⇐विषय सूचीमा फर्कन

पाठ १.७

वेदशास्त्रहरुको तात्पर्य

हामी लेखकहरू मेडिकल डाक्टरहरू हौँ । आज पनि हाम्रो उध्देस्य बिरामीहरूको सक्दो र सही उपचार सेवा र उपचार परामर्श पुर्याउनु हो । त्यही उध्देस्य अनुसार नै मानव जीवनलाई अति आवस्यक रहस्य बताउन चाहेका छौँ । हामीले आफ्नो किताबमा धर्म संस्कार वेदशास्त्रहरूको चर्चा गरेको देख्दा कतै धर्म संस्कारको शिक्षा दिन खोजिएको होकि भन्ने लाग्दा । तर त्यसो होइन । हाम्रो जिज्ञासाका प्रश्नहरू, विज्ञानले  र चिकित्साशास्त्रले खोज्न नसकेका जवाफ र उपायहरू यिनै वेदशास्त्रहरूमा, धर्म र संस्कारहरूमा उल्लेख थिए त्यसैले धर्म र संस्कारहरूको पनि यहाँ चर्चा गरिएको हो ।

हाम्रो खोजीको प्रमुख लक्ष्य हाम्रो जिज्ञासाहरूका वैज्ञानिक कारण र उपायहरूको खोजी गर्नु थियो । तर विज्ञान र चिकित्साशास्त्रका किताबहरूमा उत्तर र उपायहरू नभेटिए पछि अन्य स्रोतहरूबाट पनि खोजी गर्दै जाँदा धर्म, संस्कार र हिन्दुधर्मका स्तुति, पुराणहरूमा केलाउदै जाँदा पुराना वेदशास्त्रहरूसम्ममा गएर नियालेर, केलाएर हेर्नु पर्यो । स्पष्ट गरेर सिधा बुझिने गरेर कतै केही लेखिएको थिएन । एउटै किताबमा पनि सबै कुराहरू लेखिएको थिएन । तर कतै न कतै लुकेर बसेको अर्थ नलागेको वा गलत अर्थ लगाइएको अवस्थामा ती हामीलाई चाहिने कुराहरू लेखिसकेको थियो ।

हाम्रो उध्देस्य विज्ञानको दृष्टिकोणबाट खोजी गर्नु थियो । हामीले हाम्रो खोजीको निष्कर्षका बारेमा लेख्ने बेलामा धर्म संस्कारका कुराहरू चर्चा र समावेश हुन आएका हुन । हामी कुनै एक धर्म, संस्कार वा धर्म गुरूसँग बाँधिएका जोडिएका पनि छैनौँ । हामीले कुनै धर्म संस्कारको वा कुनै धार्मिक गुरूको जय जयकार गर्न र गर्न सिकाउन आवस्यक छैन । आजसम्म जीवनभरमा कुनै धार्मिक गुरूसँग प्रत्यक्ष उभिएर एक मिनट पनि कुरा गरेको वा तिनीहरूसँग आफुले नजानेका कुनै प्रश्न सोधेको पनि छैन । तर जीवनभर तिनै धार्मिक गुरूहरू, पुजारीहरू, मौलाहरू, पादरीहरू, लामाहरूले गरेका कार्यहरूको अवलोकन गरेको छु ।  म विज्ञानको तर्फ र चिकित्शासास्त्रको तर्कबाट खोजी गर्दै थिएँ त्यसैले मलाई ती धार्मिक गुरूहरू, पुजारीहरू, मौलाहरू, पादरीहरू, लामाहरूको सँगत गर्न पर्ने आवस्यकता परेन, कुनै दिन मलाई समस्या आवश्यकता परिआउदा तिनीहरू मेरा नजिक पनि थिएनन्, पछिपछिका दिनहरूमा म यति अगाडि पुगिसकेको थिएँ कि तिनीहरूसँग कुनै सहयाेगको अपेक्षा राख्नु व्यर्थ छ भनेर थाहा पाएँ । उनीहरू त अल्पज्ञानका शिकार भएर आफै अलमलिएका गुरूहरू पो रहेछन् भनेर थाहा भयो ।

मेरो नजरमा मेरो जिज्ञासाका प्रश्न र तिनका रूढिवादी जवाफ र उपायहरूले मानव जीवनलाई कठिन, अधुरो र अन्याेल बनाएकाे छ जस्तो लागेको थियो । त्यसैले आफ्नो जीवनको त्यो अधुरो र अन्योल परिस्थितिलाई बुझेर वारको पार गर्न भनेर अठोट लिएको थिएँ जीवनमा । मेरा जिज्ञासाहरूका सहि जवाफहरु नहुदा मानिसहरूमा र समाजमा एक समस्या बनेर बसेको थियो । हरेक मानिसको अगाडी शारीरिक, स्वास्थ, रोग, उपचार र उपायहरू, समाजिक समस्या, आर्थिक समस्या, राजनैतिक समस्या र अन्तराष्ट्रिय समस्याहरू थिए । तर अझै गहिरिएर भन्नु पर्दा हरेक मानिसको जीवन भर र मरेपछिको पनि समस्या थियो । यस जीवन र मरनको समस्या लाई मानिसहरुले नदेखे जस्तो गरेर जीउन चाहन्छन् । यस्ता कुराहरूको महसुस भएको भएर अति कठिन परिस्थितिहरूमा पनि हरेस खाने, थाक्ने, भाग्ने गरिएन ।

तर यस्ता समस्याहरूको समाधानका उपाएहरु वेदशास्त्रहरूमा लुकेर बसेका थिए ।  विभिन्नशास्त्रहरूका टुक्राहरूलाई जोडेर फिजिक्स, केमेष्ट्रि, बायोलोजी, चिकित्साशास्त्रको नजरले हेर्दा ठुलो रहस्यको पर्दाफास भएको अनुभव भएको छ । ती छरिएर नबुझिने गरेर बसेका पङ्तिहरूलाई एकजुट बनाएर सृङ्खला बध्द बनाएर, बुझिने गरेर अर्थ लगाएर, सर्वसाधारण व्यक्ति देखि वैज्ञानिकहरूमा चासोसँग मिल्ने र तिनीहरूले बुझ्ने गरेर लेख्न प्रयास गरेको छु । अवस्य यो कठिन छ तर इच्छुकहरूले यस किताबको भाव बुझ्न सक्छन् भन्ने कुरा जाँचेर पास भएको छ । आजको मिती सम्ममा यो किताबका भावहरू बुझेका, बुझेर आफ्नो जीवनमा अनुसरण गरेका, किताबले दिन खोजेको उपलब्धिहरू प्राप्त गरेका मानिसहरूको सँख्या धेरै पुगिसकेको छ ।

यो किताब सृष्टि, जीवन, मृत्यु र मानिसको तेस्रोनेत्रको बारेमा वेदशास्त्रहरुमा उपलब्ध पङ्तिहरूबाट निकालिएको, समय अनुसार जाँच, लेखकका जीवनमा भोग्नु परेका दुःख कष्टका अनुभव र अन्य मानिसहरु वा यस्तै कारणहरूबाट पिडित हुन पुगेका मानिसहरूका जीवनका अनुभवहरु र उपलब्धिहरूबाट निकालिएको निचोढ र वेदशास्त्रमा उल्लेख भएका संस्कृतका श्लोकहरूको सही अर्थ वेदशास्त्रहरुको तात्पर्य हो ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: English