⇐विषय सूचीमा फर्कन

पाठ १.३

यो किताब कस्ले पढ्न हुन्छ र कस्ले पढ्न हुँदैन 

१. मानिसहरु सामान्य रुपमा आफ्नो आफ्नो चाहना, इच्छा, रोजगार, परिवार, साथीभाइ, मित्र, शत्रु, यस्तै कुराहरुमा अल्झिरहेको हुन्छन् । आफ्नो आफ्नो चेतनाको स्तर अनुसार विभिन्न कार्यहरु, योजनाहरु गर्दै एक आपसमा सम्पर्कहरु गरिरहेका हुन्छन् । त्यस्तै गर्दै कहिले दुःख कहिले सुख, सफल असफल हुँदै विभिन्न खाले अनुभवहरु सङ्गाल्दै अघि बढिरहेका हुन्छन् । जीवन के हो भनेर सोच्नै मौका, फुर्सद वा अवसरहरु पाइरहेको हुँदैनन् । विभिन्न योजना, सोच, बिचार, आशा, उद्धेश्य बोकेर ती कुराहरुलाई पुरा गर्न दिन रात व्यस्त रहेका हुन्छन् र त्यस व्यस्तताबाट छुटकारा पाउने कुनै बाटो नजिक देखिरहेको हुँदैन तर आशा सधै सुखद जीवनको नै गरिरहेका हुन्छन् । यसो गर्दा गर्दै समय बितेको उमेर ढल्केको थाहै हुँदैन । तर यस्तो जीवनको दौडाईमा अझै पनि नथाकेकाहरु, जीवनमा कुनै नयाँ कुराहरु सिक्ने, बुझ्ने चाहनाहरु नभएकाहरुले यो किताब पढ्न हुँदैन ।

२. मानिसहरु जो आफ्नो जीवनको त्यो दौडाइमा जति दौडे पनि निष्कर्षमा नपुगेको जस्तो लागेकाहरु, जीवनका लहैलहैमा दौडदा दौडदा कुनै टुङ्गो लगाउन नसकेको अनुभव गरिसकेकाहरु र अब कता जाउँ कता जाँउ भन्दै सबै बाटाहरु बन्द भई सकेको अनुभव गरिरहेकाहरुले यस कितावमा केही सुझावहरु अवश्य पाउने छन् । तिनिहरूले यो किताब पढ्न हुन्छ ।

३. मानिसहरु जो जीवनको अर्थ र रहस्य बुझ्न भनि खोजि गरिरहेका, जीवन सम्बन्धी विभिन्न किताबहरु पढ्ने गरेकाहरु, विभिन्न धार्मिक प्रवचनहरु सुन्ने गरेकाहरु, विभिन्न धार्मीक आश्रमहरु धाउने गरेकाहरु, विभिन्न स्वदेशी वा अन्तराष्ट्रिय धार्मीक गुरुहरुकापछि लाग्दै तिनीहरुका चेलाचेली बनी विभिन्न भेष भुषा, पहिरनहरु गर्दै हिँडेका, विभिन्न खाले टिकाहरु लगाएकाहरु, शरीरमा खरानी घसेका, कपालमा जटा पालेका, हातमा त्रिशुल लिएकाहरु, जीवनमा विभिन्न पुजाहरु गर्न भ्याएका, यज्ञ दानहरु गर्न भ्याएकाहरु, विभिन्न ब्रत, तपस्या गर्ने गरेका, विभिन्न धार्मिक मन्दिरहरु धाउने गरेकाहरु तर अझसम्म छेउ न टुप्पोमा रहेकाहरुलाई यस किताबबाट केही मार्ग दर्शन मिल्ने छ । तरुनो उमेरमा काम गरेर खाने उमेरमा धार्मिक गुरुको पछि लाग्दै लाग्दै आफु बुढो हुन पुगेका तर अब बुढेसकालमा पुगेर निल्नु न ओकाल्नु हुन पुगेका शिष्यहरुलाई केही सुझाव मिल्ने छ । आफै धार्मिक गुरु भइ विभिन्न आश्रम चलाउदै प्रवचन दिदै गरेकाहरु, कसै कसैले त अझ प्रख्यात भइ सन्सारभर चेलाचेलिहरु बनाउन भ्याएका तर अन्त्यमा आफैलाई केही थाहा नभएको अनुभव गरेकाहरु गुरुहरुलाई केही सुझाव मिल्ने छ । तिनिहरूले यो किताब पढ्न हुन्छ ।

५. चिकित्साशास्त्रका भर्खरै भर्खरैका ताजा जोसका नयाँ डाक्टरहरुलाई त यो किताब त्यति आवश्यक नपर्ला । उनीहरुलाई आफुले धेरै बर्ष लगाएर पढेको ज्ञानको नै सबै प्रयोग गर्ने मौका मिलिसकेको छैन र प्रयोग गर्ने रहर पुगेको हुँदैन भने उनीहरुले अन्त सोच्ने त कुरै आएन । तिनिहरूले यो किताब पढ्न हुँदैन ।

६.  यिनै चिकित्साशास्त्र पढेर, विभिन्न सेवाहरु गरेर बुढा भइसकेका डाक्टरहरु तर त्यस चिकित्साशास्त्रका सेवाको गहिराइमा पुग्दा पनि मानिसको जीवनका कतिपय प्रश्नहरुको अर्थ लगाउन नपाएका, समाजमा मानिसका कतिपय कार्य, गतिविधी, रोग, लक्षणहरुलाई चिन्न नसकेका, उपचारका विधिहरु असफल भएको देखेका तर देखेर पनि नदेखे जस्तो गरेर लाचार हुन पुगेका डाक्टरहरुले यस किताबबाट केही कुरा बुझ्न पाउने छन् । तिनिहरूले यो किताब पढ्न हुन्छ ।

७. हरेक बिरामीहरु जस्ले विभिन्न रोगहरुको सामना, कठिन परिस्थितीको सामना गर्दै विभिन्न डाक्टर हस्पिटल धाएर थाकेका, डाक्टर कहाँबाट उपयुक्त उपचार र जवाफ पाउन नसकि अन्य विभिन्न उपायहरु खोज्न बाध्य भएका, समाजमा प्रचलित अनुभवका, जन विश्वासको आधारमा विभिन्न लामा झाँक्री, फुकफाक गर्ने, हेराउने उपचार गर्ने गरेका भगवान चढेका भनिने माताहरुकहाँ पुगेका, हेराउने, भविष्यवाणी गरिदिने कहाँ पुगेका र त्यहाँ पुगेर घरी विश्वास लागे जस्तो घरी नलागे जस्तो गर्दै उपचार गर्दै गरेका तर अझै गुहार चाहिएकाहरुलाई केही अर्थ र सुझाव मिल्न सक्दछ । तिनिहरूले यो किताब पढ्न हुन्छ ।

७. अन्त्यमा हरेक मानिस जस्ले सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? भन्ने जस्ता भावहरुका प्रश्नहरुको जवाफ, रहस्यहरु खोज्ने, बुझ्न इच्छा गरेका विभिन्न उमेरका विद्यार्थीहरु, क्याम्पसका विद्यार्थीहरु, शिक्षकहरु, विभिन्न व्यवसायमा कार्यरत मानिसहरु, विभिन्न जात, धर्म, संस्कारका मानिसहरुले यो किताब पढ्न हुन्छ अथवा यो किताब सबै इच्छुकहरुले पढ्न हुन्छ ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: English