DP 7.9 जीवनको अन्तिम दिन

जीवनको अन्तिम दिन
मानवजाती अन्य सबै जीव, जनावर भन्दा चेतनशील हुन्छन् । भुत, बर्तमान र भविष्यको तर्क र कल्पनाका साथै विभिन्न योजना र इच्छाहरुले भरिएका हुन्छन् । ती इच्छा र योजनाहरुका भण्डार कहिल्यै सिद्धिदैन रहेछ । एक पछि अर्को योजना र इच्छाले त्यस भण्डार भरि हाल्दछ । तर जीवन त्यति सजिलो छैन । जीवनको गति र मृत्युको समयले त्यस व्यक्तिको दिमागमा भरिएको योजना र इच्छालाई हेर्न, सुन्न, पर्खन खोज्दैन । प्रकृतिको नियम अनुसार हरेकले त्यस अन्त्यको घडीमा पुग्नु पर्दछ । हरेक दिन कतिपय त्यस्तै जीवनको अन्तिम क्षणहरुको सँघर्षमा बिताइ रहेका छन् । कतिपयले आफ्ना घरमा या विभिन्न चिकित्सालयहरुमा त्यस्ता सँघर्षका समय बिताइ रहेका हुन सक्दछन् । हरेकको आफ्नो आफ्नो जीवनको सँघर्ष सफ्mल होस् भनेर चाहना र शुभकामना राख्दछु । तर यो वास्तविकतालाई भुल्न हुँदैन कि त्यो अन्त्यको समय अवस्य आउँछ । आज सम्म मानव जीवन ती मृत्युका विषय सँग अज्ञान रहेको रहेछ । मृत्युको परिभाषा र अर्थ पुर्ण भएको रहेनछ । मृत्यु पछि मानव जीवन त्यतिनै चेतना र चाहनासँग सँगै हाम्रो सँगमानै रहदा रहेछन् र ती अज्ञानताको कारण झन ठुलो दुःखका खाडलमा परेका हुँदा रहेछन् । यो कुरा लेखकको प्रत्यक्ष भोगेको घटना र शास्त्र, सँस्कारबाट निकालिएको साराँश हो र जीवनमा प्रमाणित तथ्यहरु हुन् । हामीले मरेको देखेर ढुक्क भएकाहरु हामी सँग सँगै रहेका कुरा प्रमाणित छन् । त्यसैले हरेक व्यक्ति जस्ले जीवनको अन्तिम सँघर्षका दिनहरुगनिरहेका छन्, विभिन्न उपचारका बिधिहरु अपनाइरहेका छन् । साथ साथै मृत्युको खाडलको ज्ञानहुनु आवश्यक लाग्दछ । जुन सुकै व्यक्ति कुनै खाडलमा खस्नुनै पर्ने भए कमसेकम त्यस खाडलको ज्ञान भएर त्यस खाडलका समसयालाई समाधान गनृ सक्ने उपाएहरु लिएर खाडलमा खस्न पाउनु उसको कही भलाइ हुन सक्दछ । यदि कोही व्यक्ति खाडलमा उल्टो गरेर खस्न पर्यो भनेनै उसको बढी दुर्दशा,कष्ट हुन सक्दछ । त्यसैले हरेक व्यक्ति चाहे जीवनको अन्तिम घडी गनिरहेको होस् वा अझै त्यस्ता घडी र समयको आफ्mुलाई टाढा भएको सम्झनेहरु हुन् सबैले यस ज्ञानका कुरा जान्नु, बुझ्नु आवश्यक छ । हरेक आफ्mन्तहरुको पनि त्यस्तै कुराको बोध गराउन मद्दत गर्ने, साधन जोडिदीने, समय मिलाइ दीने कर्तव्य हो । उपचार गर्दै गरेका चिकित्सकको सबै प्रयास सफ्mलहोस भन्ने चाहन्छु तर यो ज्ञान चिकितसकहरुमा पनि हुनु पर्ने ठानेको छु । वास्तविकतालाई नै आँखा चिम्लेर गरिएका प्रयासहरु कतै असफ्mल हुने सम्भावनाहरु बढी हुन सक्दछन् । त्यसैले व्यक्ति, बिरामी, परिवार, आफ्mन्त, सहयोगी, चिकित्सक सबैमा यस विषयको ज्ञाता बन्न सकुन भन्ने चाहन्छु । यो विषय नजानेका बिरामी खतरामा हुन्छन् । यो विषय नजानेको चिकित्सक खतरनाक हुन्छन् ।
यो कुरा कुनै धार्मिक दृष्टिकोणले भन्न गइरहेको छैन । यो वास्तविक समस्या हुन् । धर्म र विज्ञान सागसँगै छन् । यो कुरा बुझ्न सके अमृत हो, बुझ्न नसक्नेको लागि हास्याद्पद र कसिँगर हो ।