DP 7.2 ब्रह्मले कसरीसबै जीवसँग सम्पर्क राख्न सक्दछ ?

ब्रह्मले कसरीसबै जीवसँग सम्पर्क राख्न सक्दछ ?
समय समयमा विज्ञानको क्षेत्रमा वैज्ञानिकहरुका बीचमा पनि भगवान छन् वा छैनन् भन्ने तर्कहरु पैदा हुने गरेका हुन्छन् । तर सबैको प्रायः एउटै विचार तर्क हुन्छ कि एक भगवानले कसरी सबै सृष्टिलाई सँचालन गर्नसक्दछ ? यो सम्भव हुन सक्दैन भन्ने तर्क हुन्छ । मेरो पनि त्यस्तै विचार थियो केही पहिला सम्म । सबैले साधारणरुपमा सोच्दा सँचालन गर्ने भनेपछि हातमा लठ्ठी लिएर अथवा कुनै डोरीहातमा लिएर, मान्छे कर्मचारी लगाएर यसो गर या नगर भन्दै सन्चालन गर्नु हुन्छभनेको हाला जस्तो लाग्छ र त्यस्तो सम्भव छैन जस्तो लाग्छ ।ब्रह्मको ज्ञान र गुण नबुझ्दा सम्म त्यस्तो सोच्नु स्वभाविक हो । तर ब्रह्मको ज्ञान,गुणको सही तर्क र विश्लेषण गरे पछि त्यो भ्रम छुट्न जान्छ ।ब्रह्मको गुणहरुमध्ये केहीगुणहरुहो सर्वत्र, चेतनासहित, स्वप्रकाश हो । ब्रह्मबाट छुट्टिएर बनेको टुक्रा जीवकोे पनि त्यहीनै गुणहरु हुन्छन् । तयस जीवको एक नाडि ब्रह्ममा जोडिएको हुन्छ भनेको छ ।तलको चित्रमा देखाइएको जस्तै ।

त्यो जीवले अन्य जीवहरु सँग बिभिन्न सम्बन्ध राख्दै सबैसँग एक आपसमालेनदेन गर्न सक्दछ र त्यस लेनदेन सम्बन्धको चेतनामा याद राख्दछ । हरेक जीवको चेतना ब्रह्मसँग जोडिएको छ र आवश्यक चेतना र स्वप्रकाश उर्जा लेनदेन गर्न सक्दछ ।
इसो भनेको आजको आधुनिक युगको कम्प्युटर र कम्प्युटर सासँरकोे एक आपसको सम्बन्ध सँग दाज्न सकिन्छ । ब्रह्मभनेको मुख्य सर्भर हो र सबै जीवहरु सर्भर सँग जोडिएका कम्प्युटरहरु हुन् । त्यस्ता साना थुप्रै अन्य सर्भरहरु हुन सक्दछन् । बिभिन्नकम्प्युटरहरु मिलेर बिभिन्न नेटओर्कहरु बन्दै सबैनेटओर्कहरु एक आपसमा सम्बन्ध राख्दै सर्भर सँग सम्बन्धित भएका हुन्छन् । त्यसै गरि जीवहरु हरेकको ब्रह्म सँग सम्बन्ध रहेको हुन्छ र अरु जीवहरु सँग एक आपसमा मिलेर साना साना नेटओर्क जस्ता बनाएर काम गरिरहेका हुन सक्दछन् । ती साना साना नेटओर्कहरुका समुहनै हामीले देख्नसक्ने जीवहरु भएका हुनसक्दछन् ।

