Alina Dhana Magar’s Third Eye. Contact with Lord Shiva and her Late Relatives
एलिना घाना मगरको तेस्रो नेत्र, शिवजी र पितृहरुसंग कुराकानी ।
ओझेलमा परेका अज्ञात रोग र लक्षणहरु:
यी लक्षणहरु समाजमा वास्तवमा चारै तिर भेटिन्छन् तर अज्ञानताको कारण यस लक्षण र रोगको सही परिचय, जानकारी र उपाय आधुनिक मानब सभ्यतामा बर्णन पाइएको थिएन । यसता खालका लक्षणहरुलाई आजसम्मको चिकित्साशास्त्रमा अर्कै रोगसंग दाँजेर मानसिक रोगको संज्ञा दिने गरिएको छ ।
यसो हुनुको कारण आजसम्मको विज्ञान र चिकित्साशास्त्रले बर्णन गरेको मानव शरीरको रचना र त्यसको कार्य (Anatomy and Physiology of Human Body)नै अपुरो अध्ययन र खोजीहरुका किताबबाट निकालिएको निस्कर्ष रहेछन् । आजसम्मको सम्पूर्ण विज्ञान र चिकित्साशास्त्रले मानव जीवनको रचना, त्यसको कार्य, लक्षण, रोगहरु र उपचारका विधिहरु पूर्णरुपमा सही बर्णन दिनसकेका रहेनछन् । एकातिर विज्ञानले गरेको बर्णन अपुरो थियो भने अर्को तिर बिरामी जाच्ने डाक्टरहरु हतारमा भएर होला उहाँहरुको ध्यान यस समस्या र लक्षण तिर पर्याप्त गएन होला ।
यो बिरामी र बिरामीको वरपरका आफन्तहरुका लागी एक खतरनाक अवस्था हो । यसले मृत्यु तिर डोर्याउछ ।
नाम: एलिना घाना मगर, घर: उदयपुर, हाल: पोखरा, पोखराको क्याम्पसमा पढ्दै
उनीलाई अज्ञात रोग वा लक्षणले छोएको थाहा पाएर उनका दाजु इन्द्र मगरले उपचारको लागी परामर्शगर्न ल्याएका थिए । सुरुमा आउदा स्पष्ठ लक्षण नदेखिए पनि केही लक्षणहरु हाम्रो बिषयसंग मेल खाने जस्तो लागेको थियो । उपचारको परामर्शमा धेरै दिन आउदा आउदा उनका केही लक्षणहरु अलि स्पष्ठ देखिन थालेको थियो । एक दिन क्लासमा केही कुराको चर्चा चलिरहेको बेलामा उनीलाई अचानक कस्ट हुन् थालेछ र आफु बसेको ठाउमा रोइरहेकी रहिछिन् । अनि केही कुराहरु स्पष्ठ भएर अगाडी आयो ।
केहि महिना पछि एलिनाले सदाशिवकाे अनुभव गरिन्
भाग १
भाग २
भाग ३
This post is also available in: English