वेदकाे तात्पर्य

⇐विषय सूचीमा फर्कन

पाठ १.६

वेदकाे तात्पर्य

हामी लेखकहरू मेडिकल डाक्टरहरू हाैँ । अाज पनि हाम्राे उध्देस्य बिरामीहरूकाे सक्दाे र सही उपचार सेवा र उपचार परामर्श पुर्याउनु हाे । त्यही उध्देस्य अनुसार नै मानव जीवनलार्इ अति अावस्यक रहस्य बताउन चाहेका छाैँ । हामीले अाफ्नाे किताबमा धर्म संस्कार वेदशास्त्रहरूकाे चर्चा गरेकाे देख्दा कतै धर्म संस्कारकाे शिक्षा दिन खाेजिएकाे हाेकि भन्ने लाग्दा । तर त्यसाे हाेइन । हाम्राे जिज्ञासाका प्रश्नहरू, विज्ञानले खाेज्दै गरेका उत्तरहरू र चिकित्साशास्त्रले खाेज्न नसकेका जवाफ र उपायहरू यिनै वेदशास्त्रहरूमा, धर्म र संस्कारहरूमा उल्लेख थिए त्यसैले धर्म र संस्कारहरूकाे पनि यहाँ चर्चा गरिएकाे हाे ।

हाम्राे खाेजीकाे प्रमुख लक्ष्य हाम्राे जिज्ञासाहरूका वैज्ञानिक कारण र उपायहरूकाे खाेजी गर्नु थियाे । तर विज्ञान र चिकित्साशास्त्रका किताबहरूमा उत्तर र उपायहरू नभेटिए पछि अन्य स्राेतहरूबाट पनि खाेजी गर्दै जाँदा धर्म, संस्कार र हिन्दुधर्मका स्तुति, पुराणहरूमा केलाउदै जाँदा पुराना वेदशास्त्रहरूसम्ममा गएर नियालेर, केलाएर हेर्नु पर्याे । स्पष्ट गरेर सिधा बुझिने गरेर कतै केही लेखिएकाे थिएन । एउटै किताबमा पनि सबै कुराहरू लेखिएकाे थिएन । तर कतै न कतै लुकेर बसेकाे अर्थ नलागेकाे वा गलत अर्थ लगाइएकाे अवस्थामा ती हामीलार्इ चाहिने कुराहरू लेखिसकेकाे थियाे ।

हाम्राे उध्देस्य विज्ञानकाे दृष्टिकाेणबाट खाेजी गर्नु थियाे । हामीले हाम्राे खाेजीकाे निष्कर्षका बारेमा लेख्ने बेलामा धर्म संस्कारका कुराहरू चर्चा र समावेश हुन अाएका हुन । हामी कुनै एक धर्म, संस्कार वा धर्म गुरूसँग बाँधिएका जाेडिएका पनि छैनाैँ । हामीले कुनै धर्म संस्कारकाे वा कुनै धार्मिक गुरूकाे जय जयकार गर्न र गर्न सिकाउन अावस्यक छैन । अाजसम्म जीवनभरमा कुनै धार्मिक गुरूसँग प्रत्यक्ष उभिएर एक मिनट पनि कुरा गरेकाे वा तिनीहरूसँग अाफुले नजानेका कुनै प्रश्न साेधेकाे पनि छैन । तर जीवनभर तिनै धार्मिक गुरूहरू, पुजारीहरू, माैलाहरू, पादरीहरू, लामाहरूले गरेका कार्यहरूकाे अवलाेकन गरेकाे छु ।  म विज्ञानकाे तर्फ र तर्कबाट खाेजी गर्दै थिए त्यसैले मलार्इ ती धार्मिक गुरूहरू, पुजारीहरू, माैलाहरू, पादरीहरू, लामाहरूकाे सँगत गर्न पर्ने अावस्यकता परेन, कुनै दिन मलार्इ समस्या अावश्यकता परिअाउदा  तिनीहरू नजिक थिएनन्, पछिपछिका दिनहरूमा म यति अगाडि पुगिसकेकाे थिएँ कि तिनीहरूसँग कुनै सहयाेगकाे अपेक्षा राख्नु व्यर्थ छ भनेर थाहा पाएँ । उनीहरू त अल्पज्ञानका शिकार भएर अाफै अलमलिएका गुरूहरू रहेछन् भनेर थाहा भयाे ।

मेराे नजरमा मेराे जिज्ञासाका प्रश्न र तिनका रूढिवादी जवाफ र उपायहरूले मानव जीवनलार्इ कठिन, अन्याेल, अधुराे र अन्याेल बनाएकाे छ जस्ताे लागेकाे थियाे । त्यसैले अाफ्नाे जीवनकाे त्याे अधुराे र अन्याेल परिस्थितिलार्इ बुझेर वारकाे पार गर्न भनेर अठाेट लिएकाे थिएँ जीवनमा । मेरा जिज्ञासाहरू मानिसहरूमा र समाजमा एक समस्या बनेर बसेकाे थियाे । हरेक मानिसकाे शारीरिक, स्वास्थ, राेग, उपचार र उपायहरू, समाजिक समस्या, अार्थिक समस्या, राजनैतिक समस्या र अन्तराष्ट्रिय समस्याहरू थिए । अझै गहिरिएर भन्नु पर्दा हरेक मानिसकाे जीवन भर र मरेपछिकाे पनि समस्या थियाे । यस्ता कुराहरूकाे महसुस भएकाे भएर अति कठिन परिस्थितिहरूमा पनि हरेस खाने, थाक्ने, भाग्ने गरिएन ।

तर यस्ता समस्याहरूकाे समाधान वेदशास्त्रहरूमा लुकेर बसेका थिए ।  विभिन्नशास्त्रहरूका टुक्राहरूलार्इ जाेडेर फिजिक्स, केमेष्ट्रि, बायाेलाेजी, चिकित्साशास्त्रकाे नजरले हेर्दा ठुलाे रहस्यकाे पर्दाफास भएकाे अनुभव भएकाे छ । ती छरिएर नबुझिने गरेर बसेका पङ्तिहरूलार्इ एकजुट बनाएर सृङ्खला बध्द बनाएर, बुझिने गरेर अर्थ लगाएर, सर्वसाधारण व्यक्ति देखि वैज्ञानिकहरूमा चासाेसँग मिल्ने र तिनीहरूले बुझ्ने गरेर लेख्न प्रयास गरेकाे छु । अवस्य याे कठिन छ तर इच्छुकहरूले यस किताबकाे भाव बुझ्न सक्छन् भन्ने कुरा जाँचेर पास भएकाे छ । अाजकाे मिती सम्ममा याे किताबका भावहरू बुझेका, बुझेर अाफ्नाे जीवनमा अनुसरण गरेका, किताबले दिन खाेजेकाे उपलब्धिहरू प्राप्त गरेका मानिसहरूकाे सँख्या धेरै पुगिसकेकाे छ ।

याे किताब सृष्टि, जीवन, मृत्यु र मानिसकाे तेस्राे नेत्रकाे बारेमा वेदशास्त्रमा उपलब्ध पङ्तिहरूबाट निकालिएकाे, समय अनुसार जाँच, लेखकका जीवनमा भाेग्नु परेका दुःख कष्टका अनुभव र अन्य मानिस वा यस्तै कारणहरूबाट पिडित हुन पुगेका मानिसहरूकाे जीवनका अनुभव र उपलब्धिहरूबाट निकालिएकाे निचाेढ र वेदशास्त्रमा उल्लेख भएका संस्कृतका श्लाेकहरूकाे सही अर्थ वेदकाे तात्पर्य हाे ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: Nepali