DP 8.1 पितृको कष्ट र सामाजिक, आर्थिक प्रभाव

अनुभव खण्ड
पितृको कष्ट र सामाजिक, आर्थिक प्रभाव
पितृहरु कष्टमा हुनु भएको र विभिन्न कारणबाट उहाँहरुसँग सम्पर्क भइ रहेको रहेछ । पितृहरु पनि जति कडा स्वभावका थिए, त्यतिनै उनीहरु बढी व्युँझने र बढीभ्रममा रहने सम्भावना हुँदो रहेछ । मेरो अस्वस्थ तेश्रो नेत्र खुलेको अबस्था रहेछ र म पितृहर सँग लगातार सम्पर्कमा रहेको रहेछु । मलाइ थाहा थिएन । पितृहरुसँग सम्पर्क हुन जाँदा अन्य होस नखुलेका, खुलेका पितृ वा अन्य टाढाका लिँग शरीरहरसँग पनि सम्पर्क भइरहेको हुँदो रहेछ । करिब १० बर्ष अगाडि मेरो कारोबारको प्रगति र फ्mैलाबटको सिलसिलामा सिङ्गापुरमा नयाँ कँपनी स्थापना गरेको थिएँ । सिङ्गापुरको प्रशिद्ध ज्ष्नज कतचभभत उबिशब मा अफ्mिस थियो । त्यहा बस्दा सँधै जाडो हुने, लगलग काम्ने, रातभरी निन्द्रा नलाग्ने, विहान उठ्न नसक्ने, यस्तै सँधै हुन्थ्यो । सिङ्गापुर गएको बेलामा टाउको दुख्ने,टाउको भित्र फ्mुलेको जस्तो, झ्याउँ झ्याउँ आबाज आउने, टाउकोमा ४—५ बटा मासुपोल्ने तातो झिरले रोपे जस्तो गर्ने गर्दथ्यो । सबैले साच्ने जस्तो गरेर विभिन्न रोगका लक्षण सँग दाज्नु स्वभाविक हो । मैले पनि रगत चाप बढेछ कि भनेर स्ँखा र नाप हर गरेँ तर सबै ठिकै हुन्थ्यो । यसरी शारीरिक तथा अन्य कारणहरुपनि थपिनगए पछि सिङ्गापुरको काम बन्द गरिदिएँ । ती लक्षणहरु अलि अलि कहिले कहिले आउथ्यो । पछि पछि अध्ययन गर्दै जाँदा ती लक्षणहरु आउने बेलामा म कुनै ठुलो कारोबार सम्बन्धित कामको तयारी वा कामको सिलसिलामा भएको बेलामा आएका हुँदारहेछन् र मलाइ त्यस बखत आफ्ना पितृहरुको याद आइरहेको हुँदो रहेछ भन्ने कुरा बुझ्न सफ्mल भएको थिएँ । त्यसैले सिङ्गापुरको यात्रामा बढी लक्षण आएका रहेछन् । पछि त्यस्ता लक्षणका साथसाथैपितृको याद आउन थाल्ने वित्तिकै आफ्नो ध्यान र याद अरुनै कुरामा अड्काउन खाज्ने वा भगवानहरुको याद गर्ने वा अझ नछुटेमा भगवानहरुको विभिन्न पुराणहरुका मिठामिठाकथाहरु एकदम भावात्मक भए जस्तो गरेर याद गर्न थाले पछि ती पितृका यादहरु दिमाग बाट छुट्ने गर्दथे । यो बिधि पत्तालगाउन करिब ८—९ बर्ष लाग्यो होला । पछि विभिन्न अध्ययन र अभ्यासहरु गरि पितृहरु शान्तहुनुभएपछि ती लक्षणहरु बन्द भए ।