चित्रमा जीवहरु ब्रह्ममा जोडिएको र बिभिन्न समुहमा रहेका छन् ।
यो कुरा कम्प्युटरको र नेटओर्कको ज्ञान भएकाहरुलाई बुझ्न सजिलो होला भने ती ज्ञान नभएकाहरुलाई अलि बुझ्न कठिन हुन सक्दछन् ।
सबभन्दा महत्वपूर्णकुरा त मानिसलाई ब्रह्म चेतनाको छ,स्वप्रकाशको छ,सर्वत्र छ भनेर महसुस गर्न कठिन भइ रहेको हुन्छ । त्यो भनेको ब्रह्म सबैठाउँमा छ र हामीसँग, हाम्रो भित्र, हाम्रो बाहिर सर्वत्र छ । साधारणतया मानिसहरुले यदि ब्रह्मको बारेमा अलिअलि सुनेको चर्चागरेका रहेछ भने पनि त्यो कतै आकाशमा पुग्न नसकिने ठाउँमा र मरेपछि सायद पुगिने ठाउँहोला भन्ने सोचेको हुनछ । मैले पनि अलिअलि शास्त्रका कुराहरु सुनेको बेलासम्म त्यस्तै सोचेको थिएँ । मानिस भौतिक शरीरमात्र नभएरलिँगशरीर पनि हो । लिँगशरीर आत्मा द्धारा स्वप्रकाशित र आत्मामा चेतनाहरु सँग्रहित हुन्छन् भनेर महसुस गर्न कठिन हुन्छ । त्यो सानो सुरुमा बनेको जीवनै आज सम्म बिभिन्नआवरणहरु थपिदै विकसित लिँग शरीर बन्न सक्दछ र सबै चेतना सँग्रहितगर्दछ भनेर महसुस गर्नकठिन हुन्छ । आत्मा वा ब्रह्म आफ्mै कुनै कार्य गर्दैनन् र कार्यको भोग पनि गर्दैनन् भने पछि भगवानले सँचालित गर्दछन् सबैकुराभनेर जुनसुकै धर्म गुरुले भन्नु भए पनि गुरुलाईनै ज्ञान नपुगेको हो । यहाँ केही पनिभगवानले या ब्रह्मबाच सँचालन भउको हुँदैन । तर सबै कुराको सुरुवात ब्रह्मबाट हुने रब्रह्मको चेतनामा ती कायृहरु सँग्रहित हुने भएको, र सृष्टिको एक आपसको सम्बन्ध सबै एक जीव र अर्को जीवकोबीचमा मात्र हुने भएकोले सबैकुरा भगवान बाट सँचालित भनिएको हो । सकृय सँचालन भउको हुँदैन । कोही जाँचमा फ्mेलहुने वा पासहुने ब्रह्मबाट वा भयवानबाट सँचालित हुँदैन । तर ब्रह्मका सगुन रुप देवीदेवताहरु लाई पनि ब्रह्मको रुप भनेर भगवान भनिन्छ । ती सगुन रुप भगवान देखि तल तलका लिँगशरीरहरुले मानिसको कार्य वा अन्य कार्यहरुमा प्रभाव पार्न सक्दछन् । तिनीहरु आफ्नो आफ्नो प्रकृति अनुसार कोही अरुलाई गुल्ट्याउन मन पराउछन् त्यसैगर्छन् अवसर पाए । कोही अरुलाई बचावट र सहयोग पुर्याउन मन पराउँछन् त्यसै गर्छन् अवसर पाए ।
यो कुराको ज्ञान प्राप्त गर्न, महसुस गर्न एक्लो विद्या, धर्म शास्त्रको ज्ञान, अभ्यास, मनत्रको ज्ञान, पुजा आजाको ज्ञान अभ्यास ,सन्यासी,जोगी, बनेर मात्र पूर्ण महसुुस नहुन सक्दछ । अथवा विज्ञानको ज्ञान, चिकित्साशास्त्रको ज्ञान मात्र ले पुग्दैन । यो कुराको महसुसगर्न विज्ञानको ज्ञान, धर्म शास्त्रको ज्ञान,ब्रह्मकोरचना रगुणको ज्ञान, व्यबहारिक अनुभव, अन्य अध्ययनका साथै बर्षाैको एकान्त बसाई र बर्षौको झ्याल ढोका थुनेर,कसै सँगनबोेलेर, कुनै मनोरन्जन नगरेर, टेलििभजन नहेरेर, फ्mिल्मनहेरेर,पत्रिका नपढेर, साथीभाइृ सँग सम्पर्क हेलमेल नगरेर,कुनैलेज देन नगरि जे खान पाए पनि सन्तोष,फ्mटेको नफ्mटेको वास्ता नगरिकेवल अध्ययन रमनन गर्दै प्रश्नरजवाफ्mका प्रकृया लगातार लागेर तिनै प्रश्न भित्र पसेरनिस्के जस्तोगरेपछिपूर्ण महसुस हुन आउँदो रहेछ । यस कुराको महसुस हुन तेश्रो नेत्रको ज्ञान र अनुभव भउको हुनु पर्दछ । त्यो तेश्रो नेत्र माफ्र्mत देवीदेवता रअन्य लिँगशरीरको स्पर्श,सम्पर्क,दोहारो सम्पर्कको अनुभन भएकोहुनु पर्दछ रब्रह्मको गुणको महसुस भएको हुनु पर्दछ ।