DP 7.1 प्रेम सम्बन्धमा लिँग शरीरको महत्व

प्रेम सम्बन्धमा लिँग शरीरको महत्व
स्थुल शरीरलाई लिँग शरीरले सन्चालन गर्ने र स्थुल शरीरले गरेको कार्यको भोग पनि लिँग शरीरलेनै भोग गर्दछ भनेर अगाडिका पाठहरुमा वयान भयो । लिँग शरीर मात्र भएकाहरुले अरुको स्थुल शरीरमा प्रवेश गरेर सँचालन र भोग गर्ने गर्दछ भने स्थुल शरीर धारणा गरिरहेका लिँग शरीरहरु पनि अरु स्थुल शरीरमा सम्पर्क गरि भोग गर्ने सक्दछन् । मानिसको स्थुल शरीरमा लिँग शरीरले आफ्नो तार जोडेर सन्चालन गरि भोग गर्दछ भनेर अगाडिका पाठमा वयान भइसकेको छ । त्यसैले स्थुल शरीर भनेको एक उपकरण मेसिन हो जस्को सन्चालनको लागि आवश्यक उर्जा प्राप्त गर्न बिजुलीको तारको टुपिन रहेको हुन्छ भने लिँग शरीर बिजुलीको तारको टुपिन जोड्न मिल्ने पाओर सकेट बक्स जस्तो हो ।

लिँग शरीरले त्यस पाओर सकेटलाई आफ्नो भन्दा बाहेक साथ साथै अरु मानिसको शरीरको स्थुल शरीरको टुपिनमा पनि जडान गरि सँचालन र भोग गर्न सक्दछ वा अर्को शब्दमा त्यस लिँग शरीरले आफ्नो स्थुल शरीर र अरुको स्थुल शरीरलाई सँचार र सँचालन र भोग गर्न सक्दछ । एउटा स्थुल शरीरमा आफ्नो लिँग शरीर साथ साथै अरुको लिँग शरीरको सँचालन र भोग गर्न सक्दछ । प्रेम सम्बन्ध त्यसै सम्बन्धको उदाहरण हो । प्रेम सम्बन्धमा आफ्नो स्थुल शरीरमा अरुको लिँग शरीरको सम्पर्क, प्रवेश, सँचालन र भोग भइ रहेको हुन्छ । हरेक माया प्रेम सम्बन्ध भनेको अन्य लिँग शरीरको प्रभाव या सम्पर्क या प्रवेशहरु हुन् । हुन सक्दछ् यस्ता प्रभाव, सम्पर्क वा प्रवेशहरुको मात्रा र गहिराइ फ्mरक हुन सक्दछन् तर कुनै न कुनै स्तरको सम्पर्क अर्को शरीरमा पुगेको हुन्छ । त्यसैले तिनीहरुको समान विचार, समान भोग, समान भावना, समान कष्ट खुसिहरुको अनुभव गरेका हुन्छन् । दुइ शरीर एक मुटु भनेर भन्दै त्यस्तै अनुभव गरेका हुन्छन् कुनै कुनै प्रेमीहरुले । त्यस्तो अनुभव हुनु भनेको साँचैनै एक आपसका मुटुमा जहाँ आफ्नो लिँग शरीर बस्ने गरेको छ त्यहीँ ठाउँमा आफ्नो प्रेमी वा प्रेमीकाको लिँग शरीरले स्थान पाएको हुन्छ । यसरी आफ्नो शरीरमा अन्य लिँग शरीरको प्रवेश हुनु भनेको एक आफ्नो सुरक्षाको आवरणको चर्केको, चुहिएको अवस्था हो । यस नयाँ परिस्थिति सँग बाँच्न, बानी बसाल्न शरीरलाई सुरुमा अलिक अप्ठ्यारो भएको हुन्छ । मानिसले जीवनमा वा ति नयाँ प्रेमीहरुको जीवनमा थुप्रै असन्तुलन अनुभव गरेको हुन्छ । स्थुल शरीरको कार्य अब आफ्नो एक लिँग शरीर सँग निर्भर नभएर अर्काको समेत दुइ लिँग शरीरको चाहनालाई पुरा गर्नु पर्ने परिस्थिति आएको हुन्छ तर उ सुरु सुरुमा आफ्नो लिँग शरीरले मात्र सँचालन गरेको आदतमा रहेको हुन्छ । विस्तारै बिस्तारै दोश्रो लिँग शरीरको चाहनालाई पनि साथ साथै बुझ्ने र पुरा गर्ने आदत पर्न थाले पछि मानिसले असन्तुलनका अनुभवहरु कम भएको अनुभव हुन्छन् । एक स्थुल शरीरले गरेको कामको भोग अरु लिँग शरीरले बाँडेर खानु पर्ने परिस्थिति आएको हो ।

