DP 7.12 सामाजिक महत्व

सामाजिक महत्व
यस पुस्तकमा समावेश भएका तर्क र तथ्यहरु कति धेरैजसो मानिसलाई विश्वास नलाग्ने, भ्रममा परेर पुरा कुरा नबुझिकन विभिन्न नाम मिन सक्दछन्, दोष तथा आक्षेपहरू लगाउन सक्दछन् । कसैले पुर्वाग्रहि भएर विभिन्न विचारले, टिका टिप्पणी, विरोध गर्न सक्दछन् । तर मैले यि कुराहरु कुनै कविता, कथा, उपन्यास रचेको जस्तो हैन । म अन्य कुनै रचना, कविता, कथा लेख्न सक्ने क्षमता भएको मानिस होइन । धेरे अध्ययनहरु, खोजिहरु, अरु मानिसहरुका अनुभवहरु  र आफैमा विभिन्न अनुभवहरू गर्दै, आफैमा नै विभिन्न टिका टिप्पणी गर्दै निकालिएको निचोडहरु हुन् । यो किताब लेख्न वा लेखिएका कुराहरुको भावहरु व्यक्त गर्न कुनै अभिव्यक्तिको परिधि भित्र रहेर वा कसैसँग सम्झौता, डर, दकस मानेर अडकलेर मात्र लेख्ने गर्न सकिन । यहाँ मैले सके सम्म स्पष्ट धारणा पेश गर्न कोसिस गरेको हुँ । त्यसैले यस पुस्तकमा उल्लेखित भएका कतिपय कुराहरु समाजका पुराना विचार र रितिरिवाजसँग नमिल्न जाँदा सबैलाई बरावर मान्य नहुन सक्दछन् । सके सम्म स्पष्ट धारणा पेश गर्न कोसिस गरेको हुँ तर स्पष्ट धारणा पेश गर्छु भन्दा कति ठाउँमा बुद्धि, शिप पुग्यो होला कति ठाउँमा त्रुटि भए होलान् । यस किताब चाहे एक प्रति पनि नबिकोस चाहे हजारौँ प्रति बिकोस मैले यसको प्रबाह गरेको छैन् । यसलाई रोजगार र कमाइको स्रोतको उद्देस्यले बनाइएको वा लेखिएको होइन । यो लेख्ने मौकामा मैले समाजमा अव्यक्त भइरहेको रहस्यलाई आफैले जानेको जति व्यक्त गर्न खोजेको हुँ । कतै कुनै कुराहरु दोहोरिन गए होलान्, लामो, ठुलो हुन गयो होला तर सकेसम्म सबै तर्कहरू पेश गर्न कोसिस गरेको हुँ । बरु सबै तर्क र सयौँ घटनाहरु समावेश गर्न सकिन किनकि यदि सबै महत्वपूर्ण घटनाहरू समावेश गर्न तिर लागेको भए अझै लामो अझै ठुलो हुने थियो होला । धेरै लामो र ठुलो कुराहरू सबैलाई तुरुन्तै नपच्ने हुन सक्ने स्वभाविकै हो । मेरो विभिन्न परिस्थितिले अन्जानमा अस्वस्थ तेस्रो नेत्र खुल्न गएछ । पछि बुझ्दै गइ त्यस अस्वस्थ तेस्रो नेत्र स्वस्थमा परिणत भएपछि अर्थ लाग्यो । त्यसैलै सबै सम्पर्क, दृश्य, स्पर्श, कुराकानीको अनुभव भयो । मैले देखेका, भोगेका कुराहरु थुप्रै छन् । कुनै दिन त म तिनीहरूको सँगमा भएको, बन्धनमा भएको जस्तो लाग्छ । कति कुराहरु अझै अर्थ लाग्न सकेको छैन । मैले गरेका कतिपय अनुभवहरुका कुन टाउको कुन पुच्छर छुट्याउन कठिन छ । तर जति कुरा मैले समावेश गर्न सकेँ त्यसलाई राम्ररी अध्ययन, मनन गरेको खण्डमा सृष्टिका थुप्रै रहस्यहरू बुझ्न सकिन्छ, जुन कुराहरू मानिसको जीवनसँग सम्बन्धित छन्, ती कुराहरू मानिसहरूका जीवनका दुःख, सुखका कारण बनिरहेका रहेछन् । सबै मिलेर त्यस रहस्यलाई अझ स्पष्ट खुलाएर सन्सार भरिका समस्त मानव जातीको भलो हित गर्न सकिन्छ ।