हालसालै यस पुस्तक लेख्ने सिलसिलामा सबै अनुभवहरुलाई कापीमा लेख्दै तयारी गरिरहेको थिएँ । करिब अन्तिम दिन तिर लेख्दा लेख्दैअचानक झपझप निन्द्रा लाग्यो र एकैछिन बेडमा गएर आराम गरुँ भनेर पल्टेको तुरुन्तै सपनामा बुबा आउनु भयो र ती मलाइसिङ्गापुरमा भएको जाडो, लगलग काम्ने र अन्य कष्टहरु सँझाएर, याद दिलाएर यि सबैहुनुको कारण पितृहरुहुन्भन्नु भयो । किनकि भन्ने शब्द कापीमा देखाएर भन्नु भयो कि यदि कसैको साथमा रोइरहेको बच्चा र रोगी बच्चा सधैँभरि पछि पछि हिडिरहेको भए कसरी उस्ले कुनै काम, धन्दा, देश, विदेश जान सक्दछ भनेर भन्नु भयो । त्यसपछि अर्को एउटा सुझाब दीनु भयो । हाम्रो परिवारमा एकजना एउटा आमा पट्टिको नाताले भाउजु पर्ने अर्को बुबा पट्टिको नाताले बुहारी पर्ने हुनु हुन्छ । पारिवारिक विभिन्न कार्यहरु हुँदा बुहारी भन्ने कि भाउजु भन्ने बहस हुने गरेको थियो रे । म आफ्mै धुरै बर्ष बिदेश बसेको हुँदा त्यस्ता बहसहरुमा उपस्थित हुन पाएको थिइन । बुबालेमाथिका सुझाब दीनुभए पछि त्यहाँ बुबा सँग बितिसक्नु भएको सन्तानकै सबभन्दा जेठादाजु पनि अचानक अगाडि सँगै देखिनु भयो । आफ्नो घरमा केही महिनाअगाडिमात्र नया बुहारी प्रबेशगरेकि थिइन् । बिहेका सगुन समारोहमा म उपस्थित हुन पाएको थिइन । स्वर्गिय बुबा र दाजुले नयाँ बुहारीलाई देखाएर मलाई राम्रो टपरीमा फ्mुल, सगुन दीएर ढोग्न लगाउनु भयो र अर्को बुहारी वा भाउजु पर्नेले पनि त्यस्तै ठिकै ठिकैको टपरीमा अलि अलि मात्र फ्mुल, सगुन राखेर दीन लगाउनु भयो । मैले लिएँ र सबै भाउजुहरुलाई ढोगे जस्तो गरेर ढोग्न लागेको थिएँ बुबा र जेठादाई अगाडि आएर गालि गर्दै यो बुहारी हो यस्ले ढोग गर्छ भनेर मलाइ ढोग गर्न लगाउनु भयो र अब हामी जान्छौँ भनेर उठेर जानु भयो । म पनि व्युझिएँ । सपना भएपनि वास्तविक घटना र पारिवारिक समस्यालाइ सुल्झाउन सुझाब दीनु भएको थियो । अनय पनि केहीपितृहरु थिएतिनहिरुअलि टाढाथिउ रमैले चिन्न सकिन ।
यो भनाइले केबुझाउछ , अझ स्पष्ट पार्दछ भनेपितृ असन्तुष्ट र होस नखुले पछि र तिनीहरुसँगको सम्पर्क खुल्न गए पछि कुनै बाटो खुल्ने ,वा सजिलो हुने सम्भावना हुँदैन रहेछ । भने तिनीहरुको होस खुलेको अबस्थामा सहयोग, सुझाबहरु पाउन सकिदो रहेछ । विभिन्न विधि र अभ्यासहरु गरेर मैलेआफ्नापितृहरुको होस खुलाउन, र भ्रमको अन्धकारबाट छुटाउन सफ्mल भएको छु । यिनैकुराहरुको स्पुष्टि अन्य विभिन्न सम्पर्कबाट पाउको छु । यसै लाई शास्त्रमा पितृ तार्ने भन्दछन् । यो मेरो जीवनको ठुलो मध्यको ठुलो सफ्mलताहो । तयसे गरि आफ्ना पितृहरुको उद्धारगर्न अरुपनि सफ्mल होउन भनि शुभकामना दीन चाहन्छ ु।