ।
महत बुझि सफल पार्नु, यो मानव जीवनलाई ।।
आवरण छोडनु पर्ने, पार भै पारी जाँदा ।
मुक्तिको बाटो बन्द हुने, सबै बोकि लाँदा ।।
खाने लाउने बाच्ने काम त, पशुले नि गर्छ ।
मानव जीवन के का लागि, सबले सोच्नु पर्छ ।।
वास्तविक मृत्यु  हैन, दुर्घटना भयो ।
हक अधिकार घर सम्पत्ति, सबै छिनि लग्यो ।।
मृत्युको शर्टिफिकेट,आइसक्यो नि घरमा ।
अलपत्र मृतक आएकोछ, गुहार माग्ने भरमा ।।
जीवनभरका याद अनुभव, सबै जीवितै छन् ।
भोक तिर्खा रोग सम्झना, कोलाहलै भो झन् ।।
चेतनामा सबै कुरा, बोकि गएको छ ।
घरमा आइ सल्लाह दिन्छु, झैनि लागेको छ ।।
स्वर्ग जाने आश लाईराथ्यो, धर्म कर्म गर्दा ।
जीवनभरि धर्म संस्कारकै, भरोसामा पर्दा ।।
पढाई रोजगार आफ्ना मान्छे, प्यारो छन् सम्पत्ति ।
मृत्युपछि पाउने रहेछन्, त्यो आपद बिपत्ती ।।
आफ्नै अगि कैयौँ मान्छे, देख्दा नि मरेको ।
आफु पनि मर्छु भन्ने, यादै नगरेको ।।
जीवनभरि सम्पत्ति नै, लाग्यौ गुन्टो कस्न ।
मृत्युपछि के हुने हो, फुर्सद थिएन सोच्न ।।
मर्छु भन्ने शोभा शंका, कल्पनै नगरि ।
तछाड मछाड यस्तै हुने, सारा जीवन भरी ।।
मृत्युपछि लाने धनलाई, प्रमुख यही हो ठानि ।
ब्रह्मज्ञानी देवीदेवताले, पार लाउने हो जानि ।।
बाचुन्जेल ब्रह्मज्ञानको, नबस बिरोध गरि ।
मृत्युपछि पछुतो पर्ला, भवसागरमा परि ।।
बेला बित्यो लाग्दैन काम, पछुतो मानेर ।
गहिरिएर बुझ आजै, मुक्तिको बाटो हो जानेर ।।
तन मन धन लगाई, बुझ ब्रह्मज्ञान ।
जनम जनमको दुःख मेटि, पार लाउनेछ जान ।।
बाचुन्जेल प्रमुख स्थान, ब्रह्मज्ञानलाई दिइ ।
ब्रह्मज्ञानी देवीदेवताको, साथमा जीवन जिइ ।।
ब्रह्मज्ञानी देवीदेवतालाई, बस्दै माया गरि ।
सेवा अनि विश्वासको, भावले मनमा भरि ।।
रिस मोह र घमण्डको, हैन याद लाने ।
ब्रह्मज्ञानी देवीदेवताको, माया साथमा लाने ।।
बेला छदै स्वप्रकाशको, अनुभव गरेर ।
मृत्युपछि ब्रह्म जाने, योजना गरेर ।।
भोक प्यास सबै भ्रम, हुनेछन् जानेर ।
मरिसके घर आउदिन, भन्ने नै ठानेर ।।
हाँसी हाँसी मर्न जान, छोडि आवरण ।
माया मोह रिसले घर, फर्काइ ल्याउछ झन ।।
शिवजी सँगै गुहार माग्दै, बस्नु कमाइ गरि ।

जीवनभरको ज्ञानको कमाइ, बोकि लाने जानी ।।    

शिवजी सँगै गुहार माग्दै, बस्नु कमाइ गरि ।
जीवनभरको ज्ञानको कमाइ, बोकि लाने जानी ।।

     

…………………………………………………………………………………………………………………………………………………………………….
शिवजीलाई धन्यवाद 🙏डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठलाई हृदय देखिनै धन्यवाद 🙏सम्पूर्ण ब्रह्मज्ञानी देविदेवताहरूलाई धन्यवाद 🙏🙏 — शोभा ब्रह्मज्ञानी