प्रेम सम्बन्ध हुनु अगाडिका शरीरहरु ।

प्रेम सम्बन्ध हुनु पछिका शरीरहरु । अरुको लिँग शरीरले आफ्नो स्थुल शरीरमा तारले जोडेको र आफ्नो लिँग शरीरले अरुको स्थुल शरीरमा तार जोड्न गएको ।

त्यसैले मानिसहरुको सम्युक्त जीवनमा सम्युक्त काम गर्ने सम्युक्त आनन्द बाँड र भोग गर्ने गर्दछन् । अर्काको कमाइ खाने, आशा गर्दछन्, एक जनाले कमाएर ल्याएर अर्काले पकाएर खुवाउने गरेर एक आपसमा गरेका आर्जन बाँडेर उपभोग गरिरहेका हुन्छन् । प्रेमीहरुका बिचमा आपसिक सम्बन्धका मनमुटाब हुनु भनेको तिनै लिँग शरीरहरुको आपसिक सम्बन्ध गहिरो हुन नपाएको लिँग शरीरले अन्य शरीरसँग सम्पर्क रहेर पनि आनन्दको भोग गर्न नपाएको अवस्था हो । तर त्यसरी आफ्नो शरीरमा आफ्नो प्रेमी वा प्रमीकाले सम्पर्क गरि भोग चलन गर्नेगर्दा त्यहाँ हुन गएको सम्पर्कले मानिसको सुरक्षाको आवरणलाई चर्काएको हुन्छ र अनजानमा त्यही चर्केको प्वालबाट अन्य टाढाका लिँग शरीरहरुपनि प्रवेश गरि भोग गर्नसक्दछन् । प्रेम वा माया जति गहिरो भयो त्यहाँ त्यति बढी चर्चेको हुनसक्दछन् र अन्य लिँग शरीरको प्रवेश वा प्रभाव हुनसक्ने सम्भावना बढी हुन सक्नेछ ।
प्रेम सम्बन्ध भनेको प्रेमी प्रेमीका, लोग्ने स्वास्नी, आमा बच्चा, साथी साथी, वा अन्य नजिकका सम्बन्ध भएकाहरु हुन सक्दछन् । दुइ मानिसको बिचमा जति नजिकको सम्बन्ध भएको छ त्यतिक तिनीहरुको बिचमा एकआपसको लिँग शरीरको प्रभाव भएको हुनसक्दछ । त्यस सम्बन्ध कायम गर्नको लागि तिनीहरु बिचमा उत्पन्न भएको मायाको भावना नै तिनीहरुको एकआपसको लिँग शरीर र स्थुल शरीरहरुको सम्बन्ध राख्न सजिलो हुनआएको हुन्छ । तिनीहरु बिचमा मायाको भावना घट्न जानुनै दुइ शरीर बिचको एक आपसको सम्बन्ध कम हुनजाने हुन्छ । त्यसैले जब माया अतिगहिराइमा अनुभव भएको हुन्छ त्यति त्यो माया गर्ने व्यक्तिको प्रभाव अनुभव भएको हुन्छ । माया छुट्न गएमा ति दुइ शरीर बिचमा भएका सम्बन्धहरु कम हुनजान्छन् । त्यसैले जब माया अतिगहिराइमा अनुभव भएको हुन्छ यो कारणनै अन्य तेश्रो चौथो, टाढाका लिँग शरीरहरुको सम्बन्ध सम्पर्क हुनजाने सम्भावना बढेको हुन्छ ।