DP 7.8 लिँग शरीरको भावना

लिँग शरीरको भावना
त्यस्ता अदृश्य शरीरहरुको पनि आफ्नो चेतना हुने र उनीहरुको बारेमा चर्चा भइरहोस भन्ने भावना हुन्छ । त्यसैले त्यसता अलि अलि तेश्रो नेत्र खुलेकाहरु कहाँ, देवी देवताका पुजा आजा नबुिझकन गर्दै आएका ठाउँमा, विभिन्न जप ध्यान गर्नेहरुका वरपर त्यस्तै लिँग शरीरहरु पछि लागि रहेका हुँदा रहेछन् । त्यसैले अस्वस्थ तेश्रो नेत्र खुलेका अबस्थामा वा अन्य व्यक्ति जो पुर्ण ज्ञान नभइकन यस्ता समस्याहरुको उपचार र चर्चा गर्ने गरेका हुन्छन्, तिनीहरुलाई यस्तो कार्य या स्पर्श गर्ने मौका लगातार मिलिरहेको हुन्छ । तिनीहरु जहाँ जहाँ गयो त्यहीँ त्यहीँ त्यस्ता समस्याहरु देखिने भइरहेको हुन्छ । तिनीहरुले परिवारका अन्य सदस्यहरुमापनि प्रवेश गरि प्रभावित भइरहेका हुन्छन् । त्यसैलेयदि कसैमा अस्वस्थ तेश्रो नेत्र खुलेको आभास अनुभव गरेको हुन्छ भने तुरुन्त तेश्रो नेत्रको पुर्ण ज्ञान लिइ त्यस अबस्थालाई स्वस्थ अबस्थामा लैजानु आवस्यक छ । नत्र आफ्mु र वरपरका सबैलाई कुनै दिन गलत असर पार्न सक्दछन् र अकाल मृत्यु पनि निम्त्याउन सक्दछन् ।