शिवजीले दिनुभएको गीत

⇐विषय सूचीमा फर्कन

लेखकः सफल शेरचन (लण्डन)

शीर्षकः उज्यालो हजार सुर्यको

उज्यालो हजारौं सुर्यको,

उज्यालो हजारौं सुर्यको,

उज्यालो हजार सुर्यको,

जहॅाबाट आयौं, फर्कनु त थियो ।

तर, बाटो भुलेको ।।..४

समयले जन्म दियो, समयलेनै लान्छ ।

आज आज भोली भन्दै, सारा जीवन जान्छ ॥…हो…२

जीवन भरका याद अनुभव, सबै बोकि लान्छ ।…२

भवसागरमा, फेरी तानिन्छ ।।..४

 

भाग्यमानी हौ तिमी, पायौ मानव चोला ।

यही चोलामा बिसाउने हो, जनम जनमको झोला ॥.हो..२

समय हेर बगिराछ, बगेझैं खोला ।…२

फेरी, पछुतो होला ।।…४

पानीको सागर हैन, भवसागर ।

एक दिन फसिन्छ है, आजै बिचार गर ॥… हो…२

भोक प्यास सबै भ्रम हुनेछ, भनी जान्नु छनि ।…२

गुहार माग्दै, रूनु पर्लानी ।।  …४

चेतना र स्वप्रकाशले, चलेको छ सृष्टि ।

हरेक जीव हरेक कुनामा, भगवानको दृष्टि ॥.हो..२

नियम हो यो बिधाताको, सबले मान्नै पर्छ ।…२

आए एकदिन, जानै पर्छ ।। ..४

मानिसले मात्र बुझन सक्छ, सृष्टि के हो भनि ।

म को हॅु र कसरी आएं, भनि जान्नु छ नि ॥…हो..२

जीवित छॅदै स्वप्रकाशको, अनुभव गर्नुछ ।..२

भवसागर, पार गर्नुछ ।।..४

वास्तबिक नबुझिकनै, चल्यो चलन चल्ती ।  

सहि के हो थाहा नहॅुदा, भयो धेरै गल्ती ॥ हो…२

सृष्टिकर्ता चिनाउन, ब्रह्मज्ञान आयो ।…२

बुझ्न, सक्नेले पायो ।।..४

सारा जीवन खर्चिएर, ल्याए ब्रह्मज्ञान । 

संयोगले फर्कनु भयो, गैसकेको ज्यान ॥…हो…२

सिकाएरै बस्ने खासै, इच्छा त थिएन ।…२

आज्ञा शिवजीको, नमानि भएन ।।…४

शिवजीको चाहाना नी, सबले बुझुन् भन्ने थियो ।

खान लाउन ब्यस्त सबै, ध्यान कस्ले दियो ॥…हो…२

रूदै आउने रूदै जाने, चलन यस्तै थियो ।…२

ब्रह्मज्ञानले, अब बदलियो ।।..४

उज्यालो हजारौं सूर्यको ।

उज्यालो हजार सूर्यको ।।

फर्कि आउने भए, आऊनत भन्दै ।…२

आमाले, बाटो कुरेको ।।

बाबाले, बाटो कुरेको ।। …२

⇐विषय सूचीमा फर्कन

……………………………………………………………………………………………………………………………………………………………….

सदाशिवजीकी जय 🙏❤️ दुर्गामाताकी जय🙏❤️ बजरङ्गबली हनुमानजी कि जय 🙏 ❤️, सम्पूर्ण ब्रह्मज्ञानी देवीदेवताहरू कि जय🙏❤️,

सर म्यादमलाई हृदय देखिनै धेरै धेरै धन्यवाद 🙏❤️ सम्पूर्ण ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद 🙏❤️ —लेखकः सफल शेरचन